भुमिकास्थान -६ का योगेन्द्र सुनारको उपचारमा सहयोग गरिदिन परिवारको आग्र्ह ।

-अर्घाखाची डट्कम सम्बाददाता ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा न ६ बस्ने योगेन्द्र सुनारको परिबारमा अहिले छटपटी छाएको छ ।

No description available.

५९ बर्षीय सुनार लामो समयसम्म उपचार गर्दा पनि घार्टी तथा गालामा देखिएको बिमार सन्चो नभएपछि सुनार भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिरहनुभएको छ ।

सुनारको पारिबारिक अन्य आम्दानीको श्रोत समेत छैन अलिकति भएको धन सम्पति उपचारमा सकेपछि उहाँ २ महिना देखि भरतपुर अस्पतालको बेडमा प्राणघात रोग क्यान्सर सँग निरन्तर लडिरहनुभएको छ ।

images

No description available.

images

सुनारले पहिला कसैलाई नभनेको र अहिले भएको धन सम्पति उपचारमा सकेपछि थप उपचार गर्न आफ्नो जीवन बचाईदिनको लागि आग्रह गरेका छन्।

images

सुनारले आफुलाई चिन्ने नचिन्ने सबैले सहयोग गरेर नयाँ जीवन उपहारको रुपमा दिन आग्रह गदै सहयोग गर्न चाहानुहुने महानुभाबलाई निम्न नम्बरमा सम्पर्कको लागि आग्रह गरेका छन् । मानिसको जीवनमा धेरै खालमा समस्या देखा पर्ने बताउदै जीवन बचाउने कुरा महान् भएको बताउदै आफु अहिले जटिल अबस्थामा पुगेकोले जीवन बचाई दिनको लागि आग्रह गरेका छन् ।

Nepal life insurance

No description available.

५९ बर्षीय सुनारको घरमा आम्दानीको श्रोत नभएकोले जीवन बचाईदिनको लागि सबैलाई आग्रह गदै नयाँ जीवनको लागि सबैले पहलकदर्मी गरिदिनको लागि उनकी छोरी निमकला सुनारले आग्रह गरेकी छिन्

सुनारलाई सहयोग गर्ने चाहानुहुने महानुभाबले निम्न नम्बर खातामा सहयोग गर्न चाहानुहुन्छ ।

नाम :  योगेन्द्र सुनार बैक खाता न-  ४९०७०१००१५५०४

बैक:  ग्लोबल आईएमई बैक

अर्घाखाँची फोन न-  ९८४७३१४७७१