लोकतन्त्र ल्याउनेहरुबाट नै लोकतन्त्रमाथि खतरा उत्पन्न भयाेः अध्यक्ष केसी

1

 

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र, गणतन्त्र ल्याउनेबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा उत्पन्न भएको बताएका छन् ।

1

सोमबार काठमाडौंमा आयोजित विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष केसीले लोकतन्त्र विरोधीहरु हौसिएर किन चाहियो गणतन्त्र भनेर टिप्पणी गरिरहेको बताएका हुन् ।

उनले भने, ‘देशको आर्थिक अवस्था डामाडोल छ । राजनीतिक अस्थिरता छ, अहिले पनि लाखौँ लाख विद्यार्थीहरू देशमा शिक्षा, स्वास्थ्य रोजगारी नहुँदा ठूलो संख्यामा विदेश गएका छन् । यही अवस्था रहने हो भने मुलुकको अस्तित्वमाथि नै सङ्कट उत्पन्न हुने देखिएको छ । लोकतन्त्र, गणतन्त्र ल्याउनेबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा छ । लोकतन्त्र विरोधी असाध्यै हौसिएका छन् । भनिरहेका छन् किन चाहियो भनेर भनिरहेका छन् ।’

अध्यक्ष केसीले अहिले पनि जनताका गाँस, बासका समस्या र राष्ट्रियताका समस्याले देश ग्रस्त रहेको बताए  ।

1images