काठमाडौँको कमलादीमा आकाशमा हिँडेको अनुभूति गर्न सकिने ‘स्काईवाक भ्यू टावर’ सञ्चालनमा

तस्बिर – न्युज पोलार

काठमाडौँको कमलादीमा निर्माण भएको ‘स्काईवाक भ्यू टावर’ सञ्चालनमा आएको छ ।

वन्डर्स नेपालले निर्माण गरेको यो टावरको व्यावसायिक सुरुआत असार १५ गते अर्थात आज बिहान बाट सुरु भएको छ ।निर्माण कम्पनीले आज बिहान टावरको पुजा गर्दै औपचारिक रुपमा सुभारम्भ गरेको हो ।

1

कम्पनीले साढे १३ रोपनी जग्गामा ७८.५ मिटर अर्थात २५७.५ फिट उचाइको टावरको सबैभन्दा माथिको भागबाट ३६० डिग्रीमा काठमाडौँ नियाल्न सकिन्छ ।

स्काई वाक टावरमा दैनिक १० हजारभन्दा बढी व्यक्ति आउजाउ गर्न सक्ने छन् । स्काइवाकमा प्रवेशका लगि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । जसमा ३ फिट भन्दा साना बच्चाहरूका र ८० वर्ष माथिका वृद्धहरुलाई निःशुल्क प्रवेश रहेको छ ।

तस्बिर – न्युज पोलार