arghakhanchi
मिति: २०७० ज्येष्ठ ९, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
थप समाचार
सितापुर गाविस खुल्ला दिसा मुक्त(२०७० ज्येष्ठ ८, बुधवार)
अर्घाखाँचीको सितापुर गाविस जिल्लाको चौथो खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको छ ।
पाणिनी तपोभूमिमा धार्मिक मेला(२०७० ज्येष्ठ ८, बुधवार)
विश्व शान्तिको कामना गर्दै तपस्या गरेको ऐतिहासिक पर्यटकीय स्थल पाणिनी तपोभूमिमा धार्मिक मेला लागेको छ ।
महोत्तरीमा पैसा दोब्बर गरिदिन्छु भन्दै हजारौँ ठगी गर्ने एकजनालाई पक्राउ(२०७० ज्येष्ठ ८, बुधवार)
पैसा दोब्बर गरिदिन्छु भन्दै हजारौँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी जिल्लाको भवनगामाकट्टी गाविस–६ बस्ने वर्ष ३७ को रामबहादुर रजक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। जिल्लाको गैँढाभेटपुर गाविस–३ बाट मङ्गलबार पक्राउ परेका रजकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायब निरीक्षक विजय भण्डारीले बताए ।
युएईका राजकुमार मोहदल थानी सगरमाथा चुचुरोमा(२०७० ज्येष्ठ ८, बुधवार)
आफ्नो राजकीय पहिचान लुकाउँदै नेपालमा सर्वसाधारणलाई शिक्षाको अधिकारका पक्षमा जागृति र धन संकलन गर्ने उद्देश्यसहित संयुक्त अरब इमिरेट्सका राजकुमार शेख मोहम्मद अब्दुल्लाह मोहदल थानीले सगरमाथाको सफल आरोहण गरेका छन् ।३१ वर्षीय राजकुमार गत बुधबार विहान ९ बजेर ५९ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका उनको आरोहण व्यवस्थापन मिलाउने  ट्रेकिङ एजेन्सीले जनाएको छ ।

ब्रिटिश आरोहीको भिडिओ कलबारे अनुसन्धान शुरु(२०७० ज्येष्ठ ७, मंगलवार)
सगरमाथाको शिखरबाट ब्रिटिश आरोहीले गरेको भिडिओ कलबारे नेपाल सरकारले अनुसन्धान थालेको छ । ब्रिटिश पर्वतारोही ड्यानियल ह्युजले भिडिओ कल गरेर बीबीसी वर्ल्ड टेलिभिजनसंग प्रत्यक्ष कुराकानी गरेको विषयमा विवाद बढेपछि नेपाल सरकारले त्यसबारे अनुसन्धान थालेको अधिकारीहरुले बताएका छन्।ह्युजले भिडिओ कल गर्नको निम्ति नेपाल सरकारबाट अनुमति नै नलिएको पाइएको अधिकारीहरुले जनाएका छन्।अनुसन्धानका क्रममा दोषी पाइए उनीविरुद्ध नेपाल प्रवेश निषेध सम्मको कारवाही हुनसक्ने कानुनी व्यवस्था रहेको अधिकारीहरुको भनाइ छ।
देशको राजनीतिमा राजनीतिक शक्तिहरुको भूमिकाको प्रश्न(२०७० ज्येष्ठ ७, मंगलवार)
नेपालका राजनीतिक शक्तिहरु असफल भइसके र अब देशको राजनीतिमा तिनीहरुको आवश्यकता छैन । अहिले देशमा त्यो मत व्यापक रुपमा प्रकट गर्ने गरेको पाइन्छ । प्रथमता त्यस प्रकारको सोचाई एकदम निराधार छैन । तर त्यससित जोडिएको अर्को प्रश्न यो हो ः राजनीतिक शक्तिहरुको विकल्प के हो ? प्रस्तुत लेखमा दुवै पक्षहरु बारे विचार गर्ने प्रयत्न गरिने छ ।
२००७, २०४६ वा २०६२–६३ पछि जुन राजनीतिक परिवर्तनहरु भए, त्यसपछि ती आन्दोलनको उपलब्धिहरुलाई सुदृढ वा संस्थागत गर्ने कार्यहरुमा राजनीतिक शक्तिहरु असफल हुने गरेका छन् । पुष १ गते वा माघ १९ गते पछिका प्रतिगामी घटनाहरुका लागि राजनीतिक शक्तिहरुका नीति र भूमिका काफी हदसम्म जिम्मेवार छन् ।
अमेरिकामा टोरनाडो आँधीमा परेर मृत्यु हुनेको संख्या ५१(२०७० ज्येष्ठ ७, मंगलवार)
अमेरिकामा टोरनाडो आँधीमा परेर मृत्यु हुनेको संख्या ५१ पुगेको छ । आँधीका कारण अमेरिकाको ओक्लोहोमा राज्यमा बढी असर परेको छ । आँधीले जनजीवन अस्तव्यस्त बनेको छ । ठाउँ ठाउँमा बिजुलीका पोल र रुख ढल्दा सयौं घाइते भएका छन् ।
स्पेनिस क्लव रियाल मड्रिडका प्रशिक्षक होजे मौरिनहोले आगामी महिनाबाट क्लव छाड्ने पक्का(२०७० ज्येष्ठ ७, मंगलवार)
स्पेनिस क्लव रियाल मड्रिडका प्रशिक्षक होजे मौरिनहोले आगामी महिनाबाट क्लव छाड्ने पक्का भएको छ । एक कार्यक्रममा रियाल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले यस्तो बताएका हुन् । तीन बर्ष रियाल मड्रिडको प्रशिक्षक पदमा रहेका मौरिन्हो पछिल्लो समय विभिन्न कारणले गर्दा रियाल मड्रिडका समर्थकहरु माझ बदनाम बनेका छन् ।
पाँच जना गुन्डा नाइकेलाई अदालतमा १५ दिनभित्र उपस्थित हुन वारेन्ट जारी(२०७० ज्येष्ठ ७, मंगलवार)
विशेष अदालतले आइतबार अवैध सम्पत्ति आर्जनमा मुद्दा दर्ता गरेका पाँच जना गुन्डा नाइकेलाई अदालतमा १५ दिनभित्र उपस्थित हुन वारेन्ट जारी गरेको छ । विशेष अदालतले हिजो गणेश लामा, दीपक मनाङे, परशुराम बस्नेत, चक्रे मिलन, अभिषेक गिरी र उनीहरुका श्रीमतीलाई अदालतमा उपस्थित हुन वारेन्ट जारी गरेको हो । गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले आइतबार विशेष अदालतममा मुद्दा दर्ता गरेको थियो ।
राजमो एरिया न: ३ को प्रशिक्षण कार्यक्रम सम्पन्न(२०७० ज्येष्ठ ७, मंगलवार)
राष्ट्रिय जनमोर्चा एरिया न: ३ अर्घाखाँचीको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य कृष्ण के.सी को प्मुख आथित्यतामा संपन्न कार्यक्रमले विभिन्न जनवर्गिय संगठनहरुमा नयाँ नेतृत्वको चयन गरेको छ ।
अर्घाखाँचीमा वेपत्ता योद्धा परिवारलाई सम्मान(२०७० ज्येष्ठ ७, मंगलवार)
नेकपा माओवादी अर्घाखाँचीले वेपत्ता योद्धा परिवारलाई आज संन्धिखर्कमा सम्मान गरेको छ । जनयुद्धको समयमा सरकार द्धारा वेपत्ता बनाइएकी बागी गाविसकी मिना खड्काका वृद्ध पिता ऋषिराम खड्का लाई एक कार्यक्रमका बिच संन्धिखर्कमा दोसल्ला ओढाएर सम्मान गरिएको हो।
दिल्लीमा रक्त दान सिबिर भब्य रुपमा सम्पन्न (२०७० ज्येष्ठ ६, सोमवार)

रक्तदान नै जिबन दान हो भन्ने मूल नारा का साथ पशुपति सम्पर्क मंच नई दिल्ली को आयोजना मा नई दिल्ली को कलकाजी मा रक्तदान सिबिर भब्य रुप मा सम्पन्न भयको छ ! रक्तदान सिबिर मा नेपाली र स्थिनिय बासिन्दा हरु को समेत बाक्लो उपस्तित रहेको थियो उक्त सिबिर मा भोजन को समेत व्यवस्था राखियको थियो भने रक्तदान गर्ने हरु को संख्या करिब सय को हाराहारी मा रहेको संस्था क सचिप श्री रमेश शर्मा ले जानकारी गराउनु भयको थियो !

अर्घाखाँचीमा ३० औं अन्तराष्ट्रिय मैनबत्ती दिवस सम्पन्न(२०७० ज्येष्ठ ६, सोमवार)
एच.आई.भी संक्रमित भई मृत्यू भएका व्यक्तिहरुको सम्झना तथा जिवित संक्रमितहरुका लागी दिर्घ जिवनको कामना गदै ३० औं अन्तराष्ट्रिय मैनबत्ती दिवस भव्यताको साथ मनाईएको छ ।
विश्वाश भित्र हुन्छ महा ताकत(२०७० ज्येष्ठ ६, सोमवार)
एक जना ठुलो अफिसर आफ्नो नवविवाहित श्रीमती सँग पानी जहाज मा यात्रा गरिरहेका थिए | यात्राकै क्रम मा समुन्द्र मा भयानक जोडदार तुफान् आयो | जहाजमा यात्रा गरिरहेका सबै यात्रुहरु डराएर चिच्याउन थाले | तर ऊ अफिसर भने पटक्कै डराएन उसको श्रीमती पनि डरले थरथरी काँपेर ब्याकुल भएकी थिई | उसले आफ्नो श्रीमान सँग सोधी- यती डर लाग्दो तुफान् आएको छ सबैको डरले होश उडी सक्यो तर तपाईं भने निस्चिंत भएर कसरी बस्न सकेको ?
राजा फेरी आउछनः अध्यक्ष थापा(२०७० ज्येष्ठ ६, सोमवार)
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यÔ कमल थापाले नेपालमा राजसंस्था पुनःस्थापित हुने दावी गरेका छन् । यद्यपि उनले पुनःस्थापित राजसंस्थाको स्वरुप भने फरक हुने तर्क गरे । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी अञ्चल शाखाले आज बुटवलमा आयोजना गरेको साÔात्कारमा बोल्दै अध्यÔ थापाले अब पुनःस्थापित हुने राजसंस्था संविधानको मातहत र संसदीय नियन्त्रणानमा रहेको अवस्थामा हुने विश्वास ब्यक्त गरे ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहद्धारा प्रशासित जम्मू कश्मीरको लद्दाखमा चिनियाँ सेना प्रवेश गरेकामा गम्भीर चिन्ता व्यक्त(२०७० ज्येष्ठ ६, सोमवार)
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भारत प्रशासित जम्मू कश्मीरको लद्दाखमा चिनियाँ सेना प्रवेश गरेकामा गम्भीर चिन्ता व्यक्त गरेका छन् । तीन दिने भारत भ्रमणका क्रममा दिल्ली पुगेका चिनियाँ प्रधानमन्त्री ली कचियांगलाई हिजो रात्रीभोज दिँदै सिंहले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
इराकको दक्षिणी शहर बार्सामा गराइएको श्रृखलाबद्ध बम विष्फोटमा परि कम्तिमा १६ जना मृत्‍यु(२०७० ज्येष्ठ ६, सोमवार)
इराकको दक्षिणी शहर बार्सामा गराइएको श्रृखलाबद्ध बम विष्फोटमा परि कम्तिमा १६ जना मारिएका छन् । विष्फोटमा परि अरु धेरै घाईते भएका छन् । बस स्टेशन र रेष्टुरेण्टलाई लक्षित गरि दुई वटा कार बम विष्फोट गराइएको स्थानिय अधिकारीहरुले जनाएका छन् ।
एकिकृत माओवादी निकट अखिल क्रान्तिकारी र अनेरास्ववियूले तिब्र रुपमा फर्जी विद्यार्थी भर्ना, अनिश्चितकालका लागि तालाबन्दी(२०७० ज्येष्ठ ६, सोमवार)
फर्जी विद्यार्थी भर्ना गरेको विरोधमा राजधानीको प्रदर्शनी मार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज नेकपा–माओवादी निकट विद्यार्थी संघठन अखिल क्रान्तिकारीले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । एकिकृत माओवादी निकट अखिल क्रान्तिकारी र अनेरास्ववियूले तिब्र रुपमा फर्जी विद्यार्थी भर्ना गरेको विरोधमा अनिश्चितकालका लागि तालाबन्दी गरेको क्रान्तिकारीका क्याम्पस कमिटि अध्यक्ष ललित विकले जानकारी दिए ।
अर्घाखाँची संपर्क समिति युएईको साधारण भेला दुबइमा हुने(२०७० ज्येष्ठ ६, सोमवार)
सम्युत्त अरब एमिरेट्स युएईमा रहेका अर्घाखाँची बासीहरुको साझा सस्था अर्घाखाँची संपर्क समितिको साधारण भेला हुने भएको छ । समितिले आफ्ना क्षेत्रहरु बिस्तार गर्नुका साथै आउने दिनहरुको कार्यतालिका बनाउने हिसाबले जुन १४ तारिक शुक्रबारका दिन दुबइमा साधारण भेला हुन लागेको हो ।
arg logo.jpg
प्रेस काउन्सिलबिरुद्ध सर्वोच्चमा मुद्दा दायर(२०७० ज्येष्ठ ६, सोमवार)
स्वस्थ पत्रकारिताको विकासका लागि काम गर्ने मुख्य उद्देश्य बोकेको प्रेस काउन्सिल नेपालको प्रकाशनले नै कपोल्कल्पित सामाग्री प्रकाशन गरेपछि यसबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।काउन्सिलको त्रैमासिक प्रकाशन ‘संहिता’ मा प्रकाशित सामग्रीले मानहानी गरेको भन्दै पत्रकार रोशन पुरी, गोविन्द देवकोटा र अधिवक्ता श्रीकृष्ण सुवेदीले काउन्सिल विरुद्ध मुदा दायर गरेका हुन् ।काउन्सिलको प्रकाशन संहिताले आफ्ना बारेमा झुटा र कपोल्कल्पित सामग्री छापेर मानहानी गरेको ठहर सहित पत्रकार पुरी र देवकोटा तथा सार्वजनिक विषय भएकोले सम्बोधन हुनुपर्ने भन्दै अधिवक्ता सुवेदीले संयुक्त रुपमा अदालत गएका हुन् ।
खाडीमुलुककी युवती सगरमाथाको सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने पहिलो साउदी महिला बन्न सफल(२०७० ज्येष्ठ ५, आइतवार)
सगरमाथा चढ्ने पहिलो साउदी युवती बनिन् राहा
खाडीमुलुक साउदी अरबकी युवती राहा मुहारकले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने पहिलो साउदी महिला बन्न सफल भएकी छिन् । २५ वर्षीया राहा अरब मुलुकबाट सगरमाथा आरोहण गर्ने सबैभन्दा कम उमेरकी महिला पनि बनेकी छन् ।
असदद्धारा सिरियाको भविष्य सिरियाली जनताको हातमा रहेको भन्दै सिरियाको मामिलामा हस्तक्षेप नगर्न चेतावनी (२०७० ज्येष्ठ ५, आइतवार)
सिरियाका राष्ट्रपति बसर अल असदले सिरियाको भविष्य सिरियाली जनताको हातमा रहेको भन्दै सिरियाको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।
नेपाल-भारत सगरमाथा आरोहण तथा सरसफाई टोलीद्धारा सगरमाथाको सफल आरोहण(२०७० ज्येष्ठ ५, आइतवार)
नेपाल-भारत सगरमाथा आरोहण तथा सरसफाई टोलीले आज सगरमाथाको सफल आरोहण गरेको छ । नेपाली सेनाले जनाएअनुसार सफल आरोहीहरुमा नेपाली सेनाका तर्फबाट सेनानी समिर बस्नेत, सह सेनानी किशोर अधिकारी, गण प्रवन्ध हुद्धा ज्ञानेन्द्र लाउडारी र अमल्दार धिरेन्द्र शाही रहेका छन् भने भारतीय सेनाका तर्फबाट मेजर आर एस जमवाल, सुवेदार मिङ्गमार गुरुङ, हवल्दार सुधिर सिंह, हवल्दार चतर सिंह र लान्स नायक सुकवीर छन् ।
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी पुष्पकमल दाहालबीच भेटवार्ता(२०७० ज्येष्ठ ५, आइतवार)
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज विहान भेटवार्ता भएको छ । रेग्मी निवास बालुवाटारमा भएको भेटमा तत्काल निर्वाचन मिति तोक्नेबारे छलफल भएको बताइएको छ ।
दाङमा नेकपा-माओवादीका कार्यकर्ताद्धारा घुम्ती शिविरमा अवरोध(२०७० ज्येष्ठ ५, आइतवार)
दाङको उरहरी गाविसमा सञ्चानल गरिएको घुम्ती शिविरमा नेकपा–माओवादीका कार्यकर्ताले अवरोध पु-याएका छन् । घुम्ती शिविर सञ्चालन भइरहेको स्थानमा दुई सयको संख्यामा पुगेका –माओवादी कार्यकताले रजिस्टर च्यात्नुका साथै ल्यापटप पनि खोसेका थिए ।
शिक्षा सेवा आयोग अन्तरगत अर्घाखाँचीमा तोकिएका परीक्षा केन्द्र तथा परीक्षार्थीको सिम्बोल नम्बर सहीतको जानकारी...(२०७० ज्येष्ठ ५, आइतवार)

यूएईमा नेपालीकै छुरा प्रहारबाट नेपालीको मृत्‍यु(२०७० ज्येष्ठ ५, आइतवार)
रोजगारीको सिलसिलामा संयुक्त अरब एमिरेट्स यूएईको दुबइमा कार्यरत नेपालीलाई नेपालीले नै छुरा हानी हत्या गरेका छन । एउटै कम्पनीमा कार्यरत नेपाली बीच भएको सामान्य झगडाको बिषयले उग्र रुप लिंदा मोरङ बेलबारीका सुरज राइको ज्यान गएको हो ।
जन जागरण अभियान संपन्न(२०७० ज्येष्ठ ५, आइतवार)
राष्ट्रिय जनमुत्ति पाटी अर्घाखाँचीको जन जागरण अभियान २०७० आज संपन्न भएको छ ।
भारत -नेपाल यातायात ब्यबसायलाई बुझ्ने र बुझाउने समस्या(२०७० ज्येष्ठ ४, शनिवार)
विभिन्न खाले समस्या को कुम्लो बोकी भारत का बिभिन्न ठाउ हरु मा सामान्य जागिर गर्ने भारत इस्तित प्रबासी नेपाली हरु ले बिगत लामो समय देखि भोग्दै आयका समस्या हरु जस्तो को बाटो मा लुटिनु ,बाटोमा हराउनु ,बोर्डर हरु मा अनाबस्यक सोध पुछ गर्ने जस्ता बिभिन्न खाले समस्या हरु लगभग पर्तेक दिन प्रतेक प्रबासी नेपाली हरु ले भोग्नु परेको समस्या हामी सबै लाई अबगत नै छ !
ठाडामा विद्यालयको छाना हाबाहुरीले उडायो(२०७० ज्येष्ठ ४, शनिवार)
अर्घाखाँचीको ठाडामा एक विद्यालयको छाना हाबाहुरीले उडाएको छ ।