arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
पत्त्याउनु हुन्छ कपाल बेरिएर मृत्यु भयो भनेर (२०६६ फाल्गुन २६, बुधवार)
रुपन्देही बुटवल ६ संगमपथकी एक महिलाको नुहाउने क्रममा सोमवार नवलपरासीमा ज्यान गएको छ । रामनगर-४ घिउडल्लास्थित एलबी इट्टा उद्योगकी ४० वर्षीया संचालिका मीना गौचनको इँट्टा उद्योगमै पम्पिङसेट जडित बोरीङबाट नुहाउँदै गर्दा इाजनमा कपाल बेरिएर ज्यान गएको हो ।
साउदीका राजकुमार नेपाल आउने (२०६६ फाल्गुन २६, बुधवार)
साउदी अरेवियाका राजकुमार अलवालिद विन तलाल नेपाल भ्रमणमा आउनु हुने भएको छ। साउदीका लागि नेपाली राजदूत हमिद अन्सारीले यसै हप्ता गर्नुभएको भेटमा राजकुमारलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नुभएको थियो ।
महान दिवस ८ मार्च - मीना पुन (२०६६ फाल्गुन २६, बुधवार)
८ मार्च संसारभरिका महिलाहरुको ऐतिहासिक दिन हो । ८ मार्चलाई विश्वभरीका सम्पूर्ण शोषित उत्पीडित महिलाहरुले मात्र होइन विभिन्न वर्ग र समुदायका महिलाहरुले पनि महान दिवसको रुपमा मनाउँदै आएका छन् ।
पाँचौं पटक बिहे(२०६६ फाल्गुन २६, बुधवार)
जिल्लाको बडागाउँ गाविस -८ मैदान बाटामुनी जेठाका नामले चिनिनॆ तेज बहादुर विश्वकर्माले पाँचौ पटक श्रीमती ल्याएका छन् । ईस्मा दोहोलीमा घर बनाउन गएका सिकर्मी तेज बहादुरले तीन छोराछोरी सहितकी एक विधवालाई बिहे गरेका हुन् । उनी जुन ठाउँमा सिकर्मी काम गर्न जान्छन् उक्त ठाउँबाट एक श्रीमती ल्याउने उनको बानी बसिसकेको स्थानीयवासीहरुको भनाइ रहेको छ ।
भारतीय संसदको माथिल्लो सदनद्बारा संसदमा महिला संख्या बढाउने विध्येयक पारित(२०६६ फाल्गुन २६, बुधवार)
भारतीय संसदको मथिल्लो सदनमा हिजो एक गम्भिर बहसपछि बहुमतवाट महिला स्थान बढाउने विध्ययक पारित भयो। उक्त प्रस्ताव अनुसार, भारतले संसदको तल्लो सदन र विभिन्न क्षेत्रीय संसदमा महिलाका लागि तेंतीस प्रतिशतमा रहेको स्थानलाई कायमै राखी महिला राज्य मामिलामा सहभागी हुने अधिकार बढाउने छ।
उत्तर-पश्चिमी पाकिस्तानमा भएको आक्रमणमा परी पाँच जनाको मृत्यु(२०६६ फाल्गुन २६, बुधवार)
केही सशस्त्र व्यक्तिहरुले दश तारिखका दिन उत्तर-पश्चिमी पाकिस्तानको एउटा गैर-सरकारी संगठनको कार्यालयमा गरेको आक्रमणमा परी कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन्।
अमेरिकाका सबैभन्दा वृद्धा जेष्ठ नागरिकको ११४ वर्ष २९४ दिनमा मृत्यु(२०६६ फाल्गुन २६, बुधवार)
अमेरिकामै बसोबास गर्ने लगभग ११५ वर्षीया मेरि जोसेफीन रे नामकी अमेरिकाकी सबैभन्दा वृद्धा जेष्ठ नागरिकको गत आइतबार ११४ वर्ष २९४ दिनमा मृत्यु भएको छ ।
दुबइमा एक नेपाली युवा द्वारा आफ्नै फिलीपिना प्रेमिका लाई छुरा प्रहार (२०६६ फाल्गुन २५, मंगलवार)
यूएई बाट हाम्रा मध्यपुर्व प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउले ले त्यहाको स्थानिय राष्ट्रिय समाचार पत्रीका गल्फ न्युजमा प्रकाशित समाचार लाई उद्रित गर्दै जनाए अनुसार गत आईतवार यूएईमा एक नेपालीले आफ्नै फिलिपिनी केटीसाथीलाई पेटमा धारिलो छुरा प्रहार गरी घाइते बनाइ आफुलाई पनि आँफै छुरा हानी घाइते बनाएका छन ।
अफ्गानमा अझ कठिन संघर्ष देखापर्ने अमेरिकी रक्षामन्त्रीको भनाइ(२०६६ फाल्गुन २५, मंगलवार)
अफगानिस्तानको भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्री रोबर्ट गैट्सले हिजो बोल्दै नेटो तथा अफगानी फौजले दक्षिणी भागको सैनिक कार्वाहीमा केही बिजय प्राप्त गरे तापनि भावी अफ्गानको सामु अझ बढी कठिन संघर्ष देखापर्ने बताउनुभयो।
इजरेल र प्यालेष्टाइनले अनौपचारिक शान्ति वार्ता आयोजना गर्न स्वीकार(२०६६ फाल्गुन २५, मंगलवार)
प्यालेष्टाइन र इजरेल क्षेत्रको भ्रमणमा रहनुभएका अमेरिकी मध्य-पूर्व समस्यासम्बन्धी विशेषदूत जर्ज मिचेलले हिजो इजरेल र प्यालेष्टाइनले अनौपचारिक शान्ति वार्ता आयोजना गर्न स्‍वीकार गरेको कुरा बताउनुभयो।
नेपाली राजदूतावास यूएई (अबुधावीको)एमआरपी पास्पोर्ट समबन्धी अत्यन्त जरुरी सूचना(२०६६ फाल्गुन २४, सोमवार)
नेपाली राजदुतावास आबुधाबी ले समय समयमा समसामायिक बिषय सँग सम्बन्धित जारी गर्ने प्रेस बिज्ञप्ती हाम्रा मध्यपुर्व प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउले लाई पनि बिभिन्न माध्यम द्वारा उपलब्ध गराउदै आएको छ । अर्घाखाँची डट्कम् को तर्फ बाट आभार ब्यत्त गर्दछौ । आगामी दिनमा पनि अर्घाखाँची डट्कम् ( टाईम्स ) सँगै रहेर दुतावास द्वारा दिईएको जानकारी हामी सबै पाठक समक्ष पुराउन सकियोश भन्ने अपेक्षा राख्दछौ ।
गन्तब्य हिन यात्रा - ईन्द्रमनी भट्टराईका कविता हरु (२०६६ फाल्गुन २४, सोमवार)
कुनै दिन यो कथा सानो थियो, न उनलाई न मलाई थाह थियो,उनको मेंरो फ़ैसला कसरी बताऊ,यो टुक्रामा संसार को नक्शा देखाउ,दुई मुटु एक भए आहा ! सामिप्यतामा शिशिर हैन् बषन्तकै बहार दिए मैले,कार चढेर के गर्नु उधारैको हो यो खेती, रिनमा बाँचेर ब्याजमा रुनु छ यहाँ कती, यस्तो लाग्छ आँफै नि अब बन्दकिमाछु,आश नगर पैसोको तिमी आँफै कंगाल भाछु....
घाइते मुटु:- नरेश जि सि (२०६६ फाल्गुन २४, सोमवार)
उड़ने चराको के भर हुँदो रैछ र, जे हुनु थियो आखिर मलाई नै रुनु पर्यो के नै लाग्यो र घाइते मुटु आज यहाँ मेरो मायाको संसार त्यति ठुलो कहा छ र? तिम्रो पोते र सिंदूर मा अटन सकेन, त्यसैले त होला एक्काशी एक सब्द नबोली बतास झै बिलीन भयौ, तिमीलाई म अजम्बरी घोषित गरें थाहा थिएन जुनकिरीहरु राँको बन्न सक्दैनन केबल रात चिर्ने निशानी मात्रै हो,
एकसयौँ अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रम गरी मनाइयौ(२०६६ फाल्गुन २४, सोमवार)
एकसयौँ अन्तर्राष्ट्रिय नारी दिवस सोमबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले 'समान अधिकार समान अवसर सबैको प्रगतिको आधार' भन्ने मूल नाराका साथ सोमबार यहाँ एक र्‍यालीको आयोजना गर्‍यो ।
उत्तर पश्चिमी पाकिस्तानमा एउटा लहर गाडी बम विस्फोटमा पर्दा बाह्रजनाको मृत्यु(२०६६ फाल्गुन २४, सोमवार)
उत्तर पश्चिमी पाकिस्तानको हान्गु क्षेत्रमा पाँच तारिखका दिन यात्रुवाहक गाडीको लहर आत्मघाती विस्फोटमा परेका छन्। यसबाट कम्तीमा बाह्रजनाको मृत्यु हुनुका साथै तीसभन्दा बढी घाइते भएका छन्। पाकिस्तानी प्रहरी पक्षले पाँच तारिखका दिन उक्त कुरा बताएको हो।
नेपालमा सस्तिँदो इन्टरनेट(२०६६ फाल्गुन २४, सोमवार)
नेपालमा पछिल्लो पाँच वर्षमा इन्टरनेट शुल्क झन्डै 40 गुणा घटेको छ। आधा दशकअघि अहिलेजस्तो छिटो इन्टरनेट चलाउन सक्ने सुविधा लिन 40 हजार तिर्नुपर्दथ्यो । अहिले 1 हजार रुपैयाँमा सजिलै यो सेवा उपलब्ध छ । प्रतिस्पर्धा र बढ्दो प्रयोगले विगत पाँच वर्षको अवधिमा इन्टरनेट उपभोक्ताले धेरै राहत महसुस गरेका छन् ।
अमेरिकी नागरिक्ता लिएको अलकायदा संगठनका प्रवक्ता पाकिस्तानमा पक्राउ(२०६६ फाल्गुन २४, सोमवार)
पाकिस्तानका पदाधिकारीले हिजो बोल्दै पाकिस्तानी सुरक्षा फौजले अमेरिकी नागरिक्ता लिएको अलकायदा संगठनका प्रवक्ता आदाम याहिय गादाहनलाई पक्राउ गरिएको बताउनुभयो। आफ्नो नाम नदिने पाकिस्तानी सुरक्षा फौजका दुई जना व्यक्तिका अनुसार पाकिस्तानी सुरक्षा फौजले हालै दक्षिण भागमा रहेको महत्वपूर्ण सैनिक ठाउँ काराचिमा उनलाई पक्राउ गरेको जनाएका छन्।
अमेरिकी रक्षा मन्त्रीको आकस्मिक अफ्गानिस्तान भ्रमण(२०६६ फाल्गुन २४, सोमवार)
आफ्गानिस्तानका एक पदाधिकारीका अनुसार अमेरिकी रक्षा मन्त्री रोवट गेसले आज आफ्गानिस्तानको आकस्मिक भ्रमण गरी आफ्गानिस्तानका राष्ट्रपति हामिद कार्जाइ र त्यहाँस्थित नेटो अन्तर्राष्ट्रिय सुरक्षा फौजका सर्वच्च निर्देशक स्टानलेइ मेख्रस्टोसँग त्यहाँको सुरक्षा स्थिति सम्बन्धी पछिल्लो प्रगतिबारे बैचारिक आदान-प्रदान गर्नुहुने अनुमान गरिएको छ।
भारतका दुईवटा गाडी आपसमा ठोक्किदा कम्तिमा दशजनाको मृत्यु(२०६६ फाल्गुन २४, सोमवार)
दुईवटा सार्वजनिक बस हिजो राति भारतको उत्तर-पश्चिमी भागको पन्जाब प्रान्तमा आपसमा ठोक्किदा हालसम्म कम्तिमा दशजनाको ज्यान जानुका साथै अन्य तीसजना घाइते भएका छन्। हाल स्थानीय प्रहरीले उक्त दुर्घटनाको वास्तविक कारणवारे छानबीन गरिरहेको छ।
इराकीहरुले सद्दाम हुसेनलाई सत्ताच्यूत गरेपछिको दोश्रो आमचुनावमा मतदान(२०६६ फाल्गुन २३, आइतवार)
इराकीहरुले अमेरिकी नेतृत्वको गठबन्धनले सद्दाम हुसेनलाई सत्ताच्यूत गरेपछिको दोश्रो आमचुनावमा मतदान गरेका छन्। सन २००५को तुलनामा हिंसा निकै कम भएको छ। तर सुरक्षा अझैपनि एउटा मुख्य मुद्दा रहेको छ। यो आमचुनाव महत्वपूर्ण त छ, तर चुनाव पछि के हुन्छ भन्ने कुरा झनै महत्वपूर्ण हुने बताइएको छ।
मोहनविक्रम सिंहको गीतमा जीवन शर्माले संगीत (२०६६ फाल्गुन २३, आइतवार)
आफ्नो पार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले माओवादी जनयुद्धको विरोध गरिरहेका बेला जीवन शर्माले यसका पक्षमा गीत लेखेका थिए जसका कारण नेता अर्धभूमिगत भएको पार्टीका कार्यकर्ता जीवन पूर्णभूमिगत भएका थिए। नयाँ संविधान जारी गर्ने समय नजिँकिदै गर्दा अब यी दुई नेता कार्यकर्ता मिलेर नयाँ गीति एल्बम ल्याउने तयारी गरिरहेका छन्।
दुई सय माओवादी कार्यकर्ता एमालेमा प्रवेश(२०६६ फाल्गुन २२, शनिवार)
माओवादीका करिव दुई सय कार्यकर्ता पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय बल्खुमा शनिबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले उनीहरुलाई टीका लगाई पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गर्नेहरु रुकुम, प्युठान, रोल्पा, म्याग्दी, नुवाकोट, काभ्रे र काठमाडौं जिल्लाका माओवादी कार्यकर्ता रहेको बताइएको छ । कार्यक्रममा खनालले हिंसाको बाटो त्याग्ोर एमाले पार्टीमा प्रवेश गरेकोमा प्रशंसा गर्दै नेपालमा सबै वामपन्थी एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
आइसल्याण्डका मतदाताहरुले एउटा विवादास्पद जनमत संग्रहमा भाग(२०६६ फाल्गुन २२, शनिवार)
आइसल्याण्डका मतदाताहरुले शनिबार एउटा विवादास्पद जनमत संग्रहमा भाग लिएका छन्। त्यहांको बैंकिंग व्यवस्था ढलेपछि जनमत संग्रह गरिएको हो। अरबौं पाउण्ड पुन भुक्तानी गर्ने कुरामा ब्रिटेन र नेदरल्याण्ड बीच भएको संझौता मान्ने कि नमान्ने भन्ने कुरामा मतदान हुन लागेको हो।
महिलालाई यौन आनन्दको चरम सुख(२०६६ फाल्गुन २२, शनिवार)
तपाईं यौन आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहनुभएको छ ? चरम आनन्द (अर्गाज्म) भन्दा अघि नै चिसिनुहुन्छ ? यस्तै हो भने पनि अतालिनुपर्ने आवश्यकता छैन । अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् । के साँचो हो भने पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्, महिलालाई भने समय लाग्छ ।
पाकिस्तानमा फेरि भएको बम बिप्फोटमा परी बाह्र जनाको मृत्यु(२०६६ फाल्गुन २१, शुक्रवार)
पाकिस्तानी प्रहरीका अनुसार, पाकिस्तानको उत्तर पश्चिमी हान्कु क्षेत्रमा आज धेरै यात्रु वाहक बसमाथि आत्मघाटी विस्फोट भएका छन्। त्यसबाट कम्तिमा बाह्र जनाको मृत्यु हुनुका साथै तीस जनाभन्दा बढी घाइते भएका छन्। हालसम्म कुनै पनि संगठन वा व्यक्तिले उक्त विस्फोटको जिम्मा लिएका छैनन् ।
चीन सरकारद्वारा चिनियाँ जनताको जीवनमा अझ बढी सुधार गरिने(२०६६ फाल्गुन २१, शुक्रवार)
एघारौँ चिनियाँ राष्ट्रिय जन कांग्रसको तेस्रो अधिवेशन आज बिहान पैचिङमा उद्घाटन भयो। चीनका प्रधानमन्त्री वन च्या पाउले सरकारी कार्य प्रतिवेदनमा जोड दिँदै जनजीवनको सुधार गर्नु नै चीनको आर्थिक विकासको आधारभूत उद्देश्य हो भनी बताउनुभयो।
एनआरएन यूएईद्वारा साहित्यिक श्रस्टा सम्मानित,श्रस्टा सँगै रमाए अनुरागी पनि (२०६६ फाल्गुन २१, शुक्रवार)
प्रवासमा रहेर नेपाली साहित्यको खेती गर्ने क्रिशकलाई सिचाइ गर्ने अवसर प्रदान गर्‍यो गैर आवसिय नेपाली संघ,रास्ट्रिय समन्यव परिषद (एनआरएन) यूएईले ।
भारतको उत्तर प्रदेशमा आश्रम भागदौडमा परी कम्तीमा ६५ जनाको मृत्यु(२०६६ फाल्गुन २०, विहीवार)
भारतको उत्तर प्रदेशमा रहेको स्वामी कृपालुजी महाराजको आश्रममा भएको भागदौडमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ। प्रतापगढमा रहेको आश्रमको ढोका ढलेपछि भागदौड सुरु भएको हो। अझै ३० भन्दा बढी मानिसहरु भीडमै चेपिएको अनुमान गरिएको छ।
जापान र अमेरिका बीचको गोप्य आणविक सन्धिमा जापानले अडान सच्याउने(२०६६ फाल्गुन २०, विहीवार)
जापानको "योमिउरु शिमबुन"ले आज जापानको विदेश मन्त्रालय अन्तर्गत जापान र अमेरिका बीचको "आणविक हतियार सम्बन्धी गोप्य सन्धि"माथिको छानबीन सम्बन्धी विशेषज्ञ समितिको एउटा प्रतिबेदनलाई उद्धृत गर्दै जापान सरकारले जापान र अमेरिका बीचको "आणविक हतियार सम्बन्धी गोप्य सन्धि"को विद्यमान नरहेको अडानलाई सच्याउने जनाएको छ।
मृत्‍यु भएका नेपाली ब्यबसायीको यूएईमा दाहसस्कार बिभिन्न सघंसस्थाद्वारा श्रदान्जली(२०६६ फाल्गुन १९, बुधवार)
युक्त अरब एमिरेट्स दुबइ सतुवामा बिगत दुई दसक देखी होटल ब्यबासयी गर्दै आएका काठमाडौं सानेपा स्थाई घर भएका भाईराजा श्रेष्ठको फाल्गुन १७ गते अर्थात मार्च १ तारिखका दिन दुबइस्थित एक रशिद आस्पातलमा ५६ बर्षको उमेरमा नै निधन भएको छ ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736