arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
सन्धिखर्कको बाँगी खाेलामा सरसफाइ कार्यक्रम सम्पन्न (२०७४ पौष २९, शनिवार)
 ग्लाेबल सेनिटेसन फण्ड यु एन हेविटाटकाे सहयाेग, प्रकाश सचेतन समूहकाे सहजीकरण र सन्धिखर्क नगरपालिकाकाे अायाेजनामा बाँगी खाेला सरसफाइ गरियाे ।
पणिनीमा नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा सम्पन्न (२०७४ पौष २९, शनिवार)
नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा आज सम्पन्न भएको छ । 
अर्घाखाँचीका शान र एरेन्ज किंग कमल सौरागले बर्षकै सर्वोउत्कृस्ट ठुला ठुला अवार्डहरुमा लगाए ह्याट्रिक(२०७४ पौष २८, शुक्रवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -११ किमडाडाको गाजरिमा जन्मेका कमल सौरागले आफ्नो जिल्ला अर्घाखाँचीको नाम र शानलाइ सिखरमा पुराउदै २०७४ सालमा मात्र नेपालि नेपालि  संगीतमा रास्ट्रकै ५ वटा सर्वो उत्कृस्ट ठुला- ठुला म्युजिक अवार्ड हरु हात पर्न सफल भएका छन् !
मुल्य वृद्दिको फिर्ता लिन निर्माण व्यवसायी अर्घाखाँचीको आग्रह (२०७४ पौष २८, शुक्रवार)
सरकारले जथाभावी निर्माणकार्य का सामाग्री हरुमा मूल्य बृर्दि गरेको भन्दै निर्माण ब्यबसाहि हरुले अापत्ति जनाउदै बृर्दि गरिएको मुल्य तत्काल फिर्ता लिन सरकार र सम्बन्धित पक्षलाई चेताबनि दिएको नेपाल निर्माण ब्यबसाहि सघ अर्घाखाँची का अध्यक्ष ऋषिराम अधिकारी ले बताउनु भएको छ । 
भुमिकास्थान ३ ले आगामी वर्षको मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने (२०७४ पौष २८, शुक्रवार)
पुर्ण सरसफाइ अभियानले लिन थाल्याे स्वस्थ प्रतिष्पर्धा, वडा नं ४ लाई उछिन्ने लक्षयका साथ भुमिकास्थान नपा वडा नं ३ ले ताेक्याे लक्ष्य । २०७५ मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने । प्रमुख अथितिलाई वडा अध्यक्षले दिनु भयाे अाजै निम्ता । 
सन्धिखर्कका नगरप्रमुख भुसालद्दारा समुन्नत र नमुना नगरपालिका बनाउने अाफ्नो प्रतिबद्धता कार्यान्यन तर्फ उन्मुख भएको उल्लेख (२०७४ पौष २८, शुक्रवार)
सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले समुन्नत र नमुना नगरपालिका बनाउने अाफ्नो प्रतिबद्धता कार्यनयन तर्फ उन्मुख भएको बताउनु भएको छ ।
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि (२०७४ पौष २६, बुधवार)

“धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान” भन्ने मूल नाराका साथ धर्म रक्षार्थ बिशेष महाअभियानका साथ आगाडि बढिरहेको धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले श्री स्वस्थानी साङ्गे तथा महा-शिवरात्रि श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको भब्य तयारी हुदै

नयन छ रसिलो (गज़ल)(२०७४ पौष २६, बुधवार)
दुख्दछ प्रवसन,जलन छ भरिलो
आँसु छ भलभल,नयन छ रसिलो

 स्वार्थ र मतलब प्रचुर छ जनमा
देख्दिन रतिपनि विमल र सुकिलो
अमेरिकाको क्यालिफोर्नियामा बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु(२०७४ पौष २६, बुधवार)
अमेरिकाको क्यालिफोर्नियामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा बाढी आउँदा २५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रबाट ५० जनाभन्दा बढीको उद्दार गरिएको छ ।
भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित(२०७४ पौष २६, बुधवार)
भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण फ्रान्स, इटली र स्वीट्जरल्यान्डका विभिन्न स्थानमा एक सयभन्दा बढी पर्यटक फसेका छन् । कतिपय स्थानमा ३९ इञ्चसम्म हिउँ जमेको छ । रिजोर्टभित्र रहेका पर्यटकहरु बाहिर निस्कन सकेका छैनन् ।
काठमाडौंमा सवारी नियम उल्लंघन गर्ने एक हजार ६४० चालक कारवाही(२०७४ पौष २६, बुधवार)
काठमाडौं उपत्यकामा मंगलबार सवारी नियम उल्लंघन गर्ने एक हजार ६४० चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार कारवाहीमा पर्नेहरुमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, लेन अनुशासन उल्लंघन गर्ने एक सय ६१ जना छन् ।
बुद्ध जन्मस्थलको लुम्बिनीमा आउने पर्यटकको संख्या बढ्यो(२०७४ पौष २६, बुधवार)
विश्वमाझ बुद्ध जन्मस्थल लुम्बिनीको महत्व बढिरहेको बेला सन् २०१६ को तुलनामा सन् २०१७ मा बाह्य पर्यटकको आगमनमा आंशिक बृद्धि भएको हो । लुम्बिनी विकास कोषको सूचना शाखाले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार सन् २०१६ मा कुल एक लाख ३६ हजार दुई सय ५३ जना विदेशी पर्यटक लुम्बिनी भित्रिएकोमा सन् २०१७ मा एक लाख ४५ हजार सात सय ९७ जना विदेशी पर्यटक आएका थिए ।
सन्धिखर्कमा डा. गोविन्द केसीको रिहा गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र (तस्बिर सहित)(२०७४ पौष २६, बुधवार)
अदालतको मानहानी गरेको आरोपमा सोमबार रातिदेखि प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीको रिहा गर्नुपर्ने माग गर्दै अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विरोध कार्यक्रम गरिएको छ । 
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त(२०७४ पौष २६, बुधवार)
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त देखिएको छ । निजी आवास पुनर्निर्माण नहुँदा भूकम्प प्रभावितहरु खुला ठाउँमै बस्न बाध्य भएका छन् । पुनर्निर्माण प्राधिकरणले खटाएका प्राविधिकहरु गाउँमा नबसेका कारण निजी आवास निर्माणमा समस्या भएको प्रभावितहरु बताउँछन् ।
नवलपरासीको दाउन्ने ओरालोमा पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु, सातजना घाइते(२०७४ पौष २५, मंगलवार)
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेको ओरालोमा  पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 
अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन(२०७४ पौष २५, मंगलवार)
अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन दिएको छ । अमेरिकामा आप्रवासीको चाप रोक्ने संकल्प यसअघि नै लिइसकेका राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक मध्य अफ्रिकी मुलुक एल साल्भाडोरका दुई लाख नागरिकलाई अमेरिकाबाट फर्काउने प्रक्रिया सुरु गरेका हुन् ।
दुई कोरिया पहिलो पटक उच्चस्तरीय वार्तामा(२०७४ पौष २५, मंगलवार)
दुई कोरियाबीच पछिल्लो दुई वर्षमा मंगलबार पहिलो पटक उच्चस्तरीय वार्ता हुँदैछ । उत्तर कोरिया र दक्षिण कोरियाबीच स्थानीय समयअनुसार बिहान १० बजे उच्चस्तरीय वार्ता हुन लागेको हो । दक्षिण कोरियाको प्रस्तावमा दुई देशबीचको सीमा क्षेत्रमा वार्ता हुने तय भएको हो ।
धारापानीमा पुर्ण सरसफाइ तथा महिनावारी हुँदाकाे सरसफाइ व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न (भिडियो, तस्बिर सहित)(२०७४ पौष २५, मंगलवार)
भुमिकास्थान नगरपालिका वडा न ३ र ४ स्तरीय महिला स्वास्थ्य स्वयंसेविका, स्वस्थ अामा समुह, महिला सहकारी,महिला शिक्षक र किशोरी छात्राहरूकाे एक दिने पुर्ण सरसफाइ तथा महिनावारी हुँदाकाे सरसफाइ व्यवस्थापन सम्बन्धि तालिम अाज शान्ति मावि धारापानीमा सम्पन्न भएकाे छ ।  
निर्माण व्यवसायी संघ अर्घाखाँचीद्दारा निर्माणकार्यका सामाग्रीहरुमा भएको मूल्य बृद्धि तत्काल फिर्ता नलिए ठप्प पार्ने चेताबनी(२०७४ पौष २५, मंगलवार)
सरकारले जथाभावी निर्माणकार्यका सामाग्रीहरुमा मूल्य बृद्धि गरेको भन्दै निर्माण व्यवसायीहरुले अापत्ति जनाउदै बृद्धि गरिएको मुल्य तत्काल फिर्ता लिन सरकार र सम्बन्धित पक्षलाई चेताबनी दिएको नेपाल निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष ऋषिराम अधिकारीले बताउनु भएको छ । 
एमाले नेता चौहानको सम्झनामा श्रद्धाञ्जली सभा सन्धिखर्कमा सम्पन्न (२०७४ पौष २५, मंगलवार)
नेकपा एमाले सन्धिखर्क नगर कमिटीले  सदरमुकाम  सन्धिखर्कमा  श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 
छत्रगञ्जमा झुन्डिएको अवस्थामा एक वृद्ध फेला(२०७४ पौष २५, मंगलवार)
अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालीका वडा नं ५ को छत्रगञ्जमा अन्दाजि ६०/६१ बर्ष का वृद्ध झुन्डिएको अवस्थामा फेला परेका छन । 
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका र कार्यक्रम सार्वजनिक(२०७४ पौष २५, मंगलवार)
निर्वाचन आयोगले आउँदो बिहीबारसम्म राष्ट्रियसभा निर्वाचनको कार्यतालिका र कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले अबको एक/दुई दिनभित्रै निर्वाचनको कार्यक्रम र कार्यतालिका सार्वजनिक गर्नेगरी आयोगले तयारी गरिरहेको जानकारी दिए ।

आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीद्दारा पक्राउ(२०७४ पौष २४, सोमवार)
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । डा. केसीको अभिव्यक्तिबाट अदालतको अवहेलना भएको सर्वोच्च अदालतको फैसलालगत्तै प्रहरीले सोमबार राति त्रिवि शिक्षण अस्पताल महराजगन्जस्थित अनशनस्थलबाटै उनलाई पक्राउ पक्रेको हो ।
डोटीमा आह्वान गरिएको हडताल स्थगित (२०७४ पौष २४, सोमवार)
प्रदेश नम्बर-७ को राजधानी दिपायलमा कायम गर्नुपर्ने माग गर्दै डोटीमा आह्वान गरिएको हडताल सोमबारदेखि स्थगित गरिएको छ । सोमबार साँझबाटै अवरुद्ध गरिएको सडक खोलिएको छ । सडक खोलिएसँगै सवारी-साधनहरु चल्न सुरु गरेका छन् ।
म्यानमारमा सरकारविरुद्ध लडाइँ जारी राख्ने रोहिंग्या आर्मीको उद्घोष(२०७४ पौष २४, सोमवार)
म्यानमारको अल्पसंख्यक रोहिंग्या मुसलमान बहुल क्षेत्रको विद्रोही समूहले सरकारविरूद्ध लडाइँ जारी राख्ने जनाएको छ । गतवर्ष 'आराकान साल्भेसन रोहिंग्या आर्मी' (आर्सा)ले सेनामाथि आक्रमण गरेपछि रखाइन प्रान्तमा हिंसा सुरु भएको थियो । उक्त हिंसाका कारण करिब साढे ६ लाख ५० हजार रोहिंग्या मुसलमान समुदाय बंगलादेश पलायन भएका थिए ।
शितगंगा नगरप्रमुख अधिकारीद्वारा प्लाष्टिक टनेल वितरण(२०७४ पौष २४, सोमवार)
अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकाका कृषकहरूलाई प्लाष्टिक टनेल वितरण गरिएकाे छ । 
उन्नत च्याउ उत्पादन सम्बन्धी एक दिने तालिम डिभर्नामा सम्पन्न(२०७४ पौष २४, सोमवार)
world news
उन्नत च्याउ उत्पादन सम्बन्धी एक दिने तालिम सन्धिखर्क नगरपालिका ११ डिभर्नामा सम्पन्न भएको छ । 
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न(२०७४ पौष २४, सोमवार)
अर्घाखाँची सम्पर्क समिति युएई  (दुबई क्षेत्रीय ) समितिले हरेक वर्ष जस्तै यस बर्ष पनि अङ्ग्रेजी नयाँ बर्ष २०१८ को अवसरमा भेटघाट शुभकामना तथा पिकनिक  कार्यक्रम सम्पन्न गरेको छ । 
सन्धिखर्कमा नागरीक समाज संस्थाको अवस्था र परिवर्तित सन्दर्भको भूमिका बिषयक कार्यक्रम सम्पन्न(२०७४ पौष २४, सोमवार)
जिल्लामा नागरीक समाज संस्थाको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् ।
डिभर्नामा स्थानीय सभाको बैठक सम्पन्न (तस्बिर सहित)(२०७४ पौष २४, सोमवार)

सन्धिखर्क नगरपालिकाको डिभर्नामा स्थानीय सभाको बैठक सम्पन्न भएको छ । 
http://go.oclaserver.com/afu.php?zoneid=1465736