arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
थप समाचार
खाँचीकोटका गहतेडाँडा, डिहिखोलामा एमालेका चुनावी सभाहरु सम्पन्न (२०७४ ज्येष्ड १०, बुधवार)
Image result for डिहीडाँडा arghakhanchi
सन्धिखर्क नगरपालिका वडा नम्वर ७  खाँचीकोटका   विभिन्न ठाउँमा नेकपा एमालेका चुनावी सभाहरु सम्पन्न भएका छन् । वडा नम्वर ७ गहतेडाँडा, डिहिखोला   लगायतका ठाउँमा  चुनावी सभाहरु सम्पन्न भएका हुन ।  
निर्वाचन आयोगद्वारा स्थानीय तह थप गर्दा जेठ ३१ मा चुनाव गर्न गाह्रो हुने सरकारलाई जानकारी(२०७४ ज्येष्ड १०, बुधवार)
निर्वाचन आयोगले मन्त्रिपरिषद्बाट निर्णय भए बमोजिम स्थानीय तह थप गर्दा जेठ ३१ मा चुनाव गर्न गाह्रो हुने सरकारलाई जानकारी गराएको छ।
 
झापा एमालेद्वारा नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन(२०७४ ज्येष्ड १०, बुधवार)
नेकपा एमालेले झापाका अधिकांश नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन गरिसकेको छ । सुनसरीको इटहरीमा बसेको एमालेको प्रदेश कमिटीको बैठकले १० वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको झापाको दमक नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति नगरपालिका, कमल नगरपालिका, केचनाकवल गाउँपालिका र झापा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन गरेको हो। 
समयमै दोस्रो चरणको निर्वाचन हुने काँग्रेसका सभापति देउवाको भनाई (२०७४ ज्येष्ड १०, बुधवार)
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुरुप सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा गरेकामा धन्यवाद दिएका छन्। 
एमालेका कारण ललितपुर महानगरपालिकाको मतगणना रोकियो (२०७४ ज्येष्ड ९, मंगलवार)
एमालेले विभिन्न माग राख्दै जिल्ला निर्वाचन कार्यालयमा निवेदन दर्ता गराएपछि ललितपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतगणना अन्तिम चरणमा पुगेको बेला एमालेले १ देखी २६ वडाको मतगणनाको 'रिटोटलिङ', खसेको मतसमेतको रुजु र 'कम्प्युटर टेबुलेसन'को पनि जाँच गर्न माग गर्दै निवेदन दर्ता गराएको छ ।
स्थानीय तहको संख्या वृद्धिले दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन चुनौती: मुख्य निर्वाचन आयुक्त(२०७४ ज्येष्ड ९, मंगलवार)
 मुख्य निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तहको संख्या वृद्धिले दोस्रो चरणको निर्वाचन तोकिएको मितिमा नै सम्पन्न गराउन चुनौती भएको बताएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगका सदस्य, प्राविधिक लगायतसँग छलफल गरेपछि मात्रै आयोग प्राविधिक र व्यवस्थापकीय दृष्टिकोणले दोस्रो चरणको निर्वाचन जेठ ३१ गते गराउन कति सक्षम रहेको भन्न सक्ने बताएका हुन् । 
पूर्वी तराईका तीन जिल्लामा हेपाटाइटिस-सी को जोखिम उच्च(२०७४ ज्येष्ड ९, मंगलवार)
पूर्वी तराईका तीन जिल्लामा ३८.१ प्रतिशत पुरुषमा हेपाटाइटिस-सी को जोखिम उच्च रहेको एक अध्ययनले देखाएको छ । सूईद्धारा लागु पदार्थ प्रयोग गरिरहेका पुरुषमा हेपाटाइटिस-सी को जोखिम उच्च देखिएको हो । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले एचआइभीको उच्च जोखिममा रहेका समुदायबीचमा गरेको जैविक तथा व्यवहारिक अध्ययनले यस्तो देखाएको हो ।
सन्धिखर्कको बसपार्कमा रोकी राखेको बस एक्कासी होटलमा छिर्दा २ जना घाइते (२०७४ ज्येष्ड ८, सोमवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित नयाँ बसपार्कमा सोमबार बिहान रोकी राखेको बस एक्कासी चिया पसल ( होटल) मा छिर्दा २ जना घाइते भएका छन् । 
सन्धिखर्कको डिभर्नामा कांग्रेस माओबादी परित्याग गरि एमालेमा प्रवेश (२०७४ ज्येष्ड ८, सोमवार)
सन्धिखर्क नगरपालिका १२ डिभर्नामा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । 
नरपानीका विभिन्न ठाउँमा एमालेका चुनावी सभाहरु सम्पन्न (२०७४ ज्येष्ड ८, सोमवार)
सन्धिखर्क नगरपालिका वडा नम्वर ६ नरपानीका  विभिन्न ठाउँमा नेकपा एमालेका चुनावी सभाहरु सम्पन्न भएका छन् । 
अर्घाखाँचीमा एमाले, राष्ट्रिय जनमोर्चा र माओवादीले उम्मेद्धार टुंगायो कांग्रेसले सकेन(२०७४ ज्येष्ड ८, सोमवार)
फलानो पाटीबाट फलानो उठ्दै छरेनी,  त्यो पाटिको त राम्रो बहुमत छनी फलानो उमेद्धार भयो भनेत बिकास हुन्छनी, फलानोको त ब्यक्तिगत प्रभाब राम्रो छनी   चिया पसल , चौतारा र चोकहरुमा आज भोलि यस्तै कुराले स्थान पाउन थालेका छन । 
निर्वाचन आयोगद्वारा जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको तयारी तीव्र (२०७४ ज्येष्ड ८, सोमवार)
निर्वाचन आयोगले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेको छ ।
दोलखाको मैलुङमा मतगणना हुने(२०७४ ज्येष्ड ८, सोमवार)
दोलखाको मैलुङ गाउँपालिकामा मतपेटिका राखिएको कोठाको ढोका खुला भेटिएपछि उठेको विवादका कारण रोकिएको मतगणना  हुने भएको छ । सोमबार दिनभर सोही विषयमा छलफल गरी अनुभवी टोली मगाएर एकसाथ २/३ टोलीले मतगणना गर्ने सहमति भएको हो । सोमबार बिहान ७ बजेबाट मतगणना गरिने भएको छ ।
वीरगन्जको महावीरस्थान चोकमा स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु(२०७४ ज्येष्ड ८, सोमवार)
वीरगन्जको महावीरस्थान चोकमा सोमबार बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ । कादम्बरी एकेडमी विद्यालयको ना२ख ८९३ नम्बरको बसले ठक्कर दिँदा वीरगन्जको महावीरस्थान चोक निवासी राम अग्रवालकी १४ वर्षीया छोरी दिया अग्रवालको घटनास्थलमै मृत्यु भएको हो ।
सर्वोच्चद्वारा टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णयको कारण देखाऊ आदेश (२०७४ ज्येष्ड ८, सोमवार)
सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णय गर्नाका कारण देखाउन सरकारका नाममा सोमबार कारण देखाऊ आदेश जारी गरेको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उक्त मुद्दा संविधानसँग सम्बन्धित भएको हुँदा संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको छ ।
अर्घाखाँचीमा एमाले र राष्ट्रिय जनमोर्चाका उम्मेदवार प्रचारमा व्यस्त, कांग्रेस-माओवादीको तालमेल छलफल जारी(२०७४ ज्येष्ड ८, सोमवार)
अर्घाखाँचीमा उम्मेदवारी टुंगो लागिसकेका एमाले र राष्ट्रिय जनमोर्चा सम्बद्ध उम्मेदवार प्रचारमा व्यस्त छन ।
काठमाडौं महानगरको ५०% मतगणना सकियो, अझै पाँच दिन लाग्ने अनुमान(२०७४ ज्येष्ड ८, सोमवार)
स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना सुरु भएको एक हप्ता सकिँदा काठमाडौँ महानगरपालिकाको मतगणना पचास प्रतिशतभन्दा बढी सकिएको छ । सोमबारदेखि सुरु गरिएको मतगणनाअन्तर्गत अहिले एक हप्तामा पचास प्रतिशतभन्दा बढी गणना गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताए । कुल दुई लाख ७९ हजार ३१६ मतदाता रहेको कामपामा करिब ७३ प्रतिशत (एक लाख ७२ हजार ६८३ ) मत खसेको थियो ।  
राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल युबक संघ अर्घाखाँचीकाे धारापानी चुनावी कार्यक्रम सम्पन्न(२०७४ ज्येष्ड ८, सोमवार)
राष्ट्रिय जनमाेर्चा  निकट अखिल नेपाल युबक संघ जिल्ला समिति अर्घाखाँचीकाे अायाेजनामा भुमिकास्थान नगरपालिका वडानम्बर ३र४ काे संयुक्त भेला धारापानीकाे मदनडाँडामा सम्पन्न भएकाे छ । 
सन्धिखर्कमा रेडियो उद्घोषण तथा आधारभूत पत्रकारीता ५ दिने तालिम शुरु(२०७४ ज्येष्ड ७, आइतवार)
अर्घाखाँची जिल्लाकाे सन्धिखर्कमा  रेडियो उद्घोषण तथा आधारभूत पत्रकारीता ५ दिने तालिम शुरु भएको छ । 
कांग्रेस अर्घाखाँचीद्वारा सन्धिखर्क नगरपलिका, छत्रदेव, मलारानी र भुमिकास्थान नगरपालिकामा वार्डका उम्मेदवारहरूको घोषणा(२०७४ ज्येष्ड ७, आइतवार)
अर्घाखाँची जिल्लामा हुने दोस्रो चरणको स्थानिय तहको निर्वाचनको लागि नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं १ का लागि केही वार्डका उम्मेदवारहरूको तय गरेको छ । 
राष्ट्रिय जनमोर्चा भुमिकास्थान-सन्धिखर्क सम्पर्क समितिको चुनावी भेला सन्धिखर्कमा सम्पन्न (२०७४ ज्येष्ड ७, आइतवार)
स्थानीय तह दोस्रो चरणको निर्बाचनको मिति नजिकिए सङ्गै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियानलाई तिब्रता दिन थालेको छ । 
राष्ट्रिय जनमोर्चा निकट युवक संघ अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको पोखेडाडामा चुनावी भेला सम्पन्न(२०७४ ज्येष्ड ७, आइतवार)
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ अर्घाखाँचीको आयोजनामा भुमिकास्थान नगरपालिकाको पोखेडाडामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अर्घाखाँची सेवा समाज कतारको साँस्कृतिक तथा मिलन कार्यक्रम सम्पन्न (फोटो सहित)(२०७४ ज्येष्ड ७, आइतवार)
अर्घाखाँची सेवा समाज कतारले बृहत साँस्कृतिक तथा मिलन समारोहको आयोजना गरि सनैया स्थिति रोटाना होटलको सभा हलमा भव्यताका साथ सम्पन्न गरेको छ।
राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाको खिल्जी किर्लुकमा चुनावी घरदैलो सम्पन्न ( फोटो सहित)(२०७४ ज्येष्ड ७, आइतवार)
राष्ट्रिय जनमोर्चाको भुमिकास्थान नगरपालिकाको वार्ड नम्बर -  ६ साविक खिल्जीको किर्लुकमा चुनावी घरदैलो सम्पन्न भएको छ । 
अर्घाखाँचीका चिया पसल, गाउँका चौतारा र चोकहरुमा चुनावी सरगर्मी(२०७४ ज्येष्ड ७, आइतवार)
अर्घाखाँचीका चिया पसल, चौतारा र चोकहरुमा हिजोआज चुनावी  कुरा गुञ्जिन्छन् ।
राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाको धनचौर देखि ढाकावाङ्ग सम्म चुनावी घरदैलो अभियान(२०७४ ज्येष्ड ७, आइतवार)
राष्ट्रिय जनमोर्चाले भुमिकास्थान नगरपालिकाको धनचौर देखी ढाकावाङ्ग सम्मका दशवटै वडामा आज एकैसाथ घरदैलो अभियानको थालनी गरेको छ । 
रुपन्देहीमा दृष्टिविहिन क्रकेटको उपाधि लुम्बिनी एघारलाई (२०७४ ज्येष्ड ७, आइतवार)
लुम्बिनी दृष्टिविहिन क्रिकेट संघको आयोजनामा रुपन्देहीमा भएको टि-२० दृष्टिविहिन क्रिकेटको उपाधि लुम्बिनी एघार टिमले जितेको छ । जिल्ला संमन्वय समिति रुपन्देही र बुटवल उपमानगरपालिकाको आर्थिक सहयोगमा  सेमलारमा भएको फाईनल प्रतिष्पार्धामा रुपन्देही एघारलाई ७७ रनले पराजीत गर्दै लुम्बिनी एघारले उपाधि रक्षा गरेको हो । 
अफगानिस्तानमा एक जना फिनिस महिलाको हत्या, सुरक्षागार्डको शीर छेदन (२०७४ ज्येष्ड ७, आइतवार)
अफगानिस्तानको एउटा गेष्ट हाउसमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी एक जना फिनिस महिलाको हत्या गर्नुका साथै सुरक्षागार्डको शीर छेदन गरेका छन् । राजधानी काबुलस्थित गेष्ट हाउसमा प्रवेश गर्नु अघि ती व्यक्तिले गेष्ट हाउसका सुरक्षा गार्डको टाउको काटेको बताइएको छ । त्यसपछि सोही गेष्ट हाउसमा रहेकी फिनल्याण्डकी महिलाको अपहरण गरी हत्या गरेर अपराधी फरार भएको जनाइएको छ ।
सन्धिखर्कमा खानेपानीको हाहाकार(२०७४ ज्येष्ड ६, शनिवार)
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा खानेपानीको हाहाकार भएको छ । 
कांग्रेस नेतृत्वको सरकारले दोस्रो चरणको निर्वाचन गराउँछ: टोपबहादुर रायमाझी (२०७४ ज्येष्ड ६, शनिवार)
नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले दोस्रो चरणको स्थानीय तह निर्वाचन नेपाली कांग्रेस नेतृत्वको सरकारले गराउने बताएका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले मधेसवादी दल र प्रतिपक्षी दुबैको मागलाई सम्बोधन गरेर दोस्रो चरणको निर्वाचन गर्नु अहिलेको राष्ट्रिय आवश्यकता हो- भने ।