arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
सरुवा भएर अर्घाखाँचीबाट जादै गरेका जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोलालाई विदाई(२०७४ भाद्र ३०, शुक्रवार)
सरुवा भएर जादै गरेका अर्घाखाँची जिल्ला अदालतका जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोलालाई पत्रकार महासंघ र उद्योग वाणिज्य महासंघले सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा विदाई गरेका छन् ।
अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइयो ( तस्बिर सहित)(२०७४ भाद्र ३०, शुक्रवार)
राष्ट्रिय बाल दिवसको अबसरमा अर्घाखाँची जिल्लाका विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस  मनाइएको छ । 
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी भुसालद्वारा पत्रकारहरुसंग भेटघाट, कानुन विपरित कार्य गर्ने जोसुकैलाई पनि कारवाही गर्ने स्पष्ट(२०७४ भाद्र ३०, शुक्रवार)


प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सुचना सवैभन्दा ठूलो पावर भएकोले संचार क्षेत्रको सहकार्यमा आफुले जिल्लामा सवै गतिविधीहरुलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 
तराईका आठ जिल्लालाई असोज २ गते सार्वजनिक बिदा(२०७४ भाद्र ३०, शुक्रवार)
नेपाल सरकार (मन्त्रिपरिषद्)को यही भदौ २६ गतेको निर्णयानुसार आगामी २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न हुने विभिन्न आठ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । 
उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि दक्षिण कोरियाको जवाफी मिसाइल प्रहार(२०७४ भाद्र ३०, शुक्रवार)
उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि जवाफमा दक्षिण कोरियाले पनि निर्धारित् लक्ष्यमा दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले गरेको परीक्षणको केही समयपश्चात् प्रतिक्रियास्वरुप दक्षिणले दुईओटा ह्युन्मू-२ नामक ब्यालेस्टिक मिसाइल निर्धारित् लक्ष्यमा सफलतापूर्वक प्रहार गरेको जोइन्ट चिफ्स अफ स्टाफको कार्यालयले बताएको छ ।
एमालेका कारण संविधान संशोधन हुन नसकेको प्रधानमन्त्री देउवाको आरोप(२०७४ भाद्र ३०, शुक्रवार)
प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताएका छन् । बाराको सदरमुकाम कलैयामा नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले ढिलै भएपनि तराई-मधेसका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गरे ।
सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील(२०७४ भाद्र ३०, शुक्रवार)
सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाकाअनुसार जिल्लाका कुल २१९ मतदानस्थलमध्ये १०९ ओटा अतिसंवेदनशील र ८४ ओटा संवेदनशील रहेका छन् भने २६ ओटा मतदानस्थलमात्र सामान्य अवस्थाका रहेका छन् ।
लन्डनको दक्षिण-पश्चिम क्षेत्रमा भुमिगत रेलमार्ग विस्फोटमा १८ जना घाइते(२०७४ भाद्र ३०, शुक्रवार)
लन्डनको दक्षिण-पश्चिम क्षेत्रमा रहेको भुमिगत रेलमार्गमा भएको बम विस्फोटमा कम्तिमा १८ जना घाइते भएका छन् । लन्डनको भूमिगत रेलमार्गको पार्सन्स ग्रीन स्टेशन स्थित खुल्ला ठाँउमा रहेको रेलको एक डिब्बामा विस्फोट हुँदा कम्तिमा १८ जना यात्रुहरु घाइते भएको 'बीबीसी'ले उल्लेख गरेको छ ।
स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलान्चोकमा एकजनाको मृत्यु (२०७४ भाद्र ३०, शुक्रवार)
स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलान्चोकमा शुक्रबार (आज) एकजनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका प्रमुख डा.अर्जुन सापकोटाका अनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका-७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो । 
गजल:- छाड़ेर गएछ उ(२०७४ भाद्र ३०, शुक्रवार)
छाडी गएउर.? होईन लाग्छ,चारै तीर खोज्दै छु म"!!
साचो होकी कल्पना मात्र, कीन यस्त सोच्दै छु म"!!

परेली यी रशाए आज, पराई भईउरे भन्ने सुन्दा.."
आफ्नै मूटुमा तीर हानी कीन आफै घोच्दै छु म"!!

भुमिकास्थान नगरपालिकाका जनप्रतिनिधीले भ्रष्टाचार बिरुद्धको म खाँदिन अभियानमा एक्यबद्धता जनाए(२०७४ भाद्र ३०, शुक्रवार)
भ्रष्टाचार बिरुद्धको म खाँदिन अभियानमा भुमिकास्थान नगरपालिकाका जनप्रतिनिधीले एक्यबद्धता जनाएका छन् । 
अर्घाखाँची जिल्ला अदालतका नयाँ जिल्ला न्यायाधीशमा रामचन्द्र पौडेल(२०७४ भाद्र २९, विहीवार)
Image result for जिल्ला अदालत arghakhanchi
अर्घाखाँची जिल्ला अदालतको नयाँ जिल्ला न्यायाधीशमा रामचन्द्र पौडेल आउने भएका छन् ।
अन्तरास्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको काठमाण्डौ सम्पर्क समिती गठन(२०७४ भाद्र २९, विहीवार)
विश्वभर रहने अर्घाखाँचीवाँसीको छाता संगठन अन्तरास्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको काठमाण्डौ सम्पर्क समिती घोषणा सभा २०१७-७४ सम्पन्न भएको छ । 
राष्ट्रिय बाल दिवस मनाईदैं गर्दा अर्घाखाँचीमा चरम बाल श्रम शोषण(२०७४ भाद्र २९, विहीवार)
राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै गर्दा अर्घाखाँची जिल्लामा भने बाल श्रम शोषणको घटना जारी रहेको रहेको छ ।  
अर्घाखाँचीका एक युवाको कतारमा सडक दुर्घटनामा परि मृत्यु(२०७४ भाद्र २९, विहीवार)
world news
रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँचीका एक जनाको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।
हरियाणातर्फ जाने क्रममा यमुना नदीमा डुंगा पल्टियो, २० जनाको मृत्यु, कयौं बेपत्ता(२०७४ भाद्र २९, विहीवार)
भारतको उत्तर प्रदेश राज्यको बागपतबाट करिब ६ किलोमिटर दुरीमा रहेको काठा गाउँ नजिकै यमुना नदीमा बिहीबार बिहान डुंगा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । केहीले भने पौडिएर ज्यान जोगाएको बताइएको छ । दुर्घटनामा अन्य कयौं बेपत्ता भएका छन् ।
खाचिकोटको श्री चन्द्र प्रभा माबि डिहिडाँडाको ६४ औ बार्षिकउत्सव कार्यक्रम सम्पन्न(२०७४ भाद्र २९, विहीवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड - ७ खाचिकोटको श्री चन्द्र प्रभा माध्यमिक बिधालय डिहिडाँडाको ६४ औ बार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ ।
अर्घाखाँचीमा बाघ मार्न सेना र प्रहरी परिचालन, पहिलो दिन खाचिकोट, ढिकुरा, कुर लगायतका क्षेत्रमा बाघ, चितुवा फेला परेन (तस्बिर सहित)(२०७४ भाद्र २९, विहीवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क स्ठित खाचिकोट, ढिकुरा लगायतका क्षेत्रमा बाघ मार्नका लागि बिशेष सेना र प्रहरी परिचालन गरिएको छ ।
प्रबासी नेपाली मंच, साउदी अरबले ३ लाख ३० हजार रुपैया बाढी पिडितको लागि सहयोग गर्यो (२०७४ भाद्र २९, विहीवार)

प्रबासी नेपाली मंच, साउदी अरबले ३ लाख ३० हजार रुपैया बाढी पिडितको लागि सहयोग गरेको छ 


तराइका बाढीपिडित नागरिकहरुको पिडामा थोरै भएपनि सहयोग गर्न प्रबासी नेपाली मंचका सदस्यहरु, शुभचिन्तक तथा रोजगारीको शिलशिलामा साउदी अरब आएका नेपालीहरुबाट सो रकम जम्मा गरी  र नेकपा एमालेको प्राकृतिक विपति राहत कोषमा जम्मा गरिएको मंचका अध्यक्ष बलराम गिरीले बताएका छन  


विश्वभर छरिएर रहेका प्रगतिशील, जनबादी तथा देशभक्तहरुको छाता संगठन प्रबासी नेपाली मंच नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रबास संगठन हो

           
विराट गुथिले चिनिया साहित्यकारहरुलाई स्वागत गरियो(२०७४ भाद्र २९, विहीवार)
विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुरले चिनिया  साहित्यकारहरुलाई भक्तपुरको एभरेष्ट इङ्गलिस स्कुलमा एक समारोह बीच स्वागत गरेको छ ।
सन्धिखर्कमा दुईदिने ट्राफिक सचेतना सम्वन्धी प्रशिक्षण शुरु(२०७४ भाद्र २९, विहीवार)
देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीको आयोजनामा देउराली यातायातको सान सुरक्षित यात्रा हाम्रो अभियान भन्ने मुल नाराका साथ गाडी चालक तथा सह चालकहरुका लागि सन्धिखर्कमा दुईदिने ट्राफिक सचेतना सम्वन्धी प्रशिक्षण कार्यक्रम बिहिबारबाट शुरु भएको छ ।
अर्घाखाँचीमा सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरी प्रशासन असफल ! बाघको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग(२०७४ भाद्र २८, बुधवार)
Image result for अर्घाखाँची प्रशासन
अर्घाखाँचीमा बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरी प्रशासन असफल भएको छ । 
अर्घाखाँचीमा मानव र वन्यजन्तुबीच द्वन्द्व र विकल्प (२०७४ भाद्र २८, बुधवार)
Image result for arghakhanchi.COM
अर्घाखाँचीमा मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको छ।
Voter ID cards to be issued on Sept 15, 16 and 17 in Province 2(२०७४ भाद्र २८, बुधवार)
The Election Commission is to issue the voter identity cards for the purpose of the third phase local-level election on September 15, 16 and 17.
Saptari enforces strict security measures for upcoming polls(२०७४ भाद्र २८, बुधवार)
The local authorities are tightening the security in the district in view of the forthcoming 3rd phase of local polls the government announced for September 18.

प्रदेश-२ मा भदौ ३० देखि १ गतेसम्म मतदाता परिचयपत्र वितरण(२०७४ भाद्र २८, बुधवार)
निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ । प्रदेश नम्बर-२ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ ।
गच्छेखोला बजारमा फेला परेका अचेत व्यक्तीको मृत्‍यु (२०७४ भाद्र २८, बुधवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नं ७ ( साविक खाचिकोट ) गच्छेबजारमा मंगलबार अचेत अवस्थामा फेला परेका एक व्यक्तीको मृत्‍यु भएको छ । 
संगीतकार तथा गायक कमल सौरागको सन्धिखर्कको सभागृहमा एकल साँझ हुने(२०७४ भाद्र २८, बुधवार)
नेपाली गीत संगीतमा बिगत २ दशक देखि गायन/संगीत/शब्द र एरेन्ज हुदै मोडलिङ क्षेत्र सम्म पाईला टेकेका बहुप्रतिभाका धनि चर्चित गायक तथा एरेन्जर कमल सौरागको पहिलो एकल साँझ हुने भएको छ ।
अर्घाखाँचीमा बाघ मार्नका लागि भोली देखि हतियारसहित बिशेष प्रहरी परिचालन, सुरक्षा टिम र नगरपालिकाका प्रतिनिधिले खचिकोटका पीडित परिवारलाई भेटे(२०७४ भाद्र २८, बुधवार)
अर्घाखाँचीमा बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले भोली बिहीवार देखि बाघ मार्नका लागि बिशेष प्रहरी परिचालन गर्ने भएको छ । 

खाचिकोटको प्रगतीनगर भालुखोला बाजाबारीमा बाघले बच्चा खायो (२०७४ भाद्र २७, मंगलवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क -७ प्रगतीनगर ( साविक खाचिकोट - ६ भालुखोला बाजाबारी) का एक बालकलाई बाघले खाएको छ ।