arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
थप समाचार
गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक स्वीकृत(२०७३ चैत्र २, बुधवार)
व्यवस्थापिका-संसदको बुधबारको बैठकले 'गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक, २०७३' माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । त्यसअघि विधेयकका सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद महेश आचार्यले संविधानले गरेको व्यवस्थानुसार गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण हुनुपर्नेमा जोड दिँदै नयाँ सोचका साथ स्थानीय तहलाई अधिकार दिनेगरी काम हुनुपर्ने बताए ।
प्रधानमन्त्रीद्वारा सीमांकन बाहेकका विषय टुंगो लगाएर स्थानीय निर्वाचनमा सहभागी हुन मधेसी मोर्चालाई पुनः आग्रह(२०७३ चैत्र २, बुधवार)
प्रधानमन्त्री पुष्पकमल दाहालले सीमांकनबाहेकका अन्य विवादित विषय टुंगो लगाएर स्थानीय तहको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पुनः आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषादको कार्यालय सिंहदरबारमा बुधबार आफूसँग भेट गर्न आएका मधेसी मोर्चाका शीर्ष नेताहरुलाई प्रधानमन्त्री दाहालले प्रदेश सीमांकनको विषय निर्वाचनपछि टुंगो लगाउने आश्वासन दिँदै तत्काल भने चुनावमा जान आग्रह गरेका हुन् । 
स्थानीय तहलाई सात अर्ब ४४ करोड बजेट दिने निर्णय(२०७३ चैत्र २, बुधवार)
सरकारले हालै सञ्चालनमा आएका देशभरका सात सय ४४ स्थानीय तहलाई सात अर्ब ४४ करोड रुपैयाँ बजेट दिने निर्णय गरेको छ । 

इमर्जिङ कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा(२०७३ चैत्र २, बुधवार)
यही चैत १२ गतेदेखि बंगलादेशमा हुने एसीसी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
नेपाली हवाई क्षेत्रलाई यूरोपियन यूनियनको कालो सूचिबाट हटाउन औपचारिक पहल(२०७३ चैत्र २, बुधवार)
यूरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले यूरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ । 

फोनमा धेरै समय बोल्दा श्रवण शक्ति गुम्ने खतरा(२०७३ चैत्र २, बुधवार)
तपाईं घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ? बेलैमा सचेत हुनुस्, श्रवणशक्ति गुम्ला! यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायत समस्या पाइएको छ। उपचार गर्न अस्पताल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको सम्बन्धित चिकित्सक बताउँछन्।
अर्घाखाँची जुकेना सम्पर्क समाज रुपन्देहीको रक्तदान कार्यक्रम सम्पन्न(२०७३ चैत्र २, बुधवार)
अर्घाखाँची जुकेना सम्पर्क समाज रुपन्देहीले अायोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
बल्कोटमा गर्भवती महिला र कृषकलाई विउँ वितरण(२०७३ चैत्र २, बुधवार)
अर्घाखाँचीको बल्कोटमा गर्भवती महिला र कृषकलाई विउँ वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । 
अड्गुरीमा ४० घरपरिवारलाई विउँ वितरण(२०७३ चैत्र २, बुधवार)
महिला तथा २ वर्ष मुनिका बालबालिका हरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्धेश्यका साथ संचालनभएको सुआहारा दोस्रो चरणको कार्यक्रम अन्र्तगत अर्घाखाँची जिल्लाको अड्गुरी गाविसमा गाविसमा ग्रामिण नमुना कृषक, १००० दिनका महिला, महिला स्वास्थ्य स्वयमसेविका, गाविसका सामाजिक परिचालक गरी ४० घर परिवारलाई विउँपल वितरण गरिएको हो । 
संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?(२०७३ चैत्र २, बुधवार)
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले संसारमा २४ क्यारेटको गहना नबन्ने दाबी गरेका छन् । शुक्रवार रिपोर्टर्स क्लब नेपालमा सुन चाँदी व्यवसाय पीडित सङ्घर्ष समितिले गरेको पत्रकार सम्मेलनमा महर्जनले यस्तो दाबी गरेका हुन् । 

जैविक ऊर्जा रणनीति सार्वजनिक : एलपी ग्यास र इन्धन आयात प्रतिस्थापन गर्न रणनीतिले सघाउने(२०७३ चैत्र २, बुधवार)
आगामी ५ वर्षभित्रमा नेपाललाई घरभित्रको धुवाँमुक्त बनाउने महत्वाकांक्षी योजना सहित नेपाल जैविक ऊर्जा रणनीति कार्यान्वयनमा ल्याइएको छ । जनसङ्ख्या तथा वातावरण मन्त्रालयको संयोजकत्व र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा तयार पारिएको जैविक ऊर्जा रणनीतिको बुधबार वातावरण मन्त्री जयदेव जोशीले सार्वजनिक गरेका छन् । 
अर्घाखाँचीको शितगंगा नगरपालिका सिद्धाराका ५ वर्षिय बालक दैनिक ४ घण्टा जंगलमा पैदल गरी स्कुल ओहोरदोहोर गर्दै(२०७३ चैत्र २, बुधवार)
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १० सिद्धारा (साबिक: सिद्धारा गाविस-४ तारिके ) का पाँच वर्षका सुन्दर बलाल दैनिक चार घण्टा पैदल हिँडेर स्कुल ओहोरदोहोर गर्छन् ।
सन्धिखर्कमा फेरि १४ वर्षिया बालिकाले आत्महत्या गरिन्(२०७३ चैत्र १, मंगलवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा फेरि एक बालिकाले झुन्डिएर आत्महत्या गरेकी छन् । 
अर्घाखाँचीमा वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह आजदेखी सुरु(२०७३ चैत्र १, मंगलवार)
वन डढेलो नियन्त्रण गरौ, दिगो रुपमा खोटो उप्पादन गरी आत्मनिर्भर बनौ भन्ने मुख्य नाराका साथ आजदेखी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह सुरु भएको छ ।
पोखराथोकमा ५४ जना घर परिवारला सुआहाराको विउँ वितरण(२०७३ चैत्र १, मंगलवार)
अर्घाखाँची जिल्लाको पोखराथोक गाविसमा ग्रामिण नमुना कृषक, १००० दिन का महिला, महिला स्वास्थ्य स्वयमसेविका, गाविसका सामाजिक परिचालक गरी ५४ जना घर परिवारलाई विउँपल वितरण गरिएको हो ।
मधेसी मोर्चाको बन्द र अवरोधकाबीच एमालेको नेपालगन्जमा शक्ति प्रदर्शन(२०७३ चैत्र १, मंगलवार)
मधेसी मोर्चाको बन्द र अवरोधकाबीच पनि नेकपा एमालेले मंगलबार नेपालगन्जमा शक्ति प्रदर्शन गरेको छ । मेची-महाकाली राष्ट्रिय जागरण अभियानअन्तर्गत् मंगलबार नेपालगन्जमा एमालेले प्रदर्शन र आमसभा गरेको हो । एमालेलाई महेन्द्र राजमार्गबाट भित्र जान नदिने भन्दै मोर्चाले बन्द र ठाउँठाउँमा गरेको अवरोध छिचोल्दै एमालेले गाउँगाउँबाट जुलुस निकालेको थियो ।
भारतमा फेरी अर्की नेपाली चेली बचाउन सफल "नेपाली देशभक्त आवाज"(२०७३ चैत्र १, मंगलवार)
world news
नवलपरासी निवासी १७ बर्षिय (नाम परिवर्तन) पुष्पा खरेल गत चैत १० गतेको दिन कलेज गएकि त्यो दिन देखि लापता भइ १५ दिन पछि भारतको क्राइम यरिया अलिगढ स्थित गुन्डाहरुको चुङल बाट नेपाली देशभक्त आवाजका प्रतिनिधिहरुले ती नाबालिक लाई सकुसल उद्दार गर्न सफल रहेका छन |
काठमाडौंको गोकर्णेश्वरमा विद्यालय बनाइरहेको घाँसी नेपाललाई आनीछोइङको सहयोग(२०७३ चैत्र १, मंगलवार)
आनीछोइङ डोल्माले विद्यालय भवन निर्माणका लागि १४ लाखभन्दा बढी रकम सहयोग गर्नुभएको छ ।  काठमाडौंको गोकर्णेश्वर नगरपालीकास्थित तारेभिर प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माणका लागि उहाँले १४ लाख ७ हजार ५ सय ८५ रुपैंया सहयोग गर्नुभएको हो । 
अर्घाखाँचीमा माध्यमिक शिक्षा परिक्षाकाे सम्पुर्ण तयारी पूरा(२०७३ चैत्र १, मंगलवार)
यही चैत्र ३ गते देखि सन्चालन हुने माध्यमिक शिक्षा परिक्षाकाे अर्घाखाँचीमा सम्पुर्ण तयारी पूरा भएको छ । 
चुत्राबेशीमा ढाेरपाटन सडक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न (२०७३ चैत्र १, मंगलवार)
ढाेरपाटन संघर्ष समिति सन्धिखर्क नगरपालिका - २ अर्घाखाँचीकाे अायाेजनामा ढाेरपाटन सडक सम्बन्धि अन्तरक्रिया कार्यक्रम चुत्राबेशीमा सम्पन्न भएको छ । 
स्थानीय तह पुनःसंरचना पारित भइ राजपत्रमा प्रकाशन भएसँगै मोरङमा स्थानीय तहहरुको नयाँ नाम र जिम्मेवारी तोकियो(२०७३ चैत्र १, मंगलवार)
स्थानीय तह पुनःसंरचना पारित भइ राजपत्रमा प्रकाशन भएसँगै मोरङमा स्थानीय तहहरुको नयाँ नाम र जिम्मेवारी तोकिएको छ । साविक जिविस र गाविसको नाम परिवर्तन भइ नगरपालिका र गाउँपालिकामा जिम्मेवारी हस्तान्तरण भएको हो । मोरङ जिल्लामा एक उपमहानगरपालिकासहित ८ नगरपालिका र ८ ओटा गाउँपालिका बनेका छन् । शुक्रबारदेखि नयाँ संरचना लागू गर्ने भनिएता पनि मोरङमा भने मंगलबारबाटमात्र लागू गरिएको हो ।
अर्घाखाँचीका गाउँपालिका तथा नगरपालिकामा अधिकृत तोकिए (२०७३ चैत्र १, मंगलवार)
नेपालको संविधान २०७२ अनुसार नेपाल सरकारले संविधानलाई कार्यान्वयन गर्ने क्रममा नेपालका सवै गाविस खारेज भएसँगै अर्घाखाँचीमा पनी खारेज भएका छन । 
रामेश्वर खनालद्वारा नयाँ शक्ति पार्टीमा आफू नरहेको घोषणा(२०७३ चैत्र १, मंगलवार)
पूर्व अर्थ सचिव रामेश्वर खनालले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आफू नरहेको घोषणा गरेका छन्।  उनले मंगलबार ट्विट गर्दै पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जनाएका हुन्। म कुनै पार्टीमा छैन, राजनीति मेरो क्षमताको विषय रहेनछ। अब के भनुँ-उनले लेखेका छन्।  
खनदहमा माओवादी केन्द्रका केन्द्रिय सदस्य सहित १८० जना एमालेमा प्रवेश(२०७३ फाल्गुन ३०, सोमवार)
अर्घाखाँची जिल्ला खनदह गा.वि.स.मा नेकपा माओवादी (केन्द्र) का राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान सहित १८० जना माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । 
ताप्लेजुङमा साविकको स्थानीय तहको संरचनामा फेरबदलले सेवा प्रभावित(२०७३ फाल्गुन ३०, सोमवार)
सरकारले साविकको स्थानीय तहको संरचनामा फेरबदल गर्दै स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै सर्वसाधारणले स्थानीय निकायबाट पाइरहेको सेवा प्रभावित भएको छ । गाउँ विकास समितिहरु गाउँपालिका र नगरपालिका एवं उपमहानगर र महानगरपालिकाजस्ता तहमा परिणत भएकाले देशभरको स्थानीय तहको काम प्रभावित बनेको हो ।
स्थानीय तहमा सन्चालनका लागि ३९० कर्मचारी माग(२०७३ फाल्गुन ३०, सोमवार)
 संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले संघीय संरचनाअनुसारका स्थानीय तहमा सन्चालनका लागि सामान्य प्रशासन मन्त्रालयसँग ३९० कर्मचारी माग गरेको छ । संघीय संरचनाअनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कार्यालय प्रमुख भइ कार्यालय सन्चालन गर्नका लागि ३९० जना कर्मचारी माग गरिएको मन्त्रालयका सहप्रवक्ता मदन कोइरालाले जानकारी गराए ।
नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजित(२०७३ फाल्गुन ३०, सोमवार)
 नेपालले एक दिवसीय क्रिकेटमा विश्वकपको अनुभवी टिम केन्यामाथि कीर्तिमानी जित हासिल गरेको छ । पहिलोपटक केन्यामाथि जित हासिल गर्नेक्रममा नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पिनयसिपमा ७ विकेटको जित हासिल गरेको हो । सोमबार कीर्तिपुर मैदानमा १५६ रनको सामान्य चुनौती नेपालले ३० ओभर २ बलमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो ।
सप्तरीमा हत्या भएको विरोधमा महान् पर्व होली पर्व बहिस्कार(२०७३ फाल्गुन ३०, सोमवार)
प्रहरीको गोली लागी आफ्ना पाँच कार्यकर्ताको हत्या भएको विरोधमा सोमबार सप्तरीमा मधेसी मोर्चाको कार्यकर्ताले हिन्दूको महान् पर्व होली पर्व बहिस्कार गरेका छन् । स्थानीयले होली बहिस्कारका गर्नुका साथै हत्याको शोकमा सामूहिक केशमुन्डनसमेत गरेका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलले हर्षोल्लासका साथ मनाउने होली आफ्ना कार्यकर्ताको हत्याले कसैलाई नमनाउन आह्वान गरिएको बताए ।
काठमाडौंको वसन्तपुरमा होली विशेष कार्यक्रम (फोटो फिचर)(२०७३ फाल्गुन २९, आइतवार)
           
राहत हस्तान्तर गर्दै अर्घाखाँची प्रवासी समाज र सुपा देउराली बचत खाता बहराइनको माषिक बैठक सम्पन्न(२०७३ फाल्गुन २८, शनिवार)
अर्घाखाँची प्रवासी समाज बहराइन र सुपा देउराली बचत खाता बहराइनको माषिक बैठक सँगै कम्पनीमा ६ महिना मजदुरी गरेको तलब नदिएर समस्यामा पर्नु भएका ५ नेपालीलाई राहत हस्तान्तरण गरि सम्पन्न भएको छ ।