arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
पुनः संविधान संशोधन प्रस्ताव पारित हुन नदिने एमालेको निर्णय(२०७४ आषाढ २६, सोमवार)
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहमतिविपरीत सत्ता गठबन्धनद्वारा पुनः संविधान संशोधनको चर्चा चलाएको भन्दै त्यसलाई पारित हुन नदिइने स्पस्ट पारेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार सम्पन्न स्थायी कमिटी बैठकले यही असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अनेकौं प्रतिकूलता भएपनि पार्टी पहिलो शक्तिकारुपमा स्थापित हुन सकेकामा सन्तोष व्यक्त गरेको पार्टी सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आज गुरुपूर्णिमा पर्व (२०७४ आषाढ २५, आइतवार)
असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमा ब्रत शनिबार परे पनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आज परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
सप्तरीका बाढीपीडितले राहत पाएनन्, जनजीवन अस्तव्यस्त(२०७४ आषाढ २५, आइतवार)
सप्तरीका बाढीपीडितले राहत नपाएका कारण जनजीवन अस्तव्यस्त भएको   छ ।  

दाङबाट रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना, दुई जनाको मृत्यु, २५ बढी यात्रु घाइते (२०७४ आषाढ २५, आइतवार)
दाङबाट रुकुम जाँदै गरेको यात्रु बस सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । मृतकको सनाखत हुन सकेको छैन । इलाका प्रहरी कार्यालय लुहामका अनुसार ना ४ ख ५७५४ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिकाको टुनिबोट नजिक सल्ले खोलामा दुर्घटना भएको हो ।
संसद् बैठकमा कर्मचारी समायोजन विधेयक- २०७३ विधेयक प्रस्तुत(२०७४ आषाढ २५, आइतवार)
संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्न आवश्यक भन्दै कर्मचारी समायोजन विधेयक, २०७३ विधेयक प्रस्तुत गरिएको छ । व्यवस्थापिका-संसद्को  बैठकमा प्रधानमन्त्री एवम् सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाका तर्फबाट उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।
झाडापखाला महामारी रोग नियन्त्रणका लागि रसुवाका तीन स्थानमा औषधि भण्डारण(२०७४ आषाढ २५, आइतवार)
वर्षायाममा हुनसक्ने झाडापखाला महामारी रोग नियन्त्रणका लागि रसुवाका तीन स्थानमा औषधि भण्डारण गरिएको छ । जिल्ला स्वास्थ्य प्रमुख डा.झलक शर्मा गौतमले दक्षिणी रसुवाको कालिकास्थान मध्यभागमा धुन्चे र उत्तरी क्षेत्रको स्याफ्रुबेँसीमा महामारी रोग रोकथामका आवश्यक औषधि भण्डारी गरिसकिएको र पाँचजना चिकित्सक जिल्लास्तरमा तैनाथ राखिएकाले उपचारको सवालमा जस्तोसुकै परिस्थिति आएपनि जिल्लावासी आत्तिनु पर्ने अवस्था नरहेको बताए ।
नारायणगढ-मुग्लिन सडकखण्डमा रातिको समयमा यातायात आवागमन बन्द(२०७४ आषाढ २५, आइतवार)
पहिरोको जोखिम बढेपछि नारायणगढ-मुग्लिन सडकखण्डमा  रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र पहिरोको बढी जोखिममा देखिएका कारण रात्रिकालीन समयमा सवारी आवागमन जोखिमयुक्त भएकाले आवागमन बन्द गर्नुपरेको जनाएको छ ।
ओएनएफ साउदी र नवनियुक्त राजदुत बीच भेटघाट कार्यक्रम सम्पन्न (२०७४ आषाढ २५, आइतवार)
   
         नेकपा एमाले सम्बद्ध प्रवासि नेपालि मंच साउदि अरेबियाले साउदिका लागी नेपाली राजदुत प्राध्यापक डाक्टर महेन्द्र प्रसाद सिंह राजपुत लाइ निजकै  कार्यकक्षमा स्वागत गर्नुका साथै समसामयिक बिषयमा अनुभबहरू आदानप्रदान गर्यो।
छत्रदेव गाउँपालिकाकाे ढिकुरामा सडक निर्माण तिव्र रुपमा हुँदै(२०७४ आषाढ २५, आइतवार)
कृषिको लागि अर्घाखाँची जिल्ला कै मुख्य गाउँ छिमेकी जिल्लाकाे सदरमुकामलाई ७० % तरकारी बालीले धानेकाे अर्घाखाँची छत्रदेव गाउँपालिका -७ ढिकुरामा अहिले सडक निर्माण दाेहाेराे रुपमा चलिरहेको छ। 
नेपाली राजदूतावास साउदीको परिचयात्मक कार्यक्रम सम्पन्न (२०७४ आषाढ २५, आइतवार)
           
पाणिनी गाउँपालिका १ पणेनामा स्टेचर सहयोग, सेवाशुल्क नलिने घोषणा (२०७४ आषाढ २४, शनिवार)
नेपाल अधिराज्यमै यातायातको विकासमा अग्र स्थानमा रहेको अर्घाखाँची जिल्लाका कयौँ गाँउ यस्ता पनि छन जहाँ यातायात र विद्युत सेवाको लागी घण्टौँ पैदल यात्रा गर्न जनता विवस छन । 
छत्रदेव गाउँपालिकाको केरुङामा गहना व्यापारी १० तोला भन्दा बढी सुन लिएर फरार(२०७४ आषाढ २४, शनिवार)
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको केरुङामा गहना पसल गर्ने व्यापारी १० तोला भन्दा बढी सुन लिएर फरार भएका छन् । 
गजल:- उस्को हातमा फोन थमाई(२०७४ आषाढ २४, शनिवार)
उस्को हातमा फोन थमाई,गाली दीन न्,लगाउ अब.!!
फोन लगाई यस्तो भन्नु,भनी तिम्ले न्,अराउ अब.!!

अरू जस्तै तिम्रो रूपमा,विक्ने मान्छे परीन् म"
कागजको डुङ्गा वनाई,फकाई सागर न्,तराउ अब.!!
रुपन्देही व्यापार संघद्वारा जनप्रतिनिधिलाई सम्मान- जनताका असली प्रतिनिधि बन्न आग्रह(२०७४ आषाढ २४, शनिवार)
असार १४ गतेको स्थानीय तह चुनावमा निर्वाचित बुटवलका जनप्रतिनिधिहरुलाई रुपन्देही व्यापार संघले एक समारोहका बीच स्वागत र सम्मान गरेको छ । बुटवल उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत र सम्मान गर्दै संघले बुटवलको विकासमा आफुहरु सहकार्य गर्न तयार रहेको बताएको छ । 
बुटवलमा पाँच दिने नेतृत्व विकास तालिम समापन(२०७४ आषाढ २४, शनिवार)
बुटवल उपमहानगरपालिका को आर्थिक सहयोगमा जागरण मिडिया सेन्टरको आयोजनामा बुटवलमा भएको पाँच दिने नेतृत्व विकास तालिम समापन गरिएको छ । तालिमको एक कार्यक्रमको आयोजना गरी शनिवार सामापन गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका की उप मेयर गुमादेवी आचार्यले महिलाहरुको नेतृत्व, क्षमता अभिवृद्धिको लागि आगामी दिनमा नगरपालिकाले विगतको भन्दा ठोस योजना अगाडी ल्याउने जानकारी दिएकी थिईन् । 
एमालेले संविधान संशोधनको प्रस्ताव अगाडि बढ्न नदिने(२०७४ आषाढ २४, शनिवार)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले ल्याएको संविधान संशोधन प्रस्ताव देशविरोधी भएकाले कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने बताएका छन् । अध्यक्ष ओलीले स्थानीय तहको चुनाव नसकिएसम्म संविधान संशोधनको प्रस्ताव अगाडि बढ्न नदिने बताए ।
नवलपरासीलाई दुईवटा जिल्ला बनाउन प्रधानमन्त्री देउवा सकारात्मक(२०७४ आषाढ २४, शनिवार)
संविधानले दुइ प्रदेशमा बिभाजन गरेको नवलपरासीलाई दुईवटा जिल्ला बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । नवलपरासीमा दुइ चरणमा स्थानिय तहको निर्वाचन सम्पन्न भएको १० दिन पछि दुईवटा जिल्ला बनाउन र तत्काल दुइवटा जिल्ला समन्वय समितिको निर्वाचन गर्न माग गदै शनिबार भेटेको नवलपरासीको सर्वदलीय प्रतिनिधि मण्डललाई प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिएका छन् । 
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ(२०७४ आषाढ २४, शनिवार)
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा  मात्र सम्भब छ । जनताको चाहाना देश भरिको ताजा परिणाम ले पनि एमालेनै मागेको छ चारै तिर बाट घेराबन्दीको बिचमा पनि एमाले देशकै पहिलो सक्तिको रुपमा उदाएको छ।           
चितवनमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु(२०७४ आषाढ २४, शनिवार)
चितवनको राप्ति नगरपालिका-५ स्थित भण्डारा चोकमा आज दिउँसो बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ । नारायणगढबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख ९०११ बसले सोही ठाउँ बस्ने ६८ वर्षीय लालबहादुर बोम्जन र ३८ वर्षीया ठूलीमाया लोप्चनलाई ठक्कर दिएको थियो ।
अफगानिस्तानको विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा ७८ जना आतंककारी मारिए(२०७४ आषाढ २४, शनिवार)
अफगानिस्तानको विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा ७८ जना आतंककारी मारिएका छन् । गत २४ घन्टामा भएका कारवाहीमा ती आतंककारी मारिएका हुन् । सुरक्षा कारबाहीका क्रममा ७८ आतंककारी मारिनुको साथै अन्य ४३ जना घाइते भएको गृह मन्त्रालयद्वारा शनिबार (आज) जारी विज्ञप्तिमा जानकारी दिइएको हो ।
संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित(२०७४ आषाढ २४, शनिवार)
संघीय समाजवादी फोरम नेपालले यही असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी नीतिविपरीत अन्तर्घात गर्ने पाँचजनालाई कारबाही गरेको छ ।
Schedule for 'no horn zone' in Pokhara(२०७४ आषाढ २३, शुक्रवार)
The District Traffic Police Office, Kaski has made public a one month schedule under the 'no horn zone' to be launched in the Lakeside from July 16.

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको घरमा छापा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको घरमा छापा(२०७४ आषाढ २३, शुक्रवार)
भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको पटनास्थित घरसहित १२ स्थानमा छापा मारेको छ ।

८७ मेगावाट क्षमताको तामाकोशी-५ जलविद्युत् आयोजनाको निर्माण शुरु(२०७४ आषाढ २३, शुक्रवार)
दोलखामा ८७ मेगावाट क्षमताको तामाकोशी-५ जलविद्युत् आयोजनाको निर्माण शुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरणले तामाकोशी जलविद्युत् कम्पनी खडा गरी केही हप्ताअघिदेखि ८७ मेगावाट क्षमताको तामाकोशी-५ जलविद्युत् आयोजनाको निर्माण थालेको हो । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत गृहमा प्रयोग भई टेलरेसबाट निस्केको पानीलाई लामाबगरको जगतबाट भूमिगत सुरुङमार्फत सुरीदोभान नजिक अर्को भूमिगत विद्युत गृह बनाइने छ, जहाँबाट ८७ मेगावाट विद्युत उत्पादन गरिने आयोजना प्रमुख नसिव प्रधानले जानकारी दिए ।
छत्रदेव गाउँपालिकामा स्कुलको जागिर छाडेर एमाले उम्मेदवार बनेकी मनिषाको उपाध्यक्ष बन्ने सपना अधुरै(२०७४ आषाढ २३, शुक्रवार)
world news
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको जनताको सेवा गर्ने उद्देश्यले निजि स्कुलको जागिरबाट राजिनामा दिई नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी मनि पन्थी मनिषाको सपना अधुरो भएको छ ।
भुमिकास्थान नगरपालिकामा शिक्षक पेशा छोडेर उपमेयर बन्ने सुनिताको सपना पुरा भएन(२०७४ आषाढ २३, शुक्रवार)
भुमिकास्थान नगरपालिकाको उपप्रमुख बनी जनताको सेवामा लाग्ने गरी शिक्षक पदबाट राजिनामा दिई नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता बेल्वासेको सपना पुरा हुन सकेन ।
नेपाली राजदुतावास ओमान अन्तरक्रिया कार्यक्रम ! नारायण काजी अाेमानमा(२०७४ आषाढ २३, शुक्रवार)
world news
नेपाली राजदुतावास ओमानले   राजदुत निबास उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाेछ ।
अाेमानका लागी  नेपाली राजदुत सर्मिला ढकाल पराजुलीको अध्यक्षता तथा  नेपाल उद्योग ब्यापार संघका निबर्तमान अध्यक्ष चन्डीराज दहालकाे बिशेष  उपस्थिति रहेको थियोे । ज्ञात अज्ञात सहिदहरु लाई एक मिनेट माैन नमन तथा राष्ट्रियगान बजाएर अगाडि  बढेको  कार्यक्रमको संचालन अनुप ढकालले गरेका थिए । 
गजल:- आशु पुछ्ने भयन कोई!(२०७४ आषाढ २३, शुक्रवार)
छोराहरू हुर्खाउछन,बा-आमाले खाई नखाई.!!
आज उनी एक्लै हुदा,आ:शु पुछ्ने भएन कोई.!!

त्यही वोटका फुल हौं सबै,भन्ने कुरा विर्सीएर."
एक-आपसमा तेरो मेरो,गर्न थाल्छन् दाजु-भाई.!!
सुरेन गौतमको रेशमी पर्दा बजारमा [भिडियो सहित](२०७४ आषाढ २३, शुक्रवार)
सुरेन गौतम स्वरबद्ध रेशमी पर्दा भर्खरमात्र सार्वजनिक भएको छ । सुनिल चित्रकार र प्रचिन व्याण्डको संयुक्त शब्द रचना रहेको यस गीतमा सुनिल चित्रकारकै संगीत रहेको छ ।
बुटवलमा उदाए सुवेदी र आचार्य (२०७४ आषाढ २३, शुक्रवार)
बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका  शिवराज सुवेदी विजयी भएका छन् । बुधवार साँझ सार्वजनिक मतपरिणाम अनुसार सुवेदीले नेपाली काग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनका साझा उमेद्वार नेपाली काग्रेसका खेलराज पाण्डेलाई पराजीत गरेका हुन ।