arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
थप समाचार
नेपाली राजदुतावास साउदीको अन्तरक्रिया कार्यक्रम सम्पन्न (२०७३ फाल्गुन २१, शनिवार)
नेपाली राजदूतावास रियादको आयोजनामा नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षा तथा श्रमिक सवाल बिषयक सचेतना मुलक कार्यक्रम  सम्पन्न भएको छ ।           
जुकेना सुधा माविमा बिधालय व्यवस्थापन समिती गठन हुन सकेन(२०७३ फाल्गुन २१, शनिवार)
अर्घाखाँची जिल्लाको जुकेना सुधा माविमा बिधालय ब्याबस्थापन समिति गठनको बिषयमा फाल्गुन १८गते बसेको सर्बदलिय बैठकमा एमाले र एमाओबादीले अध्यक्ष पद नेपाली काग्रेसलाइ जिम्मा लगाएका छ्न भने नेपाली काग्रेसमाले टुंगो लगाउन सकिरहेको छैन।
काङ्ग्रेस अर्घाखाँची काठमाडौं सम्पर्क समितीको बृहत भेला तथा बनभोज कार्यक्रम सम्पन्न(२०७३ फाल्गुन २१, शनिवार)
नेपाली काङ्ग्रेस अर्घाखाँची काठमाडौं सम्पर्क समितीको आयोजनामा आज शनिवार काठमाडौं चौभारमा  बृहत भेला तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।   
आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९ औ तिलोत्तमा गोल्डकपको उपाधि(२०७३ फाल्गुन २१, शनिवार)
उपाधि दाबेदारको रुपमा रहेको विभागीय टोली त्रिभुवना आर्मी क्लव काठमाण्डौलाई २-१ गोल ले पाखा लगाउदै तिलोत्तमा तिलोत्तमा गोल्डकपको उपाधि संकटा क्लव काठमाण्डौले जितेको छ । 
दुबै मृगौला फेल भएका ढाकावाङ्गका बेल्बासेद्वारा सहयोगको याचना, दक्षिण कोरियाबाट १ लाख ४० हजार सहयोग (२०७३ फाल्गुन २१, शनिवार)
दुबै मृगौला फेल भएर अहिले काठमाण्डौको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविस-८ अमलाचौरका खिम राज बेल्बासेलाई  बैदेशिक रोजगारीको रुपमा दक्षिण कोरीमा रहेका नेपालीहरुले  सहयोग गरेको छन् । 
कमला उच्च मावि पालीमा १४६ सदस्यीय नेविसंघ गठन(२०७३ फाल्गुन २१, शनिवार)
भविष्यका कणदार विद्यार्थीहरु एकजुट भएमा देश परिवर्तन गर्न सकिने एक कार्यक्रमका वक्ताले वताएका छन । 
नरपानी, पालीमा कांग्रेसको पार्टी सुदृणीकरण अभियान, पालीमा एमालेका २१ जना कांग्रेसमा प्रवेश (२०७३ फाल्गुन २१, शनिवार)
नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले जिल्लाका सवै गाविसमा नेपाली कांग्रेसको पार्टी सुदृणीकरण, विकास निमार्णका काममा प्रतिनिधी खटाएसँगै दैनिक जसो जिल्लाका विभिन्न ठाउँमा कांग्रेसको पार्टी सुदृणीकरण, पशिक्षण भेला तथा अन्तरक्रिया कार्यक्रम आज जिल्लाको नरपानी र पाली गाविसमा सम्पन्न गरेको छ  ।
गुल्मीको रेसुंगामा भीषण आगोलागी नियन्त्रणबाहिर(२०७३ फाल्गुन २१, शनिवार)
गुल्मीको सदरमुकाम तम्घासनजिकै रहेको रेसुंगा क्षेत्रमा शनिबार साँझपख भीषण आगोलागी सुरु भएको छ । सदरमुकाम तम्घासको देउरालीनजिकैबाट जंगलक्षेत्रमा सुरु भएको आगोलागी शनिबार साँझसम्म नियन्त्रणबाहिर रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
सुनसरीमा स्मशानघाट प्रयोग गर्ने विषयमा बढेको विवाद बढे पछि दोहोरो झडप, दुई दर्जनभन्दा बढी घाइते(२०७३ फाल्गुन २१, शनिवार)
सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँगै जोडिएको नरसिंह-४ मा रहेको सुनसरीखोला किनारमा रहेको ऐलानी जमिनमा स्मशानघाट प्रयोग गर्ने विषयमा बढेको विवाद दोहोरो झडपमा परिणत हुँदा दुई दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
इराकको मोसुल शहरमा रसायनिक हतियार प्रयोग(२०७३ फाल्गुन २१, शनिवार)
इराकको मोसुल शहरमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको छ । १२ जना घाइते हुनेगरी मोसुलको दुई ठाउँमा गराइएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसिआरसीले पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
जोर्डनमा आतंककारी मुद्दामा दोषी पाइएका १५ जनालाई मृत्युदन्ड(२०७३ फाल्गुन २१, शनिवार)
जोर्डनले १५ जनालाई मृत्युदन्ड दिएको छ । मृत्युदन्ड दिइएकाहरुमा आतंककारी मुद्दामा दोषी पाइएका १० जना पनि रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । उनीहरुले देशभित्र र बाहिरका विभिन्न ठाउँमा आक्रमण गरेका थिए ।
काठमाडौंमा तीनजना युवालाई अपहरणमुक्त गराउनेक्रममा प्रहरी र अपहरणकारीबीच गोली हानाहान(२०७३ फाल्गुन २१, शनिवार)
काठमाडौंको नयाँबजार, खुसीबुमा अपहरणमा परेका तीनजना युवालाई अपहरणमुक्त गराउनेक्रममा शनिबार प्रहरीले चलाएको गोली लागेर एक अपहरणकारी घाइते भएका छन् । फागुन १९ गते काठमाडौंको बौद्धबाट अपहरणमा परेका तीनजनालाई अपहरणमुक्त गराउनेक्रममा प्रहरीमाथि रिभल्वरबाट गोली प्रहार गर्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो ।
सन्धिखर्कमा सामुदायिक बिधालयको बित्तिय जोखिम क्षेत्र पहिचान र समाधन सम्बन्धि कार्यक्रम सम्पन्न(२०७३ फाल्गुन २०, शुक्रवार)
सामुदायिक बिधालयहरुको अार्थिक कार्य प्रणालीमा रहेको बित्तिय जोखिमका क्षेत्र पहिचान र समाधन सम्बन्धि कार्यक्रम अाज सन्धिखर्कमा सम्पन्न भएको छ ।
लागेको छ (गज़ल)(२०७३ फाल्गुन २०, शुक्रवार)
जिन्दगीले सही बाटो बिराए झैं लागेको छ 
आनन्द र खुसियाली गुमाए झैं लागेको छ

मीठामीठा स्वप्नाहरू तितरबितर भए सबै 
कताबाट आँधी आयो उडाए झैं लागेको छ
"मेरो आग्रह"(२०७३ फाल्गुन २०, शुक्रवार)
आउ नेपाली जुटौं अब सबै एक हौं 
शान्तिको किरण ल्याउनु छ नमाने है धौ |

एक अर्काको रिसरागमा बिग्रीयो नेपालको विधि 
समाजासेवामा जुटौं नगरौं भो अब फोहोरो राजनिती ।

वैशाखमा हुने भनेको कक्षा ११ को परीक्षा सर्‍यो(२०७३ फाल्गुन २०, शुक्रवार)
स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को परीक्षा तालिका सार्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो 
देउवाको नेतृत्वमा चुनाव भए स्वीकार्ने मोर्चाको संकेत प्रचण्डलाई तत्काल राजीनामा दिएर बाटो खोल्न आग्रह(२०७३ फाल्गुन २०, शुक्रवार)
प्रधानमन्त्री पदबाट राजीनामा दिएर प्रचण्डले शेरबहादुर देउवालाई सत्ता सुम्पिने हो भने मधेसी मोर्चा स्थानीय तहको चुनावमा आउने मधेसी मोर्चाका एक नेताले दाबी गरेका छन् ।
स्थानीय निर्वाचनको शान्ति सुरक्षा ध्यान राख्दै सन्धिखर्कमा प्रहरीको अन्तर्किया कार्यक्रम सम्पन्न (२०७३ फाल्गुन २०, शुक्रवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनको शान्ति सुरक्षाको लागि जिल्ला प्रहरी अर्घाखाँचीले अन्तर्किया कार्यक्रम सम्पन्न गरेको छ अन्तर्किया कार्यक्रम सम्पन्न गरेको छ ।  
ढिकुुराको सारदा माबिमा शिक्षकको बिदाई(२०७३ फाल्गुन २०, शुक्रवार)
अर्घाखाँची जिल्लाको ढिकुरा श्रोत केन्द्रको आयोजनामा जयन्त्री आभारभूूत बिद्यालयका शिक्षक रामप्रसाद पोख्रेलको बिदाई गरिएको छ । 
१३ खर्ब ६० अर्ब लगानी गर्ने घोषणा, चीनबाट आठ खर्ब ३० अर्ब (२०७३ फाल्गुन २०, शुक्रवार)
 विभिन्न दातृ राष्ट्रहरुले नेपालमा लगानी गर्नका लागि १३ खर्ब ६० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौँमा बिहीबारदेखि भएको अन्तरराष्ट्रिय लगानी सम्मेलनमा सहभागीमध्ये १६ लगानीकर्ताहरुले यति ठूलो मात्रामा लगानीको प्रतिवद्धता जनाएका हुन् । 
अर्घाखाँची मैदानका प्रेम घिमिरे र सीता सुनारको ''ढिकी जातो'' म्यूज़िक भिडियो बजारमा (२०७३ फाल्गुन २०, शुक्रवार)
अर्घाखाँची जिल्लाको  मैदानमा घर भई काठमाडौ बसेर लोकगीतलाई प्रमुख पेशा बनाएका र धैरै नेपाली लोक गितमा स्वर दिन सफल  चर्चित लोक गायक प्रेम घिमिरे  र सीता सुनारको स्वरमा सजिएको गिती एलब्म  ''ढिकी जातो'' म्यूज़िक भिडियो बजारमा आएको छ ।  
विषाक्त खाना र प्रदूषित पानी पिउँदा धादिङको ज्यामरुङ दलितबस्तीमा झाडा-पखाला फैलियो(२०७३ फाल्गुन २०, शुक्रवार)
विषाक्त खाना र प्रदूषित पानी पिउँदा धादिङको ज्यामरुङ-७ स्थित दलितबस्ती कुमाईगाउँमा झाडा-पखाला फैलिएको छ । पानीको अभावका कारण हप्तौंदेखि प्लास्टिक ड्रममा राखेको पानी पिउनुपर्ने बाध्यताका कारण झाडा-पखला फैलिएको दाबी गरिएको छ । एकै गाउँका १८ जना बिरामी भएपछि उनीहरुलाई सदरमुकामस्थित जिल्ला अस्पतालमा पुर्‍याएइको छ भने थप ४० जना बस्तीमै रहेका छन् । 
छत्रगंजको सार्बजनिक माबीमा बार्षिक उत्सब तथा अभिभाबक दिबस कार्यक्रम सम्पन्न (तस्बिर)(२०७३ फाल्गुन २०, शुक्रवार)
अर्घाखाँचीको  श्री सार्बजनिक माबी छत्रगंजको ५८ औ बार्षिक उत्सब तथा अभिभाबक दिबस कार्यक्रम मंगलबार एक कार्यक्रम बीच सम्पन्न भएको छ। 
अर्घाखाँचीमा नयाँ शक्ति पार्टीद्वारा प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको लागि हस्ताक्षर संकलन सुरु(२०७३ फाल्गुन २०, शुक्रवार)
नयाँ शक्ति पार्टी अर्घाखाँचीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिका संसदको माग गर्दै जनस्तरबाट हस्ताक्षर संकलन सुरु गरेको छ । 
रुपन्देही र नवलपरासीसँग जोडिएका भारतीय सीमा २४ घन्टाका लागि बन्द (२०७३ फाल्गुन २०, शुक्रवार)
भारतीय राज्य उत्तरप्रदेशको महराजगन्ज जिल्लामा हुन लागेको विधानसभा निर्वाचनका लागि शुक्रबार साँझदेखि शनिबार साँझसम्म नेपाल-भारतका सीमानाका बन्द हुने भएको छ । भारतको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देही र नवलपरासीसँग जोडिएका सीमानाका २४ घन्टाका लागि बन्द हुने भएको हो ।
दुबईको अन्तर्रास्ट्रिय विमानस्थलबाट डोरीले बाँधिएका कुनैपनि झोला लैजान प्रतिबन्ध(२०७३ फाल्गुन २०, शुक्रवार)
Related image
दुबईको अन्तर्रास्ट्रिय विमानस्थल प्रयोग गर्नेहरूका लागि नयाँ नियम लागू गरिएको छ। आगामी बुधबार (मार्च ८) देखि लागू हुनेगरी दुबईको अन्तर्रास्ट्रिय विमानस्थलबाट डोरीले बाँधिएका कुनैपनि झोला, लैजान प्रतिबन्ध गरिएको हो।
प्रहरी महानिरीक्षकमा चन्दको पदबहाली रोक्ने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता(२०७३ फाल्गुन १९, विहीवार)
नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न यसअघि सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई बुधबारसमेत निरन्तरता दिने निर्णय गरेको छ । अधिवक्ता कपिलदेव ढकालले वरीयता मिचेर प्रहरी महानिरीक्षक बनाउन लागिएको जिकिर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अन्य चारजनाविरुद्ध गत माघ २८ गते र यही फागुन १ गते महानिरीक्षकको प्रतिस्पर्धामा रहेका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

फुदवाङ मुनी रिठेखोलामा एक बाघ मृत अवस्थामा फेला(२०७३ फाल्गुन १९, विहीवार)
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको फुदवाङ मुनी रिठेखोलामा एक बाघ मृत अवस्थामा फेला परेको छ । 
जुकेनाको शिवादहमा एकिकृत घुम्ती शिबिर हुँदा स्थानियबासी अत्यान्तै हर्षित(२०७३ फाल्गुन १९, विहीवार)
अर्घाखाँची जिल्लाको कर्णाली भनेर चिनिने दक्षिण खाँचीको जुकेना गाबिसको शिवादहमा एकिकृत घुम्ती शिबिर हुँदा त्यस क्षेत्रका ८० बर्षे बृर्दाहरु देखि अाम सर्बसाधरण अत्यान्तै हर्षित भएका छन । 
अर्घाखाँचीका स्थानिय बिकास अधिकारीद्वारा जिल्लाको बिकास निर्माणलाई तिब्रता दिन कर्मचारीलाई अाग्रह(२०७३ फाल्गुन १९, विहीवार)
स्थानिय बिकास अधिकारी प्रदिप पौडेलले जिल्लाको बिकास निर्माणलाई तिब्रता दिन कर्मचारीहरुलाई अाग्रह गर्नु भएको छ ।