arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
देउखुरीमा एक वस चालकको गाडीभित्रै मृत्यु(२०६७ म‌सिर २१, मंगलवार)
देउखुरीमा मंगलबार साँझ एक वस चालकको गाडीभित्रै मृत्यु भएको छ । रिहारवाट भालुवाङतर्फ जाँदै गरेको ना २ ख ५७५७ नम्वरको वसका चालक तुलसीपुर नगरपालीका ५ निवासी ५७ वर्षिय पदमबहादुर राणाको बसभित्रै मृत्यु भएको हो ।
खोटाङको छुट्टाछुट्टै स्थानमा दुईवटा बेवारिसे लास फेला(२०६७ म‌सिर २१, मंगलवार)
खोटाङको छुट्टाछुट्टै स्थानमा मङ्गलबार दुईवटा बेवारिसे लास फेला परेको छ । प्रहरीका अनुसार पश्चिम महादेवस्थान५ स्थित तेलुवाखोलामा अन्दाजी ५५ वर्षीय वृद्ध महिलाको लास स्थानीयले फेला पारेका हुन् । दुई दिनअगाडिको जस्तो देखिने सो लास कसको हो भन्नेबारे पुष्टि नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए ।
विश्व चर्चामा रहेका विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ(२०६७ म‌सिर २१, मंगलवार)
WikiLeaks head Julian Assange, an Australian hiding in London, is expected to fight extradition.
 
गोप्य अमेरिकी दस्तावेज सार्वजनिक गरेर विश्व चर्चामा रहेका विकिलिक्सका संस्थापक, सञ्चालक तथा प्रधानसम्पादक जुलियन असान्ज पक्राउ परेका छन्।
सडक दुर्घटनामा परी मृत्‍यु भएका अर्घाखाँची ढाकावाङका एक युवाको शब आफन्तसँग संपर्क हुन नसक्दा वेवारीशे(२०६७ म‌सिर २१, मंगलवार)

कतार बाट मध्यपुर्व स्थित अर्घाखाँची डट्कम् का प्रतिनिधिलाई प्राप्त खबरका आधारमा अर्घाखाँची डट्कम् तथा जिल्लाका संचार माध्यम मार्फत मृतकका आफन्त जन खोजिदिन त्यहा कार्यरत नेपाली हरुले आग्रह समेत गरेका छन।गत नोभेम्बर महिनाको ५ तारिख कतारको सनैया स्ट्रिट ११ मा सडक दुर्घटनामा परी मृत्‍यु हुने ढाकावाङ ६ आँपडाडा अर्घाखाँचीका लाल बहादुर भुसाल हुन!घरमा को को हुन्हुन्छ ? के कस्तो परिवारहो हामीलाई केही थाहा छैन । सडक दुर्घटनामा परेको देखेर बचाउन जादा उहाको मृत्‍यु भएको थियो बचाउन सकेनौ कम्तीमा पनि शब भएपनी उहाको घर परिवारलाई बुझाउन पाए राम्रो हुन्थ्यो त्यहा कार्यरत नेपालीको प्रतिकृया छ।
राष्ट्रपतीमार्फत विशेष अधिवेशन बोलाउनका लागि माओवादी द्वारा साना दलहरुसंग छलफल सुरु (२०६७ म‌सिर २१, मंगलवार)

राजनीतिक गतिरोध अन्त्यका लागि तत्काल विशेष अधिवेशन बोलाउनुपर्ने माओवादीले प्रस्ताव गरेको छ । अधिवेशन बोलाउनका लागि राष्ट्रपतिलाई आव्हान गर्न उसले हस्ताक्षर अभियानसंगै दलीय छलफल सुरु गरेको छ । पार्टी संसदीय दलको कार्यालयमा जारी छलफलका लागि मधेशी जन अधिकार फोरम,जनमुक्ति पार्टी, जनता दल,नेकपा एकीकृत,नेपाल राष्ट्रिय पार्टी,माले समाजवादी,सदभावना (सरिता गिरी) लगायत १० दल सहभागी छन्।सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएपछि माओवादीले आपत्ती जनाएको छ । उसले विशेष अधिवेशनको माग गरेको छ ।बैठकमा सहभागी भएर निस्केका फोरम अध्यक्ष उपेन्द्र यादवले नियमित अधिवेशन बोलाउनुपर्ने पक्षमा सुझाव दिएको जनाए । विशेष अधिवेशनले समस्याको समाधान नगर्ने उनले बताए ।  उनले पहिले राजनीतिक सहमतिको आवश्यकता रहेको उल्लेख गरे । LIVE

खेल सकिएपछी स्टेडीयम फोल्ड गरेर गरिब देशलाई बाँड्ने प्रस्ताव राखे पछी २०२२ को विश्वकप कतारले आयोजना गर्न पाउने भएको रहस्य खुलासा (२०६७ म‌सिर २१, मंगलवार)
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२२ को विश्वकप कतारमा हुने घोषणा गरेको छ। आखिरमा के कारण हो जसले गर्दा कतारले आश्चर्यजनक रूपमा आयोजनाको अधिकारको प्रतिस्पर्धामा विजय हासिल गर्‍यो? वास्तवमा यही प्रश्नले अहिले सबैलाई सताइरहेको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बिरोधमा विद्यार्थीहरु आन्दोलितकाथ चावहिल क्षेत्र अस्तब्यस्त (२०६७ म‌सिर २१, मंगलवार)

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका छन् । आन्दोलित विद्यार्थीहरुले राजधानीको विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेका छन ।  चावहिल क्षेत्र विद्यार्थीको प्रदर्शनले तनावग्रस्त बनेको छ । त्यहाँ एउटा सरकारी गाडीमा आगजनी  गरिएको छ । आक्रोशित विद्यार्थीहरुले बा.१.झ ३४१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । प्रहरीले ८ जना प्रदर्शनकारी विद्यार्थीलाई पक्राउ गर्नुका साथै आन्दोलन नियन्त्रणमा लिन लाठि चार्ज पनि गरेको छ । विद्यार्थी र प्रहरीबीच दोहरो ढुङ्गा हानाहान भएको छ । प्रहरीले अश्रृग्याँस प्रहार गरेको छ । पशुपति क्याम्पस चावहिलमा संचालित स्नातक दोस्रो वर्षको परीक्षा प्रभावित भएको छ ।

संवैधानिक समितिमा अस्वीकृत जनयुद्ध शब्द भावी संविधानको व्याख्यात्मक टिप्पणीमा राखिने (२०६७ म‌सिर २१, मंगलवार)

नयाँ संविधानमा दलहरु जनयुद्ध शब्द उल्लेख गर्न सहमत भएका छन् । माओवादीले आफ्नो अडान नछाडे पछि मस्यौदा निर्माणका क्रममा संवैधानिक समितिमा अस्वीकृत जनयुद्ध शब्द भावी संविधानमा व्याख्यात्मक टिप्पणीका रुपमा उल्लेख हुने भएको हो । यद्दपी जनयुद्ध अगाडी उल्लेख हुने शब्दबारे भने सहमति हुन सकेको छैन । माओवादीले ऐतिहासिक जनयुद्ध उल्लेख हुनुपर्ने दाबी गरे पनि कांग्रेस र एमालेले माओवादीको जनयुद्ध शब्द राख्नुपर्नेमा जोड दिएका छन् । मस्यौदा निर्माणका क्रममा संवैधानिक समितिमा भएको मतदानमा जनयुद्ध शब्द बहुमतले अस्वीकृत गर्दै शसस्त्र द्वन्द्ध पारित भएको थियो ।

मुगुमा मरेको बाख्रा खाँदा झाडापखाला भएर ५ जनाको मृत्यु, तीन जना बिरामी(२०६७ म‌सिर २१, मंगलवार)
मरेको बाख्रा खाँदा झाडापखाला भएर मुगुको पुलुमा ५ जनाको मृत्यु भएको छ । तीन जना बिरामी छन् । मृत्यु हुनेमा पुलु-४ का २७ वर्षीय रिक्साट लामा, २६ वर्षीय छेवाङ लुटुक लामा, २८ वर्षीय लाइक्याप छिरिङ लामा, पुलु-५ सेरोग गाउँका ३१ वर्षीय तेन्जिङ सोनाम लामा र पुलु-६ का ३३ वर्षीय छिरिङ पाल्गर लामा छन् । पुलु-५ का छिरिङ लामा र ६ का तल्ला लामासहित ३ जना बिरामी रहेको प्रहरी नायब उपरीक्षक विष्णुबहादुर कार्कीले बताए ।
माओवादी पुष्पकमल दाहालले सम्भावित जनबिद्रोहका लागि तयार रहन विद्यार्थीहरुलाई निर्देशन दिए(२०६७ म‌सिर २१, मंगलवार)

माओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्भावित जनबिद्रोहका लागि तयार रहन विद्यार्थी नेताहरुलाई निर्देशन दिएका छन् । आफ्नै निवासमा सोमबार अखिल क्रान्तिकारीका नेताहरुसँगको बैठकमा दाहालले मुलुक गम्भीर संकटनमा फस्न लागेको उल्लेख गर्दै जनविद्रोहका लागि बिद्यार्थी शक्ति परिचालन गर्ने बेला आउन लागेको बताएका हुन् । माओवादीका केन्द्रीय पदाधिकारीहरु उपाध्यक्षहरु, महासचिव, सचिव समेत सहभागी भएको बैठकमा दाहाले मुलुकमा शान्ति र संविधनमा गम्भीर षडयन्त्र भइरहेको उल्लेख गर्दै जनविद्रोहका लागि तयार हुनुपर्ने बताएका हुन् ।

पाकिस्तानको उत्तर-पश्चिमी भागमा दुइटा आत्मघाती बम बिस्फोटन(२०६७ म‌सिर २१, मंगलवार)
पाकिस्तानका एक पदाधिकारीले पाकिस्तानको उत्तर-पश्चिमी भागमा आज दुइटा आत्मघाती बम बिस्फोटनबाट कम्तीमा 30का ज्यान जानुका साथै 50भन्दा बढी मानिस घाइते भएको बताउनुभएको छ।
जोर्डनका राजा र प्यालेष्टाइन राष्ट्रिय परिषदका अध्यक्ष अब्बासद्बारा मध्य-पूर्वको परिस्थितिबारे छलफल(२०६७ म‌सिर २१, मंगलवार)
प्यालेष्टाइन राष्ट्रिय परिषदका अध्यक्ष मुबाराक मोहम्मद अब्बासले हिजो अम्मानमा प्यालेष्टाइन र इजरेलबीचको शान्ति वार्ता पुनःशुरु गर्न प्रबर्द्धन गर्नका लागि आगामी केही दिनभित्र अमेरिकाले एक नयाँ मसौदा पत्र प्रस्तुत गर्ने सम्भावना रहेको कुरा बताउनुभयो।
हामी सबै नेपाली यूवा सक्ति एक हुनुपर्छ(२०६७ म‌सिर २१, मंगलवार)
हाम्रो देस नेपाल लाई बिस्सो को तुलनामा लईजान
सर्बा पर्थम यूवाहरुले नै जोड़ दीनू पर्छ यूवाहरुले चासो न देने भने
निर्वाचन आयोगको मतदाता परिचय पत्र सम्बन्धी पछील्लो निर्णयप्रति आपत्ति जनाउँदै १० दलद्वारा संयुक्त आन्दोलनको आह्वान(२०६७ म‌सिर २१, मंगलवार)
निर्वाचन आयोगले नागरिकताको प्रमाणपत्र बिना पनि मतदाता परिचय पत्र वितरण गर्न गत कात्तिक २६ गते गरेको निर्णयप्रति आपत्ति जनाउँदै १० साना दलले संयुक्त आन्दोलन उठाउन आह्वान गरेका छन्। नेकपा मसाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाल, नेकपा एकीकृत क्रान्तिकारी, चुरेभावर राष्ट्रिय पार्टी, नेपाली जनता दल, नेकपा मार्क्सवादी, नेकपा संयुक्त मार्क्सवादी र नेकपा माले समाजवादीको हिजो बसेको बैठकले यस्तो आह्वान गर्ने निर्णय गरेको हो। ती पार्टीद्वारा आज जारी  संयुक्त वक्तव्यमा २०६२/६३ मा जन्मका आधारमा वितरण गरिएको नागरिकतामा पनि व्यापक गैर नेपाली परेको भन्दै गैर नेपालीलाई दिएको नागरिकता खारेज गर्नुपर्ने माग गरिएको छ।
अस्ट्रेलियन नागरिकद्वारा आफ्नै घरमा पालेको कुकुरसँग विवाह(२०६७ म‌सिर २१, मंगलवार)
विबाह दुई आत्माको मिलन हो, तर के कसैको मन विबाहका लागि कुकरसँग मिल्न सक्छ ? हो अष्टे्रलियामा एक व्यक्तिले आफ्नै घरमा पालेको कुकुरसँग विबाह गरेका छन् ।
समिक्षा बैठक सँगै मगर संघ दुबई क्षेत्रिय कार्यसमितिमा नयाँ अनुहार (२०६७ म‌सिर २१, मंगलवार)
मगर सँघ दुबई क्षेत्रिय समिति द्वारा नोभेम्बर ५ मा भएको दिपावली बनभोज कार्यक्रम र नोभेम्बर १६ र १७ मा यूएई ब्यापी सम्पन्न प्रथम सहिद लखन थापा मगर स्मृति कप भलिवल प्रतियोगिताको समिक्षा बैठक सम्पन्न भएको छ।
रुसद्बारा एक अन्तर्देशीय ब्यालिष्टिक क्षेप्यास्त्रको सफलताका साथ प्रक्षेपण(२०६७ म‌सिर २०, सोमवार)
रुसको रणनैतिक रकेट सेनाका प्रवक्ता भादिम कोभलले हिजो रुसको सेनाले हिजै "आर एस-बाह्र एम टोपोल" अन्तर्देशीय ब्यालिष्टिक क्षेप्यास्त्रको सफलताका साथ प्रक्षेपण गरेको कुरा बताउनुभयो।
संसदका नियमित कारवाही निर्वाध चल्न सक्ने वातावरण नबने सम्म सरकारले संसद अधिवेशन नबोलाउने(२०६७ म‌सिर २०, सोमवार)
संविधानसभा
संसदले बजेट पारित गर्ने या प्रधानमन्त्री चयन गर्न सक्ने वातावरण नबनी संसदको अधिवेशन नडाक्ने सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री शंकर पोखरेलले जनाएका छन्।
banner
माओवादीद्वारा एमाले शान्ति स्थापना र संविधान निर्माणको बाधक रहेको आरोप (२०६७ म‌सिर २०, सोमवार)
माओवादी प्रवक्ता दीनानाथ शर्माले एमाले शान्ति स्थापना र संविधान निर्माणको बाधक रहेको आरोप लगाएका छन् । क्रान्तिकारी पत्रकार सङ्घले सोमबार धादिङमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले देशको अवस्था जटिल बन्दै गएको बेलामा राष्ट्रपति, सभाध्यक्ष र सत्ता सहभागी दलका नेताहरुको आग्रहलाई बेवास्ता गरी प्रधानमन्त्री विदेश भ्रमणमा निस्किनुले एमाले शान्ति र संविधान नचाहेको प्रमाणित भएको तर्क गरे । 'अनमिनको म्याद सकिन लागेको छ, प्रधानमन्त्रीको निर्वाचन हुन सकिरहेको छैन एमालेका अध्यक्ष झलनाथ खनाल पनि विदेश भ्रमणमा गएकाले उच्चस्तरीय समितिको बैठक पनि प्रभावकारी हुन सकिरहेको छैन,' प्रवक्ता शर्माले भने ।
पूर्व राजा ज्ञानेन्द्र शाह दुई साता लामो भारत बसाईपछि फर्किए, भारतीय नेताहरु चिन्तित रहेको उल्लेख(२०६७ म‌सिर २०, सोमवार)

'भारतका मित्रहरुले नेपालकोबारेमा चिन्ता व्यक्त गरे,' पारिवारिक विवाहको निम्तो मान्न दुई साता लामो भारत बसाईपछि सोमबार फर्किएका पूर्व राजाले भने । कस्तो चिन्ता व्यक्त गरे भनी सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, 'त्यो तपाईंहरु आफै बुझ्नुस् ।'मुस्कुराउदै पूर्व राजा ज्ञानेन्द्र शाहले नेपालको राजनीतिक अवस्थाबारे भारतीय नेताहरु चिन्तित रहेको बताए ।ज्ञानेन्द्रलाई स्वागत गर्न छोरा पारस र बुहारी हिमानी त्रिभूवन विमानस्थल पुगेका थिए । उनी निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो विमानस्थलमा उत्रिएका थिए ।

उपराष्ट्रपति परमानन्द झाद्वारा दलहरु सत्ता प्राप्तीका लागि केन्द्रीत भएकाले देशको मुख्य मुद्दा संविधान निर्माण प्रक्रिया ओझेलमा परेको उल्लेख(२०६७ म‌सिर २०, सोमवार)
उपराष्ट्रपति परमानन्द झाले दलहरु सत्ता प्राप्तीका लागि केन्द्रीत भएकाले देशको मुख्य मुद्दा संविधान निर्माण प्रक्रिया ओझेलमा परेको बताउनुभएको छ । निजी भ्रमणका लागि इलाम पुग्नुभएका झाले आज सचारकर्मीसँग कुरा गर्दै राजनीतिक दलले संविधान सभाको आढाइ बर्षको समय काम नै नगरी खेर फालेको बताउनुभयो । बाँकी ६ महिनाको समयमा संविधान निर्माणको कार्य सम्पन्न नहुने उहाँले बताउनुभयो । झगडामात्र नगरि जनताले दिएको म्याण्डेड अनुसारको काम गर्न उहँाले दलहरुलाई आग्रह गर्नुभयो । उपराष्ट्रपति झाले देशमा राष्ट्रपति शासन लाग्ने संभावना नरहेको बताउनुभयो ।
वन तथा भू-संरक्षणमन्त्री दीपक बोहरा मेक्सिकोको क्यानकुनमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घीय सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान(२०६७ म‌सिर २०, सोमवार)
वन तथा भू-संरक्षणमन्त्री दीपक बोहरा मेक्सिकोको क्यानकुनमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घीय सम्मेलनमा भाग लिन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ। मन्त्री बोहोरा मेक्सिको गएकाले उहाँको अनुपस्थितिमा उहाँले सम्हाली आउनुभएको वन तथा भू-संरक्षण मन्त्रालयको कार्यभार प्रधानमन्त्रीको सम्हाल्नुभएका उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार स्वयम्ले सम्हाल्नुहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
पूर्व-सभामुख तारानाथ रानाभाटद्वारा व्यवस्थापिका संसदमा भएको घटनामा संलग्नलाई कार्वाही गर्न असंभव भएको भनाइ(२०६७ म‌सिर २०, सोमवार)

पूर्व-सभामुख तारानाथ रानाभाटले बजेट पेस गर्ने दिन मंसिर ३ गते व्यवस्थापिका संसदमा भएको घटनामा संलग्नलाई कार्वाही गर्ने संभावना गुज्रीसकेको बताउनु भएको छ ।

माओवादीद्वारा एक्कासी अन्त्य गरिएको संसदको अधिवेशन जुनसुकै हिसाबले भएपनि तत्काल बोलाउन पहल गर्ने घोषणा(२०६७ म‌सिर २०, सोमवार)
banner
प्रमुख विपक्षी नेकपा एकीकृत माओवादीले थाँती रहेको प्रधानमन्त्री चयन प्रक्रिया पुरा गर्न नियमित नसके विशेष अधिवेशन गर्न पहल गर्ने घोषणा गरेको छ। माओवादीको पदाधिकारीहरुको आइतबारको बैठकले संसदको नियमित हिउँदे अधिवेशन तत्काल बोलाउन पहल गर्ने, त्यो प्रयास सफल हुन नसके विशेष अधिवेशन डाक्न निवेदन दर्ता गर्ने निर्णय गरेको छ। बजेट पेश गर्न संसदको रोष्ट्रममा जाँदै गरेका अर्थमन्त्रीमाथि माओवादीले हातपात गरेपछि सरकारले दुइ साता अघि मध्यरातमा संसद अधिवेशन अन्त्य गरेको थियो।
जय होस रक्सी महाराजको.......(२०६७ म‌सिर २०, सोमवार)
रक्सी यो कसले बनायो
बोतल खोल्दा ठुस्स गनायो
नाक समाती ह्वात्य मुखमा खान्यायो
क्या कमाल  क्षणमै  हल्लिने  बनायो
विकिलिक्स: माओवादीद्वारा पार्टीलाई भारतले पैसा दिएको प्रमाणित गर्न चुनौती(२०६७ म‌सिर २०, सोमवार)
माओवादी सचिव सीपी गजुरेलले पार्टीलाई भारतले पैसा दिएको प्रमाणित गर्न चुनौती दिएका छन् । विकिलिक्स वेबसाइटमा भारतले नेपालका माओवादीलाई पैसा दिएको भन्ने सन्दर्भमा गजुरेलले त्यस्तो चुनौती दिएका हुन् । राजधानीमा आइतबार आयोजित कार्यक्रममा गजुरेलले गलत हल्ला भएको दाबी गरे । 'हामीले कसैसँग कुनै काम गर्न वा नगर्न कुनै रकम लिएका छैनौं,' उनले भने, 'त्यस्तो प्रमाणित भए जुनसुकै सजाय भोग्न पार्टी तयार छ ।'
इरानद्वारा छिमेकी मुलुकमाथि सशस्त्र आक्रमण नगर्ने दाबी(२०६७ म‌सिर २०, सोमवार)
इरानका विदेश मन्त्री मानौचेर मोटाकिले हिजो बहराइनको राजधानी मानामामा इरानले छिमेकी मुलुकमाथि सशस्त्र आक्रमण नगर्ने कुरा वताउनुभयो। बहराइन वार्ता सम्बन्धी सातौं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै श्री मानौचेर मोटाकिले उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, खाडी क्षेत्रमा अवस्थित इरान तथा त्यसका छिमेकी मुलुकहरुले विश्वलाई अत्याधिक उर्जा पुर्‍याएको कारण खाडी क्षेत्रको सुरक्षाको संरक्षण गर्न निकै महत्वपूर्ण छ।
दक्षिण कोरियाले कुनै पनि सैनिक चुनौति गतिविधि नगर्न उत्तर कोरियाको चेतावनी(२०६७ म‌सिर २०, सोमवार)
उत्तर कोरियाको केन्द्रीय समाचार एजेन्सीले आज पाँच तारिख एउटा विज्ञप्ति प्रकाशित गर्दै दक्षिण कोरियाले आफ्नो सैनिक गतिविधिबाट हुने नतिजाबारे गम्भीर विचार गरेर कुनै पनि चुनौति नदिन उत्तर कोरियाले चेतावनी गरेको जनाएको छ। यस विज्ञप्तिअनुसार कोरियाली प्रायःद्बीपमा बम आक्रमण घटना भएपछि दक्षिण कोरियाले निरन्तर रुपमा अमेरिकासँग सैनिक अभ्यासको आयोजना गरेको र दक्षिण कोरियाको चारैतिर समुद्री क्षेत्रका 29 वटा ठाउँमा सैनिक तालिम चलाएको थियो।
मेक्सिकोका राष्ट्रपतिद्वारा मौसम परिवर्तन सम्बन्धी वार्ताबारे जापानको अडानको कडा शव्दमा आलोचना(२०६७ म‌सिर २०, सोमवार)
मेक्सिकोका राष्ट्रपति फेलिप कालदेरोनले हिजो मेक्सिकोको क्यानकुनमा आयोजना भएको मौसम परिवर्तन विषयक सँयुक्त राष्ट्र संघको वार्तामा जापानको कडा अडानको कडा शव्दमा आलोचना गर्दै यस वार्तामा वास्तविक प्रगति हासिल हुनका लागि जापानले अवरोध बनाएको ठहर गर्नुभयो।
जंगलमा शिकार खेल्न गएको अवस्थामा जेठा दाजुले चलाएको गोली लागी कान्छा भाइको मृत्यु(२०६७ म‌सिर १९, आइतवार)

भिमदत्त नगरपालिका- ९ मा पर्ने मटेना गाउँमा जेठा दाजुले चलाएको गोली लागी कान्छा भाइको मृत्यु भएको छ । शनिवार गाउँ नजिकैको जंगलमा शिकार खेल्न गएको अवस्थामा दाजु तिलकबहादुर चन्दले चलाएको भरुवा बन्दुकको गोली लागी भाइ ४० वर्षिय नर बहादुर चन्दको घटनास्थलमै मृत्यु भएको हो । गाउँ नजिकै सिमाबजार को ब्रह्मदेवमा रहेको प्रहरी चौकीका इन्चार्ज सइ गणेश बिष्टका अनुसार गोली लागेर भाइ नर बहादुरको मृत्यु भएपछि  बन्दुक चलाउने दाजु तिलक जंगल बाट घरमा आइ केहि रकम लिएर सिमापारी टनकपुर लागेका थिए ।