arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
सिरहामा विद्यालय जाँदै गरेकी एक छात्राको आफ्नै सहपाठीद्वारा(२०६७ माघ १३, विहीवार)
प्राप्त समाचार अनुसार सिरहामा विद्यालय जाँदै गरेकी एक छात्राको हत्या गरिएको छ। जनता उच्च माध्यमिक बिद्यालय चौहर्वाकी छात्रा पुनमकुमारी सिंहको आज बिहान हत्या भएको हो। पैदल क्याम्पस जाँदै गरेकी उनलाई सहपाठी सन्तोष चौधरीले हत्या गरेको र उनी फरार रहेको सिरहा प्रहरीले जानकारी दिएको छ। साइकलमा आएका चौधरीले छुरा प्रहार गरी सिंहको हत्या गरेका हुन। हत्यारा चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसैबीच हत्याको विरोधमा स्थानीयवासीहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा केही व्यक्ति सन्तोष चौधरीको घर तोडफोड गर्ने अगाडि बढेपछि प्रहरीले भीड नियन्त्रण गर्न गोली चलाएको छ।
उत्तर पूर्वी कोलम्वियामा कोइला खानीमा विष्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु(२०६७ माघ १३, विहीवार)
उत्तर पूर्वी कोलम्बियाको कोइला खानीमा विष्फोट हँुदा कम्तिमा २१ जना खानी मजदूरको मृत्यु भएको छ। अधिकारीहरुले नोर्ट डे शानटान्डर क्षेत्रमा रहेको ला प्रेसिओसा कोइलाखानीमा विष्फोट भएको पुष्टि गर्दै विष्फोटका कारण अन्य ६ जना घाइते भएको जनाएका छन्। कोइला खानीमा प्रयोग हुने मिथेन ग्यास बनाउने क्रममा विष्फोट भएको हुनसक्ने अनुमान गरिएको छ। विष्फोट स्थलमा रेडक्रसका अधिकारीहरुले उद्धार कार्यलाइ तिव्र बनाएको अन्तरराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
रुसका राष्ट्रपतिद्वारा इरानले आणविक हतियारको विकास गर्दैआएको प्रमाण नभएको कुरा व्यक्त(२०६७ माघ १३, विहीवार)
रुसका राष्ट्रपति दमिट्रि मेडभेडेभले इरानले आणविक हतियारको विकास गर्दैआएको कुनै प्रमाण नभएको बताउनुभयो। श्री मेडभेडेभले हिजै डेवस विश्व अर्थतन्त्र मञ्चको उद्घाटन समारोहमा उक्त कुरा बताउनुभएको हो। उहाँले हाल इरानको आणविक योजनाबारे इरानका राष्ट्रपतिसँग छलफल गर्नुभएको कुरा बताउनुभयो। इरानका राष्ट्रपतिले इरानले गर्दैआएको आणविक गतिविधि सुरक्षित भएको कुरा विश्वसमक्ष प्रमाण गर्नसक्ने आशा उहाँले व्यक्त गर्नुभयो।
अष्ट्रेलियामा सरकारद्वारा बाढीले क्षती पुर्‍याएका संरचनाहरुको पूनःनिर्माणका लागि अतिरिक्त बाढी करको घोषणा(२०६७ माघ १३, विहीवार)
अष्ट्रेलियाका प्रधानमन्त्री जुलिया गिलार्डले देशमा आएको भिषण बाढीबाट क्षती ग्रस्त बनेका संरचनाहरुको पूनःनिर्माणका लागि नयाँ अतिरिक्त करको घोषणा गरेकी छन्। क्षतीग्रस्त संरचना पुननिर्माणका लागि पाँच दशमलव छ अर्व अमेरिकी डलर लाग्ने भन्दै उनले यस्तो अतिरिक्त करको घोषणा गरेकी हुन्।
प्रधानमन्त्री नेपालद्वारा कामचलाउ मन्त्रिपरिषद् हेरफेर, तमलोपा मन्त्रीहरुको राजीनामा अस्वीकृत(२०६७ माघ १३, विहीवार)

काठमाडौंबाट अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार अनुसार प्रधानमन्त्री माधवकुमार नेपालले कामचलाउ मन्त्रिपरिषद् बिहीबार हेरफेर गरेका छन् । बिभाजनपछि बनेको तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका मन्त्रीहरुलाई एमालेका मन्त्रीहरुसँग साटफेर गरिएको छ । उद्योग मन्त्री महेन्द्र यादवलाई सामान्य प्रशासन मन्त्रालय र सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी उद्योग राज्यमन्त्री दानबहादुर चौधरीलाई सामान्य प्रशासन र सामान्य प्रशासन राज्यमन्त्री जितु गौतमलाई उद्योग मन्त्रालय पठाइएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले  जानकारी दिए ।

नेपालले प्रस्तुत गरेको मानवअधिकार सम्बन्धी विश्वब्यापी आवधिक समीक्षा प्रतिवेदनलाई राष्ट्रसंघीय मानवअधिकार परिषदद्वारा सुझावसहित स्वीकार(२०६७ माघ १३, विहीवार)
नेपालले प्रस्तुत गरेको मानवअधिकारसम्बन्धी विश्वब्यापी आवधिक समीक्षा प्रतिवेदन (युपीआर)लाई राष्ट्रसंघीय मानवअधिकार परिषदले सुझावसहित स्वीकार गरेको छ। नेपालले प्रस्तुत गरेको सुझाव ६० देशको सुझावसहित आंशिकरुपमा स्वीकार गरिएको हो। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले १ सय ९२ मुलुकसमक्ष मंगलबार प्रस्तुत गरेको आवधिक पुनरावलोकन प्रतिवेदनलाई परिषदले विभिन्न ६० मुलुकका सुझावसहित बिहीबार आंशिक रुपमा स्वीकार गरेको हो। नेपालको प्रस्तुतीमा ६० मुलुकले आ-आफनो जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए जसमा अधिकांश मुलुकहरुले शान्ति प्रक्रियाको तार्किक निष्कर्षका साथै समावेशीकरणको विषयमा चासो ब्यक्त गरेका थिए।
राजनीतिक संकट जारी: एमाले र कांग्रेसले सरकारको नेतृत्वका लागि सेना समायोजन सक्नुपर्ने शर्त राखेपछि माओवादीमा केही मतभेद(२०६७ माघ १३, विहीवार)
व्यवस्थापिका संसद
प्रमुख दुईदल नेकपा एमाले र नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि सेना समायोजन सक्नुपर्ने शर्त राखेपछि माओवादीमा केही मतभेद देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई केही लचिलो भएर शर्त पुरा गर्न सकिने बताएपनि उपाध्यक्ष मोहन वैद्य किरणले आपत्ति जनाउनु भएको छ । अर्का उपाध्यक्ष डाक्टर बाबुराम भट्टराइले शर्त मान्दा उपलब्धी गुम्नेमा सजग रहनुपर्ने बताउनु भएको स्रोतले जानकारी दिएको छ । माओवादी नेता देव गुरुङले सरकार गठन र सेना समायोजनलाई एउटै शर्तका रुपमा माओवादीलाई मान्य नहुने बताउनुभयो ।
banner
संघीयताविरोधी एक मात्र पार्टी राष्ट्रिय जनमोर्चा नेपाल फेरि फुट्यो(२०६७ माघ १३, विहीवार)
प्राप्त समाचार अनुसार संघीयताविरोधी एक मात्र पार्टी राष्ट्रिय जनमोर्चा नेपाल फेरि फुटेको छ । बिहीबार मोर्चाका बाग्मती अञ्चल इन्चार्ज मिननाथ देवकोटाले अर्को पार्टीको घोषणा गरेका छन् । यो पार्टी एकै बर्षमा दोस्रोपटक फुटेको हो । यसअघि गत असारमा महासचिव डिलाराम आचार्यले पार्टी फुटाएर नयाँ पार्टी खोलेका थिए । देवकोटाले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ३१ सदस्यीय नेपाल कम्यूनिष्ट पार्टी (माले) राष्ट्रवादी घोषणा गरेका हुन् । उनले नयाँ पार्टी संघीयता बिरोधी नभएको पनि स्पष्ट पारे । प्राकृतिक स्रोत साधन र उपयुक्तताको आभारमा पाँच प्रान्तमा मुलुकलाई विभाजन गर्नु पर्ने धारणा रहेको पनि उनले बताए ।
अख्तियारद्वारा कागज बिक्रीमा अनियमितता गरेको भन्दै गोरखापत्र संस्थानमा छापा(२०६७ माघ १३, विहीवार)
काठमाडौंबाट अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार अनुसार  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागज बिक्रीमा अनियमितता गरेको भन्दै बिहीबार गोरखापत्र संस्थानमा छापा मारेको छ । भारतबाट खरिद गरेर ल्याएको करिब १ हजार टन कागजमध्ये बिग्रिएको कागजमात्र बिक्री गर्ने भनिए पनि राम्रो कागज बेचेको भन्दै अख्तियारले संस्थानमा छापा मारेको हो । संस्थानले करिब १ हजार ८ सय केजी कागज बिग्रिएको बताएको थियो । प्रेसको छपाइमा काम नलाग्ने भनी पन्छाइएका कागजहरु प्रक्रियागतरुपमा नै बिक्री गरिएको संस्थानका सामान्य प्रशासन प्रमुख भाष्कर पौडेलले दाबी गरे । खरिद गर्दा नै धेरै कागज काम नलाग्ने भएकाले समस्या भएको उनले बताए ।
घरायसी विवादमा श्रीमतीद्वारा ३२ वर्षीय श्रीमानको हत्या (२०६७ माघ १३, विहीवार)
प्राप्त समाचार अनुसार  उदयपुर जिल्लाको पूर्वी गाउँ विकास समिति रामपुर ठोक्सीलाका एक श्रीमतीले बुधबार राति आफ्नै श्रीमानको हत्या गरेकी छिन्। सामान्य कुरामा सुरु भएको घरायसी विवाद उत्कर्षमा पुगेपछि ठोक्सीला -९ शिखरमाडीकी २७ वर्षीया कृष्णकुमारी राईले ३२ वर्षीय मणिको हत्या गरेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाका नायव निरीक्षक नारायण तामाङले बताए। राईको घरमा आठ नौं वटा ढुङ्गा भेटिएकाले श्रीमान श्रीमतीबीच आपसी बिबादकै कारण कुष्णकुमारीले श्रीमानको हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। मृतकको कान र नाकबाट रगत बगेको तर, शरिरमा घाउचोट नदेखिएको सई तामाङले बताए। कृष्णकुमारीको पनि टाउको र आँखामा चोट लागेकाले उनीहरुबीच हानाहान भएको हुनसक्ने स्थानीयले बताएका छन्।
पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेर सरकारले अन्याय गर्‍योः अध्यक्ष थापा(२०६७ माघ १२, बुधवार)
प्राप्त समाचार अनुसार  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय एकताका प्रतीकका रुपमा रहेका पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा दिइँदै आएको पुस २७ गतेको सार्वजनिक बिदा कटौती गरेर सरकारले अन्याय गरेको बताउनुभएको छ । दुईसय ८९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समितिद्वारा आज यहाँ आयोजित नेपाल एकीकरण अभियानमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान विषयक कार्यक्रममा अध्यक्ष थापाले सो कुरा बताउनुभएको हो ।
देसकै ठूलो भृकुटि कागज कारखाना चरम आर्थिक अभावका कारण ११ दिनदेखि बन्द(२०६७ माघ १२, बुधवार)
नेपाली संचारमाध्यमहरुमा उल्लेख गरिए अनुसार  देसकै ठूलो भृकुटि कागज कारखाना चरम आर्थिक अभावका कारण ११ दिनदेखि बन्द भएको छ । दैनिक करिब ७० हजार मेट्रिकटन उत्पादन क्षमता भएको कारखाना कच्चापदार्थ अभाव र कर्मचारी मजदुरलाई तलब ख्वाउन नसक्दा माघ १ गतेदेखि बन्द भएको कारखाना व्यवस्थापन पक्षको दावी छ । कारखानाको एउटा काम  धिकिर धिकिर चल्दै थियो त्यो पनि तिनदिन अघिदेखि बन्द भएपछि उत्पादन पूरै ठप्प छ । व्यवस्थापन स्रोतले बतायो ।
माओवादी र कांग्रेसले प्रधानमन्त्रीमा आ-आफ्नो दावी नछाडेपछि राष्ट्रिय सरकारको निम्ति सहमति जुटाउने प्रयास विफल तर गोकर्ण रिसोर्टमा भेला जारी,सहमतिको पाँच दिने म्याद आजबाट सकिदै(२०६७ माघ १२, बुधवार)
व्यवस्थापिका संसद भवन
काठमाडौंबाट अर्घाखाँचीकमलाई प्राप्त समाचार अनुसार सहमतीय सरकार निर्माणका विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु गोकर्ण रिसोर्टमा भेला भएका छन् । सहमतीय सरकार निर्माणका लागि राष्ट्रपतिले थप गरेको पाँच दिनको समय सीमा आज सकिदैंछ । दलहरु आ-आफ्नै नेतृत्वमा सहमतीय सरकारको दावी गर्दै आएका कारण कुरा मिल्न सकेको छैन । दलहरुबीच सहमति नभए राष्ट्रपतिले बहुमतीय सरकार निर्माणका लागि आव्हान गर्नेछन् । गत साता प्रमुख तीन दलले जस्को पनि नेतृत्व स्विकार्न सकिने सहमति गर्दै सहमतीय सरकार निर्माणका लागि पाँच दिन समय थप्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
banner
लिम्बुवान राज्य परिषदले प्रत्येक महिनाको १५ गते गर्दै आएको बन्द पुर्वका नौ जिल्ला यो महिना नगर्ने(२०६७ माघ १२, बुधवार)
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले प्रत्येक महिनाको १५ गते गर्दै आएको पुर्वका नौ जिल्ला यो महिना बन्द नगर्ने बताएको छ ।
काठमाडौं अदालतद्बारा वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाकी छोरीलाई अपहरण गर्ने चारजनालाई दोषी ठहर्‍याउँदै २२ वर्ष जेल सजायको फैसला(२०६७ माघ १२, बुधवार)
वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाकी छोरी मेघालाई अपहरण गर्ने चारजनालाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर्‍याउँदै जेल सजायको फैसला सुनाएको छ।
"नेपाली सागतिक महामेला -२०११" को नयाँ दिल्लीबाट प्रत्क्षय भिडियो लाईभ - LIVE(२०६७ माघ १२, बुधवार)
 आज २६ जनवरी भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको "नेपाली सागतिक महामेला -२०११"  को अर्घाखाँचीडट्कमले प्रत्क्षय भिडियो लाईभ गरिरहेको छ। लाईभ अवधि स्थानिय समय अनुसार बिहान ९ बजे देखि साँझ ६ बजे सम्म हुनेछ। यस सागतिक महामेलामा मनोरन्जनका साथै बिहान ९ बजे देखी दिउसो १२ बजे सम्म निशुल्क मेडिकल कैम्प आयोजना गरिएको छ। दिल्ली देखि प्रत्क्षय भिडियो लाईभको लागि नयाँ दिल्ली व्युरो एवम दक्षिण एसिया प्रमुख दिपक जिसी तथा दिल्ली एवम दक्षिण एसिया प्रमुख समाचार सम्वाददाता राम भुसाल सग्लन हुनुहुन्छ। यहाँबाट भिडियो लाईभ हेर्न कुनै समस्या परेमा (नेपाली सागतिक महामेला -२०११")  मा गएर हेर्न अनुरोध गरिन्छ।
नेपाली समाज यूएईको निर्वाचनका लागि उम्मेद्बवारी को नामावली सार्वजनिक/अध्यक्षमा भूपू अध्यक्ष द्वय भिड्ने(२०६७ माघ १२, बुधवार)

नेपाली समाज यूएईको निर्वाचनकालागि उम्मेदवारी नामावली र्सार्वजनिक गरिएको छ ।१ अधक्ष्य सहित ३ उपाधक्ष्य,१ महासचिव, र १ कोषाधक्ष्यका लागि गरिने निर्वाचनका लागि तोकिएको समय सिमा भित्र पर्न आएको उम्मेद्बवारी नामावली निर्वाचन समितीले हिजो मगंलबार सार्वजनिक गरेको हो।सार्वजनिक गरिएको सुचनामा जनाए अनुसार १ अधक्ष्य पदका लागि २ उम्मेद्बवार,र ३ उपाधक्ष्यका लागि २ उम्मेदवारी र १ एक मात्र पदका लागि गरिने महासचिव र कोषाधक्ष्यको निर्वाचनका लागि १ , एक उम्मेदवारी पर्न आएको छ।अधक्ष्य पदका लागि कृष्ण ढकाल तथा चन्द्रप्रसाद सापकोटाले उम्मेदवारी दिएका छन। उम्मेदवारी दिने दुबै जना नेपाली समाजका भु.पु.अध्यक्ष समेत हुन।दुबै उम्मेदवारले नेपाली समाज यूएईमा आफ्नो विशेष योगदानको दावी सहित उम्मेदवारी दिएका हुन।

विश्व स्वयमसेवक सम्मेलन सिङ्गापुरमा शुरु(२०६७ माघ १२, बुधवार)
चार दिनसम्म चल्ने एक्काइसौं अन्तर्राष्ट्रिय स्वयमसेवक सम्मेलन हिजो सिङ्गापुरमा शुरु भयो। यस पटकको सम्मेलनको मुख्य शीर्षक स्वयमसेवा-विश्वलाई परिवर्तन गरिने शक्ति भन्ने रहेको छ। सम्मेलनमा सहभागीहरुले स्वयमसेवाले संसारमा कसरी राम्रो प्रभाव पार्ने भन्ने विषयमा छलफल गर्दैछन्।
डिभी वा ग्रिनकार्डको इमेल खबर आउँदैमा नपत्याउनू : अमेरिकी दूताबास (२०६७ माघ १२, बुधवार)
अमेरिकी दूताबासले डाइभर्सिटी भिसा (डिभी) उल्लेख भएका वा ग्रीनकार्ड दिने भनिएका कुनै पनि इमेल प्राप्त भयो भने त्यो गलत हो भनेर बुझ्न जानकारी गराएको छ। यस्तो इमेल आएमा त्यसलाई कन्सुलर शाखाको जालसाजी प्रतिरोध युनिटको ठेगानामा फरवार्ड गरिदिन पनि उसले अनुरोध छ।
मस्कोमा भएको विष्फोटमा उत्तरी ककेससका विद्रोही समूह र चेचन्या विद्रोहीको हात रहेको रुस सरकारको आरोप (२०६७ माघ १२, बुधवार)
रुसको राजधानी मस्कोस्थित अन्तरराष्ट्रिय विमानस्थलमा भएको विष्फोटको दोषी उत्तरी ककेसस क्षेत्रका सक्रिय विद्रोही समुह र चेचन्यामा रुस सरकारविरुद्ध संघर्षरत चेचन इस्लामिक गुरिल्ला रहेको अनुमान रुस सरकारले गरेको छ। मस्कोको अति ब्यस्त डोमोडेडोभो विमानस्थलमा भएको शक्तिशाली विष्फोटमा कम्तिमा ३५ जना मारिएका थिए भने एक सय भन्दा बढी घाइते भएका थिए।
महङ्गीको विरोधमा भारतमा विपक्षी पार्टीद्वारा साताव्यापाी आन्दोलनको घोषणा (२०६७ माघ १२, बुधवार)
मूल्य वृद्धिको विरुद्धमा भारतका विपक्षी दलहरु साता व्यापी आन्दोलनमा उत्रिने भएका छन्। उनीहरुले तीनदेखि नौ फेब्रुअरीसम्मको आन्दोलनको कार्यक्रम घोषणा समेत गरिसकेका छन्। आन्दोलनमा नौ विपक्षी दल सहभागी भए पनि मुख्य विपक्षी दल भारतीय जनता पार्टी भने सहभागी नहुने भएको छ।
जनसम्पर्क समिती यूएईको दुबइ क्षेत्रिय समिती गठन आउदो शुक्रबार हुने (२०६७ माघ १२, बुधवार)

नेपाली काग्रेंसको अन्तराष्ट्रिय भात्री संगठन जनसंपर्क समिती यूएईले केही समय यता क्षेत्रिय समिती गठन गर्दै समिती लाई कृयशिल बनाउदै गएको पाइएको छ।गत अक्टोबर १ मा नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रतिनिधी युवा नेता गगन थापाको प्रमुख आतिथ्यतामा भब्य कार्यक्रम आयोजना गरी औपचारिक रुपमा जनसम्पर्क समिती यूएई गठन गरिएको थियो।हालका दिनमा आफ्नो संगठन विस्तार लाई तिब्र रुपमा अगाडि बडाउदै गरेको प्राप्त समाचार हरु बाट पुस्टी भएको छ।तदर्थ समितिले तयार पारेको प्रतिवेदनका आधारमा आउदो शुक्रबार एक कार्यक्रमका बिच औपचारिक रुपमा दुबइ क्षेत्रिय समिती गठन हुन लागेको हो।सो कार्यक्रममा नेपाली काग्रेंस तथा लोकतन्त्र र प्रजातन्त्रलाई माया गर्ने यूएईमा कार्यरत आम सम्पूर्ण नेपालीको सहभागीताका लागि जनसम्पर्क समिती यूएईका केन्द्रिय सभापति चित्र केसी ले आग्रह गरेका छन।

अन्तरजातीय प्रेमविवाह गर्ने एक युवतीलाई तल्लो जातको केटासित विवाह गरेको भन्दै गाउँ निकाला(२०६७ माघ १२, बुधवार)
यही माघ ३ गते अन्तरजातीय प्रेमविवाह गर्ने एक युवतीलाई माइतीले तल्लो जातको केटासित विवाह गरेको भन्दै गाउँ निकाला गरेपछि सदरमुकाममा विस्थापित भएकी ती युवतीले बच्चा जन्माएपछि थप समस्या भएको छ ।
होटलको २३ तलाबाट खस्दा पनि जिउँदै(२०६७ माघ १२, बुधवार)
अर्जेन्टिनाको बियोनस् आर्यसस्थित लग्जरी होटलको २३ तलास्थित छानाबाट खसे पनि एक युवती बाँचेकी छन्।
राष्ट्रसंघका महासचिव बान कि मुनले लुम्बिनी विकास र प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायलाई प्रोत्साहत गर्न लागिपर्ने(२०६७ माघ १२, बुधवार)
राष्ट्रसंघका महासचिव बान कि मुनले लुम्बिनी विकास र प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायलाई प्रोत्साहत गर्न राष्ट्रसंघ लागिपर्ने बताएका छन् । संस्कृतिमन्त्री डा. मिनेन्द्र रिजालसँग न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा सोमबार भएको भेटमा महासचिव मुनले लुम्बिनी क्षेत्रको विकास नेपालका लागि मात्रै नभएर सिंगो विश्व समुदायका लागि गौरवको विषय बन्ने बताएका थिए । 'बौद्धमार्गी मार्गका रूपमा बृहत् लुम्बिनी क्षेत्रलाई भारतका प्रमुख बौद्ध तीर्थस्थल हुँदै दक्षिण पूर्वी एसियासम्म जोड्न सकिनेछ,' महासचिव मुनले भने ।
माआवादी कार्यकर्ताद्वारा उदयपुरको लाफागाँउमा आधा दर्जन एमाले र कांग्रेस कार्यकर्ताको अपहरण(२०६७ माघ १२, बुधवार)
अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार अनुसार आपसी विवादका कारण माआवादी कार्यकर्ताको एक समूहले मंगलबार राति  उदयपुरको लाफागाँउ गाविसका आधा दर्जन एमाले र कांग्रेस कार्यकर्ताको अपहरण गरेको छ । स्थानीय रामबहादुर राईको विवाहमा भोज खान गएका ७६ वर्षीय धनबहादुर राईलाई कुटपिट गरेको विषयमा विवाद हुँदा माओवादीले लाफागाँउ १ का ४५ बर्षीय कांग्रेस कार्यकर्ता डिक बादुर थापा, एमाले गाँउ कमिटीका अध्यक्ष २८ वर्षीय कमल राई, एमाले कार्यकर्ता ३० वर्षीय पर्शुराम थापा, १६ वर्षीय केशर राई, २५ वर्षीय कर्णबहादुर राई उनका बुबा अन्दाज, चुनुकला राई र हस्तबहादु राई सहित छ जनालाई अपहरण गरेका स्थानीयले बताए ।
भारतमा ६२औं गणतन्त्र दिवस, राजधानी लगायत मुख्य सहरहरुमा सुरक्षा व्यवस्था कडा(२०६७ माघ १२, बुधवार)
Indian soldiers march during the Republic Day ...
जनवरी 26 तारिख वा आज भारतको गणतन्त्र दिवस हो। यसै उपलक्ष्यमा आज भारतको राजधानी नयाँ दिल्लीमा भव्य परेड समारोह आयोजना भएको छ।
भारतको ६२ औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न संघसंस्थाहरुलाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार प्रदान(२०६७ माघ १२, बुधवार)
अर्घाखाँचीलाई प्राप्त समाचार अनुसार  भारतको ६२ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले नेपालका विभिन्न संघसंस्थाहरुलाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहारस्वरुप प्रदान गरेको छ । बुधबार दूतावासमा आयोजित समारोहमा राजदूत राकेश सूदले उक्त एम्बुलेन्स तथा बस सम्बन्धित संस्थाहरुलाई हस्तानान्तरण गरे । सूदले भारतको राष्ट्रिय झण्डा फहराई भारतीय राष्ट्रपतिले दिएको सन्देश पढेर सुनाएका थिए ।
बाँकेमा कार दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते (२०६७ माघ १२, बुधवार)

प्राप्त समाचार अनुसार  बाँके जिल्लामा गएराति भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । पोखरादेखि बर्दियातर्फ जाँदै गरेको भे१च ६४६३ नंको कार बाँके जिल्लाको बागेश्वरी गाविसको किरण नालामा खस्दा पोखराका ३५ वर्षीय जनार्दन शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो दुर्घटनामा परी बर्दिया जमुनीका ४२ वर्षीय राम भण्डारी र मैनापोखरका कार चालक भोजराज त्रिपाठी गम्भीर घाइते भएका छन् ।  उनीहरुको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री नेपालद्वारा माओवादी लडाकुहरुलाई विशेष समितिको मातहतमा ल्याएपछि शान्ति प्रकृयालाई थप सजिलो भएको उल्लेख (प्रधानमन्त्री नेपालको मन्तव्यको पूर्णपाठ सहित)(२०६७ माघ १२, बुधवार)
काठमाडौंबाट अर्घाखाँचीकमलाई प्राप्त समाचार अनुसार  प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकुहरुलाई विशेष समितिको मातहतमा ल्याएपछि शान्ति प्रकृयालाई थप सजिलो बनाएको बताएका छन्। 'यस कार्यबाट हाम्रो मनोबल बढेको छ,' नेपाल नीति अध्ययन प्रतिष्ठान (निप्स) द्वारा आयोजित कार्यक्रममा नेपालले भने। उनले लडाकु समायोजन र पुनःस्थापनाका लागि उनीहरुलाई अलग-अलग शिविरहरुमा व्यवस्थित गर्ने, लडाकुको रुचि, क्षमता, योग्यता र आपसी सहमतिका आधारमा समायोजन गर्ने र पुनःस्थापनामा जान चाहनेहरुलाई राहत एवम् अन्य प्याकेजका आधारमा विदाइ गर्ने कामलाई सक्दो छिटो अघि बढाउनुपर्ने बताए। 'म सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी, हाम्रा अन्तर्राष्ट्रिय मित्रहरुलाई यस दिशामा रचनात्मक सहयोग दिन आग्रह गर्दछु,' उनले भने।
http://go.oclaserver.com/afu.php?zoneid=1465736