arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
थप समाचार
भाषानका चर्का नारा बोक्ने हरु(२०६६ फाल्गुन २९, शनिवार)
भाषान का चर्का नारा बोक्ने हरुभाषान का चर्का नारा बोक्ने हरु जनताका बिचार बाट ओरालो लग्नेछन असंबैधानिक कदम बाट हुकम चलायतापनी मुकतिकामी जनताले पथ पढउनेछन
पाकिस्तानको लाहोरमा भएको आत्मघाती हमलामा कम्तिमा ३९ जनाको मृत्यु (२०६६ फाल्गुन २८, शुक्रवार)
पाकिस्तानको लाहोरस्थित भीड भरिएको क्षेत्रमा बिहीबार भएको आत्मघाती हमलामा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये आधा दर्जन भने सुरक्षाकर्मी छन् ।
अमेरिकी राष्ट्रपतिकी पत्नी नेपाली डिजाइनरको पोशाकमा:काली काली हिस्स परेकी (२०६६ फाल्गुन २८, शुक्रवार)
अमेरिकी राष्ट्रपति पत्नी मिसेल ओवामाले नेपाली ड्रेस डिजाइनर प्रवल गुरुङले तयार पारेको पोशाक लगाएर एक कार्यक्रममा सहभागिता जनाएकी छिन्। स्मिथसोनियन म्युजियम अफ अमेरिकन हिस्ट्रीको फस्ट लेडी कलेक्सनमा कपडा दिने समारोहमा उनले गुरुङको डिजाइनमा तयार भएको पोशाक लगाएकी हुन्।
एक ८ महिनाकी गर्भवती महिला सहित ४ महिला को साउदी दुतावासद्वारा उद्धार(२०६६ फाल्गुन २८, शुक्रवार)
घरेलु कामदारका रूपमा साउदी अरबमा आई बिचल्लीमा परेका थप ४ जना नेपाली महिलाहरुलाई नेपाली दुतावास रियादले उद्धार गरेको छ | उद्धार भई एअर अरेबिआको फ्लाइट १२ मार्चमा काठमाडौ पुग्न लागेका यी पिडित महिलाहरु हुन् !
यूएईमा रही कार्यरत नेपाली कलाकार सम्झना वाइवा लाई बिदाइ (२०६६ फाल्गुन २८, शुक्रवार)
तामाङ समाज युएइको आयोजनामा यही बिहीवार दुबइस्थित जोहन राड होटेलमा समाजका सद्स्य तथा कलाकार सम्झना वाइबा तामाङलाई बिदाइ गरेको जनाएको छ ।
चिलीका राष्ट्रपतिद्वारा आफ्नो पदको शपथ ग्रहण, भूकम्प प्रभावित क्षेत्रको भ्रमण(२०६६ फाल्गुन २८, शुक्रवार)
चिलीमा राष्ट्रपतिको पद सम्हाल्नुभएका सेबासथ्यान पिनेराले स्थानीय समय आज एघार बजेतिर कांग्रेसको आफ्नो पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो।उक्त समारोह सम्पन्न भएपछि उहाँले विमानद्वारा त्यहाँको भूकम्पबाट गम्भीर प्रभावित क्षेत्र चोन्स टिटुचिन पुगेर तत्तस्थानमा राष्ट्रपतिको एक नम्बर आदेश वितरण गर्नुभयो।
रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिन भारत भ्रमणमा,दश भन्दा बढी सम्झौतामा हस्ताक्षर(२०६६ फाल्गुन २८, शुक्रवार)
रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले हिजो राती भारतको राजधानी नयाँ दिल्ली पुग्नुभई भारतको भ्रमण सुरु गर्नुभयो। श्री पुटिनले रुसी प्रधानमन्त्रीको पद सम्हालेपछि भारत भ्रमण गरेको यो पहिलो पटक हो। आज प्रधानमन्त्री पुटिनले भारतका राष्ट्रपति प्रतिभा पाटिलसँग भेट-वार्ता गर्नुभयो।
भक्तपुरको ढुंगेधाराबाट दूध बग्यो रे(२०६६ फाल्गुन २८, शुक्रवार)
शुक्रबार एकाबिहानै हल्ला फैलियो- भक्तपुरको एउटा ढुंगेधारामा पानीको साटो दूध बग्न थाल्यो रे। अनि त के छ र भीड लाग्न थालिहाल्यो नि भक्तपुर व्यासी स्थित रहेको डाँफा हितिचाले प्रचलित ढुङगेधारामा। भगवान नारायणको जल भन्दै थाप्न आउनेहरु तँछाड मछाड गर्न थाले। हुन पनि धाराबाट सेतै पानी बगिरहेको थियो। पहेँलो सबै सुन हुँदैन, सेतो सबै दूध हुँदैन भनेर उनीहरुलाई कसले सम्झाउने?
अफ्गानिस्तान कुनै पनि मुलुकका लागि युद्धस्थल बन्न नहुने श्री कार्जाईको भनाइ(२०६६ फाल्गुन २७, विहीवार)
पाकिस्तानको भ्रमणमा रहनुभएका अफगानिस्तानका राष्ट्रपति हमिद कार्जाईले आज इस्लामावादमा बोल्दै अफगानिस्तान कुनै पनि मुलुकका लागि युद्धस्थल बन्न नहुने बताउनुभयो।
मेक्सिकोका कार्लोस् विश्वकै धनी, बिल गेट्सलाई कार्लोस स्लिमले उछिन्यो(२०६६ फाल्गुन २७, विहीवार)
फोर्ब्स म्यागाजिनको आज प्रकाशित बरियता क्रममा हालसम्म विश्वमा सबभन्दा धनी मानिदै आएका बिल गेट्सलाई उछिन्ने व्यक्तित्व देखापरेका छन्। विकासोन्मुख राष्ट्र मेक्सिकोका सञ्चार उद्यमी कार्लोस स्लिम अबदेखि विश्वका सबभन्दा धनी व्यक्ति भनी परिचित हुनेछन्।
गरीब देशका जनता हामी - प्रभु राम थापा(२०६६ फाल्गुन २६, बुधवार)
गरीब देशका जनता हामी,आर्थिकतामा सधैं गरीब छौ,त्यहि आर्थिकतालाई पुरागर्ने सोचाइमा-हामी आफ्नो देश छोडी पर्देशमा छौ,आफ्नो घरपरिवरबाट टाढा राख्ने
दमाईले छाडेपछि बाहुन क्षेत्री बाजा बजाउदै(२०६६ फाल्गुन २६, बुधवार)
दमाईले बजाउने दमाह बाहुन र क्षेत्रीले समुह बनाएर बजाउन थाले भन्दा, तर यहाँ यस्तै भएको छ ।यहाँका दमाईले परम्परागत दमाह बाजा बजाउन छाडेपछि बाहुन र क्षेत्री युवाहरू मिलेर क्लब गठन गरी सोही क्लबको नामबाट सांस्कृतिकरुपमा लोप हुन लागेको बाजा दमाह बजाउन थालेका छन् ।सधै मर्दापर्दा चाहिने दमाह बाजा बजाउनका लागि अचेल रुकुमको साखका बासिन्दाहरुलाई दमाई कहा जान पर्दैन । उनीहरू सरासर काम्ले सांस्कृतिक परिवारको कार्यालयमा गए पुग्छ ।
पत्त्याउनु हुन्छ कपाल बेरिएर मृत्यु भयो भनेर (२०६६ फाल्गुन २६, बुधवार)
रुपन्देही बुटवल ६ संगमपथकी एक महिलाको नुहाउने क्रममा सोमवार नवलपरासीमा ज्यान गएको छ । रामनगर-४ घिउडल्लास्थित एलबी इट्टा उद्योगकी ४० वर्षीया संचालिका मीना गौचनको इँट्टा उद्योगमै पम्पिङसेट जडित बोरीङबाट नुहाउँदै गर्दा इाजनमा कपाल बेरिएर ज्यान गएको हो ।
साउदीका राजकुमार नेपाल आउने (२०६६ फाल्गुन २६, बुधवार)
साउदी अरेवियाका राजकुमार अलवालिद विन तलाल नेपाल भ्रमणमा आउनु हुने भएको छ। साउदीका लागि नेपाली राजदूत हमिद अन्सारीले यसै हप्ता गर्नुभएको भेटमा राजकुमारलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नुभएको थियो ।
महान दिवस ८ मार्च - मीना पुन (२०६६ फाल्गुन २६, बुधवार)
८ मार्च संसारभरिका महिलाहरुको ऐतिहासिक दिन हो । ८ मार्चलाई विश्वभरीका सम्पूर्ण शोषित उत्पीडित महिलाहरुले मात्र होइन विभिन्न वर्ग र समुदायका महिलाहरुले पनि महान दिवसको रुपमा मनाउँदै आएका छन् ।
पाँचौं पटक बिहे(२०६६ फाल्गुन २६, बुधवार)
जिल्लाको बडागाउँ गाविस -८ मैदान बाटामुनी जेठाका नामले चिनिनॆ तेज बहादुर विश्वकर्माले पाँचौ पटक श्रीमती ल्याएका छन् । ईस्मा दोहोलीमा घर बनाउन गएका सिकर्मी तेज बहादुरले तीन छोराछोरी सहितकी एक विधवालाई बिहे गरेका हुन् । उनी जुन ठाउँमा सिकर्मी काम गर्न जान्छन् उक्त ठाउँबाट एक श्रीमती ल्याउने उनको बानी बसिसकेको स्थानीयवासीहरुको भनाइ रहेको छ ।
भारतीय संसदको माथिल्लो सदनद्बारा संसदमा महिला संख्या बढाउने विध्येयक पारित(२०६६ फाल्गुन २६, बुधवार)
भारतीय संसदको मथिल्लो सदनमा हिजो एक गम्भिर बहसपछि बहुमतवाट महिला स्थान बढाउने विध्ययक पारित भयो। उक्त प्रस्ताव अनुसार, भारतले संसदको तल्लो सदन र विभिन्न क्षेत्रीय संसदमा महिलाका लागि तेंतीस प्रतिशतमा रहेको स्थानलाई कायमै राखी महिला राज्य मामिलामा सहभागी हुने अधिकार बढाउने छ।
उत्तर-पश्चिमी पाकिस्तानमा भएको आक्रमणमा परी पाँच जनाको मृत्यु(२०६६ फाल्गुन २६, बुधवार)
केही सशस्त्र व्यक्तिहरुले दश तारिखका दिन उत्तर-पश्चिमी पाकिस्तानको एउटा गैर-सरकारी संगठनको कार्यालयमा गरेको आक्रमणमा परी कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन्।
अमेरिकाका सबैभन्दा वृद्धा जेष्ठ नागरिकको ११४ वर्ष २९४ दिनमा मृत्यु(२०६६ फाल्गुन २६, बुधवार)
अमेरिकामै बसोबास गर्ने लगभग ११५ वर्षीया मेरि जोसेफीन रे नामकी अमेरिकाकी सबैभन्दा वृद्धा जेष्ठ नागरिकको गत आइतबार ११४ वर्ष २९४ दिनमा मृत्यु भएको छ ।
दुबइमा एक नेपाली युवा द्वारा आफ्नै फिलीपिना प्रेमिका लाई छुरा प्रहार (२०६६ फाल्गुन २५, मंगलवार)
यूएई बाट हाम्रा मध्यपुर्व प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउले ले त्यहाको स्थानिय राष्ट्रिय समाचार पत्रीका गल्फ न्युजमा प्रकाशित समाचार लाई उद्रित गर्दै जनाए अनुसार गत आईतवार यूएईमा एक नेपालीले आफ्नै फिलिपिनी केटीसाथीलाई पेटमा धारिलो छुरा प्रहार गरी घाइते बनाइ आफुलाई पनि आँफै छुरा हानी घाइते बनाएका छन ।
अफ्गानमा अझ कठिन संघर्ष देखापर्ने अमेरिकी रक्षामन्त्रीको भनाइ(२०६६ फाल्गुन २५, मंगलवार)
अफगानिस्तानको भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्री रोबर्ट गैट्सले हिजो बोल्दै नेटो तथा अफगानी फौजले दक्षिणी भागको सैनिक कार्वाहीमा केही बिजय प्राप्त गरे तापनि भावी अफ्गानको सामु अझ बढी कठिन संघर्ष देखापर्ने बताउनुभयो।
इजरेल र प्यालेष्टाइनले अनौपचारिक शान्ति वार्ता आयोजना गर्न स्वीकार(२०६६ फाल्गुन २५, मंगलवार)
प्यालेष्टाइन र इजरेल क्षेत्रको भ्रमणमा रहनुभएका अमेरिकी मध्य-पूर्व समस्यासम्बन्धी विशेषदूत जर्ज मिचेलले हिजो इजरेल र प्यालेष्टाइनले अनौपचारिक शान्ति वार्ता आयोजना गर्न स्‍वीकार गरेको कुरा बताउनुभयो।
नेपाली राजदूतावास यूएई (अबुधावीको)एमआरपी पास्पोर्ट समबन्धी अत्यन्त जरुरी सूचना(२०६६ फाल्गुन २४, सोमवार)
नेपाली राजदुतावास आबुधाबी ले समय समयमा समसामायिक बिषय सँग सम्बन्धित जारी गर्ने प्रेस बिज्ञप्ती हाम्रा मध्यपुर्व प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउले लाई पनि बिभिन्न माध्यम द्वारा उपलब्ध गराउदै आएको छ । अर्घाखाँची डट्कम् को तर्फ बाट आभार ब्यत्त गर्दछौ । आगामी दिनमा पनि अर्घाखाँची डट्कम् ( टाईम्स ) सँगै रहेर दुतावास द्वारा दिईएको जानकारी हामी सबै पाठक समक्ष पुराउन सकियोश भन्ने अपेक्षा राख्दछौ ।
गन्तब्य हिन यात्रा - ईन्द्रमनी भट्टराईका कविता हरु (२०६६ फाल्गुन २४, सोमवार)
कुनै दिन यो कथा सानो थियो, न उनलाई न मलाई थाह थियो,उनको मेंरो फ़ैसला कसरी बताऊ,यो टुक्रामा संसार को नक्शा देखाउ,दुई मुटु एक भए आहा ! सामिप्यतामा शिशिर हैन् बषन्तकै बहार दिए मैले,कार चढेर के गर्नु उधारैको हो यो खेती, रिनमा बाँचेर ब्याजमा रुनु छ यहाँ कती, यस्तो लाग्छ आँफै नि अब बन्दकिमाछु,आश नगर पैसोको तिमी आँफै कंगाल भाछु....
घाइते मुटु:- नरेश जि सि (२०६६ फाल्गुन २४, सोमवार)
उड़ने चराको के भर हुँदो रैछ र, जे हुनु थियो आखिर मलाई नै रुनु पर्यो के नै लाग्यो र घाइते मुटु आज यहाँ मेरो मायाको संसार त्यति ठुलो कहा छ र? तिम्रो पोते र सिंदूर मा अटन सकेन, त्यसैले त होला एक्काशी एक सब्द नबोली बतास झै बिलीन भयौ, तिमीलाई म अजम्बरी घोषित गरें थाहा थिएन जुनकिरीहरु राँको बन्न सक्दैनन केबल रात चिर्ने निशानी मात्रै हो,
एकसयौँ अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रम गरी मनाइयौ(२०६६ फाल्गुन २४, सोमवार)
एकसयौँ अन्तर्राष्ट्रिय नारी दिवस सोमबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले 'समान अधिकार समान अवसर सबैको प्रगतिको आधार' भन्ने मूल नाराका साथ सोमबार यहाँ एक र्‍यालीको आयोजना गर्‍यो ।
उत्तर पश्चिमी पाकिस्तानमा एउटा लहर गाडी बम विस्फोटमा पर्दा बाह्रजनाको मृत्यु(२०६६ फाल्गुन २४, सोमवार)
उत्तर पश्चिमी पाकिस्तानको हान्गु क्षेत्रमा पाँच तारिखका दिन यात्रुवाहक गाडीको लहर आत्मघाती विस्फोटमा परेका छन्। यसबाट कम्तीमा बाह्रजनाको मृत्यु हुनुका साथै तीसभन्दा बढी घाइते भएका छन्। पाकिस्तानी प्रहरी पक्षले पाँच तारिखका दिन उक्त कुरा बताएको हो।
नेपालमा सस्तिँदो इन्टरनेट(२०६६ फाल्गुन २४, सोमवार)
नेपालमा पछिल्लो पाँच वर्षमा इन्टरनेट शुल्क झन्डै 40 गुणा घटेको छ। आधा दशकअघि अहिलेजस्तो छिटो इन्टरनेट चलाउन सक्ने सुविधा लिन 40 हजार तिर्नुपर्दथ्यो । अहिले 1 हजार रुपैयाँमा सजिलै यो सेवा उपलब्ध छ । प्रतिस्पर्धा र बढ्दो प्रयोगले विगत पाँच वर्षको अवधिमा इन्टरनेट उपभोक्ताले धेरै राहत महसुस गरेका छन् ।
अमेरिकी नागरिक्ता लिएको अलकायदा संगठनका प्रवक्ता पाकिस्तानमा पक्राउ(२०६६ फाल्गुन २४, सोमवार)
पाकिस्तानका पदाधिकारीले हिजो बोल्दै पाकिस्तानी सुरक्षा फौजले अमेरिकी नागरिक्ता लिएको अलकायदा संगठनका प्रवक्ता आदाम याहिय गादाहनलाई पक्राउ गरिएको बताउनुभयो। आफ्नो नाम नदिने पाकिस्तानी सुरक्षा फौजका दुई जना व्यक्तिका अनुसार पाकिस्तानी सुरक्षा फौजले हालै दक्षिण भागमा रहेको महत्वपूर्ण सैनिक ठाउँ काराचिमा उनलाई पक्राउ गरेको जनाएका छन्।
अमेरिकी रक्षा मन्त्रीको आकस्मिक अफ्गानिस्तान भ्रमण(२०६६ फाल्गुन २४, सोमवार)
आफ्गानिस्तानका एक पदाधिकारीका अनुसार अमेरिकी रक्षा मन्त्री रोवट गेसले आज आफ्गानिस्तानको आकस्मिक भ्रमण गरी आफ्गानिस्तानका राष्ट्रपति हामिद कार्जाइ र त्यहाँस्थित नेटो अन्तर्राष्ट्रिय सुरक्षा फौजका सर्वच्च निर्देशक स्टानलेइ मेख्रस्टोसँग त्यहाँको सुरक्षा स्थिति सम्बन्धी पछिल्लो प्रगतिबारे बैचारिक आदान-प्रदान गर्नुहुने अनुमान गरिएको छ।