arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
विभूषण त्याग्ने क्रम बड्यो/पूर्वसभामुखसहित चार जनाद्वारा विभूषण अस्वीकार (२०६७ ज्येष्ड १८, मंगलवार)
 पूर्वसभामुख दमननाथ ढुंगानासहित थप चार जनाले सरकारद्वारा प्रदान गरिएको विभूषण अस्वीकार गरेका छन् । उनीहरूले जनआन्दोलन २०६२/६३ लाई अपमान हुने गरी विभूषण प्रदान गरिएकामा रोष प्रकट गर्दै राज्यका तर्फबाट दिइएको सम्मान अस्वीकार गरेका हुन् । पूर्वसभामुख ढुंगाना, मानव अधिकारकर्मीद्वय पद्मरत्न तुलाधर र सुबोधराज प्याकुरेल तथा डा. भरत प्रधानले सोमबार प्रधानमन्त्री माधवकुमार नेपाललाई पत्र लेखी विभूषण अस्वीकार गरेका हुन् । उनहरूले जनआन्दोलन दबाउन भूमिका निर्वाह गरेका व्यक्तिलाई समेत विभूषण दिइएकामा असन्तुष्टि प्रकट गरेका छन् ।

युनिटीको सर्भर खोल्न नसकेको बहाना बनाउदै छानबिनमा ढिलाई (२०६७ ज्येष्ड १८, मंगलवार)
सरकारी अधिकारीहरूले नियतवश तीन सातासम्म युनिटीको सर्भर नखोलेको आशंका जानकारहरूले गरेका छन् । सूचना प्रविधि क्षेत्रका विज्ञहरू सर्भरको पासवर्ड नभए पनि सजिलै खोल्न सकिने बताउँछन् । 'नेपालमा धेरै ह्याकर छन्,' राष्ट्रिय सूचना केन्द्रका पूर्वकार्यकारी निर्देशक सुवर्ण शाक्यले भने, 'तर उनीहरू आफू ह्याकर हुँ भनेर बाहिर आउन चाहँदैनन् । सुरक्षाको अवस्था सिर्जना गरिदिए उनीहरूले सजिलैसँग काम गर्न सक्छन् ।' राजस्व अनुसन्धान विभागले सर्भर नियन्त्रणमा राखे पनि खोल्न खासै पहल नगरेको ललितपुरको स्थानीयस्तरमा गठित छानबिन टोलीका एक सदस्यले बताए । सर्भर खुलेर पारदर्शी ढंगले छानबिन भए युनिटीका सदस्य भएका उच्च राजनीतिक नेतृत्व, कर्मचारी, प्रहरी, समाजमा प्रतिष्ठित भनेर चिनिएकाहरूको नाम बाहिर आउने छ । ँत्यही भएर सर्भर खोल्ने प्रयास नभएको हुनसक्छ, समिति सम्बद्ध स्रोतले भन्यो ।

रुपन्देहीमा माओवादी अबधमधेश राज्य समितिका नेताको हत्या (२०६७ ज्येष्ड १८, मंगलवार)
रुपन्देहीको विष्णुपूरामा अज्ञात समूहले चलाएको गोलीबाट  माओवादी राज्य समिति स्तरीय एक नेताको हत्या भएको छ । 
विष्णुपूरा १ ठाकुरापुरमा सोमबार साँझ नचिनेका व्यक्तिहरुको समूहले चलाएको गोलीबाट सोही स्थानका माओवादी अवध मधेश राज्य समितिका सदस्य सफतु यादवको हत्या भएको हो । जिल्ला प्रहरी प्रमुख छबिलाल बाजाडेका अनुसार उनलाई ३ वटा गोली लागेको र घटनास्थमै मृत्यु भएको हो ।  यता माओवादी रुपन्देही जिल्ला सेक्रेटरी यज्ञ पोखरेलले हरैयाबाट घर तर्फ जाँदा यादवलाई पछाडिबाट गोली हानिएको बताएका छन् । उनले हत्याको भस्रना गर्दै आज  बिहान बुटवलमा शव यात्रा निकालिएको छ । हत्या गरिएका यादव विष्णुपूरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष समेत हुन् । हत्या गरिएपछि सन्चारकर्मि हरुलाइ फ़ोन गरि आफ़ु लाइ तराइ जनतान्त्रिक मोर्चाको कार्यकर्ता बताउने एक ब्याति ले आफ़्नो पार्टि को निर्देशनमा आफ़ुले हत्या गरेको बताएका थिए भनि अस्पस्ट जानकारि बाहिर ल्याइएको छ । आधिकारिक जानकारि अहिले सम्म प्रप्त भएको छैन ।

मात्रिका समूहको जनसुरक्षा बल पाल्पामा गठन (२०६७ ज्येष्ड १८, मंगलवार)
 पाल्पाको मदनपोखरा गाविसमा हालै मात्रिका समूहको युवा जनसुरक्षा बल गठन भएको छ । उमबहादुर बौडेल र मीना बौडेल संयोजक गरेको ११ सदस्य युवा कमिटी गठन गरिएको माओवादी मात्रिका समूहले जनाएको छ । समितिको सदस्यहरुमा सुनिता बौडेल पम्फा बौडेल कल्पना बौडेल डिलमाया नेपाली सरिता बौडेल मनिषा बौडेललगायत छन् । युवा जनसुरक्षा बलमा संगठित भएका सवै वाइसिएल परित्याग गरी आएको पुर्नगठित माओवादीका अमरदीप विसी ले जनाएका छन् । यस्तै दोभान गविस को हात्तीकोट र फुलबारीमा पनि युवा सुरक्षा बल गठन गरिएको छ बताइएको छ ।

फेडेरर फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा (२०६७ ज्येष्ड १८, मंगलवार)
विश्व नम्बर-१ रोजर फेडेरर फ्रेन्च ओपन टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । फ्रान्सको राजधानी पेरिसमा भएको खेलमा स्टनीसलेसलाई ६-३, ६-२ र ७-६ को सेटमा पराजित गर्दै फेडेरर प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
यसबाहेक, अन्य खेलहरूमा एण्डि मुरेलाई ६-४, ७-५ र ६-३ को सेटमा पारजितगर्दै थमस बर्डिच तथा मरिन क्लेसलाई ६-४, ६-४ र ६-२ को सेटमा पराजितगर्दै रोबिन सेडेरेलिङ प्रतियोगीताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

महिला तर्फको खेलमा भने भेनस विलियमसलाई पराजितगर्दै नाडीया पेट्रोभा र चेल्नली सेचेपेरेसलाई पराजितगर्दै एलिना डेमेनटिभा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

अन्तरजातिय विवाह गर्ने १६ जोडी रुपन्देहिमा सम्मानित(२०६७ ज्येष्ड १८, मंगलवार)
दलित उत्थान समन्य समिति मोतिपुरले अन्तरजातिय विवाह गर्ने १६ जोडीलाई सोमबार रूपन्देहीको मोतिपुरमा सम्मान गरेको छ । कार्यक्रममा दलित र गैरदलित तथा दलित भित्रका विभिन्न समुदायबीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो । अन्तरजातिय विवाह गर्नेलाई समुदाय तथा घर परिवारबाटै विस्थापित हुनुपर्ने समस्या अझै रहेकाले उनीहरूलाई  हौसाला प्रदान गर्न सम्मान कार्यक्रम  गरिएको हो । अन्तर जातिय विवाह   गर्नेलाई कसैपनि अपहेलना गर्न नहुने बरू प्रोत्साहन गर्नुपर्ने भन्दै कार्यक्रममा   नेपाल दलित मुक्ति मोर्चाका  अध्यक्ष पदम बि.क.ले अन्तरजातिय विवाह गर्ने १६ जोडीलाई दोसल्ला ओढाई सम्मान  गर्नुभएको थियो । कार्यक्रममा बोल्दै  अध्यक्ष पदम बि.क.ले दलित समुदायाई राज्यका हरेक निकायमा अगाडि ल्याउनुपर्ने र त्यसका लागि दलित समुदाय एकजुट भएर अगाडि बढनु पर्ने बताउनु भयो ।


गुल्मीमा गरिबीले गर्दा गाडेको सिनो निकालेर खाईयो (२०६७ ज्येष्ड १८, मंगलवार)
किनेर मासु खान सक्ने अवस्था नभएपछि गुल्मी जिल्लाको पश्चिमी क्षेत्रको भनभने गाविसका दलित समुदायले मरेपछि गाडेको पशुको मासु जमिनमुनीबाट निकालेर खाएका छन् । भनभने गाविस-५ मा विहिवार परेको चट्याङले विष्णु कुँवरको राँगो मरेपछि बारीमा खाडल खनेर गाडिएको थियो । जंगलमा राँगो गाडेको जानकारी पाएपछि भनभने-९ का तेजबहादुर वि.क., धनबहादुर वि.क., देवि बि. क. लगायतले जमिनमुनीबाट राँगो निकालेर बाँडीचुडी खाएको धनबहादुर वि.क. ले बताए । सधै भर मासु किनेर खान नसक्ने भएकाले आफुहरूले वर्षौ देखि नै सिनो -मरेर गाडेको मासु निकाल्ने खाने गरेको बताए । गाडेको थाहा पाएसम्म हामी सधै खान्छौं ।, विकले भने, जति जनाले थाहा पायो, जनाले बाड्ने गरेका छौं । 
साना दलहरुले तीन दलबीच भएको सहमतिको भ्रम र अन्यौल हटाउन २४ दलको बैठक बोलाउन आग्रह(२०६७ ज्येष्ड १८, मंगलवार)
साना दलहरुले तीन दलबीच भएको सहमतिको भ्रम र अन्यौल हटाउन २४ दलको बैठक बोलाउन आग्रह गरेका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने २२ दलको बैठकले मुख्य तीन दलबीच १४ गते भएको तीन बुँदे सहमति जस्ताको त्यस्तै कार्यान्वयन गर्न सुझाव समेत दिएको छ । कांग्रेस र एमालेवाहेकका दलसँग माओवादीले मंगलबार गरेको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले तीन दलबीच भएको लिखित र अलिखित दुबै सहमतिबारे जानकारी दिएका थिए । 'पाँच दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने सहमति भएपनि त्यसलाई कार्यान्वयन गर्नुको साटो कांग्रेस र एमालेले तोडमोड र आनाकानी गरिरहेकोबारे अध्यक्षले दलहरुलाई जानकारी गराउनुभयो', बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'प्रधानमन्त्रीको राजीनामासँग अरु कुनै बिषयको सम्झौता भएको थिएन ।
सस्तो दरमा अन्तर्राष्ट्रिय कल सेवा आजदेखि सुरु (२०६७ ज्येष्ड १८, मंगलवार)
नेपाल टेलिकमले आजदेखि आईपी प्रविधि मार्फ सस्तो दरमा अन्तर्राष्ट्रिय कल सेवा सुरु गर्दैछ । जिएसएम प्रिपेड तथा पोष्टपेड सेवा, सिडिएमए पोष्टपेड तथा प्रिपेड सेवा, पिएसटीएन सेवा, प्रिपेड कलिङ कार्ड तथा प्रिपेड क्रेडिट लिमिट खाता र अन्तर्राष्ट्रिय कल सुविधा भएका भिस्याट सेवाबाट   एक्सेस कोड १४२४ डायल गरी सस्तो दरमा आइपी कल सञ्चालन हुने टेलिकमले जनाएको छ ।यो कल सेवा प्रयोग गरी समुह क अन्तरगत पर्ने क्यानडा, चीन, हङकङ, भारत, सिङ्गापुर,थाइल्याण्ड र अमेरिकामा प्रतिमिनेट ४ रुपैयाँमा फोन गर्न पाइने भएको छ । यसैगरी, समुह ख अर्न्तर्गत पर्ने मलेशिया, दक्षिण कोरिया र मकाउका लागि प्रति मिनेट ६ रुपैयाँ र समुह ग अन्तरगत पर्ने इजरायल, ताइवान, बङ्गलादेश र पाकिस्तानका लागि प्रति मिनेट ८ रुपैयाँमा फोन गर्न सकिने छ ।

माओवादीले हतियारको बलमा जनसत्ता स्थापना गर्ने सोच नत्यागेसम्म,शान्ति र संविधानको एजेन्डा सुनिश्चित नभए सम्म प्रधानमन्त्री राजिनामा नदिने(२०६७ ज्येष्ड १८, मंगलवार)
सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले माओवादीले हतियारको बलमा जनसत्ता स्थापना गर्ने सोच नत्यागेसम्म मुलुकमा दिगो शान्ति र संविधान लेखन टुङ्गोमा पुग्न कठिन हुने बताएका छन् । बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालद्वारा सञ्चारकर्मीका लागि मंगलबार आयोजित गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले विस्तृत शान्तिसम्झौता, १२ बुँदे समझदारी र अन्तरिम संविधानप्रति प्रतिबद्ध नभई यसलाई माओवादीले औजारका रूपमा लिँदासम्म मुलुकमा राजनीतिक गतिरोध अन्त्य नहुने विचार व्यक्त गरे ।
सरकारले गणतन्त्र दिवसका अवसरमा विभिन्न व्यक्तित्वलाई प्रदान गरेको विभूषणविरुद्ध सर्वोच्चमा रिट दायर(२०६७ ज्येष्ड १८, मंगलवार)

सरकारले गणतन्त्र दिवसका अवसरमा विभिन्न व्यक्तित्वलाई प्रदान गरेको विभूषणविरुद्ध सर्वोच्चमा रिट दायर परेको छ । ईन्हुरेड इन्टरनेशनलका तर्फबाट उक्त विभूषण प्रदान गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो । रिटमा सरकारद्वारा प्रदान गरिएको विभूषण अन्तरिम संविधान विपरीत भएको भन्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ ।

युएईमा संघियता बिरुद्ध राष्ट्रिय अभियानको शाखा गठन/अभियान सफ़लपार्न प्रतिबद्द् (२०६७ ज्येष्ड १८, मंगलवार)
गत शुक्रवारका दिन दुवई मा बिभिन्न संघसंस्थाका प्रतिनिधी  समाजसेवी  बुद्धिजीवी पत्रकार लगायतको बिशिष्ट भेलाले संघियताका बिरुद्ध राष्ट्रिय अभियान केन्द्रिय समितिका सदस्य कृष्ण ढकाल को अध्यक्षतामा २५ सदस्यीय संघियताको बिरुद्ध राष्ट्रिय अभियान युएई गठन गरेको छ । सदस्यहरुमा शारदा प्रसाद भट्टराई,मान बहादुर थापा,उमाकान्त पाण्डे गाउले,शंकर ज्ञवाली, 

प्रचण्डको सुरक्षाघरमा गोली चल्यो/मानविय तथा भौतिक क्षति भएन(२०६७ ज्येष्ड १८, मंगलवार)
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको सुरक्षाका लागि खटिएका जनसेनाले बोकेको बन्दुक पड्कींदा एक राउण्ड फायर भएको छ ।घरबाट हतार हतार बाहिर निस्कदा भूलबस एसएमजी बन्दुक भुईमा खसेर पड्किएको हो-प्रचण्ड पुत्र प्रकाश दाहालले अर्घाखाचि अन्लाईन डटकंम लाइ भने- एक गोली लागेर भित्तामा प्वाल परेको छ, अन्य कुनै क्षति भएन् ।प्रचण्डको सुरक्षाका लागि खटिएका जनसेना बस्ने प्रचण्ड निवास छेवैको घरमा बन्दुक पड्किएको हो । घरको ग्राउण्ड फ्लोरमाको भित्तामा एक गोली लागेको उनले बताए । प्रचण्डको सवारीका लागि जनसेना हतार हतार बाहिर निस्कनलाग्दा सो घटना भएको भन्दै उनले मानवीय त्रुटीका कारणमात्र यस्तो भएको बताए । घटना अपरान्ह दुईबजेतिर भएको बताइएपनि सो बन्दुक बोक्ने जनसेनाको नाम भने खुलाइएको छैन् ।

बोस्टनमा एक नेपाली विद्यार्थीको असामयीक निधन (२०६७ ज्येष्ड १८, मंगलवार)
बोस्टनमा सिद्ध राज कार्की नाम गरेका एक नेपाली विद्यार्थीको असामयिक निधन भएको खबर छ । समरभिलस्थित १३ भर्मन स्टि्रट, अपार्टमेण्ट १ मा साथीहरुसंगै बस्दै आएका मृतक कार्कीले बोस्टनस्थित क्वीन्सी कलेजबाट भर्खरै एशोसियट डिग्री सकेका थिए र गत मई २७ तारेख कलेजमा भएको दीक्षान्त समारोहमा समेत सहभागी भएका थिए । प्राप्त समाचार अनुसार मई २९ तारेख शनिबार बेलुकी उनी बसेको अपार्टमेन्टमा हल्का पार्टी भएको थियो । पार्टी सकेपछि सुतेका उनी भोलीपल्ट अबेर सम्म नउठेपछि उक्त अपार्टमेन्टमा संगै बस्दै आएका साथीहरुले बोलाउंदा उनी मृत अवस्थामा भेटिए । तत्कालै स्थानिय प्रहरीलाई खबर गरियो र प्रहरीको सकृयतामा शवलाई पोष्टमार्टमका लागि बोस्टन मेडिकल सेन्टरमा पुरयाइयो ।


विभूषण वितरणप्रति प्रधानन्यायाधीशको आपत्ति (२०६७ ज्येष्ड १७, सोमवार)
गणतन्त्र दिवसको अवसरमा राट्रपति डा. रामवरण यादवले न्यायाधीशहरूलाई प्रदान गरेको विभूषणप्रति प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले आपत्ति जनाएका छन् । न्यायपरिषदकोसमेत अध्यक्ष रहेका प्रधानन्यायाधीश श्रेष्ठले आफूसँग सम्पर्क, समन्वय र छलफल नै नगरी मन्त्रिपरिषदले विभूषणका लागि सिफारिस गरी बाहालवाला न्यायाधीशलाई विभूषित गरिएकोमा आफ्नो असहमति रहेकोतर्फ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ध्यानाकर्षण गराएका छन् ।
शुरु भयो अश्वासन,सात-आठ महिनाभित्र संविधान निर्माण गरी सक्ने:सभाध्यक्ष (२०६७ ज्येष्ड १७, सोमवार)
सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सात-आठ महिनाभित्र संविधान निर्माण सक्ने गरी कार्यतालिका सार्वजनिक गर्ने बताएका छन् । उनले त्यसका लागि शीर्ष नेताहरुसँग छलफल सुरु गरिसकेको जानकारी दिए । '२०६८ साल जेठ १४ गतेभित्र संविधान बनाइसक्ने हिसावले काम गर्नुपर्छ,' आइतबार सिंहदरवारस्थित आफ्नै कार्यालयमा पत्रकारहरुसित कुरा गर्दै नेम्वाङले भने, 'तर सात-आठ महिनाभित्र संविधान निर्माण सक्नुपर्छ भन्ने दिमागमा राखेर काम गर्नुपर्छ ।'
वनमन्त्री परे काठ व्यवसायीको घेराऊमा (२०६७ ज्येष्ड १७, सोमवार)
देशभर काठ आयात पूर्ण रुपमा ठप्प भएपछि काष्ठ व्यवसायीले आइतबार वनमन्त्री दीपक बोहरालाई घेराऊ गरे । तत्काल काठ खुल्ला गर्न माग गर्दै उनकै कार्यकक्षमा घेराऊ गरेका हुन् । घेराउको नेतृत्व चार हजार काष्ठ व्यवसायीको छाता संगठन वन पैदावार तथा काष्ठ व्यवसायी महासंघका अध्यक्ष उद्धवप्रसाद मैनालीले गरेका थिए । उनलाई झण्डै २ घण्टा घेराऊ गरेका थिए ।संसद्को प्राकृतिक स्रोत साधन समितिले 'तराईका सात वटा जिल्लामा मात्रै काठ काट्न रोक लगाउन दिएको निर्देशन' दिएपछि देशभर रुख काट्न, विक्री गर्न र ओसार/पसारमा रोक लगाएका थिए ।
माओवादी लडाकु हतियारसहित पक्राउ / बेपत्ता डाक्टरलाई बागलुङ लगिएको आशंका (२०६७ ज्येष्ड १७, सोमवार)
अनमिनले प्रमाणित गरेको हतियारसहित माओवादीका एक लडाकु आइतवार बागलुङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा माओवादी लडाकु शेरबहादुर पुन रहेका हुन् । बागलुङको मालढुङ्गामा रहेको चेकपोष्टबाट प्रहरीले पक्राउ गरेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ परेका लडाकु पुनले आँफू माओवादी पोलिटव्युरो सदस्य हेमन्त प्रकाश वलीको सुरक्षा गार्ड भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल)को संविधानसभाको अवधि थपिएको समेत बारे गरेको निर्णय बारे प्रकाश हाल्न निम्नलिखित वक्तव्य जारी(२०६७ ज्येष्ड १७, सोमवार)
ने।s।पा। मसालको आजै बसेको पी।वी।sाे बैठकले संविधानसभाको अवधि थपिएको समेत बारे गरेको निर्णय बारे प्रकाश हाल्न निम्नलिखित वक्तव्य जारी गरिएको छ ।
दुबई महिला ट्यालेन्ट सो - २०१० प्रतियोगितामा नेपालि महिला हरुले समेत आफ़्नो प्रतिभा देखाए(२०६७ ज्येष्ड १७, सोमवार)
गत शुक्रबार दुबईको एक कलेज मा आयोजना गरिएको दुबई महिला ट्यालेन्ट सो - २०१० प्रतियोगितामा नेपालि महिलाहरुले समेत आफ़्नो प्रतिभा देखाएका छन । सो प्रतियोगिता मा यूएईंमा बिभिन्न पेशामा सम्लगन कार्यरत नेपाली महिला सहभागि भएको बताईएको छ । आयोजक रहेको E.T.A STAR GROUP OF COMPANY को One of the division MBM cleaning company मा रहेको नेपाली नारीहरुले आफ्नो देशको भाषा झल्कने गरी आफ्नो प्रतिभा देखाउने जम्मा जम्मी छ देशका नारीहरुको सहभागी सो Talent Show मा नेपाली महिलाहरुले समेत भाग लिएका थिए ।
दक्षिण कोरियामा भएको त्रिपक्षीय वार्तामा तीनै देशका नेताहरु एउटा कुरामा सहमत(२०६७ ज्येष्ड १७, सोमवार)
दक्षिण कोरियामा भएको त्रिपक्षीय वार्तामा तीनै देशका नेताहरु एउटा कुरामा चाहिं सहमत भएका थिए। छयालीस जनाको ज्यान जाने गरी भएको चिओनान जहाज डुबेको घटनाले उक्त क्षेत्रको शान्ति र स्थिरताका सामु गम्भीर चुनौती ल्याइदिएको उनीहरुको ठम्याइ थियो। जापानका प्रधानमन्त्री युकियो हातोमायाले दक्षिण कोरियाली राष्ट्रपति ली म्युङ्ग बाकप्रति आफ्नो पूर्ण समर्थन रहेको बताए।
सत्तापक्ष र प्रतिपक्षी पार्टीहरुबीचको बुझाइ फरक परेपछि प्रधानमन्त्रीले दिने भनिएको राजीनामा अन्योलमा (२०६७ ज्येष्ड १७, सोमवार)
माओवादीले प्रधानमन्त्रीले पाँच दिनभित्रै राजीनामा दिनुपर्ने समझदारी भएको दावी गरेको छ। तर प्रधानमन्त्री स्वयं तथा सरकार समर्थक दलका नेताहरुले पहिले माओवादीले सहमतिका बुँदाहरु कार्यान्वयन गर्नुपर्ने बताएका छन्। आईतबार दिउँसो बसेको तीन दलीय बैठकपछि माओवादी नेताहरुले जेठ १४ को सहमतिको क्रियान्वयन हुन नसक्ने आशंका बढेको जनाएका छन्। पाँच दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने विषय सहमतिका बाँकी प्रसंगसित नजोडिकनै समझदारी भएको उनीहरुको भनाइ छ। तर दुई दिन नबित्दै उक्त समझदारीको व्याख्या भिन्दाभिन्दै ढंगले हुन थालेकोप्रति माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले असन्तुष्टि जनाए।
दुबईमा गणतन्त्र दिवश बिबिध कार्यक्रमका साथ मनाईयो / संघियता बिरुद्द सघर्ष समिति यूएई विस्तारित हुदै (२०६७ ज्येष्ड १७, सोमवार)
गत शुक्रबारका दिन दुबईमा गणतन्त्र दिवश एक कार्यक्रमका बिच मनाइएको छ । संघियता बिरुद्ध संघर्ष समिति यूएईले आयोजना गरेको सो कार्यक्रममा यूएईमा रहेका बिभिन्न समाजसेबी बुद्धिजिबी पत्रकार र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो । सहिदहरुप्रति मौनधारणगरी सुरुगरिएको कार्यक्रममा बिभिन्न वक्ताहरुले आ-आफ्नो तर्फबाट मन्तब्य ब्यक्तगर्दै गणतन्त्र र त्यस सन्धर्भमा आफ़्नो धारणा राखेको बताइएको छ । मन्तव्य व्यक्तगर्नेहरुमा डम्बर नेपाली, कृष्ण भुषाल, शिवराज जैसी, कृष्ण केसी, शेखर पौडेल, पुष्कर रिजाल, लालबहादुर पुन, शंकर ज्ञवाली, कृष्ण ढकाल लगायत रहेका थिए। सोही भेलाले संघियता बिरुद्द सघर्ष समिति यूएई कृष्ण ढकालको संयोजकमा २५ सदस्य कार्य समिति गठनगरी बिभिन्न बिभागीय जिम्मेबारी बाडफ़ाड गरेको जनाइएको छ । साथै ९ जना सदस्य रहेको सचिवालय समितिपनि गठनगरेको छ । यस सन्धर्भमा पुरा जानकारि भने प्राप्त भएको छैन । उक्तकार्यक्रमको संचालन मानबहादर थापाले गरेकाथिए भने कार्यक्रमको अध्यक्षता शारदा प्रसाद भटट्राईले गरेको सो कार्यक्रम करिव ४ घण्टासम्म संचालन भएको दुबई बाट सन्चारकर्मी शंकर ज्ञवाली ले जानकारि दिएका छन ।
माओवादी बैठक सम्पन्न,तीन दलिय सहमतिलाई पूर्ण रुपमा पालना गर्न सत्तारुढ दलहरुसँग आग्रह(२०६७ ज्येष्ड १७, सोमवार)
एकिकृत नेकपा माओवादीले तीन दलिय सहमतिलाई पूर्ण रुपमा पालना गर्न सत्तारुढ दलहरुसँग आग्रह गरेको छ । केहीबेर अघि सम्पन्न बैठकले यस्तो आग्रह गरेको हो । बैठकपछि माओवादी प्रवक्ता दिनानाथ शर्माले दुईदिन राजिनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरिएको बताउनुभयो । बैठकले दुईदिनमा प्रधानमन्त्रीको राजिनामा नआए सहमति विग्रने ठहर समेत गरेको उहाँले बताउनुभयो ।  बैठकमा सहमतिको बारेमा सत्ता पक्षको टिप्पणी र पार्टीको अवको रणनीतिका बारेमा पनि छलफल भएको थियो ।
जनआन्दोलन विरोधीलाई सरकारले पदकद्धारा विभुषित गरेको भन्दै जनआन्दोलनका घाइतेहरुद्वारा विरोध(२०६७ ज्येष्ड १७, सोमवार)
जनआन्दोलन विरोधीलाई सरकारले पदकद्धारा विभुषित गरेको भन्दै रुष्ट बनेका जनआन्दोलनका घाइते तथा शहिद परिवारले आज राजधानीको कलकीमा एक घण्टा चक्काजाम गरेका छन् । सरकारी निर्णयले जनआन्दोलनका घाइते तथा शहिद परिवारजनको अपमान गरेको भन्दै हिजोबाटै विरोधमा उत्रिएका कलंकी लोकतान्त्रिक समाजले १ घण्टे चक्काजाम गरेको हो । समाजले आज प्रधानमन्त्रीलाई भेटी जनआन्दोलन दवाउने भुमिका खेलेकालाई विभुषण दिएकोमा ज्ञापन पत्र बुझाइने समाजका युद्ध जोशीले जनकारी दिनुभयेा ।
एमाले स्थायी समितिको बैठक बल्खुमा जारी, ३ दलको बैठक केहि बेरमै बस्दै(२०६७ ज्येष्ड १७, सोमवार)
समसामयिक विषयवस्तुमाथि छलफलका लागि सत्तारुढ नेकपा एमाले स्थायी समितिको बैठक अहिले बसिरहेको छ । पार्टी कार्यालय वल्खुमा बस्ने बैठकमा जेठ १४ गतेको सहमति कार्यान्वयन लगायत समसामयिक विषयमा छलफल केन्द्रित रहने एमाले सचिव विष्णु पौडेलले सीआईएनलाई बताउनुभयो ।
दुबईमा गणतन्त्र दिवश एक कार्यक्रमका बिच मनाईयो / संघियता बिरुद्द सघर्ष समिति यूएई विस्तारित हुदै(२०६७ ज्येष्ड १७, सोमवार)
गत शुक्रबारका दिन दुबईमा गणतन्त्र दिवश एक कार्यक्रमका बिच मनाइएको छ । संघियता बिरुद्ध संघर्ष समिति यूएईले आयोजना गरेको सो कार्यक्रममा  यूएईमा रहेका बिभिन्न समाजसेबी बुद्धिजिबी पत्रकार र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।  सहिदहरुप्रति मौनधारणगरी सुरुगरिएको कार्यक्रममा बिभिन्न वक्ताहरुले आ-आफ्नो तर्फबाट मन्तब्य ब्यक्तगर्दै गणतन्त्र र त्यस सन्धर्भमा आफ़्नो धारणा राखेको बताइएको छ ।  मन्तव्य व्यक्तगर्नेहरुमा डम्बर नेपाली, कृष्ण भुषाल, शिवराज जैसी, कृष्ण केसी, शेखर पौडेल, पुष्कर रिजाल, लालबहादुर पुन, शंकर ज्ञवाली, कृष्ण ढकाल  लगायत रहेका थिए।
माओवादी स्थायी समिति बैठक सम्पन्न , प्रधानमन्त्रीले २ दिन भित्र राजीनामा नदिए सहमती बिग्रने चेतावनी (२०६७ ज्येष्ड १७, सोमवार)
एकिकृत नेकपा माओवादीले तीन दलिय सहमतिलाई पूर्ण रुपमा पालना गर्न सत्तारुढ दलहरुसँग आग्रह गरेको छ । केहीबेर अघि सम्पन्न बैठकले यस्तो आग्रह गरेको हो । बैठकपछि माओवादी प्रवक्ता दिनानाथ शर्माले दुईदिन राजिनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरिएको बताउनुभयो । बैठकले दुईदिनमा प्रधानमन्त्रीको राजिनामा नआए सहमति विग्रने ठहर समेत गरेको उहाँले बताउनुभयो ।  बैठकमा सहमतिको बारेमा सत्ता पक्षको टिप्पणी र पार्टीको अवको रणनीतिका बारेमा पनि छलफल भएको थियो । प्रधानमन्त्रीले ५ दिनभित्र राजिनामा दिने मौखिक सहमति भएको बताउँदै आएको माओवादी प्रंधानमन्त्रीले तत्काल राजिनामा नदिने संकेत पाएपछि चिढिएको छ ।

प्रधानमन्त्रीको राजीनामाको बिषयमा पुरानै अडान दोहोरिएपछि तीन दलको बैठक बिना निष्कर्ष टुंगियो(२०६७ ज्येष्ड १७, सोमवार)
प्रधानमन्त्रीको राजीनामाको बिषयमा पुरानै अडान दोहोरिएपछि तीन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा कांग्रेस र एमालेका नेताहरुले प्रधानमन्त्रीको राजीनामा अघि लडाकु समायोजन र व्यवस्थापनमा रहेको असहमति टुंग्याउनुपर्ने अडान राखेका थिए । माओवादीले भने तीन बुँदे सहमतिको क्रममा पाँच दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने नेताहरुले प्रतिबद्धता जनाएकाले त्यो पूरा भएपछि मात्रै थप बिषयमा छलफल थाल्न सकिने अडान राखेको छ । बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले कांग्रेस एमालेले सहमतिलाई तोडमोड गर्न खोजेको बताए । शीर्ष नेताहरुको बैठक भनिएपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिएनन ।
एमाले स्थायी समितिको बैठक बल्खुमा जारी / तीन दलको बैठक केहि बेरमै बस्दै (२०६७ ज्येष्ड १७, सोमवार)
समसामयिक विषयवस्तुमाथि छलफलका लागि सत्तारुढ नेकपा एमाले स्थायी समितिको बैठक अहिले बसिरहेको छ । पार्टी कार्यालय वल्खुमा बस्ने बैठकमा जेठ १४ गतेको सहमति कार्यान्वयन लगायत समसामयिक विषयमा छलफल केन्द्रित रहने एमाले सचिव विष्णु पौडेलले  बताउनुभयो । यसै बिच प्रमुख तीन राजनीतिक दलको बैठक आज पनि बस्दैछ । दिउँसो एक बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा अस्ती भएको तीन बुँदे सहमतिलाई निष्कर्षमा पुर् याउने विषयमा कुराकानी हुने एमाले नेता भरतमोहन अधिकारीले जानकारी दिनुभयो । हिजो भएको बैठकमा तीन बुँदे सहमतिलाई आफू अनुकुल व्याख्या भएपछि आ-आफ्नो पार्टीमा स्पष्ट पार्ने सहमति भएको थियो । तर दलहरु पहिला माओवादी सेनाको व्यवस्थापन गर्ने कि पहिला प्रधानमन्त्रीले राजिनामा दिने भन्ने बहसमा अलमिएकाले आजको बैठक पनि कुनै निष्कर्षमा पुग्ने देखिदैन ।