arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
गन्तब्य हिन यात्रा - ईन्द्रमनी भट्टराईका कविता हरु (२०६६ फाल्गुन २४, सोमवार)
कुनै दिन यो कथा सानो थियो, न उनलाई न मलाई थाह थियो,उनको मेंरो फ़ैसला कसरी बताऊ,यो टुक्रामा संसार को नक्शा देखाउ,दुई मुटु एक भए आहा ! सामिप्यतामा शिशिर हैन् बषन्तकै बहार दिए मैले,कार चढेर के गर्नु उधारैको हो यो खेती, रिनमा बाँचेर ब्याजमा रुनु छ यहाँ कती, यस्तो लाग्छ आँफै नि अब बन्दकिमाछु,आश नगर पैसोको तिमी आँफै कंगाल भाछु....
घाइते मुटु:- नरेश जि सि (२०६६ फाल्गुन २४, सोमवार)
उड़ने चराको के भर हुँदो रैछ र, जे हुनु थियो आखिर मलाई नै रुनु पर्यो के नै लाग्यो र घाइते मुटु आज यहाँ मेरो मायाको संसार त्यति ठुलो कहा छ र? तिम्रो पोते र सिंदूर मा अटन सकेन, त्यसैले त होला एक्काशी एक सब्द नबोली बतास झै बिलीन भयौ, तिमीलाई म अजम्बरी घोषित गरें थाहा थिएन जुनकिरीहरु राँको बन्न सक्दैनन केबल रात चिर्ने निशानी मात्रै हो,
एकसयौँ अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रम गरी मनाइयौ(२०६६ फाल्गुन २४, सोमवार)
एकसयौँ अन्तर्राष्ट्रिय नारी दिवस सोमबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले 'समान अधिकार समान अवसर सबैको प्रगतिको आधार' भन्ने मूल नाराका साथ सोमबार यहाँ एक र्‍यालीको आयोजना गर्‍यो ।
उत्तर पश्चिमी पाकिस्तानमा एउटा लहर गाडी बम विस्फोटमा पर्दा बाह्रजनाको मृत्यु(२०६६ फाल्गुन २४, सोमवार)
उत्तर पश्चिमी पाकिस्तानको हान्गु क्षेत्रमा पाँच तारिखका दिन यात्रुवाहक गाडीको लहर आत्मघाती विस्फोटमा परेका छन्। यसबाट कम्तीमा बाह्रजनाको मृत्यु हुनुका साथै तीसभन्दा बढी घाइते भएका छन्। पाकिस्तानी प्रहरी पक्षले पाँच तारिखका दिन उक्त कुरा बताएको हो।
नेपालमा सस्तिँदो इन्टरनेट(२०६६ फाल्गुन २४, सोमवार)
नेपालमा पछिल्लो पाँच वर्षमा इन्टरनेट शुल्क झन्डै 40 गुणा घटेको छ। आधा दशकअघि अहिलेजस्तो छिटो इन्टरनेट चलाउन सक्ने सुविधा लिन 40 हजार तिर्नुपर्दथ्यो । अहिले 1 हजार रुपैयाँमा सजिलै यो सेवा उपलब्ध छ । प्रतिस्पर्धा र बढ्दो प्रयोगले विगत पाँच वर्षको अवधिमा इन्टरनेट उपभोक्ताले धेरै राहत महसुस गरेका छन् ।
अमेरिकी नागरिक्ता लिएको अलकायदा संगठनका प्रवक्ता पाकिस्तानमा पक्राउ(२०६६ फाल्गुन २४, सोमवार)
पाकिस्तानका पदाधिकारीले हिजो बोल्दै पाकिस्तानी सुरक्षा फौजले अमेरिकी नागरिक्ता लिएको अलकायदा संगठनका प्रवक्ता आदाम याहिय गादाहनलाई पक्राउ गरिएको बताउनुभयो। आफ्नो नाम नदिने पाकिस्तानी सुरक्षा फौजका दुई जना व्यक्तिका अनुसार पाकिस्तानी सुरक्षा फौजले हालै दक्षिण भागमा रहेको महत्वपूर्ण सैनिक ठाउँ काराचिमा उनलाई पक्राउ गरेको जनाएका छन्।
अमेरिकी रक्षा मन्त्रीको आकस्मिक अफ्गानिस्तान भ्रमण(२०६६ फाल्गुन २४, सोमवार)
आफ्गानिस्तानका एक पदाधिकारीका अनुसार अमेरिकी रक्षा मन्त्री रोवट गेसले आज आफ्गानिस्तानको आकस्मिक भ्रमण गरी आफ्गानिस्तानका राष्ट्रपति हामिद कार्जाइ र त्यहाँस्थित नेटो अन्तर्राष्ट्रिय सुरक्षा फौजका सर्वच्च निर्देशक स्टानलेइ मेख्रस्टोसँग त्यहाँको सुरक्षा स्थिति सम्बन्धी पछिल्लो प्रगतिबारे बैचारिक आदान-प्रदान गर्नुहुने अनुमान गरिएको छ।
भारतका दुईवटा गाडी आपसमा ठोक्किदा कम्तिमा दशजनाको मृत्यु(२०६६ फाल्गुन २४, सोमवार)
दुईवटा सार्वजनिक बस हिजो राति भारतको उत्तर-पश्चिमी भागको पन्जाब प्रान्तमा आपसमा ठोक्किदा हालसम्म कम्तिमा दशजनाको ज्यान जानुका साथै अन्य तीसजना घाइते भएका छन्। हाल स्थानीय प्रहरीले उक्त दुर्घटनाको वास्तविक कारणवारे छानबीन गरिरहेको छ।
इराकीहरुले सद्दाम हुसेनलाई सत्ताच्यूत गरेपछिको दोश्रो आमचुनावमा मतदान(२०६६ फाल्गुन २३, आइतवार)
इराकीहरुले अमेरिकी नेतृत्वको गठबन्धनले सद्दाम हुसेनलाई सत्ताच्यूत गरेपछिको दोश्रो आमचुनावमा मतदान गरेका छन्। सन २००५को तुलनामा हिंसा निकै कम भएको छ। तर सुरक्षा अझैपनि एउटा मुख्य मुद्दा रहेको छ। यो आमचुनाव महत्वपूर्ण त छ, तर चुनाव पछि के हुन्छ भन्ने कुरा झनै महत्वपूर्ण हुने बताइएको छ।
मोहनविक्रम सिंहको गीतमा जीवन शर्माले संगीत (२०६६ फाल्गुन २३, आइतवार)
आफ्नो पार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले माओवादी जनयुद्धको विरोध गरिरहेका बेला जीवन शर्माले यसका पक्षमा गीत लेखेका थिए जसका कारण नेता अर्धभूमिगत भएको पार्टीका कार्यकर्ता जीवन पूर्णभूमिगत भएका थिए। नयाँ संविधान जारी गर्ने समय नजिँकिदै गर्दा अब यी दुई नेता कार्यकर्ता मिलेर नयाँ गीति एल्बम ल्याउने तयारी गरिरहेका छन्।
दुई सय माओवादी कार्यकर्ता एमालेमा प्रवेश(२०६६ फाल्गुन २२, शनिवार)
माओवादीका करिव दुई सय कार्यकर्ता पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय बल्खुमा शनिबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले उनीहरुलाई टीका लगाई पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गर्नेहरु रुकुम, प्युठान, रोल्पा, म्याग्दी, नुवाकोट, काभ्रे र काठमाडौं जिल्लाका माओवादी कार्यकर्ता रहेको बताइएको छ । कार्यक्रममा खनालले हिंसाको बाटो त्याग्ोर एमाले पार्टीमा प्रवेश गरेकोमा प्रशंसा गर्दै नेपालमा सबै वामपन्थी एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
आइसल्याण्डका मतदाताहरुले एउटा विवादास्पद जनमत संग्रहमा भाग(२०६६ फाल्गुन २२, शनिवार)
आइसल्याण्डका मतदाताहरुले शनिबार एउटा विवादास्पद जनमत संग्रहमा भाग लिएका छन्। त्यहांको बैंकिंग व्यवस्था ढलेपछि जनमत संग्रह गरिएको हो। अरबौं पाउण्ड पुन भुक्तानी गर्ने कुरामा ब्रिटेन र नेदरल्याण्ड बीच भएको संझौता मान्ने कि नमान्ने भन्ने कुरामा मतदान हुन लागेको हो।
महिलालाई यौन आनन्दको चरम सुख(२०६६ फाल्गुन २२, शनिवार)
तपाईं यौन आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहनुभएको छ ? चरम आनन्द (अर्गाज्म) भन्दा अघि नै चिसिनुहुन्छ ? यस्तै हो भने पनि अतालिनुपर्ने आवश्यकता छैन । अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् । के साँचो हो भने पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्, महिलालाई भने समय लाग्छ ।
पाकिस्तानमा फेरि भएको बम बिप्फोटमा परी बाह्र जनाको मृत्यु(२०६६ फाल्गुन २१, शुक्रवार)
पाकिस्तानी प्रहरीका अनुसार, पाकिस्तानको उत्तर पश्चिमी हान्कु क्षेत्रमा आज धेरै यात्रु वाहक बसमाथि आत्मघाटी विस्फोट भएका छन्। त्यसबाट कम्तिमा बाह्र जनाको मृत्यु हुनुका साथै तीस जनाभन्दा बढी घाइते भएका छन्। हालसम्म कुनै पनि संगठन वा व्यक्तिले उक्त विस्फोटको जिम्मा लिएका छैनन् ।
चीन सरकारद्वारा चिनियाँ जनताको जीवनमा अझ बढी सुधार गरिने(२०६६ फाल्गुन २१, शुक्रवार)
एघारौँ चिनियाँ राष्ट्रिय जन कांग्रसको तेस्रो अधिवेशन आज बिहान पैचिङमा उद्घाटन भयो। चीनका प्रधानमन्त्री वन च्या पाउले सरकारी कार्य प्रतिवेदनमा जोड दिँदै जनजीवनको सुधार गर्नु नै चीनको आर्थिक विकासको आधारभूत उद्देश्य हो भनी बताउनुभयो।
एनआरएन यूएईद्वारा साहित्यिक श्रस्टा सम्मानित,श्रस्टा सँगै रमाए अनुरागी पनि (२०६६ फाल्गुन २१, शुक्रवार)
प्रवासमा रहेर नेपाली साहित्यको खेती गर्ने क्रिशकलाई सिचाइ गर्ने अवसर प्रदान गर्‍यो गैर आवसिय नेपाली संघ,रास्ट्रिय समन्यव परिषद (एनआरएन) यूएईले ।
भारतको उत्तर प्रदेशमा आश्रम भागदौडमा परी कम्तीमा ६५ जनाको मृत्यु(२०६६ फाल्गुन २०, विहीवार)
भारतको उत्तर प्रदेशमा रहेको स्वामी कृपालुजी महाराजको आश्रममा भएको भागदौडमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ। प्रतापगढमा रहेको आश्रमको ढोका ढलेपछि भागदौड सुरु भएको हो। अझै ३० भन्दा बढी मानिसहरु भीडमै चेपिएको अनुमान गरिएको छ।
जापान र अमेरिका बीचको गोप्य आणविक सन्धिमा जापानले अडान सच्याउने(२०६६ फाल्गुन २०, विहीवार)
जापानको "योमिउरु शिमबुन"ले आज जापानको विदेश मन्त्रालय अन्तर्गत जापान र अमेरिका बीचको "आणविक हतियार सम्बन्धी गोप्य सन्धि"माथिको छानबीन सम्बन्धी विशेषज्ञ समितिको एउटा प्रतिबेदनलाई उद्धृत गर्दै जापान सरकारले जापान र अमेरिका बीचको "आणविक हतियार सम्बन्धी गोप्य सन्धि"को विद्यमान नरहेको अडानलाई सच्याउने जनाएको छ।
मृत्‍यु भएका नेपाली ब्यबसायीको यूएईमा दाहसस्कार बिभिन्न सघंसस्थाद्वारा श्रदान्जली(२०६६ फाल्गुन १९, बुधवार)
युक्त अरब एमिरेट्स दुबइ सतुवामा बिगत दुई दसक देखी होटल ब्यबासयी गर्दै आएका काठमाडौं सानेपा स्थाई घर भएका भाईराजा श्रेष्ठको फाल्गुन १७ गते अर्थात मार्च १ तारिखका दिन दुबइस्थित एक रशिद आस्पातलमा ५६ बर्षको उमेरमा नै निधन भएको छ ।
पश्चिमी युरोपमा आँधी-बेहरी "सिंगा"बाट कम्तिमा 62जना मृत्यु(२०६६ फाल्गुन १९, बुधवार)
भयङ्कर आँधी-बेहरी "सिंगा" ले हालै फ्रान्स,जर्मनी, पोर्चुगल आदि मुलुकलाई लपेटेको छ। मार्च दुई तारिखका दिनसम्म यसबाट कम्तिमा 62जनाको मृत्यु हुनुका साथै भौतिक रुपमा गम्भीर क्षति भएको छ।
जनरल मोटर निगमद्बारा कल-पुर्जा फेर्न तेह्र लाख थान गाडीहरु फर्काउन स्वीकार(२०६६ फाल्गुन १९, बुधवार)
जनरल मोटर निगमले हिजो आफ्ना गाडीमा दिशा नियन्त्रित प्रणालीमा भएको समस्याले गर्दा कल-पुर्जा फेर्न तेह्र लाख थान गाडीहरु फर्काउन स्वीकार कुराको घोषणा गरेको छ।
चिलीको भूकम्प प्रकोपग्रस्त क्षेत्रमा उद्बार कार्य हुँदै(२०६६ फाल्गुन १८, मंगलवार)
चिली सरकारले हिजो एक तारिखदेखि भूकम्प प्रकोपग्रस्त क्षेत्रको उद्बार कार्य सुरु गरेको छ। भूकम्प गएपछि कन्सिपियन आदि प्रकोपग्रस्त क्षेत्रमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ। केही कर्मचारीहरुले विद्युत प्रबन्ध मर्मत गर्दैछन।
बिहे गर्न नपाउँदा... (२०६६ फाल्गुन १८, मंगलवार)
पर्वत जिल्लाको लेखफाँट-७ लोप्रेगाउँका २४ वर्षीय विनोद अर्मजा भरुवा बन्दुकसहित पक्राउ परेका छन् । स्थानीय एक वृद्ध र १५ वर्षीया किशोरीलाई ज्यान लिन खोज्दा स्थानीय बासिन्दाले उनलाई पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् । आफूले मन पराएकी किशोरीसँग विवाहको प्रस्ताव गर्दा अभिभावकले अस्वीकार गरेेपछि सबैको हत्या गरी आफूले पनि आत्महत्या गर्ने योजना बनाएकोे अर्मजाले पक्राउपछि बयानमा भनेका छन् ।
चिलिको भूकम्पमा परी मर्नेहरुको सँख्या सात सय अठार पुग्यो(२०६६ फाल्गुन १७, सोमवार)
चिलिमा आएको आठ दशम्लब आठ रेक्टर स्केलको भयंकर भूकम्पमा परी सात सय अठार जना व्यक्तिको मृत्यु भएको चिलिका राष्ट्रपति बाटलेटले हिजो सार्वजनिक गर्नुभयो।हिजो बिहान सबेरै चिलिको दक्षिण भागमा पुन छ दशम्लब एक रेक्टर स्केलको भूकम्प गएको थियो ।
उत्तर कोरियाको सञ्चारद्वारा मातृभूमिको एकिकरणको परिस्थितिको सिर्जना गर्न आह्वान(२०६६ फाल्गुन १७, सोमवार)
उत्तर कोरियाको "रोदुङ सिनमुन" ले आज एक सम्पादकीय प्रकाशित गर्दै राष्ट्रिय एकतामार्फत बाहिरी शक्तिले कोरियामाथि आक्रमण गर्नखोज्ने षडयन्त्रलाई नष्ट पार्न तथा मातृभूमिको एकिकरणको नयाँ परिस्थितिको सिर्जना गर्न आह्वान गरेको छ।
फिल्मी शैलीमा सिन्दुर हाल्नेबेलामा बेहुली खोसिएपछि बेहुला घर बाहिरै (२०६६ फाल्गुन १७, सोमवार)
फिल्मी शैलीमा कपिलवस्तुको एक विवाहमण्डपबाट बेहुली खोसिएर खाली हात फर्केको रुद्रपुर-८ का एक बेहुलाले बेहुली नपाएपछि चार दिनसम्म बेहुलीको खोजीमा घरबाहिरै बस्नुपरेको छ ।
शुभकामना होली सन्दर्भ - २०६६ (२०६६ फाल्गुन १४, शुक्रवार)
होलीको पुर्व सन्ध्यामा हामीलाई धेरै पत्र प्राप्त भएका छन । होली बिशेष रुपमा नेपालमा मात्रै नभएर भारत तथा अन्य हिन्दू मुलुक हरुमा मनाउने गरिन्छ । हजुरहरु पनि कुनै खाश बिशेष गरी होली मनाउदै हुनुहुन्छ वा मनाउने योजनामा हुनु हुन्छ भने हाम्रो पनि शुभकामना साथमा अनुशासित र मर्यादित भएर होली मनाउदा लिएका तस्विर समेत पठाउन नभुल्नु होला । सबै देशका आ-आफ्नै कानुन र बिधान रहेका छन । नियम र बिधान भित्र रहेर खाश गरी मध्यपुर्वका खाडी अरबी मुलुकमा रहेका सम्पूर्ण नेपालीमा होली मनाउ तर सचेत भएर भन्ने सन्देश दिन चाहन्छौ ।
कल्पनामा रमितम्मे - ढुन्नी राज पाण्डे (बिनायक)(२०६६ फाल्गुन १४, शुक्रवार)
एकान्तमा बसी टोलाएको रैछु मत कल्पनामा रम्न पुगेछु, दु:ख र पिडा बिर्सीइ सबै मत फूल्मा मौरी झै घुम्न पुगेछु कल्पना को संसारमा दौडिए मत फर्कने बाटो भुल्न पुगेछु,
दुई पटकमात्र सुत्केरी बिदा पाउने कानुनमा भइरहेको व्यवस्थालाई सर्वोच्चले खारेज (२०६६ फाल्गुन १३, विहीवार)
महिला कर्मचारीले आफ्नो नोकरी सेवा अवधिमा दुई पटकमात्र प्रसूति (सुत्केरी) बिदा पाउने नेपाल कानुनमा भइरहेको व्यवस्थालाई सर्वोच्च अदालतले बिहीबार खारेज गरेको छ । न्यायाधीशहरू खिलराज रेग्मी, बलराम केसी र गिरीशचन्द्र लालको विशेष इजलासले पटकका आधारमा बिदा दिने प्रावधान अन्तरिम संविधानको धारा २० को उपधारा २ मा व्यवस्थित महिलालाई भएको प्रजनन स्वास्थ्य तथा प्रजननसम्बन्धी हकसँग बाझिएको ठहर गरेको सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले बताए ।
मोटर् साइकलमा चड्न मलाई डर लाग्छ,आफ्ना अतितका पन्ना हरु-दिनेश भुसाल (२०६६ फाल्गुन १३, विहीवार)
बैशाख सात गतेका बिहान भाई र मोटर् साइकल लिएर मनकामना मन्दिर गयौ र मोटर साइकललाई पार्किङ्मा राखेर हामी दाजु भाई केबुल्कारमा मनकामना दर्शन गर्यौ अनी फर्की मोटार साइकल लिएर भाई बस्ने गण (क्याम्प )त्रफ के मात्रै लागेका थियौ आकस्मात् हाइ दुबै भाई दुर्घटना भयौ । अनी हामी भाईलाई गणबाट डि एस् पि अनी अरु सिपाहीले अस्पातल लिएर गई चेक् गराउदा मेरो दाहिने हात कुम देखी फुस्किएको रहेछ । अनी म चेक् अप गराइ ओफिसमा छुट्टी थप् गरी म घरत्रफ लागे। गाउमा ४ हप्ता अराम गर्दा पनि खास फरक परेन अनी मलाई ओफिसबाट फोन गरी बोलायो । तपाईंहरु जो सँग पनि यस्तै अतित अनी बर्तमानका कथा ब्यथा छन भने कृपया हामीलाई पठाउदै गर्नु होला ।