arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
व्यवस्थापिका संसदमा अर्थमन्त्रीलाई सुरक्षा नदिनु सभामुख सुवास नेम्बाङको कमजोरी भएको पूर्व सभामुख ढुङगानाको टिप्पणी(२०६७ म‌सिर ६, सोमवार)
पूर्व सभामुख दमननाथ ढुङगानाले व्यवस्थापिका संसदमा गत शुक्रबार भएको घटना षडयन्त्रपूर्ण भएको बताएका छन् । बजेट प्रस्तुत गर्न रोस्ट्रम जाँदै गरेका अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई माओवादीका सभासदले दुव्र्यवहार गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै उनले प्रधानमन्त्री निर्वाचनलाई ध्यानमा राखि सरकारबाट षडयन्त्र भएको बताएका हुन् । काठमाडौमा रेडियो कान्तिपरको एक कार्यक्रममा सोमबार कुरा गर्दै ढुङगानाले उक्त षडयन्त्रमा कांग्रेसतर्फबाट वर्तमान सरकारमा मन्त्री भएकाहरू समेत सहभागी भएको आरोप लगाएका छन् । आफ्ना दलका नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीको उम्मेदवार हुँदाहुँदै संसदको चालु अधिवेशन अन्त्य गर्न कांग्रेस मन्त्रीहरूले सहमति जनाउनु दुर्भाग्यपूर्ण भएको उनले उल्लेख गरेका छन् ।  
मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु (२०६७ म‌सिर ६, सोमवार)
गठ्ठाघरबाट सल्लाघारीतर्फ आइरहेको वा ३ च ७१५२ नम्बरको पिक अप भ्यानले नयांठिमीको चारदोबाटोमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई आइतबार राति ठक्कर दिंदा मोइटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे पनौंती ५ का सुरेश श्रेष्ठ र ६ का निरज श्रेष्ठको मृत्यु भएको हो । ठक्करपछि उनीहरुलाई गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार लागि लगिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एक स्वीस नागरिकलाई सात किलो चरेस पक्राउ(२०६७ म‌सिर ६, सोमवार)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले आइतवार दिउँसो एक स्वीस नागरिकलाई सात किलो चरेस पक्राउ गरेको छ । विमानस्थल प्रहरी प्रमुख रमेशशेखर बज्राचार्यका अनुसार पक्राउ पर्ने अभियुक्त ५५ वर्षिय एफ-३७४०३७० राहदानी बहाक राल्फ जेभर सेन्ड्रिज  हुन् ।  उनलाई प्रहरीले काठमाडौबाट थाई एयरवेजको नियमित जहाजबाट उड्ने तयारीका क्रममा बिमानस्थल प्रवेश गरे लगत्तै जाँच गर्ने एक्स रे कक्षमै पक्राउ गरेका थिए ।
शस्त्र द्वन्द्व र बालबालिकासम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यटोली माओवादीको बिस्तारित बैठकस्थल गोरखाको पालुङटार जाने(२०६७ म‌सिर ६, सोमवार)

सशस्त्र द्वन्द्व र बालबालिकासम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यटोलीका प्रमुख मेक्सिकोका क्लाउड हेलरको नेतृत्वमा नेपाल आएको छ सदस्यीय प्रतिनिधिमण्डल मंगलबार माओवादीको बिस्तारित बैठकस्थल गोरखाको पालुङटार आउने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, स्थायी समिति सदस्य तथा सैन्य इन्चार्ज वर्षमान पुनलगायतका नेतसंग शान्ति प्रक्रिया र बहिर्गमन भइसकेका कम उमेरका लडाकुको भविश्यबारे छलफल गर्न राष्ट्रसंघीय टोली यहा आउन लागेको हो । माओवादी शीर्ष नेताहरु केन्दि्रय कमिटीको बिस्तारित बैठकका लागि पालुङटारमा व्यस्त भएकाले उनीहरुलाई भेट्न राष्ट्रसंघीय टोली यही आउन लागेको हो ।

भेरी अन्चल अस्पतालमा ल्याइएका रोल्पाका चम्ल्याहामध्ये दुईको मृत्यु(२०६७ म‌सिर ६, सोमवार)
भेरी अन्चल अस्पतालमा ल्याइएका रोल्पाका चम्ल्याहामध्ये दुईको मृत्युभएको छ । जिवित दुई शिशुको स्वास्थ्यमा भने सुधार आईरहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताए । 'दुई दिनदेखि स्वास्थ्यमा सुधार आएको छ'- नर्स दुर्गा केसीले भनिन्- समय नपुग्दै ७ महिनामै चम्ल्याहा जन्मेकाले स्वास्थ्य स्थिती जटिल छ ।
रौतहटको पुर्वपश्चिम राजमार्गमा दुई मोटरसाईकल ठोक्किएर दुर्घट्ना हुँदा दुईजनाको मृत्यु, दुई गम्भिर घाईते(२०६७ म‌सिर ६, सोमवार)

रौतहटको पुर्वपश्चिम राजमार्ग स्थित चन्द्रनिगहपुर-पौराई  सडक खण्डमा आइतबार साँझ दुई मोटरसाईकल ठोक्किएर दुर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ । घट्नामा दुई गम्भिर घाईते भएको छ । काठमाण्डौबाट सप्तरी जादै गरेको बा १७ प४५३७ र धरानबाट बाराको निजगढ तर्फ आउँदै गरेको बा ४० प १०९९ नम्बरको मोटरसाईकल साझ ६ बजे एक आपसमा ठोक्किएर दुर्घट्ना हुदा सप्तरी कञ्चनपुर-६ का मोहनप्रसाद साह र नुवाकोट घर भएका उपेन्द्र तिमल्सिनाको मृत्यु भएको प्रहरी निरीक्षक गौतम मिश्रले बताए ।

भारतले र्‌याडरले नभेट्टाउने सैनिक विमानको अनुसन्धान तथा उत्पादनमा दुई अर्ब अमेरिकी डलर छुट्याइने(२०६७ म‌सिर ६, सोमवार)
भारतीय सञ्चार-माध्यमले हिजो जनाइएअनुसार, वायुसेनाको क्षमतालाई माथि उकास्नका लागि भारतले आगामी एक वर्षमा भारतद्बारा स्वयं निर्मित र्‌याडरले नभेट्टाउने सैनिक विमानको अनुसन्धान तथा उत्पादनमा दुई अर्ब अमेरिकी डलर छुट्याउने छ।
अब्बासद्बारा इजिप्ट र अरब लिगका अधिकारीसँग प्यालेष्टाइन र इजरेलबीचको सम्बन्धबारे छलफल(२०६७ म‌सिर ६, सोमवार)
इजिप्टको भ्रमणमा रहनुभएका प्यालेष्टाइन राष्ट्रिय परिषदका अध्यक्ष मोहम्मद अब्बासले हिजो काइरोमा अरब लिगका महासचिव अमर महमौद मुसा र इजिप्टको गुप्त व्यूरोका प्रमुख ओमार सुलैमानसँग भेट-वार्ता गर्नुभई प्यालेष्टाइन र इजरेलबीच प्रत्यक्ष शान्ति-वार्ता पुनःशुरु हुनमा देखापरेको बाधा र इजरेलले आबास केन्द्रको निर्माणमा छुट दिन अस्वीकार गर्ने हो भने अरब मुलुकहरुले चाल्ने कदम विषयबारे छलफल गर्नुभयो।
भारत विहार राज्यको औरंगाबादमा नक्सलवादीले छाडेको सिलिण्डर बम विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु (२०६७ म‌सिर ६, सोमवार)
भारत बिहार राज्यको औरंगाबाद जिल्लामा आज बिहान नक्शलबादीले छाडेको एक सिलि48डर बम विस्फोट हुदाँ कम्तीमा सात जनाको मृत्यु भएको छ।
सत्तासाझेदार सात दलले माओवादीले विस्तारित बैठकमा लडाकु सहभागी गराएर शान्ति सम्झौताको गम्भिर उलंघन गरेको ठहर(२०६७ म‌सिर ५, आइतवार)
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ)
नारायणगोपाल सङ्गीत कोषले यस वर्षको नारायणगोपाल स्मृति सम्मान एवम् पुरस्कार गायक एवम् सङ्गीतकार भक्तराज आचार्यलाई प्रदान गर्ने(२०६७ म‌सिर ५, आइतवार)
नारायणगोपाल सङ्गीत कोषले यस वर्षको नारायणगोपाल स्मृति सम्मान एवम् पुरस्कार गायक एवम् सङ्गीतकार भक्तराज आचार्यलाई प्रदान गर्ने भएको छ । उक्त कोषका अध्यक्ष फत्तेमान राजभण्डारीको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । गायक एवम् सङ्गीतकार आचार्यलाई उक्त पुरस्कार नेपाली साङ्गीतिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई कदर गर्दै प्रदान गरिएको कोषद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पुरस्कारको राशि नगद रु २५ हजार र सम्मानपत्र रहेको छ ।
शुक्रबार राति संसदमा अर्थमन्त्रीमाथि 'छापामार शैलि'मा आक्रमण गर्ने माओवादी सभासद्हरुलाई कारबाही गर्न एमालेले सभामुखसँग माग(२०६७ म‌सिर ५, आइतवार)
शुक्रबार राति संसदमा अर्थमन्त्रीमाथि 'छापामार  शैलि'मा आक्रमण गर्ने माओवादी सभासद्हरुलाई कारबाही गर्न एमालेले सभामुखसँग माग गरेको छ । अध्यक्ष झलनाथ खनालले आइतबार विज्ञप्ती जारी गर्दै माओवादीलाई घटनाप्रति सार्वजनिकरुपमा क्षमायाचना गर्न र सभामुखलाई दोषिमाथि कारबाही गर्न माग गरेका छन् । 'उक्त आक्रमणलाई लोकतान्त्रिक मूल्य मान्यतामाथिको अधिनायकवादी आक्रमण ठहर गरेको छ,' विज्ञप्तीमा भनिएको छ । एमालेले माओवादीसमेतको लिखित सहमतिमा बजेट ल्याउने तयारी सरकारले गरेको दाबी गरेको छ ।
कांग्रेस सभापति सुशील कोइरालाद्वारा माओवादीले जनतालाई झुक्याएर झुटको राजनीति गरेको आरोप(२०६७ म‌सिर ५, आइतवार)
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा (माओवादी)ले जनतालाई झुक्याएर झुटको राजनीति गरेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति काइरालाले १२ बुँदेदेखि भएका विस्तृत शान्ति सम्झौताको एक अक्षर पनि पालना नगरेको बताए। संसदमा बजेट पेस गर्ने सम्बन्धमा पनि माओवादीसँग छलफल गरी सहमति भएको तर माओवादीले त्यसलाई आफ्नै किसिमले व्याख्या गरेर संसद भवनभित्र मन्त्री तथा संसदमाथि हातपात गरी जङ्गली कार्यको पुनरावृत्ति गरेको उनले बताए। माओवादीले संसद भवनभित्र गरेको क्रियाकलापको भर्त्सना गर्दै सभापति कोइरालाले सभामुखले आवश्यक कारबाही गर्नुपर्छ भने।
सर्वोच्चद्वारा हातहतियारको लगत नराखेको भन्दै सरकारको नाममा १५ दिनभित्र सोको कारण देखाउन आदेश जारी(२०६७ म‌सिर ५, आइतवार)
सर्वोच्च अदालतले हातहतियारको लगत नराखेको भन्दै सरकारको नाममा १५ दिनभित्र सोको कारण देखाउन आज आदेश जारी गरेको छ । मङ्सिर ३ गते दायर भएको उक्त रिटमा न्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलाशले सो आदेश जारी गरेको हो । अधिवक्ता तुलसी सिंखडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसदीय सुनुवाई विशेष समिति, व्यवस्थापिका संसद सचिवालय तथा गृह मन्त्रालयलाई विपक्षी बनाइ रिट दायर गर्नुभएको थियो । सिंखडाले अवैधानिक तरिकाले सञ्चालनमा रहेका हातहतियारले देशमा आतङ्क मच्चाइरहेकाले सरकारले तत्काल ती हतियार कब्जामा लिएर त्यसको लगत राख्न परमादेश जारी गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।
ओमान नेपाली एकता समाजको घाला एरिया समिति गठन(२०६७ म‌सिर ५, आइतवार)
मस्कट दिनांक १९/११/२०१० का दिन ओमान नेपाली एकता समाजको आयोजना मा मस्कट स्थित घाला एरिया का मजदुरहरु को भेला गरि एकता समाज घाला एरिया समिति गठन गरियको छ l   जसको  केन्द्रीय समितिका महासचिब बिष्णु अर्याल साथै अल्खुवैर एरिया समितिका अधक्ष्य धन बहादुर क्षेत्री  पहल, र अन्तरास्ट्रिय नेपाली  एकता समाज का सदस्य शोवाकांत लामिछाने को बिसेष  उपस्थिथि थियो l
कपिलवस्तुको चनईबाट अज्ञात समूहले २ बर्षे बालकलाई अपहरण गरे(२०६७ म‌सिर ५, आइतवार)
जिल्लाको चनई गाविस-५ खरेन्द्रपुरबाट शनिबार राती ९ बजे अज्ञात समूहले २ बर्षे बालक दिपेन्द्र जिसीलाई अपहरण गरेका छन् । घर अगाडी खेलीरहेको बेलामुख छोपेर रातो मोटरसाइकलमा आएका दुई जनाको समूहले दिपेन्द्रलाई अपहरण गरेका थिए । घर अघि खेलिरेहका बेला छोरालाई अपहरण गरेर लगिएको उनका बाबु माधव जिसीले बताए । अपहरणकारीले घर परिवारलाई फोन गरी २० लाख फिरौती माग गरेको परिवारीक स्रोतले जनाएको छ । तर, यसबारे यकिन गर्ने काम भईरहेको ईलाका प्रहरी कार्यालय, चन्द्रौटाका निरीक्षक यज्ञ भट्टराईले बताए ।
विस्तृत शान्ति सम्झौता प्रतिबद्धता पुरा नगर्दा शान्ति पक्रिया खतरामाः उच्चायुक्तको कार्यालय(२०६७ म‌सिर ५, आइतवार)

विस्तृत शान्ति सम्झौता (सम्झौता) भएको चौथो वर्ष पुगेको उपलक्ष्यमा, राष्ट्रिय मानवअधिकार आयोग (आयोग)ले सन्दर्भः विस्तृत शान्ति सम्झौताको चौथो वर्ष, प्रमुख प्रतिवद्धता र कार्यान्वयनको अवस्था नामक एक फ्याक्टसिट आज सार्वजनिक गरेको छ। सो फ्याक्टसिटमा सम्झौताअन्तर्गत भएका प्रमुख मानवअधिकारसम्बन्धी प्रतिवद्धताहरू तथा सम्झौताका दुवै हस्ताक्षरकर्ताद्वारा तिनको कार्यान्वयन अवस्थामाथि प्रकाश पारिएको छ।

दाङ तुलसीपुर बजारमा २ लाख रुपैयाँ लुटियो(२०६७ म‌सिर ५, आइतवार)
दाङ तुलसीपुर बजारमा आइतबार दिउँसो २ लाख ५ हजार रुपैयाँ लुटिएको छ ।  तुलसीपुर नगरपालिका ५ बाहिनी चोक नजिक उरहरी ७ नवलपुर निवासी शोभाराम बस्नेतको साथबाट उक्त रकम लुटिएको हो । दुई जना युवाहरूले मुख्य चोकमै रकम लुटेर भागेको पिडितले बताएका छन् ।
माओवादी विस्तारित बैठक गोरखाको पालुङटारगाविसस्थित ताङ्ग्राङटारमा सुरु(२०६७ म‌सिर ५, आइतवार)
LIVE: माओवादी विस्तारित बैठक
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ) आर्थिक वर्ष २०६७/६८ को बजेटको पूर्ण विवरणका लागि यहाँ क्लिक गर्नुहोस्
संयुक्त राष्ट्र संघीय मिसन अनमिनको आग्रहलाई बेवास्ता गर्दै माओवादीका लडाकु धमाधम विस्तारित बैठकमा(२०६७ म‌सिर ५, आइतवार)
संयुक्त राष्ट्र संघीय मिसन (अनमिन) को आग्रहलाई बेवास्ता गर्दै माओवादीका लडाकु धमाधम विस्तारित बैठकमा जान थालेका छन् ।  माआवबादी तेस्रो डिभिजन शक्तिखोर शिविरका लडाकु गोर्खाको पालुङटारमा आइतबारबाट सुरु पार्टीको विस्तारित बैठकमा सहभागी हुन त्यसतर्फ जाने लागेको हुन् । अनमिन र अन्य राजनीतिक दलले बैठकमा सहभागी हुन नपाउने बताएपनि पार्टीको निर्देशन बमोजिम बैठकमा जान लागेको डिभिजन स्रोतले जनाएको छ ।
माइती नेपालकी संस्थापक अनुराधा कोइराला 'सिएनएन हिरो २०१०' घोषित(२०६७ म‌सिर ५, आइतवार)
माइती नेपालकी संस्थापक अनुराधा कोइराला 'सिएनएन हिरो २०१०' घोषित भएकी छिन् । सामाजिक सेवामा उल्लेखनिय कार्यगरेवापत उनलाई सिएनएनले हिरो घोषणा गरेको हो । मानव तस्कर लगायत विदेशमा वेचिएकी नेपाली चेलीको उनको संस्था माइत नेपालले उद्धार गरी शिक्षा, स्वास्थ लगायतका विभिन्न सेवा प्रदान गर्दै आएको छ । उनले एचआइभी एडस सक्रमितलाई पनि शिक्षा, स्वास्थ्य लगायतका आयमुलक सीप प्रदान गर्दै आएकी छन् ।
व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्ने क्रममा माओवादी बाट गरिएको अशोभनीय व्यवहार प्रति यूएईमा रहेका बिभिन्न संघसस्थाको आपत्ति(२०६७ म‌सिर ५, आइतवार)

२०६७ मंसिर ३ गते व्यवस्थापिका संसदमा कामचलाऊ सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट प्रस्तुत गर्न सम्बोधनका लागि स्टेजमा जाने क्रममा माओवादीका सभाशद बाट  भएको अशोभनीय प्रकारको व्यवहार प्रति यूएईमा रहेका बिभिन्न संघसस्थाले आपत्ति जनाएका छन ।राष्ट्रियताको सवालमा सम्पूर्णको सहभागीतामा खुकुलो मन्चको रुपमा सम्युत्त रुपमा गठित नेपालको संघीयता बिरुद्द राष्ट्रिय संघर्ष समिती यूएई,नेपाली काग्रेंसको अन्तरास्ट्रिय भात्री सगंठन जनसंपर्क समिती यूएई,रास्ट्रिय जनमोर्चा निकट अन्तरास्ट्रिय भात्री सगंठन नेपाली एकता समाज यूएईले छुट्टाछुट्टै रुपमा प्रेस बिज्ञपती जारी गर्दै माओवादी बाट गरिएको सो निन्दनिय कार्यको घोर भर्तसना एवम निन्दा गरेका छन ।प्रवासमा रहने नेपालीको तर्फ बाट माओवादीले ब्यबस्थापिका ससंद बैठकमा गरेको सो कार्यको घोर भर्त्सना गर्दै त्यस्तो कार्यमा सम्लङगन लाई सक्दोछिट्टो काणुनी कारबाही गर्न सरकार समक्ष अनुरोध गरिएको छ भने यस् घटनालाई दोहोरिन नदिन आम सर्वसाधारणले समयमै बिरोध गर्नु पर्दछ भनिएको छ ।

माओवादी विस्तारित बैठक गोरखाको पालुङ्टारमा शुरु: भावी कार्यदिशाका सम्बन्धमा शीर्ष नेतृत्वमा जस्तै कार्यकर्ता पनि विभाजित(२०६७ म‌सिर ५, आइतवार)
News Developments
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ) बजेटको पूर्ण विवरणका लागि यहाँ क्लिक गर्नुहोस्
पुर्वपश्चिम राजमार्गको सुनसरी इटहरी पचरुखीमा खण्डमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु (२०६७ म‌सिर ५, आइतवार)
पुर्वपश्चिम राजमार्गको सुनसरी इटहरी पचरुखीमा खण्डमा शनिबार साँझ भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पुर्व क्षेत्रीय ट्राफीक प्रहरी कार्यालय इटहरीका अनुसार ९ जना गम्भीर घाइते भएकाछन् । उदयपुर बेल्टारबाट धरानतर्फ गइरहेको को.१ ख.१७०३ को यात्रुवाहक बस पैदल यात्रीलाई जोगाउन खोज्दा इटहरी-५ मा अनियन्त्रीत भई पल्टिएको थियो । बसका सहचालक धनकुटा मुगा-७ घर भई हाल धरान डेरा गरी बस्ने गोपाल तामाङको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुने एक साईकलयात्री र मकै बेच्नेको सनाखत भएको छैन् ।
गाडी दुर्घटनाका कारण विश्वव्यापी हरेक वर्ष लगभग तेह्र लाख जनाको मृत्यु(२०६७ म‌सिर ५, आइतवार)
आज विश्व यातायात दुर्घटनामा पर्ने मृतकको सम्झना दिवस हो। यसबारे चर्चा गर्दै विश्व स्वास्थ्य संगठनले हरेक वर्ष गाडी दुर्घटनाका कारण विश्वव्यापी लाखौँ जनाको मृत्यु भएको छ भने पाँच करोड घाइते भएको खबर जनाएको छ। दशदेखि चौबीस वर्षीय किशोर-किशोरीको मृत्युको मुख्य कारण गाडी दुर्घटना हो।
नेटोका सदस्य मुलुकहरुका राष्ट्रनायकब्दारा आगामी देश वर्षका लागि नेटोको विकसित कार्यक्रम अनुमोदन(२०६७ म‌सिर ५, आइतवार)
नेटोका महा सचिव अन्देर्स फोग रास्मुस्सनले नेटोका अठाईस सदस्य मुलुकहरुका राष्ट्रानायकव्दारा सोही दिन आगामी दश वर्षभित्र नेटोलाई डोर्‍याउने विकसित कार्यक्रम वा नेटोको नयाँ रणनैतिक परिकल्पनालाई अनुमोदन गरिसकिएको घोषणा गर्नुभएको छ। नेटोको दुईदिने शिखर सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा सुरु भएको छ। पहिलो दिनको सम्मेलन समाप्त भएपछि आयोजित पत्रकार सम्मेलनमा श्री रास्मुस्सनले बोल्दै विभिन्न मुलुकहरुका नेतागणले नेटोको नयाँ रणनैतिक परिकल्पना अनुमोदन भएको बताउनुभएको छ।
कोलम्बियामा आएको बाढी र पहिरोमा परि कम्तीमा एक सय छत्तिस जनाको मृत्यु, बीस जना बेपत्ता, अठ्ठाईस प्रदेशमा संकटकालको घोषणा (२०६७ म‌सिर ५, आइतवार)
दक्षिण अमेरिकी राष्ट्र कोलम्बियामा भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा एक सय छत्तिस जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी दुई सय पाँच जना घाइते भएका छन्।
माओवादी विस्तारित बैठक गोरखाको पालुङ्टारमा शुरु (LIVE)(२०६७ म‌सिर ५, आइतवार)
LIVE:
एकीकृत नेकपा माओवादीको विस्तारित बैठक गोरखाको पालुङ्टारमा आइतबारदेखि शुरु भएको छ।
विस्तृत शान्ति सम्झौताको पुर्ण कार्यान्वयन नभएको भन्दै वेलायतले चिन्ता व्यक्त(२०६७ म‌सिर ५, आइतवार)
विस्तृत शान्ति सम्झौताको पुर्ण कार्यान्वयन नभएको भन्दै वेलायतले चिन्ता व्यक्त गरेको छ।
आर्थिक वर्ष २०६७/६८ को बजेट: सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा(२०६७ म‌सिर ५, आइतवार)
सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ। चालु वर्षका लागि शिक्षा क्षेत्रमा ५७ अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याएको छ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736