arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
माओवादीले सहमतिको उल्लंघन गरेको भन्दै संसदको बैठक बहिस्कार, संसदको हिउँदे अधिवशनकोसमेत अन्त्य(२०६७ ज्येष्ड २०, विहीवार)
माओवादीले सहमतिको उल्लंघन गरेको भन्दै संसदको बैठक बिहीबार बहिस्कार गरेको छ । माओवादीले बहिस्कार गरे लगतै संसदको हिउँदे अधिवशनकोसमेत अन्त्य गरिएको छ । संविधानसभाको म्याद थप्ने बेला जेठ १४ गते मध्यरातमा माओवादी, काँग्रेस र एमालेबीच भएको सहमतिलाई उल्लंघन गरेको भन्दै माओवादीले संसदको बैठक बहिस्कार गरेको हो ।
माओवादीले गरेको आमहडतालमा शिविरमा रहेका माओवादी लडाकु पनि सहभागी:- राष्ट्रसंघीय उच्चायुक्त(२०६७ ज्येष्ड २०, विहीवार)
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयले माओवादीले गरेको आमहडतालको एक महिनापछि बिहीबार प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा हड्तालमा शिविरमा रहेका माओवादी लडाकु पनि सहभागी रहेको उल्लेख छ । माओवादीले मजदुर दिवसको अवसर पारेर वर्तमान गठबन्धन सरकारको राजीनामा माग गर्दै बैशाख १८ देखि अनिश्चितकालीन आमहड्ताल सुरु गरेको थियो । तर, देशभरबाट प्रतिकार र राजधानीमा हड्ताललाई चुनौति दिंदै शान्ति र्‍याली निस्किएपछि २६ गते साँझ माओवादील अचानक आमहड्ताल फिर्ता लिन बाध्य भयो ।
फुथेनमा हवाई अखडा सार्ने निर्णयलाई कार्यान्वयन गर्नुपर्ने जापानका विदेश मन्त्रीको भनाई(२०६७ ज्येष्ड २०, विहीवार)
जापानका विदेश मन्त्री काछुया ओकाताले आज तीन तारिखका दिन जापानको आगामी सरकारले जापान र अमेरिकाले फुथेनमा हवाई अखडा सार्ने गरिसकेको निर्णयलाई गर्नुपर्ने कुरा बताउनुभएको छ।   जापानका संयुक्त समाचार समितिका अनुसार, सोहि दिन जापानका विदेश मन्त्रालयले आयोजित गरेको पत्रकार सम्मेलनमा श्री ओकाताले उक्त कुरा बताउनुभएको हो।
दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा तीनदिने भारतीय औपचारिक भ्रमणमा (२०६७ ज्येष्ड २०, विहीवार)
दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा हिजो राती पश्चिमी भारतको वाणिज्य केन्द्र मुम्बाइ पुग्नुभएको खबर छ। यसरी उहाँको तीनदिने भारतीय औपचारिक भ्रमण सुरु भएको छ। श्री जुमाले दक्षिण अफ्रिकी राष्ट्रपतिको पद सम्हालेपछि गर्नुभएको भारतको भ्रमण यो पहिलो हो। कार्यक्रमअनुसार, भ्रमणका अवसरमा राष्ट्रपति जुमाले भारतका प्रधानमन्त्री तथा राष्ट्रपतिसित भेटवार्ता गर्नुहुनेछ।
गाजाका युवाहरुद्वारा इजरेलले गरेको गाजा क्षेत्रको नाकाबन्दीको बिरोध(२०६७ ज्येष्ड २०, विहीवार)
गाजा क्षेत्रका सयौं युवाहरुले हिजो राति गाजा शहरमा इजरेलले गाजा क्षेत्रमा गरेको नाकाबन्दीको विरोध गर्नुका साथै इजरेलले गरेको अन्तर्राष्ट्रिय उद्धार जहाज टिमको प्रहारको प्रतिरोध गरेका छन्।
माओवादीका कारण सहमति बनेनः एमाले(२०६७ ज्येष्ड १९, बुधवार)
सडकबाटै सरकार ढाल्ने खेलमा माओवादी लागेका कारण राष्ट्रिय सहमति हुन नसकेको एमालेले निष्कर्ष निकालेको छ । राष्ट्रिय संकट समाधानका लागि दलहरूबीच छलफलमा तय गरेका ६ बुँदे एजेन्डाविपरीत माओवादी अगाडि बढेको एमालेले आरोप लगाएको छ ।
भगवान् गौतमबुद्धको २५५४औँ जयन्ती शान्तिको कामना गर्दै आज मनाइँदै(२०६७ ज्येष्ड १९, बुधवार)
अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो ।  यस्ता अनन्त सन्देशका वाहक भगवान् गौतमबुद्धको २५५४औँ जयन्ती शान्तिको कामना गर्दै आज मनाइँदैछ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख पूणिर्माको दिन परेकाले यो दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीहरू श्रद्धाभक्तिपूर्वक बुद्धजयन्ती मनाउने गर्दछन् । वि.संं. २००८ जेठ ८ गते बुद्धजयन्तीका दिन सार्वजनिक बिदा तथा वि.सं. २०१२ फागुन ७ गते सोही दिन पारेर लुम्बिनीमा हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।
हिन्दमहासागरको अन्दामन टापु समूहको पूर्वी क्षेत्रमा 6.4 रेक्टर स्केलको भूकम्प (२०६७ ज्येष्ड १९, बुधवार)
हिन्दमहासागरको अन्दामन टापु समूहको पूर्वी क्षेत्रमा स्थानीय समय जून एक तारिख विहान सबेरै 6.4 रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण व्युरोले जनाएको छ। यसका साथै प्रशान्त सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको छ। उक्त भूकम्पबाट हालसम्म हताहती र जनधनको क्षतिबारे कुनै पनि सूचना प्राप्त भएको छैन।
पर्खाइ तिम्रो(२०६७ ज्येष्ड १९, बुधवार)
गह भरी भरिएका आँशु छताछुल्ल भएर पोखीदा
ढुक ढुकिले मायाँको धड्कन सागर जस्तै बोकिदा ,
मिलन पछी बिछोड(२०६७ ज्येष्ड १९, बुधवार)
बर्षौ पछी भेट हुँदा नी बोल्न मैले सकिन
मनका कुरा मनमै रहे तिमी सामु खोल्न सकिन ,
रुपन्देहीको बिष्णुपुरामा एकिकृत नेकपा माओबादीका नेताको हत्या,माओबादीले बुटवलमा शव यात्रा र बिष्णुपुरामा (२०६७ ज्येष्ड १९, बुधवार)
रुपन्देहीको बिष्णुपुरा गाबिसमा अज्ञात समुहको गोली प्रहारबाट माओबादी राज्य समिती स्तरीय एक नेताको हत्या भएको छ । बिष्णुपुरा बिष्णुपुरा ७ ठाकुरपुरमा गएराति नचिनेका व्याक्तिको समुहले चलाएको गोलीबाट सोही स्थानका माओबादी अबध मधेश राज्य समितीका सदस्य ३५ बर्षिय सपाचु यादबको मृत्यु भएको हो । 
प्राकृतिक स्रोत र साधन समितिद्वारा वन फडानीको निरीक्षण गर्न उपसमिति गठन(२०६७ ज्येष्ड १९, बुधवार)
तराईको चुरेलगायतका क्षेत्रको वन फडानीको अध्ययन गर्नको लागि व्यवस्थापिका संसद प्राकृतिक स्रोत र साधन समितिले एक उपसमितिको गठन गरेको छ ।
सरकारले आज संसदमा दुइ विधेयक पेश गर्दै(२०६७ ज्येष्ड १९, बुधवार)
सरकारले व्यबस्थापिका संसदमा आज थप दुइ विश्वविद्यालय विधेयक पेश गर्ने भएको छ । संसदको आज बसेको बैठकमा शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले नेपालगाज विश्वबिद्यालय विधेयक र राजर्षिजनक विश्व बिद्यालय विधेयक पेश गर्ने कार्यसूची रहेको छ । यसअघि मध्यपश्चिम विश्व विद्यालय विधेयक सुर्खेतमा सार्ने निर्णयपछि सरकारले नेपालगाजमा छुट्टै विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।
सहमतिको कार्यान्वयन नभएकोप्रति सभासदहरुको चिन्ता(२०६७ ज्येष्ड १९, बुधवार)
सभासहरुले गत १४ गते शुक्रवार भएको सहमति कार्यान्वयनमा तीन दलले उदासीनता देखाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले प्रमुख दलले सहमति कार्यान्वयन नगरे आगामी एक बर्षमा पनि संविधान नबन्ने बताए । व्यबस्थापिका संसदको आज बसेको बैठकको शून्य समयमा सभाषदहरुले तीनबुदे सहमतिको इमान्दारी कार्यान्वयनमा गम्भीर बन्न दलहरुसंग आग्रह गरेका हुन ।
सरकारद्वारा मेघालय घटनाको भत्स्रना(२०६७ ज्येष्ड १९, बुधवार)
सरकारले भारतको मेघालय र आसाम लगायतका स्थानमा नेपाली भाषीमाथि भएको आक्रमणप्रति दुःख प्रकट गरेको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकमा सभामुखसंग समय लिएर बोल्दै उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाली भाषीमाथि भएको आक्रमणप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवासलाई सुरक्षा दिने घरमा एसएमजी हतियारबाट गोली पड्कियो (२०६७ ज्येष्ड १९, बुधवार)
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवासलाई सुरक्षा दिने घरमा एसएमजी हतियारबाट गोली पड्किएको छ। सुरक्षामा खटिएका माओवादी सेनाले ड्युटी बदली गर्दा असावधानीबस हतियार खसेर पड्किएको दाहाल पुत्र प्रकाशले बताए।
सरकारी सिफारिश समितिले दुईजना विवादास्पद प्रहरी अधिकारीहरुलाई दिइएको तक्मा फिर्ता गर्ने निर्णय (२०६७ ज्येष्ड १९, बुधवार)
सरकारी सिफारिश समितिले दुईजना विवादास्पद प्रहरी अधिकारीहरुलाई दिइएको तक्मा फिर्ता गर्ने निर्णय गरेको छ। जनआन्दोलनको बलमा बनेको गणतान्त्रिक सरकारले जनआन्दोलन दबाउनेलाई तक्मा दिएको भन्दै शहीद र घाइते परिवारले विरोध गरेपछि समितिले उक्त निर्णय फिर्ता गरेको हो। समितिका अध्यक्ष उपप्रधानमन्त्री विजयकुमार गच्छदारले छोटो समयमा सिफारिश गर्नु परेकाले त्रुटि भएको स्वीकारेका छन्।
प्रधानमन्त्रीको राजीनामाका बारे भएको भनिएको सहमतिको आफु खुशी व्याख्या गरेपछि तीन दलहरु बीच वार्ता ठप्प(२०६७ ज्येष्ड १९, बुधवार)
संविधानसभाको आयु बढाउन तीन बुँदे सहमति गरेका ठूला तीन दलहरुबीच तीन दिन पछिनै वार्ता ठप्प भएको छ। सत्ताधारी नेपाली काँग्रेस, एमाले र मुख्य विपक्षी माओवादीले प्रधानमन्त्रीको राजीनामाका बारे भएको भनिएको सहमतिको आफुखुशी व्याख्या गरेपछि गतिरोध भएको हो। प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा गर्ने कुरामा सत्ताधारी दलहरु र विपक्षी दलबीच मतभेद छैन। तर कहिले राजीनामा गर्ने भन्ने कुरामा मतभेद नसुल्झिएपछि ३ बुँदे सहमति कार्यान्वयन गर्ने वार्ता अड्केको छ। माओवादी स्थायी समितिले सत्ताधारी दलहरु इमान्दार नभएको आरोप लगाउँदै वार्ताबाट अलग हुने निर्णय गरेको छ।
पाकिस्तानको एउटा अस्पतालमाथि आक्रमण(२०६७ ज्येष्ड १९, बुधवार)
पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने लाहोर शहरमा एउटा अस्पताल हिजो राती सशस्त्र तत्वद्बारा आक्रमणमा परेको हाम्रा सम्बाददाताले जनाएका छन्। यसमा परी कम्तिमा बाह्र जनाको मृत्यु भएको समाचार छ।
अन्तर्राष्ट्रिय समाजद्बारा इजरायली सेनाको कडा रुपमा निन्दा(२०६७ ज्येष्ड १९, बुधवार)
इजरायली सैनिक जहाजले हिजो गाजाको समुद्रतटवर्ती क्षेत्रमा प्रवेश गर्न खोजेको अन्तर्राष्ट्रिय मानवतावादी उद्धार जहाजलाई लक्षित गरी गोलि हानेको छ। यसको अन्तर्राष्ट्रिय समाजले कडा रुपमा निन्दा गरेको छ।
प्रमुख सत्तारुढ एमालेले माओवादीले पूर्व सम्झौता कार्यान्वयन गरेपछिमात्र प्रधानमन्त्रीले राजीनामा दिने स्पष्ट(२०६७ ज्येष्ड १९, बुधवार)
प्रमुख सत्तारुढ एमालेले माओवादीले पूर्व सम्झौता कार्यान्वयन गरेपछिमात्र प्रधानमन्त्रीले राजीनामा दिने स्पष्ट पारेको छ । बुधबार सकिएको स्थायी कमिटी बैठकले पूर्व सम्झौता कार्यान्वयन नभएसम्म माओवादीले राजीनामाको दबाब दिनु औचित्यहीन भएको टिप्पणी गरेको छ । पार्टी मुख्लायल बल्खुमा बसेको बैठकले शान्ति र संविधानको सुनिश्चितता नभएसम्म प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिन नहुने निर्णय गरेको स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले जानकारी दिए । उनले माओवादीले तीन बुँदे सम्झौताको अपव्याख्या गरेको बताए । 'तीन बुँदे सहमतिमा प्रधानमन्त्री राजीनामा दिनेमात्र लेखिएको छैन,' बैठकपछि  अधिकारीले भने, 'सवै सहमतिको एकैपटक कार्यान्वयन हुन्छ, पहिले प्रधानमन्त्रीले राजीनामा दिने कुरै आउँदैन ।'
प्रधानमन्त्री माधवकुमार नेपालले चितवनका डा. भक्तमान श्रेष्ठको अपहरण माओवादीबाटै भएको आशंका(२०६७ ज्येष्ड १९, बुधवार)
प्रधानमन्त्री माधवकुमार नेपालले चितवनका डा. भक्तमान श्रेष्ठको अपहरण माओवादीबाटै भएको आशंका गरेका छन् । बुधबार सिंहदरवारमा यूवा संघ नेपालले श्रेष्ठको रिहाइको माग गर्दै बुझाएको ज्ञापनपत्र लिंदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 'माओवादी नेताहरुबाट डा. श्रेष्ठ सकुशल रहेको अभिव्यक्ति आइरहेकाले उहाँको अपहरण माओवादीबाटै भएको हुन सक्छ,' प्रधानमन्त्रीले भने । उनले डा. श्रेष्ठको खोजीका लागि सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिए ।
संविधानसभाका अध्यक्षले आठ नौ महिनाभित्र नयाँ संविधान जारी गर्न २५ दलसँग आग्रह(२०६७ ज्येष्ड १९, बुधवार)
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आठ नौ महिनाभित्र नयाँ संविधान जारी गर्न २५ दलसँग आग्रह गरेका छन् । बुधबार संविधानसभा भवनमा अध्यक्ष नेम्वाङले बोलाएको बैठकमा २५ दलका नेताहरुले नयाँ संविधान निर्माण र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन सबै दलसँग आग्रह गरेका हुन् । 'सबै दलका नेताहरु गम्भिर भएका छन् जेठ १४ गते भएको तीन  दलबीचको सहमतिको आधारमा उनीहरुले अगाडि बढ्ने प्रतिवद्धता जनाए' उनले भने ।
अवैधरुपले नेपाल प्रवेश गरेका १० जना तीव्वती नागरिकलाई प्रहरीले पक्राउ(२०६७ ज्येष्ड १९, बुधवार)
चीनसँग सीमा जोडिएको दोलखाका लामावगर नाका हुदै अवैधरुपले नेपाल प्रवेश गरेका १० जना तीव्वती नागरिकलाई वुधवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा ३ जना महिला र ७ जना पुरुष रहेका छन् । दोलखाको सीमा प्रहरी चौकी लामावगर र गोगर हुदै नेपाल प्रवेश गरेका उनीहरुलाई राजधानी जान लागेका वेला सदरमुकामम चरिकोटको सातदोवाटो प्रहरी चौकीले पक्राउ गरेको हो । पक्राउ परेका सवैलाई जिल्ला प्रहरी कार्यालय दोलखामा राखिएको  छ ।  दोलखाको लामिडाँडा गाविसको वन्चरेमा दुईवटा मोटरसाईकलमा आएको एक समूहले जवरजस्ती यात्रुवाहकवसवाट ओरालेर उनीहरुसँग रहेका नेपाली  ४५ हजार नगद लुटपाट समेत गरेको छ । 
फेरी तिम्रो याद आयो(२०६७ ज्येष्ड १९, बुधवार)
फूलबारिका फूलहरु न चुडिदिए हुन्थ्यो
बीच बाटोमा भेट हुँदा बोलिदिए हुन्थ्यो ,
त्रिभुवन विश्वविद्यालयले गरेको शुल्क बृद्धि निर्णय कार्यान्वयन नगराउन मागगर्दै १३ विद्यार्थी संठनले बुधबार सर्वोच्च अदालतमा रिट (२०६७ ज्येष्ड १९, बुधवार)
त्रिभुवन विश्वविद्यालयले पछिल्लोपटक गरेको शुल्क बृद्धि निर्णय कार्यान्वयन नगराउन मागगर्दै १३ विद्यार्थी संठनले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । त्रिविले एकपक्षीय ढंगले शुल्क बृद्धि गरेको तथा आङगित क्याम्पसहरु शुल्कमा एकरुपता नरहेको भन्दै उत्प्रेसणको आदेशबाट निर्णय बदरको माग गर्दै रिट दायर गरेको हुन् । त्रिविले गत कातिक १८ मा अठार वर्षपछि शिक्षण शुल्कबृद्धि गर्दा १३ वटा विद्यार्थी संगठन आन्दोलनमा उत्रेका थिए । अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघ लगायतका विद्यार्थी संगठनहरुले विश्वविद्यालय, रजिष्टार, त्रिविसभा तथा कार्यकारी परिषदको कार्यालय, उपकुलपति  र शिक्षाध्यक्षलाई विपक्षी बनाइ रिट दायर गरेका हुन  ।
फेरि प्रधानमन्त्री माधवकुमार नेपाल सहित तीन दलका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगियो(२०६७ ज्येष्ड १९, बुधवार)
प्रधानमन्त्री माधवकुमार नेपाल सहित तीन दलका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ। संविधानसभा भवन नयाँ वानेश्वरमा भएको बैठकपछि प्रधानमन्त्री माधवकुमार नेपालले सहमति जुट्न सके आफू राजीनामा दिन तयार भएको बताए। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला र नेता रामचन्द्र पौडेल तथा एमाले अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता केपी शर्मा ओली सहभागी थिए। जेठ १४ को सहमतिका तीन बुँदामा दलहरुका भिन्ना भिन्नै बिषयमा तीन दलबीच फरक फरक धारणा आएपछि प्रधानमन्त्रीले बैठक बोलाएका थिए।
दलित जनजाति पार्टीका सभासद पासवानद्वारा संविधान नबनेको दुई बर्ष अवधिको भत्ता बापतको रकम फिर्ता(२०६७ ज्येष्ड १८, मंगलवार)
दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवानले संविधान नबनेको दुई बर्ष अवधिको भत्ता बापतको रकम मंगलबार फिर्ता गरेका छन् । पासवानले एभरेष्ट बैंकमा भत्ता बापतको १ लाख २० हजार ७ सय रुपैयाँ फिर्ता गरेको जनाएका छन् । सभासद पासवाले फिर्ता गरेको रकमको भौचर पनि मंगलबार नै संसद सचिवालयलाई बुझाएका छन् । सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भौचर बुझाउने भने पनि नेम्वाङले आफूले भौचर बुझ्न नमिल्ने र सचिवालयमा सम्पर्क गर्न आग्रह गरेपछि सचिवालयमै गएर भौचर बुझाएको पासवानले जानकारी दिए ।
विभूषण त्याग्ने क्रम बड्यो/पूर्वसभामुखसहित चार जनाद्वारा विभूषण अस्वीकार (२०६७ ज्येष्ड १८, मंगलवार)
 पूर्वसभामुख दमननाथ ढुंगानासहित थप चार जनाले सरकारद्वारा प्रदान गरिएको विभूषण अस्वीकार गरेका छन् । उनीहरूले जनआन्दोलन २०६२/६३ लाई अपमान हुने गरी विभूषण प्रदान गरिएकामा रोष प्रकट गर्दै राज्यका तर्फबाट दिइएको सम्मान अस्वीकार गरेका हुन् । पूर्वसभामुख ढुंगाना, मानव अधिकारकर्मीद्वय पद्मरत्न तुलाधर र सुबोधराज प्याकुरेल तथा डा. भरत प्रधानले सोमबार प्रधानमन्त्री माधवकुमार नेपाललाई पत्र लेखी विभूषण अस्वीकार गरेका हुन् । उनहरूले जनआन्दोलन दबाउन भूमिका निर्वाह गरेका व्यक्तिलाई समेत विभूषण दिइएकामा असन्तुष्टि प्रकट गरेका छन् ।

युनिटीको सर्भर खोल्न नसकेको बहाना बनाउदै छानबिनमा ढिलाई (२०६७ ज्येष्ड १८, मंगलवार)
सरकारी अधिकारीहरूले नियतवश तीन सातासम्म युनिटीको सर्भर नखोलेको आशंका जानकारहरूले गरेका छन् । सूचना प्रविधि क्षेत्रका विज्ञहरू सर्भरको पासवर्ड नभए पनि सजिलै खोल्न सकिने बताउँछन् । 'नेपालमा धेरै ह्याकर छन्,' राष्ट्रिय सूचना केन्द्रका पूर्वकार्यकारी निर्देशक सुवर्ण शाक्यले भने, 'तर उनीहरू आफू ह्याकर हुँ भनेर बाहिर आउन चाहँदैनन् । सुरक्षाको अवस्था सिर्जना गरिदिए उनीहरूले सजिलैसँग काम गर्न सक्छन् ।' राजस्व अनुसन्धान विभागले सर्भर नियन्त्रणमा राखे पनि खोल्न खासै पहल नगरेको ललितपुरको स्थानीयस्तरमा गठित छानबिन टोलीका एक सदस्यले बताए । सर्भर खुलेर पारदर्शी ढंगले छानबिन भए युनिटीका सदस्य भएका उच्च राजनीतिक नेतृत्व, कर्मचारी, प्रहरी, समाजमा प्रतिष्ठित भनेर चिनिएकाहरूको नाम बाहिर आउने छ । ँत्यही भएर सर्भर खोल्ने प्रयास नभएको हुनसक्छ, समिति सम्बद्ध स्रोतले भन्यो ।