arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
जनतान्त्रिक तराइ मुक्ती मोर्चा (राजन मुक्ती) समुहका २ जना बरिष्ठ नेतासहित पाँच पक्राउ(२०६७ ज्येष्ड २७, विहीवार)
जनतान्त्रिक तराइ मुक्ती मोर्चा (राजन मुक्ती) समुहका २ जना बरिष्ठ नेतासहित पाँच पक्राउ बुधबार अबेर राती जनकपुर अञ्चल अस्पताल क्षेत्रबाट पक्राउ परेका छन् ।
नावालिकालाई यौन दुर्व्यवहार गर्ने एक युवकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा(२०६७ ज्येष्ड २७, विहीवार)
नावालिकालाई यौन दुर्व्यवहार गर्ने एक युवकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधिश वालचन्द्र शर्माको मंगलवार वसेको इजलाशले साढे २ वर्षी वालिकालाइ वलत्कार गरेको आरोपमा राइगाउ४ का २३ वर्षीया राजन विकलाई थुनामा राख्ने आदेश दिएको हो  ।
इंग्ल्यान्ड र ब्राजिल विजयी (२०६७ ज्येष्ड २७, विहीवार)
विश्वकपका लागि सोमबार भएका मैत्रीपूर्ण अभ्यास खेलमा इंग्ल्यान्ड र ब्राजिलले दुई फरक खाले जित हात पारे ।
नेपाली सेनाले लिन लागेको भर्ना प्रक्रियालाई लिएर मन्त्रिपरिषद्को बैठकमै असन्तुष्टि(२०६७ ज्येष्ड २७, विहीवार)
नेपाली सेनाले लिन लागेको भर्ना प्रक्रियालाई लिएर मन्त्रिपरिषद्को बैठकमै असन्तुष्टि उठेको छ । मन्त्रिपरिषद बैठकमा बुधबार आपूर्तिमन्त्री एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ भर्नामा मधेसीका लागि विशेष व्यवस्था नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
सत्तारुढ मधेसी दलले निर्धारित समयमा संविधान निर्माण गर्न वहुमतीय नभई सहमतीय सरकार बन्नुपर्ने निक्र्यौलमा (२०६७ ज्येष्ड २७, विहीवार)
सत्तारुढ मधेसी दलले निर्धारित समयमा संविधान निर्माण गर्न वहुमतीय नभई सहमतीय सरकार बन्नुपर्ने निक्र्यौलमा पुगेका छ ।  सम्भावित राष्ट्रिय सरकारमा आफ्नो उपस्थिति र हिस्सेदारीबारेको कसरत सुरु गरेको सत्तारुढ मधेसी दलले बहुमतीय सरकार बन्दा पुनः संविधान निर्माण लगायतका प्रक्रिया पूरा हुन नसक्ने ठहर समेत गरेको छ ।मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र सदभावना पार्टिले गणितीय हिसावले वनेको सरकारवाट संविधान निर्माण नहुने मनःस्थितिमा मा पुग्दै सहमतिको राजनीति विकसित गर्न राष्ट्रिय सहमतिको सरकारको सुनिश्चितता हुनु पर्ने सामुहिक धारणा बनाएका छन् ।
राजधानीमा शैक्षिक मेला(२०६७ ज्येष्ड २७, विहीवार)
विद्यार्थीहरुलाई स्वदेश तथा विदेशका शिक्षण संस्थाबारे जानकारी दिने उद्देश्यले विहीबारदेखि राजधानीमा शैक्षिक मेला सुरु हुँदैछ । इक्यान हायर एजुकेसन एन्ड करियर फेयर-२०१० नाम दिइएको मेला विहीबारदेखि आउँदो शनिबारसम्म भृकुटीमण्डपमा सन्चालन हुनेछ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसका लेखाशाखा खुले(२०६७ ज्येष्ड २७, विहीवार)
झण्डै दुई सातादेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसहरुका लेखाशाखामा लगाइएको ताला विहीबारदेखि खुलेका छन् । शुल्क वृद्धिको विरोधमा राजनीतिक दलसम्बद्ध १३ विद्यार्थी संगठनले देशभरिका आङ्गिक क्याम्पसमा तालाबन्दी गरेका थिए । ताला लागेदेखि नै विद्यार्थीहरुले फारमसमेत भर्न पाएका थिएनन् । मंगलबार सर्बोच्च अदालतले पुराना विद्यार्थीलाई पुरानै र नयाँ विद्यार्थीलाई नयाँ शुल्क लिनुपर्ने अन्तरिम आदेश जारी गरेपछि तालाबन्दी र फारम सँगै खुलेका हुन् ।
एमाले अध्यक्ष झलनाथ खनाल कार्यक्रममा सहभागी हुने क्रममा घाइते(२०६७ ज्येष्ड २७, विहीवार)
एमाले अध्यक्ष झलनाथ खनाल आज बिहान काठमाडौँमा भएको एउटा कार्यक्रममा सहभागी हुने क्रममा घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको छ। नयाँ बजारमा रहेको पिपल्स डेन्टल कलेजको कार्यक्रममा सहभागी भएका खनाल माल्यार्पण गर्दैगर्दा लडेर  घाइते भएका हुन्। उनलाई  उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ।
माओवादीले सरकारको नेतृत्व आफ्नै पार्टीले प्रचण्डको नेतृत्व गर्नुपर्ने दावी(२०६७ ज्येष्ड २७, विहीवार)
एकीकृत नेकपा माओवादीको पदाधिकारीहरुले सरकारको नेतृत्व आफ्नै पार्टीले गर्नुपर्ने दावीबाट पछाडि नहट्ने निचोड निकालेका छन्। आफ्नै पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने र सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने निर्णयसमेत दोहोर्‍याएको छ। बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराउँदै माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बाहिर अन्य हल्ला चलेकाले आफुहरुले पूरानै निर्णय अध्यक्ष प्रचण्डले नै सरकारको नेतृत्व गर्ने अडान स्पष्ट पारिएको बताउनुभयो। उहाँले यस विषयमा पार्टीमा विवाद नभएकोसमेत दावी गर्नुभयो।  पार्टी अध्यक्ष प्रचण्ड निवास नयाँ बजारमा बसेको पदाधिकारीहरुको बैठकले सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले तयार पारेको प्रस्तावको बारेमा पनि छलफल गरेको छ। दुई पार्टीले तयार पारेको प्रस्तावमा एकलौटी भएको निष्कर्षसमेत माओवादी पदाधिकारीहरुले निकालेका छन्।
प्रमुख दलका नेताहरू नयाँ प्रधानमन्त्री बन्न दौडधुप गरिरहेका बेला सत्ता गठबन्धनका केही वरिष्ठ मन्त्री दिल्ली दौडाहा(२०६७ ज्येष्ड २७, विहीवार)
प्रमुख दलका नेताहरू नयाँ प्रधानमन्त्री बन्न दौडधुप गरिरहेका बेला सत्ता गठबन्धनका केही वरिष्ठ मन्त्री 'उपचार' र 'योगा' गर्न 'दिल्ली दौडाहा'मा हानिएका छन्। फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार बुधबार बिहान 'अकस्मात आँखामा समस्या' भएको बताउँदै दिल्ली उत्रिएका छन्। उनीलगत्तै एमाले उपाध्यक्ष तथा रक्षामन्त्री विद्या भण्डारी पनि 'उपचार गर्न' गएकी छन्।  अर्की उपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइराला पनि आउँदो साता दिल्ली जाँदैछिन्। अरू मन्त्रीहरूले भन्दा फरक उनले 'उपचार, योगा र तीर्थ भर्न' दिल्ली र हरिद्धार जाने बहाना बनाएकी छन्।
अर्ब रकम ठगी गरेको अभियोग लागेका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विरुद्ध बैंकिङ कसुर र ठगी गरेको अभियोगमा मुद्दा(२०६७ ज्येष्ड २७, विहीवार)
गैरकानूनी गतिविधि गरेर चार अर्ब रकम ठगी गरेको अभियोग लागेका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विरुद्ध बैंकिङ कसुर र ठगी गरेको अभियोगमा मुद्दा दायर गरिने तयारी गरिएको छ। युनिटी ठगी प्रकरणको अनुसन्धानमा खटिएको महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेका युनिटीका तीन सञ्चालक र चार प्रमुख सहयोगीले अनुमति नलिई बैंकिङ कारोबार गरेको र अवैध रुपमा रकम संकलन गरी ठगी गरेको प्रतिवेदन तयार पारेको छ। ललितपुर परिसरका प्रमुख विक्रम थापाका अनुसार शुक्रबार जिल्ला न्यायधिवक्ताको कार्यालय ललितपुरमा उनीहरु विरुद्धको प्रतिवेदन बुझाउने तयारी गरिएको छ।
अभिनेता राजेश हमालको ४७ औं जन्मदिन(२०६७ ज्येष्ड २७, विहीवार)
'बहिनी, सन्चै छौ?' गाडीबाट हतारिंदै ओर्लिएपछि अभिनेता राजेश हमाल मैनातिर सोझिए। उनी राजेशको पर्खाइमा बाह्र बजेको घाम खपेर आधा घण्टादेखि बसिरहेकी थिईन्। निर्धारित समयभन्दा केही ढिला आएका राजेश थप भलाकुसारीमा अल्झेनन्।
प्रहरीले युनिटी लाइफ इन्टरनेसनलका सञ्चालकसहित १२ जनाविरुद्ध ठगी मुद्दा दर्ता(२०६७ ज्येष्ड २६, बुधवार)
प्रहरीले युनिटी लाइफ इन्टरनेसनलका सञ्चालकसहित १२ जनाविरुद्ध बिहीबार ठगी मुद्दा दर्ता गर्ने भएको छ । युनिटीको सञ्चालक समितिमा रहेका आठ र अन्य चार गरी १२ जनाविरुद्ध ठगी मुद्दा दायर गरिने महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले जानकारी दिए । युनिटी मुख्यालयमा भेटिएको कागजात, पक्राउ परेका व्यक्तिहरूको बयान र सदस्य बनाई ठगी गरेको आरोपसहित पीडितले दिएको उजुरीका आधारमा उनीहरूमाथिको कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।
माओवादीको युवा सङ्गठन वाइसिएलका जिल्ला नेताको अज्ञात समूहले हत्या(२०६७ ज्येष्ड २६, बुधवार)
एकीकृत नेकपा (माओवादी) को युवा सङ्गठन वाइसिएलका जिल्ला सदस्य करबहादुर बुढाको अज्ञात समूहले हत्या गरेको छ। दशरथपुर गाविस२ स्थित धान कुट्ने मिलमा सुतिरहेका बुढाको नजिकैको पिपलको रुखमा लगेर हत्या गरेको दाबी माओवादीका सुर्खेत इन्चार्ज कृष्णप्रसाद धमलाले गरे। उनका अनुसार गए राति १२ बजेतिर हत्या भएको हो। स्थानीय बासिन्दाले भने युथफोर्सका कार्यकर्ता जङ्ग रानाको नेतृत्वको समूहले हत्या गरेको आरोप लगाएका छन्। बुढाको हत्या गर्ने समूह र हत्याको कारण भने सार्वजनिक भएको छैन। घटनापछि स्थानीय प्रहरीले हत्याराको खोजी गरेको जनाइएको छ।
निर्धारित समयमा संविधान निर्माण गर्न नसक्नुको जिम्मेवारी माओवादीले लिनुपर्ने संविधानसभा उपाध्यक्षको भनाई(२०६७ ज्येष्ड २६, बुधवार)
संबिधानसभा उपाध्यक्ष पुर्णाकुमारी सुबेदीले निर्धारित समयमा संविधान निर्माण गर्न नसक्नुको जिम्मेवारी  माओवादीले लिनुपर्ने बताएकी छन्  । उनले  ठूलो दलको हैसियतले माओवादी जिम्मेवार हुनपर्ने धारण ब्यक्त गरिन  । उनी माओवादीको तर्फबाट संविधानसभा उपाध्यक्षमा चयन भएकी हुन् । बुधबार नेपालगन्जमा पत्रकार संगको  भेटघाट कार्यक्रममा उनले बर्तमान सरकारले पनि शान्ति र संबिधान निर्माणका लागि पूर्ण रुपमा सहजिकरण गर्न नसकेको  आरोप लगाइन  । 
शान्ति प्रकृया र संविधान निर्माणमा सहमति जुटेपछि मात्र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बाटो खुल्ला: एमाले(२०६७ ज्येष्ड २६, बुधवार)
एमाले स्थायी समितिको बैठकले काँग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले तयार पारेको शान्ति प्रकृया र संविधान निर्माण सम्बन्धी प्रस्तावमाथि बुधबार छलफल गरेको छ । 'कसरी माओवादीलाईसमेत मान्य हुने गरी प्रस्ताव तयार पार्न सकिन्छ भन्ने सम्बन्धमा छलफल भयो' सचिव शंकर पोखरेलले संवाददाताहरुसंग भने । करिव पौने २ घण्टा चलेको बैठकले शान्ति प्रकृया र संविधान निर्माणमा सहमति जुटेपछि मात्र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बाटो खुल्ला हुनेसमेत दोहोर्‍याएको छ ।
माओवादीद्बारा सप्तकोसी उच्चबाँध डिपीआरको काम नरोकेमा कडा आन्दोलन गर्ने पुनः चेतावनी(२०६७ ज्येष्ड २६, बुधवार)
एकीकृत माओवादीले सप्तकोसी उच्चबाँध बहुउदेष्यीय परियोजना विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) को काम नरोकेमा कडा आन्दोलन गर्ने पुनः चेतावनी दिएको छ। माओवादीले चेतावनी दिएको दुई दिन पछि देखि काम सूचारु भएकोले तत्काल नरोके कडा आन्दोलनमा उत्रने बुधबार इटहरीमा पत्रकार सम्मेलन गरी चेतावनी दिएको हो। माओवादीले शनिबार उच्च बाँध निर्माण स्थल धनकुटा आहाले-१ सुनाखरीमा गई परियोजनाको विस्तृत अध्ययन (डिपिआर) को काम बन्द गर्न चेतावनी दिएको थियो।
एक वर्षमा ८५ हजार १३९ वटा कन्डम वितरण(२०६७ ज्येष्ड २६, बुधवार)
नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखा जडिबुटीले एक वर्षमा ८५ हजार १३९ वटा कन्डम वितरण गरेको छ । सङ्घको वाषिर्क कार्यक्रमका अवसरमा सङ्घका  उपत्यका शाखा प्रबन्धक शरदकुमार अर्यालले शाखाले  मात्र उपत्यकामा यति धरै कण्डम वितरण निःशुल्क वितरण गरेको बताउनुभयो ।
डा. भक्तमान श्रेष्ठको अपहरणमा माओवादीको संलग्नता रहेको एमाले युवा सङ्घको दाबी(२०६७ ज्येष्ड २६, बुधवार)
डा. भक्तमान श्रेष्ठको अपहरणमा एकीकृत नेकपा -माओवादी)को संलग्नता रहेको युवा सङ्घ नेपालले दाबी  गरेको छ । सङ्घले गठन गरेको डा. भक्तमान श्रेष्ठ अपहरण छानबिन तथा सहयोग युवा आयोगले आज भरतपुरमा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो दाबी गरेको हो । सङ्घका अध्यक्ष महेश बस्नेतले घटनाको अनुसन्धानका क्रममा आफूहरूले अपहरण एमाओवादीबाटै भएको पाएको बताउनुभयो । उहाँले छिट्टै डा. श्रेष्ठलाई अपहरणपछि कहाँकहाँ राखियो भन्ने स्पष्ट पारिनेसमेत बताउनुभयो ।
पूर्व भारतीय राजदूतद्बारा भारतको नेपालसम्बन्धी नीति असफल नभएको दाबी(२०६७ ज्येष्ड २६, बुधवार)
Main Image
नेपालका लागि भारतीय पूर्व राजदूत केभी राजनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रिया र संविधान लेखनलाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व राजदूत राजनले बिश्वकै युनिक शान्तिप्रक्रियालाई निस्कर्षमा पुर्‍याउने नेपाली नेताहरुको प्रयासलाई भारतको पूर्ण समर्थन रहेको पनि स्पष्ट पारेका छन् ।
नेपालका राजनीतिक दलहरुले भारतसामु आत्मसमर्पण गर्ने प्रवृत्तिले गर्दा भारतको मेघालयमा नेपालीभाषीमाथि ज्यादती:- चित्रबहादुर केसी, राष्ट्रिय जनमोर्चाका(२०६७ ज्येष्ड २६, बुधवार)
भारतको मेघालयमा नेपालीभाषीको हत्या र ज्यादती बढिरहेको भन्दै विभिन्न क्षेत्रका व्यक्तित्वहरुले निन्दा गरेका छन्। राजधानीमा गरिएको एक कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका राजनीतिक दलहरुले भारतसामु आत्मसमर्पण गर्ने प्रवृत्तिले गर्दा भारतको मेघालयमा नेपालीभाषीमाथि ज्यादती भएको बताउनुभयो। राणा कालदेखि नै भारतको विरोध गर्न नसक्ने प्रवृत्तिका कारण यसअघि पनि यस्तो घटना भएको भन्दै उहाँले नेपालका राजनीतिक दलहरु भारतका सामु बोल्न नसक्नाले गर्दा यस्तो समस्या आइरहने बताउनुभयो।
इजिप्टका राष्ट्रपति होस्नि मुबारक र अमेरिकी उपराष्ट्रपति भिडेनबीच भेट-घाट(२०६७ ज्येष्ड २५, मंगलवार)
US, Egypt hold talks in wake of flotilla raid  
इजिप्टका राष्ट्रपति होस्नि मुबारकले आज शाम अल शैह शहरमा त्यहाँ भ्रमणमा रहनुभएका अमेरिकी उप राष्ट्रपति जोइ भिडेनसँग भेट-घाट गर्नुभयो। सो अवसरमा दुई पक्षले इजरेलले अन्तर्राष्ट्रिय मानवीय उद्धार टोलीको जहाज माथि आक्रमण गरेकोबाट मध्य-पूर्व परिस्थिति तनावपूर्ण भएको विषयबारे छलफल गर्नुभयो।
इजरायलद्बारा संयुक्त राष्ट्र संघको प्रस्ताव अस्विकार(२०६७ ज्येष्ड २५, मंगलवार)
Demonstrators wave Palestinian flags during a ... 
इजरायली प्रधान मन्त्री बेन्जामिन नेतान्याहुले हिजो आयोजित मन्त्रीमण्डलको सम्मेलनमा अन्तर्राष्ट्रिय उद्धार जहाज टोली काण्डको समाधान गर्नका लागि संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनद्बारा प्रस्तुत गरिएको सर्भेक्षण प्रस्तावलाई स्पष्टसँग अस्विकार गर्नुभएको छ।
अरबेली समुद्रमा उत्पन्न गरम लहरको कारण पाकिस्तानमा कम्तिमा पन्ध्र जनाको मृत्यु(२०६७ ज्येष्ड २५, मंगलवार)
A man jumps into a canal running through Lahore  
पाकिस्तानको मौसम विभागका अधिकारीले आज जनाए अनुसार, अरबेली समुद्रमा उत्पन्न गरम लहर हिजो राती पाकिस्तानको दक्षिणी भागमा पर्ने बुलुचिस्तान तथा सिन्ध प्रदेश पुगेकोले केही समुद्रतटवर्ती शहर हुरीबतासबाट प्रभावित भएकोले पाकिस्तानमा कम्तिमा पन्ध्र जनाको मृत्यु भएको छ।
भारतको भोपाल हजारौंको ज्यान जाने गरी एउटा ग्यास कारखानामा भएको चुहावटका सम्बन्धमा आठ जनालाई दोषी ठहर(२०६७ ज्येष्ड २५, मंगलवार)
भारतको भोपाल शहरस्थित एउटा अदालतले २५ बर्ष भन्दाअघि हजारौंको ज्यान जाने गरी एउटा ग्यास कारखानामा भएको चुहावटका सम्बन्धमा आठ जनालाई हेलचेक्र्याईं गरेर अरूको ज्यान लिएको अभियोगमा दोषी ठहर गरेको छ।
सत्ताधारी दल र प्रतिपक्षी माओवादीबीचको किचलोका कारण संकटग्रस्त अर्थतन्त्र थप अन्योलमा(२०६७ ज्येष्ड २५, मंगलवार)
वर्तमान सरकारको आयुबारेको आशंका कायमै रहंदा सत्ताधारी दल र प्रतिपक्षी माओवादीबीचको किचलोका कारण बजेट अधिवेशन सजिलोसंग अगाडि बढ्नेमा आशंका चुलिएको छ। यसबाट अर्थतन्त्र फेरि पनि शिकार बन्ने खतरा देखिएको छ। हुन त गएको वर्षपनि राजनीतिक रस्साकस्सीका कारण बजेट आउला कि नआउला भन्ने ठूलो दुविधा अन्तिम समयसम्मै थियो। तर यसपाली स्थिति पोहोरको भन्दा धेरै नै बिग्रिएको जानकारहरु बताउंछन्। गत कार्तिकदेखि लगातार बढेको भुक्तानी असन्तुलन अर्थात शोधनान्तर घाटा हाल बीस अर्ब रुपियाँको हाराहारीमा पुगेकाले त्यस्तो स्थिति देखिएको हो। स्थिति यति विकराल बन्दासमेत राजनीतिक नेताहरुले दिनहुँ गर्ने वार्ता सत्ता परिवर्तनमै केन्द्रित हुँदा संकटग्रस्त अर्थतन्त्रले छलफलमा प्रवेशनै पाउँदैन।
राजधानीको बसुन्धारास्थित इशान नरसिङ होम अगाडि निजी कारमा बम विष्फोट(२०६७ ज्येष्ड २५, मंगलवार)
राजधानीको बसुन्धारास्थित इशान नरसिङ होम अगाडि मंगलबार विहान सवा सात बजे निजी कारमा बम विष्फोट भएको छ । बा ७ च ५५३९ नम्वरको उक्त  कार  विष्फोटपछि जलेर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । घटनामा पाँच जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा नजिकैको साइकल पसले पोटन ठाकुर, बटुवाहरु भरत केसी, नयन प्रसाद सुवेदी र सोमनाथ महतो रहेका छन् । उनीहरुको सामान्य उपचार पछि घर फर्केका छन् ।
चार्जमा राखेको मोवाइल पडकेर १६ वर्षीया एक किशोरीको मुत्यु(२०६७ ज्येष्ड २५, मंगलवार)
चार्जमा राखेको मोवाइल पडकेर मंगलबार बिहान  एक  किशोरीको  मुत्यु भएको छ । कास्कीको भरतपोखरी,५ चुवादी की १६ वर्षीया निकिता थापाको मृत्यु भएको हो । चार्जमा रहेको मोवाइलबाट कुराकानी गर्ने क्रममा हाई भोल्टेज आएपछि मोवाइल संगै नजिकै रहेको ट्रान्समिटर समेत पडकेर उनको मुत्यु भएको  प्रहरीले जनाएको छ । मोवाइल र ट्रान्समिटर पडकेर घाइते भएकी थापाको  उपचारको क्रममा तनहुको बेलचौतारा  स्थित सेती गंगा सामुदायिक अस्पतालमा मुत्यु भएको हो ।
अत्यधिक गर्मीका कारण कपिलवस्तुमा तीनजनाको मृत्यु(२०६७ ज्येष्ड २५, मंगलवार)
केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण कपिलवस्तुमा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोटिहवा-४ का ५१ वर्षीय रामप्रकाश चौधरी, कपिलवस्तु नगरपालिका-४का ९ वर्षीया सोनाली दुबे र शिवपुरको शान्तिटोलकी पञ्चकुमारी यादवकी छोरी ७ वर्षीया प्रेरणा रहेका छन् । मृतक सबैको गर्मीका कारण मृत्यु भएको जिल्ला अस्पताल कपिलवस्तुले जनाएको छ । सात वर्षीय बालिका यादव र ९ वर्षकी दुबेको सोमबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सदरमुकाम तौलिहवाको रत्नराज्य माविकी छात्रा सोनाली घर र्फकदा गर्मीका कारण अचानक बेहोस भएपछि उपचारका लागि पृथ्वी अस्पताल लैजादै गर्दा बाटोमा  मृत्यु भएको जनाएको छ।
अफगानिस्तानमा अमेरिकी सुरक्षा गार्डको रुपमा कार्यरत एक नेपालीको मृत्यु(२०६७ ज्येष्ड २५, मंगलवार)
उत्तर एट्लान्टिक सन्धी संगठन नेटो सेनामाथि तालिवान विद्रोही समूहले गरेको आक्रमणमा गएराती अमेरिकी सुरक्षा गार्डको रुपमा कार्यरत एक नेपालीसहित दश जना नेटो सैनिकको मृत्यु भएको छ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736