arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
वन क्षेत्रको संरक्षणका लागि पनि राजनीतिक स्थिरता आवश्यक रहेको राष्ट्रपतिको धारणा (२०६७ ज्येष्ड २५, मंगलवार)
राष्ट्रपति डा. रामवरण यादवले वन क्षेत्र संरक्षणका लागि राजनीतिक स्थिरता हुनु आवश्यक रहेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको चौथो राष्ट्रिय महाधिवेशनको राजधानीमा उद्घाटन गर्दै राष्ट्रपति यादवले आफूले वन क्षेत्रको संरक्षणका लागि आवश्यक प्रवन्ध गर्न सरकारसँग पनि बारम्बार कुरा गरेको बताउनुभयो । कुनै राजनीतिक आस्था र विचारबाट प्रभावित नभईकन सबै मिलेर नेपालको अथाह सम्भावना बोकेको वन जंगलको सुरक्षा र संरक्षणमा सबै जना जुट्नुपर्ने राष्ट्रपतिको यादवको भनाइ छ ।
पूर्व डीआईजीको गाडी पक्राउ(२०६७ ज्येष्ड २५, मंगलवार)
अवकास प्राप्त डीआईजी अशोक श्रेष्ठले प्रयोग गर्दै आएको पजेरो गाडी यूथफोस्रले पक्राउ गरी प्रहरीलाई बुझाएको छ । आफन्तको बिवाहको भोजमा बुटवल आएका डीआईजी श्रेष्ठले प्रयोग गरेको बा ४ च ८१७१ नम्बरको पजेरोमा नक्कली नम्वर राखेको भन्दै बुटवल-६ हाटवजारस्थित बिश्व हिन्दु महासंघ अगाडी पार्किङ्ग गरी राखेको अवस्थामा सोमबार सांझ प्रहरीलाई बुझाएको थियो । सो गाडी अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
सभामुख माओवादी अध्यक्ष प्रचण्डबीच संसदको आगामी अधिवेशन सञ्चालन गर्ने सम्बन्धमा भेटवार्ता (२०६७ ज्येष्ड २५, मंगलवार)
सभामुख सुवास नेम्बाङ र व्यवस्थापिका-संसदमा प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संसदको आगामी अधिवेशन सञ्चालन गर्ने सम्बन्धमा आज बिहान भेटवार्ता भएको छ ।दाहाल निवास नयाँबजारमा भएको सो भेटमा उहाँहरूबीच खासगरी संविधान निर्माण, शान्ति प्रक्रिया र व्यवस्थापिका-संसदको आठौँ अधिवेशन -वर्षे अधिवेशन) सुरु गर्नेबारेमा विचारविमर्श भएको थियो ।सो अवसरमा अध्यक्ष नेम्बाङले प्रमुख तीन राजनीतिक दलबीच यही जेठ १४ गते मध्यरातमा भएको तीन बुँदे सहमतिपछि आमजनतामा आशा र खुसीयाली पलाएकामा त्यसको केही दिन नबित्दै दलहरूबीच विवाद बढेर जनतामा निरासा, अन्यौल र आशङ्का उत्पन्न भएकाले त्यसलाई हटाउन तत्कालै सहमति खोज्न अध्यक्ष दाहाललाई आफूले सुझाव दिएको बताउनुभयो ।
कपिलवस्तुमा रात्रिकालिन कि्रकेट प्रतियोगिता पहिलो रातको खेलमा इन्डो नेपाल र महराजगाज विजयी(२०६७ ज्येष्ड २५, मंगलवार)
कपिलवस्तुमा पहिलो पटक जिल्लास्तरीय रात्रिकालिन कि्रकेट प्रतियोगिता चन्द्रौटामा सुरु भएको छ । राष्ट्रिय उच्च माविको खेलमैदानमा गएराति सम्पन्न पहिलो खेलमा इन्डो नेपाल कि्रकेट क्लब कृष्णनगरले सामाजिक स-शक्तिकरण केन्द्र राजपुर चौंरीलाई २९ रनले हराउँदै सेमी फाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिलो व्याटिङ गरेका इण्डो नेपालले १ सय ७ रनमा वनाएको थियो ।
टेन्डर विवादमा गोली चल्यो एक जना घाइते (२०६७ ज्येष्ड २५, मंगलवार)
नुवाकोटको भवन निर्माण डिभिजन कार्यालयमा आज बिहान गोली चल्दा एक निर्माण व्यवसायी गम्भीर घाइते भएका छन् । भवन निर्माण टेन्डरको विषयमा दुई पक्षबीच विवाद हुँदा गोली चलेको हो ।
श्रीमतिलाई कुटपिट गर्नेसहित चारजना पक्राउ(२०६७ ज्येष्ड २५, मंगलवार)
नवलपरासीको कावासोतीमा आफ्नै श्रीमतीलाई कुटपिट गरि घाइते बनाउने होमबहादुर खड्कासहित चारजनालाई प्रहरीले पक्रेको छ । कावासोती गाविस वडा नम्बर ६ बस्ने ५२ वर्षका होमबहादुर खड्काले आफ्नो ३५ वर्षकी श्रीमती तुलमाया खड्कालाई कुटपिट गरि घाईते बनाएपछि प्रहरीले उनीसहित कुटपिटमा संलग्न ४ जनालाई पक्रेको हो ।
दोलखाको भीरकोट माझी बस्तीमा २० वटा शौचालय बन्दै(२०६७ ज्येष्ड २५, मंगलवार)
स्वीस सरकार विकास नियोगको आर्थिक सहयोगमा एकीकृत कार्यक्रम साचालन भइरहेको दोलखा जिल्लाको भीरकोट पुरानो गाउँ माझी बस्तीमा २० वटा शौचालय बनिरहेको छ । पुरानो गाउँ माझी बस्तीका २६ घरमध्ये २० परिवारका लागि शौचालय बनाउन चाहिने सामान सहयोगस्वरुप पाएपछि स्थानीयवासी शौचालय बनाउन जुटिरहेका छन् ।
मदिरा सेवनबाट युवकको मृत्यु(२०६७ ज्येष्ड २५, मंगलवार)
सप्तरीबाट जनकपुर जन्ती आएका एक युवाको अत्याधिक मदिरा सेवनले आज बिहान मृत्यु भएको छ । मृतक सप्तरी बनिनियाँ घर भएको २२ वर्षका राहुलिसंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सप्तरीको बनिनियाँबाट जनकपुर जन्ती आएका युवा िसंह अत्याधिक मदिरा सेवन गरेपछि जन्ती पर्खेको जनकपुरको रौनियार सदनमा बिहान ४ बजे सिकिस्त भएका थिए ।
कैलालीको श्रीपुरमा दुर्घटना एकजनाको मृत्यु(२०६७ ज्येष्ड २५, मंगलवार)
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको श्रीपुर गाविसको खैराना पुल नजिक आज बिहान ट्याक्टर र ट्रक एक आपसमा ठोक्किँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान जानेमा गेटा गाविस वडा नं। १ गेटाका तेजुराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदाम रावलले बताउनुभएको छ ।
राजनीतिक जिम्मेवारीहरु पूरा गर्न पार्टी संगठनलाई सुदृढ पारौं मोहनविक्रम सिंह(२०६७ ज्येष्ड २५, मंगलवार)
आज हाम्रा अगाडि गम्भीर राजनीतिक जिम्मेवारीहरु छन्। त्यसबारे हामीले हाम्रा अन्य दस्तावेज वा लेखहरुमा बारम्बार चर्चा गर्ने गरेका छौं। त्यसकारण यहाँ तिनीहरु बारे कुनै चर्चागर्नेपट्टि हामी लाग्दैनौं। तर पार्टीलाई सुदृढ नपारीकन हामीले ती जिम्मेवारीहरु पूरा गर्न सक्दैनौं। पार्टीलाई सुदृढ पार्नु भन्नुको अर्थ हुन्छ : त्यसलाई (पार्टीलाई) उच्च प्रकारको क्रान्तिकारी स्पिरिटद्वारा लेस गर्नु तथा एकतावद्ध, मजबूत र अनुशासित संगठनको निर्माण गर्नु। यी सबै मध्ये पहिलो र महत्वपूर्ण कुरा क्रान्तिकारी स्पिरिट हो। त्यसको कमी भयो भने हामीसित जतिसुकै ठूलो शक्ति भएपनि हामी आफ्ना जिम्मेवारी पूरा गर्न सक्ने छैनौं। हामीमा.....
बल्ल बन्ने भो बुटबलमा पशु बधशाला (२०६७ ज्येष्ड २५, मंगलवार)
जग्गा अभावको कारण बुटवलमा पशु बधशाला निर्माण कार्य रोकिएकोमा अब चाडैनै बधशाला निर्माण कार्य सुरु हुने भएको छ । जग्गा अभावले निर्माण कार्य अलपत्र परेको बधशालाका निम्ति जग्गा प्राप्त भएपछि चाडै नै बधशाला निर्माण हुने भएको हो । नगरपालिकाको तथ्याक अनुसार बुटवलमा दैनिक ५ हजार किलो कुखुरा ३ हजार २ सय ४० किलो खसी बोका ३ हजार ३ सय किलो पाडा २ सय किलो बंगुर र १ हजार किलो माछाको मासु खपत हुने गर्छ । त्यसमा पनि खसीको मासुको नाममा ९५ प्रतिशत बाख्री र पाडाको मासु बिक्री भइरहेको उपभोक्ता हित संरक्षण मचले जनाएको छ ।उपभोक्ता हित संरक्षण माचका अध्यक्ष नर्बु लामा स्वस्थकर मासुका लागि बधशाला अनिवार्य भएकोले १० वर्षदेखि आफूहरुले बधशाला निर्माणमा दबाब दिइरहेको बताउछन् । उनले वातावरण सम्बन्धी प्रधानीकरणका लागि बधशाला आवश्यक रहेको बताउदै पहिले स्थानीय वासिन्दाको अवरोधका कारण बन्न नसकेपनि अब पुनः बन्न लागेको बताउछन् ।
 
 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलमा छापा मारी अनुसन्धान सुरु(२०६७ ज्येष्ड २५, मंगलवार)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल सुदृढीकरण आयोजनामा अनियमितताको शंकामा अनुसन्धान सुरु गरेको छ। विमानस्थलको सुधार तथा सुदृढीकरणको कार्य गरिरहेको शम्भु कन्स्ट्रक्सन कम्पनीले नपुग रकम भन्दै रु १६ करोड माग गरेपछि अख्तियारले छापा मारी अनुसन्धान थालेको हो। प्राविधिकको भनाइमा रु ७० लाख मात्र नपुग रकम भुक्तानी दिए पुग्नेमा सरकारले रु ६ करोड दिने निर्णय गरेको थियो। बढी रकम भुक्तानी गर्ने निर्णय गर्दा व्यापक अनियमितता भएको भनी आयोगमा गोप्य उजूरी परेको प्रवक्ता पौडेलले प्रस्ट पारे । सोही विषयमा छानबिनका लागि आयोजनाका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको बताइएको छ।
जेठ १४ गते राति भएको तीन बुँदे सहमति ३३ प्रतिशतमात्र कार्यान्वयन- एमाले अध्यक्ष(२०६७ ज्येष्ड २५, मंगलवार)
एमाले अध्यक्ष झलनाथ खनालले जेठ १४ गते राति भएको तीन बुँदे सहमति ३३ प्रतिशतमात्र कार्यान्वयन भएको बताएका छन् । उनले बाँकी सम्झौता कार्यान्वयन गर्न दलहरुबीच सहमतिको आवश्यकत्ता रहेकोमा जोड दिए। मंगलबार बसेको संवैधानिक समितिको बैठकमा एमाले अध्यक्ष खनालले सहमति प्रणालीमा जानुको विकल्प नभएको बताए । उनले अझै पनि दलहरु सहमतिमा पुग्न नसके देश गम्भीर संकटमा फँस्ने चेतावनी दिए ।
२१ वर्षीया युवतीको लाश मकैबारीमा फेला (२०६७ ज्येष्ड २५, मंगलवार)
लदाभीर गाविस-४ निवासी २१ वर्षीया सीता परियार मृत अवस्थामा गाउँकै मकैबारीमा फेला परेकी छिन् ।उदयपुरको कटारी बजारमा तालिममा जान भनी १५ दिनअघि घरबाट हिडेकी परियारलाई सोमबार बेलुका लदाभीर गाविस-२ सुगारेस्थित मकैबारीमा मृतअवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक लक्ष्मी थापाले जानकारी दिए ।
प्रमुख सत्तारुढ दुई घटक कांग्रेस र एमालेले माओवादीसँग 'प्याकेज'मा सहमति गर्दै नयाँ सरकार बनाउने गृहकार्य सुरु(२०६७ ज्येष्ड २५, मंगलवार)
प्रमुख सत्तारुढ दुई घटक कांग्रेस र एमालेले माओवादीसँग 'प्याकेज'मा सहमति गर्दै नयाँ सरकार बनाउने गृहकार्य सुरु गरेका छन् । तीन बुँदे सहमति कार्यान्वयनसँगै सरकारको राजीनामापछि बन्ने राष्ट्रिय सरकारका बिषयमा दुई दलबीच छलफल सुरु भएको हो । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा मंगलबार साँझ बसेको बैठकमा माओवादीसँग 'प्याकेज'मा सहमति गर्दै नयाँ सरकारको गृहकार्यबारे छलफल भएको एमाले अध्यक्ष झलनाथ खनाले बताए । जेठ १४ गते भएको सहमतिअनुसार वर्तमान सरकारले अविलम्व राजीनामा दिने निश्चित भए पनि नयाँ सरकार गठनका बिषयमा गृहकार्य आवश्यक भएको खनालले बताए ।
झण्डै एक वर्ष अघि ल्याइएको विशेष सुरक्षा योजनाले पूर्वी नेपालमा महत्वपूर्ण सफलता पाएको अधिकारीहरुको दावी(२०६७ ज्येष्ड २५, मंगलवार)
झण्डै एक वर्ष अघि ल्याइएको विशेष सुरक्षा योजनाले पूर्वी नेपालमा महत्वपूर्ण सफलता पाएको अधिकारीहरुको दावी छ। तर भुक्तभोगीहरुले त्यो दावी खोक्रो भएको बताएका छन्। खासगरी उद्योगी व्यापारीहरुले सरकारी सुरक्षा योजनाको प्रभाव अनुभव गर्न नसकेको गुनासो गरेका छन्। थरिथरिका सशस्त्र समुहको जन्म र हत्या, अपहरण, चन्दा असुली, धम्की र प्रहरी चौकीमाथिको आक्रमण कम गर्न भनेर सरकारले करिब दश महिना अघि विशेष सुरक्षा योजना ल्याएको थियो।
यौन व्यवसाय गर्ने युवतिहरु बढे पोखरामा(२०६७ ज्येष्ड २५, मंगलवार)
पर्यटकीय नगरीमा खुलेका केही रेष्टुराँहरुमा यौन व्यवसाय फस्टाएको छ । पर्दा लगाएका क्याबिन रेष्टुरेण्टमा युवति नै राखेर  सञ्चालकहरु यौन व्यवसायमा लागेका छन् ।  कोठा भाडामा लिएर मोवाइलबाट ग्राहक बोलाएर यौन व्यवसाय गदै आएकी हैटौडाकी  मेनु कार्की -नाम परिवर्तन) ले यही व्यवसायबाट  आम्दानी भएको बताईन् ।
माओवादी नागरिक पार्टीका रुपमा परिणत भएमा प्रधानमन्त्री नेपालले तुरुन्त राजीनामा दिने गृहमन्त्रीको ठोकुवा(२०६७ ज्येष्ड २५, मंगलवार)
गृहमन्त्री भीमबहादुर रावलले माओवादी पार्टी नागरिक पार्टीका रुपमा परिणत भएमा प्रधानमन्त्री माधवकुमार नेपालले तुरुन्त राजीनामा दिने ठोकुवा गरेका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री रावलले माओवादीले लडाकुहरूको पुनस्र्थापना, हतियार व्यवस्थापन र कब्जा गरिएका सम्पूर्ण जग्गा फिर्ता गरेमा राष्ट्रिय सरकार गठन गर्नका लागि प्रधानमन्त्री बाधक नहुने बताए । सरकारमा माओवादीको नेतृत्व हुँदा पनि लडाकुहरूको पुनस्र्थापनालगायतका कार्यहरू नभएको र हालको सरकारले पनि सो समस्या समाधान गर्न नसकेकाले प्रधानमन्त्रीको राजीनामा नै समस्याको समाधान नभएको गृहमन्त्रीको जिकिर थियो ।
नेपाल रेलवे अन्तर्गत संचालित एकमात्र रेल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ६ जना गम्भीर घाइते(२०६७ ज्येष्ड २४, सोमवार)
नेपाल रेलवे अन्तर्गत संचालित एकमात्र रेल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु  भएको छ। घटनामा परी ६ जना गम्भीर घाइते भएका छन्। भारतको जयनगरबाट जनकपुर आउने क्रममा रेललाई ट्रिपरले ठक्कर दिँदा सो दुर्घटना भएको हो। घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। जनकपुरबाट १० किलोमिटर टाढा देहुडीमा दुर्घटना भएको हो।
अहिले कै राजनीतिक प्रक्रियाबाट जाने हो भने पाँच वर्ष थपे पनि संविधान नबन्ने पूर्व प्रधान सेनापति कटवालको दावी(२०६७ ज्येष्ड २४, सोमवार)
पूर्व प्रधान सेनापति रुकमांगत कटवालले संघीयताले देश टुक्रिन सक्ने बताउँदै नेपाली जनताको चाहना अनुसार राजनीतिक पार्टीले काम गर्न नसकेको बताएका छन्। अमेरिकामा आयोजित अन्तर्क्रियामा उनले आफू सामान्य नागरिक र सरकारको पूर्व कर्मचारीमात्र रहेको भन्दै राजनीतिक र देशको अवस्थाबारे कडा टिप्पणी गरे।  तत्काल राजनीतिमा जाने संभावनालाई भने कटवालले इन्कार गरे।
लडाकु संख्या मुद्दाको खाका तयार गरेर ल्याउन भनिरहेका बेला माओवादी दाहालले आफ्ना सेनाको संख्या तोक्न नसकिने अडान(२०६७ ज्येष्ड २४, सोमवार)
Click on the slide!
सरकारले संयुक्त सरकार गठन गर्न लडाकु संख्या लगायत राजनीतिक मुद्दाको खाका तयार गरेर ल्याउन भनिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्ना सेनाको संख्या तोक्न नसकिने अडान दोहोर्‍याएका छन्। उनले सेनामा समायोजन हुने लडाकुको संख्या उनीहरुको इच्छामा भर पर्ने बताए। आराम खोज्दै सपरिवार पर्यटकीयस्थल हेलम्बु आएका दाहालले फर्कने क्रममा सोमबार पार्टी स्थानीय नेता, कार्यकर्तासँग मेलम्चीमा भेट गर्दै भने, 'सेना समायोजनमा हाम्रा लडाकुको संख्या तोक्न सक्दैनौं।
सरकारले एक्कासी हिउँदे अधिवेशन अन्त्य गराएर आफुहरुको मनमा चिसो पसेको माओवादी भनाइ(२०६७ ज्येष्ड २४, सोमवार)
प्रमुख प्रतिपक्षीको हैसियतले संसदको अधिवेशन अन्त्यबारे आफुहरुलाई सरकारले पहिले जानकारी गराउनुपर्ने माओवादीले जनाएको छ। तर संविधानसभाको म्याद थपेर सहमतिको राजनीति गर्ने वाचा गरेको एक साता नबित्दै सरकारले एक्कासी हिउँदे अधिवेशन अन्त्य गराएपछि आफुहरुको मनमा चिसो पसेको माओवादी सचिव सीपी गजुरेलले बताए। उनले भने, हामीलाई जानकारी नदिइकन हिउँदे अधिवेशन अन्त्य गर्नुले सत्ताधारी दलहरु मुठभेडतर्फ लागेको हामीले ठानेका छौं।"
लोपोन्मुख राउटे समुदायले प्रधानमन्त्री नेपाललाई भेट(२०६७ ज्येष्ड २४, सोमवार)
प्रधानमन्त्री माधवकुमार नेपालसँग लोपोन्मुख राउटे समुदायका व्यक्तिहरुले भेट गरेका छन् । राउटेका मुखिया ऐनबहादुर शाहीको नेतृत्वमा आएको राउटे समुदायको १३ जनाको टोलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटी आफ्नो समुदायको हकअधिकारलाई नयाँ संविधानमा समावेश गर्नुपर्ने प्रस्ताव राखेको थियो ।
आफ्ना नातीले बाजेबजैको हत्या(२०६७ ज्येष्ड २४, सोमवार)
यहाँका एकजना नातीले आफ्ना बाजेबजैको हत्या गरेका छन् । देउखुरीको गङ्गापरस्पुर गाविस- ५ कुमाल गाउँका नरेशकुमाल चौधरीले आइतबार आफ्ना कान्छा बाजेबजैको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाजैबजैलाई खुकुरी हानेर फरार भएका चौधरीको व्यापकरुपमा खोजी भइरहेको छ । हत्याको कारण खुल्न नसकेको जनाइएको छ ।
 
आयल निगमले पेट्रोलको मूल्य बढाउन गरिएको सिफारिसलाई प्रधानमन्त्रीले रोके, पेट्रोलियमको मूल्य तत्काल नबढ्ने(२०६७ ज्येष्ड २४, सोमवार)
आयल निगमको घाटा बढेर भाउ बढाउन गरिएको सिफारिसलाई प्रधानमन्त्रीले अस्वीकार गरेपछि पेट्रोलियमको  मूल्य तत्काल नबढ्ने देखिएको छ । निगमको घाटा १ अर्ब रुपैयाँ नाघ्ने भएपछि अन्य दुई विकल्पसहित भाडा बढाउनुपर्ने माग सरकारसंग गरेको थियो । निगमले सरकार परिवर्तन हुनु पहिले नै मूल्य बढाउन आग्रह गरेको थियो । 'अहिले मूल्य बढाउने कुनै निर्देशन छैन,' निगमका अध्यक्षसमेत रहेका वाणिज्य सचिव पुरुषोत्तम ओझाले भने । निगमले डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढाउनुपर्ने माग गर्दै आएको छ । निगमका महाप्रबन्धक दिगम्बर झाका अनुसार ग्यासमा प्रतिसिलेन्डर १ सय ७६ रुपैयाँ घाटा छ । यता गत महिना प्रतिलिटर ४ रुपैयाँ घाटा रहेको डिजल घाटा भने १ रुपैयाँमा झरेको छ ।
तीन बुँदे सहमतिको कार्यान्वयनको बाधक कांग्रेस र एमाले नभइ अरुनै रहेको माओवादी दाहालको भनाइ(२०६७ ज्येष्ड २४, सोमवार)
Click on the slide!
माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकारको तर्फबाट 'खबर' आएको भन्दै सोमबार विहान काठमाडौ  फर्किएका छन् । राजधानी र्फकने क्रममा स्थानीय संचारकर्मीहरुसँग कुरा गर्दै राजनीतिक समस्याको निकास निस्किने आफूले संकेत पाएको पनि उनले बताए । आइतबार साँझ आकस्मिक रुपमा सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रस्थित पाल्चोक गाविसको ककनी आएको उनी विहान कार्यकर्तालाई सम्वोधन गरेर राजधानी फर्केका हुन् ।
सर्लाहीमा हतियार र लागुपदार्थ सहित प्रहरीले तीन युवालाई पक्राउ(२०६७ ज्येष्ड २४, सोमवार)
हतियार र लागुपदार्थ सहित प्रहरीले सोमबार सर्लाहीको ढुंग्रेखोला गाबिसबाट तीन युवालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट एकथान नलकटुवा बन्दुक, एक राउण्ड गोली र ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ढुंग्रेखोला गाबिस-६ का २१ वर्षीय काला लामा, १८ वर्षीय बण्ठा परियार र २१ वर्षीय विनोद चौधरी छन् । उनीहरु लागु पदार्थ सेवन गर्ने र बेचबिखन गर्ने गिरोहमा संलग्न भएको इलाका प्रहरी कार्यालय हरिऔनका प्रहरी निरीक्षक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
समयमै उपचार गर्न नपाउँदा जाजरकोटमा एक सुत्केरी महिलाको बाटोमै मृत्यु(२०६७ ज्येष्ड २४, सोमवार)
समयमै उपचार गर्न नपाउँदा एक महिलाको बाटोमै ज्यान गएको छ । सुत्केरी व्यथाले तीन दिन थलिएकी ढिमे ३ की ललिता खड्काको नेपालगन्ज लैजाँदै गर्दा शनिबार दिउँसो बाटोमा मृत्यु भएको हो । खड्कालाई जिल्ला अस्पताल जाजरकोटले ६ घन्टाभित्र नेपालगन्ज लैजान सल्लाह दिएको थियो । 'यातायात असुविधाका कारण श्रीमतीलाई भनेको समयमा नेपालगन्ज पुर्‍याउन सकिनँ,' श्रीमान् धनसिंहले भने । बसबाट लैजाँदा आठ घन्टाभन्दा बढी लाग्ने भएकाले उनीहरू चौरजहारी गएका थिए । 'जहाज कुर्‍यौं तर उडान भएन,' उनले भने, 'नत्र अकालमा ज्यान जाने थिएन ।'
पेप्सी ट्वान्टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा भैरहवालाई ८ रनले पराजित गर्दै विराटनगरको उपाधि (२०६७ ज्येष्ड २४, सोमवार)
पेप्सी ट्वान्टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता क्षेत्र नं १ बिराटनगरले जितेको छ । सोमबार सम्पन्न फाइनलमा क्षेत्र नं ४ भैरहवालाई ८ रनले पराजित गर्दै विराटनगरले उपाधि जितेको हो । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको मैदानमा टस जितेर व्याटिङ गरेको विराटनगरले क्षेत्र नं ४ सँग जीतका लागि १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भैरहवाले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९६ रनमात्र जोडेपछि विराटनगरको जित सुनिश्चित भएको हो । 
नेपाली भुमिमा भारतीय पक्षले दिनहुँ अतिक्रमण, स्थानिय प्रशासन भने वेखवर(२०६७ ज्येष्ड २४, सोमवार)
कञ्चनपुरको दक्षिणीक्षेत्र रौतेलीविचुवा गाविस-९ झिलमिलामा रहेको दशौं बिगाह नेपाली भुमिमा भारतीय पक्षले दिनहुँ अतिक्रमण गरी खेती लगाइरहेको छ । झिलमिलामा पर्ने सीमा स्तम्भ नम्बर २८ र २९ को बिचमा पर्ने नेपाली भुमि भारतले ट्रयाक्टर लगाएर जोत्न थालेको छ । भने झण्डै १४/१५ विघा हालसालै जोतेर उखु खेती गरेको देखिएको छ ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736