arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
माओवादी पुष्पकमल दाहालद्वारा चीन र भारतसहितको त्रीपक्षीय वार्ताले मात्र नेपालको निकास निस्कने प्रतिक्रिया(२०६७ कार्त्तिक १०, बुधवार)
माओवादी अध्यक्ष पुष्पकमल दाहालले चीन र  भारतसहितको त्रीपक्षीय वार्ताले मात्र नेपालको निकास  निस्कने बताएका छन् । अध्यक्ष दाहालले त्यस्तो वार्ता निकट भविष्यमै  हुन सक्ने बताए । पाँच  दिने भ्रमण पछि मंगलबार राति स्वदेश फर्किएका  दाहालले  त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा संचारकर्मीसँग आगामी साता भारत भ्रमण  गर्न लागेको चिनियाँ टोलीलाई त्रिपक्षीय रणनीतिक  समझदारीका लागि छलफल गर्न आफूले आग्रह गर्न लागेको बताए । तीनवटै शक्तिको रणनीतिक सहमतिबाट नेपालमा निकास निस्कनेमा चिनियाँ पनि सहमत भएको दाहालले जनाए ।
माओवादी बाबुराम भट्टराईद्वारा सरकारले जबरजस्ती पूर्ण बजेट ल्याए त्यो अमान्य हुने चेतावनी(२०६७ कार्त्तिक १०, बुधवार)
माओवादी उपाध्याक्ष बाबुराम भट्टराईले सरकारले जबरजस्ती पूर्ण बजेट ल्याए त्यो माओवादीलाई अमान्य हुने बताएका छन्  । कामचलाऊ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने भन्दै भट्टराईले यदि सरकारले जबरजस्ती गरेमा त्यस विरुद्ध उत्रिने चेतावनी दिए ।   व्यक्तिगत भ्रमणमा मुस्ताङ पुगेर फर्किएका भट्टराईले बुधबार बिहान पोखरा विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै काम चलाऊ सरकारलाई पुर्ण बजेट ल्याउने अधिकार नभएको दाबी गरे । उनले सहमतिको सरकार बनाएर पूर्ण बजेट ल्याउने नभए संविधानको धारा ९६ संसोधन गरी नियमीत खर्च चलाउने हिसबले बजेट ल्याउने विकल्प अघि सारे ।
राष्ट्रपति रामवरण यादवद्बारा नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता(२०६७ कार्त्तिक १०, बुधवार)
अर्घाखाँचीका रेडियोहरु तलका लिन्कमा गएर सुन्न सकिने छ। साथै आफ्नो सन्देश, सुझाव अन्य केही भए + 977 77 420 700 रेडियो अर्घाखाँची +977 77-420281, 420381 रेडियो देउरालीमा फोन संपर्क गर्न सकिने छ।रेडियो अर्घाखाँची एफ एम लाईभ सुन्नुहोस्रेडियो देउराली एफ एम लाईभ सुन्नुहोस्
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ)
नयाँकार्य समिती चयन गर्दै अन्तर्राष्ट्रिय नेपाली एकता समाजको भेला काठमाण्डौमा सम्पन्न (२०६७ कार्त्तिक १०, बुधवार)

विभिन्न पेशा तथा रोजगारका लागि विश्वका विभिन्न मुलुकहरूमा गएका नेपालीहरूको संगठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजको तेस्रो अन्तर्राष्ट्रिय भेला नयाँ कार्यसमितीको गठन गर्दै गत सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद् चित्रबहादुर के.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा सम्बोधन गर्दै के.सी.ले "भारतमा ७ जनाबाट शुरूवात भएको संगठन अखिल भारत नेपाली एकता समाज अहिले खाडी मुलुक,यूरोप,एसिया,अमेरिका लगायतका महादेशका करिव डेढ दर्जन मुलूकहरूमा स्थापना भएकोमा खुशी ब्यत्त गर्दै अन्य देशमा गठन हुन लागेका नेपालीहरूको संगठनलाई पनि भेलाले संगठन विस्तार गर्नमा अझ ठोस योजनाका साथ सहयोग पुराउनु पर्ने आवश्यक्ता औलाएका थिए ।संघीयता बिरुद्द राष्ट्रिय संघर्ष समिती यूएईका अधक्ष्य कृष्ण ढकाल तथा महासचिव उमाकान्त पाण्डे गाउले द्वारा सम्युत रुपमा हस्ताक्षर गरी जारी गरिएको प्रेस बिज्ञप्तिमा जनाइए अनुसार नेपाललाई बाइसे चौबिसे राज्यको युगमा फर्काउन खोजेर देशको राष्ट्रियता माथिनै आच आउनेखालले संघियतामा मुलुकलाई लैजाने निर्णयको खारेजी गर्न र गराउन लगाउन विश्व भर फैलिएको अन्तराष्ट्रिय नेपाली एकता समाजको नयाँकार्यसमिती ले महत्वपूर्ण योगदान दिन सकोस शुभकमना ब्यत्त गर्न चाहन्छौ भनिएको छ ।

सद्धाम हुसैनका प्रमुख सहायक तथा तत्कालिन विदेशमन्त्री तारिक अजिजलाई मृत्यु दण्ड दिने इराकी उच्च अदालतको फैसला(२०६७ कार्त्तिक १०, बुधवार)
इराकको उच्च अदालतले पूर्व इराकी शासक सद्धाम हुसैनका प्रमुख सहायक तथा तत्कालिन विदेशमन्त्री तारिक अजिजलाई मृत्यु दण्डको सजाय सुनाएको छ।
इरानले आफ्नो पहिलो आणविक पावर प्लान्टमा इन्धन भर्न शुरु गरेको इरानी सञ्चार माध्यमद्वारा जानकारी (२०६७ कार्त्तिक १०, बुधवार)
इरानले आफ्नो पहिलो आणविक पावर प्लान्टमा इन्धन भर्न शुरु गरेको जानकारी त्यहाँका राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
बिबिध समस्याका कारण आपतमा परेपछी १० नेपाली महिला यूएई दुतावासको शरणमा(२०६७ कार्त्तिक ९, मंगलवार)
Photo8
काम गरेको पैसा नदिएको र बिरामी हुँदा उपचार समेत नगरेकोले आफु कार्यरत घर मालिकको घर बाट भागेर नेपाली राजदुतावास यूएई आबुधाबीको शरणमा गत भाद्र १७ गते काफलगाडा ६ गोरखाकी बिष्णुमाया लामा पुगेकी हुन ।
मुन्नाभाई सञ्जय दत्तले योग गुरु रामदेवको भूमिका निर्वाह गर्ने(२०६७ कार्त्तिक ९, मंगलवार)

मुन्नाभाई सञ्जय दत्तले योग गुरु रामदेवको भूमिका निर्वाह गर्ने भएका छन्। निर्देशक मणि शंकरले आफ्नो आगामी फिल्ममा सञ्जयलाई यो भूमिका दिन लागेका हुन्।
इरानबाट नगद प्राप्त गरेको भन्ने न्यूयोर्क टाइम्सको दाबी अफगानी राष्ट्रपतिद्वारा स्वीकार, नियमित सहयोग मात्र भएको प्रतिक्रिया(२०६७ कार्त्तिक ९, मंगलवार)
अफगानिस्तानका राष्ट्रपति हमिद काजाईले उनको कार्यालयले इरानबाट नगद प्राप्त गरेको भन्ने अमेरिकी सञ्चार माध्यमको दावीलाई स्वीकार गरेका छन्। यद्यपी यो पारदर्शी प्रक्रिया भएको कार्जाइको दावी छ।
नेपालमा भ्रष्टाचारको स्थिति झन खराबतिर लागेको तथ्य सार्वजनिक, नेपाल १ सय ४६ औँ स्थानमा(२०६७ कार्त्तिक ९, मंगलवार)
ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचारको स्थिति झन खराबतिर लागेको तथ्य सार्वजनिक गरेको छ। १ सय ७८ देशमध्ये भ्रष्टाचारको तहमा नेपाल १ सय ४६ औँ स्थानमा रहेको ट्रान्सपरेन्सीले जनाएको छ। भ्रष्ट्राचार घटाउने कूल दस अङ्कमा नेपालले २.२ मात्र प्राप्त गरेको छ। अघिल्लो वर्ष कुल १८० देशमध्ये नेपाल १४३ औँ स्थानमा रहेको थियो। ट्रान्सपरेन्सीले प्रदान गरेको सूचकाङ्कको दस अङ्कले न्यून भ्रष्टाचार रहेको र ० अङ्कले बढी भ्रष्टाचार रहेको जनाउँछ।
अनमिनद्बारा विदामा बसेका लडाकु कमाण्डरहरु चीन भ्रमणमा गएको सम्बन्धमा आफुलाई थाहा नभएको जानकारी सरकारलाई दियो(२०६७ कार्त्तिक ९, मंगलवार)
राष्ट्रसंघीय मिसन (अनमिन) ले विदामा बसेका लडाकु कमाण्डरहरु चीन भ्रमणमा गएको सम्बन्धमा आफुलाई जानकारी नभएको जवाफ मंगलबार सरकारलाई दिएको छ । सोमबार सरकारले माओवादी लडाकु कमाण्डरहरु चीन भ्रमणका गएको सम्बन्धमा लडाकुको हतियार तथा सेना अनुगमन गर्दै आएको अनमिनसंग जवाफ मागेको थियो । 'सेना तथा हतियार सम्बन्धी सम्झौतामा लडाकुहरु विदामा बस्न सक्ने व्यवस्था छ, त्यसै अनुरुप उनीहरु विदामा बसेका हुन् । तर, चीन भ्रमणमा गएको भन्ने सम्बन्धमा जानकारी नभएको जवाफ सरकारलाई पठायौं' अनमिनका प्रबक्ता कसमस विश्वकर्माले मंगलबार भने ।
कांग्रेस सभापति सुशील कोइरालाले १२ औं महाधिवेशनमा सभापति पराजित शेरबहादुर देउवालाई केन्द्रीय सदस्यमा मनोनयन(२०६७ कार्त्तिक ९, मंगलवार)
कांग्रेस सभापति सुशील कोइरालाले १२ औं महाधिवेशनमा सभापति पराजित शेरबहादुर देउवालाई केन्द्रीय सदस्यमा मंगलबार मनोनयन प्रस्ताव गरेका छन् । मनोनयन पत्रको प्रस्ताव मंगलबार नै कांग्रेसका मुख्य सचिव रामचन्द्र पोखरेलले देउवालाई हस्तान्तरण गरेका छन् । देउवाको मनोनयन भने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने छ । असोज पहिलो साता भएको निर्वाचनमा सभापतिमा कोइरालाले देउवालाई हराएका थिए । कांग्रेस विधानअनुसार सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति र महामन्त्रीसहित १६ जना केन्द्रीय सदस्य मनोनयनको केन्द्रीय समितिमा प्रस्ताव गर्न पाउँछन् ।
यसपालिको विश्वकपमा सही भविष्यवाणी गरेर विश्वभर ख्याति कमाएको पल नामको अक्टोपसको निधन(२०६७ कार्त्तिक ९, मंगलवार)
यसपालिको विश्वकपमा सही भविष्यवाणी गरेर विश्वभर ख्याति कमाएको पल नामको अक्टोपसको निधन भएको ऊ बस्दै आएको एक्वेरियमले मंगलबार जनाएको छ। एक्वेरियमले एक शोक वक्तव्य जारी गर्दै गएराति पलको मृत्यु भएको बताएको हो। पलले सुरुमा जर्मनीले खेल्ने सबै खेलको मात्र सही भविष्यवाणी गरेको थियो। तर फाइनल खेलको समेत स्पेनले जित्ने भविष्यवाणी उसले सही गरेको थियो।
 
प्रधानमन्त्री चुनावमा कांग्रेस रामचन्द्र पौडेलको पराजितपछि १४ औं चरणको अर्को निर्वाचन कार्तिक १२ गते हुने(२०६७ कार्त्तिक ९, मंगलवार)
अर्घाखाँचीका रेडियोहरु तलका लिन्कमा गएर सुन्न सकिने छ। साथै आफ्नो सन्देश, सुझाव अन्य केही भए + 977 77 420 700 रेडियो अर्घाखाँची +977 77-420281, 420381 रेडियो देउरालीमा फोन संपर्क गर्न सकिने छ।रेडियो अर्घाखाँची एफ एम लाईभ सुन्नुहोस्रेडियो देउराली एफ एम लाईभ सुन्नुहोस्
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ)
एकीकृत माओवादी सभासद् वर्षामान पुन र जनार्दन शर्माले गत साता चीन भ्रमणमा रातो पासपोर्ट लगे(२०६७ कार्त्तिक ९, मंगलवार)
एकीकृत माओवादी सभासद् वर्षामान पुन र जनार्दन शर्माले गत साता चीन भ्रमणमा कूटनीतिक राहदानी (रातो पासपोर्ट) लगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।नितान्त निजी भ्रमण बताउँदै आएका सभासद्ले कूटनीतिक मर्यादाविपरीत राहदानी प्रयोग गरेको मन्त्रालय स्रोतले बतायो।
कतार, संयुक्त अरब इमिरेट्स, कुवेत र साउदी अरब जान अब सम्बन्धित नेपाली दूतावासको पूर्वस्वीकृति लिनुपर्ने(२०६७ कार्त्तिक ९, मंगलवार)
कतार, संयुक्त अरब इमिरेट्स, कुवेत र साउदी अरब जान अब सम्बन्धित नेपाली दूतावासको पूर्वस्वीकृति लिनुपर्ने भएको छ। वैदेशिक रोजगारमा लुकिछिपी खाडी मुलुक पुगेका महिला कामदारले दुःख पाएको र यौन शोषण भोगेको गुनासो आएपछि त्यसलाई निरुत्साहित गर्न सरकारले यस्तो कदम चालेको हो। प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार एक उच्चस्तरीय बैठकमा सात दिनभित्र यससम्बन्धी निर्देशिका ल्याउन अध्यागमन विभागलाई निर्देशन दिएको उच्च स्रोतले जानकारी दियो।
महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ४८(२०६७ कार्त्तिक ९, मंगलवार)
महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ ।गत भदौ मसान्तसम्ममा ४५ मात्र सङ्क्रमित रहेकामा असोज महिनाभरिको परीक्षणबाट तीनजना थपिएपछि जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ४८ पुगेको नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले जनाएको छ । पछिल्लोपटक परियोजनाले सञ्चालन गरेको स्वेच्छिक परामर्श एवम् रक्त परीक्षण केन्द्र -भिसिटी सेन्टर) मा एकजना डेढ वर्षको बालकसहित तीनजनाको रक्त परीक्षणमा सङ्क्रमण फेला परेपछि सङ्क्रमितको सङ्ख्या ४८ पुगेको परियोजना प्रबन्धक धीरज पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रपति डा. रामवरण यादव जनवादी गणतन्त्र चीनको साताव्यापी मैत्रीपूर्ण सद्भावना भ्रमणलागि प्रस्थान (२०६७ कार्त्तिक ९, मंगलवार)
राष्ट्रपति डा. रामवरण यादव जनवादी गणतन्त्र चीनको साताव्यापी मैत्रीपूर्ण सद्भावना भ्रमणका क्रममा आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ । यही कात्तिक १४ गते आइतबार चीनको साङ्घाईमा आयोजित साङ्घाई एक्स्पो-२०१० समापन समारोहमा सरिक हुने सिलसिलामा राष्ट्रपति डा यादव चीन प्रस्थान गर्नुभएको हो । राष्ट्रपति डा. यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री माधवकुमार नेपालले विदाइ गर्नुभयो ।
पर्तिक्षाको घडी कती लामो हुन्छ (२०६७ कार्त्तिक ९, मंगलवार)
"पर्तिक्षाको घडी कती लामो हुन्छ 
तिमी आफै पर्तिक्षा गरी हेर
पुर्णिमाको रात पनी औसी झैँ लाग्छ
तिमी कतै भुली नआउदा पर्खेर"
भारतीय राजदूत राकेश सूदमाथि जुत्ता प्रहार गरिएकोबारे अध्ययन गर्न निर्देशन(२०६७ कार्त्तिक ८, सोमवार)
भारतीय राजदूत राकेश सूदमाथि जुत्ता प्रहार गरिएकोबारे अध्ययन गर्न गृह मन्त्रालयले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । 'घटनाको सम्वन्धमा यथार्थ छानबिन गरी गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्न र घटनामा संलग्न व्यक्तिहरुको बारेमा सुक्ष्म अध्ययन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको छ,' गृहको विज्ञप्तीमा उल्लेख छ ।
मेरो वफादार मोटरसाईकल र नेपाली नेताहरू(२०६७ कार्त्तिक ८, सोमवार)
आजभन्दा केही दशक अघिसम्म म पनि लक्का जवान थिएा । मेरो पनि नसा-नसा र अङ्ग-प्रत्यङ्गमा जवानीको खून त्यसरी नै दौडिएको हुन्थ्यो, जसरी कि आजका युवाहरुमा दौडिने गरेको छ । उन्मत्त जवानीको जोसमा उटपटाङ्ग हर्कत त यति गरिन्थ्यो कि जहिल्यै पनि बडाको खप्की खानुपर्दथ्यो र घरदेखि बेघर हुनुपर्दथ्यो । बिल्कूल त्यसरी नै, जसरी कि आजका नेपाली नेताहरु ।
आसियान तथा चीन जापान दक्षिण कोरियाद्बारा कृषि, वन र अन्न सुरक्षा क्षेत्रको सहयोगलाई सबल पार्ने कुरा व्यक्त(२०६७ कार्त्तिक ८, सोमवार)
एक दिने दशौँ आसियान तथा चीन जापान दक्षिण कोरियाका कृषि र वन उद्योग मन्त्री स्तरीय सम्मेलन हिजो 24 तारिखका दिन कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना भयो। उक्त सम्मेलनमा सहभागी भएका मुलुकहरुले सँयुक्त रुपमा कृषि, वन र अन्न सुरक्षा क्षेत्रको सहयोगलाई सबल पार्ने विचार व्यक्त गरेका छन्।
पाकिस्तानको पञ्जाव प्रान्तस्थित सुफी दरगाहमा भएको बम विस्फोटमा छ जनाको मृत्यु(२०६७ कार्त्तिक ८, सोमवार)
पाकिस्तानको पञ्जाव प्रान्तमा रहेको एक सुफी दरगाहमा भएको बम विष्फोटनमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ। आज भएको सो आक्रमण पाक पट्टन सहरमा रहेको लोकप्रिय बाबा फरिदको दरगाहमा विहानको नमाज पढिँदै गर्दा भएको प्रहरीले जनाएको छ।
रोजर फेडरर स्टोकहोल्म ओपन टेनिसको उपाधि जित्न सफल(२०६७ कार्त्तिक ८, सोमवार)
रोजर फेडरर स्टोकहोल्म ओपन टेनिसको उपाधि जित्न सफल भएका छन्। जर्मनीका फलोरियन मायरलाई हराउँदै उपाधि जितेपछि सोह्र ग्रा48डस्लाम विजेता फेडरर पिट सम्प्रासले जत्तिकै करियरको चौंसट्ठीऔं टाइटल जित्न सफल भएका छन्।
सरकारद्बारा अनमिनसँग माओवादी लडाकुका कमाण्डरहरुको हालै भएको चीन भ्रमणबारे जवाफ माग(२०६७ कार्त्तिक ८, सोमवार)
सरकारले नेपालका लागि राष्ट्रसंघीय मिसन (अनमिन) सँग माओवादी लडाकुका कमाण्डरहरुको हालै भएको चीन भ्रमणबारे जवाफ माग गरेको छ । सरकारले शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमार्फत् सोमबार लडाकुको चीन भ्रमणबारे अनमिनसँग जवाफ मागेको हो । 'हामीले लडाकुको भ्रमणबारे जानकारी मागेका छौ । कस्तो जवाफ आउँछ, त्यो हेरेर के गर्ने निर्णय लिइनेछ,' शान्तिमन्त्री रकम चेम्जोङले भने । अनमिनका प्रवक्ता कसमस विश्वकर्माले सोमबार मात्रै सरकारी पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसको जवाफ दिइने जानकारी दिए । सरकारले खासगरी माओवादी लडाकुका तीन वटा मुख्य शिविरका कमाण्डरको चीन भ्रमणबारे अनमिनलाई जानकारी भए नभएको विषयमा केन्दि्रत रही पत्र पठाएको स्रोतले बतायो ।
पदीय मर्यादा बाहिर गई सार्वजनिक अभिव्यक्ति दिने एक न्यायाधीशलाई न्याय परिषदले काममा रोक लगाउने निर्णय (२०६७ कार्त्तिक ८, सोमवार)
पदीय मर्यादा बाहिर गई सार्वजनिक अभिव्यक्ति दिने एक न्यायाधीशलाई न्याय परिषदले काममा रोक लगाउने निर्णय सोमबार गरेको छ । पुनरावेदन अदालत पोखराका न्यायाधीश ओमप्रसाद सुवेदीलाई विवादास्पद अभिव्यक्ति र आचरणको प्रश्न उठाई काममा रोक लगाइएको हो । उनले दसैं अघि प्रहरी दिवसका दिन क्षेत्रीय प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा समयमा संविधान नबनेको भन्दै सभासदको आलोचना गरेका थिए । 'काम नगर्ने सभासदलाई किन माननीय भन्ने' भनी दिएको अभिव्यक्ति पदीय मर्यादा विपरीत भएको निष्कर्ष परिषदले निकालेको हो । 'शान्ति र संविधानका लागि नेताले केही गर्न सक्दैनन् भने उनीहरुलाई माननीय भनेर सम्मान गर्नु आवश्यक छैन', प्रमुख अतिथिका रुपमा बोल्दै उनले भनेका थिए ।
हज तीर्थयात्रीका लागि बढी रकम असुल गरिएको भन्दै हजयात्री र आफन्तहरुले रकम फिर्ता नभएसम्म साउदी नजाने(२०६७ कार्त्तिक ८, सोमवार)
हज तीर्थयात्रीका लागि बढी रकम असुल गरिएको भन्दै हजयात्री र आफन्तहरुले रकम फिर्ता नभएसम्म साउदी नजाने बताएका छन् । हज कार्यकालागि साउदी आउजाउ गर्न र खानपिन र बाससहित प्रति हज यात्री एक लाख ५१ हजार एक सय ५० रुपैयाँ खर्च लाग्ने भएपनि हज समितिले एक लाख ७० हजार असुल गरेको थियो । हज यात्रीले एक लाख ५१ हृजार एक सय ५० बाहेकको रकम फिर्ता नगरेसम्म आफूहरु साउदी नउड्ने बताएका छन् । यात्री र आफन्तहरुले अहिले हज समितिका कार्यवाहक अध्यक्ष हलिम शाह र समितिका सदस्यलाई घण्टाघरस्थित कश्मिरी तकिया मस्जिदमा नियन्त्रणमा लिएका छन् ।
कात्तिक मध्यसम्ममा संसदमा बजेट प्रस्तुत गर्नेबारे परामर्श सुरु(२०६७ कार्त्तिक ८, सोमवार)
अर्घाखाँचीका रेडियोहरु तलका लिन्कमा गएर सुन्न सकिने छ। साथै आफ्नो सन्देश, सुझाव अन्य केही भए + 977 77 420 700 रेडियो अर्घाखाँची +977 77-420281, 420381 रेडियो देउरालीमा फोन संपर्क गर्न सकिने छ।रेडियो अर्घाखाँची एफ एम लाईभ सुन्नुहोस्रेडियो देउराली एफ एम लाईभ सुन्नुहोस्
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ)
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार यो वर्ष भाइटीका दुई दिन(२०६७ कार्त्तिक ८, सोमवार)
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार यो वर्षनेपाली पञ्चाङ्ग अनुसार कात्तिक १७ गते द्वादशीबाट यमपञ्चक आरम्भ हुनेछ र सो दिन यमराजलाई दीपदान गर्ने परम्परा छ । पञ्चाङ्गअनुसार १८ गते बिहीबार काग तिहार मनाइने छ र सोही दिन धन्वन्तरी जयन्ती परेकाले जयवागेश्वरी पीठमा धन्वन्तरी महोत्सवको आयोजना गरी मनाइने भएको छ ।
सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा बढी पाइला टेकेका आरोही छेवाङ नीमा शेर्पा हिम पहिरोमा परी बेपत्ता(२०६७ कार्त्तिक ८, सोमवार)
आप्पा शेर्पापछि सर्वोच्च शिखर सगरमाथामाथि सबैभन्दा बढी पाइला टेकेका आरोही छेवाङ नीमा शेर्पा शनिबारको हिम पहिरोमा परी बेपत्ता भएका छन् । बाटो पहिल्याउने क्रममा उनी ७ हजार १ सय ३० मिटर अग्लो बरुणत्से हिमालमा हराएका हुन् । 'टोलीमा रहेका अर्का साथीका लागि बाटो बनाइदिन डोरी ओछ्याउँदै थिए,' शेर्पा सांगि्रला ट्रेकका जीवन घिमिरेले भने, 'टोलीमा उनी सबैभन्दा दक्ष भएकाले सहयोगका लागि अगाडि जाँदा दुर्घटनामा परे ।'
http://go.oclaserver.com/afu.php?zoneid=1465736