arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
माओवादी दाहालद्वारा माओवादीको नेतृत्वमा बन्ने राष्ट्रिय सरकार मात्र सबभन्दा लोकतान्त्रिक र स्वभाविक हुने उल्लेख(२०६७ कार्त्तिक ८, सोमवार)
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादीको नेतृत्वमा बन्ने राष्ट्रिय सरकार मात्र सबभन्दा लोकतान्त्रिक र स्वभाविक हुने बताएका छन्। चीन भ्रमणमा रहेका दाहालले शान्ति प्रक्रियाको प्रमुख हिस्सा हुनुको नाताले शान्ति प्रक्रिय टुङ्ग्याउन माओवादीलाई जति सजिलो हुन्छ अरुलाई नहुने समेत बताए।
नेपाल बंगलादेश बैंक र नेपाल श्रीलंका मर्चेन्ट बैंक कानुनी प्रक्रिया पूरा नगरी गाभिएको भन्दै राष्ट्र बैंकले दुवै कम्पनीलाई स्पष्टीकरण मागे(२०६७ कार्त्तिक ८, सोमवार)
नेपाल बंगलादेश बैंक (एनबी) र नेपाल श्रीलंका मर्चेन्ट बैंक कानुनी प्रक्रिया पूरा नगरी गाभिएको भन्दै राष्ट्र बैंकले दुवै कम्पनीलाई स्पष्टीकरण मागेको छ। केन्द्रीय बैंकले 'कुन कानुनी व्यवस्था अन्तर्गत मर्जर भएको' भन्दै दुबै बैंकलाई स्पष्टीकरण सोधेको हो। सात दिनको म्याद दिँदै स्पष्टीकण सोधेको हो।
कैलालीमा नेपाली काग्रेसका मसुरिया गाविस सभापतिलाई माओवादीका स्थानिय कार्यकर्ताले कुटपिट(२०६७ कार्त्तिक ८, सोमवार)
कैलालीमा नेपाली काग्रेसका मसुरिया गाविस सभापतिलाई एकिकृत माओवादीका स्थानिय कार्यकर्ताले कुटपिट गरेका छन।
सुगौली सन्धीमा गुमेको राप्ती पश्चिमको तराई भू-भाग बेलायती साम्राज्यबाट फिर्ता भएको १५० औं बर्षगाँठ मनाइने(२०६७ कार्त्तिक ८, सोमवार)
अहिले अर्घाखाँचीको सन्धिखर्कबाट प्रत्क्षय भिडियो लाईभ भएको छ, कृपया ( भिडियो हेर्नुहोस् ) मा गएर हेर्नुस् ।
अर्घाखाँचीका रेडियोहरु तलका लिन्कमा गएर सुन्न सकिने छ। साथै आफ्नो सन्देश, सुझाव अन्य केही भए + 977 77 420 700 रेडियो अर्घाखाँची +977 77-420281, 420381 रेडियो देउरालीमा फोन संपर्क गर्न सकिने छ।रेडियो अर्घाखाँची एफ एम लाईभ सुन्नुहोस्रेडियो देउराली एफ एम लाईभ सुन्नुहोस्
मेक्सिकोको एउटा पार्टी भइरहेको ठाउँमा अन्धाधुन्द गोली चल्दा तेह्र जनाको मृत्यु, मृत्यु हुनेमा अधिकांश वीस वर्ष मुनिका (२०६७ कार्त्तिक ८, सोमवार)
मेक्सिकोको सियुदाद जुआरेज सहरमा आयोजित पार्टीमा बन्दुकधारीहरुले अन्धाधुन्द  गोली चलाउँदा तेह्र जनाको मृत्यु भएको छ भने पन्ध्र जना घाइते भएका छन्।
केन्याको राजधानी नैरोवीमा फुटबल हेर्न गएका दर्शकहरुबीच भागदौड मच्चिँदा सात जनाको मृत्यु (२०६७ कार्त्तिक ८, सोमवार)
केन्याको राजधानी नैरोवीमा फुटबल हेर्न गएका दर्शकहरुको  भागदौडका कारण सात जनाको मृत्यु भएको छ।
एच वान एन वान भायरस परिवर्तन भएको छ भनेर डब्लु एच ओको भनाइ(२०६७ कार्त्तिक ८, सोमवार)
विश्व स्वास्थ्य संगठनले हाल प्रकाशित गरेको प्रतिवेदनका अनुसार, गत वर्षको अप्रील महिनादेखि विश्वव्यापी फैलिएको एच वान एन वान भायरस परिवर्तन हुन थालेको छ।
अर्घाखाँचीका रेडियोहरु तलका लिन्कमा गएर सुन्न सकिने छ। साथै आफ्नो सन्देश, सुझाव अन्य केही भए + 977 77 420 700 रेडियो अर्घाखाँची +977 77-420281, 420381 रेडियो देउरालीमा फोन संपर्क गर्न सकिने छ।रेडियो अर्घाखाँची एफ एम लाईभ सुन्नुहोस्रेडियो देउराली एफ एम लाईभ सुन्नुहोस्सन्धिखर्कबाट विषेश रेडियो लाईभ !
सन्धिखर्क सास्कृतिक कार्यक्रमको प्रत्यक्ष भिडियो लाइभ(२०६७ कार्त्तिक ८, सोमवार)
 एतिहासिक सास्कृतिक कार्यक्रम विषेश"सन्धिखर्कबाट"प्रत्क्षय भिडियो लाईभ प्रसारण
कृपया यहाँबाट प्रत्क्षय प्रसारण "भिडियो" लाईभ हेर्न समस्या परे ( भिडियो हेर्नुहोस् ) मा जानुहोला ! साथै आफ्नो सन्देश-सुझाव दिन  00977 9847156468 / 9847107161 / 9847110773 मा फोन एवम SMS गर्नुहुन अनुरोध गरिन्छ ।
भारतको केन्द्र सरकारले बिहार प्रहरी र सशस्त्र सीमा बललाई नेपालको सीमामा निगरानी राख्न निर्देशन(२०६७ कार्त्तिक ८, सोमवार)
भारतको केन्द्र सरकारले बिहार प्रहरी र सशस्त्र सीमा बललाई नेपालको सीमामा निगरानी राख्न निर्देशन दिएको छ।
माओवादी उपाध्यक्ष मोहन वैद्यद्वारा आफ्नो पार्टीले प्रधानमन्त्री पाउने सम्भावना न्यून बन्दै गएको उल्लेख(२०६७ कार्त्तिक ८, सोमवार)
एकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्यले आफ्नो पार्टीले प्रधानमन्त्री पाउने सम्भावना न्यून बन्दै गएको बताउनुभएको छ ।
प्रत्यक्ष भिडियो लाइभ सम्बन्धी सुचना (२०६७ कार्त्तिक ८, सोमवार)

नयाँ संविधान लेखनका क्रममा दलहरुबीचका विवादित विषयको टुंगो लगाउन गठित उच्चस्तरीय कार्यदलको समयावधि ११ दिन थप(२०६७ कार्त्तिक ७, आइतवार)
नयाँ संविधान लेखनका क्रममा दलहरुबीचका विवादित विषयको टुंगो लगाउन गठित उच्चस्तरीय कार्यदलको समयावधि ११ दिन थप भएको छ । उच्चस्तरीय कार्यदलको समयावधि आइतबार नै सकिँदै थियो । आइतबार बसेको २७ दलको बैठकमा कार्यदलले समय माग गरेकाले ११ दिन समय थप गरिएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अहिलेसम्म कार्यदलले गरेका प्रगतिबारे छलफल र समीक्षा भएको तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेष त्रिपाठीले जानकारी दिए । सभामुख सुवासचन्द्र नेम्वाङको पहलमा असोज अन्तिम साता नयाँ संविधान लेखनका क्रममा दलहरुबीचका विवादित विषयको टुंगो लगाउन उच्चस्तरीय कार्यदल गठन गरिएको थियो । कार्यदल संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने चीन भ्रमणमा छन् ।
खाडि राष्ट्रमा काम गर्ने वास्तविक शोषित पिडित लाई सरकारले क्षतिपुर्ति दिनु पर्छ(२०६७ कार्त्तिक ७, आइतवार)
खाडीमा घरेलु कामदारको रुपमा  महिला कामदार जान प्रतिबन्ध छ । त्यहाँ घरेलु कामदारको रुपमा काम गर्ने कामदार स्थानीय श्रम कानुनमा पर्दैन । दूतावाससँग पनि उनीहरूको खास अभिलेख छैन । बिचल्ली परेर उद्धारको अपिल गर्दै दूतावासको ढोकामा आइपुगेपछि मात्रै अवस्था सार्वजनिक हुन्छ । भ्रमण भिसा र भारतीय चोर बाटो प्रयोग गरेर खाडीका:साउदी अरेयिबा,कुवेत,ओमान,लेबनान,मलेसिया,सम्युत्त अरब एमिरेट्स-यूएई-दुबई,र कतारमा महिला कामदारहरू बढिरहेका छन् । यीमध्ये साउदीमा ६३ हजार, कुवेतमा २५ हजार र लेबनानमा १० हजार हाउसमेड रहेको दूतावासहरुको अनुमानित तथ्यांक छ । सरकारको गैरजिम्मेवारपुर्ण ब्यबहारले गर्दा यी महिलाहरुले कालकोठरीको जिवन बिताउन बाध्य भएका छन ।त्यसैका बाबजुद दैनिकरुपमा एक न एक नयाँ घटनाहरु खाडिका प्रमुख समाचार हेडलाईन बनेर आएका भेटिन्छन।
महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा २० वर्षिया युवतीको मृत्यु भएपछि उनीसँगै अस्पताल आएका युवक फरार(२०६७ कार्त्तिक ७, आइतवार)

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा युवतीको मृत्यु भएपछि उनीसँगै अस्पताल आएका युवक फरार भएका छन् । शुक्रबार बिहान अस्पतालमा पुर्‍याईएकी २० वर्षिया युवतीको उपचारका क्रममा मृत्यु भएपछि उनलाई अस्पताल ल्याउने युवक फरार भएका हुन् । विषाक्त सेवन गरेकी ती युवतीको अस्पताल ल्याएको तीन घण्टामै मृत्यु भएपछि घरमा आफन्तलाई बोलाउन गएका युवक फर्केर नआउँदा युवतीको शव अस्पतालमै अलपत्र परेको छ ।

माओवादीले लडाकु र हतियार राख्‍ने चाहना नत्यागेका कारण मुलुकले नयाँ सरकार पाउन नसकेको सरकारका प्रवक्ताको भनाइ(२०६७ कार्त्तिक ७, आइतवार)
सरकारका प्रवक्ता तथा सूचना र सञ्चार मन्त्री शङ्कर पोखरेलले एकीकृत माओवादीले लडाकु र हतियार राख्‍ने चाहना नत्यागेका कारण मुलुकले नयाँ सरकार पाउन नसकेको बताएका छन्। शान्ति प्रक्रियाको अर्को चरण प्रवेश गर्न माओवादीलाई गाह्रो भएका कारण राजनीतिक गतिरोध हटन नसकेको उनको भनाइ थियो। माओवादीले राष्ट्रिय सहमतीय सरकारको कुरा गरे पनि व्यहवारमा लडाकु र हतियार त्याग्न नसक्दा राजनीतिक गाँठो फुक्न नसकेको उनले बताए। 'दलबीच को प्रधान मन्त्री हुने विवाद छैन, शनिबार प्रेस चौतारीले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले भने- यतिखेरको पहिलो विवाद शान्ति प्रक्रिया एक चरणबाट अर्को चरणमा कसरी जाने भन्ने हो।
१३ वर्षीय किशोरले विष सेवन गरी आत्महत्या (२०६७ कार्त्तिक ७, आइतवार)
बारा जिल्ला डुमरबाना गाविस-४ बस्ने रामचौधरीका १३ वर्षीय छोरा अर्जुन चौधरीले गएराति विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । बाबुले मृतक छोरालाई नराम्रो काम नगर्न गाली गरेकोमा राति माछा मार्ने विषसेवन गरेको थाहा भएपछि वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरी उपचार गर्ने क्रममा उनको मृत्यु भएको थियो ।
जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको नेपाल रेलले किचेर २२ वर्षीय एक युवकको मृत्यु(२०६७ कार्त्तिक ७, आइतवार)
जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको नेपाल रेलले किचेर शनिवार दिउँसो एक युवकको मृत्यु भएको छ। चलिरहेको रेलमा चढ्न खोज्दा बीचैमा खसेपछि जनकपुर-१६ कपिलेश्वरका २२ वर्षीय रमेश साहको मृत्यु भएको हो।
 रेलको पछिल्लो बोगीमा चढ्न खोजेका साह बीचैमा खसेपछि पछाडिका मालबाहक बोगीले किचेको थियो। लिकमा उनको घाँटी काटिएको रेल्वे कार्यालयले जनाएको छ। खजुरी स्टेशन नजिक दिउसो १२ बजे भएको घटना भएको थियो।
अमेरिकी ट्रयाकमा नेपाली रेसर(२०६७ कार्त्तिक ७, आइतवार)
केही वर्षअघि भिडियो गेम 'मोटो जीपी २००२' खुबै खेल्थे । हातमा कन्ट्रोलर राखेर भिडियो गेम खेल्ने क्रममा उनलाई बाइक रेसिङले मोहित पार्न थाल्यो ।
माओवादी पुष्पकमल दाहाल र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूबीच साङ्घाइमा भेटवार्ता(२०६७ कार्त्तिक ७, आइतवार)
चीन भ्रमणमा रहनुभएका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूबीच आज भेटवार्ता भएको छ ।अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागसम्बन्धी उपमन्त्री आई पिङबीच भेटवार्ता भएको एमाओवादी स्रोतले जनाएको छ । स्रोतका अनुसार साङ्घाइमा भएको सो वार्तामा दुवै पार्टीको सम्बन्ध विस्तार गर्ने र दुई देशको हितमा एकअर्काे देशको सहयोग बढाउने बारे उहाँहरूबीच छलफल भएको थियो । भेटमा एमाओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र कम्युनिस्ट पार्टी साङ्घाई महानगरपालिकाका स्थायी समिति सदस्य याङ च्याओ तुई पनि सहभागी हुनुहुन्थ्यो ।
रुपन्देहीको बुटवल आसपासका क्षेत्रका थप तीन जनामा डेँगुका जीवाणु देखा, बिरामीको संख्या त्रीचालिस(२०६७ कार्त्तिक ७, आइतवार)
रुपन्देहीको बुटवल आसपासका क्षेत्रका थप तीन जनामा डेँगुका जीवाणु देखा परेको छ। यो सँगै त्यस क्षेत्रमा डेंगुका बिरामीको संख्या त्रीचालिस पुगेको छ।  केहीदिन देखि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल, आम्दा अस्पताल तथा सिटी अस्पताल लगाएतका स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामी मध्ये त्रिचालीस जनामा यो रोगको जीवाणु भेटिएको हो। डेँगुको जीवाणु भेटिएका विरामीलाई थप उपचारका लागि काठमाडौं र चितवन पठाइएको जिल्ला जनस्वस्थ्य कार्यालय रुपन्देहीका प्रमुख महेश्वरमान श्रेष्ठले जानकारी दिनुभयो।
विधानसभा निर्वाचन विथोल्न भारतको विहारमा नक्सलवादीले गराएको बारुदी सुरुङ विस्फोटमा पाँच जना प्रहरीको मृत्यु(२०६७ कार्त्तिक ७, आइतवार)
भारतको विहार राज्यमा पर्ने शिवहर जिल्लामा नक्सलवादीले गराएको बारुदी सुरुङ विस्फोटनमा पाँच प्रहरीसहित छ जनाको मृत्यु भएको छ। विस्फोटन प्रहरीको जिपलाई लक्षित गरि गराइएको थियो। विधानसभाको निर्वाचन हुने पुर्व सन्ध्यामा उक्त विस्फोट गराइएको हो।
इराक युद्धसँग सम्वन्धित अमेरिकी सेनाका चार लाख गोप्य दस्तावेज चर्चित वेभसाइट विकी लिक्सद्वारा सार्वजनिक गरेको प्रति अमेरिकी सरकारको भत्सर्ना(२०६७ कार्त्तिक ७, आइतवार)
चर्चित वेवसाइट विकी लीक्सले पूनः एक पटक अमेरिकी सेनासँग जोडिएको गोप्य दस्तावेज सार्वजनिक गरेको छ। यसपटक सो संस्थाले इराक युद्ध सम्वन्धी झण्डै चार लाख गोप्य दस्तावेज सार्वजनिक गरेको हो। शुक्रबार राति सार्वजनिक गरिएका यी दस्तावेजमा इराकी सेनामाथि गम्भिर आरोप लगाइएको छ।
मजदुर हडतालका कारण बन्द रहेका फ्रान्सका बाह्रबटा तेल प्रशोधनशाला मध्ये एउटा प्रमुख प्रशोधनशाला सुचारु(२०६७ कार्त्तिक ७, आइतवार)
मजदुर हडतालका कारण बन्द रहेका फ्रान्सका बाह्रबटा तेल प्रशोधनशाला मध्ये एउटा प्रमुख प्रशोधनशालालाई त्यहाँको प्रहरीले बल प्रयोग गरेर सुचारु गरेको छ।
नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आएपछि पश्चिमी नेपाल फोन अवरुद्ध(२०६७ कार्त्तिक ७, आइतवार)
पश्चिमी रोल्पाको राकस्थित रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आएपछि पश्चिमी रोल्पा लगायत रुकुम, जाजरकोट र सल्यानमा सिडिएमए स्काई फोन अवरुद्ध भएको छ । केही दिन अघिबाट आएको खराबीको मर्मत नगरेका कारण त्यस क्षेत्रका फोन प्रयोगकर्ता मर्कामा परेका हुन् । नेपाल टेलिकम रोल्पाले भने मर्मत कार्यका लागि क्षेत्रीय कार्यालयमा जानकारी पठाएको जनाएको छ ।
तराईमा करीब पाँच प्रतिशत खेत बाँझै रहेपछि अनुमान गरेभन्दा डेढ लाख टनले धान उत्पादन घट्ने (२०६७ कार्त्तिक ७, आइतवार)

अर्घाखाँचीका रेडियोहरु तलका लिन्कमा गएर सुन्न सकिने छ। साथै आफ्नो सन्देश, सुझाव अन्य केही भए + 977 77 420 700 रेडियो अर्घाखाँची +977 77-420281, 420381 रेडियो देउरालीमा फोन संपर्क गर्न सकिने छ।रेडियो अर्घाखाँची एफ एम लाईभ सुन्नुहोस्रेडियो देउराली एफ एम लाईभ सुन्नुहोस्
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ)
माओवादी लडाकुका एक दर्जन कमाण्डरहरुले चीन भ्रमण गरेको सम्बन्धमा अनमिनसंग स्पष्टिकरण सोध्ने(२०६७ कार्त्तिक ७, आइतवार)
अर्घाखाँचीका रेडियोहरु तलका लिन्कमा गएर सुन्न सकिने छ। साथै आफ्नो सन्देश, सुझाव अन्य केही भए + 977 77 420 700 रेडियो अर्घाखाँची +977 77-420281, 420381 रेडियो देउरालीमा फोन संपर्क गर्न सकिने छ।रेडियो अर्घाखाँची एफ एम लाईभ सुन्नुहोस्रेडियो देउराली एफ एम लाईभ सुन्नुहोस्
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ)
दुईवटा मोटरसाइकल ठोक्किँदा कोशी राजमार्ग अन्तर्गत सुनसरी हाँसपोसामा तीनको मृत्यु (२०६७ कार्त्तिक ६, शनिवार)
कोशी राजमार्ग अन्तर्गत सुनसरी हाँसपोसा क्षेत्रको पानीपियामा शुक्रबार राति दुईवटा मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु भएको छ।  राति सवा आठ बजे दुईवटा मोटरसाइकल जुद्धा इटहरी-१ का २० बर्षीय प्रेम चौधरी, ३० बर्षीय शुक्र रम्तेल र सोनापुर-२ का २६ बर्षीय गौरब राईको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका तीनै जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा राति नै मृत्यु भएको हो।
स्याङ्जाको डुडे बजारबाट गल्याङतर्फआउँदै गरेको जिप दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यू(२०६७ कार्त्तिक ६, शनिवार)
स्याङ्जाको पिडीखोला गाविसको डुडे बजारबाट गल्याङतर्फआउँदै गरेको ग१ज २०८० नं.को जिप पिडीखोला गाविस-२ सोता भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यू भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परी पिडीखोला-४ झिरुवासकी ७० वर्षीया कुन्तीसरा सिँजालीको ज्यान गएको हो । दुर्घटनामा पिडीखोलामा कार्यरत प्रहरी जवान ओमप्रकाश निशाद, पेलाकोटका वर्ष ४० का टीकाराम भण्डारी, निवुवाखर्क-७ का ३० वर्षीय जिप चालक श्याम न्यौपाने, पेलाकोट-७ का १९ वर्षीय दिनेश सापकोटाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने क्रम जारी, बेलायतमा ८२ ले शरण पाए(२०६७ कार्त्तिक ६, शनिवार)
गृह मन्त्रालयले नेपालमा बसोबास गरिरहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने क्रम जारी रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता प्रल्हाद पोख्रेलका अनुसार सरकारको उक्त नीतिअनुसार पछिल्लो समयमा बेलायतमा ८२ जना शरणार्थीको बसोबासको व्यवस्था मिलाइएको छ । सरकारले भुटानबाट नेपाल आई शरणार्थी शिविरहरुमा रहेका नागरिकलाई तेस्रो देशमा बसोबास गराउने नीतिअनुरुप संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, नर्वे, न्यूजिल्यान्ड, डेनमार्क र नेदरल्यान्डसमेत सातवटा मुलुकमा बसोबासको व्यवस्था मिलाउँदै आएको छ ।
लागु औषध प्रयोग गर्दा गर्दैको अवस्थामा चार युवाहरुलाई प्रहरीले पक्राउ (२०६७ कार्त्तिक ६, शनिवार)
सदरमुकाम बेंसीशहरमा शुक्रवार विहान लागु औषध प्रयोग गर्दा गर्दैको अवस्थामा चार युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा वेंसीशहर सेराका राजु साही, रमेश केसी, समिर गुरुङ र गाँउशहर३ निवासी सन्तोष कार्की रहेका छन् । उनीहरुलाई शुक्रबार नै पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736