arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
थप समाचार
माओवादीले लडाकु र हतियार राख्‍ने चाहना नत्यागेका कारण मुलुकले नयाँ सरकार पाउन नसकेको सरकारका प्रवक्ताको भनाइ(२०६७ कार्त्तिक ७, आइतवार)
सरकारका प्रवक्ता तथा सूचना र सञ्चार मन्त्री शङ्कर पोखरेलले एकीकृत माओवादीले लडाकु र हतियार राख्‍ने चाहना नत्यागेका कारण मुलुकले नयाँ सरकार पाउन नसकेको बताएका छन्। शान्ति प्रक्रियाको अर्को चरण प्रवेश गर्न माओवादीलाई गाह्रो भएका कारण राजनीतिक गतिरोध हटन नसकेको उनको भनाइ थियो। माओवादीले राष्ट्रिय सहमतीय सरकारको कुरा गरे पनि व्यहवारमा लडाकु र हतियार त्याग्न नसक्दा राजनीतिक गाँठो फुक्न नसकेको उनले बताए। 'दलबीच को प्रधान मन्त्री हुने विवाद छैन, शनिबार प्रेस चौतारीले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले भने- यतिखेरको पहिलो विवाद शान्ति प्रक्रिया एक चरणबाट अर्को चरणमा कसरी जाने भन्ने हो।
१३ वर्षीय किशोरले विष सेवन गरी आत्महत्या (२०६७ कार्त्तिक ७, आइतवार)
बारा जिल्ला डुमरबाना गाविस-४ बस्ने रामचौधरीका १३ वर्षीय छोरा अर्जुन चौधरीले गएराति विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । बाबुले मृतक छोरालाई नराम्रो काम नगर्न गाली गरेकोमा राति माछा मार्ने विषसेवन गरेको थाहा भएपछि वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरी उपचार गर्ने क्रममा उनको मृत्यु भएको थियो ।
जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको नेपाल रेलले किचेर २२ वर्षीय एक युवकको मृत्यु(२०६७ कार्त्तिक ७, आइतवार)
जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको नेपाल रेलले किचेर शनिवार दिउँसो एक युवकको मृत्यु भएको छ। चलिरहेको रेलमा चढ्न खोज्दा बीचैमा खसेपछि जनकपुर-१६ कपिलेश्वरका २२ वर्षीय रमेश साहको मृत्यु भएको हो।
 रेलको पछिल्लो बोगीमा चढ्न खोजेका साह बीचैमा खसेपछि पछाडिका मालबाहक बोगीले किचेको थियो। लिकमा उनको घाँटी काटिएको रेल्वे कार्यालयले जनाएको छ। खजुरी स्टेशन नजिक दिउसो १२ बजे भएको घटना भएको थियो।
अमेरिकी ट्रयाकमा नेपाली रेसर(२०६७ कार्त्तिक ७, आइतवार)
केही वर्षअघि भिडियो गेम 'मोटो जीपी २००२' खुबै खेल्थे । हातमा कन्ट्रोलर राखेर भिडियो गेम खेल्ने क्रममा उनलाई बाइक रेसिङले मोहित पार्न थाल्यो ।
माओवादी पुष्पकमल दाहाल र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूबीच साङ्घाइमा भेटवार्ता(२०६७ कार्त्तिक ७, आइतवार)
चीन भ्रमणमा रहनुभएका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूबीच आज भेटवार्ता भएको छ ।अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागसम्बन्धी उपमन्त्री आई पिङबीच भेटवार्ता भएको एमाओवादी स्रोतले जनाएको छ । स्रोतका अनुसार साङ्घाइमा भएको सो वार्तामा दुवै पार्टीको सम्बन्ध विस्तार गर्ने र दुई देशको हितमा एकअर्काे देशको सहयोग बढाउने बारे उहाँहरूबीच छलफल भएको थियो । भेटमा एमाओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र कम्युनिस्ट पार्टी साङ्घाई महानगरपालिकाका स्थायी समिति सदस्य याङ च्याओ तुई पनि सहभागी हुनुहुन्थ्यो ।
रुपन्देहीको बुटवल आसपासका क्षेत्रका थप तीन जनामा डेँगुका जीवाणु देखा, बिरामीको संख्या त्रीचालिस(२०६७ कार्त्तिक ७, आइतवार)
रुपन्देहीको बुटवल आसपासका क्षेत्रका थप तीन जनामा डेँगुका जीवाणु देखा परेको छ। यो सँगै त्यस क्षेत्रमा डेंगुका बिरामीको संख्या त्रीचालिस पुगेको छ।  केहीदिन देखि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल, आम्दा अस्पताल तथा सिटी अस्पताल लगाएतका स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामी मध्ये त्रिचालीस जनामा यो रोगको जीवाणु भेटिएको हो। डेँगुको जीवाणु भेटिएका विरामीलाई थप उपचारका लागि काठमाडौं र चितवन पठाइएको जिल्ला जनस्वस्थ्य कार्यालय रुपन्देहीका प्रमुख महेश्वरमान श्रेष्ठले जानकारी दिनुभयो।
विधानसभा निर्वाचन विथोल्न भारतको विहारमा नक्सलवादीले गराएको बारुदी सुरुङ विस्फोटमा पाँच जना प्रहरीको मृत्यु(२०६७ कार्त्तिक ७, आइतवार)
भारतको विहार राज्यमा पर्ने शिवहर जिल्लामा नक्सलवादीले गराएको बारुदी सुरुङ विस्फोटनमा पाँच प्रहरीसहित छ जनाको मृत्यु भएको छ। विस्फोटन प्रहरीको जिपलाई लक्षित गरि गराइएको थियो। विधानसभाको निर्वाचन हुने पुर्व सन्ध्यामा उक्त विस्फोट गराइएको हो।
इराक युद्धसँग सम्वन्धित अमेरिकी सेनाका चार लाख गोप्य दस्तावेज चर्चित वेभसाइट विकी लिक्सद्वारा सार्वजनिक गरेको प्रति अमेरिकी सरकारको भत्सर्ना(२०६७ कार्त्तिक ७, आइतवार)
चर्चित वेवसाइट विकी लीक्सले पूनः एक पटक अमेरिकी सेनासँग जोडिएको गोप्य दस्तावेज सार्वजनिक गरेको छ। यसपटक सो संस्थाले इराक युद्ध सम्वन्धी झण्डै चार लाख गोप्य दस्तावेज सार्वजनिक गरेको हो। शुक्रबार राति सार्वजनिक गरिएका यी दस्तावेजमा इराकी सेनामाथि गम्भिर आरोप लगाइएको छ।
मजदुर हडतालका कारण बन्द रहेका फ्रान्सका बाह्रबटा तेल प्रशोधनशाला मध्ये एउटा प्रमुख प्रशोधनशाला सुचारु(२०६७ कार्त्तिक ७, आइतवार)
मजदुर हडतालका कारण बन्द रहेका फ्रान्सका बाह्रबटा तेल प्रशोधनशाला मध्ये एउटा प्रमुख प्रशोधनशालालाई त्यहाँको प्रहरीले बल प्रयोग गरेर सुचारु गरेको छ।
नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आएपछि पश्चिमी नेपाल फोन अवरुद्ध(२०६७ कार्त्तिक ७, आइतवार)
पश्चिमी रोल्पाको राकस्थित रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आएपछि पश्चिमी रोल्पा लगायत रुकुम, जाजरकोट र सल्यानमा सिडिएमए स्काई फोन अवरुद्ध भएको छ । केही दिन अघिबाट आएको खराबीको मर्मत नगरेका कारण त्यस क्षेत्रका फोन प्रयोगकर्ता मर्कामा परेका हुन् । नेपाल टेलिकम रोल्पाले भने मर्मत कार्यका लागि क्षेत्रीय कार्यालयमा जानकारी पठाएको जनाएको छ ।
तराईमा करीब पाँच प्रतिशत खेत बाँझै रहेपछि अनुमान गरेभन्दा डेढ लाख टनले धान उत्पादन घट्ने (२०६७ कार्त्तिक ७, आइतवार)

अर्घाखाँचीका रेडियोहरु तलका लिन्कमा गएर सुन्न सकिने छ। साथै आफ्नो सन्देश, सुझाव अन्य केही भए + 977 77 420 700 रेडियो अर्घाखाँची +977 77-420281, 420381 रेडियो देउरालीमा फोन संपर्क गर्न सकिने छ।रेडियो अर्घाखाँची एफ एम लाईभ सुन्नुहोस्रेडियो देउराली एफ एम लाईभ सुन्नुहोस्
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ)
माओवादी लडाकुका एक दर्जन कमाण्डरहरुले चीन भ्रमण गरेको सम्बन्धमा अनमिनसंग स्पष्टिकरण सोध्ने(२०६७ कार्त्तिक ७, आइतवार)
अर्घाखाँचीका रेडियोहरु तलका लिन्कमा गएर सुन्न सकिने छ। साथै आफ्नो सन्देश, सुझाव अन्य केही भए + 977 77 420 700 रेडियो अर्घाखाँची +977 77-420281, 420381 रेडियो देउरालीमा फोन संपर्क गर्न सकिने छ।रेडियो अर्घाखाँची एफ एम लाईभ सुन्नुहोस्रेडियो देउराली एफ एम लाईभ सुन्नुहोस्
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ)
दुईवटा मोटरसाइकल ठोक्किँदा कोशी राजमार्ग अन्तर्गत सुनसरी हाँसपोसामा तीनको मृत्यु (२०६७ कार्त्तिक ६, शनिवार)
कोशी राजमार्ग अन्तर्गत सुनसरी हाँसपोसा क्षेत्रको पानीपियामा शुक्रबार राति दुईवटा मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु भएको छ।  राति सवा आठ बजे दुईवटा मोटरसाइकल जुद्धा इटहरी-१ का २० बर्षीय प्रेम चौधरी, ३० बर्षीय शुक्र रम्तेल र सोनापुर-२ का २६ बर्षीय गौरब राईको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका तीनै जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा राति नै मृत्यु भएको हो।
स्याङ्जाको डुडे बजारबाट गल्याङतर्फआउँदै गरेको जिप दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यू(२०६७ कार्त्तिक ६, शनिवार)
स्याङ्जाको पिडीखोला गाविसको डुडे बजारबाट गल्याङतर्फआउँदै गरेको ग१ज २०८० नं.को जिप पिडीखोला गाविस-२ सोता भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यू भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परी पिडीखोला-४ झिरुवासकी ७० वर्षीया कुन्तीसरा सिँजालीको ज्यान गएको हो । दुर्घटनामा पिडीखोलामा कार्यरत प्रहरी जवान ओमप्रकाश निशाद, पेलाकोटका वर्ष ४० का टीकाराम भण्डारी, निवुवाखर्क-७ का ३० वर्षीय जिप चालक श्याम न्यौपाने, पेलाकोट-७ का १९ वर्षीय दिनेश सापकोटाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने क्रम जारी, बेलायतमा ८२ ले शरण पाए(२०६७ कार्त्तिक ६, शनिवार)
गृह मन्त्रालयले नेपालमा बसोबास गरिरहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने क्रम जारी रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता प्रल्हाद पोख्रेलका अनुसार सरकारको उक्त नीतिअनुसार पछिल्लो समयमा बेलायतमा ८२ जना शरणार्थीको बसोबासको व्यवस्था मिलाइएको छ । सरकारले भुटानबाट नेपाल आई शरणार्थी शिविरहरुमा रहेका नागरिकलाई तेस्रो देशमा बसोबास गराउने नीतिअनुरुप संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, नर्वे, न्यूजिल्यान्ड, डेनमार्क र नेदरल्यान्डसमेत सातवटा मुलुकमा बसोबासको व्यवस्था मिलाउँदै आएको छ ।
लागु औषध प्रयोग गर्दा गर्दैको अवस्थामा चार युवाहरुलाई प्रहरीले पक्राउ (२०६७ कार्त्तिक ६, शनिवार)
सदरमुकाम बेंसीशहरमा शुक्रवार विहान लागु औषध प्रयोग गर्दा गर्दैको अवस्थामा चार युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा वेंसीशहर सेराका राजु साही, रमेश केसी, समिर गुरुङ र गाँउशहर३ निवासी सन्तोष कार्की रहेका छन् । उनीहरुलाई शुक्रबार नै पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।
सबैभन्दा ठूलो दल माओवादीका अध्यक्ष प्रचण्ड चीनको चार दिने भ्रमणमा निस्किएपछि सहमतिको प्रयास अलपत्र(२०६७ कार्त्तिक ६, शनिवार)
अहिले सिदै अर्घाखाँचीको अर्घाबाट प्रत्क्षय लाईभ प्रसारण भइरहेको छ कृपया तलका रेडियो लिन्कमा गएर रेडियो सुन्न अनुरोध गरिन्छ:(आज दिनभरि प्रत्क्षय लाईभ हुने साथै प्रसारण गर्ने अर्घामा रहेको टिमलाई अहिलेनै प्रत्क्षय फोन वा SMS गर्ने भएमा 00 977 9847156468, Binod / 984710716 Mehar Singh / 9847110773 Birendra मा 00977 77-420281, 420381 रेडियो देउराली / 00 977 77 420 700 रेडियो अर्घाखाँची मा गर्न सक्नुहुनेछ। रेडियो देउराली एफ एम लाईभ सुन्नुहोस्रेडियो अर्घाखाँची एफ एम लाईभ सुन्नुहोस्
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ)
सबैभन्दा ठूलो दल माओवादीका अध्यक्ष प्रचण्ड चीनको चार दिने भ्रमणमा निस्किएपछि सहमतिको प्रयास अलपत्र(२०६७ कार्त्तिक ६, शनिवार)
अहिले केही समयमै  सिदै अर्घाखाँचीको अर्घाबाट प्रत्क्षय लाईभ प्रसारण हुँदैछ कृपया तलका रेडियो लिन्कमा गएर रेडियो सुन्न अनुरोध गरिन्छ:
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ)
चन्द्रमामा अनुमान गरिएभन्दा निकै बढी पानी भएको नासाका वैज्ञानिकहरुको दावी(२०६७ कार्त्तिक ५, शुक्रवार)
अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले चन्द्रमामा अनुमान गरिएभन्दा निकै बढी पानी भएको बताएको छ। नासाका वैज्ञानिकहरुले चन्द्रमाको उत्तरी ध्रुवको जमेको चट्टानको हिस्सालाई विश्लेषण गरेपछि सो क्षेत्रको माटोमा ठूलो मात्रामा पानी भेटिएको बताएका हुन्।
हैजाका कारण विगत दुई दिन भित्र हेइटीमा एक सय अड्तीस जनाको मृत्यु, पन्ध्र सय भन्दा बढी प्रभावित (२०६७ कार्त्तिक ५, शुक्रवार)
यसै वर्षको सुरुवातमा गएको भुकम्पबाट क्षतिग्रस्त हेइटीमा हैजाका कारण विगत दुई दिनमा एक सय अड्तीस जनाको मृत्यु भएको छ। हैजाका कारण पन्ध्रसय मानिस प्रभावित भएको राष्ट्रसंघले जनाएको छ। हेइटीको स्वास्थ्य मन्त्रालयले पनि हैजाको पुष्टी गरेको छ।
फ्रान्समा अवकाशको उमेरहद बढाइएको विरोधमा प्रदर्शन जारी, सरकारलाई झुकाएरै छाड्ने श्रम संगठनको चेतावनी (२०६७ कार्त्तिक ५, शुक्रवार)
फ्रान्समा सरकारको नयाँ पेन्सन सुधार योजनाको विरोधमा उत्रिएका कामदारले तटीय सहर मार्सेस्थित क्षेत्रीय विमानस्थल केही समयका लागि बन्द गरिदिका छन्।
राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तद्बारा महासेनानीको कार्यकाल दुई वर्ष थप गरेकोमा गम्भीर चिन्ता व्यक्त(२०६७ कार्त्तिक ५, शुक्रवार)
यहाँस्थित संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले महासेनानी राजु बस्नेतको कार्यकाल दुई वर्ष थप गरेकोमा शुक्रबार गम्भीर चिन्ता व्यक्त गरेको छ। कार्यालयले सन् २००३ देखि सन् २००५ सम्म स्वेच्छाचारी थुना, यातना तथा व्यक्ति बेपत्ता पार्ने कार्य भएको भनिएका नेपाली सेनाको महाराजगन्जस्थित भैरवनाथ गणको कमाण्ड नियन्त्रण तत्कालीन प्रमुख सेनानी बस्नेतको रहेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेको हो । सन् २००९ मा राष्ट्रिय मानवअधिकार आयोगले समेत सोही घटनाका सम्बन्धमा सरकारसमक्ष सिफारिस गरेको उल्लेख गर्दै आयोग र उच्चायुक्तको कार्यालयलगायतको मानवअधिकार समुदायले उक्त घट्ना र त्यस्तै अन्य घटनाहरूबारे विश्वसनीय, दक्ष, निष्पक्ष र पूर्णतया स्वतन्त्र अनुसन्धान गर्न बारम्बार आह्वान गरेको कुरा दोहोर्याएको छ ।
भारत लैजान लागिएका ६ नाबालकसहित ८ जनालाई भारतीय प्रहरीले नियन्त्रणमा(२०६७ कार्त्तिक ५, शुक्रवार)
भारत लैजान लागिएका ६ नाबालकसहित ८ जनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर र चितवन जिल्लाका ६ देखि १६ वर्षसम्मका नाबालकलाई भारतको पन्जाबतर्फ लैजाँदै गर्दा रुपैडियास्थित भारतीय भन्सार अधिकारीहरुले पक्डेर रुपैडिया प्रहरी थानालाई बुझाएको हो । अङ्गद नामका चालकसहित एउटा जिप पनि नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडाका अर्जुन परियार, राजेन्द्र परियार, कान्छा घिमिरे, राजन परियार, राजकुमार परियार  र चितवनका सगुन परियार रहेका छन्  । पन्जाब मुहालीका कुमार पुरीले मम पसलमा काम गराउनका लागि बाबुआमालाई पैसा तिरेर ती किशोरहरुलाई लिएर आएको बताएका छन् ।
अब अश्लिल सामाग्री बिक्री वितरण र प्रशारण गरे पाँचवर्षसम्म कैद र १ लाख जरिवाना(२०६७ कार्त्तिक ५, शुक्रवार)
कानुनले निषेध गरेको अश्लिल सामाग्रीहरु कसैले प्रशारण, प्रर्दशन र बिक्री वितरण नगर्न शुक्रवार गृह मन्त्रालयले सबैलाई सचेत गराएको छ । सूचना प्रविधिको प्रयोगमा आएको व्यापकतासगै इन्टरनेट लगायतका विधुतीय संन्चार माध्यमहरुमा सार्वजनिक नैतिकता र शिष्टाचार बिरुद्धका तस्विर र सन्देशहरु जथाभावी आउन थालेपछि गृहले यस्तो चेतावनीयुक्त सूचना जारी गरेको हो । अश्लिल समाग्रीले समाजमा विकृति बिसंगती फैलाउनुका साथै आपराधिक गतिविधि समेत बढेकाले यस्तो सूचना जारी गर्नुपरेको गृहका प्रवक्ता जयमुकुन्द खनालले बताए ।
नेपालको जनसंख्या २ करोड ९९ लाख: राष्ट्रसंघीय जनसंख्या कोष प्रतिवेदन(२०६७ कार्त्तिक ५, शुक्रवार)
अहिले सिदै अर्घाखाँचीको अर्घाबाट प्रत्क्षय लाईभ प्रसारण भइरहेको छ कृपया तलका रेडियो लिन्कमा गएर रेडियो सुन्न अनुरोध गरिन्छ:
(तपाईंहरु पनि च्याट गर्न चाहनुहुन्छ भने पेजको तल पट्टी गई Sign in गर्न सक्नुहुनेछ)
नेपालीहरूको महान् चाड बडादसैं आज कोजाग्रत पूर्णिमा देखि सम्पन्न हुँदै(२०६७ कार्त्तिक ५, शुक्रवार)
नेपालीहरूको महान् चाड बडादसैं आज कोजाग्रत पूर्णिमा देखि सम्पन्न हुँदैछ । यही असोज २२ गते प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा-आराधना गरी विसर्जन गरिँदैछ । सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी 'को जागेको छ ?' भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण आज राति गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गर्दछन् ।
आत्महत्या गरी ज्यान गुमाएकी नेपाली महिलाको शब ३ महिना पछी नेपाल पुग्यो(२०६७ कार्त्तिक ५, शुक्रवार)

रोजगारको शिलशिलामा ईमराती घरमालिकको घरमा १२ मे २००९ मा नेपाल बाट यूएई छिरेकी  तातो पानी ६ सिन्धु पाल्चोककी सुकु तमाङले आफु कार्यरत घरमै आफ्नै सलको पासो लगाएर आत्म हत्या गरेकी थीईन । के कती कारणले उन्ले आत्महत्या गरेकी हुन भन्ने बिषय भने अहिले सम्म फेला परेको छैन । घरेलु महिलाकाम्दारको रुपमा यूएई आएकी मृतक सुकु तामाङ ले गत जुलाई महिना को २६ गते आफु कार्यरत घरको आफ्नै कोठामा रहेको पंखामा झुन्डिएर आत्म हत्या गरेकी हुन ।  
आज दसैंको अन्तिम दिन मानिने कोजाग्रत पूर्णिमाका अवसरमा सार्वजनिक बिदा नहुने(२०६७ कार्त्तिक ५, शुक्रवार)
दसैंको अन्तिम दिन मानिने कोजाग्रत पूर्णिमाका अवसरमा शुक्रवार सार्वजनिक बिदा नहुने भएको छ । कोजाग्रतका दिन वर्षैदेखि देशभरि सार्वजनिक बिदा हुने गर्दथ्यो ।  बिदाकाबारे सार्वजनिक जानकारी दिने गृह मन्त्रालयमा बिहीबार हजारौं कर्मचारीहरुले दिनभरी नै बिदा हुने/नहुने बारे जिज्ञासा राखेका थिए ।
बलिउड हिरो सन्जय दत्तलाई तेस्री श्रीमतीबाट जुम्ल्याहा सन्तान(२०६७ कार्त्तिक ५, शुक्रवार)
manyata-dutt-gave-birth-to-twins
बलिउड हिरो संजयदत्तकी तेस्री श्रीमती मान्यताले आज मुम्बई अस्पतालमा जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन्। जुम्ल्याहामा एक छोरा र एक छोरी रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। मान्यता र दुबै सन्तानको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ भने सन्तान प्राप्तिको खुशी मनाउनेक्रम सुरु भइसकेको छ।
प्रधानमन्त्री माधवकुमार नेपालद्बारा बजेट ल्याउन दिने बाटो खुला गर्न माओवादीलाई आग्रह(२०६७ कार्त्तिक ५, शुक्रवार)
banner
प्रधानमन्त्री माधवकुमार नेपालले बजेट ल्याउन दिने बाटो खुला गर्न माओवादीलाई आग्रह गरेका छन् ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736