arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
नव वर्ष २०६७: आयो आयो भन्दा भन्दै गाईसकेछ बर्ष ।(२०६६ चैत्र २६, विहीवार)
आयो आयो भन्दा भन्दै गाईसकेछ बर्ष । सनालाई ठुलो पारी ठुलोलाई बुढो पारी गईसकेछ बर्ष ।। हिजो जस्तो लग्थियो मलाई बसन्त आएको हेर्दा हेदै पालुवा फेर्दै नयाँ आईसकेछ बर्ष ।।
किर्गिजस्तानी विपक्षी दल र राष्ट्रपतिको प्रतिनिधिबीचको वार्ता निष्कर्षहिन(२०६६ चैत्र २६, विहीवार)
किर्गिजस्तान राष्ट्रिय समाचार समितिले आज आठ तारिख बिहान जनाएअनुसार,त्यहाँका राष्ट्रपति कुमोन्बेक पाकियेफ र रक्षामन्त्री कालियेफ विमानद्बारा किर्गिजस्तानको दक्षिणी शहर ओसमा पुग्नुभयो।मतभेद रहेका कारण किर्गिजस्तानी विपक्षीदल र राष्ट्रपति पाकियेफका प्रतिनिधिबीचको सम्झौता वार्तामा केही पनि नतिजा प्राप्त हुन सकेन्।
पाकिस्तानमा संविधानको सत्रौं संशोधन प्रस्ताव खारेज गरियो(२०६६ चैत्र २६, विहीवार)
पाकिस्तानको संसदले आज संविधानको सत्रौं संशोधन प्रस्ताव खारेज गर्ने कुरामा स्वीकार गरेको सिङ्गव्हा समाचार समितिले जनाएको छ। यसैगरी राष्ट्रपति र सेनाका पदाधिकारीको अधिकार कम पारिएको छ र प्रधानमन्त्रीको अधिकार भने बढाएको छ।
श्रीलङ्कामा सशस्त्र शक्ति लिट्टेलाई परास्त गरेपछि संसदीय निर्वाचन आयोजित(२०६६ चैत्र २६, विहीवार)
श्रीलङ्कामा संसदीय निर्वाचन आज आयोजना गरिएको हाम्रा सम्बाददाताले जनाएका छन्। श्रीलङ्काका विभिन्न क्षेत्रका सात हजार छ सय बीस जना उम्मेद्वारले दुई सय पच्चीसवटा संसदीय स्थानमा प्रतिस्पर्धा गर्दैछन्।
नयाँ वर्ष २०६७ को उपलक्ष्यमा तपाईका आफन्तले पठाएका शुभकामना सन्देश: -(२०६६ चैत्र २६, विहीवार)
नयाँ वर्ष २०६७ को उपलक्ष्यमा अर्घाखाँची, नेपाल लगायत विश्वभर बस्नुहुने अर्घाखाँचीबासी लगायत अन्य नेपालीहरुले आफ्नो शुभकामना सन्देश घर परिवार, आफन्त सम्म पुराउनु छ भने छोटो गरी मिलाएर पठाउन सक्नुहुनेछ । तपाईंका आफन्तहरुले पठाएका नयाँ वर्ष शुभकामना हेर्न भित्र जानुहोला ।
प्यालेस्टिनी सरकारलाई हल्लाउने प्रधानसेनापति यौनकाण्डपछि बर्खास्त (२०६६ चैत्र २५, बुधवार)
प्यालेस्टिनी सरकारलाई हल्लाउने गरी प्रधानसेनापति हुस्सेनको यौनमा लिप्त एक भिडियोटेप बाहिर आएपछि प्यालेस्टिनी राष्ट्रपतिले उनलाई पदबाट बर्खास्त गरेका छन्। फेब्रुअरीमा इजरायली टेलिभिजनले रफिक नाङ्गिएर एक महिलालाई संभोगका लागि आमन्त्रण गरिरहेको एउटा भिडियो दृश्य प्रसारण गरेको थियो।
किर्गिजस्तानमा सरकारविरोधी प्रदर्शनमा सयभन्दा बढीको मृत्यु(२०६६ चैत्र २५, बुधवार)
मध्य एसियाली देश किर्गिजस्तानमा सरकारविरोधी प्रदर्शन गरिरहेकाहरुमाथि सुरक्षाकर्मीहरुले गोली चलाउँदा सयभन्दा बढीको मृत्यु भएको विपक्षी नेताले बताएका छन्। एपीका अनुसार अहिले त्यहाँ राष्ट्रपतिले संकटकाल घोषणा गरेका छन्।
हाम्रै आफ्नो विशेष सुचना(२०६६ चैत्र २५, बुधवार)
नयाँ वर्ष २०६७ को उपलक्ष्यमा अर्घाखाँची, नेपाल लगायत विश्वभर बस्नुहुने अर्घाखाँचीबासी लगायत अन्य नेपालीहरुले आफ्नो शुभकामना सन्देश घर परिवार, आफन्त सम्म पुराउनु छ भने छोटो गरी मिलाएर पठाउन सक्नुहुनेछ । सम्पूर्ण अर्घाखाँचीबासी समुदायलाई आफ्नो तर्फबाट हाम्रा अन्तराष्ट्रिय प्रमुख उमाकान्त पाण्डे "गाउले" को नेत् त्वमा आउने संचारकर्मीहरुको टोलीलाई सक्दो सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।
ब्रिटिश प्रधानमन्त्री गोर्डन ब्राउनद्वारा आउंदो मे ६ मा आम चुनाव गराउने घोषणा (२०६६ चैत्र २४, मंगलवार)
ब्रिटिश प्रधानमन्त्री गोर्डन ब्राउनले आउंदो मे ६ तारिखका दिन आम चुनाव गराउने घोषणा गरेका छन्। ब्रिटेनकी महारानीलाई मंगलबार बिहान बकिङघम राजदरबारमा भेटर संसद विघटन गर्न आग्रह गरेपछि उनले त्यस्तो घोषणा गरेका हुन्।
नयाँ दिल्लीबाट बेपत्ता (हराएको) सम्बन्धी जानकारी (२०६६ चैत्र २४, मंगलवार)
म पदम बहादुर घर्त्ती हुँ मेरो श्रीमती एमा देवी घर्त्ती र वर्ष २८ को छोरा विमल घर्त्ती र संगिता घर्त्ती वर्ष ५ लाई कमाङ सिंह भन्ने वक्तीले साथमा ५०००० रुपैया बराबर सहित भगाएर लगेको छ, यो जानकारी नई दिल्लीको कोट्ला थानामा दिन्नाङ १६-०२-२०१० फि१२ दर्ता समेत गराइ सकिएको छ र यिनीहरु १९-०१-२०१० का दिन नई दिल्लीको कोटलाबाट भागेका छन। तलको विवरण अनुसार खोजी सहयोग गरिदिन, कसैले फेला परेमा एवम त्यो व्यक्तीको बारेमा जानकारी भएमा ९९७१६३४९७१ मा संपर्क गर्न अनुरोध छ।
भारतीय माओवादीले गरेको आक्रमणमा ७० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु (२०६६ चैत्र २४, मंगलवार)
भारतको छत्तिसगढ जिल्लाको दंतेवाडा जिल्लाका तीन स्थानमा आज बिहान माओवादीले गरेको आक्रमणमा ७० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु भएको भारतीय टेलिभिजन च्यानल सीएनएन- आइबीएनले जनाएको छ।
नेपाली जनप्रगतिशील मंच ,यू.ए.ई.- प्रेस बिज्ञप्ती(२०६६ चैत्र २४, मंगलवार)
’’राजा-चोर,देश-छोड’’ लगायतका नारा सहित चैत्र २४ गते नेपाली जनताको बिशाल जनसागर उर्लेर राजतन्त्रको बिरुद्द तत्कालिन बाममोर्चा र नेपाली काग्रेस गठबन्धनको आसय र इच्छा बिरुद्द जनआवाज घन्केको जनआन्दोलन २०४६ चैत्र २४ गते को दिन,अनि नेपाली जनताले नेपाल र नेपाली जनताको मुख्य दुस्मनको सामुहिक पहिचान गरि अग्रगमन को लागि आन्दोलन गरिरहेका गणतन्त्रबादीहरुको पक्षमा नेपाली जनताको महासागर उर्लिएको दिन,जनताले चाहेको परिवर्तनको अग्रगामी घोषणा गरेको ऐतिहासिक दिन,जतिबेला राजालाई संरक्षक बनाएर जनता लाई फेरी निरिह बनाउने २०४६ साल चैत्र २६ को धोखापुर्ण सम्झौता तत्कालिन नेपालीकांग्रेस र सयूक्त बाममोर्चा ले गरे त्यसको बिरुद्द जनताको पक्षमा सयूक्त जनआन्दोलन संयोजन समितिले आन्दोलन धोका हो,जनता सार्बभौमशक्ति सम्पन्न हुन बाकी छ भन्दै
पाकिस्तानका तालिबान विद्रोहीहरुले पेशावरस्थित अमेरिकी कन्सुलेटमा हमला (२०६६ चैत्र २३, सोमवार)
पाकिस्तानस्थित तालिबान विद्रोहीहरुले कम्तीमा तीन जनाको ज्यान जानेगरी सोमबार सबेरै पाकिस्तानी शहर पेशावरस्थित अमेरिकी कन्सुलेटमा गरिएको हमलाको जिम्मा लिएका छन्। कन्सुलेट भवन नजीकै ठूल्ठूला श्रृङ्खलावद्ध विष्फोटनहरु भएका थिए। तर हमलाकारीहरु कन्सुलेटभित्र प्रवेश गर्न भने सकेनन्।
यूएईमा डिएनजे सस्थापक अध्यक्षलाई बिदाइ,महिला सम्बन्धी अन्तर्कृया-(तस्बिर सहित)(२०६६ चैत्र २२, आइतवार)
यूएईमा रही सामाजिक कार्यमा महत्वपूर्ण उदाहरणको रुपमा स्थापित दुबइ नेपाल जनकल्याण राहत प्रतिस्ठानले आफ्ना सस्थापक अधक्ष्य ध्रमेन्द्र कुमार यादवलाई गत शुक्रबार यूएईको बरदुबई स्थित नेपाली रेस्टुरेन्टको बिशेष शभा हलमा एक बिशेष कार्यक्रम बिच सम्मानका साथ यूएईबाट बिदाइ गरेको छ । कार्यक्रमको पहिलो चरणमा सस्थाका सल्लाहकार लगायतलाई सम्मान गरिएको थियो भने दोस्रो चरणको कार्यक्रममा बिदाइ भएर जान लाग्नु भएका सस्थापक अधक्ष्यलाई सम्मान तथा नयाँ गठित समिती लाई शुभकामना मन्तब्य राखिएको थियो ।
फेवाफोर्स ग्रुप यूएईद्वारा अन्तरक्लब भलीवल प्रतियोगिता सम्पन्न - (तस्बिर सहित)(२०६६ चैत्र २२, आइतवार)
यूएईमा केही समय अघी देखी स्थापित एक युवाहरुको समुहले स्थापना गरी सगंठित गरेको फेवाफोर्स ग्रुप यूएई द्वारा दुबइको अल्कुज स्थित बलिदिया खेल मैदानमा गत हप्ता देखी सन्चालन गरेको अन्तरक्लब भलीबल प्रतियोगिता यसै शुक्रबार सम्पन्न गरेको छ । यूएईमा रहेका युवाहरुलाई सगंठित गर्दै अगाडि बड्ने योजना अनुरुप स्थापित सो फेवा फोर्स ग्रुप यूएईले बिशेष गरी युवाहरुले मनपराउने स्वच्छ प्रतिस्प्रधाको खेल भनेर चिनिने खेलकुद कार्यक्रमलाई बिशेष गरी जोड दिदै आएको छ ।
पेरुको हउन्को क्षेत्रमा पहिरो जाँदा २० जनाको मृत्यु, ५० मानिस घाइते (२०६६ चैत्र २१, शनिवार)
पेरुको एक गाउँमा पहिरो जाँदा २० जनाको मृत्यु भएको छ भने १ सय २० भन्दा बढी घरहरु ध्वस्त भएका छन्। हउन्को क्षेत्रमा गएको पहिरोमा अझै २५ भन्दा बढी हराइरहेका छन्। हराएका मानिसहरुको खोजी भइरहेको छ।
रसियामा आत्मघाती बम पड्काउने १७ वर्षिया युवती- सुरक्षा निकाय(२०६६ चैत्र २१, शनिवार)
रसियामा गत सोमबार भएको आत्मघाती बम हमला एक १७ वर्षीया युवतीले गरेको त्यहाँको सुरक्षा निकायले जनाएको छ। आत्मघाती विष्फोट गराउने देगस्तानकी देननेट अब्द्रुकमानभ गत वर्ष सेनाबाट मारिएका चेचेन विद्रोहीका विधवा हुनसक्ने अनुमान गरिएको छ।
हराएको सुचना !!!(२०६६ चैत्र २१, शनिवार)
सुदन आचार्य ठाडा गाबिस, अमराइ थामकोट, अर्घाखाँची हालको ठेगाना: आचार्य इलेट्रिकल ठाडा अमराइ, अर्घाखाँची, यही माघ १ गते २०६६ ईलेट्रिकल सामान लिन भनि दिल्ली आउनु भएको तर आज सम्म घर नफर्कनुका साथै कुनै पनि आफन्तको संपर्कमा नआउदा हामी उहाका परिवार चिन्तित छौ। भारत नेपालमा बस्ने अर्घाखाँचीबासी सहित सम्पूर्ण नेपालीहरु एवम त्यहाँका सघ-सस्थालाई तलको तस्बिर सहितको विवरणमा खोजीदिन सहयोग गरिदिन एवम फेलापार्नु हुने महानुभावलाई उचित इनामको पनि व्यस्था पनि गरिएको छ।
माइला दाई फेरी भुक्न थाले (२०६६ चैत्र २०, शुक्रवार)
जनताले ढाड भाचे माइला दाईको मलम पट्टी गरी दिए नेता उनैको नारायणहिटी दरवारबाट नार्ग्राजुन पुराय त्यही भएर माइलादाइ साह्रै रिसाए ।
मनका पिडा(२०६६ चैत्र २०, शुक्रवार)
आफ्नो मन् आफै सँग लाग्यो आज नभए जस्तो मयाँ बस्दा नत निन्द्रा नत भोक मनपनी कस्तो कस्तो
ओबामा तथा चिनियां राष्ट्रपति हु जिन्ताओबीच इरानको आणविक कार्यक्रमबारे वार्ता (२०६६ चैत्र २०, शुक्रवार)
राष्ट्रपति बाराक ओबामा तथा चिनियां राष्ट्रपति हु जिन्ताओबीच इरानको आणविक कार्यक्रमबारे वार्ता भएको ह्वाइट हाउसले जनाएको छ। अमेरिकी अधिकारीहरुले यसै साता केहीअघि इरानमाथि लगाइने संभाव्य नयां नाकाबन्दीहरुबारे गम्भीर छलफल गर्न चीन सहमत भएको जनाएका थिए।
अफगानीस्तानमा भएको बम विस्फोटनमा पाँच जना सर्वसाधारण हताहत(२०६६ चैत्र १९, विहीवार)
अफगानी गृह मन्त्रालयले आज जनाए अनुसार, अफगानीस्तानको दक्षिणी भागमा पर्ने चाबुल प्रान्तमा आज विहान बाटोको एकपट्टी बम विस्फोटन भएकोले कम्तिमा दुइ जना सर्वसाधारणको मृत्यु भएको साथै तीन जना घाइते भएका छन।
युरोपेली संघका मुलुकहरुको बेरोजगारी दर विगत दश वर्षदेखि सबैभन्दा बढी(२०६६ चैत्र १९, विहीवार)
युरोपेली संघको तथ्याङ्क व्युरोद्वारा आज सार्वजनिक तथ्याङ्कअनुसार, चालुवर्ष युरोपेली संघका मुलुकहरुको बेरोजगारी दर बितेका दश वर्षदेखि सबैभन्दा बढी भएको छ। सो तथ्याङ्कका अनुसार, चालुवर्षको फेब्रुअरीमा युरोको प्रयोग गर्ने सोह्र मुलुकहरुको बेरोजगारी दर दश प्रतिशत पुगेको थियो।
महानायक राजेश हमाल विवाह बन्धनमा(२०६६ चैत्र १९, विहीवार)
महानायक राजेश हमालले विहे गरेका छन्। गत सोमबार दक्षिणकाली मन्दिरमा उनका निकट साथीहरुसँगै मन्दिर गइ उनकी प्रेमीकासँग लगन गाँठोमा बाँधिएको एक शुत्रले जनाएको छ। शुत्रका अनुसार उनको विवाह सामान्य रुपमा टिका टालो लगाएर सम्पन्न भएको थियो। विवाहमा उनका मिल्ने केही साथीहरु र दुलही तथा दुलहीका आमा बुबाको उपस्थिति रहेको जनाइएको छ।
यस्तो रह्यो राष्ट्रपतिको जन्मथलो यात्रा (फोटो फिचर / नागरिक) (२०६६ चैत्र १७, मंगलवार)
गत साता राष्ट्रपति डा. रामवरण यादव आफ्नो जन्मभूमि पुगे। धनुषाको सपहीमा उनी सेनाको विशेष हेलिकप्टरबाट उत्रिँदा हजारौं मानिसहरु उपस्थित भइसकेका थिए। नहुन पनि किन, राष्ट्रपतिमात्र होइनन्, उनीहरुकै गाउँले पनि हुन् यादव। यहीँ देख्नपाइयो राष्ट्रपति यादवको सरल जीवन।
रुसमा मृतकहरुको संझनामा राष्ट्रिय शोक, सुरक्षा संबन्धी कानुनमा सुधार ल्याउने(२०६६ चैत्र १७, मंगलवार)
उनन्चालिस जनाको ज्यान जानेगरी मस्कोको भूमिगत रेलसेवामा सोमबार गराईएका दुईवटा बम विष्फोटनहरुपछि रुसले आफ्नो सुरक्षा संबन्धी कानुनमा सुधार ल्याउने बारे विचार गरिरहेको छ। रुसी राष्ट्पति दिमित्री मेदभेदेवले अधिकारीहरुलाई आतंकवाद नियन्त्रण गर्न नयां कानुन तयार पार्न भनेका छन्।
भारतका धैरे क्षेत्रमा लू नामक तातो हावाका कारणले आठ जनाको मृत्यु(२०६६ चैत्र १७, मंगलवार)
बितेको एक हप्ताभन्दा बढी समयदेखि भारतका धैरे क्षेत्रमा लू नामक तातो हावा चलेको र केही क्षेत्रको तापक्रम 40 डिग्री सेल्सियसभन्दा बढी पुगेको छ। लगातार भइरहेको यो उच्च तापक्रमबाट आठ जनाको ज्यान गएको छ।
अन्तर्राष्ट्रिय समाजद्वारा मस्कोमा गराइएको विस्फोटको घटनामाथि कडा निन्दा(२०६६ चैत्र १७, मंगलवार)
सिङ्गापुर, पेरु, ताजीकिस्तान, काजाकिस्तान, उज्बेकिस्तान, चेक, फिन्ल्याण्ड र लेबनानलगायत मुलुकहरु तथा अन्तर्राष्ट्रिय संगठनले छुट्टा छुट्टै रुपमा वक्तव्य प्रकाशित गर्दै हिजो मस्कोको भूमिगत रेल स्टेशनमा गराइएको विस्फोटको घटनाको कडा शव्दमा निन्दा गर्नुका साथै सबै किसिमको आतंकवादमाथि प्रहार गर्ने कुरामा जोड दिएका छन्।
रसियाको राजधानी मस्कोमा दुई बम विष्फोट, कम्तिमा ४३ को मृत्यु (२०६६ चैत्र १६, सोमवार)
मस्कोमा आज बिहानै भएको दुई विष्फोटमा परी कम्तीमा ४३ मानिसको मृत्यु भएको छ। भीड बढी हुने समयमा मस्कोको मेट्रोमा विष्फोट भएको थियो। पहिलो विष्फोट लुवयानका रेल स्टेसनमा भएको हो जहाँ २५ ले ज्यान गुमाए।
यूएईमा संचारकर्मी यादवलाई बिदाइ,पत्रकार महासंघले मनायो तेस्रो वार्षिकउत्सव-(तस्विर)(२०६६ चैत्र १५, आइतवार)
प्रवास त्यो पनि मध्यपुर्वको खाडी राष्ट्र यूएईमा बिगत ५ बर्ष अघी बाट कार्यरत एक संचारकर्मी लाई यूएई बाट बिदाइ गरिएको छ । बिभिन्न संचारसस्था सँग आबद्द रहेका उन्लाई यूएईमा रहेका त्यी सस्था हरुले छुट्टाछुट्टै रुपमाबिभिन्न कार्यक्रम आयोजना गरी बिदाई गरेका हुन । अप्रिल महिना को पहिलो हप्ता आफ्नो शारीरिक अश्वस्थताको कारण देखाउदै यूएईमा तत्काल नआउने गरी आवसिय भिसा रद्द गरी नेपाल फर्कन लागेका यूएई मा कार्यरत उन्लाई सशक्त पत्रकारको रुपमा चिनिन्थ्यो ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736