arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
मध्य-पूर्व समस्यासम्बन्धी चार पक्षको सम्मेलन मस्कोमा आयोजित(२०६६ चैत्र ६, शुक्रवार)
मध्य-पूर्व समस्यासम्बन्धी रुस, अमेरिका, संयुक्त राष्ट्र संघ तथा युरोपेली संघ गरी चार पक्षको सम्मेलन आज बिहान मस्कोमा आयोजना भएको छ। प्यालेष्टाइन तथा इजरेलबीचको भिडन्तको अन्त्य र प्यालेष्टाइन-इजरेल सम्झौता वार्ता पुनःशुरु गर्ने कुरा नै यस सम्मेलनको मुख्य विषय हो।
थाईल्यान्डका प्रधानमन्त्रीद्बारा बैङ्ककको परिस्थिति पुन:सामान्य हुने विचार व्यक्त(२०६६ चैत्र ६, शुक्रवार)
थाईल्यान्डका प्रधानमन्त्री अभिसिटले आज उन्नाईस तारिखका दिन बैङ्ककको उत्तरी भागको एक सैनिक शिविरमा बोल्दै बैङ्ककको परिस्थिति, आउने हप्तासम्म पुन:सामान्य हुने विचार व्यक्त गर्नुभयो।
उत्तर कोरियालाई वार्ताबाट समस्या समाधान गर्न दक्षिण कोरियाको आव्हान्(२०६६ चैत्र ६, शुक्रवार)
दक्षिण कोरियाको एकिकृत मन्त्रालयका प्रवक्ता छुन हे साङ्गले आज मुन्द खुम्काङ्ग पर्यटन समस्याको समाधानमा उत्तर कोरियाले एक पक्षीय कार्वाही चलाउँदा दक्षिण कोरियालाई गम्भीर अफसोस लागेको कुरा बताउनुभयो।
कलेज ड्रेसमै डिस्कोमा नाचिरहेका ३ सय विद्यार्थी समातिए (फोटो फिचर) (२०६६ चैत्र ६, शुक्रवार)
काठमाडौँको सुन्धारास्थित बेबिलोन डिस्कोमा आज बिहानै प्रहरीले छापा मारी ३ सयभन्दा बढीलाई नियन्त्रणमा लिएको छ। कलेजबाट ड्रेसमै आएका छात्रछात्रालाई प्रहरीले ७ वटा ट्रकमा राखेर नेपाल पुलिस क्लब ओसारेको थियो। छापा मारेपछि डिस्कोमा सशस्त्र प्रहरी घेरा हालेको थियो। फोटो फिचर सहित-
साधारण सभा रणभूमिमा परिणत भएपछि ……!!! - सन्धर्भ नेपाली समाज यूएईको साधारण शभा - गिरधारी विरही रिजाल(२०६६ चैत्र ५, विहीवार)
यूएईको बरदुबई स्थित एभरेष्ट इन्टरनेशनल होटेलको एक हल । अपरान्ह करीब ३ बजेसम्म सो हल खाली देखिन्थ्यो । करीब ३ः३० बजे नेपाली समाजका केही पदाधिकारीहरु तथा अन्य व्यक्तिहरुको प्रवेश हुन्छ । केही क्षणमै नेपाली दूतावासबाट महामहिम राजदूतको आगमन हुन्छ ।
युरो क्षेत्रका अर्थमन्त्रीहरुद्वारा ग्रीसका लागि जरुरी सहायता व्यवस्था तयार(२०६६ चैत्र ५, विहीवार)
युरो क्षेत्रका अर्थमन्त्रीहरुले हिजो ब्रुसेल्समा आयोजित सम्बन्धित सम्मेलनमा ग्रिसको ऋण सङ्कट समाधान गर्न छलफल गर्नुभयो। विभिन्न मुलुकका अर्थमन्त्रीले ग्रिसका लागि जरुरी सहायता व्यवस्था तयार गर्न स्वीकार गर्नुभयो।
आगामी २२ गते दिउँसो ४ बजेदेखि चालू हुनेगरी संसदको सातौं अधिवेशन आहवान (२०६६ चैत्र ५, विहीवार)
राष्ट्रपति रामवरण यादवले आगामी २२ गते दिउँसो ४ बजेदेखि चालू हुनेगरी संसदको सातौं अधिवेशन आहवान गरेका छन् । प्रधानमन्त्री माधवकुमार नेपालको सिफारिसमा राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ५१ को उपधारा १ बमोजिम बिहीबार अधिवेशन आहवान गरेका हुन् । यो संसदको हिउँदे अधिवेशन हो । हिउँदे अधिवेशनलाई बिधेयक अधिवेशनको रुपमा लिइन्छ ।
गुल्मीका गायक अशिम महत को 'तातोहावा चल्छ सरर' गिती एल्बम भोली शुक्रबार यूएईमा बिमोचन हुँदै (२०६६ चैत्र ४, बुधवार)
लोक दोहोरी गिती एल्बम तातो हावा चल्छ सररको औपचारिक बिमोचन कार्यक्रम यूएईमा हुने भएको छ।यहीँ मार्च १९ तारिख दिनको २:०० बजे देखी बर दुबई स्थित एभरेष्ट ईन्टरनेश्नल होटेलको हलमा एक सास्कृतिक कार्यक्रम सहित उक्त एल्बमको बिमोचन गर्न लागिएको हो। सो बिमोचन कार्यक्रममा उपस्थितिका लागि अर्घाखाँची टाईम्स लाई एक पत्र दिईएको छ भने सोही पत्र मार्फत यूएईमा रहेका अर्घाखाँची बासी सम्पूर्ण लाई उपस्थित भई मनोरन्जन लिनका लागि अनुरोध गरिएको छ । यूएईमा हुने प्राय सबै सास्कृतिक कार्यक्रम हरुमा कहिले संचालक,कहिले अतिथी गायक त कहिले स्थानिय कलाकार को रुपमा आफ्नो उपस्थिती जनाउने गायक अशिम महत गुमी पिपलधारा मा जन्मिएर बिगत केही बर्ष यता यूएईमा रहदै आएका छन । भेटघाटमा मिठास र सत्य बोल्ने गुण बोकेका महतले अर्घाखाँची टाईम्स का मध्यपुर्व प्रतिनिधि सँगको एक अनौपचारिक बार्तालापमा सबै भन्दा मनपर्ने स्थान र राम्रो साईनो जोडीएको गाउ भनेर अर्घाखाँचीको बल्कोट,छत्रगन्ज,लाई उल्लेख गरेका थिए ।
हाडनाता प्रजननले बाख्राको तौल कम र रोगी(२०६६ चैत्र ३, मंगलवार)
बाख्रा प्रजनन गराउँदा हाडनाता परेमा तौल कमी, रोगी र मासु उत्पादनमा कमी हुने भएपनि नेपालमा बाख्रा प्रजनन प्रायः हाडनातामै हुने गरेको छ । जनचेतना, व्यावसायिक बाख्रापालन र उन्नत जातको बोकाको अभावले बाख्रामा प्रायः सबै हाडनातामै प्रजनन हुने गर्छ ।
थाइल्याण्डमा सरकार विरोधी प्रदर्शन जारी,प्रदर्शनकारीहरुले सांकेतिकरुपमा रगत पोखिदिए(२०६६ चैत्र ३, मंगलवार)
थाइल्याण्डको राजधानी बैङ्ककमा रहेको मुख्य सरकारी कार्यालय परिसरमा सरकार विरोधी प्रदर्शनकारीहरुले सांकेतिकरुपमा रगत पोखिदिएका छन्। मंगलबार लगातार तेश्रो दिन सरकारको विरोध गरिरहेका दशौं हजार प्रदर्शनकारीहरुमध्ये धेरैजसोले रातो कमीज लगाएका थिए।
आमा को याद मा (२०६६ चैत्र ३, मंगलवार)
आमा बिना को जीबन कस्तो उराटू लागदो हुदो रहेछ टूहूरो भनी सबले हे पदा मन रुदो रहेछ
विश्वका प्रथम महिला हरु , के हाम्रो समाजलाई पच्न सक्छ त ? - उमाकान्त पाण्डे गाउले (२०६६ चैत्र २, सोमवार)
कार्ला ब्रुनी फ्रेन्च राष्ट्रपति निकोलस सार्काजीकी तेस्री पत्नी हुन् । ब्रुनी पूर्वसुपरमोडेल हुन् । उनी गीत-लेखिका तथा गायिका पनि हुन् ।बि्रटिस प्रधानमन्त्री गोर्डान ब्राउनकी पत्नी सारा ब्राउन मिडिया-मैत्री छैनन् । लोककल्याणकारी कार्यहरूमा अत्यन्त समर्पित यी बि्रटिस प्रथम महिला सार्वजनिक समारोहहरूमा आक्कलझुक्कल मात्रै देखिन्छिन् ।क्यानडाका प्रधानमन्त्री स्टेफन हार्परलाई राजनीतिमा पनि असाध्यै सघाउँछिन् प्रथम महिला लाउरिन हार्पर,जोर्डनकी रानी रानिया जब सार्वजनिक समारोहमा देखिन्छिन्, उनको सौन्दर्यमा भीड लठ्ठ पर्ने गर्छ ।समाजसेवा सबैजसो राष्ट्रका प्रथम महिलाको अभिरुचिको विषय हुने गर्छ । रसियाकी प्रथम महिला स्वेतलाना मेद्भेदेभ पनि आफ्नो प्रभाव र शक्तिलाई समाजको हितमा उपयोग गर्न चाहन्छिन् !तर, विश्वप्रसिद्ध फ्रान्सेली पत्रिका एल्लेले विश्व-राजनीतिको सबभन्दा स्टाइलिस महिलाको ताज भने सिरियाकी प्रथम महिला अस्मा अल-असादलाई पहिराइदिएको छ । प्रथम अमेरिकी महिला मिसेल सुन्दर त छँदै छिन्, चौपट्टै बाठी पनि छिन् ।
अफगानिस्तानी प्रहरीद्बारा पाँच जना आत्मघाती आक्रमणकरी मारिए(२०६६ चैत्र २, सोमवार)
अफगानिस्तानको गृह मन्त्रालयले आज सार्वजनिक गरेको सूचनाअनुसार, अफगानिस्तानी प्रहरीले आज पूर्वी भागको पकटिया प्रान्तमा पाँच जना आत्मघाती आक्रमणकरीहरुलाई मारिदिएको छ।
संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनद्वारा हाईटीको पुन भ्रमण(२०६६ चैत्र २, सोमवार)
संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले हिजो हाईटी भुकम्प प्रभावित क्षेत्रको पुन भ्रमण गर्दै भुकम्प पछिको पुनःनिर्माण कार्यको निरीक्षण गर्नुभयो।
अफगानी संविधानमा जातीयता - अवन्तिका रेग्मी (२०६६ चैत्र १, आइतवार)
शताब्दीऔंदेखिको जातीय असमानता हटाउने एकमात्र अचुक वाण संघीयता हो भन्ने अहिले चलेको बहसकै भरमा संघीयता कायम हुनलागेको जस्तो भान यतिखेर भएको छ । शताब्दीऔंदेखि जातीय असमानताको भूमरीबाट निस्कन नसकेको एकमात्र बहुदलीय/भाषीय राष्ट्र नेपालमात्र त कदापि होइन । संघीयताको तर्क जित्न यहाँ संयुक्त राज्य अमेरिका र भारतको उदाहरण दिइन्छ । यी राष्ट्रहरूसँग नेपालको के मिल्दो रहेछ, कुन्नी । अर्काे उदाहरण दिइन्छ- स्वीट्जरल्यान्डको ।
औतारी बाबाकै शैलीमा(२०६६ चैत्र १, आइतवार)
जनयुद्धको नेतृत्व गरेका प्रचण्डलाई 'देवत्वकरण' गर्न पो थाल्ने हो कि भन्ने आशंका जन्मिरहेका बेला यस्तो सवाल उठ्नु अस्वाभाविक थिएन । प्रचण्डको देवत्वकरणको सम्भावना देखेरै नेतृत्वका बारेमा आफ्ना र बाबुराम भट्टराईको नेतृत्वका बारेमा आलोचनात्मक विचार पस्कने प्रयत्न गरएिको थियो, सो पुस्तकमा । तीन वर्षपछि र्फकेर हेर्दा नेतृत्वका बारेमा उठाइएका ती प्रश्न अरू बढी तिख्खर, अरू बढी जायज देखिएका छन् ।
मोहनविक्रम सिंहलाई दर्जन राजनीतिक अभियोग(२०६६ फाल्गुन २९, शनिवार)
तपाईं यस्तो किताबी कम्युनिस्ट हो, जसलाई समाजसित केही लिनुदिनु छैन । तपाईले सधै क्रान्तिको वैचारिक छाता ओढ्नुभयो, तर कहिल्यै क्रान्ति गर्नुभएन । क्रान्ति तपाईंका लागि जीवन होइन, केवल बुद्धिविलास हो ।
पाकिस्तानको स्वात उपत्यकामा भएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु(२०६६ फाल्गुन २९, शनिवार)
पाकिस्तानको स्वात उपत्यकामा आज भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। लाहोरमा शृङ्खलाबद्ध विस्फोट भएको ठीक एक दिनपछि यो पछिल्लो विस्फोट भएको छ। स्वात उपत्यकाको दक्षिण मिङ्गोराको सैपू सरिफमा ती आत्मघातीले विस्फोट गरेका हुन्।
भाषानका चर्का नारा बोक्ने हरु(२०६६ फाल्गुन २९, शनिवार)
भाषान का चर्का नारा बोक्ने हरुभाषान का चर्का नारा बोक्ने हरु जनताका बिचार बाट ओरालो लग्नेछन असंबैधानिक कदम बाट हुकम चलायतापनी मुकतिकामी जनताले पथ पढउनेछन
पाकिस्तानको लाहोरमा भएको आत्मघाती हमलामा कम्तिमा ३९ जनाको मृत्यु (२०६६ फाल्गुन २८, शुक्रवार)
पाकिस्तानको लाहोरस्थित भीड भरिएको क्षेत्रमा बिहीबार भएको आत्मघाती हमलामा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये आधा दर्जन भने सुरक्षाकर्मी छन् ।
अमेरिकी राष्ट्रपतिकी पत्नी नेपाली डिजाइनरको पोशाकमा:काली काली हिस्स परेकी (२०६६ फाल्गुन २८, शुक्रवार)
अमेरिकी राष्ट्रपति पत्नी मिसेल ओवामाले नेपाली ड्रेस डिजाइनर प्रवल गुरुङले तयार पारेको पोशाक लगाएर एक कार्यक्रममा सहभागिता जनाएकी छिन्। स्मिथसोनियन म्युजियम अफ अमेरिकन हिस्ट्रीको फस्ट लेडी कलेक्सनमा कपडा दिने समारोहमा उनले गुरुङको डिजाइनमा तयार भएको पोशाक लगाएकी हुन्।
एक ८ महिनाकी गर्भवती महिला सहित ४ महिला को साउदी दुतावासद्वारा उद्धार(२०६६ फाल्गुन २८, शुक्रवार)
घरेलु कामदारका रूपमा साउदी अरबमा आई बिचल्लीमा परेका थप ४ जना नेपाली महिलाहरुलाई नेपाली दुतावास रियादले उद्धार गरेको छ | उद्धार भई एअर अरेबिआको फ्लाइट १२ मार्चमा काठमाडौ पुग्न लागेका यी पिडित महिलाहरु हुन् !
यूएईमा रही कार्यरत नेपाली कलाकार सम्झना वाइवा लाई बिदाइ (२०६६ फाल्गुन २८, शुक्रवार)
तामाङ समाज युएइको आयोजनामा यही बिहीवार दुबइस्थित जोहन राड होटेलमा समाजका सद्स्य तथा कलाकार सम्झना वाइबा तामाङलाई बिदाइ गरेको जनाएको छ ।
चिलीका राष्ट्रपतिद्वारा आफ्नो पदको शपथ ग्रहण, भूकम्प प्रभावित क्षेत्रको भ्रमण(२०६६ फाल्गुन २८, शुक्रवार)
चिलीमा राष्ट्रपतिको पद सम्हाल्नुभएका सेबासथ्यान पिनेराले स्थानीय समय आज एघार बजेतिर कांग्रेसको आफ्नो पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो।उक्त समारोह सम्पन्न भएपछि उहाँले विमानद्वारा त्यहाँको भूकम्पबाट गम्भीर प्रभावित क्षेत्र चोन्स टिटुचिन पुगेर तत्तस्थानमा राष्ट्रपतिको एक नम्बर आदेश वितरण गर्नुभयो।
रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिन भारत भ्रमणमा,दश भन्दा बढी सम्झौतामा हस्ताक्षर(२०६६ फाल्गुन २८, शुक्रवार)
रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले हिजो राती भारतको राजधानी नयाँ दिल्ली पुग्नुभई भारतको भ्रमण सुरु गर्नुभयो। श्री पुटिनले रुसी प्रधानमन्त्रीको पद सम्हालेपछि भारत भ्रमण गरेको यो पहिलो पटक हो। आज प्रधानमन्त्री पुटिनले भारतका राष्ट्रपति प्रतिभा पाटिलसँग भेट-वार्ता गर्नुभयो।
भक्तपुरको ढुंगेधाराबाट दूध बग्यो रे(२०६६ फाल्गुन २८, शुक्रवार)
शुक्रबार एकाबिहानै हल्ला फैलियो- भक्तपुरको एउटा ढुंगेधारामा पानीको साटो दूध बग्न थाल्यो रे। अनि त के छ र भीड लाग्न थालिहाल्यो नि भक्तपुर व्यासी स्थित रहेको डाँफा हितिचाले प्रचलित ढुङगेधारामा। भगवान नारायणको जल भन्दै थाप्न आउनेहरु तँछाड मछाड गर्न थाले। हुन पनि धाराबाट सेतै पानी बगिरहेको थियो। पहेँलो सबै सुन हुँदैन, सेतो सबै दूध हुँदैन भनेर उनीहरुलाई कसले सम्झाउने?
अफ्गानिस्तान कुनै पनि मुलुकका लागि युद्धस्थल बन्न नहुने श्री कार्जाईको भनाइ(२०६६ फाल्गुन २७, विहीवार)
पाकिस्तानको भ्रमणमा रहनुभएका अफगानिस्तानका राष्ट्रपति हमिद कार्जाईले आज इस्लामावादमा बोल्दै अफगानिस्तान कुनै पनि मुलुकका लागि युद्धस्थल बन्न नहुने बताउनुभयो।
मेक्सिकोका कार्लोस् विश्वकै धनी, बिल गेट्सलाई कार्लोस स्लिमले उछिन्यो(२०६६ फाल्गुन २७, विहीवार)
फोर्ब्स म्यागाजिनको आज प्रकाशित बरियता क्रममा हालसम्म विश्वमा सबभन्दा धनी मानिदै आएका बिल गेट्सलाई उछिन्ने व्यक्तित्व देखापरेका छन्। विकासोन्मुख राष्ट्र मेक्सिकोका सञ्चार उद्यमी कार्लोस स्लिम अबदेखि विश्वका सबभन्दा धनी व्यक्ति भनी परिचित हुनेछन्।
गरीब देशका जनता हामी - प्रभु राम थापा(२०६६ फाल्गुन २६, बुधवार)
गरीब देशका जनता हामी,आर्थिकतामा सधैं गरीब छौ,त्यहि आर्थिकतालाई पुरागर्ने सोचाइमा-हामी आफ्नो देश छोडी पर्देशमा छौ,आफ्नो घरपरिवरबाट टाढा राख्ने
दमाईले छाडेपछि बाहुन क्षेत्री बाजा बजाउदै(२०६६ फाल्गुन २६, बुधवार)
दमाईले बजाउने दमाह बाहुन र क्षेत्रीले समुह बनाएर बजाउन थाले भन्दा, तर यहाँ यस्तै भएको छ ।यहाँका दमाईले परम्परागत दमाह बाजा बजाउन छाडेपछि बाहुन र क्षेत्री युवाहरू मिलेर क्लब गठन गरी सोही क्लबको नामबाट सांस्कृतिकरुपमा लोप हुन लागेको बाजा दमाह बजाउन थालेका छन् ।सधै मर्दापर्दा चाहिने दमाह बाजा बजाउनका लागि अचेल रुकुमको साखका बासिन्दाहरुलाई दमाई कहा जान पर्दैन । उनीहरू सरासर काम्ले सांस्कृतिक परिवारको कार्यालयमा गए पुग्छ ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736