| साहित्य |
"मान्छे म"(२०७० वैशाख २०, शुक्रवार)
ठुलो आकार रबर झै तन्किएको मान्छे म भमरा होईन झिंगा झै भन्किएको मान्छे म |
फोहोर को छिटा परि सङ्लो पबित्रता धमिँलिदा रिस अनि आबेशमा रन्किएको मान्छे म |
|
दिउँसै फूलहरु लुक्न थाले(२०७० वैशाख १२, विहीवार)
 दिउँसै फूलहरु लुक्न थाले नदी-नाला तालहरु सुक्न थाले । अझ अझ तँ गधा भन्दै मनपरी गाली गर्दै थुक्न थाले । आयो आयो मा-यो भन्दै हातले छेक्दै शरिर झुक्न थाले । झुण्ड झुण्ड मान्छेको खल्बली जोड जोडले कुकुर भुक्न थाले ।
|
"आमा अनी शिशु" (२०७० वैशाख १२, विहीवार)
जन्म लिनु भन्दा पहिले नै पेट मा लात हिर्काउँछ शिशु कुनै परवाह् नगरि आफ्नो हिस्सा लिउछ शिशु । जन्म लिएपछी आफ्नो आमाको छातीमा टाँसिन्छ शिशु बाँच्न को लागि भए पनि आमाको दुध पिउछ शिशु । बर्णमाला सिख्नु भन्दा पहिले नै आमा भनेर बोल्छ शिशु आमा लाई नजिक न देख्दा रुन लाग्छ शिशु ।
|
कोलोराडो(२०७० वैशाख १२, विहीवार)
 जमेका ति झरना जमेकै ताल साना घुमेको पहाडी बाटो सिमभन्ज्याङ झैँ कोलोराडो
|
"सोचेकै थिएन"(२०७० वैशाख ४, बुधवार)
समय ले यसरी धोका दिदो रहेछ सोचेकै थिएन मान्छे यो हद सम्म गिर्दो रहेछ सोचेकै थिएन |
स्वर्गलाई धर्तिमा उठाएर ल्याउने कोशीस मा स्वयम मान्छे नै स्वर्गमा उठ्दो रहेछ सोचेकै थिएन |
प्रकाशित अर्घाखाँची डटकम राष्टिय साप्ताहिकको २०७० सालको पहिलो अंक । नयाँ व्यवस्थापनका साथ साप्ताहिक पत्रिका पुनःप्रकाशन शुरु भएको छ । सर्वाधिक बिक्री हुने जिल्लाको लोकप्रिय पत्रिका हो । साथै डट्कमले राजधानी लगायत देशका अन्य शहरहरुमा समेत विस्तार गरिरहेको छ। तस्बिर-अर्घाखाँची डटकम
|
गजल - कामना मेरो नयाँ वर्ष !!!(२०७० वैशाख २, सोमवार)
सुख र शान्ति समृद्धि पाओस्, कामना मेरो नयाँ वर्ष हौसला नयाँ उमङ्ग छाओस्, चाहना मेरो नयाँ वर्ष ।। बेतेका काल अतित सम्झ, वर्तमान् तिम्रो काँधमा छ मेल र मिलाप् सद्भाव दाओस्, भावना मेरो नयाँ वर्ष ।।
|
"समय"(२०६९ चैत्र २९, बुधवार)
कुनै दिन पहिले पटक स्कुल जाँदा डर लाग्ने गर्थ्यौ आज एक्लै पनि सारा संसार घुम्न सक्ने भइयो | कुनै दिन सानो चोट लाग्दा पनि बेसरी रुने गर्थ्यौ आज दिल टुट्दा पनि सम्हाल्न सक्ने भइयो |
|
कोमल (गज़ल)(२०६९ चैत्र २६, आइतवार)
देव्रे आँखा फरफरायो के हुने हो फेरि पूरै शरीर थरथरायो के हुने हो फेरि हुकुचिलले कराएर कुलच्छिन भो सधैं भ्यागुतो नि टरटरायो के हुने हो फेरि
|
"आज भोलीको माया"(२०६९ चैत्र २३, विहीवार)
हेल्लो "जुली" के छ हालखबर कहाँ छ्यौ तिमी मलाई भुली अरु नै खोज्न थालयौ कि तिमी? | फोन गर्छु तिम्रो मोबाईलमा डायल गरेको नम्बर ब्यस्त छ भन्छ यदी यस्तै चाल हो भने तिम्रो र मेरो घरवार राम्रो कसरी बन्छ? |
|
दु:ख केहो (गज़ल)(२०६९ चैत्र १९, आइतवार)
दु:ख केहो भनि जान्न,दु:खीलाई नै सोध्नु पर्छ नसोध भो सुखीलाई त, जुम्ला हात जोड्नु पर्छ ।। झिस्मिसे मै बाटो लाग्छन्,बधियाँ र अधियाँमा छाक टार्न ओत लाग्न, दासी बन्दै जोत्नु पर्छ ।।
|
जिन्दगीको गाडी (गज़ल)(२०६९ चैत्र १८, शनिवार)
जिन्दगीको गाडी कहाँ रोकिने हो थाहा छैन अझै केही चल्ने होकि ठोकिने हो थाहा छैन गाह्रो हुन्छ हिंड्न डुल्न हात खुट्टा बसेपछि रोई कराई कहिले सम्म बोकिने हो थाहा छैन
|
"तिम्रो वारेमा"(२०६९ चैत्र १२, आइतवार)
सबैले भन्दा रहेछन तिमीलाई धोकेवाज भनेर तर मलाई त्यस्तो लागेन कि तिमी धोकेवाज हौ भनेर |
भन्नेहरु जे पनि भन्छन तर मलाई लाग्छ तिमी मायाले भरिएको बिशाल मायाको खानि हौ |
|
दान र रोजगार (प्रसँग)(२०६९ चैत्र ८, बुधवार)
शारदा नगर को मुखिया जितेन्द्र शाह सधैं आफ्नो घरको बाहिर आउने गरीब हरुको दिल खोलेर भित्रै आत्मा देखिनै दान गर्ने गर्दथे शहरमा उनले बनाएका कयौ बिद्यालय,मन्दिर र धर्मशालाहरु थिए |
|
मात्तिएका साँझहरू(२०६९ चैत्र ७, मंगलवार)
झलमल्ल छ साँझमा कतै अल्कोहल र नसा पिउँदा सुटुक्क भित्र पसी चालमारी हिंड्ने पाइलाहरू तराजुमा बैंस जोख्दै ती रंगीन गाजलुको बादल भित्र लुकेका फूल हो कि जूनहरू आँखामा तिरमिराउँछन ।
|
"देखे मैले" (२०६९ चैत्र ६, सोमवार)
देखे मैले एउटी नारी मुर्छा पर्दै चिच्याएको देखे मैले एउटा सरीपलाई अर्कोले गिज्याएको देखे मैले एउटी नारीलाई गला मा छोपी घिच्याएको देखे मैले एउटा ले अर्कोलाई फसाउन जाल बिछ्याएको |
|
गज़ल: जमानालाई दोष नदेऊ(२०६९ चैत्र १, बुधवार)
गल्ति छ कि तिम्रो पनि,जमानालाई दोष नदेऊ जाती माया घाती हुन्छ, भावनालाई चोट नदेऊ ।।
|
मुग्लानीको १९ डबली सम्पन (२०६९ फाल्गुन २९, सोमवार)
'साहित्य जीवन र जगतको दर्पण्ँ हो' भन्ने मूल नारा बोकेको सन्धयाग्रुप कतारको प्रस्तुति मुग्लानी सौगात द्धैमासिक पत्रिकाले निरन्तर मासिक रूपमा सञ्चालन गर्दै आएको वाचन शृंखलाको १९औ“ डबली गत ७ मार्च २०१३ का दिन आफ्नै निजी सभाहलमा सम्पन गरेको छ । संस्थाका अध्यक्ष थर्चा लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अल्खोर तथा दोहाका विभिन्न स्थानबाट र्सजकहरू वाक्लो उपस्थित रहेको थियो ।
|
चितवनमा स्रष्टा सम्मान तथा कृति विमोचन(२०६९ फाल्गुन २९, सोमवार)
हाम्रो मझेरी साहित्य प्रतिष्ठान स्वर्णाङ्क २०६९ को हाम्रो मझेरी स्रष्टा सम्मान पुरस्कार वितरण एवं कृति विमोचन तथा काव्य परिक्रमा कार्यक्रम भव्यताका साथ आज सम्पन्न भएको छ ।चितवनको नारायणगढ स्थित गंगोत्री होटलको सभाहलमा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीको सभापतित्व रहेको थियो भने प्रमुख अतिथीमा वरिष्ठ साहित्यकार विष्णु बहादुर सिंह रहेका थिए ।
|
गजल: अलिकति जुक्यो नजर (२०६९ फाल्गुन २५, विहीवार)
अलिकति झुक्यो नजर, अलिकति लुकाउ बहर बाङ्गो छैन सोझो विचार,अलिकति दुखाउ कहर ।। खालि ठाऊँ छ कि दिलमा,यो मुटुलाई सजाई राख्नलाई देउन रेखी बुझ्ने आधार, अलिकति फुकाउ रहर ।।
|
"भाग्य" (२०६९ फाल्गुन १५, सोमवार)
निस्केको थिए घर बाट राम्रो अनी कुशल एक्टर बन्छु भनेर तर मेरो भाग्य नै खोटो रहेछ बन्न पुगे शहर को ट्याक्टर |
|
हराएको शहरमा माया खोज्दै छु(२०६९ फाल्गुन २, मंगलवार)
 माया हराएको शहरमा, माया खोज्दै छु भेट्ने ठुलै रहरमा, माया खोज्दै छु !!
हजार रहेछन् म जस्ता, यो दुनियाँमा पिडीतको यस्तै लहरमा, माया खोज्दै छु !!
|
"आज काम चलाऊ"(२०६९ माघ २९, आइतवार)
आज ए.सि.छैन पंखा ले काम चलाऊ आज वियर छैन चिया ले काम चलाऊ | आज म:म,चाउमिन छैन सुक्खा रोटीले काम चलाऊ आज पिज्जा छैन पाउरोटी ले काम चलाऊ |
|
तिनाउमा कविता प्रतियोगीता सम्पन्न (२०६९ माघ २१, शनिवार)
बुटवल देवीनगरस्थित तिनाउ बोर्डिङ स्कुलमा अन्तर मावि जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।
|
को कसरी कसिन्छन(२०६९ माघ १८, बुधवार)
धनको लागि मान्छे टाउको, फुटाउन कसिन्छन् !! ईमान बन्धकी राखी इज्जेत, लुटाउन कसिन्छन् !!
|
क्रान्ति(२०६९ माघ १३, शुक्रवार)
होली खेल्यौ बलिदानमा लत्पतिंदै रगतको देशको लागि सपूतले बली आफ्नो चढाएको स्वास्थ्य शिक्षा चेतनामा हिमाल पाहाड तराईको समानता, न्याय एउटै स्वाधिन र स्वतन्त्रको ।
|
"म नेपाली" (२०६९ माघ ११, बुधवार)
म नेपाली मेरो देश नेपाल सुन्दर,शान्त अनी बिशाल |
|
मेरो देश नेपाल(२०६९ पौष २६, बुधवार)
कती लेख्ने माया प्रेम र मिलन बिछोड का कुरा मात्र अब त देश को वारेमा पनि केही लेखौन है मित्र के-के भई रहेको छ हाम्रो देश भित्र
|
गजल (२०६९ पौष २४, सोमवार)
बुढेसकालले छोयो अब दुवै गाला चाउरी परे आयु पनि सकियो कि सबै छाला चाउरी परे सम्झनलाई गाह्रोभयो स्मरण शक्ति हराएर विस्मृतिले गर्दाखेरी जीउका चाला चाउरी परे
|
गाह्रो भो (२०६९ पौष २२, शनिवार)
गाह्रो हुन्छ मलाई किन?किन? बस्न उनी बिना एकपल पनि खै कसरी भनुँ उनी सामु मनको कुरा पनि ?
कता-कता डर लागेर आउछ कहिं कतै उनी रिसाउछिन कि भनी |
|
युवा पत्रकार मरहठ्ठालाई हाम्रो मझेरी प्रतिभा सम्मान(२०६९ पौष १८, मंगलवार)
युवा पत्रकार किरणबाबु मरहठ्ठालाई हाम्रो मझेरी प्रतिभा सम्मान पुरस्कार–२०६९ बाट सम्मान गरिने भएको छ ।हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले आगामी फागुनमा हुने आफ्नो स्वर्णजयन्तीका अवसरमा मरहठ्ठालाई साहित्यिक पुरस्कार प्रदान गर्न लागेको हो ।
|
|
|