arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
साहित्य
म चाहन्छु(२०७३ पौष २, शनिवार)
एकफेर फेरी फूलको कोपिला बनि फुलेर रमाउन

पूर्णिमाको रातमा घण्टौ जून हेरि खुल्ला चौरमा पल्टिन

अनि रुझ्दै पहिलो झरिमा त्यो माटोको सुगन्धमा हराउन।

म चाहन्छु,
परदेशी(२०७३ म‌सिर २८, मंगलवार)
परदेशिलाइ घरको माया"नलाको"कहाँ छ र।
एक छाक उस्ले शन्तिमनले"खाको"कहाँ छ र ।

सधै झल्को गाँउघरको अनि चाडवाडको पनि
बिरानो ठाउँ बिना निम्तो रोधी"गाको"कहाँ छ र।
सिट नम्बर १८ र १९ (कथा)(२०७३ म‌सिर २८, मंगलवार)
बिहान ७ बजे म आँखा मिच्दै संधिखर्क हाइस काउंटर आईपुगे। नाकाबंदीको असर नै भन्नुपर्छ सीधै काठमांडू को टिकट पाउन निकै मुस्किल थियो त्यसैले मैले हाइसमा बटौली को टिकट काटेको थिए अघिल्लो दिन नै। जाड़ो को मौसम भएकोले नि होला चुरोट नतानि बस्नै सकिन,नजिकै को होटलमा गएर चुरोट सल्काउदै सोचिरहे,'आफ्नो साइडमा राम्री केटी पर्दे क्या रमाइलो हुन्थ्यो होला आजको यात्रा'। पर्सको कुनाको टिकट खोज्दै म काउंटरको बेन्च मा गएर बसे।एतिकैमा एउटा कालो बर्ण गरेकी केटिले सोधिहाली,हजुर कहासम्म? एकछिन उसको सबै शरीर नियालेपछि हल्का एटीच्यूड का साथ भने 'काठमांडू'।
अमृत सम्झियर पिउन खोज्दा............(२०७३ म‌सिर २८, मंगलवार)
अमृत सम्झियर पिउन खोज्दा प्याला भरी"जहर"थियो त्यहा।
सुन्दर बस्ती बसाउन खोज्दा कोलाहलको"सहर"थियो त्यहा।
अनि सरकार, मैले कसरी मानु यो संघियता ? (कविता )(२०७३ म‌सिर १८, शनिवार)

मेरो घर वुटवल

मेरो पुर्खाको घर पाल्पा

मेरो मावल गुल्मी

वुवाको मावल अर्घाखाँची

साथी (गज़ल)(२०७३ म‌सिर १५, बुधवार)
गरौँ मीठा बात साथी
मिलाऊँ यी हात साथी

भरोषा के जिन्दगीको 
झरी जाला पात साथी
रोएँ (गज़ल)(२०७३ म‌सिर ६, सोमवार)
सहारा छुटेर रोएँ
भरोषा टुटेर रोएँ

उदाए विपत्ति लाखौँ 
व्यथाले कुटेर रोएँ
खबर लेख्नु ल ( गजल)(२०७३ म‌सिर ४, शनिवार)
राप्ती कर्रा बगिरा'को खबर लेख्नु,ल ?
 नानीहरू पढ़िरा'को खबर लेख्नु,ल ?

मेरै यादमा बित्छ होला रातोदिन तिम्रो 
आँसु मात्रै झरिरा'को खबर लेख्नु,ल ?
कोरियाबाट भाईको दिदीलाई पत्र (२०७३ कार्त्तिक १५, सोमवार)
प्यारी दिदी ढोग गरे ! 

तपाइलाइ फोनमा दर्शन दिदी भन्थे, पैतला छुने अबसर त कहिल्लै दिनुनै भएन, पर्दैन भन्दै तर्कनु भो । यो मानेमा म अभागी दिदी ! तर यतिबेला यो पत्र मार्फत मेरो आदर टक्र्याउछु , स्विकार्नुहोला ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चुनावमा धाँधली (२०७३ कार्त्तिक ८, सोमवार)
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मा साहित्यकार कमला प्रसाई निर्वाचित भएको प्रमाण जुटेको छ । निर्वाचक मण्डलमा बिश्वभरबाट ६३३ जना आजीवन सदस्य रहेका थिए । त्यसको पुष्टि अनेसासको आफ्नो वेव-साइटबाट समेत हुन्छ । निर्वाचन मण्डलका सदस्यको क्रमसंख्या १००१ बाट शुरु भई बीचमा एकजनाको स्थान खाली राखेर १६३४ सम्म क्रमिक रुपमा गएपछि अलि तल एकैपटक क्रमसंख्या १९०१ बाट १९६६  सम्म पुर्याइएको छ । क्रम भङ्ग गरिएको अर्थ नै निर्वाचनमा जवर्जस्ती धाँधली गर्ने सुनियोजित चाल भएको प्रष्ट हुन्छ । 
जिन्दगी (गज़ल)(२०७३ कार्त्तिक ८, सोमवार)
मन एक्लियो र अतालियो 
छु प्रवासमा र निसासियो

सुखले सहेन छ जिन्दगी 
परितापमै तन होमियो
जता जता पुगे पनि दशैँ सम्झायो ( कविता)(२०७३ आश्विन २३, आइतवार)
यो वैज्ञानिक युगले के के बनायो
के के तैरायो, गुडायो अनि उडायो

हामी नेपालीलाई कता कता पुर्यायो
जता जता पुगे पनि दशैँ सम्झायो
लिलामी भो (गज़ल)(२०७३ आश्विन १६, आइतवार)
जमानाले दियो धोका,लगन मेरो लिलामी भो
हरायो नामनामेसी,वचन मेरो लिलामी भो

बिताएँ जिन्दगी आधा,मिजासी बातले भर्दै
गए ती शिष्टता व्यर्थै,नमन मेरो लिलामी भो
यस बर्षको मदन पुरस्कार रामलाल जोशीलाई प्रदान(२०७३ आश्विन १६, आइतवार)
यस बर्षको मदन पुरस्कार रामलाल जोशीलाई प्रदान गरिएको छ । आइतबार ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले जोशीलाई २ लाख रुपैयाँ राशीसहितको पुरस्कार प्रदान गरे । ऐना कथा संग्रहका लागि जोशीलाई मदन पुरस्कार प्रदान गरिएको हो ।
शुक्रबार छुट्टी छ, प्रिय लाई चिठ्ठी लेख्छु(२०७३ आश्विन ४, मंगलवार)
world news
नेपालीहरुको लागि लोकप्रिय कर्मथलो बनेको यु ए ई नेपालीहरु को लागि साच्चै एउटा सपनाको शहर नै हो। चाहे युवा होस या युवती परदेशिनु रहर हैन बाध्यता हो। ६ दिनको निरन्तर काम पछी शुक्रबार यु ए ई मा बिभिन्न किसिमका कार्यक्रमहरुमा उपस्थित भएर दु:ख बिसाउने काम हुने गर्थ्यो हिजो सम्म तर गत हप्ता १४ तारिकका दिन यु ए ई सरकारले कुनै पनि कार्यक्रम गर्दा अधिकारिक संस्था हुनु पर्ने भन्ने खबरले यु ए ई मा रहेका दर्जनौ संघ संस्थाहरुको स्थिती चिन्ताजनक नै छ।
पुरानै (गज़ल)(२०७३ भाद्र ३०, विहीवार)
पुरानै छ पूजा,धुपौरा पुरानै
पुरानै छ भान्सा,कचौरा पुरानै

भयो के र नौलो,प्रजातन्त्रबाट
सधैँ पाक्न थाले,फुलौरा पुरानै
तिम्रो बुबाले के काम गर्नुहुन्छ?(२०७३ भाद्र १५, बुधवार)
जीवनका दैडाइहरुको क्रममा मलाई कहिले कहाँ त कहिले कहाँ कहिले को सग त कहिले को सग भेट हुन्थ्यो।
प्रधानमन्त्रीले भने स्थानीय निर्बाचन थाल्नुस , आयोग भन्छ राजनीतिक समझदारी र निर्वाचन कानुन दिनुहोस्(२०७३ भाद्र ६, सोमवार)

प्रधानमन्त्री पुष्पकमल दाहालले चैतमा स्थानीय चुनाव गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसहित

आयोग कार्यालय पुगेका दाहालले पदाधिकारीसँग स्थानीय चुनावबारे संक्षिप्त छलफल गरेका हुन् । हामीले तीनै तहको

निर्वाचनका लागि भइरहेको तयारीबारे जानकारी गरायौं, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने ।

प्रधानमन्त्रीले निर्वाचन गर्न आवश्यक राजनीतिक समझदारी निर्माण र कानुन छिटो उपलब्ध गराउने वचन पनि दिएको

यादवले बताए  ।                                          

देश हाम्रो (गज़ल)(२०७३ भाद्र १, बुधवार)
बिगार्न लागे, देश हाम्रो 
उधार्न लागे, देश हाम्रो

अतीव स्वार्थी, देख्छु नेता 
डकार्न लागे, देश हाम्रो

जिन्दगानी (गज़ल)(२०७३ श्रावण २३, आइतवार)
खोज्दैछु मौवा सरि जिन्दगानी
बन्दैछ हौवा सरि जिन्दगानी

राम्रो छ देख्दा तर भित्र प्वाल
तप्किन्छ गौवा सरि जिन्दगानी
आँसु झर्छ प्रिय ( गजल)(२०७३ श्रावण १६, आइतवार)

नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय
छाति चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय

दु:ख्दै दु:ख्दै बगेर झर्दै झर्दै मिठा याद 
खोल्सो खहरे हुँदै समुद्र नै भर्छ प्रिय
बीपी कोइरालाका सम्पूर्ण कृतिहरू नयाँ रूपमा सार्वजिनक(२०७३ श्रावण ६, विहीवार)
राजनीतिज्ञ तथा साहित्यकार बीपी कोइरालाका सम्पूर्ण कृतिहरू नयाँ रूपमा सार्वजिनक भएकाे छ। बीपीका तीन घुम्ती, दोषी चस्मा, सुम्निमा लगायत नौवटा कृतिलाई नयाँ साजसज्जासहित अन्तर्राष्ट्रिय गुणस्तरमा लिपि बुक्सले बजारमा पुन: मुद्रण गरेकाे हाे।           
"हामी देशभक्त"(२०७३ श्रावण ३, सोमवार)
हामी देशभक्त नेपाली सबैको एउटै लक्ष्य हुन्छ 
वीर गोर्खालीको छोराछोरीले एउटै आवाज बोल्छ 

उच्च बिचार चिनाउछ हाम्रो सगरमाथाको शिरले 
चारै तिर छन् बैरीहरु पाइला रोक्दैन देशभक्त वीरले 
आज २०३ औं भानुजयन्ती(२०७३ आषाढ २९, बुधवार)
आज २०३ औं भानुजयन्ती । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । प्रत्येक वर्षको असार २९ गतेका दिन मनाईने भानुजयन्तीमा उनको सम्झनामा प्रभातफेरी र र्‍यालीको आयोजना गरिनेछ ।
टाढिएछ (गज़ल)(२०७३ आषाढ २८, मंगलवार)
साँचो प्रेम गर्ने,सहर टाढिएछ
लाग्यो जिन्दगीकै,रहर टाढिएछ

निन्द्रा छैन राती,विरह झाङ्गिनाले
हाँसो वा खुसीको,पहर टाढिएछ

बनाएँ (गज़ल)(२०७३ आषाढ ७, मंगलवार)
जिन्दगीमा धेरै थरी गज़ल बनाएँ
कल्पनामा ठूला ठूला महल बनाएँ

चिसो चिसो सिरेटोले निल्यो सुलुक्कै
आगो ताप्ने इच्छा भयो मकल बनाएँ
कोही (गज़ल)(२०७३ ज्येष्ड २८, शुक्रवार)
हाम्रो एकतामा जलेको छ कोही
चोखो मित्रतामा जलेको छ कोही

यौटै हुन्न चाहा र आस्था भनेको 
पुज्ने देवतामा जलेको छ कोही
समय (गजल)(२०७३ ज्येष्ड १३, विहीवार)
नखोज मलाई जन्मभुमिको कुनै कुनामा,
म त अब परदेशी भइसकेको छु...।।
                     
नखोज्नु मलाई पहिलाको ठेगानामा,
म त गाउँ छोडि समुन्द्र तरिसकेको छु...।।
उखेलेर आँखीभुई सिलिक्क राम्री ( गजल)(२०७३ ज्येष्ड २, आइतवार)
उखेलेर आँखीभुई सिलिक्क राम्री
पाउडर क्रीमले टिलिक्क राम्री

कसो कसो गरेर आफुले आफ्नै
फोटो खिच्छिन् किलिक्क राम्री
आमा(२०७३ वैशाख २५, शनिवार)
खान्न नाइ भन्दै भाग्थे बुबु माम कोच्याउथ्यौ,     
ताते गर्दै  हिड्दा लडे तिमी आँफै  रुदै हुन्थेउ ।

काखमा  राखी सुमसुम्याउदै मात्री धारा चुसाउथ्यौ ,
कुनै दिन ढिलो आउँदा कती धेरै बेचैन हुन्थेउ ।