arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
साहित्य
देश (गजल)(२०७२ चैत्र ४, विहीवार)
आक्रान्त भो देश पिलाहरूले
घोचे सधैँ तीक्ष्ण किलाहरूले ll

चासो कुनै छैन सिवा भुँडीको
नेता भुलाए कचिलाहरूले ll
"गल्ति भएछ"(२०७२ फाल्गुन २४, सोमवार)
world newsसाँच्चै भन्नु पर्दा आफुले आफुलाई धिक्कार्न मन लाग्छ 
तर यथार्थ यहि नै हो सत्य सबैलाई तितो लाग्छ ।

ल हेर अब त्यो शिखर चुम्दै छ यसलाई चुम्न दिनु हदैन बैठक बस्छ 
आफु त केहि गर्दैन अरुले गरेको काम बिगार्न सबभन्दा पहिले अघि सर्छ।
आजकल (ग़ज़ल) (२०७२ फाल्गुन १६, आइतवार)
तिम्रो नजर कता कता मोड़े जस्तो लाग्छ आजकल ।
तिम्रो वोली परिवर्तन भयो छोड़े जस्तो लाग्छ आजकल ।।
साथ दिने कोही पनी छैन वाँच्न कठिन भयो आजकल ।
त्यही भएर साहरा मेरो ग़ज़लहरु वन्दै छन आजकल ।।
मेरी आमा (गज़ल )(२०७२ फाल्गुन ५, बुधवार)
चाँदनी झैं थियौ मेरी आमा
माधवी झैं थियौ मेरी आमा ll १ ll

दर्द सारा हर्यौ माया गर्दै
औषधी झैं थियौ मेरी आमा ll २ ll
भूल गरेँ (गज़ल)(२०७२ माघ २३, शनिवार)
पत्थरलाई सुन ठानी टल्काएर भूल गरेँ 
निभेको त्यो दीप फेरि सल्काएर भूल गरेँ |

जाँदै थियो डाड़ा काटी किन रोकेँ बेकारमा  
निष्ठुरीलाई माया दिँदै पल्काएर भूल गरेँ ||

रैछ क्यारे काँडाबीच मौलाएको काउछो जस्तै 
गुलाब सोची आफैं तिर ढल्काएर भूल गरेँ ||
थाहा हुन्छ (गज़ल )(२०७२ माघ १९, मंगलवार)
खुसी केहो ? मायालुले माया गर्दा थाहा हुन्छ 
दर्द के हो ? निष्ठुरीले खुसी हर्दा थाहा हुन्छ ll

हाँस्नेलाई के पत्तो र ? कथा व्यथा रोदनका 
कति गह्रौं हुन्छ पीडा,आँसु झर्दा थाहा हुन्छ ll
कविता लेख्दैमा मृत्युदण्डको सजाय सुनाइएका प्यालेस्टाइनी कवि असरफ फायद प्रति समर्पित कविता(२०७२ माघ १०, आइतवार)
अनी तिमीले फासी दिने भनेका अस्रफ लाई म तिम्रो पद दिनेछु 
अनि देखाउनेछु सन्सारलाई शाषन भनेको कस्तो हुन्छ भनेर
Displaying 12583909_954525887957886_282677804_n.jpg
बाँकी छ (गज़ल)(२०७२ माघ ७, विहीवार)
जिन्दगीमा अझै के के,हुन बाँकी छ ?
कति रोएँ अरू कति,रुन बाँकी छ ?

चकमन्न अँध्यारोले,निल्यो सधैँ नै
तारा झरे टिल्पिलाउँदो,जुन बाँकी छ
दुख्यो देश (गज़ल)(२०७२ पौष २२, बुधवार)
दुख्यो देश ज्यादै दुराचार बढ्दा 
झर्यो आँसु द्रोही र गद्दार बढ्दा ll

भुली बन्धु कोही मिले शत्रु सङ्ग  
मर्यो भाइचारा कुलङ्घार बढ्दा ll
गणतन्त्रको आँसु(२०७२ पौष २१, मंगलवार)
देश विदेश एकजुट भई एकता मै रहने धोको ।१।
जति नेता रमाए पनि नेपालीको मन छ चोखो ।।
नेताकै नोकरभए जनता कहाँ हुन्छ यो चालमा ।
शान्ति सहित एकता थियो राजतन्त्र नेपालमा ।।
आदिकवि भानुभक्त आचार्यको नाममा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले धार्मिक तथा शैक्षिक महोत्सव हुने(२०७२ पौष १८, शनिवार)
आदिकवि भानुभक्त आचार्यको नाममा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले धार्मिक तथा शैक्षिक महोत्सव हुने भएको छ ।
कसरी म बाच्ने होला(२०७२ पौष १६, विहीवार)
हासने आधार भेटा छैन 
कसरि म हास्ने होला 
जिन्दगीको यात्रा संगै 
कसरि मा बाच्ने होला 
सिर्जनाका मुहान (गज़ल)(२०७२ पौष ११, शनिवार)
सुधाको घडा त्यो नप्यूॅदै जहर भो
खुसीको सहर यो व्यथाको सहर भो

रुँदै चाँद तारा लुके मेघ भित्र
अँध्यारो छ बस्ती र बस्नै कहर भो
पद ,सत्ता र पैसाकै लागि (२०७२ पौष ५, आइतवार)
 मानव वस्तीमा दानव छिरेपछि 
यस्तै हुन्छ बिहारिलाई नागरिकता दिएपछी 
पद ,सत्ता र पैसाकै लागि 
देश त परै जावस 
दुखे देश के भो (गज़ल)(२०७२ पौष ३, शुक्रवार)
दुखे देश के भो, तिमी चम्किदेऊ
सधैँ नाथ पुज्दै, सुरा छम्किदेऊ ll

उनै अन्नदाता,चलाऊ सवारी
समाएर पङ्खा,उतै हम्किदेऊ ll
मेरो दिलमा(२०७२ म‌सिर २२, मंगलवार)
हेर्दै पनि मात लाग्ने, कस्तो जोवान पाएकी हौँ ।
ओठैचुम्मौ जस्तो लाग्ने, कस्तो जोवान पाएकी हौ ।।

हासी खुसी देख्छु सधै,कस्को माया पाएकी हौँ ।
यस्तो खुसी हुने गरि, कस्को मनमा छाएकी हौँ ।।
छिमेकी छ लुच्चो (गज़ल)(२०७२ म‌सिर ४, शुक्रवार)
छिमेकी छ लुच्चो दियो लात धेरै
सधैँ गर्न थाल्यो खुराफात धेरै ll

छुरी तीक्ष्ण धस्दा दुख्यो भित्र हाम्रो
मिलेको छ धोका तथा घात धेरै ll
मेरो अर्घाखाँची भाग २०(२०७२ कार्त्तिक २१, शनिवार)
सन्धिंखर्क सदरमुकाम अर्घाखाँची जिल्ला ।
राजनैतिक क्षेत्रमा छ कम्युनिस्टको किल्ला । ।
मध्य पहाड़ी जिल्ला पर्यो दुई संसदीय क्षेत्र ।
विविध खालें राजनितीले वनाउछ विचित्र ।।
मेरो अर्घाखाँची भाग १९(२०७२ कार्त्तिक २१, शनिवार)
कति सुन्दर थियो मेरो त्यो उपल्ला मसीना ।
खरीगैरा,मधारा,पात्ला गर्थे वगाउदै पसीना ।।
दुध र जौँको सातु खाई खेल्ने टराल वारी ।
उत्तरहिमाल अनी दक्षिणतराई हेर्थे वारिपारी ।।
मेरो अर्घाखाँची भाग १८(२०७२ कार्त्तिक २१, शनिवार)
पस्चिम दक्षिण ईलाकामा सिद्धाराको पाँखा ।
सितखोलाको अन्तिम केन्द्र जलुकेको काँख ।।
सदावहार हरियाली सुन्दरता छन पहाड़ वेँशी ।
मयूर कालिज रमाउने जिल्ला मेरो अर्घाखाँची ।।
मेरो अर्घाखाँची भाग १७(२०७२ कार्त्तिक २१, शनिवार)
जताततै हरीयाली कति सुन्दर पहाडको छाती ।
मेरो प्राण भन्दा प्यारों लाग्छ हाम्रो अर्घाखाँची ।।
धनचौरको झरनासरी सधै वगीरहु जस्तो हुन्छ ।
अर्घाखाँची सम्झील्याउदा किनकिन मन रुन्छ ।।
मेरो अर्घाखाँची भाग १६(२०७२ कार्त्तिक २१, शनिवार)
मध्य पहाड़ी क्षेत्रमा छ मेरो जिल्ला अर्घाखाँची ।
गाँउ शहर रमाईलो वसेका छौ सवै हाँसी हाँसी ।।
सदवहार हरीयाली सुन्दर गाँउ वस्ती कती राम्रो ।
अनेका अनेक परीचयमै अर्घाखाँची जिल्ला हाम्रो ।।
मेरो अर्घाखाँची भाग १५(२०७२ कार्त्तिक २१, शनिवार)
पोखराथोक,पणेना,वल्कोट र ठाडा पनी ।
ठुलापोखरा,सन्धिखर्क शिक्षामा नै धनी ।।
सिमलपानी र सिद्धारामा हरियाली पाँखा
म जहाँ भए पनी अर्घाखाँचीमै मनआँखा ।।
मेरो अर्घाखाँची भाग १४(२०७२ कार्त्तिक २१, शनिवार)
दुवई,क़तार,वहराईन,भारत र सउदीअरव सम्म ।
धेरै देशहरुमा संगठित छौ गर्छौ सामाजिक काम ।। 
अर्घाखाँची सेवा समाज,कतार भरी छाउदै आयो ।
अर्घाखाँची सम्पर्क समितीको नाम दुवईमा गयो ।।
मेरो अर्घाखाँची भाग १३(२०७२ कार्त्तिक २१, शनिवार)
हरियाली सित्तलतामा मेरो अर्घाखाँची ।
डाडा पाख गाँउ वेशी रम्छौ हाँसीहीँसी ।।
दुर्गाफाट,खाँची फाट सिमलपानी पनि ।
अर्घाखाँची वाँसीहामी विविधतामा धनी ।।
मेरो अर्घाखाँची भाग १२(२०७२ कार्त्तिक २१, शनिवार)
पश्चिम नेपाल पहाडमा मेरो अर्घाखाँची ।
कपिवस्तु रुपन्देही दाङ देखि पर्छ माथि ।।
लुम्बिनीको एक सिर पहाडको काख ।
जतातै हरियाली कति राम्रो पाखा ।।
मेरो अर्घाखाँची भाग ११(२०७२ कार्त्तिक २१, शनिवार)
अर्घा र खाँची राज्य मिलाई वन्यो जिल्ला हाम्रो ।
हरीयाली,सुन्दर वस्ती,लेक वेँसी हेर्दै कती राम्रो ।।
सुन्दर पहाड़ पणेना रहेकोछ पाणीनीको तपोभुमी ।
महत्वपूर्ण दुर्वासेस्वर गुफ़ा छ खिदिम ढावा मुनी ।।
मेरो अर्घाखाँची भाग १०(२०७२ कार्त्तिक २१, शनिवार)
जताततै हरीयाली कती सुन्दर वनपाखा ।
गाँउवस्ती जताततै लोक संगीतका भाका ।।
पहाड़मा,खाँचीकोट,नरपानी र कालीकाठी ।
मेरो मनसधै घुमीरहन्छ आफ्नै गाँउ माथी ।।
मेरो अर्घाखाँची भाग ०९(२०७२ कार्त्तिक २१, शनिवार)
ठाडा देखी पावर सम्म वग्ने नदी गंगा ।
प्रकृतिको सुन्दरता मा अर्घाखाँची दंग ।।
एकै स्थान पटौटीको दुवै दिशा खोला ।
उत्तर वग्ने दुर्गा नाम दक्षिण गंगा होला ।।
मेरो अर्घाखाँची भाग ०८(२०७२ कार्त्तिक २१, शनिवार)
चिदीका,वल्कोट केरुगां,डिभर्ना र खन ।
प्रकृतिको सृष्टि नै रहेछ तपाई हाम्रो धन ।।
अर्घातोष,छत्रगंज,ठुलापोखरा र धारापानी ।
अर्घाखाँची कै सान रहेछ त्यों सुपा नरपानी ।