arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य
पद ,सत्ता र पैसाकै लागि (२०७२ पौष ५, आइतवार)
 मानव वस्तीमा दानव छिरेपछि 
यस्तै हुन्छ बिहारिलाई नागरिकता दिएपछी 
पद ,सत्ता र पैसाकै लागि 
देश त परै जावस 
दुखे देश के भो (गज़ल)(२०७२ पौष ३, शुक्रवार)
दुखे देश के भो, तिमी चम्किदेऊ
सधैँ नाथ पुज्दै, सुरा छम्किदेऊ ll

उनै अन्नदाता,चलाऊ सवारी
समाएर पङ्खा,उतै हम्किदेऊ ll
मेरो दिलमा(२०७२ म‌सिर २२, मंगलवार)
हेर्दै पनि मात लाग्ने, कस्तो जोवान पाएकी हौँ ।
ओठैचुम्मौ जस्तो लाग्ने, कस्तो जोवान पाएकी हौ ।।

हासी खुसी देख्छु सधै,कस्को माया पाएकी हौँ ।
यस्तो खुसी हुने गरि, कस्को मनमा छाएकी हौँ ।।
छिमेकी छ लुच्चो (गज़ल)(२०७२ म‌सिर ४, शुक्रवार)
छिमेकी छ लुच्चो दियो लात धेरै
सधैँ गर्न थाल्यो खुराफात धेरै ll

छुरी तीक्ष्ण धस्दा दुख्यो भित्र हाम्रो
मिलेको छ धोका तथा घात धेरै ll
मेरो अर्घाखाँची भाग २०(२०७२ कार्त्तिक २१, शनिवार)
सन्धिंखर्क सदरमुकाम अर्घाखाँची जिल्ला ।
राजनैतिक क्षेत्रमा छ कम्युनिस्टको किल्ला । ।
मध्य पहाड़ी जिल्ला पर्यो दुई संसदीय क्षेत्र ।
विविध खालें राजनितीले वनाउछ विचित्र ।।
मेरो अर्घाखाँची भाग १९(२०७२ कार्त्तिक २१, शनिवार)
कति सुन्दर थियो मेरो त्यो उपल्ला मसीना ।
खरीगैरा,मधारा,पात्ला गर्थे वगाउदै पसीना ।।
दुध र जौँको सातु खाई खेल्ने टराल वारी ।
उत्तरहिमाल अनी दक्षिणतराई हेर्थे वारिपारी ।।
मेरो अर्घाखाँची भाग १८(२०७२ कार्त्तिक २१, शनिवार)
पस्चिम दक्षिण ईलाकामा सिद्धाराको पाँखा ।
सितखोलाको अन्तिम केन्द्र जलुकेको काँख ।।
सदावहार हरियाली सुन्दरता छन पहाड़ वेँशी ।
मयूर कालिज रमाउने जिल्ला मेरो अर्घाखाँची ।।
मेरो अर्घाखाँची भाग १७(२०७२ कार्त्तिक २१, शनिवार)
जताततै हरीयाली कति सुन्दर पहाडको छाती ।
मेरो प्राण भन्दा प्यारों लाग्छ हाम्रो अर्घाखाँची ।।
धनचौरको झरनासरी सधै वगीरहु जस्तो हुन्छ ।
अर्घाखाँची सम्झील्याउदा किनकिन मन रुन्छ ।।
मेरो अर्घाखाँची भाग १६(२०७२ कार्त्तिक २१, शनिवार)
मध्य पहाड़ी क्षेत्रमा छ मेरो जिल्ला अर्घाखाँची ।
गाँउ शहर रमाईलो वसेका छौ सवै हाँसी हाँसी ।।
सदवहार हरीयाली सुन्दर गाँउ वस्ती कती राम्रो ।
अनेका अनेक परीचयमै अर्घाखाँची जिल्ला हाम्रो ।।
मेरो अर्घाखाँची भाग १५(२०७२ कार्त्तिक २१, शनिवार)
पोखराथोक,पणेना,वल्कोट र ठाडा पनी ।
ठुलापोखरा,सन्धिखर्क शिक्षामा नै धनी ।।
सिमलपानी र सिद्धारामा हरियाली पाँखा
म जहाँ भए पनी अर्घाखाँचीमै मनआँखा ।।
मेरो अर्घाखाँची भाग १४(२०७२ कार्त्तिक २१, शनिवार)
दुवई,क़तार,वहराईन,भारत र सउदीअरव सम्म ।
धेरै देशहरुमा संगठित छौ गर्छौ सामाजिक काम ।। 
अर्घाखाँची सेवा समाज,कतार भरी छाउदै आयो ।
अर्घाखाँची सम्पर्क समितीको नाम दुवईमा गयो ।।
मेरो अर्घाखाँची भाग १३(२०७२ कार्त्तिक २१, शनिवार)
हरियाली सित्तलतामा मेरो अर्घाखाँची ।
डाडा पाख गाँउ वेशी रम्छौ हाँसीहीँसी ।।
दुर्गाफाट,खाँची फाट सिमलपानी पनि ।
अर्घाखाँची वाँसीहामी विविधतामा धनी ।।
मेरो अर्घाखाँची भाग १२(२०७२ कार्त्तिक २१, शनिवार)
पश्चिम नेपाल पहाडमा मेरो अर्घाखाँची ।
कपिवस्तु रुपन्देही दाङ देखि पर्छ माथि ।।
लुम्बिनीको एक सिर पहाडको काख ।
जतातै हरियाली कति राम्रो पाखा ।।
मेरो अर्घाखाँची भाग ११(२०७२ कार्त्तिक २१, शनिवार)
अर्घा र खाँची राज्य मिलाई वन्यो जिल्ला हाम्रो ।
हरीयाली,सुन्दर वस्ती,लेक वेँसी हेर्दै कती राम्रो ।।
सुन्दर पहाड़ पणेना रहेकोछ पाणीनीको तपोभुमी ।
महत्वपूर्ण दुर्वासेस्वर गुफ़ा छ खिदिम ढावा मुनी ।।
मेरो अर्घाखाँची भाग १०(२०७२ कार्त्तिक २१, शनिवार)
जताततै हरीयाली कती सुन्दर वनपाखा ।
गाँउवस्ती जताततै लोक संगीतका भाका ।।
पहाड़मा,खाँचीकोट,नरपानी र कालीकाठी ।
मेरो मनसधै घुमीरहन्छ आफ्नै गाँउ माथी ।।
मेरो अर्घाखाँची भाग ०९(२०७२ कार्त्तिक २१, शनिवार)
ठाडा देखी पावर सम्म वग्ने नदी गंगा ।
प्रकृतिको सुन्दरता मा अर्घाखाँची दंग ।।
एकै स्थान पटौटीको दुवै दिशा खोला ।
उत्तर वग्ने दुर्गा नाम दक्षिण गंगा होला ।।
मेरो अर्घाखाँची भाग ०८(२०७२ कार्त्तिक २१, शनिवार)
चिदीका,वल्कोट केरुगां,डिभर्ना र खन ।
प्रकृतिको सृष्टि नै रहेछ तपाई हाम्रो धन ।।
अर्घातोष,छत्रगंज,ठुलापोखरा र धारापानी ।
अर्घाखाँची कै सान रहेछ त्यों सुपा नरपानी ।
मेरो अर्घाखाँची भाग ०७(२०७२ कार्त्तिक २१, शनिवार)
शिक्षाको विकासमा हाम्रो अर्घाखाँची ।
कोही छैन वन्जित यहाँ सवै जिल्ला वासी ।।
साना ठुला गरी स्कुल हज़ार भन्दा माथी ।
शिक्षाको ज्योति संगै हाम्रो अर्घाखाँची ।।
मेरो अर्घाखाँची भाग ०६(२०७२ कार्त्तिक २१, शनिवार)
पणेनाको अग्लो पहाड़ त्यसैमाथी दह ।
हरियाली प्रकृतिमा रमाउदै लह लह ।।
खिदीमको विद्या पिठ संस्कृतिको घर।
डाडाकटेरीको सुन्दरपार्क हेर्नु छ रहर ।।
मेरो अर्घाखाँची भाग ०५(२०७२ कार्त्तिक २१, शनिवार)
पहाडको चिसो हावा कति मिठो है पानी ।
विस्व भरी भए पनी अर्घाखाची हो जानी ।।
प्रकृती र सुन्दरताले भरीएको कति राम्रो ।
प्राण भन्दा प्यारों लाग्छ अर्घाखाची हाम्रो ।।
मेरो अर्घाखाँची भाग ०४(२०७२ कार्त्तिक २१, शनिवार)
अर्घा दरवार अर्घामा छ खाँचीकोटमा खाँची ।
सुपा देउराली मन्दिर छ खाँची खोला माथी ।।
छत्रथान छत्रगंजमा छ मैदानमा आलम थान ।
धातीवांगमा देवालय धौरालीमा सुपाको सान ।।
मेरो अर्घाखाँची भाग ०३(२०७२ कार्त्तिक २१, शनिवार)
अर्घा र खाची मिलि बन्यो मेरो जिल्ला ।
प्रकृतिको देन नै हो हाम्रो यो किल्ला ।।
कति सुन्दर बस्ति छ हरियाली ठाउ ।
म जहाँ पुगे पनि भुल्दैन त्यो गाउँ ।।
मेरो अर्घाखाँची भाग ०२(२०७२ कार्त्तिक २१, शनिवार)
कति सुन्दर हरीयाली त्यों सिमल पानी ।
महाभारत रहरेलेक,पणेना र माला रानी ।।
धन्चौरमा झरना छ ठाडामा डमरु दह ।
पावरमा धान झुल्छ सधै पहेँलै लहलह ।।
मेरो अर्घाखाँची भाग ०१(२०७२ कार्त्तिक २१, शनिवार)
उत्तर तर्फ बग्ने दुर्गा अनि सिस्ने खोला !
यस्तो नदि नेपाल मै कमै मात्र होला ।।
धन्चौरको झरना हेर्नु कस्तो राम्रो गाउ ।
एक पटक मात्र हेर्नु लाग्नेछ फेरी जाउ !!
"देशभक्ति आवाज" (२०७२ कार्त्तिक १२, विहीवार)
अब झिक्नै पर्ने भो डोब भित्र राखेको गोर्खे खुकुरी
रहर होइन बाध्यता हामी नेपालीहरुको मजबुरी
कति सताउछौ हामीलाई ए राष्ट्रघाती अपराधी  
देशलाई टुक्राई आमालाई रुवाइ के पाउछौ उपाधी?
नाकावन्दीको दसैँ ( कविता)(२०७२ कार्त्तिक ६, शुक्रवार)
बा आमा आउन पाइन 
तेल छैन बसैमा
नाकावन्दीले नदिने भो 
टीको थाप्न दसैँमा
छिमेकीहरूले डसेका डस्यै (गज़ल)(२०७२ आश्विन २३, शनिवार)
छिमेकीहरूले डसेका डस्यै छन् 
सधैँ तीक्ष्ण छुरी धसेका धस्यै छन् ll

निजी स्वार्थ मात्रै छ नेताहरूमा 
रिझाएर चिल्लो घसेका घस्यै छन् ll
संविधान सर्वत्र हर्ष छर ( कविता )(२०७२ आश्विन ४, सोमवार)
संविधान सर्वत्र हर्ष छर
नछुटुन् कुनै पनि नेपालीको घर
धेरै पर्खाइ पछिको तिम्रो आगमन
सबैमा पुगोस एकनासको न्यानोपन

गणतान्त्रिक पूर्ण संविधान 
हटाउ जातियता र साम्प्रदायिकता
शान्ति र स्थायित्व बहाली
भाषाभाषी बीच भावनात्मक एकता
तीजगीत संग्रह २०७२ (२०७२ भाद्र २५, शुक्रवार)
देखाउने हैन लक्ष्य न त वनावटी चमत्कार ।
श्रोता दर्शक उपस्थित सवलाई नमस्कार ।।

सानसानो गीत हाम्रो,लक्ष्य संदेश छाड्ने ।
कहिले गर्नु हुन्न काम त्यो समाज भाड्ने ।। 
मेरा वीर योद्दाहरू(२०७२ भाद्र २४, विहीवार)
मेरा वीर योद्दाहरू तिमी अनेकतामा होइन एकतामा आऊ
आऊ योद्दा आऊ तिमि यो चन्द्र सुर्य झण्डा मुनि आऊ । 

तिमीलाई साँच्चै राष्ट्र प्रति माया छ भने राष्ट्रियताको गित गाउ 
यदि तिमी राष्ट्रप्रेमी हौ भने जातिवाद र क्षेत्रवादको नारा नलगाउ ।