arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
साहित्य
जमानासगै आफूलाई बदलौँ(२०७१ फाल्गुन २६, मंगलवार)
युगले कोल्टो फेरीसक्यो 
संसार विज्ञान र प्रविधिले साँगुरीसक्यो ।
महिनौ लाग्ने एउटै काम पनि एकै छिनमा हुनथाल्यो
असम्भव भनिएका सबै कुरा प्रमाणित भैसके ।
दुख्यो देश ऐले (गज़ल )(२०७१ फाल्गुन २४, आइतवार)
भरोसा हराए दुख्यो देश ऐले
कसम धर्मराए दुख्यो देश ऐले

कुलक्षण भयो देशवासी सबैमा
हुकेचील कराए दुख्यो देश ऐले
बाल अधिकार कसका लागि ?(२०७१ फाल्गुन ३, आइतवार)
उच्च घरानामा जन्मनेहरुलाई ? 
बाबुआमाको सोखको लागि धाई आमा पाँउनेहरुलाई ?
बाबुआमाको प्रसस्त मायाँ पाँउनेहरुलाई ?
हुनेखाने र कानुनमा पहुँच पुग्नेहरुलाई ?
अग्ला गगनचुम्वी महल र वगँैचामा रमाउनेहरुलाई ?
सत्य लाई जान्नुहोस्(२०७१ फाल्गुन ३, आइतवार)
धनवान होइन गुणवान बन्नु सत्य लाई जान्नुहोस् !!
सत्य कै खोज्मा बीताउँनु जीबन यो कुरा मान्नुहोस्!!

पर्सम्सा सबै अल्लाह को लागी लेख्न म सक्तीन !!
हावा को झोँका हीमाली हावा देख्न म सक्तीन !!
सम्झन्छु (गज़ल)(२०७१ माघ २४, शनिवार)
म मेरी जन्मदात्रीको,मिजासी बात सम्झन्छु 
अलौकिक स्नेह बाँडेका,पियारा हात सम्झन्छु   (१)

असत्ती दैवले हर्दा,परेको घात सम्झन्छु
चितामा राख पारेको,भयङ्कर रात सम्झन्छु     (२)
वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई रोटरी पुरस्कार(२०७१ माघ २४, शनिवार)
वरिष्ठ संस्कृतिविद् डा. सत्यमोहन जोशी गोपाल-कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स पुरस्कारबाट पुरस्कृत भएका छन् । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट-३२९२ ले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार गरेको कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले संस्कृतिविद् जोशीलाई नगद १० लाख रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।
दुई अक्षरको 'माया'(२०७१ माघ ६, मंगलवार)
माया यस्तो चिज हो जस्ले गर्दा जीवनमा सुखै सुखको अनुभव हुन्छ यो त जस्ले माया गर्न जानेको छ र माया गर्छ उसैले मात्र यस्तो अनुभव बटुल्ने गर्दछ |
यो जिन्दगी (गज़ल)(२०७१ पौष २८, सोमवार)
दुख्दै छ यो जिन्दगी,पेल्दा खुराफातले 
ज्यादै भयो बगबगी,बाटो भुले मातले

चल्दैन खै वागमा,फूलको कुनै वासना 
खोजी रहेँ मगमगी,छोपेछ त्यो पातले
बन्दैन यसरी नयाँ नेपाल (नरपानी चुनढुङ्गा)(२०७१ पौष २७, आइतवार)
सहिदको रगतले रंगिएर  रातो भएको यो माटो
पूर्खाको पौरख र खुन पसिना सोंसेर चट्टान भएको चुनढुङ्गा
यी जीवन दायिनी पानीका मूलहरु जौविक विविधता र जडिबुटी
 प्राकृतिक वातावरण र हरियाली मासेर 
पुर्खाको नासो कौडीको मोलमा बेचेर
बन्दैन बन्दैन यसरी नयाँ नेपाल बन्दैन ।
हो कि (गज़ल)(२०७१ पौष १५, मंगलवार)
ऐनाले खुच्चिङ गरेको हो कि 
यो बैंश साँच्चै झरेको हो कि

बेचैन लाग्यो जवानी गुम्दा 
तकदीर यस्तै परेको हो कि

तर्केर आफैँ विलाए इच्छा 
मुस्कान खोलो तरेको हो कि
जिउन खोजे(२०७१ पौष १२, शनिवार)
जिन्दगीमा यसरी पनी मैले जिउन खोजे 
उद्रिएका हृदयमा कती सिउन खोजे 
पोखिएका आसुँहरु कती पिउन खोजे 
रित्तिएर हाँसोहरु कती एक्लै भोगे 
शोषणरुपी पासोहरु कती तोड्न खोजे
आफ्नै आमाको मुहार हँसाऊ(२०७१ पौष ५, शनिवार)
पखेटा लागेका सुनौला बचेराहरु
फराकिलो चरिचरन खोज्न प्रदेश पुगेकाहरु 
 जीन्दगीमा केही गर्नेे अठोट र उत्साह बोकेकाहरु ।

 स्वदेशमा अवसर नपाएर 
पसिना र विवेक बेच्ने थलो नभएर 
सात समुद्र पारी पुगेका युवाहरु ।
मेरो जीवनमा (गजल)(२०७१ पौष ३, विहीवार)
आयौ तिमी मेरो जीवनमा 
क्षितिज छरिएको लाली झै
शुवास छरियो यो दिलमा
न राखीदेउ कुनै परीधी 
त्यो प्रितले भरिएको हृदयमा |
बाँकी छन् (गज़ल)(२०७१ म‌सिर २८, आइतवार)
जिन्दगी भित्र गुम्सेका धेरै,वेदना बाँकी छन् 
को सँग भनौँ दुखेका सयौँ,घटना बाँकी छन् ll

सताउँछन् साह्रै घोचेर छाती,पुराना यादले 
समुन्द्री छाल बनेर आउने,तर्कना बाँकी छन् ll

विवशता सङ्ग भिडन्त गर्दै,गैसक्यो उमेर 
हाँसेर जिउने अनेकौँ थरी,सपना बाँकी छन् ll
नारी तिमी(२०७१ म‌सिर २०, शनिवार)
मनोरञ्जनकी साधन र प्रजननकी मेशिन होइन तिमी
न त चरणकी दासी,भोककी प्यासी नै बन्न हुन्छ तिमी ।

समाजका हुने खाने र शोषकका प्यास मेटाएर होइन तिमी
आफ्नै रुप र रंगको प्रशंशामा दंग परेर होइन तिमी ।
भावना(२०७१ म‌सिर १४, आइतवार)
खुसीहरू सपना भए 
र आँसु यी गहना भए 

रहेन क्यै लुटियो सबै 
विचार झन् अदना भए 
फिरेर देशैमा(२०७१ कार्त्तिक २६, बुधवार)
नठान साथीहो,खुसीले जिएको 
छ आँसु आँखामा,नदी भै बगेको ll    

न बन्धु छन् मेरा,न कोही हितैषी 
विभिन्न पिडा छन्,बलैले सहेको ll
प्यारो लाग्छ(२०७१ कार्त्तिक १९, बुधवार)
मलाई मेरो नेपाल र नेपाली नै प्यारो लाग्छ 
तराईवासी,पहाडिया,हिमाली नै प्यारो लाग्छ ll   

लप्पन छप्पन छैन कुनै मुस्कुराउँछन् स्वच्छतामा 
बाँडेकाछन् सङ्लो माया,लेकाली नै प्यारो लाग्छ ll
आयो तिहार(२०७१ कार्त्तिक ६, विहीवार)
सधैँ झैं दुखाएर आयो तिहार
प्रवासी रुवाएर आयो तिहार

न बैनी दिदी छन् न ता दाजु भाइ 
हितैषी छुटाएर आयो तिहार
फ्रान्सेली आख्यान लेखक प्याट्रिक मोडियानोलाई यस वर्षको नोबेल साहित्य पुरस्कार(२०७१ आश्विन २३, विहीवार)
फ्रान्सेली आख्यान लेखक प्याट्रिक मोडियानोलाई यस वर्षको नोबेल साहित्य पुरस्कार दिइने भएको छ। सन् १९६८ मा पहिलो उपन्यास प्रकाशित गरेका मोडियानोलाई यस वर्षको साहित्य पुरस्कार दिने घोषणा नोबेल पुरस्कार समितिले बिहीबार गरेको हो।
फेस्टिवल अफर(२०७१ आश्विन १५, बुधवार)
ब्यानर लगाएर टंकमान 
शसुरा जि बेचीरहेथे सामान 
दशै तिहार को छुट 
लुट्न सके लुट 
ज्वाँई थियो नादान 
श्रीमती देखी परेशान
पुग्यो आफ्नो शसुराको दुकान 
भन्यो-तपाईंलाई भन्न चाहन्छु 
तपाईंको यि पुरानी छोरी फिर्ता गरी 
अर्की साली कान्छी लैजान चाहन्छु 
यो छुट को दशै,तिहार
यो दसैँमा(२०७१ आश्विन १३, सोमवार)
घरै पिच्छे खुसी छाओस यो दसैँमा 
सबैको आँगनी हाँसोस यो दसैँमा 

भवानीले गरून रक्षा प्रेम गर्दै 
समुन्नतले शिखर नाघोस यो दसैँमा 
सुन्दर (गज़ल)(२०७१ आश्विन ७, मंगलवार)
टाठो बाठो मान्छे यहाँ,जता ततै ठालु हुन्छ 
काम गर्छ कालु सधैं,मकै खाने भालु हुन्छ ll
आलु खाँदै पेडाको धाक,लगाएर बस्छन् कति 
वास्तविकता खोतले त्यो,पेडा नभै आलु हुन्छ ll
मानवसेवा आश्रमद्वारा ५ जानाको उद्धार(२०७१ आश्विन ८, बुधवार)
विभिन्न कारणहरुबाट सडकका पेटीहरुमा कष्टकर जीवनयापन गर्न विवश व्यक्तिहरुको सेवा गर्ने अभिष्टका साथ सर्वोत्कृष्ट जीवन: शाश्वत चिनतन (साँचो जीवननिर्माण अभियान) द्वारा सञ्चालित मानवसेवा आश्रमले थप ५ जानालाई अति कष्टकर अवस्थाबाट उद्वार गरेको छ । विगत लामो समयदेखि भरतपुर-१२, गडेशस्थान मन्दिरको पेटीमा मागेर गुजारा चलाउदै आएका  ७० बर्षिय वृद्ध उमेश यादव, उनका ३१ व्र्षिय श्रीमती मनसुवा यादव र २ वर्षे छोरा , १० र ६ वर्षिय दुई छोरी सहित ५ जानाको परिवारलाइ मानवसेवा आश्रमको चितवन शाखाले उद्धार गरेको हो । केहि समय अघाडी सम्म दाउरा बेचेर गुजारा चलाउने गरेको भएपनि  शरिर कमजोर भएर काम गर्न नसक्ने भएपछि करिव आठ महिनादेखि भगवानको सरणमा परेको बृद्ध उमेश यादवले बताउनु भयो ।
सबैको जिन्दगी (गज़ल)(२०७१ आश्विन ६, सोमवार)
कतै मस्ती कतै पीडा,कतै बस्छन गुनासाले 
कतै भोका कतै प्यासा,कतै रुन्छन निराशाले 

सबैको जिन्दगी लाग्यो,कथा उस्तै व्यथा उस्तै 
दगुर्दै छन दिनै पिच्छे,सबै ठूला सुखाशाले 
"असभ्य र सभ्य"(२०७१ भाद्र ३१, मंगलवार)
पहिले मान्छे असभ्य थिए सिङान पोछी बाहिर फ्याक्दथे 
अहिले मान्छे सभ्य भए सिङान पोछी खल्ती भित्र राख्दछन |

पहिले मान्छे असभ्य थिए दिशा,पिसाब खुल्ला मैदानमा गर्दथे
अहिले मान्छे सभ्य भए दिशा,पिसाब घर भित्र गर्ने गर्दछन |
२०७० सालको मदन पुरस्कारबाट राधा पौडेल पुरस्कृत(२०७१ भाद्र २९, आइतवार)
२०७० सालको मदन पुरस्कारबाट राधा पौडेल पुरस्कृत भएकी छन् । उनको कृति 'खलंगामा हमला'लाई मदन पुरस्कार प्रदान गरिएको हो । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले २ लाख रुपैयाँ राशिको उक्त पुरस्कार पौडेललाई प्रदान गर्ने निर्णय गरेको हो ।
जिन्दगीका (गज़ल)(२०७१ भाद्र २७, शुक्रवार)
इच्छाहरू छाती भित्रै,निसासिए जिन्दगीका
रहर जति खाँदमा परे,र भासिए जिन्दगीका

कल्पनाका शीशमहल,गर्ल्याम गुर्लुम ढले सबै 
चोखा चोखा भावना नि,निराशिए जिन्दगीका
उच्च पेशा ( गज़ल)(२०७१ भाद्र २२, आइतवार)
कुनै जिन्दगीमा, सयौं छन् दुखेसा
कुनै मस्तमा छन्, हुँदा उच्च पेशा

कसैको पसीना, गएको छ व्यर्थै
कसैले बृथामै,मिलाए अडेसा
रुँदै छन् (गज़ल)(२०७१ भाद्र १८, बुधवार)
आफन्त सबै,पहिरोले लग्यो,टुहुरा रुँदै छन्
बिजोकै देख्दा,देउराली पाखा,ढिस्कुरा रुँदै छन्

बस्ती नै बग्यो,रहेन केही गाँस बासै हरायो
बाँच्नेको पनि,होस् हवास छैन,वेसुरा रुँदै छन्