arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य
मेरा वीर योद्दाहरू(२०७२ भाद्र २४, विहीवार)
मेरा वीर योद्दाहरू तिमी अनेकतामा होइन एकतामा आऊ
आऊ योद्दा आऊ तिमि यो चन्द्र सुर्य झण्डा मुनि आऊ । 

तिमीलाई साँच्चै राष्ट्र प्रति माया छ भने राष्ट्रियताको गित गाउ 
यदि तिमी राष्ट्रप्रेमी हौ भने जातिवाद र क्षेत्रवादको नारा नलगाउ । 
संक्रमणकालिन गन्तव्य (२०७२ भाद्र २३, बुधवार)
आज यो देशमा रगतले राष्ट्रको माटो मुछ्दै छ ।
सुरक्षाकर्मीको हत्याहुदा देशभक्त आँसु पुछ्दैछ ।।
कतै आज निषेधाज्ञा छ कतै वन्द हड़ताल पनी ।
देशै संकटमा पारी सक्यो आज संघीयता भनी ।।
मेरो देश "भाग एक"(२०७२ भाद्र १८, शुक्रवार)
आन्दोलन र बन्द हड़तालले देश रोएको छ ।
जनता आफ्नो अनुहार रगतले धोएको छ ।।
चलेका छैनन् मोटरगाडी वाटो छ सुनसान ।
आन्दोलनकारीकै वर्चस्व सर्वत्र रमज़ाम ।।
डुव्यो देश हाम्रो (गज़ल)(२०७२ भाद्र १६, बुधवार)
डुव्यो देश हाम्रो, अधम जन्मिनाले
दुख्यौँ देशवासी, जखम थुप्रिनाले

छिया भो सबैको,कलेजो र छाती
बढ्यो रोग ज्यादै,मलम खोसिनाले
राष्ट्रको माया (२०७२ भाद्र १२, शनिवार)
राजनीतिक पार्टी मुर्दाबाद संगै मलाम गर्नु पर्छ ।
नेपाली सेना जिन्दावाद संगै सलाम गर्नु पर्छ ।।

जातीय राजनीति कुट्निटी बन्द गर्नु पर्छ ।
सैनिक शासन देश भर लागू गर्नु पर्छ ।।
रमायो (गज़ल)(२०७२ श्रावण २८, विहीवार)
रोएर जिन्दगानी आघातमा रमायो
हाँसो खुसी नहेर्दै औकातमा रमायो 

मुस्कान भो कथा झैं साथी छ आँसु धारा 
कैले छ धूप कैले वर्षातमा रमायो 
भरोषा र आशा (गज़ल)(२०७२ श्रावण २५, सोमवार)
म ऐले लडेको धुरी पो भएछु
नबज्ने ठुटो बाँसुरी पो भएछु ll

चपाए सयौँले निले मक्ख पर्दै 
खुबै स्वादिलो तन्दुरी पो भएछु ll
यो जिन्दगी (गज़ल)(२०७२ श्रावण १९, मंगलवार)
हार हो यो,जीत हो यो जिन्दगी
स्वच्छ माया प्रीत हो यो जिन्दगी

हाँस्छ कैले रुन्छ कैले आत्तिदै 
घाम पानी शीत हो यो जिन्दगी
साथी (गज़ल) (२०७२ श्रावण ८, शुक्रवार)
अतालिएँ प्रवासले साथी
मनै मर्यो उदासले साथी

मडारिदै गए सयौँ पिडा 
खिसी गरे विलासले साथी
आदिकवि भानुभक्त आचार्यको २०२ औँ जन्मजयन्ती मनाइयो(२०७२ आषाढ २९, मंगलवार)
आदिकवि भानुभक्त आचार्यको २०२ औँ जन्मजयन्तीको अवसरमा दरबार हाइस्कुलमा रहेको सालिकमा मंगलबार माल्यार्पण गरिनु साथै उनको व्यक्तित्व र कृत्तित्वबारे चर्चा गरियो। नेपाल शिक्षा परिषद्लगायतका संस्थाले आयोजना गरेको कार्यक्रममा सभामुख सुवास नेम्वाङले आदिकवि आचार्यको सालिकमा माल्यार्पण गर्दै नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न उनको ठूलो योगदान रहेको स्मरण गरे। 
आए हुन्थ्यो ( गज़ल)(२०७२ आषाढ २२, मंगलवार)
सधैँभरि तिमी मेरो चाहनामा आए हुन्थ्यो 
विपनामा नसके नि सपनामा आए हुन्थ्यो ll

एकै चिम्टी हाँसो मात्रै खोजेको हूँ परदेशमा 
निरन्तरको छट्पटी र वेदनामा आए हुन्थ्यो ll
असारे गीत(२०७२ आषाढ १६, बुधवार)
२०७२ असार पन्ध्र बारांै धान दिवश
एकजुट भइ रमाइलो गरी मनाऔं यो दिवश ....२
लौ तो बा लौ लौ..........मनाऔं धान दिवश 

असारे मेला भएका छौ भेला एउटै छ भावना
पौरखी किसान सफल होउन यही छ कामना......२
लौ तो बा लौ लौ......
ढल्केको बैँस (कविता)(२०७२ आषाढ ५, शनिवार)
छान्दा छान्दै सत्य हो
यो मन कत्तै गएन
उमेर छ भन्दा भन्दै
बैँस ढल्केको पत्तै भएन

हरियाली तिर जादा
बनपाखाले मुढो भन्छन्
कन्याकेटी हेर्न जादा
सबैजनाले बूढो भन्छन्
अभावका चोटहरू(२०७२ ज्येष्ड १, शुक्रवार)
आफन्त गुमाउनेको आँखामा
बेदनाका थोपा थोपा चुहिरहे
मनमा अभावका चोटहरू
अन्योलका प्रश्नचिन्ह बल्झिरहे
नेपाल आमाको पुकार(२०७२ वैशाख २९, मंगलवार)
कहाँ छौ तिमी हे युवा छोरा छोरीहरु हो मेरो छाती चिरिदा 
कहाँ छौ तिमी हे नेताहरु हो मेरो आँखा बाट बलिन्द्र आँशु बगी रहदा 

तिमीहरुलाई कर्म दिन नसकेपनि जन्म दिएकै हुँ 
हुर्काए बढाए पहिचान दिए मैले आफ्नो कर्तब्य निभाएकै हुँ 
प्रकृति नै वैरी बने पछि(२०७२ वैशाख १७, विहीवार)
धरहरा मात्र ढलेको कहाँ हो र ?
वारपाक बिरुप बनेको छ ।
सिन्धुपाल्चोक सुनसान छ ।
जताततै सन्नाटा छाएको छ । 
नुवाकोटमा पनि नरुने को छ र ? 
धाधिङको मुटु पनि धट्केको धट्कियै छ । 
रवीन्द्र समिरको 'एकलव्य दृष्टि' प्रकाशित (२०७२ वैशाख ८, मंगलवार)
पेसाले प्रजजन तथा बालस्वास्थ्य बिशेषज्ञ रवीन्द्र समीरको आठौं लघुकथा सङ्ग्रह 'एकलव्य दृष्टि' प्रकाशित भएको छ । ८२ वटा सम्पूर्ण अप्रकाशित लघुकथाहरुको सङ्ग्रह एकलब्य दृष्टिमा वर्तमान समाजमा अन्तरनिहित राजनैतिक, सामाजिक, धामिक, सांस्कृतिक तथा व्यक्तिगत विकृति, विसंगति एबम द्वैध चरित्रलाई व्यंगात्मक रूपमा तीव्र प्रहार गरिएको छ । विविध कोणबाट उजागर गरेको यो सङ्ग्रहको केन्द्रीय पात्र डा. शर्मा हुन् । डा. शर्माका क्रियाकलापहरू चिकित्सा क्षेत्रका दर्पण बनेका छन् । कृतिका समिक्षा गर्दै चर्चित हास्यव्यंग्यकार हरिवंश आर्चायले डा. समीरका लघुकथाहरुको पहिलेदेखि नै प्रशंसक रहेको बताएका छन् । 
नयाँ वर्ष (गज़ल)(२०७१ चैत्र ३०, सोमवार)
नयाँ वर्ष ! नेपालीलाई, हँसाउन आउनु तिमी
घरै पिच्छे सुख शान्ति,बनाउन आउनु तिमी

धेरै जना पिल्सेकाछन्, रोग, भोक, अशिक्षाले
गरीबी र वेरोजगारी,हटाउन आउनु तिमी
नयाँ बर्ष २०७२ को शुभकामना(२०७१ चैत्र २९, आइतवार)
आयो नववर्ष सवको मनमा ल्यायो खुशी र हर्षउल्लास!
उमंग र खुशीका तरंगहरुले दिनेछ ठुलो जोस र शाहस!!

साथीभाई ईष्टमित्र सबैलाई मेरो २०७२को शुभकामना! 
नववर्षमा फलोस फुलोस भगवानसित गर्दछु यही प्रार्थना!!
साथी (गज़ल)(२०७१ चैत्र २६, विहीवार)
भुलेँ मैले जुनेलीको,रात साथी
यहाँ लाग्यो अँधेरीको, खात साथी 

स्वदेशी हातको माया,खोज्छु रोजै 
भए टाढा पियारा ती,हात साथी 
सार्थक जीवन(२०७१ चैत्र २४, मंगलवार)
अाँँखा भएर के भो र
दुनिया देख्न नसक्ने हो भने ।
दुवै कान भएर के भो र
सकारात्मक कुरा सुन्न  नै सकिदैन भने ।
जमानासगै आफूलाई बदलौँ(२०७१ फाल्गुन २६, मंगलवार)
युगले कोल्टो फेरीसक्यो 
संसार विज्ञान र प्रविधिले साँगुरीसक्यो ।
महिनौ लाग्ने एउटै काम पनि एकै छिनमा हुनथाल्यो
असम्भव भनिएका सबै कुरा प्रमाणित भैसके ।
दुख्यो देश ऐले (गज़ल )(२०७१ फाल्गुन २४, आइतवार)
भरोसा हराए दुख्यो देश ऐले
कसम धर्मराए दुख्यो देश ऐले

कुलक्षण भयो देशवासी सबैमा
हुकेचील कराए दुख्यो देश ऐले
बाल अधिकार कसका लागि ?(२०७१ फाल्गुन ३, आइतवार)
उच्च घरानामा जन्मनेहरुलाई ? 
बाबुआमाको सोखको लागि धाई आमा पाँउनेहरुलाई ?
बाबुआमाको प्रसस्त मायाँ पाँउनेहरुलाई ?
हुनेखाने र कानुनमा पहुँच पुग्नेहरुलाई ?
अग्ला गगनचुम्वी महल र वगँैचामा रमाउनेहरुलाई ?
सत्य लाई जान्नुहोस्(२०७१ फाल्गुन ३, आइतवार)
धनवान होइन गुणवान बन्नु सत्य लाई जान्नुहोस् !!
सत्य कै खोज्मा बीताउँनु जीबन यो कुरा मान्नुहोस्!!

पर्सम्सा सबै अल्लाह को लागी लेख्न म सक्तीन !!
हावा को झोँका हीमाली हावा देख्न म सक्तीन !!
सम्झन्छु (गज़ल)(२०७१ माघ २४, शनिवार)
म मेरी जन्मदात्रीको,मिजासी बात सम्झन्छु 
अलौकिक स्नेह बाँडेका,पियारा हात सम्झन्छु   (१)

असत्ती दैवले हर्दा,परेको घात सम्झन्छु
चितामा राख पारेको,भयङ्कर रात सम्झन्छु     (२)
वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई रोटरी पुरस्कार(२०७१ माघ २४, शनिवार)
वरिष्ठ संस्कृतिविद् डा. सत्यमोहन जोशी गोपाल-कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स पुरस्कारबाट पुरस्कृत भएका छन् । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट-३२९२ ले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार गरेको कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले संस्कृतिविद् जोशीलाई नगद १० लाख रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।
दुई अक्षरको 'माया'(२०७१ माघ ६, मंगलवार)
माया यस्तो चिज हो जस्ले गर्दा जीवनमा सुखै सुखको अनुभव हुन्छ यो त जस्ले माया गर्न जानेको छ र माया गर्छ उसैले मात्र यस्तो अनुभव बटुल्ने गर्दछ |
यो जिन्दगी (गज़ल)(२०७१ पौष २८, सोमवार)
दुख्दै छ यो जिन्दगी,पेल्दा खुराफातले 
ज्यादै भयो बगबगी,बाटो भुले मातले

चल्दैन खै वागमा,फूलको कुनै वासना 
खोजी रहेँ मगमगी,छोपेछ त्यो पातले
बन्दैन यसरी नयाँ नेपाल (नरपानी चुनढुङ्गा)(२०७१ पौष २७, आइतवार)
सहिदको रगतले रंगिएर  रातो भएको यो माटो
पूर्खाको पौरख र खुन पसिना सोंसेर चट्टान भएको चुनढुङ्गा
यी जीवन दायिनी पानीका मूलहरु जौविक विविधता र जडिबुटी
 प्राकृतिक वातावरण र हरियाली मासेर 
पुर्खाको नासो कौडीको मोलमा बेचेर
बन्दैन बन्दैन यसरी नयाँ नेपाल बन्दैन ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736