arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
साहित्य
गौतम बुद्ध (गज़ल)(२०७१ वैशाख ३०, मंगलवार)
देश निकै छट्पटायो,आऊ न फेरि गौतम बुद्ध
सुख शान्ति लड्खडायो,आऊ न फेरि गौतम बुद्ध

छाडातन्त्र भएको छ,प्रजातन्त्र अचेल भरि
सद्भावना डगमगायो,आऊ न फेरि गौतम बुद्ध

जिन्दगी (गज़ल)(२०७१ वैशाख २५, विहीवार)
 आशै आशमा,बित्छ जिन्दगी
 रोजै दासमा,बित्छ जिन्दगी 

मायाँ गर्छ को,यो प्रवासमा ?
जाली पाशमा,बित्छ जिन्दगी
सितिमिती पाईंदैन (गज़ल) (२०७१ वैशाख २२, सोमवार)
जिन्दगीमा मिठो मुस्कान,सितिमिती पाईंदैन 
झलमल्ल सुनको विहान,सितिमिती पाईंदैन

गुराँस फुल्छन् वसन्तमा,शिशिरमा झर्छन् सवै
 बाह्रै मैना फुल्ने उद्यान,सितिमिती पाईंदैन
जिन्दगी (गज़ल)(२०७१ वैशाख १२, शुक्रवार)
च्यातिएर जान थाले, इतिहासका पाना सबै
चोखो माया ढली सक्यो, मक्किएर छाना सबै

सिर्जनाको प्रवाह नै, सुक्ने भयो खडेरीले 
एकान्तले बिर्साई दियो, पिरतीका गाना सबै
देश आफू भैदिए (कविता)(२०७१ वैशाख ६, शनिवार)
आफ्नो माया त सबलाई रैछ
परिवारको पनि माया हुँदो रैछ
देश आफू भैदिए कस्तो हुन्थ्यो
परिवार देश भैदिए कस्तो हुन्थ्यो

देशको भविष्य नेताकै हातमा
बुद्धिजिवी, श्रमी छ छैन साथमा
निकै सोचि सम्झी रुपरेखा कोर
माया भए देशको, लोभ-लालच छोड
नव वर्ष आयो (कविता)(२०७० चैत्र ३०, आइतवार)
छायो वसन्त ऋतु लौ जगतै रमायो 
उत्साहले विगतको पिर नै भुलायो 
नौलो खुसी र सपना अव सल्वलायो
बिर्सौं कुभाव सवले नव वर्ष आयो ll १ ll

कर्तव्य के छ जनको यति बुझ्नु होला
ऐले सुकर्म नगरे पछि चित्त रोला
सद्बुद्धि लिन्छ जसले उसले सपार्यो
त्यागौँ मुटाव सवले नव वर्ष आयो ll २ ll
यस्तो हुनु पर्छ(२०७० चैत्र २५, मंगलवार)
टुट्नु होइन जुट्नु पर्छ 
फुट्नु होइन मिल्नु पर्छ 
आलस होइन साहस गर्नु पर्छ 
रिसराग होइन बहस गर्न सिक्नु पर्छ |

अनेकता मा होइन एकतामा बाँधिन सिक्नु पर्छ 
भ्रष्ट्रचार को बिरुद्द चर्को आवाज उठाउन सक्नु पर्छ |
वसन्त झैँ तिमी आयौ (गीत)(२०७० चैत्र २३, आइतवार)
वसन्त झैँ तिमी आयौ
नजिक आइ मुस्कुरायौ
लजालु नजर झुकायौ
मीठो हेराइले सतायौ

समुन्द्रको छाल उठेझैँ
कोमल पाइला उठायौ
नदेख्दा मलाई खोजेझैँ
देख्दा नजर झुकायौ
साहित्यकार कृष्णप्रसाद पराजुलीको ७९ वर्षको उमेरमा निधन (२०७० चैत्र २१, शुक्रवार)
साहित्यकार कृष्णप्रसाद पराजुलीको ७९ वर्षको उमेरमा बिहीबार निधन भएको छ। उनी लामो समयदेखि त्रिवि टिचिङ अस्पतालमा उपचार गराइरहेेेका थिए। उनी लामो समयदेखि मधुमेह र मृगौला रोगबाट पीडित थिए । निमोनिया र श्वासप्रश्वास सम्बन्धी रोगले समेत च्यापेपछि दुई सातायता उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।  
कुनै दिन (गज़ल)(२०७० चैत्र १९, बुधवार)
नगरौँ लोभ जिन्दगी हाम्रो,मर्नेछ कुनै दिन 
रहन्न सधैँ प्रकृति फूल,झर्नेछ कुनै दिन l

झुटको खेती टिक्दैन धेरै,लैजान्छ पैह्रोले 
उर्लेर बाढी पापको कमाइ,हर्नेछ कुनै दिन l
जिन्दगानी (गज़ल)(२०७० चैत्र १२, बुधवार)
लुकाएर राखेँ,दुखेका कहानी 
झनै जीर्ण बन्दै,गयो जिन्दगानी

वियोगी भएरै,बिते वर्ष धेरै
सधैँ आँसु झार्दै,भिजाएँ सिरानी
भारतका प्रख्यात स्तम्भकार, पत्रकार तथा लेखक खुशवन्त सिंहको निधन(२०७० चैत्र ६, विहीवार)
भारतका प्रख्यात स्तम्भकार, पत्रकार तथा लेखक खुशवन्त सिंहको ९९ वर्षको उमेरमा निधन भएको छ । योजना, नेसनल हेराल्ड, हिन्दुस्तान टाइम्स र द इलेस्ट्रेटेड विक्ली जस्ता प्रसिद्ध अखबारका सम्पादक समेत रहेका सिंहको आफ्नै निवासमा निधन भएको हो । उनी सन् १९८० देखि १९८६ सम्म भारतको राज्यसभाका सांसद समेत रहेका थिए । उनको निधनप्रति भारत सरकारले दुःख व्यक्त गरेको छ ।
अनिश्चितकालीन आन्दोलन(२०७० फाल्गुन ३०, शुक्रवार)
म चिया पिउदै सडक तर्फ को झ्याल मा उभिएको थिए | सडक मा आज खोइ किन हो हल्ला-खल्ला भईरहेको थियो  "हाम्रो माग पूरा गर हाम्रो इज्जत सबैले गर"  यस्तै आवाज मेरो घरको भित्र सम्म गुन्जी रहेको थियो मैले यसो झ्याल खोली टाउको निकालेर हेरे यो आवाज अनी "नारा" अरु कुनै राजनीतिक दलहरुको नभएर सबैको घर-घर मा हुने कुचो यानी "झाडू" को थियो | 
यस्तो पनि हुँदोरहेछ........(२०७० फाल्गुन २३, शुक्रवार)
कुरो हाल चालै को हो ठीक भ्यालेन्टाइन डे को अघिल्लो दिन राती को खाना खाएर म मन मा कुनै कुरा को ख्याल न राखी आफ्नो बिस्तारा मा बेलेङ्केट भित्र घुसे | रातिको साडे दश बजेको थियो बेलेङ्केट को तातो ले निन्द्रा पनि मज्जा को लागेको थियो झ्याप्प निदाउन पुगेछु | निन्द्रा पछी को अर्को जिन्दगी बेग्लै दुनियाँ जो झुटो पनि हुन्छ र कहिले काँही सत्य पनि हुने रहेछ मत्लब निदाएको बेला देखिने दृश्य "सपना"|
आमा - मेरी आमा(२०७० फाल्गुन २१, बुधवार)
जन्माएर मलाई काखमा सुतायौ
आमा तिमीले कति रात नसुति बितायौ
मलाई सधैँ माया गर्ने मेरी आमा देउता
यो ब्रह्माण्डमा तिमी केवल एउटा
मेरी आमा (गज़ल)(२०७० फाल्गुन २०, मंगलवार)
पूजा गर्न योग्य नारी,हुनुहुन्थ्यो मेरी आमा
मुटु भन्दा धेरै प्यारी,हुनुहुन्थ्यो मेरी आमा
ठान्नुभयो आफू जस्तै,संसारका प्राणी सबै
जन्मै देखि शाकाहारी,हुनुहुन्थ्यो मेरी आमा
अर्घाखाँचीको याद(२०७० फाल्गुन १५, विहीवार)
माथि पर्छ छत्रथान  तल धैरेनी। 
त्यहाँ बाट अलि ओर मेरो सुन्दर गाउँको ाम हो खैरेनी।।

सँगै खेलेका साथी भाई अनि अलग भए दौतारी। 
अर्घाखाँची मै चिनीले नाम हो एउटा दोहोराचौपारी।।
चौध अञ्चल पचहतर जिल्ला(२०७० फाल्गुन १२, सोमवार)
सबैलाइ नमस्कार 'गुल्मी' 'पाल्पा' होइन हजुर 'अर्घाखाँची' हो मेरो घर 
'रुपन्देही' 'नवलपरासी' अनि 'कपिलवस्तु' सीमामा बढ्यो अतिक्रमण |  (लुम्बिनी)
स्वर्ग हाम्रो (कविता)(२०७० फाल्गुन १२, सोमवार)
कति हुनु छ विरानो ? दिक्क लागेर आयो
रहर जति सवै नै,भित्र बाटै हरायो
भत भत भत पोल्दै,दुख्न लागेछ छाती
सहन सकिन पीडा,आँसु बर्षिन्छ राती ll १ ll
प्रियतमा (कविता )(२०७० फाल्गुन १२, सोमवार)
शोकैमा भयमा कडा समयमा साथी सधैँ नै भयौ l
रातैमा दिनमा रहेर संगमा आनन्द हाँसो दियौ l
गर्दै आदर प्रेमले हरघडी आशा दियौ भै धरा l
हौ मेरी मनमा निवास गरने देवी तिमी अप्सरा ll १ ll
पश्चाताप(२०७० फाल्गुन ६, मंगलवार)
आज अचानक दिमाग मा घन्टी बज्यो ट्वाङ्-ट्वाङ्
याद आयो चुरोट खाँदै धुवाँ उडाएको ब्वाङ-ब्वाङ
भूत-प्रेतले भेटाएछ क्यारे खाँस्दै छु ख्वाङ-ख्वाङ 
धामी ले निको पार्छ कि बजाउदै ढ्यांग्रो ड्वाङ-ड्वाङ |
प्रा.डा.मोहनप्रसाद तिमिल्सिना र पुरुषोत्तम दाहाललाई शिक्षा सेवा सम्मान प्रदान (२०७० माघ २६, आइतवार)
भानुभक्त-अयोध्यादेवी स्मृति प्रतिष्ठानले प्रा.डा.मोहनप्रसाद तिमिल्सिना र पुरुषोत्तम दाहाललाई शिक्षा सेवा सम्मान प्रदान गरेको छ । साहित्यकार प्रा.पिताम्बर शर्मा दाहालको हीरक शुभजन्मोत्सवको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुयाएको भन्दै तिमिल्सिना र दाहाललाई भानुभक्तअयोध्यादेवी दाहाल शिक्षा सेवा सम्मान प्रदान गरिएको हो ।
म हत्यारा(२०७० माघ २३, विहीवार)
जीवन संघर्ष हो संघर्ष बिनाको जीवन ब्यर्थ हुन्छ 
भन्छन जीवन मा जिउन कलाकारिता को ठुलो अर्थ हुन्छ |

जन्मे को दिन बाट नै संघर्ष मा बितेको छ मेरो जीवन 
कहिले ठोकर कहिले गाली,यातना त कहिले अपहेलना को जीवन |
विद्या र वाणीकी देवी सरस्वतीको पूजा आराधना गर्दै मुलुकभर श्रीपञ्चमी मनाइँदै(२०७० माघ २१, मंगलवार)
विद्या र वाणीकी देवी सरस्वतीको पूजा आराधना गर्दै उनको जन्मोत्सवका रूपमा मंगलबार मुलुकभर श्रीपञ्चमी मनाइँदै छ ।श्रीपञ्चमीमा बालबालिकालाई अक्षरारम्भ गर्ने नेपाली परम्परा भएकाले अभिभावकले आफ्ना सन्तानलाई नजिकका सरस्वती मन्दिरमा लगी खरी वा पेन्सिलले अक्षर लेख्न लगाउँछन् । यस दिन सरस्वतीको पूजाअर्चना गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने जनविश्वास छ ।
धन दौलत (मुक्तक)(२०७० माघ २०, सोमवार)
तिमीलाई आफ्नो भन्ने अनुमति दिए पुग्छ 
जुनीभरको अटुट साथ मात्र यति दिए पुग्छ
चाइदैन् मलाई त्यो धन दौलतको ठुलो रास  
सकुनले जिउने आधार अलिकति दिए पुग्छ
व्यर्थभो (गज़ल)(२०७० माघ १२, आइतवार)
जिन्दगी आँसुको पोखरी झैं भयो
नालमा मिर्किने टोकरी झैं भयो

दर्दले स्वास नै बन्द पो हुन्छ कि ?
हर्घडी कालको कोठरी झैं भयो
चालिस चलचित्र को नाम बाट कविता(२०७० पौष ३०, मंगलवार)
'तिम्रो माया उनान्सय मेरो माया सय'
'हाँसी देउ एक फेर' तिमीलाइ मेरो माया भए |  
'दिल' को 'ढुकढुकी' तिमी 'जीन्दगानी' 'घाम छाँया' 
'युग देखि युग सम्म' संगै बाँच्ने छु भएर तिम्रो 'भरिया' |
नबिर्सौं है (गज़ल)(२०७० पौष २३, मंगलवार)
प्रवास मै बसे पनि मेची काली नबिर्सौं है 
स्वर्ग जस्ती मातृभूमि र नेपाली नबिर्सौं है 
तिर्नु पर्छ जननीको भारा हाम्ले जिन्दगीमा 
रस चुस्दै भमरा झैं फूलको डाली नबिर्सौं है 
आउने वाला भोली हेर(२०७० पौष १३, शनिवार)
न गन खोला का ढुङ्गाहरु, बस तिमी आफ्नो लक्ष्य लाई हेर 
जो बित्यो बिती सक्यो अब आउने वाला भोली लाई हेर |
शाहस (मुक्तक)(२०७० पौष ८, सोमवार)
कत्ती बिचलित नहौ साथी ज्ञानको साथ छ 
तिम्रो हरेक कदममा यो मानको साथ छ 
शाहस बोकी अघी बढ गन्तब्यमा पुग्ने छौ 
हिक्मत दिने तिमी सँग शानको साथ छ