arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य
म हत्यारा(२०७० माघ २३, विहीवार)
जीवन संघर्ष हो संघर्ष बिनाको जीवन ब्यर्थ हुन्छ 
भन्छन जीवन मा जिउन कलाकारिता को ठुलो अर्थ हुन्छ |

जन्मे को दिन बाट नै संघर्ष मा बितेको छ मेरो जीवन 
कहिले ठोकर कहिले गाली,यातना त कहिले अपहेलना को जीवन |
विद्या र वाणीकी देवी सरस्वतीको पूजा आराधना गर्दै मुलुकभर श्रीपञ्चमी मनाइँदै(२०७० माघ २१, मंगलवार)
विद्या र वाणीकी देवी सरस्वतीको पूजा आराधना गर्दै उनको जन्मोत्सवका रूपमा मंगलबार मुलुकभर श्रीपञ्चमी मनाइँदै छ ।श्रीपञ्चमीमा बालबालिकालाई अक्षरारम्भ गर्ने नेपाली परम्परा भएकाले अभिभावकले आफ्ना सन्तानलाई नजिकका सरस्वती मन्दिरमा लगी खरी वा पेन्सिलले अक्षर लेख्न लगाउँछन् । यस दिन सरस्वतीको पूजाअर्चना गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने जनविश्वास छ ।
धन दौलत (मुक्तक)(२०७० माघ २०, सोमवार)
तिमीलाई आफ्नो भन्ने अनुमति दिए पुग्छ 
जुनीभरको अटुट साथ मात्र यति दिए पुग्छ
चाइदैन् मलाई त्यो धन दौलतको ठुलो रास  
सकुनले जिउने आधार अलिकति दिए पुग्छ
व्यर्थभो (गज़ल)(२०७० माघ १२, आइतवार)
जिन्दगी आँसुको पोखरी झैं भयो
नालमा मिर्किने टोकरी झैं भयो

दर्दले स्वास नै बन्द पो हुन्छ कि ?
हर्घडी कालको कोठरी झैं भयो
चालिस चलचित्र को नाम बाट कविता(२०७० पौष ३०, मंगलवार)
'तिम्रो माया उनान्सय मेरो माया सय'
'हाँसी देउ एक फेर' तिमीलाइ मेरो माया भए |  
'दिल' को 'ढुकढुकी' तिमी 'जीन्दगानी' 'घाम छाँया' 
'युग देखि युग सम्म' संगै बाँच्ने छु भएर तिम्रो 'भरिया' |
नबिर्सौं है (गज़ल)(२०७० पौष २३, मंगलवार)
प्रवास मै बसे पनि मेची काली नबिर्सौं है 
स्वर्ग जस्ती मातृभूमि र नेपाली नबिर्सौं है 
तिर्नु पर्छ जननीको भारा हाम्ले जिन्दगीमा 
रस चुस्दै भमरा झैं फूलको डाली नबिर्सौं है 
आउने वाला भोली हेर(२०७० पौष १३, शनिवार)
न गन खोला का ढुङ्गाहरु, बस तिमी आफ्नो लक्ष्य लाई हेर 
जो बित्यो बिती सक्यो अब आउने वाला भोली लाई हेर |
शाहस (मुक्तक)(२०७० पौष ८, सोमवार)
कत्ती बिचलित नहौ साथी ज्ञानको साथ छ 
तिम्रो हरेक कदममा यो मानको साथ छ 
शाहस बोकी अघी बढ गन्तब्यमा पुग्ने छौ 
हिक्मत दिने तिमी सँग शानको साथ छ 
अधुरो(२०७० पौष ७, आइतवार)
मेरो जीबन को किताब बाट थाहा छैन कहिले 
माया ले भरिएको पन्ना फाटेर गएछ कहिले 
            जहिले बाट होश सम्हाले 
           उसलाई खोजी रहे यहाँ वहाँ
बिर्स्यौ क्यारे: गज़ल (२०७० पौष ७, आइतवार)
तिम्रै लागि रचिएका गीत गज़ल बिर्स्यौ क्यारे 
वियोगले तड्पिएर बस्छ घायल बिर्स्यौ क्यारे
संवीधान चाहियो !(२०७० पौष ७, आइतवार)
हामीलाई देशमा संबिधान चाहियो !
तर बनाउने नेताहरु देख्दा .... 
सार्है अघाइयो |
ब्रह्मचारी षडानन्द राष्ट्रिय पुरस्कार प्राध्यापक भट्टराईलाई(२०७० म‌सिर २२, शनिवार)
ब्रह्मचारी षडानन्द अधिकारीको स्मृतिमा स्थापना गरिएको षडानन्द राष्ट्रिय पुरस्कार यस वर्ष प्राध्यापक पुरुषोत्तम भट्टराईलाई प्रदान गरिएको छ । 
"वेदना "(२०७० म‌सिर १६, आइतवार)
-बाबु रोका मगर  "अपरिचित" असुरकोट-९,जोगिटारी, अर्घाखाँची [हाल नयाँ दिल्ली भारत ]  
मेरा साथीभाई किन जान्छौ जापान,कोरिया,साउदी,दुवई 
देशै रित्तिएला जस्तो हुन लाग्यो पस्न थाल्यौ प्रदेश सबै |

हाय रे यो गरीबी(२०७० म‌सिर ११, मंगलवार)
कुनै समय एउटा धेरै गरिब परिवार थियो श्रीमान-श्रीमती दुवै गरिब थिए उनिहरुका दुई वटा बच्चा थिए उनिहरु पनि साह्रै गरीब थिए| घर का सबै नोकर चाकर पनि गरीब थिए घरका माली,ड्राइभर र चौकीदार पनि गरीब नै थिए | घर का चार वटा कुकुर पनि गरीब थिए दुई दिन देखी मासु खाएका थिएनन तीन वटा रात्री बस थिए
खुशी छु(२०७० म‌सिर ६, विहीवार)
खुशी छु 
दुई दिनको जीन्दगी छोटो छ
तर पनि हर पल हर समय खुशी छु |
देश - गज़ल(२०७० म‌सिर ३, सोमवार)
बारम्बारै बन्द पार्दा रोएको छ देश आज 
निरपराध मान्छे मार्दा रोएको छ देश आज 
फाँटैभरि धानका बाला - मुक्तक (२०७० कार्त्तिक २९, शुक्रवार)
फाँटैभरि धानका बाला लहलह झुल्छन 
लालीगुँरास पाखाभरी मेरै देशमा फुल्छन 
मधुर भाका संगै कोहिलिको कुहुकुहुमा 
हिमालको माथि माथि डाफे चरी डुल्छन
दिलको रोग(२०७० कार्त्तिक २८, विहीवार)
तिम्रो याद गर्दैन म अब
समयको बर्वाद गर्दैन म अब |
महाकवि देवकोटाको सम्झनामा(२०७० कार्त्तिक १७, आइतवार)
सात समुद्रलाई च्यातेर हेरेँ
अहा मैले त्यो प्यारो नेपाल देखेँ
माटो ढुंगाले बोलाईरहेको
महाकविको तस्विर टोल्हाईरहेको
एउटा राजा दिनुहोस (लघु कथा)(२०७० कार्त्तिक १७, आइतवार)
पानी भित्र भ्यागुताहरुको दुनियाँ अती खुलम खुल्ला मजा सँग चलीरहेको थियो | न कुनै चिन्ता थियो त न कुनै कुराको समस्या | सबै आ-आफ्नो काम मा मस्त थिए | 
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानडाकी लेखिका अलिस मुन्रोलाई(२०७० आश्विन २४, विहीवार)
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानडाकी लेखिका अलिस मुन्रोलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी ७ लाख ७० हजार पाउण्ड रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मुन्रोका डियर लाइफ, डान्स अफ दि ह्याप्पी शेड्स जस्ता पुस्तक चर्चित छन् । युवा अवस्थादेखि नै लेख्न थालेकी मुन्रोको पहिलो कृति सन् १९५० मा प्रकाशित भएको थियो । 
राष्ट्रिय कविता महोत्सवमा झापाका चक्रकुमार सुवेदी प्रथम(२०७० आश्विन ११, शुक्रवार)
नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव-२०७० मा झापाका चक्रकुमार सुवेदी प्रथम भएका छन् । त्यसैगरी नवलपरासीका बाबु त्रिपाठी द्वितीय र काभ्रेकी रमा अधिकारी कादम्बरी, काठमाडौंकी दुशला अधिकारी, भक्तपुरका शिवराम सापकोटा तृतीय भएका छन् । 
राजन मुकारुङको उपन्यास दामिनी भिरलाई यस वर्षको मदन पुरस्कार(२०७० आश्विन ५, शनिवार)
राजन मुकारुङको 'दमिनी भीर'लाई मदन पुरस्कार
राजन मुकारुङको उपन्यास 'दामिनी भिर'लाई यस वर्षको मदन पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। शनिबार मदन पुरस्कार गुठीले २०६९ सालको मदन पुरस्कार दमिनी भिरलाई प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव कुन्दा दिक्षितले जानकारी दिए।
सर्वहारा छैनन् (गज़ल)(२०७० आश्विन ४, शुक्रवार)
स्वतन्त्रता,समानता र भाइचारा छैनन् अब
सम्मानले पूज्नलायक ध्रुवतारा छैनन् अब
सतसङ्गले डाँडो काट्यो पापाचार भो जता ततै
हेँला भए सन्त बाणी अमृत धारा छैनन् अब
"साँच्चै हो रहेछ"(२०७० भाद्र २८, शुक्रवार)
साँच्चै हो रहेछ मेरो जिजुबाले भनेको 
कुनै समय यस्तो दिन आउनेछ एकले अर्कोलाई फसाउन जाल बुनेको |
साँच्चै हो रहेछ मेरो जिजुमाले भनेको 
मानो-पाथिले होइन खानु पर्छ रे तुलोमा जोखेको |
आसु (मुक्तक)(२०७० भाद्र २६, बुधवार)
म् बस्ने मुटु माझमा अरु अटाउदा
सिरानी भिज्यो रातमा आसु खसाउदा
तिम्रो मन्लाई कती शान्ती मिल्छ हैन?
पिडा हुने हर्कत गरी मलाई सताउदा
तीज सम्झना(२०७० भाद्र २३, आइतवार)
चारै तिर तीज को लहर , नाच्ने गाउने नारीको रहर ।
बिहे भएकी चेली माईतमा , दिदि बहिनि साथमा बसी तीज को गीत गाउने ।
कोहि सजिए चुरा पोते , कोहि जुटे रातो साडीमा खाडीको मरुभूमिमा ।
नेपाल मा भएकी दिदि बहिनि , खुसीको साथमा छम छम नाच्दै गाउदै छिन् ।
"फर्की आउ प्रदेशी"(२०७० भाद्र २२, शनिवार)
फर्की आउ प्रदेशी तिमी ! तिमी बिना यो गाउँघर शुन्य भएको छ
यि झरना,खोला,पाखा-पहराले तिमीलाई नै खोजी रेहेको छ |
तिमी छिट्टै फर्की आउ.............
तिमी बिना यो धर्ती को उर्जर भुमी र माटो बाँझिएको छ
रानीवन का ति मयुर अनी कोइली चरिले तिमी खोजीरहेको छ |
तिमी छिट्टै फर्की आउ.............
चुनाव (गज़ल)(२०७० भाद्र १९, बुधवार)
जाऊँ न साथी यसपाली त चुनाव लड्नु पर्छ
भविष्यको उन्नतिमा अघि बढ्नु पर्छ
गैह्री गाउँका रिट्ठे दाइले टिकट पाए भन्छन
हामी पनि मन्त्रि हुँदै मोटर चड्नु पर्छ
"मोबाइल"(२०७० भाद्र १९, बुधवार)
मोबाइल बैगुनी आजभोली  यो न भई न हुने  
यो मोबाइल बिना आजभोली कुनै कामै न हुने |
मान्छेहरुलाई पनि के-के चिज को आबश्यक परेको हो 
सांच्चै नै आबश्यक हो या त फेशन नै  गरेको हो |