| जिल्ला समाचार |
ढिकुराको डेभामा ८ कोठे बिद्यालय भबन निर्माण(२०७० ज्येष्ठ ४, शनिवार)
अर्घाखाँचीको ढिकुरा - ५ डेभामा भगबती माध्यमिक विद्यालयको ८ कोठे पक्की भबन निर्माण कार्य सम्पन्न भएको छ । (तस्बिर सहित )
|
ठाडामा विद्यालयको छाना हाबाहुरीले उडायो(२०७० ज्येष्ठ ४, शनिवार)
अर्घाखाँचीको ठाडामा एक विद्यालयको छाना हाबाहुरीले उडाएको छ ।
|
निर्वाचनमा भण्डाफोर गर्ने नेकपा-माओवादी अर्घाखाँचीको तयारी(२०७० ज्येष्ठ ३, शुक्रवार)
नेकपा माओवादीले अर्घाखाँचीले संविधान सभाको निर्वाचनको भण्डाफोर गर्ने निर्णय गरेको छ । सदरमुकाम सन्धिखर्कमा दुई दिन सम्म चलेको माओवादीको विस्तारित बैठककले संविधानसभाको नौटंकी गरेर चार दल र त्यसको निर्देशनमा चल्ने रेग्मी सरकारले जनताबीच भ्रम श्रीजना गरी मुलुकलाई सिक्किमीकरण गर्न खोजेको भन्दै जिल्लामा संविधान सभाको निर्वाचन हुनै नसक्ने निष्कर्ष निकालेको छ ।
|
अर्घाखाँचीमा विरामीलाई फलफूल वितरण(२०७० ज्येष्ठ २, विहीवार)
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन अर्घाखाँचीले ४८ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालयमा रहेका २१ जना विरामीलाई एक समारोहका वीच फलफूल वितरण गदै उक्त विरामीको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
|
आयआर्जनका लागि खाचिकोटमा समूह गठन कार्य सम्पन्न(२०७० ज्येष्ठ २, विहीवार)
सक्रिय सेवा समाजको आयोजनामा घर समुदायमा आधारित हेरचाह तथा सहयोग कार्यक्रम अन्तरगत खाँचीकोट गाविसमा आयआर्जन कार्यक्रम गर्नको लागि न्युन आर्थिक अवस्था भएका व्यक्तिहरुको भेला सम्पन्न भएको छ ।
|
युवाहरु बाख्रापालन तर्फ आकर्षण हुँदै/आमाको नाकको मुन्द्रि बेच्न लगाएर बाख्रापालन शुरु(२०७० वैशाख ३१, मंगलवार)
पढे लेखेको ब्यक्क्तीले खेती किसान गर्नु हुन्न भन्ने सोचलाई परिवर्तन गर्दै अर्घाखाँची हसंपुर गाविसका एक युवाले व्यवसायिक रुपमा बाख्रापालन गर्न थालेका छन् । अहिलेको पछिल्लो अवस्थामा युवाहरु दिनप्रतिदिन विदेश जाने क्रम बढि रहेको बेला विदेश होईन आफ्नै जन्म भुमिमै बसेर केहि गर्नु पर्छ भन्ने लक्ष्य राखेर बाख्रापालन गर्न थालेको बताउछन ।
|
बल्कोटको साजबोटमा ३ दिने उन्नत घाँसेबाली सम्बन्धि तालिम सम्पन्न (२०७० वैशाख ३१, मंगलवार)
किसानको लागि उन्नत विउ विजन कार्यक्रम अर्न्तगत जिल्ला पशु सेवा कार्यालयको आयोजनामा बल्कोटमा रहेको घाँस विकास समूहलाई उन्नत घाँसेबाली विकास तथा व्यवश्थापन सम्बन्धि ३ दिने तालिम हालै बल्कोट ३ साजवोटमा सम्पन्न भएको छ ।
|
अर्घाखाँचीमा ट्रक दुर्घटना, ९ घाइते (२०७० वैशाख ३१, मंगलवार)
सन्धिखर्कबाट बुटवल जादै ट्रक दुर्घाटनामा परी ९ जना गंभिर घाइते भएका छन ।
|
धारापानी गाविस जिल्लाकै पहिलो पलास्टीक मुक्त तथा तेस्रो खुल्ला दिसा मुक्त गाविस घोषणा, स्थानीय बासिन्दामा खुसियाली(२०७० वैशाख ३१, मंगलवार)
अर्घाखाँचीको धारापानी गाविस जिल्लाको पहिलो पलास्टीक मुक्त तथा तेस्रो खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको छ । (तस्बिर सहित )
|
अर्घाखाँचीमा अदालतका कर्मचारीलाई मार्ने धक्की(२०७० वैशाख ३०, सोमवार)
जिल्ला अदालत अर्घाखॉचीका कर्मचारीलाई ज्यान मार्ने धक्की दिने सन्धिर्खककी बसन्ता पौडेल माथी मुद्धा दायर भएको छ ।
|
ढाकावाङमा पहिलो पटक प्रजिअ(२०७० वैशाख ३०, सोमवार)
बुढेशकाल लागेपछि विगत ५ वर्ष देखी घरवरीपरी बाहेक बाहिर ननिस्कीएका ढाकावाङ ८ का ८० वर्षिय डिल बहादुर थापा करिव ३ किलोमिटर बाटो लौराको सहारामा पार गदै जिल्ला प्रशासन कार्यालयको अगुवाईमा ढाकावाङ्गको पिपल नेटामा सम्पन्न एकिकृत घुम्ति शिविर पुगे ।
|
अखिल नेपाल खेदकुद महासंघ अर्घाखॉचीको पहिलो सम्मेलन, नेकपा -माओवादी विसर्जनको बाटो तर्फ लागेको रायमाझीको आरोप(२०७० वैशाख २८, शनिवार)
एकिकृत नेकपा माओवादी केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि टोप बहादुर रायमाझीले नेकपा माओवादी विसर्जनको बाटो तर्फ लागेको आरोप लगाउनुभयो ।
|
सन्धिखर्कमा राजमोको कोण सभा, लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाए कडा आन्दोलन गरिने(२०७० वैशाख २३, सोमवार)
संवैधानिक परिषद्द्वारा जनआन्दोलनको अपराधि र भ्रष्ट व्यक्ति लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउने निर्णयको बिरुद्धमा ने.क.पा. (मसाल) निकट राष्ट्रिय जनमोर्चाले कडा शब्दमा विरोध र भ्रत्सना गर्दै त्यसका विरुद्ध देशव्यापी रुपमा आवाज उठाउने र जनतालाई सुसुचित गर्दै जनआन्दोलको आधी व्येरी सिर्जन गर्ने चेतावनी दिएको छ ।
|
राहत र तालिममा भेदभाव नगर: द्धन्द्धपीडित(२०७० वैशाख २३, सोमवार)
सरकारबाट दिईने राहतमा भेदभाव भएको द्धन्द्धपीडितको गुनासो छ ।
|
खुल्ला दिशा भएकोमा छमछमी नाचे बॉगीवासी(२०७० वैशाख २३, सोमवार)
अर्घाखॉचीमा खुल्ला दिशा मुक्त घोषण गर्ने अहिले लहर नै चलेको छ ।
|
धारापानी खुल्ला दिसा मुक्त तथा खुल्ला पलास्टीक मुक्त गाविस घोषणा हुदै(२०७० वैशाख २३, सोमवार)
अर्घाखाँचीको धारापानी गाविसलाइ एक औपचारिक कार्यक्रमको आयोजना गरि खुल्ला दिसा मुक्त तथा खुल्ला पलास्टीक मुक्त गाविस घोषणा गरिने भएको छ ।
|
खुल्ला दिसामुक्त अभियानमा अर्घाखाँचीका सहकारी(२०७० वैशाख २०, शुक्रवार)
खुल्ला दिसामुक्त अभियानमा अर्घाखाँचीका सहकारीहरुले ऐक्यवद्धता व्यक्त गरेका छन् ।
|
अर्घाखाँचीमा दलीय आडमा सार्वजनिक जग्गा अतिक्रमण(२०७० वैशाख १९, विहीवार)
दलीय आडमा सदरमुकाम सहित गाउंका प्रमुख स्थानमा सार्वजनिक जग्गा अतिक्रमण भएको छ । दलीय आडमै र्सवाजनिक जग्गा मिचेर घर घडेरी बनाउने क्रम बढदो छ ।
|
बल्कोटमा घुम्ती शिविर सम्पन्न(२०७० वैशाख १७, मंगलवार)
बल्कोटमा घुम्ती शिविर सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको एकीकृत घुम्ती शिविरमा पा“च सय भन्दा बढीले फोटो सहितिको मतदाता नामावलीको परिचयपत्र साढे चार सयले नागरिकता पाएका छन ।आगमी दोस्रो संविधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै सरकारले जिल्ला प्रशासनको अगुवाईमा गाउमा सरकारी सेवा पुयाउने उद्देश्य अन्तरगत चार दिनसम्म बल्कोटमा मतदाता संकलन, नागरिकता वितरण गरिएको छ ।
|
अर्घाखाँचीमा सुनपसल अनिश्चितकालका लागि बन्द(२०७० वैशाख १५, आइतवार)
ग्राहकलाई सुन पुर्याउन नसकेपछि अर्घाखाँचीका सुनचाँदी पसलहरु अनिश्चितकालका लागि बन्द भएका छन् ।सरकारले नै माग अनुसार सुन दिन नसकेपछि पसल बन्द गर्नुपरेको ब्यवसायीहरुले बताएका छन् ।
|
चुनावका लागि तयार छौं(२०७० वैशाख १३, शुक्रवार)
दोस्रो संविधानसभाको निर्वाचनको लागि राजनीतिक दल, सुरक्षा निकाय र निर्वाचन कार्यालय तयार रहेको बताएका छन । देशको एमा मात्र निकास निर्वाचन नै भएकाले स्वच्छ, निष्पक्ष र धाधलीरहित निर्वाचन गर्नर्ुपर्नेमा कार्यक्रममा बोल्ने राजनीतिक दलका नेता, सुरक्षा निकाय र निर्वाचन कार्यालयका प्रमुखहरुले जोड दिएका छन ।
|
लोकतन्त्र दिवस सुनसान-अर्घाखाँचीमा भलिवल/बलिदान गरेका सहिदको सरकारले सम्झना नगरेकोप्रति दलका नेताद्धारा आपत्ती(२०७० वैशाख ११, बुधवार)
देशमा दलको नेतृत्वमा सरकार नहुनु दुभाग्य रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन । उनीहरुले छिटै निर्वाचन गरेर दलीय सरकार बन्नुपर्ने आवश्यक्ता रहेको बताए । वैशाख ११ गते निरंकुश शासनको अन्त्य र लोकतन्त्रको स्थापना भएको दिनलाई दलकै सहमतीमा निर्दलीय सरकार बनेपनि खिलराज सरकारले लोकतन्त्र दिवसलाई विर्सेको बताए ।
|
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सास्कृतिक महोत्सव हुने(२०७० वैशाख १०, मंगलवार)
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सास्कृतिक महोत्सव हुने भएको छ । जिल्लालाई नेपाल र संसारभर चिनाउनका लागि जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसारको लागी सास्कृतिक महोत्सवको आयोजना गरिन लागेको हो ।
|
अविरल बर्षाका कारण अर्घाखाँचीका ग्रामीण सडक अवरुद्ध(२०७० वैशाख ८, आइतवार)
दुई दिनदेखी अविरल बर्षा परेपछि ग्रामीण भेगामा चल्ले सडक अबरुद्ध भएका छन । सवारीसाधन चल्न नसक्दा यात्रु मर्कामा परेका छन । शनिवार बेलुका देखी आईतवार साझसम्म परेका अविरल बर्षाले गाउंमा जाने कच्ची सडक विग्रिएका छन ।
|
चुनाव नभए सरकारको औचित्य समाप्त : रायमाझी(२०७० वैशाख ८, आइतवार)
अर्घाखाँची एमाओवादी नेता टोपबहादुर रायमाझीले असारमा चुनाव गराउन नसके खिलराज नेतृत्वको सरकारको औचित्य समाप्त हुने दावी गरेका छन । उनले दलहरुको सहमतीमा असार भित्रै चुनाव गराउने मात्रै सरकारको म्याण्डेट भएको दावी गरे ।
|
अर्धभूमीगत कम्युनिस्टका नेपाली गुरु सिहं सन्धिखर्कमा/चुनाव बाहेक अरु विकल्प छैन:सिंह(२०७० वैशाख ६, शुक्रवार)
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देशको निकासका लागि चुनाव नै एक मात्र विकल्प भएको दावी गरेका छन । उनले चुनाव हुन नदिन पडयन्त्र भैरहेकोले शंका उत्पन्न भएको बताए । मंसिरमा चुनाव हुन्छ भन्नेमा विश्वस्त छैन, रिपोटर्स क्लब अर्घाखाँची शाखाले गरेको साक्षात्कार कार्यक्रममा सिंहले भने, व्यापक जनदवाव दिनुपर्छ।
|
अर्घाखाँचीमा अवैध हतियार संकलन(२०७० वैशाख ४, बुधवार)
प्रहरीले १ सय ८२ थान संकलित हतियार सार्वजनिक गरेको छ ।
|
अब बाँगीले लिड गरौं(२०७० वैशाख ३, मंगलवार)
बाँगी गाविसबाट विभिन्न पेशा व्यावसाय, रोजगार गर्नेहरु बीच वनभोज तथा नयाँ वर्ष २०७० सालको सुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न भएको छ ।
|
अर्घाखाँचीमा १५ वर्षमा ४८ झोलुङे पुल, दुर्गम वस्तीमा अझै बनेनन्(२०७० वैशाख ३, मंगलवार)
१५ वर्षको अवधीमा जम्मा ४८ वटा झोलुङे पुल निर्माण भएका छन । पुल निर्माण कार्य सुस्त गतिमा छ ।
|
गोखुंगा - ७ मा खुल्ला दिसामुक्त क्षेत्र घोषणा(२०७० वैशाख २, सोमवार)
अर्घाखाँचीको गोखुंगा गाविसको वाड न.७ खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ ।
|
|
|