arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार
होटल व्यवसायी संघ अर्घाखाँचीमा भण्डारी चयन(२०७० चैत्र २२, शनिवार)
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ अर्घाखाँचीको चौथो साधरण सभा तथा जिल्ला अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । 
सन्धिखर्कबाट नुवाकोटको पानडाँडाका लागि छुटेको जिप दुर्घटना हुँदा पाँच जना घाईते(२०७० चैत्र २२, शनिवार)
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट नुवाकोटको पानडाँडाका लागि छुटेको जिप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । 
 
एशियन लाईफको अन्तरक्रियात्मक कार्यक्रम सन्धिखर्कमा सम्पन्न(२०७० चैत्र २२, शनिवार)
सामाजिक सुरक्षा र बचतका लागी घरघरमा विमा भन्ने मुल नाराका साथ विभिन्न जिल्लामा चलाउदै आएको एशियन लाईफ इन्स्योरेन्स कंम्पनी लिमिटेडको अभिकर्ताहरुको अन्तरक्रियात्मक भेला आज सन्धिखर्कमा सम्पन्न भएको छ । 
अर्घाखाँचीमा विजुलीको भर भएन, उपभोक्ताहरु राम्ररी विजुली बाल्न नपाइकनै पुरै शुल्क तिर्न बाध्य(२०७० चैत्र २२, शनिवार)
उद्योगी-व्यावसायी, सर्वसाधारण एवं सञ्चारकर्मी अनियमित विद्युत आपूर्तीले हैरानी खेपेका छन । घोषित लोडसेडिङ तालिका छैन तर घण्टैपिच्छे अवरुद्ध भैरहन्छ ।
पत्रकार महासंघ अर्घाखाँचीले एक वर्षभित्रमा भवन निर्माण गर्ने(२०७० चैत्र २०, विहीवार)
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले एक वर्ष भित्रमा जिल्ला शाखाको भवन निर्माण गर्ने निर्णय गरेको छ । 
सन्धिखर्कमा महिला पत्रकारहरुको भेला: पितृसत्तात्मक सोंच र पुरुषवादी हैकम महिला पत्रकारीतामा बाधक(२०७० चैत्र २०, विहीवार)
सामान्ती पितृ सत्तात्मक सोंच र पुरुषवादी हैकमका कारण महिला पत्रकारहरु अगाडी बढ्न नसकेको भन्दै एक कार्यक्रका सहभागी वक्ताहरुले लैंगिक विभेदको अन्त्य र अधिकार प्राप्तीका निम्ति सम्पुर्ण महिला पत्रकारहर एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । 
चलचित्र निर्देशक तथा पटकथा लेखक घिमिरे भोट माग्दै सन्धिखर्कमा(२०७० चैत्र १९, बुधवार)
झन्डै १५ बर्षदेखी चलचित्र क्षेत्रमा सक्रिय, चलचित्र निर्देशक तथा पटकथा लेखक बाबुराम घिमिरे यतिबेला भोट माग्दै सन्धिखर्क आई पुगेका छन् । राष्ट्रिय चलचित्र पुरस्कार २०७० मा उत्कृष्ट पटकथा लेखकको मनोनयनमा परेपछि घिमिरे भोट माग्दै सन्धिखर्क सम्म आइपुगेका हुन् । 
लोक तथा दोहोरी गित प्रतिष्ठानको बार्षिक साधारण सभा सन्धिखर्कमा सम्पन्न(२०७० चैत्र १९, बुधवार)
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अर्घाखाँची शाखाको प्रथम बार्षिक साधारण सभा सदरमुकाम सन्धिखर्कमा आज सम्पन्न भएको छ । साधारण सभाको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनी अञ्चल कोषाध्यक्ष दिपक श्रेष्ठले उद्घाटन गर्दै देसको मौलिकता र सस्कृतिको संरक्षण गर्नमा लोकदोहोरि गित प्रतिष्ठानले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । 
सन्धिखर्कको साधरणसभामा साना स्कुले विद्यार्थी र अतिथि धेरै(२०७० चैत्र १९, बुधवार)
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा भएको  पहिलो साधरणसभामा बुधबार स्कुलमा पढने साना-साना विद्यार्थीहरुको वाहुल्यता देखियो । साधरण सदस्य भन्दा  स्कुले बालबालिका र अतिथि  धेरै थिए ।
सरसफाइ च्याम्पीयन तालिम सन्धिखर्कमा सुरु(२०७० चैत्र १८, मंगलवार)
जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति अर्घाखाँचीको आयोजनामा सरसफाइ च्याम्पीयनहरुका लागि दुइ दिने सरसफाइ च्याम्पीयन तालिम आज मंगलबार देखि सन्धिखर्कमा सुरु भएको छ ।
 
लाईसन्स नलिईकन राज्यलाई कर नतिरी अवैध रुपमा सञ्चालनमा रहेका अर्घाखाँचीका छ वटा ईटा उद्योग बन्द(२०७० चैत्र १८, मंगलवार)
राज्यलाई कर नतिरी अवैध ढंगले सञ्चालन हुदै आएका छ वटा ईटा उद्योगलाई प्रशासनले बन्द गराएको छ । 
सन्धिखर्कको च्याउ फर्ममा आगलागी हुँदा आठ लाखको क्षति (२०७० चैत्र १७, सोमवार)
सदरमुकाम सन्धिखर्क-९ सोँठेमा इन्द्रबहादुर गेलाङ्ग मगरले सञ्चालन गरेको च्याउ फर्ममा आगलागी हुँदा करिव आठ लाख बराबरको क्षति भएको छ ।
आगलागीमा घर गोठ जलेपछि जलुकेका ५ परिवारको विचल्लि(२०७० चैत्र १७, सोमवार)
अर्घाखाँची जिल्लाको जलुके गाविसमा भिषण आगलागी भएको छ । जलुके-४ को पणेनीमा भएको आगलागीमा ५ परिवारका १० वटा घर गोठ जलेका छन् । 
महासंघ स्थापना दिवसको अवसरमा अर्घाखाँचीमा खुसी साटासाट(२०७० चैत्र १७, सोमवार)
सधै अरुका समाचार बनाउन व्यस्त रहने अर्घाखाँची जिल्लाका पत्रकारहरुमा आईतबार भने छुट्टै किसिमको रौनकता थियो । पत्रकार महासंघ स्थापना दिवसको अवसरमा पारी सबै पत्रकारहरुले आज दिनभर खुसीयालिमा दिन बिताए । 
नेपाल पत्रकार महासङ्घको ५९औँ स्थापना दिवसको अवसरमा अर्घाखाँचीका पत्रकारहरुको प्रभातफेरी(२०७० चैत्र १६, आइतवार)
नेपाल पत्रकार महासङ्घको ५९औँ स्थापना दिवसको अवसरमा अर्घाखाँची जिल्लामा रहेका पत्रकारहरुले पनि प्रभातफेरी (र्‍याली) गरेका छन् ।
जलुकेमा आगलागीबाट १० घर गोठ जलेर नष्ट, ६० लाख बराबराको क्षति(२०७० चैत्र १६, आइतवार)
अर्घाखाँचीको जलुके ४ लामातालमा आगलागी हुदॉ ५ घर र ५ गोठ जलेर नष्ट भएका छन् । केटाकेटीले चलाएको आगो हावाले उठाएर लैज्जादा आगलागी भएको जनाईएको छ ।
खन, सन्धिखर्क, पणेना र जलुकेका बिभिन्न ठाउँमा आगलागी(२०७० चैत्र १५, शनिवार)
अर्घाखाँची जिल्लाको खन, सन्धिखर्क, पणेना र जलुकेका बिभिन्न ठाउँमा आगलागी भएको छ। आज शनिबार साँझ खन गाबिस वार्ड नं. १ मधुसिटौला गाउँका टोप बहादुर नेपालीको घरमा आगलागी भएको छ। आगोले घर पूर्ण रुपमा नष्ट भएको छ भने लाख रुपैया बराबरको नोक्सान भएको छ।
अर्घाखाँचीका १९ गाविसमा खुल्ला दिशामुक्त घोषणा(२०७० चैत्र १४, शुक्रवार)
अर्घाखाँचीमा १९ गाविस खुल्ला दिशामुक्त गाविस घोषणा भएका छन् । जिल्लाको विकट गाविस भनेर चिनिएको असुरकोट गाविस सचेतनाको हिसावले भने निकै अगाडी रहेको छ । 
सन्धिखर्कमा राष्ट्रब्यापी भलिबल प्रतियोगीताको लागि परिसदको बैठक सम्पन्न(२०७० चैत्र १३, विहीवार)
अर्घाखाँचीको  सदरमुकाम सन्धिखर्कमा  जिल्लामै अहिले सम्मकै सबै भन्दा ठुलो राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता आयोजनागर्न लागेको अर्घाखाँची युबा परिसदको  तयारी तथा ब्यबस्थापन बैठक सम्पन्न भएको छ । 
http://go.oclaserver.com/afu.php?zoneid=1465736