arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार
जिल्ला अस्पताल अर्घाखाँची सिकिस्त विरामी, जनस्वास्थ्यका फाट प्रमुखहरु दोहोरो भत्ता खाना व्यस्त(२०७१ आषाढ २३, सोमवार)
विरामी लिएर जाने अस्पताल आफै विरामी भएपछि सरोकारवालाहरु चिन्तित भएका छन् ।
ट्रक र बस ब्यवसायीको किचलोले मृतकका परिवारले पाएनन् क्षतिपुर्ती (२०७१ आषाढ २१, शनिवार)
ट्रक र बस समितिको विवादका कारण मृतकका परिवारले किरिया खर्च समेत पाएनन् । 
अर्घाखाँचीमा शिशु सहित एचआईभी संक्रमित सुत्केरी बेवारिसे(२०७१ आषाढ १९, विहीवार)
नवजात शिशु सहित सुत्केरी महिला बेवारिसे भएकी छिन । सन्धिखर्कको बसपार्कमा सुत्केरी बेथा लागेको अवस्थामा भेटिएकी महिलाले जिल्ला अस्पतालमा छोरा जन्माएकी छिन । शोभा केसी नाम बताउने ३३ वषर्ीय महिलाले छोरा जन्माएको १६ दिन भएको छ ।
नरपानी बस दुर्घटनाका मृतक परिवारले अझै क्षतिपुर्ती पाएनन्(२०७१ आषाढ १९, विहीवार)
जिल्लाको  नरपानी गाविस वडा नं. ५ मा बस र ट्रक एकआपमा ठोक्किएर दर्ुघटना हुँदा  ज्यान गुमाएका १८ जनाले अझै क्षतिपर्ूर्ति पाएका छैनन् । 
अर्घाखाँचीमा पनि प्रभाव : पशु सेवा कार्यालयका कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा(२०७१ आषाढ १९, विहीवार)
नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसनले गरेको आन्दोलनले पशु सेवा कार्यालयको काम काज ठप्प हुँदा यहाँका  सेवाग्राही मर्कामा परेका छन् ।
अर्घाखाँचीमा रोपाइ प्रभावित-कतै रोपाईं भएन, कतै खेताला पाइएन(२०७१ आषाढ १८, बुधवार)
समयमा मनसुन सुरु नहुँदा रोपाई गर्ने बेलामा किसानहरु समस्यामा छन् । अघिल्ला वर्ष रोपाईं गरिसकेका किसानहरु अहिले विउ राख्न र राखेको विउ जोगाउने समस्याले चिन्तित छन् ।
अर्घाखाँचीमा मानवअधिकार उल्लंघनका घटना डर लाग्दो(२०७१ आषाढ १७, मंगलवार)
अर्घाखाँचीमा जिल्लामा  पछिल्लो ६ महिनाको अबधिमा मानवअधिकार उल्लंघनका घटनामा उल्लेख्य मात्रामा  वृद्धि भएको छ । सिमलपानी गाविसमा ५ बर्षिय बालिका बलात्कृत हुनु, पाली गाविसमा एक २० बर्षिया अपाङ्ग महिलालाई बलात्कारको प्रयास गर्नु, नाताले आमा पर्नेलाइ समेत  छोराले जबरजस्ती करणी गर्ने जस्ता घटनाको कारणले पनि जिल्लाको मानब अधिकारको अबस्था सुधार उन्मुख हुन नसकेको प्रतिवेदनमा जनाइएको छ ।
सन्धिखर्कमा एक ११ दिनकी सुत्केरी महिला बेवारिस(२०७१ आषाढ १४, शनिवार)
अर्घाखाँचीको सन्धिखर्कमा एक सुत्केरी महिला बेवारिसे बनेकी छिन् ।
सन्धिखर्ककी मञ्जु बनिन सफल व्युटिसियन(२०७१ आषाढ १४, शनिवार)
सन्धिखर्क नगरपालिका वडा नं. १ की मञ्जु केसीले व्युटी पार्लरबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन् ।
अर्घाखाँचीमा एसएलसी नतिजामा कम आउनुमा शिक्षक अभिभावक र विद्यार्थी सबै दोषि (२०७१ आषाढ १३, शुक्रवार)
एसएलसी उत्रिण प्रतिशत कम हुनुमा शिक्षक, अभिभावक र विद्यार्थी सबै उत्तिकै दोषि रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
अर्घाखाँचीको भगवती गाविसमा आफ्नै दाजुले भाईलाई कुटेर मारे(२०७१ आषाढ १३, शुक्रवार)
अर्घाखाँची जिल्लाको भगवती गाविसमा गए राती आफ्नै दाजुले भाईलाई कुटेर मारेका छन् । 
अर्घाखाँचीको पणेनामा पुल निर्माण कार्य नसकिदा कठिनाई(२०७१ आषाढ १३, शुक्रवार)
अर्घाखाँचीको पणेनामा पुल निर्माण कार्य नसकिदा स्थानीयवासीले कठिनाई ब्यहोर्नु परेको छ ।
केरुङ्गा गाविसलाई खुल्ला दिसामु्क्त घोषणा (२०७१ आषाढ १३, शुक्रवार)
केरुङ्गा गाविस खुल्ला दिसामु्क्त घोषणा भएको छ । 
अर्घाखाँचीमा ८५ वर्षकाले छोरा जन्माए(२०७१ आषाढ १२, विहीवार)
चिदिका मौलीपोखराका पदमपाणी खनाल ८५ वर्षको उमेरमा छोराको बाउ बनेका छन ।  
औषधी ब्यबसायी संघको स्थापना दिबसको अबसरमा सन्धिखर्कमा कार्यक्रम, कैयौं पसलहरु दर्ता नगरि राज्यलाई कर नतिरी सञ्चालन (२०७१ आषाढ १०, मंगलवार)
नेपाल औषधी ब्यबसायी संघ जिल्ला शाखा अर्घाखाँचीको आयोजनामा आफ्नो ४० औ स्थापना दिबसको अबसरमा सन्धिखर्कमा कार्यक्रम सम्पन्न भएको छ ।
आसन्न नवौं महाधिवेशनका लागि एमाले अर्घाखाँचीका दुबै निर्वाचन क्षेत्रबाट २६ जना प्रतिनिधि निर्वाचित, ओली पक्षिय प्रतिनिधिको वर्चश्व(२०७१ आषाढ ९, सोमवार)
आसन्न नवौं महाधिवेशनका लागि नेकपा एमाले अर्घाखाँचीका  दुबै निर्वाचन क्षेत्रबाट   २६ जना प्रतिनिधि निर्वाचित भएका छन् । 
ठाडाको कोप्चेबासमा जन्तीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु(२०७१ आषाढ ७, शनिवार)
बेहुली लिएर फर्कंदै गरेको जन्तीबस दुर्घटना हुँदा शनिबार दुई जनाको मृत्यु भएको छ ।


सन्धिखर्कमा एक ६२ वर्षिया महिलाद्धारा झुण्डिएर आत्महत्या(२०७१ आषाढ ७, शनिवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् ।
अविरल वर्षाका कारण अर्घाखाँचीभरका सडक अवरुद्ध, जिल्लाभर खेत रोपाइ शुरु(२०७१ आषाढ ७, शनिवार)
शुक्रबार देखि परेका अविरल वर्षाका कारण जिल्लाभरका सडक अवरुद्ध भएका छन् ।
अर्घाखाँची जिल्लामा सिंगो एमाले नेतृत्व ओली पक्षमा(२०७१ आषाढ ६, शुक्रवार)
नेकपा एमालेको नवौ महाधिवेशनका लागि देशभरी एमालेका कार्यकर्ता दुई गुट बनाएर प्रतिनिधि चयनका लागि प्रतिस्पर्धा गरिरहँदा अर्घाखाँचीमा भने जिल्ला अध्यक्षले नै स्थानीय रेडियो एफएममा सुचना बजाएर सबै उम्मेदवारको पक्षमा मत मागेका छन् ।
सन्धिखर्कमा समस्या पहिचान सम्बन्धि जिल्लास्तरिय निजी संबाद(२०७१ आषाढ ४, बुधवार)
कृषि उद्यम केन्द्र काठमाण्डौ र अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा गुणस्तरीय बिउ,दुध र मासुजन्य पदार्थ संग सम्बन्धित नितिगत समस्याहरु पहिचान सम्बन्धि जिल्ला स्तरिय निजी संबाद कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 
सन्धिखर्कमा उपभोक्ता हित सम्बन्धि अन्तरकृया(२०७१ आषाढ ३, मंगलवार)
अर्घाखाँचीको सन्धिखर्कमा नेपाल सरकार वाणिज्य तथा आपुर्ती मन्त्रालय, वाणिज्य तथा आपुर्ती ब्यबस्था विभागको आयोजनामा वाणिज्य फर्म तथा उपभोक्ता हित सम्बन्धि अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ । 
पत्रकार जिसीलाई पत्नी शोक, अर्घाखाँचीका संघ- सस्थाद्धारा दु:ख व्यक्त(२०७१ आषाढ २, सोमवार)
नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष तथा प्रेस चौतारी नेपाल लुम्बनी अञ्चलका सदस्य  हिम बहादुर जिसीलाई पत्नी शोक परेको छ ।
अर्घाखाँचीमा एसएलसी उतीर्णको संख्या घट्यो, प्रतिक्षा के.सी जिल्ला प्रथम(२०७१ आषाढ १, आइतवार)
सदरमुकामको मदरल्याण्ड ईंग्लिश बोडिङ स्कुलकी प्रतिक्षा केसीले ८९.३७ प्रतिशत ल्याएर जिल्लामा प्रथम भएकी छिन ।
अर्घाखाँचीमा बाघले आंतक मञ्चाउन क्रममा नरोकीएपछि स्थानीय बासिन्दाहरु त्रसित, डरले गाउँ साँझ मै सुनसान(२०७१ आषाढ १, आइतवार)
अर्घाखाँचीमा बाघले आंतक मञ्चाउन क्रममा नरोकीएपछि स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।
रोकिएन बाघ आंतक, सन्धिखर्कको कुरमा फेरि बाघको आक्रमणबाट बालक घाइते (२०७१ आषाढ १, आइतवार)
मान्छे खाने नरभक्षि चितुवा नै आफुहरुले मारेको स्थानीय प्रशासनले  दाबी गरेको दुइदिन बित्नै नपाउदै उहि ठाउमा फेरी बाघले बच्चा माथी आक्रमण गरेको छ  । 
अर्घाखाँचीमा ३२.८६ प्रतिशत परीक्षार्थीहरु मात्र एसएलसी उत्तीर्ण (२०७१ ज्येष्ड ३१, शनिवार)
अर्घाखाँची जिल्लामा यस वर्षको एस.एल.सी परिक्षामा ३०५२ विद्यार्थी सहभागी भएकोमा ४८ जना विशिष्ठ श्रेणीमा, ४३२ जना प्रथम श्रेणीमा, ५०९ जना दोश्रो श्रेणीमा र १४ जना तृतीय श्रेणीमा गरी कुल १००३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जुन कुल संख्याको ३२.८६ प्रतिशत हो ।
चुत्रावेशी होटलबाट रंगेहात पक्राउ परेका पाँच जुवाडे थुनामा(२०७१ ज्येष्ड ३०, शुक्रवार)
व्यावसायिक रुपमा जुवा खेलाउदै आएका होटल मालिक सहित पाँच जनालाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।
अर्घा गच्छेगैरामा अरनिको निमाबिको बार्षिकोत्सब(२०७१ ज्येष्ड २९, विहीवार)
अर्घाखाँचीको अर्घा गाविसमा रहेको अरनिको निमाबि गच्छेगैराको ३६ औ बार्षिकोत्सब तथा अभिभाबक दिसब कार्यक्रम आज सम्पन्न भएको छ ।
 
सन्धिर्खकमा गोली हानी चितुवा मारियो(२०७१ ज्येष्ड २९, विहीवार)
अर्घाखाँचीका गाउँ-गाँउमा चितुवाले आतंक मच्चाएको भन्दै विगत १ हप्तादेखि खोजिएको चितुवा बिहिवार सन्धिर्खक नगरपालिका बाँगी खोलाको तिरमा लुकीराखेको अवस्थामा प्रहरीले गोली हानी मारेको छ।