arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार
संविधान जारी भएको खुशियालीमा सन्धिखर्कमा दलहरुको -याली पछिको संयक्त सभा (फोटो फिचर)(२०७२ आश्विन ४, सोमवार)
६ दशक लामो संघर्षबाट जारी भएको नयाँ संविधान ९० प्रतिशत भन्दा बढि नेपाली जनताको हितमा आएकोले यसलाई सबैले कार्यान्वयन गरेमा नेपाल समृद्धीको बाटोतर्फ उन्मुख हुने अर्घाखाँचीका दलहरुले बताएका छन् ।
खुसीयाली साटासाट गर्दै अर्घाखाँचीबासीहरु (२०७२ आश्विन ४, सोमवार)
नेपाली जनताको लोकतान्त्रीक संबिधान  घोषणा भएको अबसरमा अर्घाखाँचीका स्थानीयहरुले  खुसीयाली साटासाट गरिरहेका छन ।  
सन्धिखर्कमा अन्तराष्ट्रिय शान्ती दिबसको अबसर तथा संबिधान निर्माणको खुसीयालीमा प्रभात फेरी तथा प्रबचन कार्यक्रम(२०७२ आश्विन ४, सोमवार)
आज  बिहान स्थानिय शान्ती समितले अन्तराष्ट्रिय शान्ती दिबसको अबसर तथा संबिधान निर्माणको खुसीयालीमा  प्रभात फेरी तथा प्रबचन कार्यक्रमको आयोजना गर्यो । 
नयाँ संविधानको अर्घाखाँचीमा भव्य स्वागत ! अर्घाखाँचीबासीले सभासद तथा श्रद्वेय नेतागणप्रति फोन र एस. एम. एस मार्फत बधाई तथा शुभकामना व्यक्त गरे(२०७२ आश्विन ४, सोमवार)
संबिधान जारी भएको खुसियालीमा सन्धिखर्कबासी युवाहरुले सन्धिखर्क र चुत्राबेसीमा मोटरसाइकल -याली निकालेका छन् ।
अर्घाखाँचीभर नेपालको संविधान घोषणासँगै भव्यरुपमा दिपावली गरी हर्ष उल्लाससहित खुशीयाली (फोटो फिचर)(२०७२ आश्विन ३, आइतवार)
संविधानसभाबाट नेपालको संविधान २०७२ घोषणासँगै अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत जिल्लाभर भव्यरुपमा दिपावली गरी हर्ष उल्लाससहित खुशीयाली मनाइएको छ । 
असोज ३ सम्पूर्ण नेपालीको विजयीको दिन भएको अर्घाखाँचीका दलहरुको भनाई(२०७२ आश्विन ३, आइतवार)
६ दशकदेखिको आफ्ना प्रतिनिधि मार्फत संविधान लेख्ने नेपाली जनताको सपना र संघर्षले मुर्त रुप पाएको भन्दै अर्घाखाँचीका राजनीतिक दलहरुले संविधान घोषणा हुने असोज ३ सम्पूर्ण नेपाली जनताको विजयीको दिन भएकाले सबैले बिशेष उत्सवका रुपमा  हर्ष उल्लासका साथ मनाउन आग्रह गरेका छन् ।
नयाँ संबिधानको अर्घाखाँचीमा भब्य स्वागतको तयारी ! जिल्लावासी सबैलाई दीपावली गर्न र ४ गते विहान ११ वजे कार्यक्रममा सहभागी हुन दलहरुको अनुरोध (फोटो फिचर)(२०७२ आश्विन ३, आइतवार)
नेपालको संविधानजारी हुने दिन आज अर्घाखाँची जिल्लामा भव्य स्वागतको तयारी गरिएको छ। 
पुराना तस्बिरमा अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत २०४५ साल देखि २०६७ साल सम्म ( नयाँ नेपालको सविधान २०७२ को अवसरमा विषेश )(२०७२ आश्विन ३, आइतवार)
पुराना तस्बिरमा अर्घाखाँची जिल्लाको सन्धिखर्क २०४५ साल देखि २०६७ साल सम्म ( नयाँ नेपालको सविधान २०७२ को को अवसरमा विषेशमा )
अर्घाखाँचीबासीहरुमा खुशीयाली ! संविधानलाई स्वागतको लागि अर्घाखाँचीमा ३ गते दीपावली गरिने(२०७२ आश्विन १, शुक्रवार)
गणतन्त्र नेपालको नयाँ संविधानलाई स्वागत गर्न अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा यहि असोज ३ गते साँझ ठिक ७ बजे सबैको घर-घरमा दिपावली गर्ने र ४ गते सदरमुकाम सन्धिखर्कमा बिहान ठिक ११ बजेदेखी अर्घाखाँचीका सँस्कृती झल्काउने झाँकी सहित -याली गरिने भएको छ ।
तीजमा झस्कन्छन् अर्घाखाँचीका महिला(२०७२ भाद्र ३१, विहीवार)
 सन्धिखर्ककी राधा घिमिरे दरखाने दिन झस्किन्छिन । २०५९ भदौ २३ गते रातीको त्यो दृश्यले सधै अझै पनि मन भक्कानिन्छ । 
अर्घाखाँचीको धातिवाङमा तिजको रौनक (फोटो फिचर)(२०७२ भाद्र ३१, विहीवार)
अर्घाखाँची जिल्ला धातिवाङ्ग गाविस वडा नं. ७ बोखरमा पत्येक वर्ष महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा भव्य मेला लागेको थियो । 
अर्घाखाँचीमा जन्मेदेखी ५ बर्ष सम्मका बालबालिकाहरुको तौल प्रतियोगिता एवम् प्रबचन कार्यक्रम सम्पन्न(२०७२ भाद्र ३०, बुधवार)
पूर्नःनिर्माण र संविधान बाल अधिकारको संरक्षण हाम्रो अभियान मुल नाराका साथ ५१ औँ राष्ट्रिय बाल दिवसको अबसरमा अर्घाखाँचीमा जन्मेदेखी ५ बर्ष सम्मका बालबालिकाहरुको तौल प्रतियोगिता एवम् प्रबचन कार्यक्रम सम्पन्न भएको छ । 
दश बुदे पोखराथोक घोषणापत्र जारी गर्दै २५ सौँ जिल्ला स्तरीय जुनियर, युवा रेडक्रस अर्घाखाँचीको तीनदिने गोष्टी सम्पन्न (फोटो फिचर)(२०७२ भाद्र २८, सोमवार)
"सेवा नै धर्म हो" मुल सिद्धान्तमा स्थापित अन्तराष्ट्रीय ग़ैर सरकारी संस्था नेपाल रेडक्रस सोसाईटी अर्घाखाँची अन्तर्गतको २५ सौँ जुनियर/युवा रेडक्रस सर्कलको दोस्रो दिनको गोष्टीमा अर्घाखाँची जिल्लाका ३७ विद्यालयको सहभागिता रहेको थियो । 
अर्घाखाँचीको पोखराथोक स्थित हरिहरमा २५ औ जिल्ला स्तरीय जुनियर/युवा रेडक्रस गोष्टी सम्पन्न (फोटो फिचर)(२०७२ भाद्र २७, आइतवार)
अर्घाखाँची जिल्लाको पुर्व दक्षिण पोखराथोक गाबिसमा रहेको पोखराथोक उपशाखा अन्तर्गतको हरीहर संस्कृत तथा साधारण उच्च माद्यमिक विद्यालयमा २५ औ जिल्ला स्तरीय जुनियर, युवा रेडक्रस गोष्टीको उद्घाटन समारोह  सम्पन्न भएको छ । 
राजमोको सन्धिखर्कको शान्ति बगैंचामा दबाब सभा सम्पन्न, संघियता नेपालको हित र नेपाली जनताको चाहना बिपरित भएको वि.सी.को भनाई(२०७२ भाद्र २७, आइतवार)
समयमै संघियता बिनाको लोकतान्त्रिक संविधान जारी गर्नको लागी दबाब स्वरुप राष्ट्रिय जनमोर्चाले आज देशभर विभिन्न दबाबका कार्यक्रम सम्पन्न गरेको छ ।
सन्धिखर्कको किमडाँडा-पकलेमा वार्ड नागरिक मञ्चको बैठकबाट सुआहारा कार्यक्रमको लागि ग्रामीण नमुना कृषकको छनोट(२०७२ भाद्र २७, आइतवार)
सन्धिखर्क नगरपालीका वाड न. १० को वार्ड नागरिक मञ्चको बैठक किमडाँडाको पकलेमा सम्पन्न भएको छ ।
अर्घाखाँची किमडाँडाका २ जनाको रुपन्देहीको डण्डापुलमा मोटरसाइकललाई ठक्कर दिदाँ मृत्यु(२०७२ भाद्र २७, आइतवार)
रुपन्देही स्थित सिद्धार्थ नगरपालिका-१ डण्डापुल स्थित भैरहवाबाट बेलहियातर्फ जाँदै गरेको युपी ५३ टि ५३०९ नम्वरको भारतीय ट्रकले लु.१० प २५२३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार अर्घाखाँचीका २ जना सहित ३ जनाको मृत्यु भएको छ ।  
सन्धिखर्कको टुडिखेलमा एमाले महिला संघको तिज गीत प्रतियोगीता सम्पन्न(२०७२ भाद्र २६, शनिवार)
हरितालिका तिज नजिकिदै गर्दा अर्घाखाँचीमा विभिन्न संस्था र संगठनले तिज गित प्रतियोगीता एवं सामुहिक दर खाने र शुभकामना आदान प्रदान गरीरहेका छन् । 

अर्घाखाँचीमा चितुवाको डरले गाउँले आतंकित, प्रहरी प्रशासनसँग गुहार(२०७२ भाद्र २६, शनिवार)
किमडाँडा र कुर गाउँमा ढेड वर्षको अवधीमा चितुवाको आक्रमणमा नौ बालवालिका परे । त्यसमा ६ जनाले ज्यान गुमाए । कतिबेला आक्रमणमा परिन्छ भन्ने गाउँले डरले त्रसित छन् । 
काठमाडौं-बुटवल-गोरुसिङ्गे-सन्धिखर्क सम्म नयाँ गाडीभाडा (पूर्ण विवरणसहित)(२०७२ भाद्र २५, शुक्रवार)
काठमाडौं देखि सन्धिखर्कसम्मको ३७८ किलोमिटर सडकमा ७३५ रुपैयाँ कायम भएको छ । 
अर्घाखाँचीमा तीजको चहलपहल, महिला संघको सामुहिक दर खाने कार्यक्रम सम्पन्न(२०७२ भाद्र २४, विहीवार)
नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा अर्घाखाँचीमा तीजको चहलपहल बढेको छ । 
अर्घाखाँचीमा बाघले आंतक मञ्चाउन क्रम नरोकिएको भन्दै विदेशमा बस्ने अर्घाखाँचीबासीहरुको ध्यानाकर्षण, बाघलाई पक्रन वा मार्नको निम्ती पहल गर्न अनुरोध(२०७२ भाद्र २४, विहीवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका र अन्य गाविसहरु नुवाकोट, धनचौर, किमडाँडा लगायतका क्षेत्रमा बिगत केहि समय देखि पटक-पटक बाघले आक्रमण गरेको घटनालाई लिएर विदेशमा बस्ने अर्घाखाँचीबासीहरुले जिल्लाका सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् ।   
अर्घाखाँचीको असुरकोटमा राँगोले हान्दा १ को मृत्यु, १ जना गम्भीर घाइते(२०७२ भाद्र २२, मंगलवार)
अर्घाखाँचीको असुरकोटमा मंगलवार राँगोले हान्दा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 
अर्घाखाँचीको मैदानमा शिक्षा दिवसको अवसरमा विधागत पुरस्कार वितरण कार्यक्रम सम्पन्न(२०७२ भाद्र २२, मंगलवार)
अर्घाखाँची जिल्लाको मैदानमा  "दिगो विकासका लागी गुणस्तरीय शिक्षा, सवैका लागी सुरक्षित शिक्षण संस्था" मुल नारा सहित श्री कृष्ण उच्च माद्यमिक विद्यालय मैदानमा ३६ सौँ राष्ट्रीय शिक्षा दिवस एवं अन्तराष्ट्रीय साक्षरता दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । 
कीर्ते नागरिकता बनाउन खोजेको आरोपमा अर्घाखाँचीमा दुई जना पक्राउ(२०७२ भाद्र २२, मंगलवार)
कीर्ते नागरिकता बनाउन खोजेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 
चुत्राबेशीको घोँचेखोला स्थित वली पाउरोटीका संचालकलाई कुटपिट, युवक संघ अर्घाखाँचीद्धारा घोर भत्र्सना(२०७२ भाद्र २३, बुधवार)
 अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित चुत्राबेशीको घोँचेखोला स्थित वली क्वालिटी पाउरोटी उद्योगका संचालक एंव अखिल नेपाल युबक संघ अर्घाखाँचीका जिल्ला उपाध्यक्ष दिल बहादुर वली साजनलाई सोमवार दिउसो उद्योग भित्र पसेर कुटपिट गरी लुटपाटको प्रयास भएको अखिल नेपाल युबक संघ अर्घाखाँचीले जनाएको छ ।
निजामती कर्मचारी दिबस तथा शिक्षा दिबस अवसरमा सन्धिखर्कमा विभिन्न कार्यक्रम गरि सम्पन्न(२०७२ भाद्र २२, मंगलवार)
नेपाल निजामती कर्मचारी दिबस तथा शिक्षा दिबस - २०७२ अवसरमा अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । 
अर्घाखाँचीमा सातौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवश मनाईयो (२०७२ भाद्र २२, मंगलवार)
दिनप्रतिदिन घट्दै गईरहेका लोपोन्मुख गिद्धको संरक्षण सचेतना अभिवृद्धि गर्ने उद्देष्यले विश्वभरी नै मनाईएको सातौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस अर्घाखाँचीमा पनि भव्यताका साथ मनाईएको छ । 

कार्यक्रम प्रदेसिको सन्देश सम्बन्धी जानकारी: नेपालदेखि बाहिर विदेशमा गएका नेपाली दाजुभाई दिदिबहिनीहरुको लागि सामुदायिक रेडियो अर्घाखाँची एफ.एम.१०५थोप्लो८ मेगाहर्ज बाट www.arghakhanchi.com प्रत्येक शुक्रबार बेलुका बि.बि.सी. नेपाली सेवा पछि कार्यक्रम प्रदेशिको सन्देश शिघ्र सञ्चालनमा आउँदै छ ।  तपाईहरु पनि विदेशमा हुनुहुन्छ भने तपाईको घर परिवार, साथीभाई, ईष्टमित्रमा सन्देश पठाउन चाहानुहुन्छ भने सामुदायिक रेडियो अर्घाखाँची एफ.एम. १०५थोप्लो८ मेगाहर्ज को फोन नं.०७७४२०७०० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

सन्धिखर्कमा भव्य रथयात्रा (२०७२ भाद्र २१, सोमवार)
कृष्ण जन्मअष्टमीको अवसरमा सन्धिखर्कमा विशाल रथ यात्रा र रोपाई जात्रा गरियो । 
कर्मचारी यूनियन दिवसमा भब्य कार्यक्रम, अर्घाखाँची डट्कमका सम्पादक केसी पुरस्कृत(२०७२ भाद्र १९, शनिवार)
अर्घाखाँची डट्कमका सम्पादक वीरेन्द्र केसीलाई उत्कृष्ट विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736