arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार
नाकाबन्दी र भ्रष्टचारी अन्त्यको माग गर्दै राष्ट्रिय जनमोर्चाद्धारा सन्धिखर्कमा बिरोध प्रदर्शन (फोटो फिचर)(२०७२ म‌सिर २८, सोमवार)
 भारतिय नाकाबन्दीको बिरुद्ध र कालोबजारी सँगै मौलाएको भ्रष्ट्रचारको अन्त्यको माग गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा बिरोध प्रदर्शन गरेको छ ।
हरिहर साधारण, संस्कृत तथा प्रवीधीक उच्च माविको ७९ औँ वार्षिक उत्सव समारोह तथा ११५ औँ हरीहर जयन्ती कार्यक्रम पोखराथोकमा प्रारम्भ (फोटो फिचर)(२०७२ म‌सिर २७, आइतवार)
अर्घाखाँची जिल्लाको पुर्व दक्षिण खिदीम ईलाका पोखराथोक १ मा रहेको पश्चिमांचलकै पहिलो विद्यालय हरिहर संस्कृत तथा प्रवीधीक उच्च माद्यमिक विद्यालयले आयोजना गरेको विद्यालयको ७९ औँ वार्षिक उत्सव समारोह तथा ११५ औँ हरीहर जयन्तीको अवसरमा संचालित तीनदिने कार्यक्रमको पहिलो दिन उद्घाटन समारोहसँगै अन्तर सदन स्तरीय दौड १-३,४-५ ६-८,९-१२, भलिवल र छेलो प्रतियोगीता सम्पन्न भएको छ । 
बल्कोट गाविसलाई घरमा प्रसुति मुक्त गा.वि.स घोषणाका लागि अन्तरक्रियात्मक गोष्ठी सम्पन्न (२०७२ म‌सिर २७, आइतवार)
 जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना तथा यु.एन.एफ.पि.ए र जिल्ला विकास समितिको कार्यालय अर्घाखाँचीको सहयोगमा बल्कोट गा.वि.स.लाई घरमा प्रसुति मुक्त गा.वि.स. घोषणा अभियानका लागि आज महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरु बीच बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ ।
लैगिंक हिंसा मुक्त क्षेत्र निर्माणका लागि अर्घाखाँचीका सरोकारवालाहरु एकमत (२०७२ म‌सिर २७, आइतवार)
आज लैगिंक हिंसा विरुद्धको जिल्ला संयोजन समितिको बैठक जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ । 
ढिकुरामा तथ्यमा आधारित योजना तर्जुमा तथा पैरवी सम्बन्धी ईलाका स्तरीय युवा क्लबलाई अभिमुखीकरण(२०७२ म‌सिर २७, आइतवार)

 अर्घाखाँची जिल्लाको ढिकुरा गा.वि.स. मा ईलाका नं. ११ अन्तर्गतका युवाक्लबका प्रतिनिधिहरुको सहभागीतामा तथ्यमा आधारित योजना तर्जुमा तथा पैरबी सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।                  

ढिकुरा नमुना युवा परिषद्द्धारा बाटो सुधार र युवा केन्द्रित अभिमुखिकरण कार्यकम सम्पन्न(२०७२ म‌सिर २७, आइतवार)

 अर्घाखाँची जिल्लाको  ढिकुरा गाविसका युवाहरुको सक्रियतामा स्थापित ढिकुरा नमुना युवा परिषदले हिजो एकै दिनमा २ वटा कार्यहरु सम्पन्न गरेको छ ।                  

छत्रगञ्जमा नेपालकाे संविधान २०७२ काे अन्तरवस्तुकाे बारेमा अनुशिक्षण कार्यक्रम सम्पन्न (फोटो फिचर)(२०७२ म‌सिर २५, शुक्रवार)

नेपालकाे संविधान २०७२ काे अन्तरवस्तुकाे बारेमा स्थानिय शान्ति समिति अर्घाखाँचीको आयोजनामा अनुशिक्षण कार्यक्रम छत्रगञ्ज गाबिसको सार्वजनिक उच्च मावी छत्रगञ्जमा सम्पन्न भएको छ ।                  

अर्घाखाँचीको कफी अन्तराष्ट्रिय बजारमा ! कृषकहरु कफी खेतीमा आकर्षित हुन थाले(२०७२ म‌सिर २४, विहीवार)

बजारको सुनिश्चीतता, राम्रो आम्दानी र सजिलै सँग खेती गर्न सकिने भएपछि अर्घाखाँचीका कृषकहरु  कफी खेतीमा आकर्षित हुन थालेका छन् ।

सन्धिखर्कमा नेपालकाे संविधान २०७२ काे अन्तरवस्तुकाे बारेमा अनुशिक्षण कार्यक्रम सम्पन्न (फोटो फिचर)(२०७२ म‌सिर २४, विहीवार)

नेपालकाे संविधान २०७२ काे अन्तरवस्तुकाे बारेमा स्थानिय शान्ति समिति अर्घाखाँचीको आयोजनामा अनुशिक्षण कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।      

सन्धिखर्कको घोचेखोलामा यस बर्ष देखि सिमी र बोडीको बिउ उत्पादन हुने(२०७२ म‌सिर २३, बुधवार)

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका  घोचेखोलामा यस बर्ष देखि  सिमी र बोडीको बिउ उत्पादन हुने भएको छ ।                  

अर्घाखाँचीको धातिवाङ्गमा एक जनाको मृत्युमा तिन वटा बिमाको दाबी भुक्तानी(२०७२ म‌सिर २३, बुधवार)

अर्घाखाँचीको धातिवाङ्ग गाविसमा एसियन लाईफ इन्स्योरेनस कम्पनीले एक जनाको मृत्युमा  तिन वटा बिमाको दाबी भुक्तानी गरेको छ ।                  

अर्घाखाँचीमा सम्पूर्ण क्षेत्र अस्तव्यस्त, जिल्लाभर औषधी अभाव ! नाकाबन्दीले दिन प्रतिदिन एकपछि अर्को समस्या(२०७२ म‌सिर २१, सोमवार)
भारतीय नाकाबन्दी र तराईका जिल्लामा जारी लामो समयदेखिको आन्दोलनका कारण अर्घाखाँचीमा इन्धनसँगै औषधी अभाव भएको छ । 
नेत्रविक्रम नेतृत्वको माओवादीद्धारा इलाका वन कार्यालय ठाडामा तालाबन्दी(२०७२ म‌सिर २१, सोमवार)

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले इलाका वन कार्यालय ठाडा अर्घाखाँचीमा तालाबन्दी गरेको छ ।                              

सन्धिखर्कमा रहेको सहकारी संस्थाबाट तीन लाख ५० हजार रुपैयाँ चोरी(२०७२ म‌सिर २१, सोमवार)

world news

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको लुम्बिनी स्वास्थ्य सहकारी संस्था लिमिटेडबाट तीन लाख ५० हजार रुपैयाँ चोरी भएको छ ।            

धातिवाङ्गमा एकिकृत माओवादी र एमाले पार्टी परित्याग गरी ५० जना कांग्रेसमा प्रवेश(२०७२ म‌सिर १९, शनिवार)
अर्घाखाँची जिल्ला धातिवाङ्ग गाविसवाट एकिकृत नेकपा माओवादी र नेकपा एमाले पार्टी परित्याग गरी करिव ५० जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । 
जिल्ला अस्पताल विकास समिति अर्घाखाँचीको चौथो बैठक सन्धिखर्कमा सम्पन्न(२०७२ म‌सिर १८, शुक्रवार)

जिल्ला अस्पताल विकास समिति अर्घाखाँचीको चौथो बैठक विहिबार सन्धिखर्कमा सम्पन्न भएको छ ।                 

पोखराथोक कांग्रेसका सभापति गौतम तरकारी खेती र कुखुरा पालनबाट मनग्य आम्दानी गर्न सफल (२०७२ म‌सिर १८, शुक्रवार)
युवालाई विदेश पलायन हुनबाट रोक्न र आफूले गरे अरुले पनि गर्छन् भन्ने ठानेर पोखराथोक नेपाली कांग्रेसका सभापति अच्युत गौतमले कृषि व्यावसाय सञ्चालन गर्नुभएको छ । 
अर्घाखाँचीको पाली, सितापुर र मैदानमा एचआईभी परिक्षण, नयाँ एचआईभी संक्रमित सुन्य (फोटो फिचर)(२०७२ म‌सिर १७, विहीवार)

अर्घाखाँची जिल्लामा विभिन्न गाबिस स्तरीय अभियानको रुपमा  प्रेरणा नामक सामाजिक संस्थाको एचआईभी रगत परिक्षण कार्यक्रम संचालन गरिरहेको छ ।       

बुटवलबाट अर्घाखाँची जाँदै गरेको यात्रुवाहक बस दुर्घटना(२०७२ म‌सिर १६, बुधवार)
बुटवलबाट अर्घाखाँचीको ढाडमैदान जाँदै गरेको यात्रुवाहक बस पाल्पाको छहरा -१ मिलगैरामा दुर्घटना भएको छ ।
नाकाबन्दीले अर्घाखाँचीको जनजीवन कष्टकर बन्दै(२०७२ म‌सिर १५, मंगलवार)
नाकाबन्दीले अर्घाखाँचीको जनजीवन कष्टकर बन्दै गएको छ । 
अर्घाखाँचीमा बन्दको पुर्ण प्रभाव(२०७२ म‌सिर १३, आइतवार)
 नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण आज जनजीवन थप प्रभावित भएको छ । 
नेपाल शिक्षक संघ इलाका नं. ११ अर्घाखाँचीको चरैपानी चौर खाँचीकोटमा वनभोज कार्यक्रम सम्पन्न(२०७२ म‌सिर १२, शनिवार)
नेपाल शिक्षक संघ इलाका नं. ११ अर्घाखाँचीको वनभोज कार्यक्रम मसिनाको लेक नजिकै चरैपानी चौर खाँचीकोटमा सम्पन्न भएको छ । 
ढाकावाङ्ग हाट बजारको एघारौँ बार्षिक उत्सव सम्पन्न(२०७२ म‌सिर १२, शनिवार)
स्थानिय उत्पादनलाई प्रोत्साहन र प्रबद्धन गर्ने उद्धेश्यका साथ संचालनमा आएको ढाकावाङ्ग हाट बजार को एघारौँ बार्षिक उत्सवको अबसरमा आज ढाकावाङ्गमा विभिन्न कार्यक्रम सम्पन्न गरीएको छ ।
असुरकोटको सल्यबथानमा जिप दुर्घटना हुँदा २२ वर्षिय चालकको मृत्‍यु, घरमा ८ महिने गर्भवती श्रीमती(२०७२ म‌सिर १२, शनिवार)

अर्घाखाँचीको सन्धिखर्कबाट असुरकोट जोगिटारिको लागि छुटेको लु १ ज १७०५ नम्बरको जिप असुरकोटको सल्यबथानमा दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ ।                       

अर्घाखाँचीका गाँउ गाँउमै संचालित उच्च माद्यमिक विद्यालयमा विद्यार्थी संख्या वढ्दो(२०७२ म‌सिर ११, शुक्रवार)
उच्च शिक्षाको लागी शहर धाँउने परम्पराले गर्दा सधै ओझेलमा परिरहेको गाँउका उच्च माद्यमिक विद्यालयमा पछील्लो समयमा उल्टै परिवर्तन ल्याउन थालेको छ ।
अर्घाखाँचीमा अन्तराष्ट्रिय लैगिंक हिंसा बिरुद्धको सचेतना अभियान(२०७२ म‌सिर १०, विहीवार)
घर शान्ती नै विश्व शान्तीको आधार, पूर्न-निर्माण शिक्षा र समान ब्यवहार भन्ने मुल नाराका साथ हिजोबाट सुरु भएको १६ दिने अन्तराष्ट्रिय लैगिंक हिंसा बिरुद्धको सचेतना अभियानको अर्घाखाँचीमा पनि विबिध कार्यक्रम गरी समुद्घाटन गरीएको छ ।
अर्घाखाँचीमा सुचनाको अधिकार सम्बन्धि सि.आइ.जी.को अभियान तिब्र(२०७२ म‌सिर ९, बुधवार)
सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार भन्ने मुल नारा बोकेर भ्रष्ट्रचार न्युनिकरण गर्ने लक्ष्यका साथ स्थापना भएको सूचना तथा सुशासन अभियान सिआईजी अर्घाखाँचीले जिल्लाभर सुचनाको अधिकार सम्बन्धि सचेतना अभियानलाई तिब्रता दिएको छ ।
धारापानी गाविसकी कम्युनिष्ट पार्टीका कार्यकता मिनकला बजान्डेको निधन(२०७२ म‌सिर ५, शनिवार)
अर्घाखाँची जिल्लाको  धारापानी गाविसकी कम्युनिष्ट पार्टीका कार्यकता मिनकला बजान्डेको ७६ वर्ष उमेरमा आज निधन भएको छ ।
नरपानीको घुम्तीमा सार्वजनिक शौचालय स्थानीयमा हस्तान्तरण(२०७२ म‌सिर ३, विहीवार)
गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत नरपानीको घुम्तीमा निर्माण भएको सार्बजनीक सौचालय आज स्थानीय समुदायमा हस्तान्तरण गरिएको छ । 
बादरको आतङकबाट ठूलापोखराका किसान चिन्तित(२०७२ म‌सिर १, मंगलवार)
अर्घाखाँची जिल्लाको ठूलापोखरा गाविसमा जंगली जनावर बादरले आतङक मच्चाएको छ ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736