arghakhanchi
मिति: २०७० ज्येष्ठ ७, मंगलवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राष्ट्रिय समाचार
पाँच जना गुन्डा नाइकेलाई अदालतमा १५ दिनभित्र उपस्थित हुन वारेन्ट जारी(२०७० ज्येष्ठ ७, मंगलवार)
विशेष अदालतले आइतबार अवैध सम्पत्ति आर्जनमा मुद्दा दर्ता गरेका पाँच जना गुन्डा नाइकेलाई अदालतमा १५ दिनभित्र उपस्थित हुन वारेन्ट जारी गरेको छ । विशेष अदालतले हिजो गणेश लामा, दीपक मनाङे, परशुराम बस्नेत, चक्रे मिलन, अभिषेक गिरी र उनीहरुका श्रीमतीलाई अदालतमा उपस्थित हुन वारेन्ट जारी गरेको हो । गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले आइतबार विशेष अदालतममा मुद्दा दर्ता गरेको थियो ।
ब्रिटिश आरोहीको भिडिओ कलबारे अनुसन्धान शुरु(२०७० ज्येष्ठ ७, मंगलवार)
सगरमाथाको शिखरबाट ब्रिटिश आरोहीले गरेको भिडिओ कलबारे नेपाल सरकारले अनुसन्धान थालेको छ । ब्रिटिश पर्वतारोही ड्यानियल ह्युजले भिडिओ कल गरेर बीबीसी वर्ल्ड टेलिभिजनसंग प्रत्यक्ष कुराकानी गरेको विषयमा विवाद बढेपछि नेपाल सरकारले त्यसबारे अनुसन्धान थालेको अधिकारीहरुले बताएका छन्।ह्युजले भिडिओ कल गर्नको निम्ति नेपाल सरकारबाट अनुमति नै नलिएको पाइएको अधिकारीहरुले जनाएका छन्।अनुसन्धानका क्रममा दोषी पाइए उनीविरुद्ध नेपाल प्रवेश निषेध सम्मको कारवाही हुनसक्ने कानुनी व्यवस्था रहेको अधिकारीहरुको भनाइ छ।
प्रेस काउन्सिलबिरुद्ध सर्वोच्चमा मुद्दा दायर(२०७० ज्येष्ठ ६, सोमवार)
स्वस्थ पत्रकारिताको विकासका लागि काम गर्ने मुख्य उद्देश्य बोकेको प्रेस काउन्सिल नेपालको प्रकाशनले नै कपोल्कल्पित सामाग्री प्रकाशन गरेपछि यसबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।काउन्सिलको त्रैमासिक प्रकाशन ‘संहिता’ मा प्रकाशित सामग्रीले मानहानी गरेको भन्दै पत्रकार रोशन पुरी, गोविन्द देवकोटा र अधिवक्ता श्रीकृष्ण सुवेदीले काउन्सिल विरुद्ध मुदा दायर गरेका हुन् ।काउन्सिलको प्रकाशन संहिताले आफ्ना बारेमा झुटा र कपोल्कल्पित सामग्री छापेर मानहानी गरेको ठहर सहित पत्रकार पुरी र देवकोटा तथा सार्वजनिक विषय भएकोले सम्बोधन हुनुपर्ने भन्दै अधिवक्ता सुवेदीले संयुक्त रुपमा अदालत गएका हुन् ।
एकिकृत माओवादी निकट अखिल क्रान्तिकारी र अनेरास्ववियूले तिब्र रुपमा फर्जी विद्यार्थी भर्ना, अनिश्चितकालका लागि तालाबन्दी(२०७० ज्येष्ठ ६, सोमवार)
फर्जी विद्यार्थी भर्ना गरेको विरोधमा राजधानीको प्रदर्शनी मार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज नेकपा–माओवादी निकट विद्यार्थी संघठन अखिल क्रान्तिकारीले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । एकिकृत माओवादी निकट अखिल क्रान्तिकारी र अनेरास्ववियूले तिब्र रुपमा फर्जी विद्यार्थी भर्ना गरेको विरोधमा अनिश्चितकालका लागि तालाबन्दी गरेको क्रान्तिकारीका क्याम्पस कमिटि अध्यक्ष ललित विकले जानकारी दिए ।
राजा फेरी आउछनः अध्यक्ष थापा(२०७० ज्येष्ठ ६, सोमवार)
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यÔ कमल थापाले नेपालमा राजसंस्था पुनःस्थापित हुने दावी गरेका छन् । यद्यपि उनले पुनःस्थापित राजसंस्थाको स्वरुप भने फरक हुने तर्क गरे । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी अञ्चल शाखाले आज बुटवलमा आयोजना गरेको साÔात्कारमा बोल्दै अध्यÔ थापाले अब पुनःस्थापित हुने राजसंस्था संविधानको मातहत र संसदीय नियन्त्रणानमा रहेको अवस्थामा हुने विश्वास ब्यक्त गरे ।
दाङमा नेकपा-माओवादीका कार्यकर्ताद्धारा घुम्ती शिविरमा अवरोध(२०७० ज्येष्ठ ५, आइतवार)
दाङको उरहरी गाविसमा सञ्चानल गरिएको घुम्ती शिविरमा नेकपा–माओवादीका कार्यकर्ताले अवरोध पु-याएका छन् । घुम्ती शिविर सञ्चालन भइरहेको स्थानमा दुई सयको संख्यामा पुगेका –माओवादी कार्यकताले रजिस्टर च्यात्नुका साथै ल्यापटप पनि खोसेका थिए ।
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी पुष्पकमल दाहालबीच भेटवार्ता(२०७० ज्येष्ठ ५, आइतवार)
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज विहान भेटवार्ता भएको छ । रेग्मी निवास बालुवाटारमा भएको भेटमा तत्काल निर्वाचन मिति तोक्नेबारे छलफल भएको बताइएको छ ।
नेपाल-भारत सगरमाथा आरोहण तथा सरसफाई टोलीद्धारा सगरमाथाको सफल आरोहण(२०७० ज्येष्ठ ५, आइतवार)
नेपाल-भारत सगरमाथा आरोहण तथा सरसफाई टोलीले आज सगरमाथाको सफल आरोहण गरेको छ । नेपाली सेनाले जनाएअनुसार सफल आरोहीहरुमा नेपाली सेनाका तर्फबाट सेनानी समिर बस्नेत, सह सेनानी किशोर अधिकारी, गण प्रवन्ध हुद्धा ज्ञानेन्द्र लाउडारी र अमल्दार धिरेन्द्र शाही रहेका छन् भने भारतीय सेनाका तर्फबाट मेजर आर एस जमवाल, सुवेदार मिङ्गमार गुरुङ, हवल्दार सुधिर सिंह, हवल्दार चतर सिंह र लान्स नायक सुकवीर छन् ।
एमालेकी नेतृ उर्मिला अर्याल र चलचित्रकी नायिका रेखा थापा एकीकृत नेकपा माओवादीमा प्रवेश(२०७० ज्येष्ठ ४, शनिवार)
नेकपा एमालेकी नेतृ उर्मिला अर्याल र चलचित्रकी नायिका रेखा थापा एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । दुबै जनालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भित्राएका हुन् ।
पहिलो पार्टी नबन्दासम्म एमालेले विश्राम नलिने एमाले झलनाथ खनालको भनाई(२०७० ज्येष्ठ ३, शुक्रवार)
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पहिलो पार्टी नबन्दासम्म एमालेले विश्राम नलिने बताएका छन् । संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियानको काठमाडौमा उदघाटन गर्दे खनालले ठूलो पार्टी नबन्दासम्म अभियान जारी रहने बताए । 
कांग्रेस शेखर कोइरालाद्धारा सर्वोच्च अदालत कार्यपालिकाको छायाँमा परेको भन्दै चिन्ता व्यक्त (२०७० ज्येष्ठ ३, शुक्रवार)
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सर्वोच्च अदालत कार्यपालिकाको छायाँमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनलाई लक्षित गर्दै तयार गरेको गीतको सीआरबीटी सार्वजनिक गर्दै नेता कोइरालाले न्यायालयमा कार्यपालिकाको हस्तक्षेप सुरु भईसकेको बताए ।
जनजाति नेता खपाङ्गीको अवस्था गम्भीर(२०७० ज्येष्ठ २, विहीवार)
जनजाति नेता गोरेबहादुर खपाङ्गीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा रहेको छ । उनको सिंहदरबार दक्षिणस्थित अन्नपुर्ण न्युरो हस्पिटलको आईसीयु कक्षमा उपचार भइरहेको छ । खपाङ्गी गत वैशाख १२ गते राजधानीको भृकुटीमण्डमा अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवमा उद्‍घाटन समारोहमा सहभागी हुन जाँदा पुरानो बसपार्कमा मोटरसाइकलले ठक्कर दिएको थियो ।

पोखराबाट जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन ए वि ओ ट्वीनअटर विमान दुर्घटना(२०७० ज्येष्ठ २, विहीवार)
कास्कीको पोखराबाट जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन ए वि ओ ट्वीनअटर विमान दुर्घटना भएको छ । आज बिहान ८ः ३० बजे जोमसोम बिमानस्थलमा अवतरण भएर फर्कने क्रममा तीव्र हावाका कारण विमान कालीगण्डकीमा खस्दा दुर्घटना भएको हो । नेपाल वायुसेवा निगमको विमान दुर्घटना हुँदा बिमानमा सबार एक यात्रु [गोविन्द पहाडी]  मरेर बाँचेको क्षण - (बिहीबार बिहान जोमसोममा भएको बिमान दुर्घटनामा परेका गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य समेत रहेका पहाडीसित कुराकानीमा आधारित घटनाको यतार्थता ] हाल सम्म भ्एका  हवाई दुर्घटनाको नालिबेली', " छ दर्जन ठूला हवाई दुर्घटनामा साढे सात सयको मृत्यु "  ,  कुन एयरलाइन्सको बिमान कहिले र कहां दुर्घटना भए ?  
 
नवलपरासीमा आमरण अनशनमा बसेका सद्भावना पार्टीका पाँच जना कार्यकर्ताको स्वास्थ्य अवस्था चिन्ताजनक(२०७० ज्येष्ठ १, बुधवार)
चुनावको मिति तोक्न माग राखेर नवलपरासीमा तीन दिनदेखि आमरण अनशनमा बसेका सद्भावना पार्टीका पाँच जना कार्यकर्ताको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । जिल्ला सदरमुकाम परासीमा आमरण अनशनमा बसेका सद्भावना पार्टीका केन्द्रीय सदस्य सत्रजीत यादव, जिल्ला सचिव हरिनारायण चौधरी, सदस्यहरु अनिरुद्र गौड, रामबृक्ष यादव र प्रकाश पासवानको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको हो ।  
मानव अधिकारवादीहरुद्धारा आगामी निर्वाचनमा गम्भीर मानव अधिकार उल्लंघनकर्तालाई भोट नहाल्न जनतालाई अपील(२०७० ज्येष्ठ १, बुधवार)
मानव अधिकारवादीहरुले आगामी निर्वाचनमा गम्भीर मानव अधिकार उल्लंघनकर्तालाई भोट नहाल्न जनतालाई अपील गरेका छन् । एमनेष्टी इन्टरनेशनल नेपालले राजधानीमा गरेको कार्यक्रममा सहभागी मानव अधिकारवादीहरुले दलहरुले फौजदारी अपराधमा संलग्न ब्यक्तिलाई पनि उम्मेदवार बनाउने तयारी गरेको भन्दै अधिकार उल्लंघनकर्ताले जनताको प्रतिनिधित्व गर्न नसक्ने बताएका हुन् । कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडीले दलहरुले मानव अधिकार उल्लंघनकर्तालाई काखी च्यापेको भन्दै उनीहरुका नाममा भोट नदिन आग्रह गरे ।
नयाँ दल दर्ताको क्रम तिब्र , द्वन्द्व पिडीत र समलिंगी तेस्रोलिंगीले रानीतिकदल खोले (२०७० ज्येष्ठ १, बुधवार)
संविधान सभाको निर्वाचन हुने लगबग पक्का पक्कि भएपछि दल दर्ताको प्रकृया पनि सुरु भइसकेको छ । एनेकपा माओावदी, नेपाली कांग्रेस, नेकपा एमाले लगायतका अधिकांस दलहरु निर्वाचन आयोगमा दर्ता भइसकेका छन् ।
नेपालललाई सिक्कीमीकरण बनाउने खेल(२०७० ज्येष्ठ १, बुधवार)
नेकपा–माओवादीका महासचिव रामबहादुर थापा वादलले आगामी संबिधानसभाको निर्वाचन नेपाललाई सिक्कीमीकरण गर्ने खेल भएको बताएका छन् ।एमाओवादी नयाँ एमाले भएको टिप्पणी गरेका थापाले एमाओवादी पनि एमाले जस्तै भारत परस्त बन्दै गएको आरोप लगाउदै यस्तो बताएका हुन् । 
राहदानीको चर्को शुल्कको जताततै विरोध(२०७० ज्येष्ठ १, बुधवार)
चर्को शुल्क लिएर छिटो राहदानी उपलब्ध गराउने सरकारी निर्णयको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विरोध गरेकोछ । परराष्ट्र मन्त्रालयले १५ हजार रुपैयाँ तिरे ४८ घण्टामा राहदानी उपलब्ध गराउने निर्णय गलत भएको विज्ञप्ती जारी गर्दै जनाएको छ । उसले जनतालाई छिटो छरितो रुपमा सुविधा उपलब्ध गराउनुपर्नेमा उल्टै आर्थिक भार थपेको भन्दै आपत्ती जनाएको छ ।
काभ्रे मृगौला तस्करीमा संलग्न ठूलो गिरोह पक्राउ(२०७० वैशाख ३१, मंगलवार)
काभ्रे प्रहरीले मृगौला तस्करीमा संलग्न ठूलो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । २२ वर्षदेखि मृर्गौला तस्करीमा संलग्न मध्येका ८ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुलाई गत शनिवार पक्राउ गरेको हो । काभ्रे प्रहरीले मृगौला तस्करी नियन्त्रणमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी भएको जनाएको छ ।
अखिल क्रान्तिकारीद्धारा गरेको शैक्षिक संस्था वन्दका कारण नवलपरासीका निजी विद्यालयहरुको पठन पाठन(२०७० वैशाख ३१, मंगलवार)
नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले गरेको शैक्षिक संस्था वन्दका कारण नवलपरासीका निजी विद्यालयहरुको पठन पाठन ठप्प भएको छ । अनुमति विना सञ्चालन भएका विद्यालयहरुलाई कारबाही नभएको भन्दै अखिल क्रान्तिकारीले विद्यालय बन्द गराएको हो । अनुमति विना सञ्चालन भएका विद्यालयलाई कारबाही गर्न पटक पटक माग गर्दा पनि सुनुवाई नभएको भन्दै विद्यालय बन्द गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।
नेपालमा प्रत्येक बर्ष दुई हजार जनाको सडक दूर्घटनामा परेर मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक(२०७० वैशाख ३१, मंगलवार)
नेपालमा प्रत्येक बर्ष दुई हजार जनाको सडक दूर्घटनामा परेर मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । सडक सुरक्षाबारे आज राजधानीमा भएको कार्यक्रममा प्रत्येक वर्ष सडक दूर्घटनामा दुई हजारले ज्यान गुमाउने र १२ हजार भन्दा वढी घाइते हुने गरेको तथ्यांक सार्वजनिक गरिएको हो ।
 
काठमाडौंको मालपोतमा घुस लिने रंगेहात पक्राउ(२०७० वैशाख ३०, सोमवार)
सेवाग्राहीबाट ७ हजार रुपैयाँ घुस लिने सर्वेक्षक श्याम सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । काठमाडौं वडा नम्बर- २९ का आशाकाजी महर्जनको उजुरीमा सिलवाललाई पक्राउ गरिएको हो । अख्तियारले सिलवाललाई कारबाहीका लागि हिरासतमा लिएको जानकारी दिएको छ ।
निर्वाचन मिति घोषणाको तयारीमा सरकार (२०७० वैशाख ३०, सोमवार)
सरकारले केही दिनभित्रै निर्वाचनसम्बन्धी अध्यादेश टुंगो लगाएर निर्वाचन मिति घोषणा गर्ने तयारी थालेको छ। राजनीतिक दलसँग निर्वाचनसम्बन्धी अध्यादेशमा सहमति जुटाउन सरकारले गरेको छलफलमा दलबाट नयाँ सर्त आउन थालेपछि सरकार निर्वाचन आयोगसँग परार्मश गरेर मिति घोषणाको निष्कर्षमा पुगेको  हो। 
१५ हजार रुपैयाँ तिरेमा ४८ घण्टा भित्रैमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) (२०७० वैशाख ३०, सोमवार)
 परराष्ट्र मन्त्रालयले सेवाग्राहीको माग र बढ्दो आग्रहलाई मध्यनजर गरेर १५ हजार रुपैयाँ राजश्व तिरेमा ४८ घण्टा भित्रैमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) दिन सकिने जनाएको छ ।
लोकमानसिंह कार्कीको नियुक्ती प्रकरणमा असन्तुष्टि जनाउँदै राष्ट्रपति यादवका राजनीतिक सल्लाहकारद्धारा पदबाट राजिनामा(२०७० वैशाख ३०, सोमवार)
राष्ट्रपति रामवरण यादवका राजनीतिक सल्लाहकार हरि शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा शाहीकालीन मुख्यसचिव लोकमानसिंह कार्कीको नियुक्ती प्रकरणमा असन्तुष्टि जनाउँदै पदबाट राजिनामा बुझाएका छन् । अर्का दुई सल्लाहकार डा. सूर्य ढुंगेल र राजेन्द्र दाहाल पनि त्यही प्रकरण असन्तुष्ट र राजीनामा निम्ति समय कुरिरहेको बुझिएको छ ।
मंसिरमा निर्वाचन हुनेमा शंका : मोहनविक्रम(२०७० वैशाख २९, आइतवार)
 नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले मङ्सिरभित्रै निर्वाचन हुनेमा शङ्का व्यक्त गर्नुभएको छ । “दलहरु असक्षम बन्दै गएको र कतिपय दलहरु निर्वाचनकै विरोधमा लागेकाले मङ्सिरमै निर्वाचन हुनेमा आशङ्का उब्जेको छ”- सिंहले भन्नुभयो । बागलुङमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री सिंहले मुलुकलाई जतिसक्दो छिटो निर्वाचन चाहिएकोले देशको सम्पूर्ण शक्ति निर्वाचनमा केन्दि्रत गर्नुपर्ने बताउनुभयो ।
आगामी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा माओवादी र मधेसी विद्यार्थी मिलेर निर्वाचन लड्ने(२०७० वैशाख २९, आइतवार)
आगामी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल (क्रान्तिकारी) सहित ११ विद्यार्थी सङ्गठनले मिलेर निर्वाचन लड्ने भएका छन्। अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा आज बसेको ११ विद्यार्थी सङ्गठनको संयुक्त बैठकले सो निर्णय गरेको हो। अखिल (क्रान्तिकारी)का उपाध्यक्ष जागृत रायमाझीले स्ववियुलाई धेरैभन्दा धेरै विद्यार्थीको बनाउन मिलेर चुनाव लड्न लागिएको बताए।
२९ गतेको नेपाल बन्द फिर्ता(२०७० वैशाख २९, आइतवार)
लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा नियुक्ति गरेको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनले अाज  आइतबारका लागि आह्वान गरेको नेपाल फिर्ता भएको छ।
लोकमानसिंह कार्कीको नियुक्तिको विरोध गर्नेहरुले संविधानसभा चुनाव विरोधी भएको एकीकृत माओवादीको आरोप(२०७० वैशाख २८, शनिवार)
एकीकृत नेकपा माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिको विरोध गर्नेहरुले संविधानसभा चुनावका लागि जारी प्रक्रियानै भाँड्न खोजेको आरोप लगाएको छ । आफैले सहमति जनाएको विषयमा विरोध गरेर नेपाली कांग्रेस र नेकपा एमालेले द्धैध चरित्र देखाएको भन्दै एकीकृत माओवादीले लोकमानको नियुक्तिको विरोधको कुनै औचित्य नभएको समेत जनाएको छ । 
पासपोर्ट बनाउन दक्षिण एसियामा सबै भन्दा महँगो देश नेपाल, बीस दिनभित्रै मसिन रिडेवल पासपोर्ट, ६८ जिल्लामा अनलाईन सेन्टर खोलिने(२०७० वैशाख २८, शनिवार)
world newsपरराष्ट्र मन्त्रालयले मेसिन रिडेबल पासपोर्ट वितरणलाई सरल र सहज बनाउन ६८ जिल्ला र देशबाहिर रहेका ३२ वटा दूताबासमा लाइभ इन्रोलमेन्ट सेन्टर खोल्ने भएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता अर्जुन बहादुर थापाले छिट्टै नै लाईभ इन्रोलमेन्ट सेन्टर खोल्ने प्रक्रिया अघि बढाउने जानकारी दिए । इन्रोलमेन्ट सेन्टरका लागि करिब एक अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ । सो सेन्टर खोलिएपछि इन्टरनेटको माध्यमबाट विवरण भरिएका पार्सपोर्टका फारम सेन्टरबाट सीधै राहदानी बिभागमा आउने छन् ।