arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार
सुर्खेतको वीरेन्द्रनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी(२०७४ ज्येष्ड ६, शनिवार)
 सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। १४४०५ मत पाएका कांग्रेस उम्मेदवार देवकुमार सुवेदीले  १३८९९ मत ल्याएका एमाले उम्मेदवार बालाराम शर्मालाई पराजित गर्दै मेयरमा विजय हासिल गरेका हुन्।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा मत परिणामलाई लिएर विवाद, नतिजा सार्वजनिक रोकियो(२०७४ ज्येष्ड ६, शनिवार)
भक्तपुरको चाँगुनारायण नगरपालिका-४ को मत परिणामलाई लिएर विवाद चर्किएको छ ।  नेकपा(एमाले)को मत बढी आएको भन्दै नेपाली काँग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि अन्तिम चरणमा यस वडाको आधिकारिक मत परिणाम समेत सार्वजनिक गरिएको छैन । बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा एमालेको मत बढी देखियो भन्दै विवाद भएपछि मत परिणाम सार्वजनिक नगरिएको प्रहरीले जानकारी दिएको छ । 
कांग्रेस नेतृत्वको सरकारले दोस्रो चरणको निर्वाचन गराउँछ: टोपबहादुर रायमाझी (२०७४ ज्येष्ड ६, शनिवार)
नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले दोस्रो चरणको स्थानीय तह निर्वाचन नेपाली कांग्रेस नेतृत्वको सरकारले गराउने बताएका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले मधेसवादी दल र प्रतिपक्षी दुबैको मागलाई सम्बोधन गरेर दोस्रो चरणको निर्वाचन गर्नु अहिलेको राष्ट्रिय आवश्यकता हो- भने ।
पर्वतका निर्वाचित पदाधिकारीहरुले शपथग्रहण गरी पदभारसमेत ग्रहण गरे(२०७४ ज्येष्ड ५, शुक्रवार)
पर्वतका स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुले शुक्रबार शपथग्रहण गरी पदभारसमेत ग्रहण गरेका छन् । नेकपा एमालेबाट निर्वाचित फलेबास नगरपलिकाका प्रमुख पदमपाणि शर्मा र उपप्रमुख मञ्जु अधिकारीले फलेबासमै शपथ लिइ पदभार ग्रहण गरे ।
दोस्रो चरणको निर्वाचनमा रातोरङको मसी प्रयोग गरी मतसंकेत गराउने (२०७४ ज्येष्ड ५, शुक्रवार)
 निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातोरङको मसी प्रयोग गरी मतसंकेत गराउने निर्णय गरेको छ । आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसँग कुरा गर्दै दोस्रो चरणमा स्वस्तिक छापमा रातोरङ लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

एमालेद्वारा टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने निर्णय फिर्ता गर्न माग(२०७४ ज्येष्ड ५, शुक्रवार)
नेकपा एमालेले कैलालीको टीकापुरमा भएको ८ जना सुरक्षाकर्मी र एकजना शिशुको बीभत्स हत्यामा संलग्नलाई राजनीतिक आवरण दिइ उन्मुक्ति दिन सरकारले गरेको निर्णय फिर्ता गर्न माग गरेको छ । शुक्रबार एमालेका सचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी सो निर्णय फिर्ता गर्न माग गरेका हुन् ।
दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता जेठ १९ गते(२०७४ ज्येष्ड ५, शुक्रवार)
जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि गृहकार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन कार्यक्रम तालिकाअनुरुप कार्य अघि बढाइरहेको छ । निर्वाचन कार्यतालिकाअनुसार यही जेठ १९ गते उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गरिनेछ भने २१ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
धादिङका १ सय ४ वडाहरु मध्ये ८२ स्थानको मतगणना सम्पन्न(२०७४ ज्येष्ड ४, विहीवार)
धादिङ जिल्लाभरका १ सय ४ वडाहरु मध्ये ८२ स्थानको मतगणना सम्पन्न भएको छ । विहीवार अपरान्ह सम्म प्राप्त नतिजा अनुसार धादिङका २ नगरपालिका सहित १३ स्थानीय तहका ९ वटाको सवै पदमा प्रमुख र उपप्रमुख सहित सवै नतिजा सार्वजनिक भैसकेकोछ ।  सार्वजनिक भएको नतिजा अनुसार धुनीवेंसी नगरपालिकासहित थाक्रे, सिद्धलेक, नेत्रावती, गंगाजमुनामा एमालेले जितेको छ । नेपाली कांग्रेसले खनियावास र ज्वालामुखीमा प्रमुख पद जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले रुवीभ्यालीमा जितेको छ । 
मुलुकका चार मध्ये दुई महानगरमा एमालेको अग्रता, दुईवटामा कडा टक्कर(२०७४ ज्येष्ड ४, विहीवार)
मुलुकका चार महानगरपालिका मध्ये दुई वटामा नेकपा एमाले र दुई वटामा नेपाली कांग्रेसका उम्मेदवार प्रष्ट अगाडि देखिएका छन् । पछिल्लो परिणाम अनुसार काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले पछ्याइरहेका छन् ।
राष्ट्रिय जनमोर्चा, राप्रपा, नयाँ शक्ति र स्वतन्त्रका उम्मेदवारको कहाँबाट विजयी ?(सूचीसहित)(२०७४ ज्येष्ड ४, विहीवार)
स्थानीय तह निर्वाचनमा मतगणना जारी छ । विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने धेरैको आउने क्रममा छ । हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि-पछि छ ।

निर्वाचन भएको चार दिन भइसक्दा पनि काठमाडौंका १० नगरपालिकामा अन्तिम परिणाम आउन सकेन(२०७४ ज्येष्ड ३, बुधवार)
निर्वाचन भएको चार दिन भइसक्दा पनि काठमाडौं जिल्लाका १० नगरपालिकामा अहिलेसम्म अन्तिम परिणाम आउन सकेको छैन। मतगणना अत्यन्त सुस्त गतिमा अगाडि बढिरहँदा काठमाडौं महानगरबाहेकका १० नगरपालिकाहरुमा पनि मतगणना जारी रहेको छ। अद्यावधिक मतपरिणाम अनुसार काठमाडौंका १० नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले ६ र नेकपा एमालले ४ नगरपालिकामा अग्रता लिएका छन्।  
निर्वाचन आयोगद्वारा मतगणनामा ढिलाइ भएपछि गणक टोलीहरुको संख्या थप्न निर्देशन(२०७४ ज्येष्ड ३, बुधवार)
निर्वाचन आयोगले मतगणनाको गति बढाउन गणक टोलीहरुको संख्या थप्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । मतगणना ढिलाइप्रति निर्वाचन आयोगले चासो राख्दै सुधारका लागि निर्वाचन अधिकृतहरुलाई गणक टोलीहरुको संख्या थप्न निर्देशन दिएको हो ।
मकवानपुरका तीन वटामा मतगणनाकार्य सम्पन्न, सबैमा एमालेको जित(२०७४ ज्येष्ड ३, बुधवार)
मकवानपुरका ८ गाउँपालिकामध्ये हालसम्म तीन वटामा मतगणनाकार्य सम्पन्न भएको छ । कैलाश गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टंकबहादुर मोक्तान दुई हजार ८०२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोकबहादुर मोक्तानले दुई हजार ३५९ मत प्राप्त गरे ।
काठमाडौंसहित मध्य र पश्चिमी पहाडी भेगमा बदलीसँगै वर्षा, अझै केही दिन जारी रहने(२०७४ ज्येष्ड २, मंगलवार)
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । बिहान ९ बजेसम्मको मौसमी विवरणअनुसार काठमाडौंमा सबैभन्दा बढी ४१ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी धनकुटामा ३७, पोखरामा १४, ताप्लेजुङमा १२ र विराटनगरमा ५ मिलिमिटर वर्षा भएको छ । 
स्थानीय निर्वाचनको घोषित परिणाममा अनुसार एमाले अगाडि (२०७४ ज्येष्ड २, मंगलवार)
स्थानीय तह निर्वाचनको घोषित परिणाममा प्रमुख तीन दलबीच निकै प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म घोषित परिणाममा नेकपा एमालेले ११ ओटा स्थानीय तह, नेपाली कांग्रेसले ९ ओटा स्थानीय तहको प्रमुखमा विजय हासिल गरेको छ ।
हिमाली जिल्ला मुस्ताङको तीन गाउँपालिकामा मतगणना सम्पन्न, तीन गाउँपालिकामा प्रमुख चुनिए(२०७४ ज्येष्ड २, मंगलवार)
हिमाली जिल्ला मुस्ताङको तीन गाउँपालिकामा मतगणना सम्पन्न भएको छ । तिब्बतसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सुवर्णकुमार विष्ट विजयी भएका छन् ।

झडप भएपछि दैलेखको नारायणनगरपालिकामा निषेधाज्ञा जारी (२०७४ ज्येष्ड २, मंगलवार)
सम्भावित झडपको त्रासले स्थानीय प्रशासनले मंगलबार बेलुकी ७ देखि भोलि बिहान ५ बजेसम्मका लागि नारायणनगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । 
सिन्धुलीको दुधौली नगरपालिकामा १९ मत कम भएपछि मतगणना कार्य रोकियो(२०७४ ज्येष्ड १, सोमवार)
 सिन्धुलीको दुधौली नगरपालिकामा मतगणनाकार्य अहिले रोकिएको छ । वडा नम्बर-२ मा खसेको मतभन्दा १९ मत कम भएपछि मतगणनाकार्य रोकिएको हो । वडा नम्बर-२ मा आइतबार एक हजार ८३० मत खसेकामा सोमबार एक हजार ८११ मतमात्र भएपछि मतगणनाकार्य रोकिएको दुधौलीका निर्वाचन अधिकृत नुरहरि खतिवडाले जानकारी दिए ।
ललितपुरमा महानगरपालिकामध्ये सबैभन्दा बढी मतदान(२०७४ ज्येष्ड १, सोमवार)
 सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । स्थानीय निकाय पुनःसंरचनापछि गठन भएका पोखरा लेखनाथ, ललितपुर, भरतपुरसहित काठमाडौं महानगरपालिकामा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता थियो ।
पहिलो चरणको चुनावमा एमालेको अग्रता(२०७४ ज्येष्ड १, सोमवार)
स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणको चुनावमा एमालेले अग्रता लिएको छ । प्रारम्भिक नतिजामा एमाले ४ स्थानमा विजय हुँदै अगाडि छ । एमालेले डोल्पाको से फोक्सुन्डो र काइके तथा मनाङको चामे र नेस्याङमा विजयी भएको छ । से फोक्सुन्डोमा निर्विरोध भएको एमालेका अंगद राना काइकेमा ९२० मतसहित विजयी भए । 
सत्ताधारी पार्टीबाट बुथ कब्जाको प्रयास भएको एमालेको आरोप(२०७४ वैशाख ३१, आइतवार)
नेकपा (एमाले) ले आज सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अत्यन्त उत्साहका साथ सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाता तथा निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा उम्मेदवारलाई धन्यवाद दिएको छ । 
कालिकोटको माल्कोटमा विप्लव माओवादीले मतपेटिका खोसेर जलाई दिए, सुरक्षाकर्मीद्वारा हवाइ फायर(२०७४ वैशाख ३१, आइतवार)
कालिकोटको नरहरिनाथ गाउँपालिका अन्तर्गत पर्ने माल्कोटको नन्दादेवी मावि मतदान केन्द्रमा आइतबार बेलुका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले निर्वाचन टोलीमाथि ढुंगामुडा गरी मतपेटिका खोसेर जलाई दिएका छन् ।
काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुने(२०७४ वैशाख ३१, आइतवार)
काठमाडौं आइतबार मध्यरातबाटै मतगणना सुरु हुने भनिएको थियो। तर, सबै प्रक्रिया पूरा गरी गणना थाल्न ढिला भएकाले सोमबार बिहान ८ बजे सर्वदलीय बैठक गरेर मतगणना सुरु गर्ने निर्वाचन अधिकृतले बताएका छन्। 
निर्वाचनमा वृद्धवृद्धाकोे पनि उत्साहजनक रुपमा सहभागिता(२०७४ वैशाख ३१, आइतवार)
मुलुक संघीय संरचनामा गइसकेपछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा वृद्धवृद्धाले पनि उत्साहजनक रुपमा सहभागिता जनाएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २ मा रहेको सांस्कृतिक एकता मञ्च मतदान केन्द्रमा पुगेर एक जना १ सय १ वर्षीया वृद्धाले मतदान गरेकी छन् ।
निर्वाचनको मतगणना आज साँझबाट(२०७४ वैशाख ३१, आइतवार)
 निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणना आज साँझबाट गर्ने भएको छ । आयोगले मतदान सकिएलगत्तै मतगणना सुरु हुने जनाएको हो । केही स्थानमा छिटफुट घटनाबाहेक ३४ वटै जिल्लामा शान्तिपूर्ण रुपले मतदान भइरहेको आयोगले जनाएको छ ।
दोलखाको पोवटीमा बुथ कब्जा गर्ने क्रममा गोली लागेर एक जनाको मृत्यु (२०७४ वैशाख ३१, आइतवार)
दोलखाको मेलुङ गाँउपालिकाको पोवटी बुथमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको भएको छ । कांग्रेस र माओवादी गठबन्धनले बुथ कब्जा गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएपछि सुरक्षाकर्कीले  स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरेको बताइएको छ । स्थानीका अनुसार मारिने नरबहादुर भूजेल हुन् । 
भारी वर्षाका कारण काठमाडौंका केही मतदान केन्द्रमा मतदान प्रभावित(२०७४ वैशाख ३१, आइतवार)
भारी वर्षाका कारण गोकर्णेश्वर, कागेश्वरी मनहरा र शङ्खरापुर नगरपालिकाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । अबिरल वर्षाका कारण गोकर्णेश्वर नगरपालिकाका १, २, ३ र ४ तथा कागेश्वरी नगरपालिकाका १, २, ३, ४ र ५ वडाका मतदान केन्द्रमा मतदान प्रभावित भएको छ ।
निर्वाचन सफल बनाउन राष्ट्रपतिको अपिल(२०७४ वैशाख ३०, शनिवार)
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आह्वान गरेका हुन् ।
           
भोट हाल्न प्रधानमन्त्री दाहाल चितवनमा(२०७४ वैशाख ३०, शनिवार)
  स्थानीय तह निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार गृह जिल्ला चितवन आइपुगेका छन् । उनको साथमा पत्नि सीता, पुत्र प्रकाश पनि आएका छन् आइतबार हुने निर्वाचनमा भरतपुर ४ लंकु मावि मतदान केन्द्रबाट प्रधानमन्त्री दाहालले भोट खसाल्ने छन् । उनको परिवारका सदस्य यहाँको शिवनगरमा बस्दै आएका छन् । भरतपुर महानगरपालीको मेयरमा उनका पुत्री रेणु दाहाल चुवानी मैदानमा छिन् ।
स्थानीय निर्वाचनमा सहभागी हुन भारतबाट आएका नेपाली नवलपरासीको भैंसालोटन सीमानाकामा रोकिए(२०७४ वैशाख ३०, शनिवार)
स्थानीय तहको निर्वाचनमा सहभागी हुन भारतबाट आएका १५० जनाभन्दा बढी नेपाली नवलपरासीमा पर्ने नेपाल-भारत सीमानाका भैंसालोटनमै रोकिएका छन् । भारतकको पश्चिम चम्पारणमा पर्ने विभिन्न सहरमा काम गर्ने उनीहरु सीमानाका बन्द हुनेबारे अनविज्ञ हुँदा वाल्मिकी नगरको भैंसालोटनमा रोकिएका हुन् ।