arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीद्धारा भारतले आफ्नो स्वार्थका लागि नेपालमा संघीयताको विषय उछालेको जिकिर (२०६९ आश्विन १७, बुधवार)
भारतले स्वार्थका लागि नेपालमा संघीयताको विषय उछाल्योः नेता केसीराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले आफ्नो स्वार्थका लागि नेपालमा संघीयताको विषय उछालेको जिकिर गरेका छन् । अखिल नेपाल किसान संघले आज बुटवलमा आयोजना गरेको भेलामा केसीले मुलुकलाई संघीयतामा लगिए राष्ट्रियता झन कमजोर हुने बताए ।
काठमाडौं उपत्यका लगायत मुलुकका केही क्षेत्रमा कडा ज्वरो र रुघाखोकी लागेर अस्पताल गएका बिरामीमा स्वाइन फ्लु संक्रमण भेटियो(२०६९ आश्विन १७, बुधवार)
काठमाडौं उपत्यका लगायत मुलुकका केही क्षेत्रमा कडा ज्वरो र रुघाखोकी लागेर अस्पताल गएका बिरामीमा स्वाइन फ्लु भेटिएको छ । लामो समय ज्वरो आउने, घाँटी दुख्ने, टाउको र जीउ पूरै दुख्नेजस्ता लक्षण लिएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल गएकामध्ये केहीमा स्वाइन फ्लू -एचवानएनवान पीडीएम-९) प्रमाणित भएको हो । स्वाइन फ्लु लक्षण देखिए पनि बेलैमा उपचार सुरु भए डराउनु नपर्ने चिकित्सकले बताएका छन् । 'हामीकहाँ उपचार गराउने ललितपुरलगायत ठाउँबाट आएका केही बिरामीको ल्याब रिपोर्टमा स्वाइन फ्लुको संक्रमण भएको उल्लेख थियो,' सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले भने, 'रोगको किटान रैपिड किटबाट नभएर पोलमर चेन रियाक्सन -पीसीआर) मार्फत गरिएको थियो ।'
आज अन्तर्राष्ट्रिय अहिंसा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैं(२०६९ आश्विन १६, मंगलवार)
आज अन्तर्राष्ट्रिय अहिंसा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैंछ । दिवसको अवसरमा दक्षशिला एकेडेमीले राजधानीमा गरेको कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अहिंसा र शान्तिपूर्ण आन्दोलनबाटै परिवर्तन सम्भवन हुने वताउनुभयो । सत्तारुढ दलहरु सत्ता कव्जाको दिशामा अघि वढेको भन्दै उहाँले हिंसालाई प्रश्रय दिनेहरुलाई सबैले निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
नजिकिँदो चाडपर्वमा सुरक्षा व्यवस्था मजबुत गर्न डेढमहिने सुरक्षा योजना सार्वजनिक(२०६९ आश्विन १६, मंगलवार)
नजिकिँदो चाडपर्वमा सुरक्षा व्यवस्था मजबुत गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले डेढमहिने सुरक्षा योजना सार्वजनिक गरेको छ। परिसरले सोमबार दसैं/तिहार र छठ पर्व केन्द्रित सुरक्षा योजना सार्वजनिक गरेको हो। चाडपर्वमा डकैती, लुटपाट, कालोबजारी र चोरी घटना बढ्ने भएकाले प्रहरीको सुरक्षा योजना त्यसैमा केन्द्रित छ। विशेषतः दसैंमा उपत्यकाबाट बाहिरिनेको संख्यासँगै चोरी र डकैती घटना बढ्ने गरेकाले सुरक्षाको प्रमुख चुनौती भएको परिसरका एसएसपी जयबहादुर चन्दले बताए।
नेपालमा पर्यटन आगमनमा बृद्धि जारी(२०६९ आश्विन १६, मंगलवार)
नेपालमा बर्षको शुरु महिना देखि जारी पर्यटक आगमन बृद्धि नवौं महिना पनि जारी रह्यो । सेप्टेम्बर महिनामा पनि हवाई मार्ग भएर नेपाल आउने पर्यटक अघिल्लो बर्षको यसै महिनाको तुलनामा ७ प्रतिशत बढीले बृद्धि भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांक उदृत गर्दै पर्यटन बोर्डले नेपाल आउने पर्यटक बढ्ने क्रम जारी रहेको जनाएको हो । यो महिना हवाई मार्ग भएर कूल ४९ हजार ७५ पर्यटक भित्रिएको बोर्डले जनाएको छ । यस अवधिमा सबै जसो क्षेत्रका पर्यटक बढेका छन् ।
चरासँग विमान ठोक्किने क्रम जारी, विमानलाई पोखरा विमानस्थमै आकस्मिक अवतरण(२०६९ आश्विन १६, मंगलवार)
पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि विमानलाई पोखरा विमानस्थमै आकस्मिक अवतरण गराइएको छ । सोमबार दिउँसो ३ बजेर ३८ मिनेट जाँदा उडेको नाइन एनएजेसी नम्बरको विमान उड्ने वित्तिकै चरासँग ठोक्किएपछि ६ मिनेटमै अवतरण गराइएको थियो । विमान बेगनास तालमाथिको आकाशमा उडिरहेको चरासँग ठोक्किएको थाहा पाएपछि पाइलट एसएल मास्केले विमानलाई फर्काएर पुनः पोखरा विमानस्थलमा सुरक्षित अवतरण गराएका थिए । विमानमा ९ जना विदेशी, १७ जना नेपाली र चालक दल गरी २६ जना सवार थिए ।
पश्चिमनेपाल बस ब्यबसायी समितिमा खरेल(२०६९ आश्विन १५, सोमवार)
पश्चिम नेपाल बस ब्यबसायी समितिको अध्यक्षमा दधि खरेल १०२५ विजयी, भएका छन भने उनका प्रतिद्धन्दी नारायण घिमिरे ६८५ पराजित, भएका छन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा गणेश भट्टराई ११८७ विजयी, भएका छन उपाध्यक्षमा कृष्ण खड्का ८९२ र ध्रुबराज अर्याल ७०१ विजयी, महासचिवमा जीवनकुमार बञ्जाडे १०४० विजयी, सचिवमा गोपालबहादुर पौडेल ८५४ विजयी सहसचिवमा कुष्माखर रेग्मी ८३९ र मोहन पिएस ७१९ विजयी तथा कोषाध्यक्षमा पदमराज गाहा १००९ विजयी, । का.का. सदस्यहरुको मतगणना सुरु भएको छ ।
फरक मत राखेर पार्टी फुटाउन लागेकाहरू आफैँ समाप्त हुने एमाले प्रदीप नेपालको चेतावनी(२०६९ आश्विन १५, सोमवार)
एमाले पोलिटब्युरो सदस्य प्रदीप नेपालले पार्टीभित्र फरक मत राखेर पार्टी फुटाउन लागेकाहरू आफैँ समाप्त हुने चेतावनी दिएका छन् । एमाले उदयपुर क्षेत्र नं ३ को शनिबारको पार्टी प्रशिक्षण भेलामा नेता नेपालले विदेशीको खुट्टामा हिँड्नेहरू एक दिन नराम्ररी पछारिने चेतावनी दिए । भेलामा झन्डै ३५० जना पार्टी कार्यकर्ताको सहभागिता थियो । एमाले उपाध्यक्ष अशोककुमार राईलगायत पार्टीबाट बाहिरिने तयारी गरिरहेकाबेला नेपालले उक्त चेतावनी दिएका हुन् ।
काठमाडौमा सय वर्ष पुरानो बुद्धको मूर्ति सहित ५ जनालाई प्रहरीले पक्राउ(२०६९ आश्विन १५, सोमवार)
काठमाडौमा सय वर्ष पुरानो बुद्धको मूर्ति सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जोरपाटीस्थित सिन्धुपाल्चोक होटेलबाट सोलोखुम्बुका दावा लामा, उत्तम कुमार राई , दल बहादुर राई , सन्तोष राई र काभ्रेका कृष्ण खर्तिलाई बुद्धको मुर्तिसहित प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले उनीहरुबाट १८ सेन्टिमिटर अग्लो बुद्धको प्राचिन मुर्ति बरामद गरेको छ ।
परदर्शिता र मितव्ययिता तर्फ उन्मुख जिविस गुल्मी(२०६९ आश्विन १४, आइतवार)
केहि दिन अघि स्थानिय विकास मन्त्रालयमा भएको ७५ वटै जिल्लाका एलडियोहरुको केन्द्रिय गोष्ठीले गरेका प्रतिवद्धता कार्यन्वयनका क्रममा जिल्ला विकास समिति गुल्मी पारदर्शि र मितव्ययि रुपमा प्रस्तुत हुन खोजेको छ ।
गोष्ठी पुर्व नै जिल्ला विकास समितिले गरेका हरेक निर्णयहरु पत्रकारहरुलाई उपलब्ध गराउदै आएका स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले जिल्लामा पहिलो पटक हरेक महिना पत्रकार भेटघाट कार्यक्रम राखेर पारदर्शिताको संकेत देखाएका हुन । आजदेखि मासिक रुपमा सुरु गरिएको पत्रकार भेटघाट कार्यक्रममा अधिकारी ज्ञवालीले भनेहरेक महिना जिविसले गरेका काम पत्रकार भेटघाट कार्यक्रम राख्ने र तपाईहरुबाट आउने फिडब्याकले हामीलाई काम गर्न अझ सजिलो पर्ने आशा लिएका छौं ।
उपप्रधानमन्त्री श्रेष्ठलाई अमेरिकामा कालोझण्डा(२०६९ आश्विन १४, आइतवार)
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई अमेरिकामा कालोझण्डा देखाइएको छ । न्यूयोर्कमा भएको एक कार्यक्रममा श्रेष्ठलाई कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् । कांग्रेस सर्मथित कराँते खेलाडी मकेन्द्र सिंहले कालो झण्डासहित नाराजाबी गरेका थिए । उनीहरुले भट्टराई सरकार अवैधानिक रहेको र तुरुन्त सरकारले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार गठनको माग गरे ।  उत्तर अमेरिकाका लागि नेपाली कांग्रेस प्रतिनिधि मुदुला कोइराला, वंशलाल तामाङसहितका कांग्रेसीहरुले विरोध गरेका हुन् । ज्ञापनपत्र पढेर सुनाउने प्रत्यन्न गरे पनि आयोजकहरुको विरोधका कारण कोइरालाले विरोध पत्र श्रेष्ठलाई amुभाइन् ।
कांग्रेस सुशिल कोइरालामाथि आक्रमण प्रयास गर्ने कोइराला परिवारका निकट नेपाल विद्यार्थी संघका कार्यकर्ता(२०६९ आश्विन १४, आइतवार)
कांग्रेस क्षेत्र नं. ४ काठमाडौंको क्षेत्रीय भेला उद्घाटनका क्रममा कपन पुगेका कांग्रेस सभापति सुशिल कोइरालामाथि मञ्चमै आक्रमण प्रयास गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ता प्रवेश बस्नेत कोइराला परिवारका निकट कांग्रेस नेता पुरुषोत्तम बस्नेतका भतिजा हुन्।
 
गुल्मीका स्थानीय राजनीतिक दलद्धारा आगामी १० वर्षसम्म बन्दहडताल नगर्ने प्रतिबद्धता(२०६९ आश्विन १४, आइतवार)

गुल्मी जिल्लाका स्थानीय राजनीतिक दलले आगामी १० वर्षसम्म बन्दहडताल नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्लालाई कृषिको नमुना र आत्मनिर्भर जिल्लाका रुपमा स्थापित गर्न उनीहरूले शनिवार १० वर्षे कृषि अवधारणापत्र तयार गरी सरकारलाई पेस पनि गरेका छन् ।

सरकारविरोधी प्रदर्शनलाई सफल बनाउन एमाले झलनाथ खनालको आग्रह (२०६९ आश्विन १४, आइतवार)
नेकपा (एमाले) ले यही असोज १९ गते राजधानीमा हुने वर्तमान सरकारविरोधी प्रदर्शनलाई सफल बनाउन विभिन्न पेसाव्यवसायका संस्थाहरुलाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा विभिन्न भेलाको आयोजना गरी एमालेका अध्यक्ष झलनाथ खनालले सो आग्रह गर्नुभएको हो । अध्यक्ष खनालले वर्तमान सरकार राष्ट्रिय सहमतिको बाधक रहेको, महँगी र भ्रष्टाचार चरम भएको भन्दै त्यसको विरोधमा एमालेले १९ गते राजधानीमा बृहत् प्रदर्शन गर्ने भएकाले सबै पेसा र क्षेत्रबाट सहयोग हुने अपेक्षा गर्नुभयो ।
कानुन व्यवसायी महिलाको सम्मेलन राष्ट्रिय सहमतीको सरकार गठन मागसहित १७ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न(२०६९ आश्विन १४, आइतवार)
कानुन व्यवसायी महिलाको २१औं राष्ट्रिय सम्मेलनले राष्ट्रिय सहमतीको सरकार गठन गरेर विद्यमान संकट हटाउनुपर्ने मागसहित १७ बुँदे घोषणा पत्र जारी गरेको छ। सम्मेलनले नयाँ बन्ने संविधानको प्रस्तावनामा लैंगिक समानता सिद्धान्तहरु लेखिनुपर्ने पनि माग पनि राखेको छ। 'कानून ब्यवसायी महिलाहरुको आह्वान: शान्ति र संविधान' भन्ने नाराका साथ शुक्रबारदेखि धनगढीमा सुरु भएको राष्ट्रिय सम्मेलन १७ बुँदे घोषणा पत्र जारी गर्दै शनिवार सम्पन्न भएको छ।
नेपालमा भारतीय नम्बर प्लेटका गाडी संचालनमा रोक लगाएको भन्दै नेकपा-माओवादीको आलोचना(२०६९ आश्विन १४, आइतवार)
एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमका नेताहरुले नेपालमा भारतीय नम्बर प्लेटका गाडी संचालनमा रोक लगाएको भन्दै नेकपामाओवादीको आलोचना गरेका छन् । आज रिपोर्टस क्लवले गरेको कार्यक्रममा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेतृ सुजाता कोइराला, एकीकृत माओवादीकी नेतृ हिसिला यमी, एमाले नेता प्रदिप ज्ञवाली र मधेशी जनअधिकार फोरम लोकतानित्रका नेता जितेन्द्र देवले भारतीय नम्बर प्लेटका गाडी संचालन र चलचित्र प्रदर्शनमा रोक लगाउनुलाई खोक्रो राष्ट्रवाद भनी टिप्पणी गरे ।
इजरायल सहित पश्चिमेली राष्ट्रहरुले चर्को विरोध गरिरहेको बेला शान्तिपूर्ण उद्देश्यका लागि आणविक विकास गर्न पाउनुपर्ने परराष्ट्रमन्त्री नारायणकाजीको भनाई(२०६९ आश्विन १३, शनिवार)
VIDEO: उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले संयुक्त राष्ट्रसंघको ६७ औँ महासभालाई सम्बोधन गर्दै कुनै पनि मुलुकले शान्तिपूर्ण उद्देश्यका लागि आणविक कार्यक्रम विकास गर्न पाउनुपर्ने वताएका छन् ।
काठमाडौमा पार्टीको कार्यक्रममा सम्बोधन गर्न पुगेका कांग्रेस सुशील कोइराला माथि आक्रमण(२०६९ आश्विन १३, शनिवार)
कपनमा पार्टीको एक कार्यक्रममा सम्बोधन गर्न पुगेका कांग्रेस सभापति सुशील कोइराला माथि आक्रमणको प्रयास भएको छ । कोइरालालाई लक्षित गरी गरिएको आक्रमणबाट पार्टीका दुईजना कार्यकर्ता घाइते भएका छन् । कोइराला सुरक्षित छन् । पार्टीको ४ नम्बर क्षेत्री सम्मेलनको उदघाटनका लागि पुगेका कोइरालामाथि मंचमै आक्रमणको प्रयास भएको हो । आयोजकले अतिथीहरुको स्वागतमा खादा लागाइदिने क्रममा एकजना युवक मंचमा चढ्ेर काठको टुक्राबाट कोइरालामाथि प्रहार गर्न खोज्दा कोइरालासंगै रहेका क्षेत्र न. ४ कै सचिवद्वय नर्मदा पोखरेल र श्याम संगतलाई लागेको थियो ।
भारतीय नम्बर प्लेटका गाडीहरु अबरोध गर्नेहरुलाई कडा कारवाही- डा. बाबुराम भट्टराई (२०६९ आश्विन १३, शनिवार)
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय नम्बर प्लेटका गाडी सञ्चालनमा अबरोध गर्नेहरुलाई कडा कारवाही गर्न निर्देशन दिनु भएको छ । राष्ट्रयताको आन्दोलन सुरु गरेको नेकपा-माओवादीले भारतीय नम्बर प्लेटका गाडीहरु सञ्चालन गर्न अवरोध गरेपछि प्रधानमन्त्रीले कारवाही गर्न निर्देशन दिनु भएको हो । प्रधानमन्त्रीको निजी सचिवालयद्धारा जारी प्रेस नोटमा भनिएको छ-छमेकीसँग सम्वन्ध विगार्ने गरी राज्यको नियम, कानुन कसैले हातमा लिन खोज्छ भने उसलाई कडा कार्वाही गर्न र शान्ति-सुरक्षा कायम गर्न प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
सहमतिको विकल्प छैनः खाण(२०६९ आश्विन १२, शुक्रवार)
पुर्व मन्त्री बालकृष्ण खाणले बर्तमान राजनितीक निकासको एकमात्र विकल्प सर्वदलिय सहमति हुने बताएका छन । संविधान सभाबाट जनताले अपेक्षा गरेको संविधान प्राप्त नहुनुको एक मात्र कारण असहमतिको संस्कृती भएको भन्दै यसको लागि सहमतिको विकल्प नभएको बताए । पुर्व सभासद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाणले संविधान सभाले लामो समय सम्म राज गरेको राजतन्त्रको अन्य गरेको भन्दै कामनै नगरी संविधान सभाको अवसान भएको भन्न नमिल्ने बताए । उनले भने-संविधान सभाले राष्ट्रिय राजनीतिमा एउटा ऐतिहासिक कार्य गरेको छ । सहमतिको संस्कार विकास गर्नको लागि रानीतिक विचारहरुलाई सम्पादन गर्नुको साटो समायोजन गर्नु्र पर्ने उनको धारणा राखे ।
संविधान सभा पुर्नस्थापना उत्तम विकल्प: आङकाजी शेर्पा(२०६९ आश्विन १२, शुक्रवार)
नेपाल अदिवासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पाले बर्तमान राजनीतिक संकमणकालीन निकासको उक्तम विकल्प संविधान सभाको पुर्नस्थापना भएको बताएका छन । अवसान भएको संविधानसभा श-शर्त रुपमा पुर्नस्थापना गर्नुपर्ने भन्दै उनले एक महिनाको लागि विवादित विषयहरुमा पहिला नै सहमति गरेर संविधान सभा पुनःस्थापना गर्नुपर्ने बताएका हुन । नया पर्टि गठनको प्रकि्रया अन्र्तगत प्रशिक्षणका लागि रुपन्देहीमा आएका शेर्पाले शुक्रबार आदिवासी जनजाती पत्रकार संघ अनीज रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलेनमा बोल्दै उक्त कुरा बताएका हुन ।
माओवादीका सेक्सन कमान्डरसहित ३२ कार्यकर्ता कांग्रेस प्रवेश (२०६९ आश्विन १२, शुक्रवार)
पूर्व लडाकुका सेक्सन कमान्डरसहित एकीकृत माओवादीका ३२ कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्।  नेपाली कांग्रेस दार्चुला-काठमाडौं सम्पर्क समितिले बिहीबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले उनीहरुलाई पार्टी प्रवेश गराए।
१ वर्ष देखि राजधानीमा बन्धक बनाईका ७ जना युवतीलाई नेकपा-माओवादीको जनवर्गीय संगठनले उद्धार ग-यो(२०६९ आश्विन ११, विहीवार)
काठमाडौंको मनमैजुबाट एकिकृत माओवादीले ग-यो सात युवतीको उद्धारबैदेशिक रोजगारीमा पठाईदिने भन्दै झण्डै १ वर्ष देखि राजधानीको एक घरमा बन्धक बनाईका ७ जना युवतीलाई नेकपामाओवादीको जनवर्गीय संगठनले उद्धार गरी प्रहरीलाई बुझाएको छ । माओवादीको राष्ट्रिय जनस्वयंसेवक नेवा राज्य समिति र अखिल नेपाल प्रगतिशील बैदेशिक मजदुर संघको संयुक्त टोलीले बन्धक बनाउने गिरोहका नाइके कपिलबस्तुका चन्द्रबहादुर खत्रीलाई समेत समातेर प्रहरीमा बुझाएको हो । राजधानीको कुपण्डोलस्थित नेवा राज्य समितिको कार्यालयमा आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार युवतीहरुलाई विदेश पठाईदिने भन्दै ८ देखि ११ महिना सम्म राजधानीको मनमैजु गाविसस्थित हिलेटोलको एक घरमा बन्धक बनाएर राखिएको थियो ।
विपक्षी दलहरुद्धारा बाबुराम भट्टराइको सरकार हटाउन नयाँ आन्दोलनको कार्यक्रम घोषणा(२०६९ आश्विन ११, विहीवार)
बाबुराम भट्टराइको सरकार हटाएर राष्ट्रिय सहमतिको सरकार गठनका लागि मोर्चाबन्दी गरेका विपक्षी दलहरुले आज आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् । प्रमुख विपक्षी दलहरु नेपाली काँग्रेस, एमाले र नेकपा माओवादीको हिजो एमाले मुख्यालयमा बसेको बैठकले आज अन्य विपक्षीहरुसँग पनि छलफल गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई बहिष्कार गर्ने लगायतका कार्यक्रम अघि वढाउने र जनस्तरमा संयुक्त रुपमा प्रदर्शन गर्ने लगायतका कार्यक्रम तय गरेको छ ।
रिडी रुद्रबेणी सडक खण्ड पुन: बन्द(२०६९ आश्विन ११, विहीवार)

रिडी रुद्रबेणी सडक खन्ड भोलीबाट पुन १० दिनका लागि बन्द भएको छ। रिडीको पुलक्याम्पमा निर्माण हुन लागेको पक्की पुलका लागि सडक बन्द गरी काम गर्नु पर्ने भएपछी यही असौज २० गते सम्मका लागि सडक बन्द गरीएको हो । सडक अबरुद्ध भए पनि यात्रुहरु भने सवारी साधन परिवर्तन गरी यात्रा गर्न सक्ने छन।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठद्धारा राष्ट्र सङ्घ महासभाको ६७ औँ उच्चस्तरीय बैठकलाई सम्बोधन (२०६९ आश्विन ११, विहीवार)
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानवअधिकारप्रति सम्मान र सामाजिकआर्थिक जीवनका पक्षहरुमा समावेशीता, समानता र न्याय स्थापित भए विविधरुपका द्वन्द्वहरु असान्दर्भिक ठहरिने बताएका छन् ।
सम्पादक समूह रुपन्देहीद्वारा दैनिकपत्रको समस्या समाधान गर्न आग्रह(२०६९ आश्विन १०, बुधवार)
बुटवलबाट प्रकाशित दैनिक पत्रमा उत्पन्न समस्या समाधानको लागि व्यवस्थापन पक्ष र आन्दोलनरत पक्षलाई वार्तामा बसी निकास निकाल्न सम्पादक समूह रुपन्देहीले आग्रह गरेको छ ।
नेकपा माओबादीले ताम्सालिङ राज्य अन्तर्गतका दश जिल्लामा आजदेखि मंसीर १० गतेसम्म भारतीय सवारीसाधन सञ्चालन, हिन्दी चलचित्र प्रर्दशन र गीत प्रशारणमा रोक(२०६९ आश्विन १०, बुधवार)
नेकपा माओबादीको ताम्सालिङ राज्य समितिले, समिति अन्तर्गतका दश जिल्लामा आजदेखि मंसीर १० गतेसम्म भारतीय सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । चितवन, मकवानपुर, धादिङ, काभ्रे लगायतका जिल्लामा भारतीय नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाइएको नेकपा माओवादी ताम्सालिङ राज्य समितिले जनाएको छ । दश जिल्लामा हिन्दी चलचित्र प्रर्दशन र हिन्दी गीत प्रशारणमा पनि रोक लगाइने नेकपा माओबादी चितवनका नेता नारायण शर्माले वताउनुभयो ।
भारतीय सरकाद्वारा पूर्व सैनिकहरुको पेन्स्नमा समानता (२०६९ आश्विन १०, बुधवार)
भारतीय सेनामा काम गरेका हजारौं नेपालीलाई समेत फाइदा पुग्ने योजना मनमोहन सिंह नेतृत्वको सरकारले अनुमोदन गरेको छ । यो योजना, समान दर्जा समान निवृत्तिभरणसम्बन्धी पूर्वसैनिकहरूको माग सम्बोधन गर्ने प्रयासमा सरकारले ल्याएको हो । समान तह तथा सेवाअवधि भए पनि अलग मितिमा अवकाश पाएका भारतीय सैनिकबीच निवृत्तिभरण अर्थात पेन्स्नमा समानता छैन ।
बुटवलको दैनिकपत्रमा अनिश्चितकालीन ताला(२०६९ आश्विन १०, बुधवार)
बुटवल मिडिया प्रकाशन प्रालीद्वारा प्रकाशित दैनिकपत्रमा विभिन्न ७ बुँदे मागसहित कर्मचारीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736