arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
बाबुराम भट्टराई र पुष्पकमल दाहालले देशलाई गम्भीर संकटमा पु-याएको नेकपा-माओवादीका नेत्रविक्रम चन्द विप्लबको आरोप(२०६९ आश्विन ६, शनिवार)
नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई गम्भीर संकटमा पु-याएको आरोप लगाएका छन् । राजधानीमा राष्ट्रिय क्रान्तिकारी वुद्धिजीवि संगठनको राष्ट्रिय भेलामा बोल्दै चन्दले देशमा गम्भीर राजनैतिक संकट उत्पन्न हुनुमा बाबुराम सरकार नै मुख्य दोषी रहेको बताए ।
राजनीतिक संकरमणकाल लम्बिन्छ: अर्थमन्त्री पुन(२०६९ आश्विन ६, शनिवार)
अर्थमन्त्री वर्षमान पुनले नेपालको राजनीतिक संक्रमणकाल अझै लम्बिने बताएका छन् । राजस्व अनुसन्धान विभागद्वारा आज बुटवलमा आयोजित क्षेत्रीय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पुनले दलहरुबीच सहमति बन्न नसकिरहेको र निर्वाचनको टुंगो अझै लाग्न नसकेकाले संक्रमणकाल लम्बिने बताएका हुन् । संक्रमणकाल कहिलेसम्म लम्बिन्छ भन्ने प्रष्ट नपारेका मन्त्री पुनले यस्तो अवस्थामा दलहरुबीच आर्थिक एजेण्डामा न्युनतम साझा अवधारणा बनाएर अर्थतन्त्रलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री भट्टराईद्धारा सबै जातजातिलाई समान अधिकार प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख(२०६९ आश्विन ६, शनिवार)
प्रधानमन्त्री बाबुराम भट्टराईले सबै जातजातिलाई समान अधिकार प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार राजधानीमा आयोजित नेवा देय् दबुको छैटौं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताए हुन् । उनले नेपालमा रहेका सबै जातजातिहरु समान भएकाले उनीहरुलाई पनि समान अधिकार दिनुपर्ने बताए । राजनीतिक दलहरुका बीचमा सहमति हुन नसक्दा संविधानसभाबाट संविधान निर्माण हुन नसकेको बताउँदै प्रधानमन्त्रीले फेरि पनि दलहरुकै सहमतिमा वर्तमान राजनीतिक सङ्कटको निकास निस्कनउनले भने,'दलहरुको सहमतिमा वर्तमान राजनीतिक संकटको निकास निस्कने भएकाले सबै राजनीतिक समस्याहरु हल हुन्छ, त्यसका लागि केही समय भने लाग्न सक्छ ।'
पूर्वराजा ज्ञानेन्द्रको बाग्लुङमा जयजयकार, शाहद्धारा आफ्नो पश्चिमाञ्चल भ्रमण विशुद्ध धार्मिक भएको जिकिर(२०६९ आश्विन ६, शनिवार)
पूर्वराजा ज्ञानेन्द शाहले बाग्लुङको कालिका भगवती मन्दिरको दर्शन गरेका छन्। पोखराबाट आफैं सवारी चलाएर यहाँ आइपुगेका शाहले मध्यान्ह १२ बजे कालिका भगवती मन्दिरको दर्शन गरेका हुन्। पोखराबाट स्थलमार्ग हुँदै आएका शाहलाई करिब तीन सय मोटरसाइकलले स्कटिङ गरेर ल्याएका थिए।
विभिन्न सुरक्षा निकायका प्रमुख एवं मध्यमाञ्चलका दश जिल्लाका प्रहरी प्रमुखहरुको बैठक सम्पन्न(२०६९ आश्विन ६, शनिवार)
विभिन्न सुरक्षा निकायका प्रमुख एवं मध्यमाञ्चलका दश जिल्लाका प्रहरी प्रमुखहरुको बैठक सम्पन्न भएको छ । धुलिखेलस्थित अरनिको होटलमा भएको बैठकमा गृहसचिव नविन घिमिरे, गृहका प्रवक्ता शंकर कोईराला, प्रहरी महानिरीक्षक कुबेर सिंह राना, सशसस्त्र प्रहरीका महानिरिक्षक कोषराज वन्त, अनुसन्धानका महानिरिक्षक मोती गुरुङ लगायत सहभागी थिए ।
नेकपा-माओवादी सहितका ११ दलले चार दलले मुलुकलाई बन्धक बनाउन खोजेको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने(२०६९ आश्विन ६, शनिवार)
मधेशी मोर्चासहित चार दलले मुलुकलाई बन्धक बनाउन खोजेको भन्दै मोहन बैद्य नेतृत्वको नेकपा-माओवादी सहितका ११ दलले त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् । एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाले चुनावमा जान गरेको निर्णयलाई कुनै हालतमा नमान्ने उनीहरुले निर्णय गरेका छन् । नेकपामाओवादीको कार्यालय बुद्धनगरमा आज बसेको ११ वटा दलको बैठकले तीन दलीय सिण्डिकेटका विरुद्ध अन्य दललाई समेत साथमा लिएर सशक्त अभियान चलाउने निर्णय पनि गरेको छ ।
बिधार्थी संगठनहरुद्वारा थप आन्दोलनका कार्यक्रमको घोषणा (२०६९ आश्विन ५, शुक्रवार)
 आन्दोलनरत नौँ बिद्यार्थी संगठनहरुले पछिल्लो पटक सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको बिरोधमा आज थप आन्दोलनका कार्यक्रम सार्बजनीक गर्ने भएको छ । असोज ३ गते बसेको बैठक मार्फत आन्दोलनको घोषणा गरेका बिद्यार्थीसंगठनहरुले आज आन्दोलनका कार्यक्रम सार्बजनीक गर्न लागेका हुन ।
पूर्व राजा ज्ञानेन्द्र शाहले धार्मिक यात्रा भन्दै पश्चिमाञ्चलका ६ जिल्लाको भ्रमण गर्दै गर्दा हलचल उत्पन्न, विरोधले भ्रमण स्थगित(२०६९ आश्विन ५, शुक्रवार)
धार्मिक यात्रा भन्दै पूर्व राजा ज्ञानेन्द्र शाह पश्चिमाञ्चलका ६ जिल्लाको भ्रमणमा निस्कदा त्यस क्षेत्रमा हलचल उत्पन्न भएको छ ।
आज ३१ औ विश्व शान्त्ति दिवस विश्वभर मनाइदै(२०६९ आश्विन ५, शुक्रवार)

आज ३१ औ विश्व शान्त्ति दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइदैछ । दिगो शान्त्तिका लागि राजनीतिक स्थीरता भन्ने नाराका साथ नेपालले पनि दिवस मनाउने भएको । दिवसको अवसरमा आज सरकारी तथा गैर सरकारी सस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाउने भएको हो । काठमाडौंमा पनि दिवसकै अवसर पारेर बिहान प्रभातफेरीलगायतका कार्यक्रम गरिंदैछ । राष्ट्रसंघले सन् १९८१ मा सेप्टेम्बरको तेस्रो मंगलबार अन्तराष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषण गरे अनुसार १९८२ देखि सेप्टेम्वर २१ मा यो दिवस मनाउन थालिएको हो ।

प्रधानमन्त्री भट्टराई नेतृत्वले चुनाव गराउन नसक्ने भन्दै अराजनीतिक ब्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्ने स्वास्थ्यमन्त्री राजेन्द्र महतोको भनाई(२०६९ आश्विन ५, शुक्रवार)
चार वटा दलले संविधान सभाको दोस्रो निर्वाचन गर्ने घोषणा गरेको भोलिपल्ट नेकपामाओवादीका पोलिटब्यूरो सदस्य नारायण शर्माले आफ्नो दल संविधानसभाको चुनावमा सहभागी नुहने बताउनु भएको छ । रिपोर्टर्स क्लवले आज राजधानीमा गरेको कार्यक्रममा उहाँले चार दलको निर्णय जनविरोधी र देशलाई फेरि अर्को गोलचक्करमा फसाउने खेल भएको भन्दै नेकपामाओवादी त्यस्तो निर्वाचनमा सहभागी नहुने बताउनु भयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले अबको दुई दिनभित्र दलहरुबीच सहमति हुन नसके राष्ट्रपतिले आफै अग्रसरता लिएर सहमतिको सरकार गठन गर्नुपर्ने बताउनु भयो ।
शान्ति मन्त्री टोपबहादुर रायमाझीद्धारा शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष सेना समायोजन अन्तिम चरणमा पुगेको उल्लेख(२०६९ आश्विन ४, विहीवार)
शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीले शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष सेना समायोजन अन्तिम चरणमा पुगेको बताएका छन्। अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई उनले विशेष समितिले निर्णय गरेपछि छिट्टै शिविर खाली हुने बताए। मन्त्री रायमाझीले दिगो शान्तिका लागि राजनीतिक स्थिरता चाहिनेमा जोड दिँदै परिवर्तित राजनीतिक व्यवस्थालाई संस्थागत गरी आर्थिक समृद्धि कायम गर्न सकिने उल्लेख गरे।
नारायणी नदीमा आएको बाढीका कारण नवलपरासीका २० भन्दा बढी गाउं जोखिममा (२०६९ आश्विन ४, विहीवार)
नारायणी नदीमा आएको बाढीका कारण नवलपरासीका २० भन्दा बढी गाउं जोखिममा परेका छन् । नदीले नवलपरासीको नरसहीमा रहेको स्पर नम्बर १२ मा कटान गरेपछि नरसही, पकलिहवा, प्रतापपुर, गूठी परसौनी, बैदौली र गुठी सुर्यपुरा गांउ विकास समितिका २० भन्दा बढी गाउंहरु जोखिममा परेका हुन् । अहिले स्थानीयवासिन्दाले कटान नियन्त्रणका लागि प्रयास थालेको स्थानीय चन्द्रभान कुशवाहाले जानकारी दिनुभयो । कटान रोक्न र मर्मत गर्न भारतीय पक्षलाई खबर गरेपनि मर्मतका लागि कुनै पहल भएको छैन ।
आज हिन्दू महिलाहरुले ॠषि पञ्चमी पर्ब अर्थात तीजको अन्तिम दिन धुमधामका साथ मनाउदै(२०६९ आश्विन ४, विहीवार)
आज भाद्रशुक्ल पञ्चमी तीजको अन्तिम दिन आज महिलाहरूले अरुणधत्तीसहित सप्तऋषि कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समाप्त गर्दैछन् । विशेषगरी रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रम्हहत्याको पाप मुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस् भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको हो ।
अनेकौ धम्कीका बिच पुर्व राजा ज्ञानेन्द्र शाह पोखरामा(२०६९ आश्विन ४, विहीवार)

गण्डकी र धौलागिरीका विभिन्न शक्तिपिठको दर्शन तथा शुभेच्छुकसंग भेटघाटकालागि पुर्व राजा ज्ञानेन्द्र शाह आज (बिहीबार)पोखरा आउँदैछन । भ्रमणलाई नितान्त धार्मिक भनिएको छ । पोखरामा गठित स्वागत समितिका अनुसार भोलि दिउँसो २ देखि सवा २ बजेसम्म ज्ञानेन्द्र पोखरा आईपुग्नेछन । मौसम खराबी नभए जहाज र खराब मौसम भएमा २ बजे पोखरा आईपुग्ने गरी गाडीमार्फ आउने कार्यक्रम तय भएको समितिका प्रचार संयोजक अर्जुन बस्नेतले बताए । ज्ञानेन्द्रको स्वागतकालागि पुर्व राजपरिषद् सदस्य गणेशबहादुर गुरुङको संयोजकत्वमा १ हजार २ सय ८० सदस्यीय समिति गठन गरिएको छ ।

माओवादीलाई आतंककारीको सूचिबाट हटाएकोमा अमेरिकी राजदूतसमक्ष आपत्ति(२०६९ आश्विन ३, बुधवार)
द्वन्द्वपीडित राष्ट्रिय समाजले एमाओवादीलाई आतङ्ककारीको सूचीबाट हटाइएकामा अमेरिकी राजदूत पिटर डब्लु बोडीलाई ध्यानाकर्षणसहित एक ज्ञापनपत्र बुझाएको छ । समाजका अध्यक्ष केबी गुरुङले आज बुझाउनुभएको ज्ञापनपत्रमा एमाओवादीको सशस्त्र दशवर्षे युद्धका क्रममा कब्जा गरिएका घरजग्गा तथा सम्पत्ति अहिलेसम्म पनि फिर्ता नगरिनु, १२ बुँदे समझदारीपत्र, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन हुँदै सरकारको नेतृत्व गरिरहँदासम्म विगतका सहमति र सम्झौता पालना नगरेको जनाइएको छ ।
पांच हजार भन्दा बढी १४ वर्ष मुनिका बालबालिका काठमाडौंका साना होटल, रेष्टुरां र चिया पसलमा कार्यरत रहेको सर्वेक्षण सार्वजनिक(२०६९ आश्विन ३, बुधवार)
नेपालमा बालश्रम कानुनी रुपमै वञ्चित भएपनि हाल पांच हजार भन्दा बढी १४ वर्ष मुनिका बालबालिका काठमाडौं उपत्यकाका साना होटल, रेष्टुरां र चिया पसलमा कार्यरत रहेको एक सर्वेक्षणले देखाएको छ । सिविनले आज राजधानीमा सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले उपत्यकाका होटल तथा रेष्टुरांमा ९५ प्रतिशत कामदार बालबालिका रहेको जनाएको हो । प्रतिवेदनका अनुसार ६४ प्रतिशत बालबालिका जनजाती समुदाय र २० प्रतिशत बाहुन र क्षेत्री समुदायका रहेका छन् । यसरी श्रम गर्न आएका बालश्रमिक मध्ये ७१ प्रतिशत खान पुग्ने घरपरिवारबाट आएको पनि बताइएको छ ।
१० वा १४ प्रदेशमा सहमति नभए नयाँ निर्वाचन जाने सत्तारुढ दलको निष्कर्ष (२०६९ आश्विन ३, बुधवार)
बुधबारसम्म संविधानसभा पुनःस्थापनामा सहमति जुटाउने निर्णय गरेका दलहरुको आन्तरिक छलफलमा आआफ्नै अडान तेर्सिएको छ । आज बिहान बसेको सत्तारुढ एमाओवादी र मधेशी मोर्चाको बैठकले १० वा १४ प्रदेशको संघीय स्वरुपमा सहमति नभए निर्वाचनमा जाने सहमति गरेका छन् । 

राजमार्गका ९० फलामे पुल तत्कालै मर्मत गर्नुपर्ने(२०६९ आश्विन ३, बुधवार)
मुलुकभरका ९ सयमध्ये विभिन्न राजमार्गका ९० फलामे पुल ९स्टिल ट्रस्ट ब्रिज० तत्कालै मर्मत गर्नुपर्ने देखिएको छ ।सडक विभाग पुल आयोजनाले केही समयअघि देशका विभिन्न स्थानका पुल को निरीक्षण गर्दा ९० पुल जीर्ण अवस्थामा पुगेकाले तत्कालै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको पाइएको हो ।आयोजनाले मुलुकभरका पुल लाई तीन भागमा विभाजन गरी निरीक्षण गरेको थियो । नौ सयमध्ये ३३ अति जीर्ण भए पनि बजेट नहुँदा मर्मत गर्न नसकिएको सडक आयोजनाले जनाएको छ । पहिलो चरणमा ३३ वटा पुल मर्मत गर्ने तयारीमा छौ, आयोजना प्रमुख कृत्यानन्द ठाकुरले टेलिफोनमा भने, त्यसैले बृहत् पुल मर्मतअन्तर्गत मर्मत गर्ने तयारी भए पनि बजेट नभएर समस्या छ ।
परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको शल्यक्रिया कक्ष आजबाट पुनः सञ्चालन गर्ने (२०६९ आश्विन ३, बुधवार)
परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको शल्यक्रिया अस्पताल प्रशासनले शल्यक्रिया कक्ष आजबाट पुनः सञ्चालन गर्ने जनाएको छ । शल्यक्रिया कक्ष पुनः सुचारुका लागि आवश्यक काम भइराखेको अस्प्ताल प्रशासनले जनाएको छ ।अस्पतालमा दैनिक ८० नवजात शिशु जन्मिने र करिब २५ गर्भवती महिलाको शल्यक्रिया हुने गर्दछ । शल्यक्रिया कक्ष बन्द भएपछि उपचारका निम्ति उपत्यका बाहिरबाट आउने गरिब तथा विपन्न वर्गका महिला थप समस्यामा परेका छन् । शल्यक्रिया गरेका महिलामा वाकवाकी लाग्ने, टाउका दुख्ने, रिङ्गटा लाग्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको थियो । हिजो संक्तमणका कारढा दुई महिलाको ज्यान गइसकेको छ । ४१५ शय्याको सो अस्पतालमा महिला तथा स्त्रीरोगसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध रहेको छ ।
लगातार परेको भीषण वर्षाका कारण कञ्चनपुरको जनजीवन प्रभावित(२०६९ आश्विन ३, बुधवार)
भदौ अन्तिम सातादेखिको लगातार वर्षाले कञ्चनपुरको जनजीवन कष्टकर हुन पुगेको छ । सदरमुकाम महेन्द्रनगरको मुख्य बजारक्षेत्र लगायत आसपासका आवासीय क्षेत्र पूरै जलमग्न भएको छ । सडक समेत डुबानमा परेपछि स्थानीयवासीलाई आउ जाउ गर्न समस्या परेको छ । मंगलबार तीज पर्वको अवसरमा जताततै महिलाहरूको पूजा आजासँगै नाचगानका लागि गरिएको तयारी समेत लगातारको वर्षाले प्रभावित भएको छ । महिलाहरूलाई पूजाका लागि मन्दिर पुग्न समेत समस्या भएको छ । बजार सुनसान हुन पुगेको छ । ग्रामीण भेगबाट बजारक्षेत्रमा किनमेलका लागि आउने क्रम समेत ठप्प भएको छ ।
२५ प्रजिअसहित १ सय ११ कर्मचारी सरुवा / गृहमन्त्री गच्छदारद्वारा आफ्नालाई मालवाला स्थानमा - सरुवामा काखा र पाखा(२०६९ आश्विन २, मंगलवार)
काठमान्डौ बाट अर्घाखाँची डट्कम् लाई प्राप्त जानकारी अनुसार गृह मन्त्रालयले २५ प्रमुख जिल्ला अधिकारसहित सहसचिवदेखि शाखा अधिकृतसम्मका १ सय ११ कर्मचारीको सरुवा गरेको छ।गृह मन्त्रालयले सहसचिवहरूको मन्त्री र उपसचिव एवं शाखा अधिकृतको सचिवस्तरीय निर्णयबाट आइतबार सरुवा गरेको हो।निजामती ऐनअनुसार मन्त्रालयहरूले भदौ महिनाभर आफ्ना कर्मचारीको सरुवा गर्न पाउँछन् । स्रोतका अनुसार गृह मन्त्रालयले सहायकस्तरका कर्मचारीसमेत एक सय जनाभन्दा बढीको सरुवा गरेको छ ।सरुवा भएका प्रजिअमा सहसचिवस्तरका १५ र उपसचिवस्तरका १० जना छन् । सरुवा भएकामा सहसचिव १५, उपसचिव ३२, उपसचिव -स्वतः बढुवा) ११,  शाखा अधिकृत ३४ र शाखा अधिकृत (स्वतः बढुवा)  १७ जना छन् । गृहमन्त्री विजयकुमार गच्छदारले स्वार्थअनुकूलका सहसचिव र उपसचिवलाई राम्रो जिल्ला र अध्यागमन विभाग र कार्यालयमा सरुवा गरेका छन् भने आफ्नो स्वार्थ नमिलेका अधिकारीलाई कारागार विभाग र क्षेत्रीय प्रशासन कार्यालय पठाएका छन् ।
आमा सुरक्षा अन्तरगतको रकम सुत्केरीलाई दिईदैन / रुपन्देहीबाट ४० लाख फिर्ता(२०६९ आश्विन २, मंगलवार)
रुपन्देही सिक्टहनकी २० वषिर्य दिलमाया गुरुङ दुई दिनकी सुत्केरी हुन् । लुम्बिनी अञ्चल अस्पतालको प्रसुति गृह अगाडि पेटीमा बसेर नावालक शिशुलाई दूध चुसाउदैं गरेकी उनले भनिन्, नौ सय पाइन्छ भन्ने सुनेकी थिएं,मलाई त जम्मा पांच सय दिए ।' उनले सोही अस्पतालमा १ दिन अघिमात्र छोरो जन्माएकी हुन् । दिलमाया गुरुङ एक प्रतिनीधि आमा मात्र हुन् । उनको जस्तै समस्या भोगेकी बुटवल १२ कालिकानगरकी २६ बर्षिय मनरुपा घिमिरेले ६ दिनकी सुत्केरी हुन् । उनी भन्छिन्,खोई मलाई त पैसा पाइन्छ भन्ने पनि थाहै थिएन, पांच सय पाए खुसी छु, यही पांच सयले प्रोत्साहन थपेको छ ।'

"अञ्चल अस्पताल संचालक समितिका अध्यक्ष र कर्मचारी बिचको विवाद जारी "  "विवाद पछी मेडिकल सुपरीटेन्डेन डा. रमेश मान सिहं अस्पताल आउन छोडे बाहिर बाट डा. ल्याइ आपतकालिन उपचार गरिदै-अन्य सेवा बन्द"  लुम्बिनी अञ्चल अस्पतालमा चरम भ्रस्ट्राचार भएको भन्ने बिषयमा अर्घाखाँची डट्कम् का खोज पत्रकार उमाकान्त पाण्डे गाउंलेको टोली २ दिन अघी बाट अञ्चल अस्पतालमै ...बिशेष रिपोर्ट आउँदै

आमा सुरक्षा कार्यक्रम लागू भएपछि अस्पतालहरुमा सुरक्षति सुत्केरी हुने आमाहरुको संख्यामा बृद्धि भएपनि सुत्केरी पछि पाउनुपर्ने रकम लिने आमाहरुको संख्या भने न्यून छ । बिगत ७ बर्षदेखि प्रसुति उत्प्रेरणा भत्ता दिएको सरकारले समयमै आवश्यक प्रचार प्रसार नगर्दा अझै पनि आम नागरिकहरु यस बिषयमा जानकार छैनन् । 
महिलाहरुको महान पर्व तीज मनाउने तरिका फेरिदै(२०६९ आश्विन २, मंगलवार)
आज हरितालिका तीज, नेपाली हिन्दू महिलाहरुले हर्षोउल्लासका साथ मनाउँदैछन् ।  महिलाहरु दिनभरि पानी पनि नपिई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचीगाई रमाइलो गरी मनाउँदैछन् । पशुपतिमा विशेष भीड लागेको छ । हरित हरण गरिएकी आलिका  सखीद्वारा अर्थात सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउन गरिएको उपवास  व्रत लाई हरितालिका तीज भनिएको हिन्दु धर्ममा उल्लिखित छ । हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्याकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भएपनि पिता हिमालयले भगवान् विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यस व्रतलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन छ ।
महान पर्व हरितालिका तीज: निरन्तर बर्षाका कारण जनजीवन अस्तव्यस्त, चेलीबेटीहरुले तीजका गीत गाउँन पाएनन(२०६९ आश्विन २, मंगलवार)
हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज आज देश- विदेशमा रहेका नेपाली महिलाहरुले हर्षोल्लासका साथ मनाउदैछन् । साथै यस वर्षको तिजमा भने देशभर निरन्तर वर्षा परिरहेको छ। उता बुटवलबाट अर्घाखाँची डट्कमका उमाकान्त पाण्डेले जानकारी गराए अनुसार बुटवल आसपासमा दर खाएपछी पनि मुसलधारे पानी परीरहेकोले दिदी बहिनी जम्मा भएर चोक चोकमा तीजका गीत गाउँन पाएका छैनन ।
नेपालभर मनसुनी वर्षा, सबैभन्दा बढी वर्षा सिमरा र भैरहवामा(२०६९ आश्विन १, सोमवार)
विगत २४ घण्टामा नेपालभर मनसुनी वर्षा भएको छ। मौसम विभागले मनसुनी वर्षाको प्रभाव थप २४ घण्टासम्म रहने र त्यसपछि बिस्तारै सुधार हुँदै जाने बताएको छ। 
एकीकृत माओवादी भित्र चरम भ्रष्टचार रहेको विवरण सार्वजनिक(२०६९ आश्विन १, सोमवार)
एकीकृत नेकपा माओवादीका नेता अमिक शेरचनले पार्टीभित्र चरम भ्रष्टचार रहेको बताएका छन् । पार्टी भित्र भएको भ्रष्टाचार छानविन गर्न गठित आयोगका संयोजक समेत रहेका शेरचनले असोज १० गते भित्रमा पार्टीभित्र भएको भ्रष्टाचारको छानविन गरेर विवरण सार्वजनिक गरिने समेत वताए । आज राजधानीमा भएको कार्यक्रममा उनले असोज ३ गतेसम्म उजुरीहरुमाथि छानविन गरिने जानकारी दिए । पार्टीमा माथिल्लो र तल्लो निकायसम्मै भ्रष्टाचार रहेको भन्दै गम्भीरतापूर्वक छानविन गरिरहेको उनको दाबी थियो ।
रुपन्देहीको सीमा क्षेत्रमा तेल तस्करी, सम्बन्धित निकाय मौन (२०६९ आश्विन १, सोमवार)
रुपन्देहीस्थित सीमावर्ती भारतीय बजार नौतनवा तथा सुनौलीका पेट्रोल पम्पबाट पोट्रालियम पदार्थ खरिद गरी रुपन्देहीको विभिन्न पेट्रोल पम्पहरुमा तस्करहरुले तेल बेच्ने गरेको रहस्य खुलेको छ । नेपालको दोस्रो ठूलो भन्सार नाका बेलहिया भन्सार नाकाबाट खुलेआम यसरी तेल तस्करी भइरहदा पनि संवन्धित निकाय चांहि मौन देखिएको छ । शक्रवार भारतीय सरकारले तेलको मूल्य बढाउनु भन्दा अगाडि प्रतिलिटर २३ रुपैयां नेपाली बजार भन्दा भारतीय बजारमा तेल सस्तो पर्दथ्यो । अहिले भारतीय बजार भन्दा नेपाली बजारमा तेलको मूल्य प्रति लिटर १४ रुपैयांं ४० पैसा महंगो पर्ने गर्दछ ।
उच्च माध्यमिक विद्यालयका विद्यार्थीले मिनिस्कर्ट र चुज पाइन्ट लाउन नपाउने(२०६९ आश्विन १, सोमवार)
कुनै पनि उच्च माध्यमिक विद्यालयका विद्यार्थीले घुँडाभन्दा माथिको भाग मात्र छोप्ने स्कर्ट र चुज पाइन्ट लगाउन नपाउने भएका छन् ।उमाविहरूको अवस्थाबारे अध्ययन गर्न गठित अनुगमन, अध्ययन र सुझाव कार्यदलले आइतबार शिक्षामन्त्री दीनानाथ शर्मालाई बुझाएको प्रतिवेदनमा सो कुरा उल्लेख छ । कार्यदलले विद्यार्थीले  घुडाभन्दा तल दुई इन्च लामो स्कर्ट लगाउनुपर्ने र चुज पाइन्ट लगाउन नपाउने व्यवस्था गर्न सुझाव दिएको छ । उमाविमा बढिरहेको विकृति अन्त्य गर्न कार्यदलले मन्त्रीसमक्ष यस्तो सिफारिस गरेको हो । यस्तो नियम नमान्ने विद्यालय र विद्यार्थीलाई ऐनअनुरूप कारबाही गर्नुपर्ने कार्यदलको सुझाव छ ।
सैनिकबाट बलात्कृत भएकी महिलालाई १५ हजार दिएर घर फर्काइयो हाम्रो नियम यस्तै छ, कराइस् भने गोली हान्छु भन्दै धम्क्याएयो(२०६९ आश्विन १, सोमवार)
सैनिकबाट बलात्कृत भएर न्याय माग्न आएकी एक महिलालाई सेनाको बेसक्याम्पले १५ हजार रुपियाँ दिएर घर पठाएको छ । जिल्लाको फाक्तेप गाविस५, जौबारी निवासी अस्मिता चेम्जोङलाई गत शुक्रबार बिहान एक सैनिकले बलात्कार गरेका थिए । ४५ वर्षीया अस्मिता चार छोराछोरीकी आमा हुन् । बिहान १० बजे बजारबाट सब्जी लिएर फर्कंदै गर्दा आर्मीको लुगा लगाएका व्यक्तिले आफूमाथि जबर्जस्ती गरेको पीडितले बताएकी छन् । विष्णु दलगण अन्तर्गत रविबजारमा रहेको नेपाली सेनाको बेसक्याम्पबाट आएको गस्ती टोलीका एक सैनिकले बलात्कार गरेको खुलासा भएको छ । सैनिकको नाम र ओहोदा भने खुल्न सकेको छैन ।
सरकारले गरिब घरपरिवारलाई परिचयपत्र एवम दैनिक उपभोग्यवस्तुको मूल्यसूचि आजबाट वितरण गर्ने(२०६९ आश्विन १, सोमवार)
सरकारले गरिब घरपरिवार पहिचान गरि परिचयपत्र वितरणको अभियान आजबाट सुरु गर्दैछ । सरकारले तोकेको दैनिक उपभोग्य खाद्यबस्तुको मूल्य पनि आजबाट लागु हुने भएको छ।पहिलो चरणमा २५ जिल्लाबाट लागू गरि क्रमैसँग देशभर यो अभियान पुर्‍याउने लक्ष्य लिएको छ । यो परिचयप्रत्र प्राप्त परिवारलाई हाल पाइरहेको र भविष्यमा पाउने सुविधामार्फत मूल प्रवाहमा ल्याउन सजिलो हुने सरकारको विश्वास छ । मन्त्रिपरिषद्को गत भदौ १८ गतेको बैठकले गरिब घर परिवार पहिचान गरी त्यस्ता परिवारलाई परिचय वितरण गर्न निर्देशिका जारी गर्ने निर्णय गरेको थियो ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736