arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने विवरण पेश गर्न सर्वोच्चको आदेश(२०६९ आषाढ २८, विहीवार)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने विषयमा विस्तृत परियोजना विवरण पेश गर्न सरकारको नाममा सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिसहरु दामोदार प्रसाद शर्मा, सुशिला कार्की र वैद्यनाथ उपाध्यायको विशेष इजलासले साउन ११ गतेभित्रमा विमानस्थलको व्यवस्थापन दिने बारेमा भएको विस्तृत प्रतिवदेनहरुसहित उपस्थित हुन आज आदेश दिएको हो ।

डेंगुबाट बच्न आजदेखि बुटवलमा खोज र नष्ट गर अभियान(२०६९ आषाढ २८, विहीवार)
बर्षातको सुरुसँगै लामखुट्टेको टोकाईबाट सर्ने डेंगु ज्वरोको प्रकोप नियन्त्रणका लागि आजदेखि बुटवलमा खोज र नष्ट गर अभियान सुरु हुने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही र बुटवल नगरपालिकाले संयुक्तरुपमा बुटवलका १५ वटै वडामा यस्तो अभियान साचालन गर्न लागेका हुन् । दुई वर्षअघि बुटवल चितवनपछि डेंगुबाट प्रभावित दोस्रो शहर थियो । त्यसयता यसको प्रकोप कम हुँदै गए पनि बुटवल डेंगुको संक्रमणबाट उच्च जोखिममा रहेको विज्ञहरुले औंल्याएका छन् ।
बझाङमा ४.९ रेक्टर स्केलको भूकम्प(२०६९ आषाढ २८, विहीवार)
अन्लाईन संचारमाध्यमहरुमा प्रकासित समाचार अनुसार बुधबार राति ११ बजेर ३ मिनेट जाँदा बझाङमा ४.९ रेक्टर स्केलको भूकम्प गएको छ । समाचार अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बझाङ जिल्लाको दक्षिण भेगमा पर्ने कालभैरव आसपास भएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
थापाथलीबाट हटाइएका सुकुम्वासीलाई राख्नको लागि ललितपुरको सुन्दरीघाटमा २३ वटा अस्थाई टहरा(२०६९ आषाढ २८, विहीवार)
थापाथलीबाट हटाइएका सुकुम्वासीलाई राख्नको लागि ललितपुरको सुन्दरीघाटमा २३ वटा अस्थाई टहरा बनाइसकिएको छ । सरकारले बनिसकेका टहरामा सुकुम्वासीलाई सार्न तयारी गरेपनि स्थानीयवासिन्दाको अवरोधका कारण सार्न काम प्रभावित भएको छ । बुधवार सुन्दरीघाटमा १३ घरपरिवारलाई सार्न तयारी थियो । स्थानीयबासिन्दाले विरोध गरिरहेकाले बिहीबार त्यसबारे सरोकारवालाहरुसित छलफल गरी बिहीबार बेलुका वा शुक्रवार सुकुम्वासीलाई सार्न अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष महेश बस्नेतले बताए ।
पार्टी विभाजन पछि उत्पन्न विवाद समस्या समाधानका लागि एकीकृत माओवादी र नेकपा-माओवादीद्धारा कार्यदल गठन (२०६९ आषाढ २८, विहीवार)
पार्टी विभाजन पछि कार्यालयको स्वामित्वलगायतका विषयमा विवाद उत्पन्न हुन थाले पछि समस्या समाधानका लागि एकीकृत माओवादी र नेकपामाओवादीले कार्यदल गठन गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपामाओवादीका अध्यक्ष मोहन बैद्यवीच आज काठमाडौंमा भएको भेटबार्तामा चार सदस्सीय कार्यदल बनाउने सहमति भएको हो । कार्यदलको सुझाव अनुसार केन्द्रीय कार्यालय र अन्य जिल्लाका कार्यालयहरुको स्वामित्वका विषयमा निर्णय गरिने नेकपामाओवादीका सचिव देव गुरुङले जानकारी दिए ।
भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहलाइ नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान(२०६९ आषाढ २८, विहीवार)
भारतीय सेनाध्यक्ष सिंहलाई नेपाली सेनाको महारथीको दर्जा प्रदानराष्ट्रपति डा. रामबरण यादवले भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहलाइ नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ । राष्ट्रपति भवन शितल निवासमा बुधबार अपरान्ह आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले सिंहलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह, खड्ग र प्रमाणपत्र प्रदान गर्नु भएको हो । कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, प्रधानसेनापति छत्रमान सिंह गुरुङ र नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
क्रान्तिकारी टेड युनियन महासंघले मजदुरविरोधी विरुद्ध प्रतिरोध संघर्ष गर्ने(२०६९ आषाढ २७, बुधवार)
अखिल नेपाल क्रान्तिकारी टेड यूनियन महासंघले मजदुरविरोधीका विरुद्ध प्रतिरोधात्मक संघर्ष गर्ने घोषणा गरेको छ । कुपण्डोलस्थित नेकपा-माओवादीको नेवा राज्य कार्यालयमा बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी महासंघले मजदुर विरोधी गतिविधि ठेकेदारी ज्यालादारी र करारप्रथाको अन्त्यका लागि आवश्यक परे प्रतिरोध संघर्ष गर्ने घोषणा गरेको हो । महासंघका संयोजक रामदीप आचार्यले महासंघले मागपत्र तयार गरी प्रतिरोधात्मका साथै हायर एण्ड फायरु नो वर्क नो पेुको नीतिको खारेजी राज्यका सबै निकायहरुमा मजदुर वर्गको समानुपातिक प्रतिनिधित्व अधिकार सम्पन्न मजदुर आयोग गठन एकल यूनियन अवधारणको खारेजीलगायतका विषयलाई सम्बोधन गर्न सम्बन्धीत पक्ष एवं राज्यलाई दवाव दिन संघर्ष गर्ने घोषणा गरे ।
पूर्व राजा ज्ञानेन्द्र शाह फर्कन सक्ने प्रधानमन्त्री भट्टराईकी पत्नी हिसिला यमीको भनाई(२०६९ आषाढ २६, मंगलवार)
एमाओवादीकी पोलिटब्युरो सदस्य हिसिला यमीले पूर्व राजा ज्ञानेन्द्र शाह फर्कन सक्ने बताएकी छन् । रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै दलीय प्रणाली असफलतातिर बढेकाले ज्ञानेन्द्र फर्कन सक्ने भन्दै सतर्क हुन आग्रह गरिन् । 'दलीय प्रणाली असफलतातिर बढ्दैछ, असफल भए ज्ञानेन्द्र फर्कनसक्छन्, 'प्रधानमन्त्री पत्नी हिसिलाले भनिन्, 'बूढी मरीभन्दा काल पल्केला भन्ने डर भइसक्यो ।' दलहरू सत्ताको लुछाचुडी गर्दा पूर्वराजालाई फाइदा पुगिरहेको उनको टिप्पणी थियो । कांग्रेस र एमाले सत्तामामात्र केन्द्रित भइरहकोमा आलोचना गर्दै सहमतिका लागि लचिलो नभए ठूलो क्षति भोग्नुपर्ने औंल्याइन् ।
एमाओवादी पुष्पकमल दाहाल पुत्र प्रकाशसँग बेपत्ता भएकी बिना मगर पनि निलम्बन(२०६९ आषाढ २६, मंगलवार)
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशसँग बेपत्ता भएको आशंका गरिएकी अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बिना मगर पनि निलम्बनमा परेकी छन् । क्रान्तिकारीको बैठकले मगरबारे प्रश्न उठेकाले छानबिनका लागि निलम्बन गरिएको अध्यक्ष हिमाल शर्माले जानकारी दिए । 'बिना अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य र क्रान्तिकारी स्ववियु काउन्सिलकी संयोजक हुनुहुन्थ्यो' शर्माले भने- 'उहाँबारे प्रश्न उठिकसकेपछि निलम्बन गरिएको हो ।' दाहाल पुत्र प्रकाश र विना दुवै जना लुम्बिनीसगरमाथा शान्ति यात्राका सदस्य थिए । दुवै जनाले सगरमाथाको सफल आरोहणसमेत गरेका थिए ।
भारतीय स्थल सेनाध्यक्ष ५ दिने नेपाल भ्रमणको क्रममा काठमाण्डौमा(२०६९ आषाढ २६, मंगलवार)
भारतीय स्थल सेनाध्यक्ष बिक्रम सिंह ५ दिने नेपाल भ्रमणको क्रममा आज काठमाण्डौ आएका छन । प्रधानसेनापति छत्रमान सिंह गुरुङको निमन्त्रणामा भारतीय सेना प्रमुख सिंह मध्यान्ह १२ बजे नेपाल आएका हुन् । नेपाल आएलगत्तै मंगलबार नै उनले सैनिक मञ्चमा अवस्थित 'वीर स्मारक'मा माल्यार्पण गरे । उनको सम्मानमा जंगी अड्डा परिसरमा सम्मानगारत प्रदान गरियो । मंगलबार नै सिंहले जंगी अड्डामा प्रधानसेनापति गुरुङसँग भेट गर्ने कार्यक्रम छ । बुधबार भारतीय स्थल सेनाध्यक्ष जनरल सिंह काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गर्नेछन् ।
कांग्रेस-एमालेसहितका विपक्षी दलले प्रधानमन्त्री बाबुराम भट्टराईले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने (२०६९ आषाढ २५, सोमवार)
प्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार बिहान बोलाएको सर्वदलीय बैठक विपक्षी कांग्रेस/एमालेसहितका विपक्षी दलले बहिष्कार गर्ने भएका छन् । सरकारको हैसियतले बोलाएको कार्यक्रममा सहभागी नहुने भनी यसअघि नै भएको निर्णयका आधारमा विपक्षी दलहरूले प्रधानमन्त्रीले आयोजना गरेको बैठक बहिष्कार गर्ने निर्णय लिएका हुन् । तर, पार्टीबाट आयोजना भएको बैठकमा भने सहभागी हुने उनीहरूले जनाएका छन् । एमाले महासचिव ईश्वर पोखरेलले संवैधानिक, राजनीतिक र नैतिक हिसाबले समेत अनुपयुक्त पात्रहरूले बोलाएको बैठकमा सहभागी नहुने बताए ।
पुष्पकलम दाहालका पुत्र प्रकाश दाहाललाई एमाओवादीबाट निलम्बन(२०६९ आषाढ २६, मंगलवार)
काठमाडौंबाट प्राप्त समाचार अनुसार एमाओवादीको पोलिटव्युरो बैठकले पार्टी अध्यक्ष पुष्पकलम दाहालका पुत्र प्रकाश दाहाललाई नेवा राज्य समिति सदस्यबाट निलम्बन गरेको छ । सार्वजनिक रुपमा प्रकाशका कामहरूप्रति प्रश्न उठेकाले छानबिनका लागि उनलाई निलम्बन गरिएको पार्टी प्रवक्ता दीनानाथ शर्माले बताए । समाचार अनुसार प्रकाश चार दिनदेखि परिवारको सम्पर्कमा छैनन् । प्रकाशसँगै सरस्वती क्याम्पसकी स्ववियु सभापति वीना मगरको नामसमेत जोडिएकाले यथार्थ बुझ्न पार्टीले उनलाई निलम्बन गरेको शर्माको भनाइ थियो । प्रकाश र वीना सगरमाथा आरोहणमा सँगै थिए ।
ठेकेदार भागेपछि तिनाउ नदी नियन्त्रण र तटबन्धको काम रोकियो(२०६९ आषाढ २५, सोमवार)
यसै आर्थिक बर्षको अन्त्यमा सक्नुपर्ने तिनाउ नदी तटबन्धको काम पूरा नगरी ठेकेदार भागेपछि तिनाउ नदी कटान नियन्त्रण तटबन्धको काम रोकिएको छ । ठेकेदारले आर्थिक बर्षको अन्त्यसम्म सकिसक्ने काम अझै आधाभन्दा बढि पूरा हुन बाँकी रहेको छ । नदीले धार परिवर्तन गरि छेउछाउको भाग कटान सुरु गरेपछि वुटवलको बुद्धनगर बस्तीमा बाढीको उच्च जोखिम रहेको छ । विचैमा काम छाडेर ठेकेदारको अत्तोपत्तो नभएपछि बुटवल-१३ बुद्धनगरवासी बाढीका कारण बस्ती जोखिममा परेको भन्दै चिन्ता ब्यक्त गरेका छन ।
राजनीतिक संकटको फाइदा लिँदै ज्ञानेन्द्रले देशभर चाहरेर राजसंस्था व्युताउने प्रयास गरेको एमाले अध्यक्ष खनाल आरोप(२०६९ आषाढ २५, सोमवार)
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले पूर्व राजा ज्ञानेन्द्र शाह धमिलो पानीमा माछा मार्दै हिँडेको आरोप लगाएका छन् । सेती अञ्चल स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा धनगढी पुगेका खनालले राजनीतिक संकटको फाइदा लिँदै ज्ञानेन्द्रले देशभरका चाहरेर राजसंस्था व्युताउने प्रयास गरेको बताए। 'देशका मन्दिर चाहर्दैमा फेरी राजसंस्था आउँदैन,' उनले भने ।उनले ज्ञानेन्द्रको नियत नै ठिक नभएको बताउँदै फेरी सत्तामा आउने दिवा सपना नदेख्न चुनौति दिए । 'देशका केही ठाउँमा अलिकति भीड जम्मा गरेर 'राजा आउ देश बचाउ' भन्ने नारा लगाउँदैमा राजतन्त्र आउँदैन,' उनले भने, 'उनी कस्तो अवसर पारेर राजा भएक थिए सबैलाई छर्लङ्ग भएको कुरा हो ।'

राष्ट्रपतिलेनै शक्ति हातमा लिनुपर्ने नेमकिपाका अध्यक्ष विजुक्छेको धारणा (२०६९ आषाढ २५, सोमवार)
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमाज विजुक्छेले राष्ट्रपति रामवरण यादवले शक्ति हातमा लिनुपर्ने धारणा राखेका छन् । संक्रमणकाल अन्त्य गरी मुलुकलाई नयाँ दिशा दिन राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने विजुक्छको भनाई छ ।
रेडियो कान्तिपुरसँग सोमबार बिहान कुरा गर्दै विजुक्छेले गतिरोध अन्त्यका लागि सर्वपक्षीय भेलाको आवश्यकतामा जोड दिए । सवै दल एक ठाउँमा बसेर छलफल गरे गतिरोध अन्त्य हुने उनको विश्वास छ ।

पशुपतिको भेटी ३ महिनामै ३ करोड(२०६९ आषाढ २५, सोमवार)
सरकारले पशुपतिनाथ मन्दिरमा भेटी व्यवस्थापन थालेपछि तीन महिनामा २ करोड ५६ लाख २६ हजार रुपैयाँभन्दा बढी संकलन गरेको छ ।   पशुपतिनाथ मन्दिरमा दैनिक जम्मा हुने भेटी पारदर्शी बनाउन सरकारले ुमन्दिर तथा पूजा व्यवस्थापन नियमावली २०६८ु लागू गरेपछि दुई वर्ष बराबरको भेटी तीन महिनामै संकलन भएको हो । गत चैत २६ मा सरकारले नियमावली लागू गरेको थियो ।
ब्राह्मणहरु समेत छुट्टै पार्टी खोल्ने तयारीमा(२०६९ आषाढ २५, सोमवार)
आदिवासी जनजातिले पार्टी खोल्ने तयारी गरिरहेका बेला ब्राह्मणले समेत छुट्टै पार्टी खोल्ने तयारी गरेका छन्। ब्राह्मण समाज नेपालको शनिबार दमकमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यस्तो राजनीतिक एजेन्डा अगाडि ल्याउने निर्णय गरेको हो। ब्राह्मण समाज छुट्टै राजनीतिक दलका रुपमा अगाडि बढ्नुपर्छ भनी जिल्ला नेतृत्वहरुले बहस उठाएपछि सम्पादन समितिले समाजलाई राजनीतिक शक्तिका रुपमा उदय गराउन पाँच सदस्यीय एक अध्ययन टोली नै गठन गरेको छ।
तस्बिरमा प्रधानमन्त्री बाबुराम भट्टराईको गाउँमा एक रात बास(२०६९ आषाढ २४, आइतवार)
Fwd: Photos
तस्बिर: गाउँमै बसेर छापामार युद्ध गरेका व्यक्तिले गाउँको समस्या नबुझेको हो र अहिले यस्तो गर्नुपरेको भन्दै उनको आलोचना भइरहेको बेला काठमाडौँ नजिकैको गाउँमा एक रात बास बस्ने कामलाई प्रधानमन्त्री बाबुराम भट्टराईले निरन्तरता दिएका छन ।
कार्यकर्तावीच झडप भईरहेका समयमा एकीकृत माओवादी पुष्पकमल दाहाल र नेकपा-माओवादीका मोहन बैद्यवीच भेटबार्ता(२०६९ आषाढ २४, आइतवार)
पार्टी कार्यालयको स्वामित्वलाई लिएर कार्यकर्तावीच झडप भईरहेका समयमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपामाओवादीका अध्यक्ष मोहन बैद्यवीच भेटबार्ता भएको छ । एमाओवादी अध्यक्ष दाहालको लाजिम्पाटस्थित निवासमा आज भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, बजेटलगायतका विषयमा कुराकानी भएको दाहालको निजी सचिवालयले जनाएको छ । पार्टी कार्यालयलाई लिएर चितवनमा भएको झडप पछि दुबै माओवादी आक्रामक देखिएका थिए । सैद्धान्तिक विषयमा अन्तर्संघर्ष चर्किएपछि असार४ गते एकीकृत माओवादी विभाजन भएको थियो ।
चिकित्सकले आन्दोलन थालेपछि शिक्षण अस्पतालको सेवा ठप्प(२०६९ आषाढ २४, आइतवार)
पदाधिकारी नियुक्तिको मागसहित चिकित्सकले आन्दोलन थालेपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पतालको सेवा ठप्प भएको छ । आकस्मिक बाहेकका सेवा सुचारु हुन नसक्दा सेवाग्राही मारमा परेका छन् । सरकारले मागबारे चासो नदिँदा आमरण अनशनमा बसेका प्राध्यापक चिकित्सक गोविन्द केसीको अवस्था गम्भीर बन्दै गएको छ । चिकित्साशास्त्र अध्ययन संस्थानमा करिब नौ महिनादेखि रिक्त डिन, तीनजना सहायक डिन, क्याम्पस चिफ, सहायक क्याम्पस चिफ लगायतका पदमा पदाधिकारी नियुक्तिबारे सरकारले चासो दिएको छैन । ( चिकित्सक डा.गोविन्द केसीले चार दिनदेखिको आमरण अनशन तोडे)
पाल्पामा एकैपटक ४ शिशुको जन्म / जन्मिएका चार शिशु मध्ये दुईको मृत्यु(२०६९ आषाढ २४, आइतवार)
पाल्पामा शनिबार एकैपटक चार शिशुको जन्म भएको छ।पाल्पा छेर्लुग ३ की राधिका भट्राईले शनिबार बेलुकी ९ बजे मिसन अस्पताल तानसेनमा दुई छोरी र दुई छोराको जन्म दिनुभएको थियो।जन्मिएका चार शिशु मध्ये दुईको ज्यान गएको छ । मिसन अस्पताल तानसेनका अनुसार ५ सय ५० ग्राम र एक केजीका दुई शिशुको गएराति ज्यान गएको हो ।आमा र बाँकी २ शिशुको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको अस्पतालले जनाएको छ।

परिवर्तनका लागि नयाँ पार्टी आवश्यक राई(२०६९ आषाढ २४, आइतवार)
काठमाडौं, २३ असार एमाले उपाध्यक्ष अशोक राईले परिवर्तका लागि मुलुकमा नयाँ पार्टी आवश्यक रहेको बताएका छन्।
बजेटका विषयमा प्रधानमन्त्री र विजुच्छेबीच छलफल(२०६९ आषाढ २४, आइतवार)
भक्तपुर, २४ असार बजेटका बारेमा समहति जुटउन प्रधानमन्त्री बाबुराम भट्टराई र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छुबीच भुटवार्ता हुँदैन ।
नेपाल विद्यार्थी संघको महाधिवेशन पुसको अन्तिम सातामा(२०६९ आषाढ २४, आइतवार)

एक महिनाअघि पुनर्गठन भएपछि बसेको नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समिति बैठकमा पुस अन्तिम साता महाधिवेशन गर्ने प्रस्ताव पेस भएको छ। अध्यक्ष रञ्जित कर्णले असार मसान्तदेखि प्रक्रिया सुरु गरी पुस मसान्तसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। कांग्रेस केन्द्रीय समितिले चार महिनाअघि ६ महिनाभित्र नेवि संघको महाधिवशन गर्ने गरी तयारी समिति गठन गरे पनि आन्तरिक विवादले एक महिनाअघि मात्र समितिले पूर्णता पाएको थियो। पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय सदस्यले समिति गठनप्रति असहमति जनाउँदै सामूहिक राजीनामा गरेका थिए। 'असारदेखि प्रक्रिया सुरु गर्ने गरी पुस मसान्तसम्ममा महाधिवेशन गर्न प्रस्ताव गरेका छौं,' कर्णले शनिबारको बैठकपछि नागरिकसँग भने, 'यसको अन्तिम टुंगो केन्द्रीय समिति बैठकले लगाउनेछ।'

मोहन वैद्यद्धारा नेपालको विग्रदाँ स्थितिलाई निकास दिने तेस्रो शक्ति नेकपा-माओवादी जन्मिएको दावी(२०६९ आषाढ २३, शनिवार)
नेकपामाओवादीका अध्यक्ष मोहन वैद्य किरणले नेपालको विग्रदाँ स्थितिलाई निकास दिने तेस्रो शक्ति नेकपामाओवादी जन्मिएको दावी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा डा. चन्द्रमान वज्राचार्यद्वारा लिखित किन पिरोल्दै भारत नेपाललाई पुस्तकको विमोचन गर्दै अध्यक्ष वैद्यले भने नेपाली काँग्रेस र एमालेको समीकरण सत्ता प्राप्तिको लागि भएको र एमाओवादी र मधेशी मोर्चाबीचको समीकरण सत्ता जोगाउनको लागि भएकोले देश बरबादीतिर धकेलिएको भन्दै देशलाई संकटकालीन अवस्थाबाट मुक्ति दिनका लागि तेस्रो शक्ति नेकपामाओवादी जन्मिएको दावी गरे ।
अविरल वर्षाको कारण आएको पहिरोको कारण पाल्पावुटवल सडकखण्ड अवरुद्ध(२०६९ आषाढ २३, शनिवार)
अविरल वर्षाको कारण आएको पहिरोको कारण पाल्पावुटवल सडकखण्ड अवरुद्ध भएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहाको ६६ औ जन्मजयन्ती भव्यताका साथ मनाईदै(२०६९ आषाढ २३, शनिवार)
पूर्व राजा ज्ञानेन्द्र शाहाको ६६ औ जन्मजयन्ती भव्यताका साथ मनाईदै छ । जन्मोत्सवको अवसरमा आज सर्वसाधारणको लागि निर्मल निवास खुल्ला गरिएको छ । पूर्व राजा ज्ञानेन्द्रलाई शुभकामना दिन विहानै देखि सर्वसाधरणको निर्मल निवासमा घुइचो लागेको छ । शुभकामना व्यक्त गर्न राप्रपा नेपालका अध्यक्ष कमल थापा लगाएत शुभचिन्तकहरु निर्मल निवास पुगेका थिए ।
नेवि सङ्घले विदेशी नाम राखेरका निजी विद्यालय तथा कलेजहरुको होर्डिङबोर्ड हटाउन थाल्यो(२०६९ आषाढ २३, शनिवार)

विदेशी र भड्किलो नाम राखेर विद्यार्थीहरुलाई अन्यौलमा राखेको भन्दै नेपाल विद्यार्थी सङ्घले निजी विद्यालय तथा कलेजहरुको होर्डिङबोर्ड हटाउन थालेको छ। सङ्घले आज बिहान नयाँबानेश्वर र पुरानो बानेश्वरका होर्डिङबोर्ड हटाएको हो। विदेशी नामबाट राखिएका शैक्षिक संस्थाहरुको होडिङबोर्ड हटाउने कार्यक्रमअनुसार उक्त बोर्ड हटाइएको सङ्घका सभापति रञ्जित कर्णले जानकारी दिए। उनले आज बिहान काठमाडौँको नयाँबानेश्वरमा रहेको पाँच विद्यालय तथा कलेजका विदेशी नाम रहेका तथा भड्किलोरुपमा प्रचार गरिएका होर्डिङ बोर्डहरु हटाएको जानकारी दिए।

वीरगञ्जस्थित एफएम रेडियोका प्रबन्ध निर्देशकको भारतमा हत्या(२०६९ आषाढ २३, शनिवार)
पुर्व वीरगञ्जबाट प्रकासित हुने अन्लाईन संचारमाध्यममा उल्लेख भए अनुसार वीरगञ्जस्थित रेडियो बिन्दास एफएमका प्रबन्ध निर्देशक सन्तोष गुप्ताको भारतमा हत्या भएको छ। रक्सौल बैंकरोड (भारत) निवासी गुप्तालाई गए राति ढाका चिरैया भन्ने स्थानमा अज्ञात समुहले हत्या गरेको हो। समाचार अनुसार भारतीय प्रहरीका अनुसार बिहारको पुर्वी चम्पारण जिल्लाको ढाका चिरैयास्थित फुलबारीमा आज बिहान गुप्ता मृत अबस्थामा फेला परेका हुन्।
माओवादी लडाकुद्धारा समायोजन प्रक्रियाको विरोध, शिविर वाहिर निस्केर नाराजुलुस(२०६९ आषाढ २२, शुक्रवार)
काठमाडौंमा प्रकासित हुने अनेकौ पत्रपत्रीकाहरुका अनुसार चितवनको शक्तिखोर स्थित माओवादी लडाकुको तेश्रो डिभिजनमा समायोजन रोजेका लडाकुहरुले समायोजन प्रक्रियाको विरोध गरेका छन् । विरोध स्वरुप उनीहरुले शिविर वाहिर निस्केर नारा जुलुस समेत गरेका छन् । सेनामा भर्ती गर्दा सम्माजनक व्यवहार नभएको भन्दै पुर्व लडाकुहरु विरोध स्वरुप शिविर वाहिर निस्केर नाराजुलुस गरेका हुन् । ३ सय भन्दा वढि लडाकुहरु वाहिर निस्केर प्रर्दशन गरेपछि समायोजन प्रक्रिया अवरुद्ध भएको छ । उनिहरुले शिविरको मुल गेटमा पत्रकार सम्मेलन गरी विभिन्न ७ वुदे माग समेत अगाडी सारेका छन् ।