arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
काठमाडौमा पार्टीको कार्यक्रममा सम्बोधन गर्न पुगेका कांग्रेस सुशील कोइराला माथि आक्रमण(२०६९ आश्विन १३, शनिवार)
कपनमा पार्टीको एक कार्यक्रममा सम्बोधन गर्न पुगेका कांग्रेस सभापति सुशील कोइराला माथि आक्रमणको प्रयास भएको छ । कोइरालालाई लक्षित गरी गरिएको आक्रमणबाट पार्टीका दुईजना कार्यकर्ता घाइते भएका छन् । कोइराला सुरक्षित छन् । पार्टीको ४ नम्बर क्षेत्री सम्मेलनको उदघाटनका लागि पुगेका कोइरालामाथि मंचमै आक्रमणको प्रयास भएको हो । आयोजकले अतिथीहरुको स्वागतमा खादा लागाइदिने क्रममा एकजना युवक मंचमा चढ्ेर काठको टुक्राबाट कोइरालामाथि प्रहार गर्न खोज्दा कोइरालासंगै रहेका क्षेत्र न. ४ कै सचिवद्वय नर्मदा पोखरेल र श्याम संगतलाई लागेको थियो ।
भारतीय नम्बर प्लेटका गाडीहरु अबरोध गर्नेहरुलाई कडा कारवाही- डा. बाबुराम भट्टराई (२०६९ आश्विन १३, शनिवार)
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय नम्बर प्लेटका गाडी सञ्चालनमा अबरोध गर्नेहरुलाई कडा कारवाही गर्न निर्देशन दिनु भएको छ । राष्ट्रयताको आन्दोलन सुरु गरेको नेकपा-माओवादीले भारतीय नम्बर प्लेटका गाडीहरु सञ्चालन गर्न अवरोध गरेपछि प्रधानमन्त्रीले कारवाही गर्न निर्देशन दिनु भएको हो । प्रधानमन्त्रीको निजी सचिवालयद्धारा जारी प्रेस नोटमा भनिएको छ-छमेकीसँग सम्वन्ध विगार्ने गरी राज्यको नियम, कानुन कसैले हातमा लिन खोज्छ भने उसलाई कडा कार्वाही गर्न र शान्ति-सुरक्षा कायम गर्न प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
सहमतिको विकल्प छैनः खाण(२०६९ आश्विन १२, शुक्रवार)
पुर्व मन्त्री बालकृष्ण खाणले बर्तमान राजनितीक निकासको एकमात्र विकल्प सर्वदलिय सहमति हुने बताएका छन । संविधान सभाबाट जनताले अपेक्षा गरेको संविधान प्राप्त नहुनुको एक मात्र कारण असहमतिको संस्कृती भएको भन्दै यसको लागि सहमतिको विकल्प नभएको बताए । पुर्व सभासद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाणले संविधान सभाले लामो समय सम्म राज गरेको राजतन्त्रको अन्य गरेको भन्दै कामनै नगरी संविधान सभाको अवसान भएको भन्न नमिल्ने बताए । उनले भने-संविधान सभाले राष्ट्रिय राजनीतिमा एउटा ऐतिहासिक कार्य गरेको छ । सहमतिको संस्कार विकास गर्नको लागि रानीतिक विचारहरुलाई सम्पादन गर्नुको साटो समायोजन गर्नु्र पर्ने उनको धारणा राखे ।
संविधान सभा पुर्नस्थापना उत्तम विकल्प: आङकाजी शेर्पा(२०६९ आश्विन १२, शुक्रवार)
नेपाल अदिवासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पाले बर्तमान राजनीतिक संकमणकालीन निकासको उक्तम विकल्प संविधान सभाको पुर्नस्थापना भएको बताएका छन । अवसान भएको संविधानसभा श-शर्त रुपमा पुर्नस्थापना गर्नुपर्ने भन्दै उनले एक महिनाको लागि विवादित विषयहरुमा पहिला नै सहमति गरेर संविधान सभा पुनःस्थापना गर्नुपर्ने बताएका हुन । नया पर्टि गठनको प्रकि्रया अन्र्तगत प्रशिक्षणका लागि रुपन्देहीमा आएका शेर्पाले शुक्रबार आदिवासी जनजाती पत्रकार संघ अनीज रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलेनमा बोल्दै उक्त कुरा बताएका हुन ।
माओवादीका सेक्सन कमान्डरसहित ३२ कार्यकर्ता कांग्रेस प्रवेश (२०६९ आश्विन १२, शुक्रवार)
पूर्व लडाकुका सेक्सन कमान्डरसहित एकीकृत माओवादीका ३२ कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्।  नेपाली कांग्रेस दार्चुला-काठमाडौं सम्पर्क समितिले बिहीबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले उनीहरुलाई पार्टी प्रवेश गराए।
१ वर्ष देखि राजधानीमा बन्धक बनाईका ७ जना युवतीलाई नेकपा-माओवादीको जनवर्गीय संगठनले उद्धार ग-यो(२०६९ आश्विन ११, विहीवार)
काठमाडौंको मनमैजुबाट एकिकृत माओवादीले ग-यो सात युवतीको उद्धारबैदेशिक रोजगारीमा पठाईदिने भन्दै झण्डै १ वर्ष देखि राजधानीको एक घरमा बन्धक बनाईका ७ जना युवतीलाई नेकपामाओवादीको जनवर्गीय संगठनले उद्धार गरी प्रहरीलाई बुझाएको छ । माओवादीको राष्ट्रिय जनस्वयंसेवक नेवा राज्य समिति र अखिल नेपाल प्रगतिशील बैदेशिक मजदुर संघको संयुक्त टोलीले बन्धक बनाउने गिरोहका नाइके कपिलबस्तुका चन्द्रबहादुर खत्रीलाई समेत समातेर प्रहरीमा बुझाएको हो । राजधानीको कुपण्डोलस्थित नेवा राज्य समितिको कार्यालयमा आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार युवतीहरुलाई विदेश पठाईदिने भन्दै ८ देखि ११ महिना सम्म राजधानीको मनमैजु गाविसस्थित हिलेटोलको एक घरमा बन्धक बनाएर राखिएको थियो ।
विपक्षी दलहरुद्धारा बाबुराम भट्टराइको सरकार हटाउन नयाँ आन्दोलनको कार्यक्रम घोषणा(२०६९ आश्विन ११, विहीवार)
बाबुराम भट्टराइको सरकार हटाएर राष्ट्रिय सहमतिको सरकार गठनका लागि मोर्चाबन्दी गरेका विपक्षी दलहरुले आज आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् । प्रमुख विपक्षी दलहरु नेपाली काँग्रेस, एमाले र नेकपा माओवादीको हिजो एमाले मुख्यालयमा बसेको बैठकले आज अन्य विपक्षीहरुसँग पनि छलफल गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई बहिष्कार गर्ने लगायतका कार्यक्रम अघि वढाउने र जनस्तरमा संयुक्त रुपमा प्रदर्शन गर्ने लगायतका कार्यक्रम तय गरेको छ ।
रिडी रुद्रबेणी सडक खण्ड पुन: बन्द(२०६९ आश्विन ११, विहीवार)

रिडी रुद्रबेणी सडक खन्ड भोलीबाट पुन १० दिनका लागि बन्द भएको छ। रिडीको पुलक्याम्पमा निर्माण हुन लागेको पक्की पुलका लागि सडक बन्द गरी काम गर्नु पर्ने भएपछी यही असौज २० गते सम्मका लागि सडक बन्द गरीएको हो । सडक अबरुद्ध भए पनि यात्रुहरु भने सवारी साधन परिवर्तन गरी यात्रा गर्न सक्ने छन।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठद्धारा राष्ट्र सङ्घ महासभाको ६७ औँ उच्चस्तरीय बैठकलाई सम्बोधन (२०६९ आश्विन ११, विहीवार)
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानवअधिकारप्रति सम्मान र सामाजिकआर्थिक जीवनका पक्षहरुमा समावेशीता, समानता र न्याय स्थापित भए विविधरुपका द्वन्द्वहरु असान्दर्भिक ठहरिने बताएका छन् ।
सम्पादक समूह रुपन्देहीद्वारा दैनिकपत्रको समस्या समाधान गर्न आग्रह(२०६९ आश्विन १०, बुधवार)
बुटवलबाट प्रकाशित दैनिक पत्रमा उत्पन्न समस्या समाधानको लागि व्यवस्थापन पक्ष र आन्दोलनरत पक्षलाई वार्तामा बसी निकास निकाल्न सम्पादक समूह रुपन्देहीले आग्रह गरेको छ ।
नेकपा माओबादीले ताम्सालिङ राज्य अन्तर्गतका दश जिल्लामा आजदेखि मंसीर १० गतेसम्म भारतीय सवारीसाधन सञ्चालन, हिन्दी चलचित्र प्रर्दशन र गीत प्रशारणमा रोक(२०६९ आश्विन १०, बुधवार)
नेकपा माओबादीको ताम्सालिङ राज्य समितिले, समिति अन्तर्गतका दश जिल्लामा आजदेखि मंसीर १० गतेसम्म भारतीय सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । चितवन, मकवानपुर, धादिङ, काभ्रे लगायतका जिल्लामा भारतीय नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाइएको नेकपा माओवादी ताम्सालिङ राज्य समितिले जनाएको छ । दश जिल्लामा हिन्दी चलचित्र प्रर्दशन र हिन्दी गीत प्रशारणमा पनि रोक लगाइने नेकपा माओबादी चितवनका नेता नारायण शर्माले वताउनुभयो ।
भारतीय सरकाद्वारा पूर्व सैनिकहरुको पेन्स्नमा समानता (२०६९ आश्विन १०, बुधवार)
भारतीय सेनामा काम गरेका हजारौं नेपालीलाई समेत फाइदा पुग्ने योजना मनमोहन सिंह नेतृत्वको सरकारले अनुमोदन गरेको छ । यो योजना, समान दर्जा समान निवृत्तिभरणसम्बन्धी पूर्वसैनिकहरूको माग सम्बोधन गर्ने प्रयासमा सरकारले ल्याएको हो । समान तह तथा सेवाअवधि भए पनि अलग मितिमा अवकाश पाएका भारतीय सैनिकबीच निवृत्तिभरण अर्थात पेन्स्नमा समानता छैन ।
बुटवलको दैनिकपत्रमा अनिश्चितकालीन ताला(२०६९ आश्विन १०, बुधवार)
बुटवल मिडिया प्रकाशन प्रालीद्वारा प्रकाशित दैनिकपत्रमा विभिन्न ७ बुँदे मागसहित कर्मचारीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
एमाओवादीले प्रतिपक्षीहरुलाई बिरालाले मुसो खेलाए झैं खेलाएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको भनाई(२०६९ आश्विन ९, मंगलवार)
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विपक्षी दलहरुको पहिलो काम भनेको आन्दोलनको बलमा वर्तमान सरकारलाई फाल्नु भएको बताएका छन् । नेकपा मसालले आज राजधानीमा आयोजना गरेको तराईमधेशका समस्या र संघीयता विषयक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले आन्दोलनको बलमा वर्तमान सरकार ढालेर राष्ट्रिय सहमतिको सरकार बनाउने र त्यही सरकारले मात्रै संविधानसभाको अर्को निर्वाचन गर्ने बताए ।  
प्राध्यापकहरुकै चन्दा आतंक(२०६९ आश्विन ९, मंगलवार)
विद्यार्थी र अभिभावकपछि अव चन्दा आतंक मच्चाउने काम अव प्राध्यापकहरुले गरिरहेका छन् । नेपाल प्राध्यापक संघले आसन्न अधिवेशनका लागि भनेर विश्वविद्यालयहरुमा चन्दा आतंक नै सिर्जना गरेको छ । यही असोज १९ गतेबाट सुरु हुने आफ्नो महाधिबेशनका लागि लाखौं रुपैयाँ उठाउने लक्ष्य लिएको संघले सवै विश्वविद्यालयलाई पत्र पठाई चन्दा माग गरेको खबर गोरखापत्र दैनिकले छापेको छ । अधिबेशन गर्ने बेला विद्यार्थी र अभिभावकका संघ संगठन सबैले चन्दा उठाउँदै आएका छन् ।
भाइरल ज्वरोका कारण चितवनमा १९ वर्षीया किशोरीको मृत्यु, मृत्यु हुनेको संख्या ८ (२०६९ आश्विन ९, मंगलवार)
भाइरल ज्वरोका कारण चितवनको भरतपुर अस्पतालमा आज एक किशोरीको मृत्यु भएको छ । योसंगै चितवनका विभिन्न अस्पतालमा गरी ज्वरोका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । उपचारको क्रममा माडी ८ की १९ वर्षीया लेखा रेग्मीको मृत्यु भएको हो । भर्ना भएका मध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको भरतपुर अस्पतालले जनाएको छ ।
कपिलवस्तुमा विश्वकै दुर्लभ मानिएको सारसको संख्या बढ्दै(२०६९ आश्विन ९, मंगलवार)
 विश्वकै दुर्लभ मानिएको सारसको संख्या बढ्दै कपिलवस्तु जिल्लामा विश्वकै दुर्लभ मानिएको सारसको संख्या बढ्दै गएको छ । स्थानियवासीले सारसको महत्व बुझेर संरक्षण गर्न थाले संगै यस भेगमा सारसको संख्या बढ्न थालेको हो । अहिले कपिलवस्तु जिल्लाका बिभिन्न ठाँउमा सारसले फुल कोरलेर आफनो संख्या बढाएका छन् भने कतिपय ठाँउमा बच्चा कोरल्न ओथारो बसेका छन् । करिब १० किलोसम्म तौल हुने सारश दुर्लभ चरा भएकाले नै बन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षण गरेको पंक्षी भित्र पर्दछ । सारश ओथारो बसेको ३१ देखि ३४ दिनसम्ममा बच्चा कोरल्ने गर्दछ ।
धर्नाका कारण २ दिनदेखि थुनिएका त्रिविका उपकुलपति, रेक्टर र रजिष्ट्रार मुक्त(२०६९ आश्विन ९, मंगलवार)
त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुको धर्नाका कारण २ दिनदेखि थुनिएका त्रिविका उपकुलपति, रेक्टर र रजिष्ट्रार सोमबार साँझ मुक्त भएका छन् । विभिन्न माग राख्दै प्राध्यापकहरुले उपकुलपति डा. हिराबहादुर महर्जन, रेक्टर गुणनिधि न्यौपाने र रजिष्ट्रार चन्द्रमणि पौडेललाई हिजोदेखि बल्खुस्थित शिक्षा विकास तथा अनुसन्धान केन्द्रको सभा कक्षमा थुनेका थिए । त्रिवि प्राध्यापक संघ र त्रिभुवन विश्वविद्यालयबीच सोमबार साँझ ३ बुँदे सहमति भएपछि उपकुलपति लगायतका सवै पदाधिकारी मुक्त भएका हुन् ।
पूर्व राजा ज्ञानेन्द्र शाह तनहुँमा, विरोधका नाममा बन्द गरेर सास्ती दिएको भन्दै सर्वसाधारणद्धारा दलहरुको आलोचना(२०६९ आश्विन ८, सोमवार)
पश्चिमाञ्चलका ६ जिल्लाको भ्रमणमा निस्किएका पूर्व राजा ज्ञानेन्द्र शाह आज तनहुँ पुगेका छन् । उनले आज दमौलीस्थित पञ्चमन्दिरमा पुजा गरेका छन् । पूर्व राजाले तनहुँमा उद्यमी व्यवसायी र सर्वसाधारणसँग पनि भेटघाट गरेका छन् ।
सिन्धुपाल्चोको हगाममा एक सातादेखि फैलिएको भाइरल ज्वरोबाट २ जनाको मृत्यु(२०६९ आश्विन ८, सोमवार)
सिन्धुपाल्चोको विकट स्थान हगाम गाविसमा एक सातादेखि फैलिएको भाइरल ज्वरोबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुनमाया तमाङ र धनबहादुर श्रेष्ठ रहेका छन् । भाइरल ज्वरोले महामरीको रुप लिन थालेपछि पुरै गाविसमा नै विरामीको चाप बढेको छ । भाइरलको प्रकोप गाउँभर फैलिएपछि विद्यार्थीहरु विद्यालय जान समेत छाडेको स्थानीय चेतकुमार लामाले जानकारी दिएका छन् ।
दूर्घटनाको कारण: चालक मात्र हैन, यात्रुहरु पनि(२०६९ आश्विन ८, सोमवार)
प्राय जसो हुने सडक दूर्घटनाको मूख्य कारण सवारी चालक मात्र नभएर यात्रुहरु समेत जिम्मेवार रहने गरेको तम्घासमा आयोजित एक अन्तर्कृया कार्यक्रमका सहभागिहरुले वताएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सदरमुकाम तम्घास स्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित वढ्दो सवारी दूर्घटना न्यूनिकरण विषयक अन्तर्कृया कार्यक्रमका सहभागिहरुले उक्त कुरा वताएका हुन् । कविन्द्र नेपालले मानविय कारण हुन सक्ने क्षती र दूर्घटनालाई व्यक्त गर्नु भएको थियो ।
माओवादीका १ हजार ३ सय ८८ जना लडाकु मात्रै नेपाली सेनामा समायोजनका लागि योग्य(२०६९ आश्विन ८, सोमवार)
माओवादीका १ हजार ३ सय ८८ जना लडाकु मात्रै नेपाली सेनामा समायोजनका लागि योग्य ठहरिएका छन् । समायोजनका लागि आवश्यक मापदण्ड पुरा गर्ने सिपाही तहका लडाकुको संख्या १ हजार ३ सय ८८ जना मात्रै तय भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यो संख्यामा अधिकृत तहका लागि योग्यता परिक्षणमा रहेका बढीमा ७५ जना लडाकु थपिन सक्नेछन् । अधिकृत तहका लागि भने मापदण्ड छनौट प्रक्रिया टुंगिएको छैन । अधिकृत तहका लागि ८५ जना लडाकु परीक्षामा सामेल भएकोमा सवै चरण पार गर्दा ७५ जना भन्दा बढी पुग्ने संभावना क्षीण रहेको बताइएको छ ।
मनास्लु हिमालको बेश क्याम्पमा गएको हिमपहिरोमा परी कम्तिमा ९ पर्यटक मृत्यु, कयौ बेपत्ता(२०६९ आश्विन ८, सोमवार)
मनास्लु हिमालमा आज विहान गएको हिमपहिरोमा परी कम्तिमा ९ जना आरोहीको मृत्यु भएको छ । हिमपहिरोमा परी वेपत्ता भएका १३ मध्ये ९ जनाको शव फेला परेको छ । फेला परेका शव मध्ये एउटा नेपाली र ८ वटा जर्मन नागरिकको भएको जनाइएको छ । गोरखा जिल्लाको सवैभन्दा उत्तरी गाविस सामाको वडा नम्बर ४ स्थित मनास्लु हिमालको ७ हजार उचाईमा रहेका दोस्रो र तेस्रो क्याम्पमा बसेका आरोहीहरु हिमपहिरोमा परेका हुन ।
बाबुराम भट्टराई र पुष्पकमल दाहालले देशलाई गम्भीर संकटमा पु-याएको नेकपा-माओवादीका नेत्रविक्रम चन्द विप्लबको आरोप(२०६९ आश्विन ६, शनिवार)
नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई गम्भीर संकटमा पु-याएको आरोप लगाएका छन् । राजधानीमा राष्ट्रिय क्रान्तिकारी वुद्धिजीवि संगठनको राष्ट्रिय भेलामा बोल्दै चन्दले देशमा गम्भीर राजनैतिक संकट उत्पन्न हुनुमा बाबुराम सरकार नै मुख्य दोषी रहेको बताए ।
राजनीतिक संकरमणकाल लम्बिन्छ: अर्थमन्त्री पुन(२०६९ आश्विन ६, शनिवार)
अर्थमन्त्री वर्षमान पुनले नेपालको राजनीतिक संक्रमणकाल अझै लम्बिने बताएका छन् । राजस्व अनुसन्धान विभागद्वारा आज बुटवलमा आयोजित क्षेत्रीय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पुनले दलहरुबीच सहमति बन्न नसकिरहेको र निर्वाचनको टुंगो अझै लाग्न नसकेकाले संक्रमणकाल लम्बिने बताएका हुन् । संक्रमणकाल कहिलेसम्म लम्बिन्छ भन्ने प्रष्ट नपारेका मन्त्री पुनले यस्तो अवस्थामा दलहरुबीच आर्थिक एजेण्डामा न्युनतम साझा अवधारणा बनाएर अर्थतन्त्रलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री भट्टराईद्धारा सबै जातजातिलाई समान अधिकार प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख(२०६९ आश्विन ६, शनिवार)
प्रधानमन्त्री बाबुराम भट्टराईले सबै जातजातिलाई समान अधिकार प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार राजधानीमा आयोजित नेवा देय् दबुको छैटौं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताए हुन् । उनले नेपालमा रहेका सबै जातजातिहरु समान भएकाले उनीहरुलाई पनि समान अधिकार दिनुपर्ने बताए । राजनीतिक दलहरुका बीचमा सहमति हुन नसक्दा संविधानसभाबाट संविधान निर्माण हुन नसकेको बताउँदै प्रधानमन्त्रीले फेरि पनि दलहरुकै सहमतिमा वर्तमान राजनीतिक सङ्कटको निकास निस्कनउनले भने,'दलहरुको सहमतिमा वर्तमान राजनीतिक संकटको निकास निस्कने भएकाले सबै राजनीतिक समस्याहरु हल हुन्छ, त्यसका लागि केही समय भने लाग्न सक्छ ।'
पूर्वराजा ज्ञानेन्द्रको बाग्लुङमा जयजयकार, शाहद्धारा आफ्नो पश्चिमाञ्चल भ्रमण विशुद्ध धार्मिक भएको जिकिर(२०६९ आश्विन ६, शनिवार)
पूर्वराजा ज्ञानेन्द शाहले बाग्लुङको कालिका भगवती मन्दिरको दर्शन गरेका छन्। पोखराबाट आफैं सवारी चलाएर यहाँ आइपुगेका शाहले मध्यान्ह १२ बजे कालिका भगवती मन्दिरको दर्शन गरेका हुन्। पोखराबाट स्थलमार्ग हुँदै आएका शाहलाई करिब तीन सय मोटरसाइकलले स्कटिङ गरेर ल्याएका थिए।
विभिन्न सुरक्षा निकायका प्रमुख एवं मध्यमाञ्चलका दश जिल्लाका प्रहरी प्रमुखहरुको बैठक सम्पन्न(२०६९ आश्विन ६, शनिवार)
विभिन्न सुरक्षा निकायका प्रमुख एवं मध्यमाञ्चलका दश जिल्लाका प्रहरी प्रमुखहरुको बैठक सम्पन्न भएको छ । धुलिखेलस्थित अरनिको होटलमा भएको बैठकमा गृहसचिव नविन घिमिरे, गृहका प्रवक्ता शंकर कोईराला, प्रहरी महानिरीक्षक कुबेर सिंह राना, सशसस्त्र प्रहरीका महानिरिक्षक कोषराज वन्त, अनुसन्धानका महानिरिक्षक मोती गुरुङ लगायत सहभागी थिए ।
नेकपा-माओवादी सहितका ११ दलले चार दलले मुलुकलाई बन्धक बनाउन खोजेको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने(२०६९ आश्विन ६, शनिवार)
मधेशी मोर्चासहित चार दलले मुलुकलाई बन्धक बनाउन खोजेको भन्दै मोहन बैद्य नेतृत्वको नेकपा-माओवादी सहितका ११ दलले त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् । एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाले चुनावमा जान गरेको निर्णयलाई कुनै हालतमा नमान्ने उनीहरुले निर्णय गरेका छन् । नेकपामाओवादीको कार्यालय बुद्धनगरमा आज बसेको ११ वटा दलको बैठकले तीन दलीय सिण्डिकेटका विरुद्ध अन्य दललाई समेत साथमा लिएर सशक्त अभियान चलाउने निर्णय पनि गरेको छ ।
बिधार्थी संगठनहरुद्वारा थप आन्दोलनका कार्यक्रमको घोषणा (२०६९ आश्विन ५, शुक्रवार)
 आन्दोलनरत नौँ बिद्यार्थी संगठनहरुले पछिल्लो पटक सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको बिरोधमा आज थप आन्दोलनका कार्यक्रम सार्बजनीक गर्ने भएको छ । असोज ३ गते बसेको बैठक मार्फत आन्दोलनको घोषणा गरेका बिद्यार्थीसंगठनहरुले आज आन्दोलनका कार्यक्रम सार्बजनीक गर्न लागेका हुन ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736