arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
मधेसवादी दल एवम जनजाति समुहहरुद्धारा नयाँ पार्टी बनाउने(२०६९ आषाढ २२, शुक्रवार)
संचारमाध्यमहरुले उल्लेख गरे अनुसार तराई मधेस लोकतान्त्रिक पार्टीको बिहीबार बसेको केन्द्रीय कार्य समितिको बैठकले मधेसमा एउटै मधेसवादी दल हुनुपर्ने जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा यसको औपचारिक प्रस्ताव प्रस्तुत गर्ने निर्णय गरेको छ । तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्लका अनुसार, मधेसमा एउटै मधेसवादी दल हुनु पर्ने अभियानलाई मुर्त रुप दिन विभिन्न मधेसवादी दल र व्यक्तिहरुसँग वार्ता गर्न पार्टिले तीन सदस्यिय वार्ता टोली समेत गठन गरेको छ ।
एमाले माधवकुमार नेपालद्धारा असन्तुष्ट जनजाति र मधेसी नेताहरु कुनै पनि हालतमा पार्टी छाडेर बाहिर नजाने दाबी (२०६९ आषाढ २२, शुक्रवार)
प्राप्त कान्तिपुर पत्रीकामा प्रकासित समाचार अनुसार नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्ट जनजाति र मधेसी नेताहरु कुनै पनि हालतमा पार्टी छाडेर बाहिर नजाने दाबी गरेका छन् । पार्टी भित्रको विवाद आपसमै साम्य हुने उनको दाबी थियो । एमाले भित्रकै जनजाति, आदिवासी तथा मधेसी नेताहरुले पार्टीमाथि 'संघीयता विरोधी' को आरोप लगाइरहेकाबेला जनकपुर अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षणमा शुक्रबार नेपालले यस्तो विचार राखेका हुन् ।
राष्ट्रपति यादवद्धारा विपक्षी दलहरुलाई साथमा लिएर बजेट ल्याउन सरकारलाई सुझाव(२०६९ आषाढ २२, शुक्रवार)
राजधानीबाट नेपाली संचारमाध्यमहरुले लेखेका समाचार अनुसार राष्ट्रपति डा. रामवरण यादवले विपक्षी दलहरुलाई साथमा लिएर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन। समाचार अनुसार उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारसँगको भेटमा राष्ट्रपति यादवले दलहरुको विवादकाबीच बजेट ल्याए सबैलाई अप्ठ्यारोपर्ने बताएका थिए। त्यसक्रममा शितलनिवासमा विहान भएको भेटमा गृहमन्त्री गच्छदारले पूर्ण बजेट नल्याउँदा पर्ने अप्ठ्यारोबारे जानकारी गराएका थिए।
सुकुम्बासीलाई आफ्नो क्षेत्रमा राख्न लागेको भन्दै ललितपुर बन्द(२०६९ आषाढ २२, शुक्रवार)
काठमाडौंबाट प्राप्त समाचार अनुसार वाग्मती करिडोरबाट हटाइएका सुकुम्बासीलाई आफ्नो क्षेत्रमा राख्न लागेको भन्दै विरोधमा उत्रिएका ललितपुर सुन्दरीघाट मलपोखरीका बासिन्दाले आज बिहानै देखि ललितपुर बन्द गराएका छन । प्राप्त समाचार अनुसार बन्दको प्रभाव चक्रपथको ललितपुर क्षेत्रमा बढी परेको छ भने अरु ठाउँमा सामान्य रहेको प्रहरीले जनाएको छ । बन्दकर्ताले धोबिघाट क्षेत्रमा जुलुस समेत निकालेका छन् । साथै चक्रपथमा गाडी चल्न सकेका छैनन् भने भित्री सडकमा पनि बन्दकर्ताले गाडी चल्न अवरोध पुयाएका छन । बन्दका कारण यात्रु र सर्वसाधारणलाई सास्ती भएको छ ।
विमानस्थलको व्यवस्थापनको जिम्मा भारतिय कम्पनिलाई दिएको विरोधमा राष्ट्रिय जनमोर्चाद्धारा विरोध(२०६९ आषाढ २२, शुक्रवार)
राजधानीस्थित अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिन अगाडी बढाएको प्रक्रिया, धार्मिक गतिविधिको आडमा राजाको बढ्दो सक्रियता तथा देशमा मल खादको अभावका सम्बन्धमा पार्टीको दृष्टिकोण सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरेका छौं ।
थानकोट र चन्द्रागिरिमा केबलकार(२०६९ आषाढ २२, शुक्रवार)
२२ असार, काठमाण्डौं । काठमाण्डौं फनपार्कले करिब एक अर्व रुपैयाँको लागतमा थानकोटदेखि चन्द्रागिरिसम्म केवलकार चलाउने भएको छ । डेढ बर्ष भित्र निर्माण पुरा हुने यो केबलकार मनकामना पछि दोस्रो हो ।
नेपालमै पाइलट पेन उत्पादन तयारी (२०६९ आषाढ २२, शुक्रवार)
काठमाडौं, असार २२ जापानी कलम निर्माता पाइलट पेन कम्पनीले नेपालबाटै उत्पादन सुरु गर्ने तयारी गरेको छ। तीन दशकदेखि जापानबाट
नेपाल चेम्बर अफ कमर्सको टोलीले प्रधानमन्त्रीलाई भेट्ने(२०६९ आषाढ २२, शुक्रवार)
काठमाडौं, २२ असार  यस आर्थिक वर्षको बजेट सहमति गरी समयमै ल्याउन नेपाल चेम्बर अफ कमर्सले आज प्रधानमन्त्री बाबुराम भट्टराईलाई ध्यानाकर्षण गराउने भएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको पाँच दिने धार्मिक भ्रमण सम्पन्न(२०६९ आषाढ २२, शुक्रवार)
Photo8काठमाडौंमा प्राप्त समाचार अनुसार रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको पाँच दिने धार्मिक भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन् । थाहा भए अनुसार पाँच दिनमा उनी तीन जिल्लाका प्रसिद्ध धार्मिक स्थलहरुमा पुगेर पूजा गरेका थिए । उनले मुलुकमा नयाँ शक्तिको उदय हुने र त्यो राजसंस्था पनि हुन सक्ने बताएका थिए । काठमाडौ फर्किनु अघि पूर्व राजा शाहले आफू बसेको होटल निवार्णामा यस क्षेत्रका उद्योगी व्यावसायी, सामाजिक संघसस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, विभिन्न दलका कार्यकर्ता, शिक्षासेवी र सर्वसाधारणसँग भेट गरेका थिए ।
एमालेद्धारा पार्टीको विधान र पद्घति विपरीत गुटगत क्रियाकलाप गरेको भन्दै असन्तुष्ट नेताहरुसँग स्पष्टीकरण माग(२०६९ आषाढ २१, विहीवार)
राजधानी काठमाडौंबाट संचारमाध्यममा जनाइए अनुसार नेकपा एमालेले पार्टीको विधान र पद्घति विपरीत गुटगत क्रियाकलाप गरेको तथा आबाञ्छित गतिविधिमा संलग्न भएको भन्दै असन्तुष्ट नेताहरुसँग स्पष्टीकरण मागेको छ । उनीहरुलाई सात दिन भित्र पार्टीको कुन विधान, नियमावली तथा निर्णयका आधारमा गुटगत र अबाञ्छित गतिविधि गरेको प्रष्ट पार्न भनिएको छ । साथै एमाले अनुशासन आयोगको बिहीबारको बैठकले केही समयदेखि फरक विचार र असन्तुष्टिको नाममा भएका गतिविधिहरु पार्टीको निर्णय र विधानसम्मत् नरहेको ठहर गर्दै सात दिन भित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
रौतहटमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, चार जना घाइते(२०६९ आषाढ २१, विहीवार)
प्रहरीको गोली लागेर रौतहटको गरुडा बजारमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा लक्ष्मीपुर ६ का स्थानीय रमुद प्रसाद जैसवाल रहेका छन् । गोली लागेर घाइते हुनेमा बिरुधी राय यादव, राजेश यादव, दिनेश यादव र राकेश साह रहेका छन् । घाइते मध्ये गम्भीर अवस्थामा रहेका बिरुधी राय यादवलाई थप उपचारको लागि बीरगञ्ज लगिएको छ । गत असार १४ गते भएको सडक दुर्घटनामा स्थानीय राम श्रेष्ठ राउतको मृत्यु भएको विषयमा विरोधमा उत्रीएकाहरुमाथि प्रहरीले गोली चलाएको हो ।
विपक्षी गठबन्धनद्धारा सरकारले ल्याउन खोजेको पूर्ण बजेटलाई रोक्न राष्ट्रपतिलाई ज्ञापनपत्र (२०६९ आषाढ २१, विहीवार)
सरकारले पूर्ण आकारको बजेट ल्याउने बताइ रहेको बेला बुधबार नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित विपक्षी दलहरुको गठबन्धनले कामचलाउ सरकारले सिफारिस गरेको पूर्ण बजेट अध्यादेश मार्फत जारी नगर्न आग्रह गर्दै राष्ट्रपति रामवरण यादव समक्ष एक ज्ञापनपत्र बुझाएकाछन्। उनीहरु राष्ट्रिय सहमतिको सरकार गठन नहुन्जेल कुनै पनि विषयमा सहमति नहुने कुरामा अडिग छन्। उता सत्ताधारी गठबन्धनले भने सबै कुरा प्याकेजमा सहमति नभए प्रधानमन्त्रीले राजीनामा नदिने बताइ रहेको छ।
सेनामा समायोजन रोजी शिविरमा बसेका माओवादी लडाकुको भर्ना-छनौट प्रक्रिया सुरु(२०६९ आषाढ २०, बुधवार)
नेपाली सेनामा समायोजन रोजी शिविरमा बसेका माओवादी लडाकुको भर्ना तथा छनौट प्रक्रिया आजबाट सुरु हुने भएको छ । सैनिक प्रवक्ता सहायकरथी रमीन्द्र छेत्रीले सेना समायोजन विशेष समितिले तोकेको स्थानबाट भर्ना, छनौट प्रक्रियाअघि बढाइने जानकारी दिएका छन् । उक्त प्रक्रिया माओवादी लडाकुका सात मुख्य शिविरसँगै नेपाली सेनाको भरतपुरस्थित तालिम केन्द्रमा हुने बताइएको छ ।
अविरल वर्षासँगै आएको बाढीपछि सेती नदीले धार परिवर्तन गर्दा बस्ती कटान(२०६९ आषाढ २०, बुधवार)
अविरल वर्षासँगै आएको बाढीपछि सेती नदीले धार परिवर्तन गर्दा कास्की हेम्जामा एउटा घर बगाएको छ । जेठ ४ गतेको बाढीका कारण विस्थापित भएका ९ घरमध्ये कविता तिमिल्सिनाको घर बगाएको हो । मंगलवार रातीदेखि परेको पानीले सेतीमा बाढी आउँदा बस्तीतर्फ कटान सुरु भई पोखरा बाग्लुङ्ग जोडने राजमार्गको दुई सय मिटर सडक र आधा दर्जन भन्दा बढी बिजुलीका पोल बगाउने खतरा बढेको छ । हेम्जा(१, याम्दीका ५० भन्दा बढी घर पनि जोखिममा परेका छन् । बाढीले पोखरा उपमहानगरपालिकाका लागि मर्दिखोलाबाट ल्याउने खानेपानीको पाइप पनि बगाएको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराई जातीय मोर्चा बनाएर जाने तयारीमा(२०६९ आषाढ २०, बुधवार)
एकल जातीय राज्यका विषयमा दलहरुका वीच मतभेद भईरहेका समयमा प्रधानमन्त्री बाबुराम भट्टराईले विभिन्न आदिवासी जनजाति नेताहरुसँग भेटबार्ता गरेका छन् । भेटबार्तामा एकल जातीय पहिचानको पक्षमा मोर्चा बनाएर जाने सहमति समेत भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा एकल जातीय पहिचान सहितको संघीयताका पक्षधर जनजाति नेताहरुले संयुक्त मोर्चा बनाउने सहमति गरेको जनजाति नतोहरुले बताएका छन् । भेटबार्तामा संविधानसभा पुनःस्थापना गर्न संवैधानिक आयोग गठन गर्ने वा सरकारले घोषणा गरेको निर्वाचनलाई नै निरन्तरता दिने भन्ने विषयमा समेत छलफल भएको जनजाति नेताहरुले बताए ।
मुलुकलाई अप्ठ्यारो अवस्थाबाट जोगाउन परम्परागत राजसंस्थाको उदयबाट मात्रै संभव: पूर्व राजा ज्ञानेन्द्र शाह (२०६९ आषाढ २०, बुधवार)
Photo8आफूले नारायहिटी छाड्दाभन्दा अहिले मुलुक गंभीर र अप्ठारो अवस्थामा पुगेको दाबी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकलाई अप्ठ्यारो अवस्थाबाट जोगाउन नयाँ शक्तिको उदयबाट मात्रै संभव हुने बताएका छन् ।  नयाँ शक्तिको उदय हुनुपर्छ, त्यो भनेको परम्परागत राजसंस्था पनि हुनसक्छ, अरु कोही पनि हुन सक्छ, उनले मंगलबार पत्रकार सम्मेलन गरी भने । उनले राजसंस्था अन्त्यको चार वर्षमा पनि कुनै उपलब्धि पाउन नसक्दा जनताले राजसंस्थाको भूमिका खोजेकोसमेत धारणा राखे । जनताले अहिले हाम्रो भूमिका केही न केही खोजेका छन्, उनले भने, धैर्य गरौं, केही समयमै हाम्रो भूमिकाबारे जनताले नै भन्नेछन् ।
भारतमा लगेर दिदीवहिनी विक्री गर्नेलाई ३५ वर्ष कैद / पत्नीको बलत्कार पछि हत्या गराउनेलाई ३५ बर्ष कैद(२०६९ आषाढ २०, बुधवार)
श्रीमतीको हत्या गरेको ठहर गर्दै एक युवकलाई पनि जिल्ला अदालत मकवानपुरले ३५ वर्ष कैद गर्ने फैसला गरेको छ । घटनामा संलग्न तीन युवकलाई जनही ४४ वर्ष कैद गर्ने फैसलासमेत गरेको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलाशले जेठी श्रीमतीको हत्या गर्न आदेश दिएको र योजना बनाएको ठहर गर्दै छतिवन ९ का ३८ वर्षीय सेतेमान बललाई कैद गर्ने फैसला गरेको हो । हत्या गर्न आदेश दिएकोमा २० वर्ष र योजना बनाएकोमा १५ वर्ष गरी ३५ वर्ष कैद गर्ने फैसला गरेको अदालतले जनायो ।
बुटवल कालिकानगरमा सवारी दुर्घटना / १ महिलाको मृत्‍यु (२०६९ आषाढ १९, मंगलवार)
सिदार्थ राजमार्ग अन्तर्गत बुटवलको कालिकानगरमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा पारी स्कुटीमा सवार गीता पाण्डेको घटना स्थलमै मृत्‍यु भएको छ । विपरित दिशा बाट आएको ट्याक्टरको ठक्करबाट  लु १२ प ८४६६ नंको स्कुटीमा सवार गिता पाण्डेको मृत्यु भएको खुल्न आएको छ ।
हङकङ सरकारद्वारा नेपाली महिलालाई अवार्ड(२०६९ आषाढ १९, मंगलवार)
सामुदायिक सेवामा सकृय योगदान गरेवापत हङकङ सरकारले अरुणा गुरुङलाई 'चिफ एक्ज्युकेटिभ कोमेन्डेसन फर कम्युनिटी सर्भिस' अवार्डले सम्मान गरेको छ । हङकङ स्थापना दिवसको १५ औं वाषिर्कीका अवसरमा उक्त घोषणा भएको हो । घोषित अवार्ड चीनको राष्ट्रिय दिवसका दिन अक्टुबर १ मा हङकङका कार्यकारी प्रमुख (चिफ एक्ज्युकेटिभ) ले प्रदान गर्नेछन् ।सामुदायिक सेवावापत कुनै पारिश्रमिक भने नपाइने उनले जनाइन् । पेशाले उनी दुई दसक बढी समयदेखि हङकङ मुख्यालय रहेको अन्तर्राष्ट्रिय विमान कम्पनी ड्रागन एयरकी 'इनफ्लाईट सर्भिस (क्याविन क्रु) म्यानेजर' हुन् ।
आज गुरुपूणिमा देशभरमा गुरुप्रति श्रदा र सम्मान प्रकट गर्दै गुरुपूणिर्मा मनाइदै(२०६९ आषाढ १९, मंगलवार)
आज असार शुक्लपक्षको गुरुपूणिमा  तिथि अर्थात गुरुपूणिमा , देशभरमा गुरुप्रति श्रद्वा र सम्मान प्रकट गर्दै गुरुपूणिर्मा मनाइदैछ ।प्राचीनकालको गुरुकुल शिक्षाबाट सुरु भएको यस पर्वमा विद्यार्थीहरुले आफूलाई विद्या,विनय र शिष्टता प्रदान गर्न औपचारिक तथा अनौपचारिक रुपमा भूमिका निर्वाह गर्ने गुरुलाई सकेजति सम्मान गर्ने परम्परा चलिआएको छ । आफ्ना गुरुहरुलाई उपहार दिने वा भेटेर आजको दिन सम्मान प्रकट गर्ने परम्परा भए पनि पछिल्ला वर्षहरुमा भने विद्यार्थी र गुरुबीचको सम्वन्धको महत्व घट्दै गएको छ ।
दार्चुलाको ग्वानीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यू, २७ जना घाइते(२०६९ आषाढ १९, मंगलवार)
मंगलबार बिहान ५ बजेतिर दार्चुलाको ग्वानी गाविसमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यू भएको छ । २७ जना घाइते छन् । धनगढीबाट दार्चुला जादै गरेको ना ४ ख ६६०८ नम्बरको रात्री बस ग्वानी-५ बगजीवेलामा सडकबाट दुईसय मिटर तल खसेको हो । प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । घाईतेलाई अस्पताल पुर्‍याएको छ । उद्धार जारी भएकाले घाइते र मृत्यू भएकाको संख्या थप हुन सक्ने प्रहरी नायब उपरीक्षक दुवबहादुर बोकटीले बताए ।
प्राविधिक सीपको आवश्यकता बढ्दो(२०६९ आषाढ १९, मंगलवार)
काठमाडौ, १८ असार पर्याप्त जनशक्ति भएको हाम्रो देशमा प्राविधिक सीप सम्बन्धित तालिम अत्यावश्यक भएको सम्बन्धित क्षेत्रका जानकारहरुले बताएका छन् ।
सर्लाहीको मुसौलीमा बम विस्फोट, एक गम्भिर घाइते(२०६९ आषाढ १९, मंगलवार)
सर्लाही, १९ असार सर्लाही वडा नं ७ को मुसौलीमा आज विहान पे्रसरकुकर बम विस्फोट हुदाँ एक जना गम्भिर घाइते भएका छन् ।
कांग्रेस र नेकपा-माओवादीको उच्च नेतृत्वबीच सरकारलाई बजेट ल्याउन नदिन र तत्काल सरकार ढाल्न मोर्चाबन्दी(२०६९ आषाढ १८, सोमवार)
नेपाली कांग्रेस र नेकपामाओवादीको उच्च नेतृत्वबीच सरकारलाई बजेट ल्याउन नदिन र तत्काल सरकार ढाल्न मोर्चाबन्दी हुने भएको छ । कांग्रेस सभापति सुशील कोइराला निवासमा डेढ घन्टा भएको कुराकानीमा दुवै थरी नेताहरु यस्तो निष्कर्षमा पुगेका हुन् । कोइराला निवासमा आज दिउँसो माओवादी अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङगायत नेता पुगेका थिए । उनीहरुले कामचलाउ सरकारलाई कुनै पनि हालतमा बजेट ल्याउन नदिने र ल्याए मिलेर प्रतिवाद गर्ने सहमति समेत गरेका छन् ।
केन्द्रीय कार्यालय पेरीस डाँडाँ लगायत देशभरका जिल्ला कार्यालयमा कब्जा गर्ने नेकपा-माओवादीका गजुरेलको चेतावनी(२०६९ आषाढ १८, सोमवार)
VIDEO: नेकपामाओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सडकबाटै बर्खास्त गर्न संयुक्त मोर्चाबन्दी बनाएर आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन ।
सहमतिमा पूर्ण बजेट ल्याउन पहल गर्न उद्योग वाणिज्य महासंघको आग्रह(२०६९ आषाढ १८, सोमवार)
नेपाल उद्योग वाणिज्य महासंघले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग सहमतिमा पूर्ण बजेट ल्याउन पहल गर्न आग्रह गरेको छ । महासंघका पदाधिकारी र एमाओवादी अध्यक्ष दाहालवीच आज काठमाडौंमा भएको छलफलका क्रममा उद्योगी, व्यवसायीले पूर्ण बजेटमा जोड दिएका हुन् । जवाफमा अध्यक्ष दाहालले वजेट सहमतिमै आउने भन्दै आफूले त्यसका लागि पहल गरिरहेको बताए ।
आफै सरकारमा रहेको बेला एकीकृत माओवादीद्धारा चितवन जिल्ला बन्द(२०६९ आषाढ १८, सोमवार)
आफै सरकारमा रहेको बेला एकीकृत माओवादीले आज चितवन जिल्ला बन्द गराएको छ । बन्दका कारण चितवनको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ । बन्दका कारण यातायातका साधन चल्न सकेको छैन भने शैक्षिक संस्था र बजार ठप्प बनेको छ । विहानैदेखि एकीकृत माओवादीका कार्यकर्ता चोक चोकमा बसेर प्रदर्शन गरिरहेका छन् । चितवनस्थित कार्यालय प्रयोगबारे गत शनिबार एकीकृत नेकपा माओवादी र नवगठित नेकपामाओवादीका कार्यकर्ताबीच झडप हुँदा एक दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका थिए भने दर्जनौ मोटरसाइकल तोडफोड भएको थियो ।
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्ती आज(२०६९ आषाढ १८, सोमवार)
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्ती आज कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदैछ । राजधानीमा जन्मजयन्तीसम्बन्धि विभिन्न कार्यक्रम गरिँदैछ । जिल्लाहरुमा पनि कार्यक्रम गरिँदै छ । भारत निर्वासनमा रहेकै बेला वि सं १९८१ सालमा कृष्णप्रसाद कोइराला र दिब्या कोइरालाको पुत्रका रुपमा बिहार राज्यको टेडी शहरमा आजकै दिन उहाँको जन्म भएको थियो । बाल्यकाल भारतमै बिताएका कोइरालाको विद्यालय शिक्षा विराटनगरमा र त्यसपछिको शिक्षा भारतमै भएको थियो ।
काठमाडौं महानगरपालिका र यातायात व्यवसायीबीच भदौ १ गतेदेखि रात्रिबस सञ्चालन गर्ने सम्झौता(२०६९ आषाढ १८, सोमवार)
काठमाडौं महानगरपालिका र यातायात व्यवसायीबीच भदौ १ गतेदेखि रात्रिबस सञ्चालन गर्ने सम्झौता भएको छ । महानगरपालिका र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच रत्नपार्कलाई मुख्य केन्द्रविन्दु बनाएर रात्रिबस सञ्चालन गर्ने सम्झौता भएको हो । राति ८ बजेदेखि ११ बजेसम्म बस सञ्चालन गरिनेछ । महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले २६ सिटभन्दा बढी क्षमताका १४ वटा बस सञ्चालन गर्ने तयारी भएको बताए । एकै प्रकारका र उस्तै रङका बस सञ्चालन गर्ने उनले बताए ।
शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीद्धारा विनाविकल्प वर्तमान सरकार नहट्ने स्पष्ट(२०६९ आषाढ १७, आइतवार)
शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीले विनाविकल्प वर्तमान सरकार नहट्ने बताएका छन्। उनले सडकबाट राजीनामा माग्दैमा सरकार नहट्ने स्पष्ट पारे। राष्ट्रिय सरकारका लागि माग गरिएको हो भने विकल्पसहित छलफलमा आउनुपर्ने उनको तर्क थियो। राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री रायमाझीले सडकबाट राजीनामा माग्नु प्रतिपक्षको धर्म भए पनि प्रधानमन्त्रीले विना विकल्प राजीनामा नदिने बताए।