arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
सार्वजनिक यातायात आजबाट सञ्चालन(२०६९ श्रावण २८, आइतवार)
आन्दोलनरत् यातायात व्यवसायी र सरकारबीच भएको वार्ता सहमतिमा पुगेपछि आजदेखि सार्वजनिक सवारीका साधन पूर्ववतरुपमा सञ्चालनमा आएका छन् । यातायात सञ्चालनमा आएपछि जनजीवन सामान्य बनेको छ। सिंहदरबारस्थित भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयमा शनिबार झण्डै छ घण्टा चलेको वार्तामा दुवै पक्ष एकअर्काका मागप्रति सकारात्मक बनेको र दुई दिनदेखि बन्द रहेको सार्वजनिक सवारीका साधन आइतबारदेखि सञ्चालनमा आएका हुन् । 
आन्दोलनरत यातायात व्यवसायी र सरकारी प्रतिनिधिबीच अहिले राति अबेर भएको वार्तामा सहमति /भोलीदेखी यातायात सुचारु हुने (२०६९ श्रावण २७, शनिवार)
आन्दोलनरत यातायात व्यवसायी र सरकारी प्रतिनिधिबीच अहिले राति अबेर भएको वार्तामा सहमति भएपछि भोलिदेखि सार्वजनिक यातायात सुचारु हुने भएको छ। व्यवसायीका १५ मध्ये १४ माग पूरा गर्ने सहमति सरकारले गरेको छ। ट्राफिक प्रहरीलाई गरिएको अधिकार प्रत्यायोजनसम्बन्धी मुख्य मागलाई कार्यदल गठन गरेर सम्बोधन गरिने भएको छ। १५ दिनभित्र कार्यदलले प्रतिवेदन बुझाउने र प्रतिवेदन अनुसार माग सम्बोधन गरिने प्रतिवद्धता सरकारले व्यक्त गरेको छ। 

"आन्दोलन आन्दोलनका बिच यातायात सुचारु भए पनि बिद्यार्थी सगठनहरुको आन्दोलन जारी छ । प्रधानमन्त्रीको राजिनामा , अग्रेजी तथा बिदेशी नामका स्कुलहरुको नाम तुरुन्त फेर्नु पर्ने लगायतका माग राख्दै उनिहरु चरणबद्द आन्दोलनमा उत्रिएका छन।"

ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई दुई सय रुपियाँ मात्रै जरिवाना लिइँदै आएकोमा त्यो निकै कम भएको ठहर गर्दै यातायात व्यवस्था मन्त्रालयले गत चैतमा एक हजार रुपियाँसम्म जरिवाना गर्न पाउने अधिकार प्रहरीलाई प्रत्यायोजन गरेको थियो। 

एउटै जिल्लामा चौबीस दिनमा २४ दुर्घटना, ३० को मृत्यु(२०६९ श्रावण २७, शनिवार)
चालकको लापरबाही र लामो दूरीमा एकमात्र सवारी चालकको व्यवस्था गर्ने गर्दा राजमार्गमा दिनानुदिन दुर्घटना बढ्दै गएको छ । पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा साउन २५ गतेसम्म मात्र १४ वटा सानाठूला दुर्घटना भएका छन् । दुर्घटना परी ३० जनाले ज्यान गुमाइसकेको र ५० भन्दा बढी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

देश भरमा भएका दुर्घटनाको तथ्याकं कहाली लाग्दो 

राजमार्गमा अत्यधिक सवारीको चाप, तीव्र गति, भत्केको सडक दुर्घटनाको मुख्य कारण बन्न पुगेको छ । साँघुरो सडक, घुमाउरा मोड त्यसमा पनि उत्तेजित प्रकारका होर्डिङबोर्ड राखिनु पनि दुर्घटनाको अर्काे कारण हो । सडकको बिग्रँदो अवस्था, सवारी साधन पुरानो हुनु, रात्रिकालीन र लामो दूरीमा गुड्ने सवारीमा एकजना मात्र चालक हुनुजस्ता कारणले पनि सवारी दुर्घटना बढेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक विनोद घिमिरेको भनाइ छ ।
विगत १३ दिनदेखि वन्द रहेको पोखराको मणिपाल अस्पतालको सबै सेवा सुचारु(२०६९ श्रावण २७, शनिवार)
विगत १३ दिनदेखि वन्द रहेको कास्की पोखराको मणिपाल अस्पताल शनिवारवाट खुलेको छ । अस्पताल प्रशासन र आन्दोलनरत चिकित्सकवीच शुक्रवार भएको तीन बुँदे सहमतिपछि १३ दिनदेखि बन्द रहेको अस्पतालको सबै सेवा सुचारु भएको हो ।चिकित्सकहरुको १५ प्रतिशत तलव बृद्धि गर्न अस्पताल प्रशासन सहमत भएपछि अस्पतालका नियमित सेवा सुचारु भएका हुन् । वार्तामा प्रमुख जिल्ला अधिकारी, प्रमुख तीन राजनैतिक दलका प्रमुख लगायतका सहभागी थिए ।

जतात्यतै आन्दोलन : ग्यास ब्यबसायी द्वारा भाद्र १ गते बाट एलपी ग्यास वितरण ठप्प गर्ने चेतावनी, निजि तथा सार्वजनिक सवारी साधन ठप्प हुँदा देश भरको जनजीवन प्रभावित

दुवै पक्षको सन्तुष्ट हुनेगरी तलव र भत्तामा समेत समायोजन गरिएको अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघका अध्यक्ष डा कृष्ण कोइरालाले जानकारी दिनुभयो । पहिले २४ प्रतिशत न्युनतम तलव र ७६ प्रतिशत भत्ता रहेकोमा अहिले ४० प्रतिशत तलव र ६० प्रतिशत भत्ता कायम गर्न सहमति भएको हो ।
नेपालमा चिनिया चासो :चिनियाँ उपविदेशमन्त्री सहितको उच्चस्तरीय टोली नेपालमा(२०६९ श्रावण २७, शनिवार)
नेपाल-चीन परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन चिनियाँ उपविदेशमन्त्री फू डङ नेतृत्वको सात सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल शनिवार काठमाण्डौ आइपुगेको छ । चार वर्षपछि पहिलोपटक हुन लागेको परामर्श बैठकमा भाग लिन चिनियाँ टोली नेपाल आएको हो।बैठकमा द्धिपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपालमा बड्दो चिनिया चासो प्रती गम्भिर हुने कहिले ?

बैठकमा ६ महिनाअघि भएको चिनियाँ प्रधानमन्त्री वेन जिया बाओको नेपाल भ्रमणका सिलसिलामा भएका सहमति कार्यान्वयन सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।

नारायणी नदीको कटानले गण्डक बाँध क्षतिग्रस्त(२०६९ श्रावण २६, शुक्रवार)
नारायणी नदीको कटानले गण्डक बाँध अन्तर्गतको विगैप बाँधको १२ नं. ठोकर भत्किएको छ । कटानले ठोकरको अग्रभाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । तत्काल ठोकर मर्मत नगरिए पानीको बहाव बढ्दा गण्डक बाँध नै फुट्ने खतरा देखिएको जलअभियानकर्मी कुलदीप आचार्यले बताए । कटान रोकथामका लागि जालीमा ढुङ्गा भर्ने काम भइरहेको भए पनि नदीमा पानीको बहाव धैरे भएकाले प्रभावकारी हुन सकेको छैन । गण्डक सम्झौताअनुसार गण्डक क्षेत्रमा निर्मित बाँधको रेखदेख र मर्मतको सम्पूर्ण जिम्मा भारतीय पक्षको हो । तर भारतीय पक्षले यस वर्ष बाँध र ठोकरमा मर्मतको कुनै काम नगर्दा ठोकर नं. १२ मा क्षति भएको गण्डक सङ्घर्ष समितिका सहसचिव शैलेन्द्र शर्माले बताए ।
विपक्षी युवा तथा विद्यार्थी संगठनद्धारा काठमाण्डौंस्थित सिंहदरवार प्रवेश गर्ने मुख्य नाकामा धर्ना(२०६९ श्रावण २६, शुक्रवार)
सरकारविरुद्ध आन्दोलनरत विपक्षी दल सम्वद्ध ९ युवा तथा विद्यार्थी संगठनले आज मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार प्रवेश गर्ने मुख्य नाकामा धर्ना दिएका छन् । प्रधानमन्त्री र मन्त्रीहरुलाई सिंहदरवार प्रवेश गर्न नदिने भन्दै युवा तथा विद्यार्थी संगठनहरुले घेराउ गरेका हुन् । सिंहदरबार प्रवेशको मुख्य गेटमा धर्ना दिने कार्यक्रम भएपनि सुरक्षाकर्मीले धर्नाकारीलाई मुख्य नाकामै रोकेका थिए । सुरक्षाकर्मीले अगाडि बढ्न नदिएपछि धर्नाकारीहरुले पुतलीसडकको पद्यमोदय मोड, माइतिघर मण्डला,बवरमहल, भद्रकाली र हनुमान थानमा घेराउ गरेका थिए ।
आफ्ना मागको सम्वोधन नभएको भन्दै यातायात व्यवसायीहरुद्धारा सार्वजनिक यातायात बन्द(२०६९ श्रावण २६, शुक्रवार)
आफ्ना मागको सम्वोधन नभएको भन्दै यातायात व्यवसायीहरुले आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन् । आन्दोलनका कारण सार्वजनिक यातायातका साधान नचल्दा सर्वसाधारणा बिहानै देखि हिडेर यात्रा गरिरहेका छन् । गएराती अवेर सम्मको वार्तामा सहमति हुन नसकेपछि उनीहरुले आजबाट आन्दोलन सुरु गरेका हुन् । उनीहरुले ट्राफिकले उठाउने एकहजार खारेज गर्नुपर्ने, भाडामा समायोजन गर्नुपर्ने, सहज बीमाको व्यवस्था लगायतका माग राखेका छन् । आज पनि दिउँसो २ बजे वार्ताको हुनेछ । मुख्यसचिवको नेतृत्वमा सरकारी वार्ता टोलीले मागबारे गृहकार्य गरेर सरकारको धारणा राख्नेछ ।
प्रधानमन्त्री भट्टराईद्धारा संविधान सभाबाटै नयाँ संविधान जारी गर्ने वातावरण बन्ने ग्यारेण्टी भए मात्रै पद त्याग्ने अडान (२०६९ श्रावण २६, शुक्रवार)
प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान सभाबाटै नयाँ संविधान जारी गर्ने वातावरण बन्ने ग्यारेण्टी भए मात्रै आफूले पद त्याग्ने अडान दोहो-याउनु भएको छ । १८ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले आज राजधानीमा गरेको कार्यक्रमको उद्घाटन गर्दै उहाँले संविधान र शान्तिका मुद्दा छोडेर सत्ता परिवर्तन मात्र गर्न खोजे आफूले पद त्याग नगर्ने चेतावनी दिनु भयो । काँग्रेस एमाले लगायतका दलहरुलाई एकात्मक राज्यसत्ताको अवशेषको आरोप लगाउँदै प्रधानमन्त्री भट्टराइले उनीहरुकै कारण संविधानसभा विघटन भएको जिकीर गर्नुभयो ।
सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै यातायात व्यवसायीहरुद्धारा यातायात बन्द(२०६९ श्रावण २६, शुक्रवार)
सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै यातायात व्यवसायीहरुले यातायात बन्द गर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातायात मजदूर संघ, नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले संयुक्तरुपमा २६ गतेदेखि अनिश्चितकालिन यातायात बन्द सहित विरोधका कार्यक्रम घोषणा गरेका हुन् । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बिहीबार साँझसम्म पनि सरकारले वार्ताका लागि कुनै पहल नगरेको भन्दै आन्दोलका कार्यक्रम जारी रहेको जानकारी दिनुभयो ।
मुस्ताङगी राजा जिग्मे परवल विष्ट सिकिस्त बिरामी, लोमान्थाङ दरवार भ्रमणमा रोक(२०६९ श्रावण २५, विहीवार)
मुस्ताङगी राजा जिग्मे परवल विष्ट उक्त रक्तचाप र युरिक एसिडका कारण सिकिस्त बिरामी पर्नुभएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले विष्टको अवस्था चिन्ताजनक रहेको वताएका छन् । प्रत्येक विहान दरवार क्षेत्रमा हिडडुल तथा स्थानीय वासिन्दाहरुसंग नियमित भेटघाट गर्ने ८० वर्षिय पूर्व मुस्ताङ्गी राजा विष्ट दरवारवाट वाहिर निस्कन नसकेको स्थानीय वासिन्दाहरुले वताएका छन् ।
आज १८ औं विश्व आदिवासी जनजाति दिवस, जनजाति समुहद्धारा नयाँ पार्टी घोष(२०६९ श्रावण २५, विहीवार)
आज १८ औं विश्व आदिवासी जनजाति दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ । यसै अवसर पारेर आदिवासी जनजातिका अगुवाहरुले आजै नयाँ राजनीतिक पार्टी घोषणा गर्ने भएका छन् । राजधानीमा आज हुने घोषणा सभामा जनजाति अगुवाहरुले जनजातिको पार्टीको घोषणा पत्र सार्वजनिक गरिदैछ । पार्टी निर्माण अभियानमा सक्रिय चैतन्य सुब्बाले सामाजिक लोकतान्त्रिक बहुल पार्टी जातीय, वर्गीय, लिंगीय र क्षेत्रीय मुद्दालाई सम्बोधन गर्ने हुने बताएका छन् । पार्टी गठनका लागि अभियान चलाइने र त्यसबाट नेता तथा कार्यकर्ताको छनौट गरिने उनको भनाइ छ ।
मापदण्ड अनुसार उच्चमावि सन्चालन गर्न आग्रह(२०६९ श्रावण २५, विहीवार)
उच्च माध्यामिक विद्यालयमा भएका विकृति र विसंगतिलाई हटाएर गुणस्तरीय शिक्षा दिनुपर्ने शिक्षापे्रमीहरुले बताएका छन् । उच्चमाध्यमिक विद्यालयहरुमा विकृतिहरु भएको स्वीकार्दै ती विकृतिहरु हटाउनु सबैको साझा दायित्व भएको उनीहरुको भनाई छ । शिक्षा पत्रकार समूह अाचल समन्वय समिति लुम्बिनीले बुधबार बुटवलमा आयोजित छलफल कार्यक्रममा शिक्षण संस्था साचालक र शिक्षासंग जोडिएका शिक्षाप्रेमीहरुले यस्तो बताएका हुन् । सामुदायिक र निजी दुबै क्षेत्रबाट साचालित उच्च माध्यमिक विद्यालयहरुले शिक्षा प्रदान गरे पनि रुपन्देहीका केही उच्च माध्यमिक विद्यालयको भौतिक मापदण्ड पुरा नभएको बताउँदै उनीहरुलॆ उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्ड अनुसार भवन खेल मैदानशौचालय खानेपानी लाईव्रेरीचमेनागृह प्रयोगशाला विषय शिक्षक हुनुपर्ने बताएका छन् ।
यातायात व्यवसायीहरुद्धारा साउन २६ गतेबाट सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्नेसहितका आन्दोलनको घोषणा (२०६९ श्रावण २५, विहीवार)
यातायात व्यवसायीहरुले साउन २६ गतेबाट सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्नेसहितका आन्दोलनको घोषणा गरेका छन् । माग पूरा गर्न प्रधानमन्त्री बाबुराम भट्टराईलाई संयुक्त ज्ञापन पत्र बुझाउने र ज्ञापन पत्रअनुसार मागहरु सम्बोधन नभए २६ गते शुक्रबारबाट सवारी साधन ग्यारेजमा थन्काएर व्यवसायी र मजदुरहरु माग पुरा गराउन सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातयात मजदूर संघ, नेपाल यातयात मजदूर संघ र नेपाल यतायात स्वतन्त्र मजदूर संगठनले संयूक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन ।
दर्जनभन्दा बढी सचिबहरुको सरुवा(२०६९ श्रावण २५, विहीवार)
सरकारले १ दर्जनभन्दा बढी सचिबहरुको सरुवा गरेको छ भने केही सचिबहरुलाई कायममुकायम सचिबको जिम्मेबारी दिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार साँझ बसेको मन्त्री परिषदको बैठकले सचिव नविन घिमिरेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ भने संचारमा सूर्य सिलवाल, रक्षामा तिलकराम शर्मा, लोकसेवा आयोगमा ज्ञानदर्शन उदासलाई लगेको छ । बैठकले ५ जना सहसचिबलाई कायममुकायम सचिबको जिम्मेवारी दिएको छ ।
आदिवासी जनजाति नेताहरु नयाँ पार्टी गठनको अन्तिम तयारीमा जुटिरहेको बताइएता पनि अझै विभाजित(२०६९ श्रावण २५, विहीवार)
अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसर पारेर बिहीबार नयां पार्टी गठन गर्ने तयारी भएको आदिवासी जनजाति महासंघका अध्यक्ष लगायत केही नेताले बताएका छन्। तर नयां आदिवासी जनजाति पार्टी गठन गर्ने विषयमा नेपाल आदिवासी जनजाति महासंघका नेतृत्व नै विभाजित देखिएको छ। राजकुमार लेखी लगायत केही नेता बिहीबार राजधानी काठमाण्डौमा नयां पार्टी घोषणा गर्ने पक्षमा छन् भने महासचिव आङकाजी शेर्पा लगायत केही नेताले चाहिं तत्काल पार्टी घोषणा गर्न नहुने बताएका छन्। पूर्वका विभिन्न ठाउँबाट आदिवासी जनजाति समुदायका मानिसहरु आ आफ्ना भेष भूषा तथा बाजा गाजा सहित बुधवार विर्तामोडमा भेला भएका थिए।
विदेशी नाम हटाउनुपर्ने, शुल्क घटाउनुपर्ने लगायतका माग राखेर विद्यार्थी संगठनहरुद्धारा देशभरका शिक्षा कार्यालयमा धर्ना(२०६९ श्रावण २४, बुधवार)
थाहा भए अनुसार शिक्षण संस्थाहरुले विदेशी नाम हटाउनुपर्ने, शुल्क घटाउनुपर्ने लगायतका माग राखेर आज विद्यार्थी संगठनहरुले देशभरका जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका छन् । विपक्षी दल सम्बद्ध नौ विद्यार्र्थी संगठनले शुल्क घटाउनुपर्ने र विदेशी नाम हटाउनुपर्ने माग राखेर आज विहान दुई घण्टा देशभरका शिक्षा कार्यालय अगाडी धर्ना दिएका हुन् । सरकारले आफुहरुको मागलाई गम्भीरतापूर्वक नलिए आन्दोलनका थप कार्यक्रम संचालन गर्ने विद्यार्र्थी संगठनहरुले जनाएका छन् ।
प्राविधिक शिक्षाको प्रवेश परीक्षाको नतिजा बेलैमा सार्वजनिक नहुदा ३५ हजार विद्यार्थी अन्योलमा(२०६९ श्रावण २४, बुधवार)
प्राविधिक शिक्षाको प्रवेश परीक्षाको नतिजा बेलैमा सार्वजनिक नहुदा ३५ हजार विद्यार्थी अन्योलमा छन । ०६९ को शैक्षिक सत्रमा ३५ हजार विद्यार्थीले प्रवेश परिक्षा दिएका छन् । परीक्षा अघि नै पूर्वाञ्चलमा प्रश्न पत्र बाहिरिएको समाचार आएपछि छानविन भइरहेकोले नतिजा प्रकाशनमा ढिलाई भएको सीटीईभीटीले जनाएको छ । त्यस्तै राजधानीको परिक्षा केन्द्रमा भने नक्कली विद्यार्थीले छात्रबृतिको परिक्षा दिइएको पाइएको थियो ।
जातीय संघीयता स्विकार नगर्ने एमाले झलनाथ खनालको स्पष्ट(२०६९ श्रावण २३, मंगलवार)
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी संविधानसभाको निर्वाचनमा जान तयार रहेको बताएका छन् । उनले संविधानसभाबाटै संविधान जारी गर्ने पक्षमा एमाले रहेको उनले स्पष्ट पारे । दलहरुबीच राष्ट्रिय सहमति भए संविधानसभाको निर्वाचन स्विकार्य हुने उनको भनाई थियो । रिपोटर्स क्लवको नेतृत्वमा गएको सञ्चारकर्मीहरुसंग कुरा गर्दै खनालले एमाले जातीय संघीयताको पक्षमा हिजो पनि नभएको, आज पनि नभएको र भोलिका दिनमा पनि नहुने अडान स्पष्ट पारे ।
विपक्षी दलसम्वद्ध युवा संगठनहरुले तीन दिनयताको गर्दै आएको चक्काजामका कारण काठमाण्डौं अस्तब्यस्त(२०६९ श्रावण २३, मंगलवार)
विपक्षी दलसम्वद्ध युवा संगठनहरु आज पनि विहानैदेखि उपत्यका बन्द गराउन उत्रेका छन् । उनीहरुले गरेको चक्काजामका कारण विहानैदेखि सडकमा फाट्टफुट्ट मात्र गाडी चलेका छन् । आज काठमाडौंबाहिर पनि बन्द गरिएको खबर छ । हिजो पनि उनीहरुको चक्काजामका कारण काठमाण्डौं उपत्यकाको जनजीवन प्रभावित बन्यो । लाखौ विद्यार्थी विद्यालय र कलेज जानबाट वञ्चित भए । आज पनि विद्यार्थीले विद्यालय र कलेज जान पाएका छैनन् ।
लिम्बुवान राज्य परिषदद्धारा अरुण पुर्वका ९ जिल्ला बन्द आव्हान(२०६९ श्रावण २३, मंगलवार)
ऐतिहासिक लिम्बुवान राज्य खोसिएको दिनको रुपमा स्मरण गर्दै जनमुक्ति पार्टी अन्तर्गत लिम्बुवान राज्य परिषद्ले अरुण पुर्वका ९ जिल्ला बन्द आव्हान गरेको छ । पृथ्वी नारायण शाहले एकिकरण गर्नेक्रममा आजको दिन अर्थात साउन २२ गते तत्कालिन लिम्बुवान राज्य खोसेको विरोध स्वरुप यसलाई कालो दिनको रुपमा लिइने गरिएको परिषदका केन्द्रीय सचिव विष्णु थामदेनले जानकारी दिए । परिषदले अरुण पुर्वका धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ बन्द आव्हान गरेको जनाएको छ । बन्दका कारण यातायात, बजार, पसल, कलकारखाना, शिक्षण संस्थाहरु आंशिक प्रभावित भएका छन् ।
लापरवाहीले गर्दा चालक बिनै नेपालको रेल २७ किमी गुड्यो(२०६९ श्रावण २३, मंगलवार)
रेल चालक र कर्मचारीको लापरवाहीका कारण नेपालको एकमात्र रेलको ईञ्जिनले आज झण्डै ठूलो दुर्घटना निम्त्याएको थियो । चालक जगदीश खत्वेले लापरवाही गर्दा रेलको ईञ्जिन विना चालक जयनगरबाट जनकपुरसम्म २७ किलोमिटर गुडेको छ । तर संयोगवश यति लामो दूरी पारगर्दा पनि कुनै पनि दुर्घटना भने भएन । रेल चालक खत्वेले इन्जिनमा डिजल राखेर स्टार्टगरी आफू डिजेलको ड्रम स्टेशन कोठमा राख्न तल ओर्लेपछि स्टार्ट गरिछाडिएको इन्जिन तीब्र गतिमा गुडेको थियो । गुडेको इन्जिनलाई खजुरी रेलवे स्टेशनमा रोक्ने प्रयास गरिए पनि संभव भएन ।
पोखराको मणिपाल शिक्षण अस्पताल आठौं दिनपनि बन्द(२०६९ श्रावण २२, सोमवार)
मणिपाल शिक्षण अस्पताल आठौं दिनपनि बन्दपोखराको मणिपाल शिक्षण अस्पताल सोमवार आठौं दिनपनि बन्द छ । अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ सम्बद्ध चिकित्सकहरुले भारतीय चिकित्सक सरह सेवा सुविधा पाउनुपर्ने, अस्पतालको विनियम बनाई साढे दुईबर्षदेखि रोकिएको तलब वृद्धि हुनुपर्ने भन्दै माग पुरा नभएसम्म काममा नफर्कने बताउँदै आएका छन् । अस्पताल व्यवस्थापनले बन्द नगरिकन अहिलेसम्म कुनै माग पूरा नगरेकाले सेवा ठप्प पार्नु परेको अखिल नेपाल जनस्वास्थ्यकर्मी संघका सचिव डा. दीपक कोइरालाले बताए । कालो पट्टी बाँधेर जति काम गर्दा पनि माग पूरा नगरेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको बताए । अस्पतालमा बिरामी जाँच्नेदेखि पढाउने दुवै काम गर्दै आए पनि सेवाअनुसारको तलब र सुविधा नपाएको गुनासो गरे ।
भन्सार प्रहरीले बीच सडकमा घूस नदिएपछि महिलाहरू माथि हातपात(२०६९ श्रावण २२, सोमवार)
दुई जना पुरुषले तीन जना महिलालाई नगर बसबाट थुतेर तल झारे । वीरेन्द्र चोक नजिकै प्रहरी विट छ । त्यहीं सबैका अगाडि लछारपछार र कुटपिट गरे । हेर्नेहरूको घुइँचो लाग्यो । किन हातपात भइरहेको छ ? धेरैको जिज्ञासा थियो । निकै व्यस्त सार्वजनिक चोकमा कुटाई खाँदै गरेका महिलाहरू चिच्चाउँदै थिए । 'घूस माग्ने नदिएपछि उल्टो कुट्ने ?,' ती महिलाहरू भन्दै थिए । तुरुन्तै हातपातको रहस्य खुल्यो । उनीहरूमध्ये एकजना सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालयका निमित्त प्रमुख डीएसपी प्रेमप्रसाद पाण्डे र अर्का त्यहीका घुमुवा प्रहरी र कुटाई खानेहरू भन्सार छलेर सामान ओसारपसार गर्नेहरू थिए ।
प्रधानमन्त्री बाबुराम भट्टराई दलहरुबीच सहमति भए आफू तत्काल पद छाड्न तयार(२०६९ श्रावण २१, आइतवार)
काठमाडौंबाट प्राप्त समाचार अनुसार प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुबीच सहमति भए आफू तत्काल पद छाड्न तयार रहेको बताएका छन् । प्राप्त समाचार अनुसार राष्ट्रपति रामवरण यादवले शीतल निवासमा आइतबार आहृवान गरेको सर्वदलीय छलफलमा प्रधानमन्त्रीले सहमति भए तत्काल पद छाड्ने बताएका हुन् । 'दलहरुबीच सहमति भए मलाई सरकारमा एकछिन पनि बस्न मन छैन,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै माले महासचिव सीपी मैनालीले भने । प्रधानमन्त्रीले आफूलाई काम गर्न नदिएको गुनासो पटक पटक राखिहरे ।
नेकपा-माओवादीका नेत्रविक्रम चन्द विप्लवद्धारा टेबुलमा गरिएको कुराको सुनुवाई नभए बन्दुक उठ्न सक्ने चेतावनी(२०६९ श्रावण २१, आइतवार)

नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले टेबुलमा गरिएको कुराको सुनुवाई नभए बन्दुक उठ्न सक्ने चेतावनी दिनुभएको छ । पार्टी प्रशिक्षणका क्रममा रुकुम पुगेका उहाँले पत्रकारसँग बन्दुक उठाउनु रहर होइन भन्दै बन्दुक उठे अहिले सत्तामा बसेका दल र नेताका कारण उठ्ने दावी गर्नुभयो । अहिलेको राजनीतिक निकासका लागि गोलमेच सम्मेलन नै उत्तम विकल्प भएको उहाँको दावी थियो ।

तलब वृद्धिको माग गर्दै पाटन अस्पतालका कर्मचारीहरु चरणबद्ध आन्दोलनमा(२०६९ श्रावण २१, आइतवार)
तलब वृद्धिको माग गर्दै पाटन अस्पताल बन्दतलब वृद्धिको माग गर्दै पाटन अस्पतालका कर्मचारीहरु आजबाट चरणबद्ध आन्दोलनमा उत्रेका छन् । कर्मचारीको मागकासम्बन्धमा वार्ता भएपनि सफल नभएपछि उनीहरुले आज अस्पतालको प्रशासनिक कामकारवाही सबै बन्द गराए । भ्रष्टाचार र अनियमितता बन्द गर्नुपर्ने, एक व्यक्ति एक पदको व्यवस्था गरिनुपर्ने, पेन्सनको योजना तुरुन्त लागु गर्नुपर्ने, असमान र भेदभावको तुरुन्त अन्त्य गर्नुपर्नेलगायत माग कर्मचारीको छ ।
उपराष्ट्रपतिको सचिवालयमा छोरा सचिव, बुहारी उपसचिव र भतिजालाइ सहसचिवमा नियुक्त(२०६९ श्रावण २१, आइतवार)
उपराष्ट्रपति परमानन्द झाले छोरालाई सचिव, बुहारीलाई उपसचिव र सहसचिवमा भतिजालाई नियुक्त गर्नुभएको छ । उपराष्ट्रपति झाको स्वकीय सचिवालयमा सचिव, सहसचिव, उपसचिवसहित ६ जना रहने व्यवस्था रहेको छ । उनीहरुले नेपाल सरकारका कर्मचारी सरह तलब सुविधा पाउने गरेका छन् । उपराष्ट्रपतिले छोरा कृष्णचन्द्र झालाई सचिवमा नियुक्त गर्नुभएको हो । छोराको तलब ३१ हजार ८० रुपैयाँ, सुविधाको गाडि, इन्धन र सञ्चारसहित मसलन्द खर्च छ भने, भतिजा सहसचिवलाई २४ हजार सातसय ४० रुपैयाँ नगदसहित, सुविधाको इन्धन र सञ्चारसहित मसलन्द खर्च छ । 
माओवादीको महाधिवेशन माघ १४ मा सुरु गर्ने निर्णय /काग्रेसमा फेरी विवाद नेवि संघमा देउवा पक्षले समानान्तर संगठन बनाउने/पुस १६ गते महाधिवेशन गर्ने घोषणा(२०६९ श्रावण २०, शनिवार)
एकीकृत नेकपा माओवादीको महाधिवेशन आगामी माघ १४ गते हुने भएको छ ।महाधिवेशन आयोजक समितिको शनिबार बसेको बैठकले झण्डै दुई दशकदेखि हुन नसकेको महाधिवेशन माघ १४ गतेबाट गर्ने निर्णय गरेको हो । बैठकले नेताहरुको जिम्मेबारी हेरफेर गरेको छ भने अध्यक्ष प्रचण्डका लागि निवास तय गर्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिएको हो ।यसै बिच काग्रेसमा फेरी विवाद नेवि संघमा देउवा पक्षले समानान्तर संगठन बनाउने,पुस १६ गते १६ गते महाधिवेशन गर्ने घोषणा ,नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा समानान्तर संगठन बनाउने भएको छ ।

एकीकृत नेकपा माओवादीको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै/पार्टीको रणनीति समेत तयार पार्ने(२०६९ श्रावण २०, शनिवार)
पार्टी नेताहरुको कार्याविभाजको टुंगो लगाउन एकीकृत नेकपा माओवादीको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ ।पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो एकबजे पछि बस्ने बैठकमा पार्टीको भावी योजना, नयाँ रणनीतिका बारेमा छलफल हुनुका साथै आयोजक समितिमा बाँकी रहेका सदस्यहरुको नामावली तय गरिने कार्यक्रम रहेको नेता अग्नि सापकोटाले जानकारी दिनुभयो ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736