arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
काङ्ग्रेस सुशील कोइरालाद्धारा पार्टी कार्यकर्तालाई गाउँगाउँ जान निर्देशन(२०६९ ज्येष्ड १७, बुधवार)
काठमाडौ, । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले पार्टी कार्यकर्तालाई गाउँगाउँ जान निर्देशन दिनुभएको छ । आफ्नो निवास महाराजगन्जमा पुगेका कार्यकर्तालाई कोइरालाले पार्टीलाई जनताका माझ सशक्त बनाउन र पार्टीको आधिकारिक धारणा लैजान आग्रह गर्नुभयो । अब राष्ट्रिय सहमतिका आधारमा मुलुकमा कुनै पनि बेला निर्वाचन हुनसक्ने भएकोले उहाँले कार्यकर्तालाई जिल्ला फर्कन निर्देशन दिनुभएको हो । सभापति कोइरालाले राष्ट्रिय सहमतिको सरकार छिटै गठन हुने आश्वासन पनि दिनुभयो ।
डोटीमा जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु(२०६९ ज्येष्ड १७, बुधवार)
डोटीको सिरसइन सिर्मा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । साजगार्डबाट सदरमुकाम सिलगढी जाँदै गरेको खचाखच भरिएको ना १ ज ३२६१ नम्बरको महिन्द्रा जीप सडकबाट ४ सय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहान ९:३० बजे दुर्घटना भएको हो । तीन जनाको घटनास्थलमै र अन्यको सिलगुढी जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको डोटी प्रहरी प्रमुख डिएसपी भरत बोहरा जनाए । दुर्घटनाको कारण खुलेको छैन । जीपमा २२ जना सवार थिए ।
आगामी मंसिर ७ गते चुनाव भए २३ वर्ष पुगेकाले समेत मतदान गर्न नपाउने(२०६९ ज्येष्ड १७, बुधवार)
अहिलेकै व्यवस्था अनुसार सरकारले प्रस्ताव गरेको मिति मङ्सिर ७ मा निर्वाचन भए त्यतिञ्जेल २३ वर्ष पुगिसकेकाले समेत मतदान गर्न पाउने छैनन्। अन्तरिम संविधान २०६३ को धारा ६३ को उपधारा ७ मा ६ वर्षअघि १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने उल्लेख छ। 'संविधान सभाको निर्वाचनको प्रयोजनको लागि सम्वत् २०६३ साल मङ्सिर मसान्तसम्म अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई कानूनमा व्यवस्था भए बमोजिम मतदान गर्ने अधिकार हुनेछ', सो उपधारामा लेखिएको छ।
मंसिर ७ गतेको चुनाव रोक्न सर्वोच्च अदालतमा रिट (२०६९ ज्येष्ड १७, बुधवार)
प्रधानमन्त्री बाबुराम भट्टराईले घोषणा गरेका चुनाव अवैधानिक भएकाले रोकिपाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता सन्तोष बस्नेतले दायर गरेका उक्त रिटमा जुन धारा समातेर प्रधान मन्त्रीले चुनाव घोषणा गरे, त्यो एक पटकका लागि मात्र भएको र प्रयोजन सकिइसकेकाले पुन: त्यसैका आधारमा चुनाव हुन नसक्ने दाबी गरिएको छ। रिटमा अन्तरिम संविधानको धारा ६३ मा २०६३ मङ्सिर मसान्तसम्म १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने उल्लेख गरिएकोले सो धारा त्यतिबेला एक पटकका लागि मात्र व्यवस्था गरिएको जिकिर गरिएको छ। त्यही व्यवस्था लागू भए लाखौँ नागरिक मतदानबाट वञ्चित हुने रिटमा छ।
माओवादी सीपी गजुरेलद्धारा राजनीतिक "कु" गरेको भन्दै बाबुराम भट्टराईलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन पुनः आग्रह(२०६९ ज्येष्ड १६, मंगलवार)
माओवादीका सचिव सीपी गजुरेलले आफ्नै पार्टीका उपाध्यक्ष डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन पुनः आग्रह गरेका छन् । उनले भने, सरकारको संवैधानिक हैसियत समाप्त भएकाले डा भट्टराईले नैतिकताका आधारमा पद छोड्नुपर्छ ।  मंगलबार आयोजित साक्षात्कारमा सचिव गजुरेलले वर्तमान सरकारले आगामी मङ्सिर ७ गते संविधानसभाको निर्वाचनको घोषणा गरेर राजनीतिक कु गरेको छ, यो सत्ता लम्ब्याउने खेल मात्र रहेको दावी गरे ।
कांग्रेस अव प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको निर्वाचनको घोषण असंवैधानिक भएको भन्दै त्यस विरुद्ध आन्दोलनमा(२०६९ ज्येष्ड १६, मंगलवार)
नेपाली कांग्रेसले प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको निर्वाचनको घोषण असंवैधानिक भएको भन्दै त्यस विरुद्ध आन्दोलन गर्ने जनाएको छ । मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सडक र कानुनीबाटो बाट संघर्ष गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य शंकर भण्डारीका अनुसार आन्दोलनका लागि पार्टीको सबै भातृ संगठनलाई परिचालन गर्ने निर्णय भएको छ । कस्तो प्रकारको आन्दोलन गर्ने बारे भोलि बस्ने बैठकले निर्णय गर्ने उनले जानकारी दिए । 
राष्ट्रसंघका महासचिवद्धारा नेपालमा नयाँ संविधान जारी नभइ संविधानसभा बिगठन भएकोमा चिन्ता व्यक्त(२०६९ ज्येष्ड १६, मंगलवार)
ban ki moonराष्ट्रसंघका महासचिव बान-कि मुनले नेपालमा नयाँ संविधान जारी नभइ संविधानसभा बिगठन भएकोमा चिन्ता व्यक्त गरेका छन् । महासचिव मुनका प्रवक्ताले मंगलबार जारी गरेको एक बिज्ञप्तीमा संविधानसभा बिगठनले नेपाली जनतामा छाएको निराशाप्रति सहानुभूति व्यक्त गरिएको छ । संविधानसभा बिगठनसँगै नेपाल संवैधानिक र राजनीतिक अनिश्चिततातर्फ प्रवेश गरेको भन्दै महासचिव मुनले वर्तमान चुनौतिबाट पार पाउन राजनीतिक दलहरुले सहमतिपूर्वक हिम्मत र विवेक देखाउनुपर्ने सुझाव दिएका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा पुगेर राष्ट्रपति रामवरण यादवसंग भटे(२०६९ ज्येष्ड १६, मंगलवार)
Photo8प्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार बिहान शितल निवास पुगेर राष्ट्रपति रामवरण यादवसंग भटेका छन् । संविधानसभाको विघटन र नया निर्वाचनको घोषणास संगै बदलिएको परिस्थितिमा भट्टराईले राष्ट्रपतिसंग भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले राजनीतिक दलहरुका बीचमा सहमतिको वतावरण बनाएर अगाडि बढ्नेमा जोड दिएका छन् । राष्ट्रपतिसंग उनले भने संविधानसभाको विघटन भएर अर्को संविधानसभाको निर्वाचन हुन्छ भन्ने संवैधानिक प्रावधान संविधानमा नभएकोले अब हामीले सहमतिको बाटो खोज्दै अगाडि बढ्नु पर्छ ।
स‍ंविधान सभा भंग भएको भोलिपल्ट प्रधानमन्त्री भट्टराईले जनतासँग प्रधानमन्त्रीको प्रत्यक्ष फोन वार्ता, निर्वाचनको घोषणा संवैधानिक भएको दावी(२०६९ ज्येष्ड १६, मंगलवार)
स‍ंविधान सभा भंग भएको भोलिपल्ट प्रधानमन्त्री बाबुराम भट्टराईले रेडियो नेपालको जनतासँग प्रधानमन्त्री कार्यक्रममा जनतासँग प्रत्यक्ष फोन वार्ता गरेका छन्। त्यस क्रममा आगामी मङ्सिर ७ गते घोषणा गरिएको निर्वाचनमा आफनो पार्टीलाई नेपाली जनताले दुई तिहाई मत दिएर विजयी बनाउने दाबी गर्दै उनले भने- 'परिवर्तनको एजेन्डालाई स्वीकार नगर्नेहरूलाई नेपाली जनतालो ठेगान लगाइदिने छन्। ' निर्वाचनको घोषणा संवैधानिक भएको उनले बताए। सरकारले सर्वोच्च अदालतको आदेशअनुसार कानुनी संवैधानिक दायराभित्रै रहेर नयाँ निर्वाचन घोषणा गरेको उनले बताएका हुन्।
भिडियोमा माओवादी दाहालद्धारा चार चार पटक पनि चुनाव हुन सक्छ भन्दै अब चुनावमा जाँदा फेरि पुरानै एजेण्डा लिएर जाने(२०६९ ज्येष्ड १६, मंगलवार)
VIDEO: माओवादी पुष्पकमल दाहालद्धारा चार चार पटक पनि संविधान सभा चुनाव हुन सक्छ भन्दै अब चुनावमा जाँदा फेरि पुरानै एजेण्डा लिएर जाने।
कङ्ग्रेस-एमालेलगायतका साना दलद्धारा प्रधानमन्त्रीले गरेको चुनाव घोषणा अवैधानिक भएको ठहर, सहमतिको सरकार तत्काल गठन गर्न आग्रह(२०६९ ज्येष्ड १५, सोमवार)
कङ्ग्रेस-एमालेलगायतका साना दलले प्रधान मन्त्री बाबुराम भट्‍टराईले आइतबार मध्य रातमा गरेको चुनाव घोषणा संवैधानिक, राजनीतिक र कानुनीरुपमा अवैधानिक भएको ठहर गरेका छन्। कङ्ग्रेस मुख्यालय सानेपामा बसेको सर्वदलीय बैठकले प्रधान मन्त्रीको चुनाव घोषणाको कदम असंवैधानिक भएको ठहर गर्दै राष्ट्रपतिलाई सर्वदलीय सहमतिको सरकार तत्काल गठन गर्न आग्रह गरेका छन्।
माओवादी पुष्पकमल दाहालद्धारा चार चार पटक पनि संविधान सभा चुनाव हुन सक्छ भन्दै संविधान बन्न नसकेकोमा क्षमायाचना, (२०६९ ज्येष्ड १५, सोमवार)
माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले संविधान बनिहाल्ला भनेर सेना समायोजन नगरेको बताएका छन्। मोहन वैद्यहरुलाई अध्यक्षले सबै अडान छाड्छ भन्ने लागेको बताउँदै उनले उनीहरु कति मनोगत छन् भन्ने अहिले पुष्टि भएको पनि बताए। उनले संविधान बन्न नसकेकोमा क्षमायाचना पनि गरे। अनि भने- हामी संविधानतिर केन्द्रित भयौं तर कङ्ग्रेस र एमालेहरु सत्ता कसरी प्राप्त गर्ने भन्नेमा लागे। पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन।
एमाले ताजा निर्वाचनमा जान तयार (प्रेस विज्ञप्तिको पूर्ण पाठ)(२०६९ ज्येष्ड १५, सोमवार)
संविधानसभा भंग भइसकेको अवस्थामा संविधानसभाबाटै नयाँ संविधान जारी गर्न एमाले ताजा निर्वाचनमा जान तयार भएको छ । नेकपा एमालेले प्रधान मन्त्री बाबुराम भट्टराईले चुनाव गराउनका लागि गरेको सिफारिस अवैधानिक भएको ठहर गरेको छ। उसले यस्तो अवैधानिक कदम चाल्ने प्रधान मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग पनि गरेको छ। आज बसेको एमाले स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो। उसले प्रधान मन्त्रीको कदम असंवैधानिकसमेत रहेको ठहर गरेको छ।
संविधान सभा विघटनपछिको अवस्थाबारे छलफल गरी आगामी रणनीति तय गर्ने उद्देश्यले कङ्ग्रेस, एमाले, माले, मधेसी फोरमको सर्वदलीय छलफल सुरु(२०६९ ज्येष्ड १५, सोमवार)
संविधान सभा विघटनपछिको अवस्थाबारे छलफल गरी आगामी रणनीति तय गर्ने उद्देश्यले सानेपास्थित नेपाली कङ्ग्रेस केन्द्रीय कार्यालयमा अहिले सर्वदलीय छलफल सुरु भएको छ। छलफलमा नेपाली कङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माले), मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) शरदसिंह भण्डारी समूह र राष्ट्रिय जनशक्ति पार्टीको सहभागिता छ। संविधान सभाको विघटनपछिको अवस्थाबारे समीक्षा गरी भावी रणनीति तय गर्न छलफल भइरहेको छलफलमा सहभागी कङ्ग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए।
संबिधान सभाबाट संबिधान घोषणा नभएपछि जनआक्रोश बढ्दो, माओवादी पुष्पकमल दाहाल र प्रधानमन्त्री भट्टराईको पुत्ला दहन(२०६९ ज्येष्ड १५, सोमवार)
संबिधान सभाबाट संबिधान घोषणा नभएपछि जनआक्रोश बढ्दो छ । जनजाति संगसंगठनले आजै राजधानीमा विरोध कार्यक्रम राखेका छन् भने देशभर स्वतस्फूर्तै रुपमा विरोधका कार्यक्रम सुरु भएको छ, आज बिहानैदेखि । आज धनगढीमा संविधान बनाउन अयोग्य घोषित गर्दै संबिधान सभा सदस्यहरु, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुत्ला दहन गरिएको छ ।
माओवादी बैद्य र रामबहादुर थापाले सरकारको कदमप्रति गम्भीर आपत्ति, प्रधानमन्त्री भट्टराइको राजीनामा माग(२०६९ ज्येष्ड १५, सोमवार)
राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले भट्टराइको कदमप्रति  स्वागत ! सरकारले संविधानसभाको चुनावको मिति घोषणा गरेकोप्रति टिप्पणी आउने क्रम जारी छ । एकीकृत माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षले नै सो कदमप्रति गम्भीर आपत्ति जनाएको छ भने राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ । उपाध्यक्ष बैद्य र महासचिव रामबहादुर थापाले आज संयुक्त विज्ञप्ति जारी गरी तत्काल राजीनामा गरेर राष्ट्रिय सहमतिको सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री भट्टराइलाई आग्रह गर्नुभएको हो ।
चित्रबहादुर केसीद्धारा संविधानसभाले संविधान दिन नसकेमो दुख व्यक्त गर्दै मुलुक ध्वस्त हुनबाट जोगिएको टिप्पणी(२०६९ ज्येष्ड १५, सोमवार)
संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा संघीयता आवश्‍यक नभएको पुष्टी भएको बताएका छन्। माओवादीको कारण संविधान सभा विघटन भएकोमा चिन्ता व्यक्त गर्दै मुलुकमा गम्भिर संकट सृजना भएको बताए। केसीले संविधानसभाले संविधान दिन नसकेमो दुख व्यक्त गर्दै मुलुक ध्वस्त हुनबाट जोगिएको टिप्पणी गरेका छन्। 'माओवादीले मुलुकलाई जातीय संघीयतामा लगेर ध्वस्त पार्ने षडयन्त्रमा थियो,' केसीले सोमबार विहान नागरिकसँग भने, 'कांग्रेस, एमाले जातीय संघीयता स्विकार नगरेर मुलुकलाई ध्वस्त हुनबाट जोगाए।'
विघठित संविधानसभाकाका पाँच दलद्धारा प्रधानमन्त्री भट्टराईले घोषणा गरेको निर्वाचन अवैद्यानिक भएको भन्दै राजीनामा माग(२०६९ ज्येष्ड १५, सोमवार)
विघठित संविधानसभाकाका पाँच दलले प्रधानमन्त्री बाबुराम भट्टराईले घोषणा गरेको निर्वाचन अवैद्यानिक भएको बताएका छन् । संविधानसभा भंग भएलगत्तै कांग्रेस, एमाले, मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक र राप्रपाले संयुक्त विज्ञप्ती जारी गर्दै सरकारको औचित्य सकिएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् । नेपाली काग्रेस, नेकपा एमाले, मधेशी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय जनशक्ति पार्टीले प्रधानमन्त्री बाबुराम भट्टराइ नेतृत्वको सरकारले घोषणा गरेको अर्को संविधानसभाको निर्वाचन अन्तरिम संविधान विरुद्ध भएको भन्दै त्यसप्रति राष्ट्रपति ध्यान आर्कषण गराएका थिए ।
भिडियोमा राष्ट्रका नाउँमा सम्बोधन: प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा मंसिर ७ गतेको लागि ताजा निर्वाचनको घोषणा(२०६९ ज्येष्ड १५, सोमवार)

एमालेबाट सरकारमा उप्रधानमन्त्री रहेका ईश्वर पोखरेलद्धारा राजीनामा(२०६९ ज्येष्ड १५, सोमवार)
संविधानसभाको चुनाव आगामी मंसिर ७ गते प्रधानमन्त्री बाबुराम भट्टराईइको मन्त्रिपरिषद्को बसेको बैठकमा उक्त प्रस्तव गरेपछि एमालेका मन्त्री ईश्वर पोखरेलले राजीनामा दिएका छन्। चार मन्त्रालय पाए पनि एमालेबाट पोखरेल र राधा ज्ञवालीमात्र सहभागी थिए।
सभासद्हरुले संविधान लेख्ने नाममा २ अर्ब ९४ करोढ रुपैंया सिध्याए (२०६९ ज्येष्ड १३, शनिवार)
संविधान सभाले करिब ३ अर्ब रुपैयाँ सक्योदुई वर्ष भित्र नेपाली जनतालाई संविधान दिने बाचा गरेर चार वर्षसम्म आफ्नो आयू बढाएका सभासद्हरुले संविधान लेख्ने नाममा झण्डै तीन अर्व रुपैंया सिध्याएका छन् । पटकपटक आफ्नो आयू वढाएका सभासद्ले हालसम्म २ अर्ब ९४ करोड रुपैयाँ सिध्याएका छन् । संविधान सभाको पहिलो बैठकदेखि बैशाख मसान्तसम्म २ अर्ब ९४ करोढ रुपैयाँ खर्च भएको संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । दलगत स्वार्थका कारण सहमतीका पुग्न नसकेका राजनीतिक दलहरुसँग मुलुकलाई नयाँ संविधान दिन सक्ने समय केहि घण्टा मात्रै बाँकी छ ।
माओवादी हठका कारण सहमति जुट्न नसकेको एमाले बामदेव गौतमको आरोप(२०६९ ज्येष्ड १३, शनिवार)
तीन दल र मधेसी मोर्चाबीच सहमति जुट्न नसकेपछि सिंहदरबारमा बसेको एमालेको आन्तरिक बैठक सकिएको छ। बैठकबाट बाहिरिएका एमाले नेता बामदेव गौतमले माओवादी हठका कारण सहमति जुट्न नसकेको आरोप लगाए। 'अब फेरि हामी बहुपहिचानका आधारमा सहमति खोज्छौं', उनले भने। संविधान निर्माण प्रक्रियामा एमालैसँगै उभिएको कांग्रेसले पनि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक गरेको छ।
कङ्ग्रेस, एमाले र माओवादीको वैद्य पक्षद्धारा सरकारविरुद्ध अविश्वासको प्रस्ताव(२०६९ ज्येष्ड १३, शनिवार)
नेपाली कङ्ग्रेस, एमाले र माओवादीको वैद्य पक्ष वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा जुटेका छन्। यस क्रममा कङ्ग्रेसले सय जना जतिको हस्ताक्षर गराइसकेको छ भने बाँकीलाई पनि हस्ताक्षरका लागि संसदीय दलको कार्यालयमा उपस्थित हुन खबर गरिरहेको छ। उता माओवादीको वैद्य पक्षमा यसको नेतृत्व पम्फा भुषाललगायतले गरिरहेका छन्। वैद्य पक्षले हिँजै यसबारे प्रयास थालेको थियो। तर पुरानो हस्ताक्षरको गलत प्रयोग हुन थालेको भन्दै केही सभासदले आपत्ति जनाएपछि आज पुन: नयाँ प्रयास थालिएको हो।
संविधान जारी गर्ने अन्तिम दिन जेठ १४ आउन केही घण्टाहरु मात्र बाँकी रहेका बेला देशभरको सुरक्षा प्रणाली उच्च(२०६९ ज्येष्ड १३, शनिवार)
संविधान जारी गर्ने अन्तिम दिन जेठ १४ आउन केही घण्टाहरु मात्र बाँकी रहेका बेला राजधानीलगायत मुलुकका प्रमुख शहरहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 
भारतीय सिमा सुरक्षा बल एसएबीका जवान र स्थानीयबीच रौतहटमा झडप(२०६९ ज्येष्ड १३, शनिवार)
रौतहट सदरमुकाम गौरसँग जोडिएको भारतीय सीमावर्ती बजार वैरगिनियामा स्थानीय र भारतीय सीमा सुरक्षा बलबीच भएको हिंसात्मक झडपपछि नेपाली सीमामा कडाई गरिएको छ। उक्त झडपमा एक जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय निरज पासवान छन्। कुनै अप्रिय स्थिति आउन नदिनका लागि सीमामा कडाई गरिएको रौतहट जिल्लाका प्रहरी उपरीक्षक ठूले राईले बताए।
एमालेद्धारा पार्टीभित्र जे जस्ता विचार आएपनि संविधान सभामा एकवद्ध भएर उत्रने निर्णय(२०६९ ज्येष्ड १३, शनिवार)
नेकपा एमाले संसदीय दलको भर्खरै सम्पन्न बैठकले संविधानका विषयमा पार्टीभित्र जे जस्ता विचार आएपनि संविधान सभामा एकवद्ध भएर उत्रने निर्णय गरेको छ। पार्टीले विवादित विषयलाई संविधानसभाबाट टुङ्ग्याएर १४ गतेभित्रै संविधान जारी गर्न सहमतिको प्रयास राख्‍ने निर्णय गरेको छ। एमाले सचेतक भीम आचार्यले बैठकबारे जानकारी दिँदै भोलिसम्म सहमतिमा संविधान जारी गर्ने र बाँकी रहेका कुरा रुपान्तरित संसदले सुल्ट्याउँदै जाने निर्णय भएको बताए।
सर्बत्र विबादमा परेका माओवादी पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल आज सगरमाथा चढ्ने(२०६९ ज्येष्ड १३, शनिवार)
शुक्रबारमात्रै ६० जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। बिहान १० देखि २ बजेसम्ममा ३१ जना नेपाली र २९ जना विदेशीले सगरमाथाको सफल आरोहण गरेका हुन। सगरमाथा आरोहणको सिजन सकिनै लाग्दा यत्ति धेरैको सङ्ख्यामा सगरमाथाको सफल आरोहण गरेका छन्। सिजनको अन्तिम आरोहीहरु आज मे २६ तारिख (जेठ १३ गते) मा नेपाली र विदेशी गरी १ सय २८ जनाले शिखर चुम्ने लक्ष्य राखेको पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत आङदावा शेर्पाले जनकारी दिए।
राष्ट्रपति रामवरण यादवद्धारा जेठ १४ भित्रै संविधान जारी गर्न तीन दल र मधेसी नेताहरुलाई सुझाव(२०६९ ज्येष्ड १२, शुक्रवार)
सहमति जुटाउन सिंहदरबारमा बसेको निश्कर्षविहीन बैठक लगत्तै शितल निवास पुगेका शीर्ष नेताहरुलाई राष्ट्रपति रामवरण यादवले विवादित विषयलाई छिटो टुङ्ग्याएर जेठ १४ भित्रै संविधान जारी गर्न सुझाव दिएका छन्। संविधानसभाको समय बाँकी छँदै संविधान जारी गर्न राष्ट्रपतिले आग्रह गरेको नेकपा(एमाले)का अध्यक्ष झलनाथ खनालले जानकारी दिए। राष्ट्रपति यादवसँग भएको कुराकानी उद्धृत गर्दै अध्यक्ष खनालले भने - 'उहाँले बाँकी अवधिमा संविधानका विवादित विषयहरूलाई टुङ्ग्याएर संविधान जारी गर्न र देशलाई निकास दिन प्रमुख पार्टीका नेताहरूलाई आग्रह गर्नुभयो, हामीले उहाँलाई समयभित्रै संविधान जारी गर्ने विश्वास दिलायौं।'
सात दिनभित्र सशरीर अदालतमा उपस्थित नभए प्रधानमन्त्री र सिटौलालाई एक-एक वर्ष जेल सजायको सम्भावना(२०६९ ज्येष्ड १२, शुक्रवार)
सर्वोच्च अदालतको आदेश अपमान गर्दै संविधान सभाको म्याद फेरि तीन महिना थप्न संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेकोमा जवाफ दिन सात दिनभित्र सशरीर उपस्थित हुन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालिन कानून मन्त्री कृष्ण सिटौलालाई आदेश दिएको छ । उनीहरु दुबैलाई अदालतको मानहानीमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ । यदि अदालतले आफ्नो आदेशको अपहेलना गरेको ठहर गरेमा दुबैजनालाई एकएक वर्ष जेल र अरु सजायको फैसला सुनाउन सक्ने जानकारहरुले बताएका छन।
माओवादीद्धारा आफ्ना २४० जना जन्तीलाई ४ वर्षदेखि खाने मेसो बनेको संविधानसभाको म्याद थप नगर्न सर्वोच्चले दिएको आदेश बेठीक भएको निष्कर्ष(२०६९ ज्येष्ड १२, शुक्रवार)
माओवादीको स्थायी समितिको अनौपचारिक बैठकले दुई सय चालिस जनालाई चार वर्षदेखि खाने मेसो बनेको संविधान सभाको तीन महिना म्याद थप गर्न व्यवस्थापिका-संसद्मा दर्ता गराइएको संविधान संशोधन विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश बेठीक भएको निष्कर्ष निकालेको छ। तीन दलको छलफलपछि सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा बसेको बैठकले 'सर्वोच्च अदालतले सरकार सहमतिका आधारमा यही संविधानसभाबाट संविधान जारी गर्ने प्रयासमा छ भन्ने आशयलाई बुझ्न नसकेको' ठहर पनि गरेको छ।