arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
आफै सरकारमा रहेको बेला एकीकृत माओवादीद्धारा चितवन जिल्ला बन्द(२०६९ आषाढ १८, सोमवार)
आफै सरकारमा रहेको बेला एकीकृत माओवादीले आज चितवन जिल्ला बन्द गराएको छ । बन्दका कारण चितवनको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ । बन्दका कारण यातायातका साधन चल्न सकेको छैन भने शैक्षिक संस्था र बजार ठप्प बनेको छ । विहानैदेखि एकीकृत माओवादीका कार्यकर्ता चोक चोकमा बसेर प्रदर्शन गरिरहेका छन् । चितवनस्थित कार्यालय प्रयोगबारे गत शनिबार एकीकृत नेकपा माओवादी र नवगठित नेकपामाओवादीका कार्यकर्ताबीच झडप हुँदा एक दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका थिए भने दर्जनौ मोटरसाइकल तोडफोड भएको थियो ।
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्ती आज(२०६९ आषाढ १८, सोमवार)
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्ती आज कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदैछ । राजधानीमा जन्मजयन्तीसम्बन्धि विभिन्न कार्यक्रम गरिँदैछ । जिल्लाहरुमा पनि कार्यक्रम गरिँदै छ । भारत निर्वासनमा रहेकै बेला वि सं १९८१ सालमा कृष्णप्रसाद कोइराला र दिब्या कोइरालाको पुत्रका रुपमा बिहार राज्यको टेडी शहरमा आजकै दिन उहाँको जन्म भएको थियो । बाल्यकाल भारतमै बिताएका कोइरालाको विद्यालय शिक्षा विराटनगरमा र त्यसपछिको शिक्षा भारतमै भएको थियो ।
काठमाडौं महानगरपालिका र यातायात व्यवसायीबीच भदौ १ गतेदेखि रात्रिबस सञ्चालन गर्ने सम्झौता(२०६९ आषाढ १८, सोमवार)
काठमाडौं महानगरपालिका र यातायात व्यवसायीबीच भदौ १ गतेदेखि रात्रिबस सञ्चालन गर्ने सम्झौता भएको छ । महानगरपालिका र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच रत्नपार्कलाई मुख्य केन्द्रविन्दु बनाएर रात्रिबस सञ्चालन गर्ने सम्झौता भएको हो । राति ८ बजेदेखि ११ बजेसम्म बस सञ्चालन गरिनेछ । महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले २६ सिटभन्दा बढी क्षमताका १४ वटा बस सञ्चालन गर्ने तयारी भएको बताए । एकै प्रकारका र उस्तै रङका बस सञ्चालन गर्ने उनले बताए ।
शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीद्धारा विनाविकल्प वर्तमान सरकार नहट्ने स्पष्ट(२०६९ आषाढ १७, आइतवार)
शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीले विनाविकल्प वर्तमान सरकार नहट्ने बताएका छन्। उनले सडकबाट राजीनामा माग्दैमा सरकार नहट्ने स्पष्ट पारे। राष्ट्रिय सरकारका लागि माग गरिएको हो भने विकल्पसहित छलफलमा आउनुपर्ने उनको तर्क थियो। राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री रायमाझीले सडकबाट राजीनामा माग्नु प्रतिपक्षको धर्म भए पनि प्रधानमन्त्रीले विना विकल्प राजीनामा नदिने बताए।
एमालेद्धारा अब बन्ने सरकारको प्रधानमन्त्रीका लागि छिटो नाम दिन कांग्रेस सुशील कोइरालालाई आग्रह (२०६९ आषाढ १७, आइतवार)
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अब बन्ने सरकारको प्रधानमन्त्रीका लागि छिटो नाम दिन कांग्रेस सभापति सुशील कोइरालालाई आग्रह गर्नुभएको छ । एमाले अध्यक्ष खनाललाई भेट्न उहाँको काठमाडौं डल्लुस्थित निवासमा पुग्नु भएका कांग्रेस सभापति कोइरालासंगको छलफलपछि खनालले यस्तो बताउनु भएको हो । भेटपछि कांग्रेस सभापति कोइरालाले पार्टीमा छलफल गरेर छिट्टै नयाँ प्रधानमन्त्रीको नाम दिने बताउनु भएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाह पाँच दिने धार्मिक भ्रमणका लागि भैरहवामा(२०६९ आषाढ १७, आइतवार)
पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणका लागि आइतबार भैरहवा पुगेका छन् । पाँच दिने भ्रमणका लागि भैरहहवा गएका ज्ञानेन्द्रले नवलपरासी, कपिलवस्तु र रुपन्देहीका विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम छ । भैरहवामा पूर्वराजाको भव्य स्वागत भएको छ । उनको स्वागतका लागि विभिन्न स्थानमा स्वागतद्वार बनाइएका छन् । गौतम बुद्ध विमानस्थलमा सयौं शुभेच्छुक ज्ञानेन्द्रको स्वागतका लागि पुगेका थिए ।
मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)कमा नेतृत्व विवाद, कार्यवाहक अध्यक्ष राजकिशोर यादवलाई हटाइयो(२०६९ आषाढ १७, आइतवार)
मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)कमा नेतृत्व विवाद फेरि चर्किएको छ । गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवलाई बहुमत केन्द्रीय सदस्यले हटाएको घोषणा गरेका छन् । अध्यक्ष जेपी गुप्ता भ्रष्टाचार मुद्दामा जेल परेपछि पार्टीका सहअध्यक्ष यादवलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो । गुप्ताले सम्हाल्दै आएको सूचना तथा सञ्चार मन्त्रालय पनि यादवकै पोल्टामा परेको थियो । बरिष्ठ नेता राजलाल यादवले राजकिशोरले कार्यवाहक अध्यक्षको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै हटाएको दाबी गरे । नन्दनकुमार दत्तलाई उक्त जिम्मेवारी दिइएको उनको भनाइ छ ।
उद्योग वाणिज्य महासंघले दलीय सहमतिमा बजेट ल्याउँन दबाव दिँदै(२०६९ आषाढ १७, आइतवार)
काठमाडौं, १७ असार समयमा बजेट ल्याउँन दलीय सहमति जरुरी रहेको भन्दै उद्यागी(व्यवसायिकहरुले विभिन्न दलहरुका प्रमुख नेतालाई भेट्दै छन् ।
एकीकृत माओवादी फुटेपछि पहिलोपटक प्रधानमन्त्री भट्टराईद्धारा नवगठित नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेट (२०६९ आषाढ १७, आइतवार)
एकीकृत माओवादी फुटेपछि पहिलोपटक प्रधानमन्त्री बाबुराम भट्टराईले नवगठित नेकपामाओवादीका अध्यक्ष मोहन वैद्यसँग भेट गरेका छन् । दुई माओवादीका कार्यकर्ताबीच देशका विभिन्न ठाउँमा भीडन्त भइरहेकाबेला एकीकृत माओवादीका उपाध्यक्षसमेत रहेका भट्टराईले वैद्यलाई भेटेका हुन् । शनिबार राति वैद्य निवास गोंगबुमा भएको भेटमा पार्टी एकता, राजनीतिक गतिरोधको निकासलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।राजनीतिक निकासका लागि परामर्स गरिरहेका प्रधानमन्त्रीले शनिबार साँझ नै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरे ।
माओवादी र काँग्रेसले देशलाई अगुवाई गर्ने अवस्था सकिएको झलनाथ खनालको भनाई(२०६९ आषाढ १६, शनिवार)
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादी र काँग्रेसले देशलाई अगुवाई गर्ने अवस्था सकिएको बताएका छन । माओवादीले उग्रबामपन्थको र काँग्रेसले यथास्थितिवादको प्रतिनिधित्व गर्ने भएकाले ती दुई पार्टीले अब राष्ट्रको प्रतिनिधित्व गर्ने समय सकिएको उहाँले बताए । उग्रपन्थ र दक्षिणपन्थ विरुद्धको संघर्षलाई जारी राख्दै अब एमाले नयाँ उदीयमान शक्तिको रुपमा स्थापित हुने खनालले ठोकुवा गरे ।
सरकारले सयौंको संख्यामा प्रहरी परिचालन गरी काठमाडौको लाजिम्पाट-बुढानीलकण्ठ सडक विस्तार(२०६९ आषाढ १६, शनिवार)
लैनचौरबुढानीलकण्ठ सडक विस्तार गर्न सरकारले लगायो विहानैदेखि डोजरसरकारले आज विहानैदेखि काठमाडौको लाजिम्पाटबुढानीलकण्ठ सडक विस्तार थालेको छ । ठूलो संख्यामा प्रहरी उतारेर सरकारले सडक किनाराका घरटहरा भत्काएको छ । सडक विस्तारका लागि पटकपटक भएका प्रयास स्थानीयवासीको अवरोधका कारण विफल भएपछि आज विहानै सयौंको संख्यामा प्रहरी परिचालन गरी बाटो विस्तार थालिएको हो । उपत्यका विकास प्राधिकरणले महाराजगञ्जस्थित नारायणगोपाल चोक र लैनचौरको खानी विभाग अगाडिबाट डोजर लगाएर घर भत्काइएको हो ।
एकीकृत माओवादी र नव गठित नेकपा-माओवादीका कार्यकर्ताबीच चितवनमा झडप(२०६९ आषाढ १६, शनिवार)
एकीकृत नेकपा माओवादी र नव गठित नेकपामाओवादीका कार्यकर्ताबीच चितवनमा झडप हुँदा पाँच जना घाईते भएका छन् । घाईते हुनेमा नेकपामाओवादी समर्थित होमबहादुर खड्का र लालसिंह सिंहलगायत छन् । चितवन पार्टी कार्यालय वैद्य पक्षीय माओवादीको नियन्त्रणमा रहेकोमा आज एकीकृत नेकपा माओवादीले कार्यालय लिन खोजेपछि झडप भएको बताइएको छ । एकीकृत माओवादीले आज सोही कार्यालयमा जनवर्गीय संगठनको अन्तरक्रिया गर्न खोजेपछि तनाव भएको हो ।
राष्ट्रिय सहमतिको निम्ति कांग्रेसले गरेको प्रस्तावलाई सत्तारुढ मधेसी मोर्चाका दुई घटकका नेताहरुद्धारा अस्वीकार(२०६९ आषाढ १६, शनिवार)
सहमतीय सरकार निर्माणको लागि प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामाको माग गरिरहेको कांग्रेसका सभापति सुशील कोइरालाले बिहीबार र शुक्रबार मोर्चाका दुई घटकका नेताहरुसंग छलफल गरेका छन्। तर मोर्चाका नेताहरुले संघीयता र संविधानका विषयमा समझदारी नभएसम्म वर्तमान सरकार परिवर्तन गरेर सहमतिको सरकार बन्न नसक्ने बताए। राष्ट्रिय सहमतिको सरकार गठनको माग गरिरहेको नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शुक्रबार मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष एवं मन्त्री राजेन्द्र महतोलाई भेटेर सहमतिको आधारमा अघि बढ्न आग्रह गरेको बताइएको छ।
नेकपा-माओवादीका मोहन वैद्यद्धारा एकीकृत माओवादीसँगको सम्बन्धविच्छेदलाई स्वाभाविक रूपमा लिन आग्रह(२०६९ आषाढ १५, शुक्रवार)

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा (माओवादीसँग)को सम्बन्धविच्छेदलाई स्वाभाविक रूपमा लिन आग्रह गरेका छन् । इच्छुक सांस्कृतिक प्रतिष्ठानको भवनको शुक्रबार राजधानीमा शिलान्यास गदै वैद्यले एकता, सङ्घर्ष, रूपान्तरण र सम्बन्धविच्छेद मार्क्सवादी मान्यताअनुरूप मूल नेतृत्व रूपान्तरण हुन तयार नभएपछि एकीकृत नेकपा (माओवादी)सँग सम्बन्धविच्छेद गर्दै नयाँ पार्टीको जन्म भएको प्रष्ट पारे ।

बाबुराम भट्टराई सरकारले विद्युत् महसुलमा २० प्रतिशतले मूल्य बढाउने(२०६९ आषाढ १५, शुक्रवार)
बाबुराम भट्टराई सरकारले साउनदेखि लागू हुने गरी विद्युत् महसुलमा २० प्रतिशत मूल्य बढाएको छ । विद्युत् महसुल निर्धारण आयोगले महसुल बढाउने निर्णय गरेको हो । आयोगले २० युनिटभन्दा कम खपत गर्ने ग्राहकले तिर्नुपर्ने दर भने यथावत् राखेको छ । २० युनिटभन्दा बढी उपभोग गर्नेले बिजुलीको महसुल उपभोगका अधारमा बढी तिर्नुपर्ने छ । 'साउन १ गतेदेखि औसत २० प्रतिशतका दरले बिजुली महसुल बढ्यो,' आयोगका सदस्य पशुपति मुरारकाले भने ।
तनहुँको जामुने र बाग्लुङमा अविरल बर्षापछि आएको पहिरोले ९ जना पुरिए(२०६९ आषाढ १५, शुक्रवार)
तनहुँको जामुने र बाग्लुङमा अविरल बर्षापछि आएको पहिरोले ९ जना पुरिएका छन् । तनहुँको जामुने १ ट्याम्केमा पहिरोले पुरिएर सात जनाको मृत्यु । बिहीबार साँझदेखि परेको अविरल बर्षा पछि राती आएको पहिरोले स्थानीय शाहीबहादुर बिकको घर बगाउँदा उनकी श्रीमति २४ बर्षकी रुपा बिक, छोरी आठ बर्षकी पूणिर्मा बिक र रुपाकी बहिनी देवीमाया विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सोही पहिरोमा पछि छिमेकीहरु २० बर्षकी शुष्मा विक, उनकी छोरी रेखा विक त्यस्तै १५ बर्षका दुर्गा विक र १६ बर्षकी सम्झना विक रहेको बताईएको छ ।
बाबुराम भट्टराई सरकारले सवारी साधनमा भाडा बढाउने(२०६९ आषाढ १५, शुक्रवार)
यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाउने निर्णय गरेको छ । विभागले डिजेलबाट चल्ने यात्रुवाहक सवारी साधन भाडा ३ दशमलव ७५ प्रतिशत र मालबाहकमा ४ देखि ४ दशमलव ५ प्रतिशतले भाडा बढाउने निर्णय गरेको छ । विभागले निर्णयलाई आइतवार यातायात मन्त्रालयमा पठाउने भएको छ । मन्त्रालयबाट विभागको निर्णयमा सहमती भए पछि नया भाडादर लागु हुनेछ । तिन महिनाको अवधिमा डिजेलको मुल्य उच्चदरले बढेकाले भाडा बढाउन लागिएको विभागले जनाएको छ । यसअघि गत चैतमा पनि सार्वजनिक सवारीको भाडा बढाइएको थियो ।
अवकास प्राप्त माओवादी लडाकुहरु नेकपा माओवादी(बैद्य पक्ष) तर्फ(२०६९ आषाढ १४, विहीवार)
अवकास प्राप्त माओवादी लडाकुहरु मध्ये अधिकांस नेकपा माओवादी(बैद्य पक्ष) तर्फ संगठित हुन थालेका छन् । संस्थापन पक्षको कृयाकलाप प्रति असन्तुष्ट रहँदै आएका लडाकुहरु खुलेरै संगठित हुन थालेका हुन् । गाउँ गाउँमा छरिएर रहेका पूर्व लडाकु साथीहरुसँग भेटघाट तिब्र पारिएको हाल जिल्ला स्वम्सेवकका जिल्ला अध्यक्ष पदम केसी (जुझारु)ले बताए ।
कीर्तिपुररमा प्रधानमन्त्री भट्टराईलाई नेविसंघ र अनेरास्वियूका विद्यार्थीद्धारा कालो झन्डा(२०६९ आषाढ १४, विहीवार)

त्रिभुवन विश्वविद्यालय दिवसको समारोहलाई सम्बोधन गर्न कीर्तिपुर पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई नेविसंघ र अनेरास्वियूका विद्यार्थीले कालो झन्डा देखाएका छन्। त्रिविको कूलपति समेत रहेका प्रधानमन्त्री भट्टराई आउने थाहा पाएपछि विद्यार्थीले कालो झन्डा देखाउने तयारी गरेका थिए। प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने ८ जना नेविसंघ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेविसंघ नेता रञ्जित कर्णले बताए। यता त्रिपन्नौँ वार्षिक दिवसका अवसरमा प्रधानमन्त्री भट्टराईले विश्वविद्यालय हाताभित्र झन्डोत्तोलन गरेका छन्।

सरकारले दलहरुबीच सहमति भए सहमतिकै आधारमा नभए वैकल्पीक उपायबाट भएपनि पूर्ण बजेट नै ल्याउने(२०६९ आषाढ १४, विहीवार)
सरकारले दलहरुबीच सहमति भए सहमतिकै आधारमा नभए वैकल्पीक उपायबाट भएपनि पूर्ण बजेट नै ल्याउने बताएको छ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बजेट नल्याए राजनीतिसँगै आर्थिक क्षेत्र पनि प्रभावित हुने भएकाले पूर्ण बजेट नै अनिवार्य रहेको बताएका छन् । बजेटका विषयमा छलफल गर्न गएको उद्योग बार्णिज्य महासंघको टोलीसँग प्रधानमन्त्री भट्टराईले सहमतिमै बजेट ल्याउने विषयमा दलहरुलाई दवाव दिन महासंघलाई आग्रह गरे । बजेट नियमित प्रक्रिया भएकाले सरकार कामचलाउ भइसकेकाले बजेट ल्याउन मिल्दैन भन्ने भनाईमा कुनै तुक नरहेको पनि प्रधानमन्त्रीले बताए ।
शरदसिंह भण्डारीद्धारा नेतृत्वमा नयाँ पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टी गठन(२०६९ आषाढ १४, विहीवार)
शरतसिंह भण्डारीले नयाँ पार्टी गठन गरेका छन् । भण्डारीको नेतृत्वमा गठन भएको पार्टीको नाम राष्ट्रिय मधेश समाजवादी पार्टी रहेको छ । बुधवारदेखि राजधानीमा सुरु सम्मेलनले पार्टीको नाम र झण्डा तय गरेको हो । पार्टीको झण्डा माथिल्लो भागमा सेतो र तल्लो भागमा हरियो रङ हुनेछ । झण्डा मै हरियो रङबाट सेतो भागतिर सूर्यदय भइरहेको अंकित हुनेछ । मधेशबाट क्रान्ति पहाड हुँदै हिमालतिर फैलिएको संकेतस्वरुप सूर्यदय राखिएको हो । विहीवार पत्रकार सम्मेलन गरी नाम, झण्डा, विधान र घोषणा पत्र जारी भण्डारीले बताए । नयाँ पार्टी घोषणा गर्न भण्डारीले बुधवार र विहीवार राजधानीमा राष्ट्रिय राजनीतिक सम्मेलन आयोजना गरेका छन् ।
मन्त्रिपरिषद्का झन्डै आधा मन्त्रीले सम्पत्ति विवरण बुझाएनन्(२०६९ आषाढ १४, विहीवार)
मन्त्रिपरिषद्का झन्डै आधा मन्त्रीले सम्पत्ति विवरण बुझाएका छैनन् । नियुक्त भएको १५ दिनमा आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण अनिवार्य बुझाउनुपर्ने स्थापित परम्परा भए पनि १८ मध्ये आठ मन्त्रीले नबुझाएका हुन् । मन्त्रिपरिषद्को बेवसाइटमा प्रधानमन्त्री बाबुराम भट्टराईसहित ११ जनाले मात्र सम्पत्ति विवरण बुझाएको उल्लेख छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा २०४८ सालमा मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरी प्रधानमन्त्री र मन्त्रीहरूले पदमा बहाली भएको १५ दिनमा अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउने परम्परा बसालिएको थियो ।
चार महिनाअघि काठमाडौंको बबरमहलमा तीन जना मारिने गरी गराइएको वम काण्डका नाईके पाँचथरबाट पक्राउ(२०६९ आषाढ १३, बुधवार)
चार महिनाअघि काठमाडौंको बबरमहलमा तीन जना मारिने गरी गराइएको बम विस्फोटको जिम्मेवारी सञ्चारमाध्यम मार्फत लिने देवराज लामा भनिने राजकुमार तामाङलाई प्रहरीले गएराति पाँचथरको लुङरुप्पा गाविसबाट नियन्त्रणमा लिएको छ । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज पत्रकार सम्मेलन गरी तामाङलाई सार्वजनिक गरेको हो । पाँचथर गएपछि नेशनल उपनाम राखेका तामाङले किरात जनवादी वर्कर्स र माओवादीका पूर्व लडाकुसँग मिली संगठन विस्तार गरिरहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
नेपालमा हिरासतमा दिइने यातनाको क्रम बढ्दै गएको अध्ययन सार्वजनिक(२०६९ आषाढ १३, बुधवार)
हिरासतमा दिइने यातनाको क्रम बढ्दै गएको एक अध्ययनले देखाएको छ । 'नेपालमा महिलामाथिको यातना, कानुनी अस्पष्टता र महिला पीडाप्रति राज्यको उदासीनता' विषयक प्रतिवेदन सार्वजनिक गर्दै वकालत मञ्चले उक्त तथ्य जनाएको हो । राष्ट्रसंघीय यातना पीडित सहायतार्थ दिवसका अवसरमा सोमबार उक्त प्रतिवेदनलाई यातना पीडित कल्पना भण्डारीले सार्वजनिक गरेकी हुन् । प्रतिवेदनअनुसार सन् २०१० को पहिलो छ महिनामा यातनाका घटना पहिलेको तुलनामा ७ प्रतिशतले वृद्धि भएको थियो भने दोस्रो ६ महिनामा १३.३ प्रतिशतले बढेको देखाएको छ ।
एमाओवादीका पुष्पकमल दाहालले प्रधानमन्त्री भट्टराईले दलहरुका सम्बन्धमा दिएको अभिब्यक्तिप्रति असन्तुष्टि (२०६९ आषाढ १३, बुधवार)
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुका सम्बन्धमा दिएको अभिब्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । उनले सो विषयमा प्रधानमन्त्री भट्टराईसँग कुरागर्ने जनाएका छन् । दाहालले भट्टराईको पछिल्लो अभिब्यक्ति आफूसँग सल्लाहनै नगरेर राखेको बताएका छन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलेको स्वास्थ्य अवस्थाका बुझ्न शिक्षण अस्पताल महारजागञ्ज पुगेका दाहालले भट्टराईले दिएका अभिब्यक्ति आफू र पार्टीसँगको सल्लाहमा नआएको बताए । भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै उनले भने, प्रधानमन्त्रीले म सँग कुनै सल्लाह गर्नु भएको छैन ।
आगामी निर्वाचनमा विद्युतीय यन्त्रद्वारा मतदान गराउने व्यवस्था(२०६९ आषाढ १३, बुधवार)
निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनमा आयोगले विद्युतीय यन्त्रद्वारा मतदान गराउने व्यवस्था गर्न लागेको बताएका छन् । राजविराजमा मंगलबार आयोजित अन्तर्क्रियामा आयुक्त डा यादवले निर्वाचनलाई विश्वसनीय, तटस्थ, स्वच्छ र छिटोछरितो बनाउने लक्ष्यअनुरुप आयोगले यसो गर्न लागेको जानकारी दिए । उनले संसारका राम्रा निर्वाचनमध्ये नेपालको निर्वाचन आयोग बनाउने ध्येयका साथ विद्युतीय यन्त्रद्वारा मतदान गराउने व्यवस्था गर्न खोजिएको पनि बताए ।
बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डङ्कन नेपालको तीनदिने औपचारिक भ्रमणमा(२०६९ आषाढ १३, बुधवार)
doncanबेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डङ्कन नेपालको तीनदिने औपचारिक भ्रमणका क्रममा मंगलबार आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रासससँग सङ्क्षिप्त कुरा गर्दै उनले नेपालको गरिबी न्यूनीकरणमा आफ्नो मुलुकले गरेको सहयोगको समीक्षाका साथै भावी रणनीति तय गर्न भ्रमण फलदायी हुने बताए । नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै भेटेर राजनीतिक सहमतिमा पुग्न उनीहरूलाई अनुरोध गर्ने उल्लेख गर्दै उनले विकास परियोजनामा सघाइरहेका बेलायती सङ्घसंस्थाका प्रतिनिधिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताए ।
मातृका यादव अध्यक्ष रहेको नेकपा माओवादीमा फूट(२०६९ आषाढ १२, मंगलवार)
मातृका यादव अध्यक्ष रहेको नेकपा माओवादीका २८ जिल्ला सेक्रेटरीहरुले नयाँ संयुक्त क्रान्तिकारी मोर्चा गठन गरेका छन् । पार्टी अध्यक्ष यादवको नेतृत्वमा एकाधिकारबादी, मनोगत र गोलचक्करवादी चिन्तन भएको आरोप लगाउँदै उनीहरुले माओवादीबाट अलग भएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले २०५२ सालमा सुरु भएको जनयुद्ध चुनवाङ वैठक हुँदै १२ बुँदै दिल्ली सम्झौतामा लगेर जनयुद्धको अवसान गराएको र कथित बृहत शान्ति सम्झौतासम्म आईपुग्दा माओवादी पार्टीको अस्तित्व समाप्त पछि यादवको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने मुल उद्देश्यका साथ नयाँ पार्टीको गठन भए पनि यादवको संकिर्ण स्वभाव, फूट परस्त स्वभाव र वैज्ञानिक अडान नभएको कारण आफूहरुले नयाँ मोर्चा गठन गर्नुपरेको दावी गरेका छन् ।
प्रधानमन्त्री भट्टराईको निर्वाचन भएर अर्को संसद् आउँदासम्म आफ्नो राजीनामा नआउने धारणाप्रति विपक्षी दलहरूले कडा आपत्ति(२०६९ आषाढ १२, मंगलवार)
प्रधानमन्त्री बाबुराम भट्टराईको निर्वाचन भएर अर्को संसद् आउँदासम्म आफ्नो राजीनामा नआउने धारणाप्रति विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन् । आफू हटेमा माघ १९ को घटनाक्रम पुनरावृत्ति हुने भनी दिएको अभिव्यक्ति प्रधानमन्त्रीको सत्तालिप्साको पराकाष्ठा भएको उनीहरूको ठहर छ । प्रधानमन्त्रीले राजनीतिक र संवैधानिक शून्यताको फाइदा उठाएर सत्ता कब्जाको अभ्यास थालेको भन्दै विपक्षी दलहरूले राजनीतिक सहमतिविपरीत राजीनामा दिन्न भन्नु उनकै बालहठ रहेको बताए ।
वर्षासंगै नदीमा जलप्रवाह बढेपछि अब दैनिक ५ घण्टामात्र लोडसेडिङ हुने(२०६९ आषाढ १२, मंगलवार)
नेपाल विद्युत प्राधिकरणले भोलीबाट लागु हुने गरी फेरि दिनको एक घण्टाको दरले लोडसेडिङ घटाएको छ । वर्षासंगै नदीमा जलप्रवाह बढेपछि प्रधिकरणले अब दैनिक ५ घण्टामात्र लोडसेडिङ हुने गरी घटाएको हो । खपत भन्दा अझै ३ सय ७० मेगावाट बिजुली आपूर्ति कम रहेकाले लोडसेडिङ पूर्ण रुपमा भने हटाउन नसकिएको प्राधिकरणले जनाएको छ ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736