arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
आज मुक्त कमैया दिवस, कमैयाहरुको समस्या जस्ताको तस्तै(२०६९ श्रावण २, मंगलवार)
आज मुक्त कमैया दिवस । कमैया मुक्ति घोषणा भएको वा-ह वर्ष पुगिसक्दा पनि मुक्त कमैयाहरुको समस्या जस्ताको तस्तै छ । मध्य तथा सुदुरपश्चिमका पांच जिल्ला दाङ, बांके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका कमैयालाई तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साल साउन २ गते मुक्त घोषित गरेको थियो । मुक्त घोषणासंगै सरकारले कमैयाहरुका लागि जग्गा, घर बनाउने काठ र लागेको श्रृण मिनाह गरेको थियो । तर, मुक्त भएको एक दशक बितिसक्दा पनि उचित पुर्नस्थापना र राहत नपाउंदा मुक्त कमैया कष्टपूर्ण जीवन बिताउन बाध्य भएका छन् ।
पूर्व राजा ज्ञानेन्द्र पत्नी कोमलसहित फ्रान्समा(२०६९ श्रावण २, मंगलवार)
पूर्व राजा ज्ञानेन्द्र पत्नी कोमलसहित फ्रान्सको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन। मुलुकमा गणतन्त्र स्थापना भएको ५ बर्षपछि पूर्व राजारानी युरोप भ्रमणमा गएका हुन। पूर्व राजदम्पतीलाई विदाई गर्न उनका शुभ चिन्तक तथा राजावादीहरु विमानस्थल पुगेका थिए। यस अघी हिमानी ट्रष्टको कार्यक्रमका लागि पूर्व राजपरिवार फ्रान्स जान लागेको बताइएको थियो। पूर्व राजा ज्ञानेन्द्रसंग रानी कोमल, पूर्व युवराज्ञी हिमानी, पूर्व अधिराज कुमारी प्रेरणा र नाती तथा नातिनीहरु पनि फ्रान्स गएका हुन।
त्रिशुली नदी बस दुर्घट्नामा परी मर्नेहरुको सख्या १६ पुग्यो (२०६९ श्रावण २, मंगलवार)
दूर्घट्नाको एक दृष्यझण्डै ४० जनाको ज्यान जाने गरी तीर्थयात्री चढेको बस दुर्घट्ना भएको २४ घण्टा बित्न नपाउँदै त्रिशुली नदीमा बस खस्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ। उदयपुरको कटारीबाट काठमाण्डू जाँदै गरेको बस धादिङस्थित कृष्णभीरबाट नदीमा खस्दा अन्य कयौं यात्रु हराएको प्रहरीको आशंका छ। नवलपरासीमा शनिवार भएको दूर्घट्नामा ३९ जनाको मृत्यु भएको थियो। ढिलाई पर्याप्त सामग्री नहुँदा दुर्घट्नाका घाइतेको उद्धार काममा ढिलाइ भएको प्रत्यक्षदर्शीले बताएका छन्।
नेकपा-माओवादीनिकट क्रान्तिकारीद्धारा राजधानीका दुई कलेजमा विदेशी पहिचानका नाम हटाउन दबाब दिँदै तोडफोड(२०६९ श्रावण १, सोमवार)
नेकपामाओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) ले आज बिहान राजधानीका दुई कलेजमा विदेशी पहिचानका नाम हटाउन दबाब दिँदै तोडफोड गरेको छ । सो समूह कार्यकर्ताले बसुन्धराको साउथ वेस्टर्न स्टेट, मीनभवनस्थित एभरेस्ट फ्लोरिडा कलेज र ललितपुरस्थित रातो बङ्गलामा तोडफोड गरेको हो । रातो बङ्गलाको गाडी पनि तोडफोड गरिएको बताइएको छ । उनीहरूले कलेजभित्र प्रवेश गरी ढोकाका सिसा, सजावट सामान र केही कम्प्युटर तोडफोड गरेका छन् ।
रात्रीबस कृष्णभिरवाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १०(२०६९ श्रावण १, सोमवार)
उदयपुरको कटारीबाट काठमाण्डु आउँदै गरेको रात्रीबस धादिङको धुषा गाविस वडा नम्बर १ मा पर्ने पृथ्वीराजमार्गको कृष्णभिरवाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ । ६ जनाको घटनास्थलमै र बांकी ४ जनाको उपचारका क्रममा काठमाण्डुको स्टार अस्पतालमा मृत्यु भएको हो । ना २ ख ४९५१ नम्बरको बस आज बिहान ४ बजेतिर धादिङको धुषा गाविसस्थित कृष्णभिरबाट त्रिशुली नदीमा खसेको थियो । मा घाइते भएका मध्ये १३ जनाको स्टार हस्पिटल काठमाण्डुमा र २ जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।
एकीकृत माओवादी राष्ट्रियताको विषयमा कमजोर हुँदै (२०६९ श्रावण १, सोमवार)

एकीकृत नेकपा(माओवादी)को आइतवारको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी राष्ट्रियताको विषयमा कमजोर हुँदै गएकोमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्। आइतवारको बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारतसँग सरकारले गरेको बिप्पा सम्झौताप्रति विरोध जनाउँदै राष्ट्रियताका विषयमा पार्टी केही कमजोर हुँदै गएको टिप्पणी गरेका थिए। बैठकमा उपाध्यक्ष श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन माथि सहमति जनाउँदै बिप्पा सम्झौता गलत भएको तथा राष्ट्रियताका विषयमा पार्टी स्पष्ट हुन जरुरी रहेको धारणा राखेको पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले जानकारी दिए।

आर्थिक वर्ष २०६९/०७० को चार महिनाका लागि एक तृतीयांश बजेट सार्वजनिक(२०६९ श्रावण १, सोमवार)
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०६९/०७० को चार महिनाका लागि एक तृतीयांश बजेट आइतवार सार्वजनिक गरेका छन‌। सिंहदरवार स्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा आयोजित कार्यक्रममा मन्त्री पुनले सो बजेट सार्वजनिक गरेका हुन्। चार महिनाको लागि मात्र जारी गरिएको सो बजेट एक खर्व ६१ अर्व ६२ करोड रुपैयाको छ। सरकार पूर्ण बजेट ल्याउने सोचका साथ अघि बढेको भएपनि राजनीतिक सहमति र संवादको लागि प्रस्थानविन्दुको रुपमा सरकारले एक तृतीयांश मात्र बजेट ल्याएको मन्त्रीले पुनले बताए।
चितवनमा चिकित्सक र अस्पतालमाथि पटक पटक आक्रमण भएको भन्दै सम्पूर्ण आकस्मिक बाहेकका सबै सेवा बन्द(२०६९ आषाढ ३१, आइतवार)
चितवनमा चिकित्सक र अस्पतालमाथि पटक पटक आक्रमण भएको भन्दै बिरोध स्वरुप आजबाट चितवनका सम्पूर्ण अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् । सुरक्षाको माग गर्दै उपचार सेवा ठप्प पारेर आन्दोलनमा उत्रनु परेको नेपाल चिकित्सक संघ चितवनले जनाएको छ । चिकित्सकको लापरवाहीले मात्र नभइ रोगको प्रकृति अनुसार बिरामीको मृत्यु हुने भन्दै अस्पतालमा बिरामीको मृत्यु हुने वित्तिकै आफुहरुमाथि आक्रमण हुने गरेकोले सुरक्षाको प्रत्याभुति नभएसम्म अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्नु परेको चिकित्सकहरुले बताएका छन् ।
नवलपरासीको त्रिवेणीमा त्रिर्थ यात्रु बोकेको बस दुर्घटना, ३५ जनाको मृत्यु(२०६९ आषाढ ३१, आइतवार)
नवलपरासीको त्रिवेणीमा भएको बस दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ । नेपाल भारत सिमा महेशपुर क्षेत्रबाट बोलवम धामका लागि हिडेका त्रिर्थ यात्रु बोकेको लु १ ख २३५६ नं नं.को बस त्रिवेणीमा दुर्घटना भएको हो । बस नदीमा खसेको छ । बसमा रहेका सबै यात्रुहरुको मृत्यु भएको आशंका गरिएको छ । अहिले घटनास्थलमा उद्दार चलिरहेको छ । लगातारको बर्षाका कारण नारायणी नदीमा पानीको वहाव निकै धेरै रहेको छ। वसमा करिव १ सय यात्रु रहेको बताइएको छ । 
जातीय मु्द्दाहरु ओझेलमा पर्न थालेपछि दल खोल्न देश दौडाहामा ब्राम्हण(२०६९ आषाढ ३१, आइतवार)
जातीय मु्द्दाहरु ओझेलमा पर्न थालेपछि ब्राम्हण समाज दलको अवधारणा लिएर देश दौडाहा अभियानमा लागेका छ। दल निर्माणका लागि अध्ययन अनुसन्धान कार्यदल गठन गरी ब्राम्हण समाज नेपालका पदाधिकारीहरु राय संकलन गर्न देश दौडाहा अभियानमा लागेका हुन्। पुर्वाञ्चलका बासुदेव भट्टराईको संयोजकत्वमा गठन भएको कार्यदलले जिल्लाका ब्राम्हण समुदायसंग दल गठनको अवधारणामा रायसंकलन सुरु गरिसकेको छ। कार्यदलमा पश्चिमाञ्लबाट माधव पहारी र पुष्पराज तिमिल्सेना, सुदुर पश्चिमाञ्चलबाट रामानन्द न्यौपाने र तराईबाट बेदनाथ उपाध्याय सदस्य रहेका छन्।
नेपाली कांग्रेस सहमतिमा संसदीय चुनावमा जान सक्ने(२०६९ आषाढ ३१, आइतवार)
नेपाली सहमतिमा संसदीय चुनावमा जान सकिने धारणा बनाएको छ। शनीबार विहान सभापति सुशील कोइराला निवास महाराजगंजमा बसेको केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठकमा संसदको चुनावमा जान पार्टी तयार हुनु पर्ने धारणा अधिकासन्स सदस्यले राखेका हुन। 'म्याद सकिएर विघटन भएको संविधानसभा पुनस्थापना विधिका हिसावले पनि नमिल्ने भएकाले संविधानसभाको होईन संसदको चुनावमा जान पार्टी तयार हुनु पर्ने धराणा आएको हो' बैठकमा सहभागि केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बढुले नागरिकसँग भने, 'निर्वार्चित संसदलाईनै संविधानसभाको बाँकी काम पनि गर्ने अधिकार दिने गरी अघि बढ्नु पर्ने धेरैको सुझाव थियो।'
मातृका यादवको माओवादी समूहले सिरहाको मिर्चैयामा जग्गा कब्जा गर्न खोज्दा झडप(२०६९ आषाढ ३१, आइतवार)
पुनर्गठित नेकपा माओवादीका संयोजक मातृका यादवको नेतृत्वमा गएको समूहले सिरहाको मिर्चैयास्थित बीरेन्द्र साहको जग्गा कब्जा गर्न खोज्दा झडप भएको छ । शाही परिवार मोहन शाहीको जग्गा खरीद गरी विक्री वितरण गर्न लागेको भन्दै भूमिसुधार मन्त्री रहेको बेला यादवले आफैंले उक्त जग्गा २०६४ सालमा कब्जा गरी सुकुम्बासीको वस्ती बसालेका थिए ।
मुलुकमा संघीयताकै कारण असफल: सन्तबहादुर नेपाली(२०६९ आषाढ ३०, शनिवार)
राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपालीले संघीय पक्षधरहरु एक आपसमा मिल्न नसकेका कारण संविधानसभा विघटन भएको बताउनुभएको छ । संघीय पक्षधरहरुको आपसी लडाई तथा लुछाचुडीका कारण संविधानसभा भंग भएको चर्चा गर्दै उहाँले देशमा संघीयता असफल भैसकेको बताउनुभयो । राष्ट्रिय जनमोर्चा रुपन्देहीद्वारा शनिबार बुटवलमा आयोजित सभामा बोल्दै उहाँले संघीय राज्यको लडाईका कारण संंविधानसभा विघटन भएको संघीयतावादीहरुले पनि महसुस गरिसकेको बताउनुभयो ।
पार्टी टुक्रिएपछि नेकपा-माओवादीतिर लागेका केन्द्रीय सदस्य कृष्णकुमार राई पुन: मुल पार्टीमै फर्के(२०६९ आषाढ ३०, शनिवार)
काठमाडौंबाट प्राप्त समाचार अनुसार पार्टी टुक्रिएपछि नेकपामाओवादीतिर लागेका केन्द्रीय सदस्य कृष्णकुमार राई पुनः मुल पार्टीमै फर्केका छन् । समाचार अनुसार नेकपामाओवादीले पार्टी फुटको पुष्टि गर्न नसकेको भन्दै राईले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी एकीकृत माओवादीमै फर्केको बताए । उनले मोहन वैद्य नेतृत्वको माओवादी जडसुत्रवादी भएको आरोप लगाए । राईले नयाँ माओवादीमा कार्यदिशा स्पष्ट नभएकोसमेत उल्लेख गरेका छन् ।
एमाले माधवकुमार नेपालद्धारा संवैधानिक संकट र जनदवाव भएपछि प्रधानमन्त्री भट्टराई पद छोड्न बाध्य हुने भनाइ(२०६९ आषाढ ३०, शनिवार)
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संवैधानिक संकट र जनदवाव भएपछि प्रधानमन्त्री बाबुराम भट्टराई पद छोड्न बाध्य हुने बताएका छन् । पत्रकारसँग शनिबार बिहान भरतपुरमा कुराकानी गर्दै निर्वाचन आयोगले दिएको साउन ७ सम्मको समय सीमातर्फ संकेत गर्दै नेता नेपालले आवश्यक कानुन तयार गर्न नसकेपछि प्रधानमन्त्रीले पद छोड्न बाध्य हुने बताएका हुन् । भावी सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने नेपालको भनाइ थियो । काँग्रेसले नेतृत्व गर्नुपर्छ भन्ने सवालमा एमालेमा कुनै द्विविधा छैन, वैशाख २१ को सहमतिमा नै त्यो उल्लेख भइसक्यो, उनले भने ।
नेकपा-माओवादीले वैदेशिक हस्तक्षेप र देशभित्रकै दलालका विरुद्ध राष्ट्रिय स्वाभिमानको रक्षाका लागि संघर्ष गर्ने (२०६९ आषाढ ३०, शनिवार)
एकीकृत नेकपा माओवादीवाट छुट्टिएर गएको नेकपा -माओवादीले वैदेशिक हस्तक्षेप र देशभित्रकै दलाल का विरुद्ध राष्ट्रिय स्वाभिमानको रक्षाका लागि संघर्ष गर्ने बताएको छ। सेती महाकालीमा आफ्नो संगठन विस्तार गरेको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सेती महाकाली राज्य समिति ईन्चार्ज ओमप्रकाश पुनले भने, 'बाह्य हस्तक्षेपका विरुद्ध नयाँ ढंगले आन्दोलनलाई अगाडी बढाउन नया पार्टी गठन गर्नुपरेको हो।'
एकीकृत माओवादीका प्रचण्डद्धारा तत्काल प्रधानमन्त्री भट्टराईले राजीनामा नदिने स्पष्ट(२०६९ आषाढ २९, शुक्रवार)
 एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले तत्काल प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा नदिने स्पष्ट पारेका छन् । उनले अहिले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिए सहमति भन्दा दुर्घटना निम्त्याउने दावी गर्दै कामचलाउन सरकारले संसारमा कतै पनि राजिनामा दिएको ईतिहास नभएको बताए । उनले भने कामचलाऊ सरकारले पनि राजीनामा दिने भन्ने संसारमा कतै पनि हुन्न, प्रचण्डले भने पहिला भरपर्दो विकल्प खोज्नुपर्ने त्यसपछि मात्रै राजीनामाको कुरा हुन्छ, अन्यता देश दुर्घटनामा जान्छ ।
पुर्व सभासद्हरुद्धारा संविधानसभा पुनस्र्थापनाको पहल गर्न कांग्रेस सुशील कोईरालासंग आग्रह(२०६९ आषाढ २९, शुक्रवार)
पुर्व सभासद्हरुले संविधानसभा पुनस्र्थापनाको पहल गर्न कांग्रेस सभापति सुशील कोईरालासंग आग्रह गरेका छन् । एकीकृत माओवादी, नेकपा माओवादी, नेकपा एमाले, नेकपा संयुक्त लगायतका दलका पूर्व सभासदहरुले संविधानसभा ब्युताएर संविधान लेखन पुरा गर्नुपर्नेमा जोड दिएका छन् । काँग्रेस सभापति कोइरालासंगको भेटमा उनीहरुले संविधानसभाको चार वर्षको समय त्यसै खेर गएको भन्दै छोटो समयका लागि संविधानसभा ब्युताउनुपर्ने बताए ।
अविरल वर्षापछि गएको पहिरोले म्याग्दीको दोवा गाउँ उच्च जोखिममा (२०६९ आषाढ २९, शुक्रवार)
अविरल वर्षापछि गएको पहिरोले म्याग्दीको दोवा गाउँ विकास समितिमा दश वटा घर वगाएको छ भने ४० घर पहिरोको उच्च जोखिममा छन् । दोवा गाविसको वडा नं ९ सुनारीवाट खसेको पहिरोले दश वटा घर वगाएको हो । घर गोठ वगाए पनि मानवीय क्षति भने नभएको जनाइएको छ । पहिरोले भीरकाटेमा एउटा ट्रक, गरिला खोलामा संचालित दुई वटा घट्ट, झोलुङ्गे पुल पनि वगाएको छ । कृष्ण प्रावि र वगर गाउं जोड्ने पुल नै बगाएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।
आज भानु जयन्ती, यसै बर्षदेखि २०७१ साल सम्म विभिन्न कार्यक्रम गरी मनाइने(२०६९ आषाढ २९, शुक्रवार)
आज भानु जयन्ती । आदिकवि भानुभक्त आचार्यको दुई सयौं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइदै छ।
एमाले माधवकुमार नेपालद्धारा पूर्वराजा राजनीति पार्टी खोलेर जनताको मन जित्न चुनौती(२०६९ आषाढ २९, शुक्रवार)
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजसंस्था फर्कन सक्छ भनेर पूर्वराजा हिँड्नुभन्दा राजनीति गर्ने नै भए पार्टी खोलेर जनताको मन जित्न चुनौती दिएका छन्। नेता नेपालले अन्य विकल्पको रूपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई उद्योग व्यवसाय गर्न वा धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा बस्नसमेत सुझाव दिए। प्रेस चौतारी दाङले आज बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले नेपाली जनताले वंशाणुगत शासन नचाहेको जिकिर गरे। उनले भने, "लोकतन्त्रको बाटोमा गएको युग फेरि वंशाणुगत युगमा फर्कने कल्पना गर्नु दिवासपना मात्र हो।"
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने विवरण पेश गर्न सर्वोच्चको आदेश(२०६९ आषाढ २८, विहीवार)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने विषयमा विस्तृत परियोजना विवरण पेश गर्न सरकारको नाममा सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिसहरु दामोदार प्रसाद शर्मा, सुशिला कार्की र वैद्यनाथ उपाध्यायको विशेष इजलासले साउन ११ गतेभित्रमा विमानस्थलको व्यवस्थापन दिने बारेमा भएको विस्तृत प्रतिवदेनहरुसहित उपस्थित हुन आज आदेश दिएको हो ।

डेंगुबाट बच्न आजदेखि बुटवलमा खोज र नष्ट गर अभियान(२०६९ आषाढ २८, विहीवार)
बर्षातको सुरुसँगै लामखुट्टेको टोकाईबाट सर्ने डेंगु ज्वरोको प्रकोप नियन्त्रणका लागि आजदेखि बुटवलमा खोज र नष्ट गर अभियान सुरु हुने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही र बुटवल नगरपालिकाले संयुक्तरुपमा बुटवलका १५ वटै वडामा यस्तो अभियान साचालन गर्न लागेका हुन् । दुई वर्षअघि बुटवल चितवनपछि डेंगुबाट प्रभावित दोस्रो शहर थियो । त्यसयता यसको प्रकोप कम हुँदै गए पनि बुटवल डेंगुको संक्रमणबाट उच्च जोखिममा रहेको विज्ञहरुले औंल्याएका छन् ।
बझाङमा ४.९ रेक्टर स्केलको भूकम्प(२०६९ आषाढ २८, विहीवार)
अन्लाईन संचारमाध्यमहरुमा प्रकासित समाचार अनुसार बुधबार राति ११ बजेर ३ मिनेट जाँदा बझाङमा ४.९ रेक्टर स्केलको भूकम्प गएको छ । समाचार अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बझाङ जिल्लाको दक्षिण भेगमा पर्ने कालभैरव आसपास भएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
थापाथलीबाट हटाइएका सुकुम्वासीलाई राख्नको लागि ललितपुरको सुन्दरीघाटमा २३ वटा अस्थाई टहरा(२०६९ आषाढ २८, विहीवार)
थापाथलीबाट हटाइएका सुकुम्वासीलाई राख्नको लागि ललितपुरको सुन्दरीघाटमा २३ वटा अस्थाई टहरा बनाइसकिएको छ । सरकारले बनिसकेका टहरामा सुकुम्वासीलाई सार्न तयारी गरेपनि स्थानीयवासिन्दाको अवरोधका कारण सार्न काम प्रभावित भएको छ । बुधवार सुन्दरीघाटमा १३ घरपरिवारलाई सार्न तयारी थियो । स्थानीयबासिन्दाले विरोध गरिरहेकाले बिहीबार त्यसबारे सरोकारवालाहरुसित छलफल गरी बिहीबार बेलुका वा शुक्रवार सुकुम्वासीलाई सार्न अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष महेश बस्नेतले बताए ।
पार्टी विभाजन पछि उत्पन्न विवाद समस्या समाधानका लागि एकीकृत माओवादी र नेकपा-माओवादीद्धारा कार्यदल गठन (२०६९ आषाढ २८, विहीवार)
पार्टी विभाजन पछि कार्यालयको स्वामित्वलगायतका विषयमा विवाद उत्पन्न हुन थाले पछि समस्या समाधानका लागि एकीकृत माओवादी र नेकपामाओवादीले कार्यदल गठन गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपामाओवादीका अध्यक्ष मोहन बैद्यवीच आज काठमाडौंमा भएको भेटबार्तामा चार सदस्सीय कार्यदल बनाउने सहमति भएको हो । कार्यदलको सुझाव अनुसार केन्द्रीय कार्यालय र अन्य जिल्लाका कार्यालयहरुको स्वामित्वका विषयमा निर्णय गरिने नेकपामाओवादीका सचिव देव गुरुङले जानकारी दिए ।
भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहलाइ नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान(२०६९ आषाढ २८, विहीवार)
भारतीय सेनाध्यक्ष सिंहलाई नेपाली सेनाको महारथीको दर्जा प्रदानराष्ट्रपति डा. रामबरण यादवले भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहलाइ नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ । राष्ट्रपति भवन शितल निवासमा बुधबार अपरान्ह आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले सिंहलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह, खड्ग र प्रमाणपत्र प्रदान गर्नु भएको हो । कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, प्रधानसेनापति छत्रमान सिंह गुरुङ र नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
क्रान्तिकारी टेड युनियन महासंघले मजदुरविरोधी विरुद्ध प्रतिरोध संघर्ष गर्ने(२०६९ आषाढ २७, बुधवार)
अखिल नेपाल क्रान्तिकारी टेड यूनियन महासंघले मजदुरविरोधीका विरुद्ध प्रतिरोधात्मक संघर्ष गर्ने घोषणा गरेको छ । कुपण्डोलस्थित नेकपा-माओवादीको नेवा राज्य कार्यालयमा बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी महासंघले मजदुर विरोधी गतिविधि ठेकेदारी ज्यालादारी र करारप्रथाको अन्त्यका लागि आवश्यक परे प्रतिरोध संघर्ष गर्ने घोषणा गरेको हो । महासंघका संयोजक रामदीप आचार्यले महासंघले मागपत्र तयार गरी प्रतिरोधात्मका साथै हायर एण्ड फायरु नो वर्क नो पेुको नीतिको खारेजी राज्यका सबै निकायहरुमा मजदुर वर्गको समानुपातिक प्रतिनिधित्व अधिकार सम्पन्न मजदुर आयोग गठन एकल यूनियन अवधारणको खारेजीलगायतका विषयलाई सम्बोधन गर्न सम्बन्धीत पक्ष एवं राज्यलाई दवाव दिन संघर्ष गर्ने घोषणा गरे ।
पूर्व राजा ज्ञानेन्द्र शाह फर्कन सक्ने प्रधानमन्त्री भट्टराईकी पत्नी हिसिला यमीको भनाई(२०६९ आषाढ २६, मंगलवार)
एमाओवादीकी पोलिटब्युरो सदस्य हिसिला यमीले पूर्व राजा ज्ञानेन्द्र शाह फर्कन सक्ने बताएकी छन् । रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै दलीय प्रणाली असफलतातिर बढेकाले ज्ञानेन्द्र फर्कन सक्ने भन्दै सतर्क हुन आग्रह गरिन् । 'दलीय प्रणाली असफलतातिर बढ्दैछ, असफल भए ज्ञानेन्द्र फर्कनसक्छन्, 'प्रधानमन्त्री पत्नी हिसिलाले भनिन्, 'बूढी मरीभन्दा काल पल्केला भन्ने डर भइसक्यो ।' दलहरू सत्ताको लुछाचुडी गर्दा पूर्वराजालाई फाइदा पुगिरहेको उनको टिप्पणी थियो । कांग्रेस र एमाले सत्तामामात्र केन्द्रित भइरहकोमा आलोचना गर्दै सहमतिका लागि लचिलो नभए ठूलो क्षति भोग्नुपर्ने औंल्याइन् ।
एमाओवादी पुष्पकमल दाहाल पुत्र प्रकाशसँग बेपत्ता भएकी बिना मगर पनि निलम्बन(२०६९ आषाढ २६, मंगलवार)
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशसँग बेपत्ता भएको आशंका गरिएकी अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बिना मगर पनि निलम्बनमा परेकी छन् । क्रान्तिकारीको बैठकले मगरबारे प्रश्न उठेकाले छानबिनका लागि निलम्बन गरिएको अध्यक्ष हिमाल शर्माले जानकारी दिए । 'बिना अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य र क्रान्तिकारी स्ववियु काउन्सिलकी संयोजक हुनुहुन्थ्यो' शर्माले भने- 'उहाँबारे प्रश्न उठिकसकेपछि निलम्बन गरिएको हो ।' दाहाल पुत्र प्रकाश र विना दुवै जना लुम्बिनीसगरमाथा शान्ति यात्राका सदस्य थिए । दुवै जनाले सगरमाथाको सफल आरोहणसमेत गरेका थिए ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736