arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार
पत्रकारलाई नियमित रुपमा पारिश्रमिक नदिने संचार गृहहरुलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण(२०६९ वैशाख २०, बुधवार)
नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकार ऐन लागू नगर्ने र पत्रकारलाई नियमित रुपमा पारिश्रमिक नदिने संचार गृहहरुलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पत्रकार तथा कर्मचारीलाई नियमित रुपमा न्यूनतम पारिश्रमिक नदिने रेडियो तथा टेलिभिजनहरुको प्रसारण अनुमतिपत्र नविकरण नगर्न माग गर्दै महासंघले आज संचारमन्त्री राजकिशोर यादवको ध्यानाकर्षण गराएको हो ।
अखण्ड सुदूरपश्चिमको माग राख्दै आह्वान गरेको बन्द यथावत रहेपछि जवजिवन थप कष्टकर (२०६९ वैशाख १९, मंगलवार)
अखण्ड सुदूरपश्चिमको माग राख्दै आह्वान गरेको बन्द पाँचौं दिन पनि यथावत रहेपछि जवजिवन थप कष्टकर बनेको छ ।
माओवादी सीपी गजुरेलद्धारा आफ्नै पार्टीका पुष्पकमल दाहाल गद्दार भएको आरोप लगाउदै पार्टीबाट हटाएरै छाड्ने उद्‍घोष(२०६९ वैशाख १९, मंगलवार)
माओवादी सचिव सीपी गजुरेलले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल गद्दार भएको बताएका छन्। उनले समायोजनको नाममा लडाकु बुझाएर गद्दारी गरेको आरोप पनि उनले लगाए। प्रचण्डलाई पार्टीबाट हटाएरै छाड्ने पनि उद्‍घोष गरे। गजुरेलले जेठ १४ मा जनपक्षीय संविधान आउँदैन भन्दै त्यो बनिबनाउ आउने र जनताको संविधान नआउने ठोकुवा पनि गरे।
असहमतिलाई बहुमतीय प्रक्रियाबाट टुङ्गो लगाउन संविधान सभा नियमावली संशोधन विधेयक पारित(२०६९ वैशाख १९, मंगलवार)
संविधान सभाको बसेको बैठकले संविधान निर्माणमा रहेका असहमतिलाई बहुमतीय प्रक्रियाबाट टुङ्गो लगाउन संविधान सभा नियमावली संशोधन विधेयक पारित गरेको छ।  संशोधित नियमावली अनुसार कुनै विषयमा मतदानबाट बहुमत नआए पुनः संवैधानिक समितिमा फर्काएर सहमति खोज्ने प्रावधान रहेको जनाएको छ।
स्थानीय मन्त्री टोपबहादुर रायमाझीद्धारा माओवादी वैद्य समुह फिरन्ते विद्रोही भन्दै नेतृत्व र सरकारलाई डगमगाउन नसक्ने चेतावनी(२०६९ वैशाख १९, मंगलवार)
स्थानीय विकास मन्त्रीसमेत रहेका माओवादी नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीका लुटेरा, डाहाडे र अवसरखोरहरु शान्ति र संविधान भाड्न तल्लिन रहेका बताएका छन्। उनले त्यस्ता प्रवृत्तिका नेतालाई फिरन्ते विद्रोही भन्दै पार्टी नेतृत्व र वर्तमान सरकारलाई डगमगाउन नसक्ने चेतावनी दिए। १२३ औं मे दिवसको अवसरमा एकीकृत नेकपा माओवादी पाल्पाले तानसेनमा गरेको शुभकामना साट्ने कार्यक्रममा रायमाझीले पार्टीकैवैद्य समुहलाई 'भाँडहरु' को संज्ञा दिए र कार्यकर्तालाई नतर्सन ढाडस दिए।
जनकपुरमा बिष्फोटमा मारिनेहरुलाई शहिद घोषणा गरी क्षत्तिपूर्ति दिइने(२०६९ वैशाख १९, मंगलवार)
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनकपुरमा हत्या भएकाहरुलाई शहिद घोषणा गरी क्षत्तिपूर्ति दिने बताएका छन् । उनले घाइतेहरुको उपचारमा सरकार लागि परेको भन्दै घटनालाई आततायीको संज्ञा दिए । घटनाले सरकारलाई गम्भीर वनाएको छ दोषीलाई कारवाही हुन्छ, उनको भनाइ थियो । मे दिवशको अवसरमा वुधवार विराटनगरको घाट खोलामा माओवादी निकट मजदुरहरुले आयोजना गरेको सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री भट्टराईले जेष्ठ १४ गतेसम्म अपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै सुरक्षाकर्मीलाई उच्च सर्तकाता अपनाउन दिर्नेशन दिएको वताए ।
पाल्पामा भएको बस दुर्घटनामा २ जनाको मृत्यु, ३० जना भन्दा घाइते(२०६९ वैशाख १९, मंगलवार)
आज बिहान पाल्पामा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटना परी ३० जना भन्दा घाइतेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटना परी ३० जना भन्दा घाइतेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पाबाट तम्घास जादै गरेको लु १ ख ३१३५ नम्बरको बस सिर्द्धार्थराजमार्गको तानसेन लामीडामा दुर्घटना भएको थियो ।
भट्टराईबाहेकको नेतृत्वमा बन्ने सहमतिको सरकारमा आफू पनि सहभागी हुने माओवादी मोहन वैद्य पक्षको भनाइ(२०६९ वैशाख १९, मंगलवार)
प्रधानमन्त्री बाबुराम भट्टराईबाहेकको नेतृत्वमा बन्ने सहमतिको सरकारमा आफू पनि सहभागी हुने माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले जनाएको छ । भट्टराई नेतृत्वको सरकारमा भने सहभागी नहुने बताएको छ । भट्टराई सरकारको राजीनामा माग्दै आएको वैद्य पक्षकी पोलिटब्युरो सदस्य पम्फा भुसालले सरकारको राजीनामापछि मात्र सहमतीय सरकारको वातावरण बन्ने बताइन् ।
अखण्ड सुदूरपश्चिमको माग राख्दै गरिएको आन्दोलनले कैलालीको जवजिवन अत्यान्तै कष्टकर(२०६९ वैशाख १९, मंगलवार)
अखण्ड सुदूरपश्चिमको माग राख्दै गरिएको आन्दोलनको चौथो दिन कैलालीको जवजिवन अत्यान्तै कष्टकर भएको छ । वन्द आव्हानकर्ताले सोमवार बजारमा रिक्सा र साईकल समेत चल्न दिएका छैनन् । आन्दोलन नेतृत्व विहीन बन्दै गएकोले जनजिवन थप कष्टकर बनेको हो । प्रेस, अस्पताल , मेडीकल, एम्वुलेन्सलाई निर्वाद चल्न दिने भनेका आन्दोलनकारीले ठाउँ ठाउँमा प्रेसका सवारी साधन माथि अवरोध सिर्जना गरेका छन् ।
नब्बे वर्ष अघिबाट पशुपन्छी काटमार बन्द गरिएको गोरखाको चुमचेत र छेकम्पारमा हिंसामुक्त घोषणा(२०६९ वैशाख १८, सोमवार)
नब्बे वर्ष अघिबाट पशुपन्छी काटमार बन्द गरिएको चुमचेत र छेकम्पार गाविस अघिल्लो साताबाट औपचारिक रूपमा हिंसामुक्त घोषणा भएका छन् । जिल्लाकै दुर्गमका यी गाविसले वैशाख १३ बाट तीन दिन महोत्सव गरी काटमार निषेध गर्दै अहिंसा क्षेत्र घोषणा गरिएको हो । दुवै गाविसको परिषद्ले समेत नियम कानुन पारित गरेर अहिंसा क्षेत्र घोषणा गरिएको चुम उपत्यका सांस्कृतिक 'स्याक्या' महोत्सव आयोजक समितिले जनाएको छ ।
मधेसी मोर्चासहित प्रमुख तीन राजनीतिक दलका बीचमा भएको वार्ता निष्कर्षविहिन(२०६९ वैशाख १८, सोमवार)
मधेसी मोर्चासहित प्रमुख तीन राजनीतिक दलका बीचमा भएको सोमबारको वार्ता विना निष्कर्ष टुंगिएको छ । संविधान जारी गर्न २८ दिन मात्र बाँकी रहँदा दलहरू शासकीय स्वरूप र संघीयतामा सहमत हुन सकेका छैनन् । बैठक स्थलबाट बाहिरिँदै एमाले अध्यक्ष झलनाथ खनाले भने, 'विवाद समाधानमा भन्दा सबैले आआफ्नै डम्फु बजाउनतिर लागेकाले कुनै निकास निस्कन सकेन, बरु सहमति भन्दा विमतिको बाटो पो बलियो देखियो ।'
अदालत र पत्रकार आक्रमणपछि झण्डै वर्ष दिनदेखि फरार युथ फोर्सका इन्चार्ज पर्शुराम बस्नेतद्धारा मोरङ अदालतमा आत्मसमर्पण(२०६९ वैशाख १८, सोमवार)
अदालत र पत्रकार आक्रमणपछि झण्डै वर्ष दिनदेखि फरार युथ फोर्स मोरङका इन्चार्ज पर्शुराम (कृष्ण) बस्नेतले सोमबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन्। अदालत परिसर पुगेका बस्नेतले आफ्ना कानुन व्यवसायीहरुको सल्लाहअनुसार पत्र बुझी बयान दिइरहेका छन्। ताजा रिपोर्टअनुसार बस्नेतले नागरिककर्मी खिनाथ ढकालमाथिको आक्रमण बारेको बयान सकेका छन्। अदालत आक्रमण बारे बस्नेतको बयान चलिरहेको छ।
१० प्रदेश प्रस्तावको विरोधमा गरिएको कञ्चनपुर बन्द कार्यक्रम स्थगन(२०६९ वैशाख १८, सोमवार)
एकीकृत नेकपा (माओवादी)ले प्रस्ताव गरेको जातीय पहिचान सहितको राज्य पुनःसंरचनाअन्तर्गत १० प्रदेश प्रस्तावको विरोधमा गरिएको कञ्चनपुर बन्द कार्यक्रम स्थगन गरिएको छ । आन्दोलनरत पक्षको बैठकले आदिवासी जनजाति तथा थारू समुदायसित छलफल गरेर साझा एजेन्डा तय गर्न लागि जारी अनिश्चितकालीन बन्द स्थगन गरेको जनाइएको छ ।
जनकपुर विष्फोटमा चार जनाको मृत्यु(२०६९ वैशाख १८, सोमवार)
जनकपुरको रामानन्द चोकमा आज बिहान अज्ञात समूहले विष्फोट गराउदा स्थानीय चार जनाको मृत्यु भएको छ । विष्फोटमा परेर मृत्यु हुनेमा जनकपुर नगरपालिका८ का विमल शरण, कलाकार रञ्जु झा, सुरेश उपाध्याय र झगरु मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । ज २ प ९३९५ नम्वरको मोटरसाईकलमा सवार एक जनालाई प्रहरीले बम विष्फोट गराएको आशंकामा पक्राउ गरेको छ । बिहान करिव साढे १० बजे भएको विष्फोटमा केही सर्वसाधारण घाईते भएका छन् ।
अबको संबिधानमा राष्ट्रिय जनावर गाई नै हुनुपर्ने कांग्रेसको प्रस्ताव(२०६९ वैशाख १८, सोमवार)
नेपाली कांग्रेसले अबको संबिधानमा पनि राष्ट्रिय जनावर गाई नै हुनुपर्ने प्रस्ताव गरेको छ । संबिधानमै गाई राष्ट्रिय जनावर हो भनेर उल्लेख नगरिए संबिधान घोषणालगत्तै खुलामखुल्ला गाई काटन सुरु हुने र त्यसले धार्मिक दंगा 
नेपालले गरे म्याद थप्ने कुरो(२०६९ वैशाख १८, सोमवार)
पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राज्य पुनर्संरचनासहितका मुख्य विषयमा सहमति जुटाउन भएको ढिलाइका कारण जेठ १४ मा संविधान जारी गर्न नभ्याउने अवस्था आए म्याद थपको विकल्पमा जानेबारे गृहकार्य भइरहेको संकेत गरेका छन् । 
चालकसित लिने ट्राफिक जरिवाना अब बैंकबाट लिईने(२०६९ वैशाख १८, सोमवार)
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकसित लिने जरिवाना अब बैंकबाट लिने भएको छ । हाते रसिद प्रयोग गर्दा आर्थिक अनियमितताको आरोप खेपेपछि महाशाखाले यस्तो व्यवस्था गर्न लागेको हो । बैंकमा भौचर भरेर पैसा तिरेको रसिद देखाएपछिमात्रै ट्राफिकले नियन्त्रणमा लिएको सवारी, लाइसेन्स वा कागजात उपलब्ध गराउनेछ ।
भ्रष्टाचारी ठहर भई कैद सजाय भोगिरहेका पूर्वमन्त्री चिरञ्जीवी वाग्ले कैदमुक्त(२०६९ वैशाख १८, सोमवार)
Photo8
सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भई कैद सजाय भोगिरहेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्ले कैदमुक्त भएका छन् ।
प्रस्तावित १० प्रदेशको खाका पार्टीको आधिकारिक प्रस्ताव नभई पुष्पकमल दाहालको व्यक्तिगत भएको माओवादी सिपी गजुरेलको भनाई(२०६९ वैशाख १७, आइतवार)
एकीकृत नेकपा माओवादीका सचिव सिपी गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तावित १० प्रदेशको खाका पार्टीको आधिकारिक प्रस्ताव नभएको बताएका छन्। सो प्रस्ताव अध्यक्षको व्यक्तिगत भएको उनले बताए। संयुक्त राष्ट्रिय जनआन्दोलन समितिद्वारा आयोजित जनसभामा उनले १० प्रदेशको प्रस्ताव पार्टी अध्यक्षको व्यक्तिगत प्रस्ताव भएको उल्लेख गरेका हुन्। दस प्रदेशको प्रस्तावमा मिथिला प्रदेशलाई गायब गर्नुप्रति रोष प्रकट गर्दै उनले मिथिला प्रदेशबिनाको संविधान आफूहरुलाई मान्य नहुने स्पष्ट पारे।
संविधान लेखनका विवादित विषयमा सहमति जुटाउने उद्धेश्यले प्रमुख दलका नेताहरुबीच भएको छलफल निष्कर्षविहिन(२०६९ वैशाख १७, आइतवार)
संविधान लेखनका विवादित विषयमा सहमति जुटाउने उद्धेश्यले प्रमुख दलका नेताहरुबीच आज भएको छलफल पनि विना निष्कर्ष स्थगित भएको छ । विहान र दिउँसो गरी दुइ चरणमा बसेको वैठकमा शासकीय स्वरुप, राज्य पुनर्संरचनाका साथै राष्ट्रिय सरकार गठनको विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।
संविधान निर्माणका विवादित विषयमा सहमति नजुटेपछि संविधानसभाको बैठक स्थगित(२०६९ वैशाख १७, आइतवार)
संविधान निर्माणका विवादित विषयमा सहमति नजुटेपछि आज (आइतबार) बस्ने भनिएको संविधानसभाको बैठक स्थगित भएको छ । संविधानसभा भवनमा टाँसिएको सूचनामा आगामी वैशाख १९ गते मंगलबार बैठक बस्ने जनाइको छ । यसअघि पनि दुई पटकसम्म सूचना टाँस गरी बैठक स्थगित गरिएको थियो । संघीयता र शासकीय स्वरुपमा दलहरुबीच सहमति हुन सकेको छैन ।
अखण्ड सुदूरपश्चिमको माग गर्दै सुदूपश्चिमवासीद्धारा लगातार तेस्रो दिन पनि सुदुर पश्चिम बन्द(२०६९ वैशाख १७, आइतवार)
अखण्ड सुदूरपश्चिमको माग गर्दै सुदूपश्चिमवासीले लगातार तेस्रो दिन आज पनि सुदुर पश्चिम बन्द गरेका छन् । अखण्ड सुदूरपश्चिमको पक्षमा रहेका उनीहरुले एकीकृत माओवादीले जातीयसहित १० प्रदेश बनाउन प्रस्ताव गरेको विरोधमा दोस्रो दिन पनि बन्द गरेका हुन् । ठूलो पार्टीले नै सुदूरपश्चिमलाई टुत्र्mयाउन खोजेको भन्दै विद्यार्थी संगठनहरुको अगुवाइमा बन्द गरिएको छ ।
एमालेले बहुपहिचानका प्रदेश नबनाउने र एकल पहिचान सहित १२ वटासम्म प्रदेश निर्माण गर्नुपर्ने प्रस्ताव(२०६९ वैशाख १७, आइतवार)
एमालेले बहुपहिचानका प्रदेश नबनाउने र एकल पहिचानमा जाने हो भने १२ वटासम्म प्रदेश निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । माओवादीले एउटा जातिको मात्र पहिचान झल्किने गरी 'एकल पहिचान' को सिद्घान्तअनुसार १० प्रदेशको मोडल अघि सार्दै त्यसभन्दा पछि नहट्ने संकेत देखाएपछि एमालेले संविधानसभाको विषयगत समितिको प्रतिवेदनभित्रैबाट सहमति खोज्ने गरी १२ प्रदेशको विकल्प ल्याएको हो ।
कांग्रेसद्धारा पहिचानलाई पहिलो र सामथ्र्यलाई दोस्रो प्राथमिकता दिएर सात प्रदेशको आफ्नो अवधारणा परिमार्जन(२०६९ वैशाख १७, आइतवार)
कांग्रेसले पहिचानलाई पहिलो र सामथ्र्यलाई दोस्रो प्राथमिकता दिएर सात प्रदेशको आफ्नो अवधारणा परिमार्जन गरेको छ । कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार प्रस्तावित प्रदेशका नाममा लिम्बु र किराँत मिलाएर कोसी प्रदेश, मिथिला र भोजपुरासहितको जनकपुर प्रदेश, नेवार र तामाङको बसोबाससहितको वाग्मती प्रदेश, तमु र मगरलाई गण्डकी प्रदेश, भेरी, राप्ती र कणर्ालीसहितको कणर्ाली प्रदेश, सेती र महाकालीसहितको खप्तड प्रदेश र थारू समुदाय तथा लुम्बिनीसहितको सिद्धार्थ प्रदेश छन् ।
माओवादी पुष्पकमल दाहालद्धारा १० वटा सङ्घीय राज्यको प्रस्तावबाट आफ्नो पार्टी पछाडि नहट्ने अडान (२०६९ वैशाख १७, आइतवार)
माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले अरु राजनीतिक दलहरु समक्ष प्रस्तुत गरेको राज्य पुनःसंरचनाको प्रस्तावबाट आफ्नो पार्टी पछाडि नहट्ने बताएका छन् ।  शुक्रबार आफ्नै निवास लाजिम्पाटमा नेवाः आन्दोलनसँग सम्बन्धित अगुवाहरुसँग कुराकानी गर्दै उनले लोकतान्त्रिक मधेसी मोर्चासहित प्रमुख तीन राजनीतिक दलको संयुक्त बैठकमा १० वटा सङ्घीय राज्यको प्रस्ताव गरेको र त्यही नै वैज्ञानिक र व्यावहारिक प्रस्ताव भएकाले यसैमा अरु राजनीतिक दल पनि सहमत हुनुपर्ने बताएको उनका सहयोगी शिव खकुरेलले जानकारी दिए ।
सुदूरपश्चिमाञ्चललाई टुक्र्याउन नपाइने मागसहित बन्द आह्वान(२०६९ वैशाख १५, शुक्रवार)
राज्य पुनःसंरचनाका मुद्दामा राजनीतिक दलका शीर्ष नेताबीच निरन्तर बहस चलिरहेको बेला, सुदूरपश्चिमाञ्चललाई टुक्र्याउन नपाइने मागसहित बन्द आह्वान गरिएको छ । बन्दका कारण कैलालीलगायतका जिल्लामा यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्था ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बन्दका क्रममा शुक्रबार यहाँ भएको प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता, उद्योगी व्यापारी र सर्वसाधारणले अखण्ड सुदूरपश्चिमको पक्षमा नाराबाजी गरेका छन् ।- -
केन्द्रका दुई सदन र प्रदेश सभामा पचास प्रतिशत महिला प्रतिनिधित्वको माग(२०६९ वैशाख १५, शुक्रवार)
केन्द्रका दुई सदन र प्रदेश सभामा पचास प्रतिशत महिला प्रतिनिधित्वको माग महिला अधिकारवादीहरूले गरेका छन् । उनीहरूले तीन दल र मधेसी मोर्चाबीच मंगलबार भएको प्रत्यक्षमा ५५ र समानुपातिकमा ४५ प्रतिशत सिट संख्या कायम राख्ने सहमतिको विरोधसमेत गरेका छन् । प्रत्यक्ष सिट बढी राख्दा महिला प्रतिनिधित्व कम हुनसक्ने औंल्याउँदै उनीहरूले त्यसभन्दा समानुपातिक बढी हुनुपर्ने माग अघि सारेका हुन् ।
एमाले सभासद्हरुद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख हुनुपर्ने दबाब दिन हस्ताक्षर अभियानलाई तीव्र(२०६९ वैशाख १४, विहीवार)
एमाले सभासद्हरुले नयाँ संविधानमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख हुनुपर्ने मागसहित त्यसका लागि दबाब दिन हस्ताक्षर अभियानलाई तीव्र पारेको छ । मिश्रित प्रणालीअन्तर्गत प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा संसदबाट निर्वाचित प्रधानमन्त्री दुवैलाई अधिकार बाँड्ने गरी दुवैलाई कार्यकारी अधिकार दिने गरी अगाडि बढ्न मिल्छ भन्ने शीर्ष नेताहरूबाट आइरहेको विचारले समस्या सुल्झाउनुको सट्टा बल्झाउने चेतावनी पनि उनीहरुले दिएका छन् ।  
राजमोका चित्रबहादुर केसीद्धारा ३८५ सभासदको भेडीगोठ राज्यले थेग्न सक्दैन भन्दै मुलुकलाई रुवाण्डा बनाउन खोजेको आरोप(२०६९ वैशाख १४, विहीवार)
VIDEO: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ३८५ जना सभासद्‍को सङ्ख्या बनाएर मुलुकलाई रुवाण्डा बनाउन खोजेको आरोप लगाएका छन्।
संविधानसभाको बैठक १७ गतेसम्मका लागि सूचना टाँसेर स्थागित(२०६९ वैशाख १४, विहीवार)
संविधानसभाको बैठक १७ गतेसम्मका लागि स्थागित गरिएको छ । दलहरुले नयाँ संविधानका विवादित विषयहरुमा सहमति खोज्न दुई दिन थप सम मागेका कारण संविधानसभाको बैठक सूचना टाँसेर स्थागित गरिएको हो । यषसघि तीन दिन बढाइएको समयावधीमा समेत सहमति जुट्न नसकेपछि समय थप गर्न प्रस्ताव गरिएको हो । समय थप नगरिएको भए आजदेखि संविधानसभाको बैठकमा निर्वाचनमार्फत विवादित विषयहरु टुङ्ग्याउदै लैजाने तयारी गरेको थियो ।